Tuesday , 18 June 2019
News update
Home >> Features >> कलाकार संघको चुनाबमा रविन्द्र खड्काले अध्यक्षमा सरिता लामिछानेलाई ५७ मतले हराए

कलाकार संघको चुनाबमा रविन्द्र खड्काले अध्यक्षमा सरिता लामिछानेलाई ५७ मतले हराए

चलचित्र कलाकार संघको १७ औं साधारणसभाको  नयाँ निर्वाचनमा अध्यक्ष पदमा  बिजयी भएका छन् ।खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७  मतले पछिपार्दै खड्का विजयी भएका हुन् ।

कुल खसेको मत ३८७ मतमा खड्काले  २१८ मत र  लामिछानेले १६१ मत पाएका थिए । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत र  अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भएका छन् । अन्य दुइ उमेदवार मनोज केसी (१४२) र विनोद भट्टराई (९६) मतले पछि परे ।

यता महासचिवमा चेतबहादुर सिंह राजा (१८७) निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी (१९४) विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माले  पक्षमा १६९ मत पाएर पराजित हुन पुगिन ।

यस्तै सह-कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् ।त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*