Tuesday , 18 June 2019
News update
Home >> bollywood >> बाहुबलीका निर्देशक राजामौलीले चलचित्र ‘आरआरआर’ बाहुबली भन्दा भव्य बनाउदै

बाहुबलीका निर्देशक राजामौलीले चलचित्र ‘आरआरआर’ बाहुबली भन्दा भव्य बनाउदै

दक्षिण भारतीय ब्लकबस्टर फिल्म बाहुबलीका निर्देशक एसएस राजामौलीले बाहुबली भन्दा भव्य फिल्म बनाउँदैछन् । उनको आगामी फिल्म ‘आरआरआर’को एक सिनको सुटिङमा मात्रै ४५ करोड खर्च हुनेछ । बलिउडमा ४५ करोडमा पूरै फिल्म बनाउन सकिन्छ । अहिले बनिरहेका केही फिल्म त यसको पनि आधा बजेटमा बनेका छन् । तर, राजामौलीले एउटै दृश्यको लागि यति भव्य तरिकाले सुटिङ गर्ने तयारी गरेका छन् ।

यो दृश्यको लागि हजारौं फाइटरसँग करिब ६ महिनासम्म प्रि–भिजुअलाइजेशन र तालिम संचालन गरिएको छ । यो विशेष तयारीपछि पूर्ण रुपमा सुनिश्चित भएपछि मात्र निर्देशक राजामौली यसको शुटिङ गर्नको लागि तयार भएका छन् । सूत्रका अनुसार यो दृश्य हैदराबादको एक आल्मुनियम फ्याक्ट्रीमा शुटिङ हुनेछ । दृश्यमा के हुन्छ भन्ने कुरामा निकै गोपनीयता अपनाइएको छ । मानिएको छ कि त्यो फ्याक्ट्रीमा हिरोइनलाई छुटाउन दुई हिरोहरु आउँछन् र भिलेन तथा उसका हजारौं गुण्डाहरुसँग लड्छन् ।

जुलाइ महिनाभरीमा यो दृश्यको सुटिङ पूरा हुने अपेक्षा गरिएको छ । यसअघि पनि फिल्मको पहिलो तालिकामा हैदराबादको आल्मुनियम फ्याक्ट्रीमा यो फिल्मका केही दृश्यको शुटिङ भइसकेको छ । त्यसपछि दिल्ली र पुणेमा सुटिङ भएको थियो । यो फिल्मको कथा लेखनका लागि गरिएको अनुसन्धानमा करिब २ वर्षको समय लागेको बताइएको छ । फिल्म १० भन्दा धेरै भाषामा बन्नेछ । ३० जुलाइ २०२० मा फिल्म रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*