Thursday , 15 November 2018
News update
Home >> Author Archives: ज्ञानेन्द्र तामाङ (page 159)

Author Archives: ज्ञानेन्द्र तामाङ

कलाकार संघद्धरा रंग पत्रकार विजय अवाज सम्मानित ।

विगत एक दशकदेखि रंग पत्रकारितामा सक्रिय पत्रकार विजय सुवेदि ‘अवाज’ सम्मानित भएका छ । रंग पत्रकारितामा उल्लेख्य योगदान पुर्याएबापत कलाकार संघले नेपाल ‘चलचित्र कलाकार संघ पत्रकारिता पुरस्कार २०७१’ बाट अवाजलाई सम्मान गरिएको हो । Bijay awaj-samman1कलाकार संघको १३ औ सधारणसभाको अवसरमा राजधानीमा आयोजित एक समारोहका बीच उपराष्ट्रपति परमानन्द झाले अवाजलाई सम्मान गरेका हुन । उनलाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरिएको थियो । अवाजसँगै पत्रकारिता पुरस्कारबाट सानुकाजी श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
त्यस्तै कलाकार संघले समारोहकै बीच अन्य विभिन्न कलाकर्मीलाई पनि सम्मान गरेको छ । समारोहकै बीच नेपाल ‘चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार’बाट निर्देशक तथा कलाकार रमेश बुढाथोकिलाई नगद ५६ हजारसहित सम्मान गर्यो । त्यस्तै नेपाल ‘चलचित्र कलाकार संघ शान्ति मास्के पुरस्कार’बाट कलाकार भीम बहादुर थापा लाई २१ हजार नगदसहित सम्मान गरियो । समारोहकै बीच ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान’बाट डा। प्रदिप भट्टराई र प्रतापचन्द्र तामाङ सम्मानित भए । त्यस्तै नेपाल ‘चलचित्र कलाकार संघ नव प्रतिभा सम्मान’ बाट नायिका रिमा बिक सम्मानित भइन भने ‘नेपाल चलचत्रि कलाकार सेवा सम्मान’बाट सानु ताम्रकार, विजय देउजा र रवि गिरी सम्मानित भए ।
उक्त समारोहमा उपराष्ट्रपति परमानन्द झा, नेपाल सरकारका मुख्यसचिव लिलामणि पौडेल, कलाकार संघका अध्यक्ष नवल खडका, महासचिव रामकेशर बोगटी, चलचित्र बिकास बोर्डका अध्यक्ष धमेृन्द्र मरवैता लगायतको उपस्थिति रहेको थियो । Bijay awaj-samman

बधाई । गायक/नायक सत्यराज आचार्यलाई पुत्रलाभ ।

सुगम सँगीतका स्थापित गायक सत्यराज आचार्यलाई पुत्रलाभ भएको छ । शुक्रबार राती अचार्यकी पत्नी अनिता थापा आचार्यले छोरा जन्माएकी हुन । हाल आमा र छोरा दुवैको स्वास्थ्य अवस्था सामन्य रहेको गायक आचार्यले बताए । तर सिजरिङ गरीएकोले केहि दिन अस्पातालमै आराम गर्नुपर्ने उनले जानकारी दिए । Satyaraj acharya-inपुत्रलाभ भएसँगै गायक आचार्य निकै हर्षित छन । उनले छोरा जन्मिएको केहि बेरमा नै समाजिक सञ्जाल फेसबुकमा स्टाटस अपडेट गर्दै आफुले पनि बाबु बन्ने सौभाग्य पाएकोमा सबैसँग खुशी साटे । गायक आचार्यलाई पनि शुभेच्छुक तथा फ्यानहरुले शुभकामना दिने क्रम बढिरहेको छ ।
सुगम सँगीतमा करिब १ हजार बढी गीत गाइसकेका सत्यराज लाखौं स्रोताहरुको मनमा बस्न सफल गायक हुन । उनी पछिल्लो समय नेपाली चलचित्रमा नायकको भुमिकामा समेत देखिएका थिए । गायक तथा नायक आचार्यलाई पुत्रलाभ भएकोमा नमस्तेफिल्मीको तर्फबाट हार्दिक बधाई ।

