Tuesday , 18 December 2018
News update
Home >> Author Archives: ज्ञानेन्द्र तामाङ

Author Archives: ज्ञानेन्द्र तामाङ

सिजी मन्दिरको बयानमा बन्यो यस्तो गीत । भिडियो

पछिल्लो समय युवापुस्तासँगै स्वदेशी तथा बिदेशी पर्यटक लोभ्याउन सफल साश्वतधाम सिजी मन्दिरको बयान गर्दै दोहोरी गीत सार्वजनिक भएको छ । ‘तिमी र म सिजी घुम्न जाम’ बोलको गीतको चितवनका गीतकार रुद्र राज कँडेलले लय तथा शब्द संकलन गरेका हुन ।

गीतमा जोन लामा र बालिका तामाङको स्वर सुन्न सकिन्छ । गीतले शाश्वतधामको बयानका साथै पर्यटन प्रबद्र्धनमा समेत भुमिका खेल्न सक्ने देखिन्छ । माया गर्ने जोडिहरुका लागि उदाहरणिय गन्तव्यको रुपमा शाश्वधाम रहेको गीतले बताउछ । नवलपरासी जिल्लाको देवचुली नगरपालिका २ दुम्कौलीमा रहेको शाश्वतधाम नेपालका धनढ्य बिनोद चौधरीले निर्माण गरेका हुन । दक्षिण भारतीय शैलीमा बनेको मन्दिरमा दर्शन तथा अवलोकनका लागि अहिले दैनिक हजारौ मानिसहरु पुग्ने गरेका छन ।

देवल भण्डारीको ‘डार्लिङ’ सार्वजनिक । भिडियो

गीत लेखनमा चिनिएको नाम देवल भण्डारीले अर्को कोसेली ल्याएका छन । यसअघि ‘स्वर्णिम सपना’ नामक एल्बम नै सार्वजनिक गरेका उनले यसपटक ‘डार्लिङ’ टाइटलको गीत बजारमा ल्याएका हुन । गीतलाई उनले ‘स्वर्णिम सपना २’ एल्बममा समावेश गर्ने जनाएका छन । एल्बमका लागि अन्य गीतहरुको काम भइरहेको र छिट्टै नयाँ एल्बम लिएर स्रोतामाझ आउने उनको तयारी छ ।
सार्वजनिक डार्लिङ लाई श्रोता दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन । रिलिजको २ दिनमा नै युटुबमा झन्डै २ लाख दर्शकले गीत हेरेका छन । रोमान्टिक शब्दहरु समेटिएको गीतमा शिव परियारको स्वर पर्फेक्ट म्याच गरेको सुनिन्छ । स्मरण रहोस भिडियो सार्वजनिक हुनुअघि पनि शिवले विभिन्न स्टेज कार्यक्रमहरुमा डार्लिङ प्रस्तुत गर्ने गरेका थिए । गीतमा आशिष अविरलको संगीत तथा एरेन्ज रहेको छ । गीतको आकर्षक भिडियोमा भिमफेदी गाइज र सुमि मोक्तान देखिन्छन । ज्ञानेन्द्र शर्माले खिचेका भिडियो भिमफेदी गाइजका निर्मल लामाले निर्देशन गरेका हुन ।

मिस्टर एण्ड मिस जनजातिको उपाधि सुमन र बर्षालाई

मिस्टर एण्ड मिस जनजाति २०१८ को उपाधि बर्षा आले र सुमन श्रेष्ठले जितेका छन । शुक्रबार चितवनमा सम्पन्न ग्रान्ड फिनालेमा अन्य तीन तीन प्रतिस्पर्धीलाई पछि पार्दै बर्षा र सुमन मिस्टर एण्ड मिस जनजाति बन्न सफल भएका हुन । उपाधि जितेसँगै बर्षा र सुमन शक्ति इन्टरनेशनल एजुकेसन कन्सल्टेसिको ब्रान्ड एम्बेसडर बनेका छन ।
त्यस्तै अमन तामागं र यशोदा थापा प्रतियोगिताको फस्ट रनरअप बन्दै बाप्पा मल्टिमिडियाको ब्राण्ड एम्बेसडर बन्न सफल भए । सेकेन्ड रनअरप भएका प्रविण कुमाल र सुस्मिता थापा चित्रकथा बुटिक एण्ड टेनिगं सेन्टरको ब्राण्ड एम्बेसडर बने । त्यस्तै अन्य सबटाइटलमा बेस्ट वाल्क अमन तामागं, बेस्ट पर्सनालिटि सुस्मिता थापा र फोटोजेनिक सुमन श्रेष्ठ बने । मञ्जरी ग्रुपको आयोजनामा भएको उक्त प्रतियोगिताको फिनालेमा आदिवासी जनजाति महिला महासंघकी केन्द्रिय अध्यक्ष चिनिमाया माझी प्रमुख निर्णायक थिए ।

