Monday , 17 June 2019
News update
Home >> bollywood >> सलमान खानको चलचित्र ‘भारत’ तिन दिनमा सय करोड नजिक

सलमान खानको चलचित्र ‘भारत’ तिन दिनमा सय करोड नजिक

गत बुधबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको नाममा रहेको रेकर्ड तोडेको चलचित्र ‘भारतले’ले तीन दिनमा ९५.५० करोडभन्दा माथि कलेक्सन गरेको छ । इदको अवसर पारेर रिलिज भएको चलचित्र ‘भारत’ले पहिलो दिन ४२ करोड ३० लाख कलेक्सन गरेको थियो ।

दोस्रो र तेस्रो दिन क्रमशः ३१ करोड र २२.२० करोड कलेक्सन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ‘भारत’ सलमानको करिअरमा पहिलो दिन सबैभन्दा धेरै कलेक्सन गर्ने चलचित्र बनेको छ ।

यसअघि सलमानको ‘प्रेम रतन धन पायो’ले पहिलो दिन ४० करोड ३५ लाख कलेक्सन गरेको ट्रेड एनालिस्ट तरण आदर्शले ट्विट गरेका छन् । बलिउडमा पहिलो दिन सर्वाधिक कमाइ गर्ने चलचित्र आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ हो ।

‘भारत’ लाई समीक्षकले मिश्रित प्रतिक्रिया दिएका छन् । अली अब्बास जफरको निर्देशन रहेको फिल्ममा सलमान सँगै कटरीना कैफ, ज्याकी श्राफ, सुनील ग्रोवर लगायतको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*