डेनी सुस्ताएका बेला सुनिल थापा बलिउड पुगे ।

यज्ञश ।

फ्नो पहिलो दृश्यमा सुनील थापाले प्रियंका चोपडालाई भन्छन्- ‘पृथ्वी गोलो छ तर बक्सरका लागि पृथ्वी वर्गाकार हुन्छ, बक्सिङ रिङ जस्तो ।’ वास्तविक जीवनमा पनि सुनीलका लागि पृथ्वी उनले भनेजस्तो वर्गाकार होइन, गोलै बनेर आयो । त्यसैले होला उनले २८ वर्षपछि बलिउड फिल्ममा महत्त्वपूर्ण भूमिकामा अभिनय गर्ने मौका पाए । Sunil thapa-bollywoodबलिउडको दोस्रो ‘इनिङ’मा सुनीलको पहिलो फिल्म ‘मेरी कोम’ रिलिज हुने अघिल्लो दिन अभिनेता टीका पहारीले उनको फेसबुक पेजमा लेखे- ‘बधाई छ, ३५ वर्षपछि तिमीले फेरि एकपटक यो काम गरेर देखायौ ।’ भारतको पुना फिल्म इन्स्टिच्युटमा अभिनय पढेका टीका आफैंले केही हिन्दी फिल्ममा अभिनय गरेका थिए ।

पाँच पटककी विश्व बक्सिङ च्याम्पियन भारतीय खेलाडी मेरी कोमको जीवनमा आधारित फिल्म शुक्रबार रिलिज भएको हो ।

त्यसमा सुनीलले मेरीको प्रशिक्षकको भूमिकामा आफ्नो प्रभाव छाडेका छन् । पूर्वएसियन च्याम्पियन प्रशिक्षकका रूपमा उनको भूमिकाको लम्बाइ, वजन र अभिनय उल्लेख्य छ । उनी प्रियंकापछिका दुई महत्त्वपूर्ण चरित्रमध्येमा छन् ।

फिल्मको मुख्य ध्यान कोमको चरित्रमा हुनु स्वाभाविक हो । तर, सुनील आफ्नो उपस्थिति र अभिनयको छाप फिल्ममा स्पष्ट दर्ता गराउन सफल भएका छन् । फिल्ममा उनका केही दृश्य र संवाद छन्, जसले उनलाई दर्शकको स्मृतिमा दिगो राख्न मद्दत

गर्छन् । उनले आफ्नी चेलीलाई भन्छन्, ‘बक्सरले विपक्षीमाथि दया गर्नु हुँदैन । दया गर्ने काम नर्सको हो र उपचार गर्ने काम डाक्टरको । बक्सरको काम प्रहार गर्ने हो ।’

नेपाली कलाकारको बम्बैया फिल्मसँगको साइनो नयाँ होइन । प्रकाश थापादेखि सुनील थापासम्मको शृंखलामा करिस्मा मानन्धर, गौरी मल्ल, मुरलीधर, उषा पौडेलजस्ता धेरै कलाकारले मुम्बईमा संघर्ष गरे । अर्कातिर मनीषा कोइराला र उदित नारायणजस्ता सफलता पाउने कलाकार पनि छन् । प्रकाश थापाजस्तै सुनील पनि पहिले हिन्दी फिल्म खेलेर पछि नेपाली फिल्ममा आएका थिए । कमल हासनको सुपरहिट फिल्म ‘एक दुजे के लिए’मा अभिनय गरेपछि सुनीलले त्यत्तिकै ठूलो हिन्दी फिल्म पाएका थिएनन् ।

तुलसी घिमिरेको फिल्म ‘चिनो’मा राते काइँला बनेर प्रकट भएपछि उनी यतै जमे । नेपाली फिल्ममा ‘भिलेन’को पर्याय बनिसकेर सुनील फेरि बलिउडमा भारतले शिक्षक दिवस मनाउने दिन, सेप्टेम्बर ५ मा ‘गुरु’ का रूपमा प्रकट भए ।

भारतकी चर्चित महिला खेलाडीका रूपमा मात्र नभएर पूर्वोत्तर भारतकी एउटी ‘नायिका’का रूपमा मेरी कोम लोकप्रिय छिन् ।

मणिपुर राज्यको सामान्य गाउँकी केटी कसरी विश्वच्याम्पियन बन्न सकिन् भन्ने कथा भएकाले पनि यो फिल्मलाई विशेष महत्त्वका साथ हेरिएको थियो । पूर्वोत्तर भारतीय चरित्रमा पञ्जाबी प्रियंका चोपडालाई लिइएको भनेर विरोध पनि भएको छ ।