वान लेग डान्सर रोमा न्यौपाने पक्राऊ

एक खुट्टाले नाचेर ख्याति कमाएकी कलाकार रोमा न्यौपाने पक्राऊ परेकी छिन । उनले विभिन्न ब्यक्तिबाट ३६ लाख ठगि गरेको आरोपमा बिहिबार साँझ पक्राउ गरिएको हो । रोमा र उनका श्रीमान चिरञ्जीवी न्यौपानेले उक्त रकम ठगी गरेको एक बर्ष अघि नै उजुरी परेको थियो ।
उनको श्रीमान भने यसअघि नै पक्राऊ परिसकेका छन भने रोमा फरार थिइन् । यद्यपि फरार भनिए पनि रोमा विभिन्न स्टेज कार्यक्रमहरुमा प्रस्तुति दिन सक्रिय थिइन् । उनीहरुले भोलिन्टियर एशोसियसन अफ डिजेबलिटिज (भिएडि) नामक संस्था खोलेर भिएडि नेपाल लघुवित्त कार्यक्रमको नाममा पैसा ठगी गरेको आरोप छ ।
८ बर्षकै उमेरमा दुर्घटनामा एक खुट्टा गुमाएकी उनी नृत्यमा चर्चित कलाकार हुन ।

अति भएपछि बुद्धको खुलासा, Nepal Idol को कार चढ्न पाएन, उल्टै ८ लाख माग्छ

नेपाल आइडल बिजेता बुद्ध लामाले अझै कार चढ्न नपाएको गुनासो गरेका छन । उनले एक अडियो सन्देश छाड्दै आफु .तनावमा रहेको खुलासा गरेका हुन । उनको यस्तो खुलासा भएपछि उनका प्रशंसकले नेपाल आइडल आयोजकप्रति गाली गरिरहेका छन । केहिले भने बुद्धलाई चिनाएको नै नेपाल आइडल भएकाले आयोजकको सम्मान गर्नुपर्ने बिचार राखेका छन ।

हुर्नुहोस भिडियो ।

फ्राइडे रिलिज : मंगलम, हुर्रे र गाँजाबाजा बीच भीडन्त

यो शुक्रबार ३ नेपाली चलचित्र प्रदर्शनमा आउदैछ । छवि ओझा निर्मित मंगलम, कमेडि कथा हुर्रे र विवादित बन्दै आएको चलचित्र गाँजाबाँजा प्रदर्शनमा आउन लागेका हुन ।
मंगलम प्रेम तथा पारिवारिक कथामा बनेको फिल्म हो । नवल नेपालको निर्देशन रहेको फिल्ममा शिल्पा पोखरेल, साम्राज्ञी राज्यलक्ष्मी शाह, निर शाह, पुष्प खडका, पृथ्वी राज लगायतको अभिनय रहेको छ । फिल्मको पर्ख पर्ख मायालु बोलको गीत अहिले बजारमा निकै हिट छ । कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको गीतले फिल्मको हाइप नै बढाएको छ । सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।
त्यस्तै फिल्म हुर्रेलाई पनि आशालाग्दो फिलमको रुपमा हेरिएको छ । यम थापा निर्देशित फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाहि, अंकित खड्का, राजाराम पौडेललगायतको अभिनय छ । कमेडि जनरामा बनेको फिल्मले पाशुपत क्षेत्रको कथा बोकेको छ । फिल्मलाई छिरिगं दोर्जे, सोनाम लामा लगायतको टीमले निर्माण गरेका हुन । फिल्मले पिजी सर्टिफिकेट पाएको छ, बालबालिकाले अभिभावकको साथमा हेर्नुपर्ने भएको छ ।
एडल्ट मानिएको फिल्म गाँजा बाजा भने गणेशदेव पाढडे निर्देशित फिल्म हो । फिल्मले लागुऔषध र किशोर किशोरीहरुको जीवन देखाउने प्रयास गरेको छ । फिल्ममा अनुपराज शर्मा, सुसिल सिटौला, बर्षा सिवाकोटि लगायतको अभिनय रहेको छ । नाममा पनि विवादित बनेको फिलमलाई रिलिजका लागि सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको छ, जसकारण यो फिल्म हेर्न १६ बर्ष मुनिका बालबालिकालाई प्रतिबन्धित छ ।

दिपेन्द्रको ‘दिलमा सजाउला’ सार्वजनिक । भिडियो

गायक तथा संगीतकार दिपेन्द्र थिङको नयाँ कोसेली दिलमा सजाउला सार्वजनिक भएको छ । लामो समयदेखि प्रतिक्षा गरिएको गीतको भिडियो शुक्रबार युटुबमा सार्वजनिक गरिएको हो । संगीतकार को रुपमा स्थापित हुने क्रममा रहेका उनले यस गीतबाट दर्शक स्रोताको माया पाउने बिश्वास लिएका छन । आफुले धेरै मिहेनत र लामो समय को प्र्रतिक्षापछि सार्वजनिक गरिएकाले दर्शक तथा स्रोताको लागि गीत बिशेष लाग्ने उनको भनाई छ ।
रोमान्टिक शब्दहरुले भरिएको गीतमा पाश्र्वगायनमा जमेकि गायिका मेलिना राई र सुगम संगीतका प्रखर गायक सुमन केसीको स्वर छ । गीत दिपेन्द्र खड्काले लेखेका हुन । गीतको भिडियोमा चल्तीका मोडल पुष्पल खड्का र अस्मिता श्रेष्ठको अनस्कृन रोमान्स देख्न सकिन्छ । कुलेखानीको आकर्षक लोकेशनमा खिचिएको भिडियो गोकर्ण गिरीको निर्देशनमा बनेको हो ।
यसअघि गायिका अन्जु पन्तसँग ओई माया गर्नेवालीसँग मा स्वर तथा संगीत दिएका थिंङ पछिल्लो समय संगीत सिर्जनामै ब्यस्त छन । उनको केहि दिनमै पहिलो नजर बोलको अर्को सांगितिक कोसेली सार्वजनिक हुदैछ ।

बैशाख २८ मा ‘लाउरे’ आउने

चलचित्र लाउरे को प्रदर्शन मिति तय गरिएको छ ।दुर्गिश फिल्मसको प्रस्तुति रहेको ुलाउरेु आगामी बैशाख २८ गते (११ मे) मा सिनेमा देशव्यापी रिलिज हुने निर्माण कम्पनीले जनाएको छ ।

सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगरको मुख्य अभिनय रहेको चलचित्र “लाउरे’  पप गायकको रुपमा ख्याति बटुलेका लिम्बु यही चलचित्रमा अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सायद र होस्टल सिरिज निर्माता कम्पनी दुर्गिश फिल्मसले लाउरेको व्यवसायिक र कलात्मक पाटोको सफलतामा विश्वास व्यक्त गरेको छ ।

विक्रमसिंह थारु निर्देशित सिनेमालाई रावल, इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठले निर्माण गरेका हुन् ।निर्माता सुनिल रावलले रिलिज डेट पुष्टि गरे । ‘सृष्टि, नरेन र मिरुनाको योङस्टर क्रेज हाम्रा लागि प्रभावकारी बन्न सक्छ’ निर्माता रावलले भने । कार्यकारी निर्माता बुद्धिलाल मगर र वितरक काफिया फिल्मस प्रालि हो ।
आलोक शुक्लाको छायांकन रहेको सिनेमाको पटकथा नेगेटिभ बुद्धले लेखेको हो । बुद्धका प्रमुख थारु निर्माता रहेको सिनेमा लालपुर्जा रिलिज तयारीमा छ । लाउरेमार्फत थारुले निर्देशनमा डेब्यु गर्दैछन् । सायद, होस्टेल, होस्टेल रिटन्र्स र सायद २ पछि लाउरे दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो ।

‘ए सोल्टिनी’ को ट्रेलर रिलिज

चलचित्र ‘ए सोल्टिनी’ को ट्रेलर पोस्टर र गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गरेर चलचित्रको बारेमा जानकारी दिइएको हो । निमा लामा तामाङको निर्देशनमा तयार भएको ‘ए सोल्टिनी’विभिन्न देशमा प्रदर्शन पछि मात्रै नेपाल रिलिज गरिने।चलचित्रलाई दिलकुमार घलान तामाङले निर्माण गरेका हुन् ।चलचित्रमा सविन श्रेष्ठ, अर्जन गुरुङ, सम्झाना श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा राना मगर, अनिता गोले, मञ्जु श्रेष्ठ, शेरबहादुर थिङ लगायतको मुख्य अभिनय रहेको छ । कार्यक्रममा सोल्टा सोल्टीको प्रेम कथामा निर्माण गरिएको ‘ए सोल्टिनी’ अभिनेता सविन श्रेष्ठले फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने आशा व्यक्त गरे । चलचित्रका निर्देशक निमाले ए सोल्टिनी पहिलो पटक निर्देशन गरेको हुनाले निकै मिहेनत गरेको दाबी गरे । ‘ए सोल्टिनी’ को विभिन्न देशमा प्रदर्शन पछि मात्रै नेपाल रिलिज गरिने निर्माता दिल कुमारले बताए ।

मोटरसाइकल दुर्घटनामा गीतकार पोखरेलको निधन

आइतबार बिहान मोटरसाइकल दुर्घटनामा परि गीतकार मनोज पोखरेलको निधन भएको छ । चितवनका भण्डारा घर भएका पोखरेल बिहान भण्डाराबाट भरतपुर जादै गर्दा रत्ननगरमा ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
नेपाली लोक तथा आधुनिक बिधाका दर्जनौ गीत लेखेका पोखरेल भरतपुरस्थित बिरेन्द्र बहुमुखि क्याम्पसका अधिकृतस्तरका कर्मचारीसमेत थिए । लामो समयदेखि गीत लेखनमा क्रियाशिल उनका दर्जनौ गीतहरु लोकप्रिय छन ।