बलिउडका नामी निर्माता सञ्जयलीला भन्सालीले फिल्म निर्माण गरेका हुन् भने पहिलो पटक निर्देशक बनेका उमंग कुमारले यसको निर्देशन ।

बलिउडका चलेका समीक्षक तरन आदर्शले आफ्नो समीक्षामा सुनीलको तारिफ गरेका छन् । ‘सुनीलले आफ्नो अभिनय र भावनात्मक पक्षको राम्रो प्रस्तुति दिएका छन्,’ उनले लेखेका छन् ।

रिलिजिको पहिलो दिन प्रकाशित समीक्षाहरूमा धेरै समीक्षकले फिल्मलाई औसत माने पनि प्रियंका, सुनील र अर्का कलाकार दर्शन कुमारको अभिनयलाई राम्रो भनेका छन् । रेडिफडटकमले ‘फिल्ममा प्रियंका छाए पनि उनको कोच (सुनील थापा) ले इमानदार प्रस्तुतिबाट आफ्नो उपस्थितिको अनुभव गराउँछन्’ भनेर लेखेको छ । केही समीक्षकले सुनील र दर्शन कुमारको आलोचना पनि गरेका छन् ।

पछिल्ला वर्षहरूमा नेपाली बजारमा हिन्दी फिल्मको प्रभुत्व बढदै गएको छ । आमिर खानको फिल्म ‘धुम ३’ ले नेपालबाट मात्रै ६ करोडजतिको व्यापार गरेको अनुमान गरिएको थियो । बलिउडमा केही नेपाली कलाकार जमेका भए पनि नेपाली फिल्मको भारतमा खासै प्रदर्शन हुँदैन ।

हलिउडमा खेलाडीका जीवनमाथि थुप्रै फिल्म बनेका भए पनि बलिउडमा ‘चक दे इन्डिया’ र ‘भाग मिल्खा भाग’ पछि यो लहर चलेको हो । हलिउडमा बक्सिङ खेलाडीकै विषयमा ‘रकी’, ‘रेजिङ बुल’ र ‘मिलियन डलर बेबी’ जस्ता चर्चित फिल्म बनेका छन् ।

ओस्कर विजेता ‘मिलियन डलर बेबी’ मा क्लिन्ट स्टहुडले बक्सिङ प्रशिक्षकको भूमिका गरेका थिए ।

सिक्किमका डेनी डेन्जोङपालाई मंगोलियन भएर पनि मुख्यधारका बलिउड फिल्ममा ठूलो स्टार बन्न सफल कलाकार मानिन्छ । लामो समय डेनी हिन्दी फिल्ममा ‘भिलेन’ बने । उनी सुस्ताइरहेका बेला ‘राँते काइला’ बलिउड पुगेका छन् । अहिले राजधानी काठमाडौंमा सुनीलले पि्रयंकालाई बोकेको फोटो भएको फिल्मको पोस्टर देखिन्छ । हेरौं, बलिउडले सुनीललाई कसरी बोक्छ ।

साभार : इकान्तिपुर डटकम ।

सुनिलको ‘मेरी कोम’लाई पहिलो दिन साढे ७ करोड ।

meri kom-in लिउडका चर्चित अभिनेता सुनिल थापा अभिनित बलिउड फिल्म ‘मेरी कोम’ ले पहिलो दिनमा साढे ७ करोडको कलेक्सन गरेको छ । यो कलेक्सनलाई बलिउड बजारमा औसत मान्न सकिन्छ । तर बलिउडका फिल्म विश्लेषकहरुले यो ब्यापारलाई अपेक्षकृत ब्यापारभन्दा निकै न्युन रहेको बताएका छन । सार्वधिक चर्चामा रहेको बायोपिक फिल्मको ओपनिङ धमाकेदार हुनुपर्ने बिश्लेषकहरु बताउछन । उनीहरुका अनुसार हिरोइन हाबी भएको हिन्दी फिल्महरुको कलेक्सन विगतदेखि नै औसत हुने गरेको छ । तसर्थ प्रियंका चोपडा स्टारर ‘मेरी कोम’को कलेक्सन पनि सामन्य भएको हो । यसअघि रानी मुखर्जी, विद्या बालन, माधुरी दिक्षित लगायतका फिल्महरुको पनि ओपनिङ उच्च हुन सकेको थिएन ।
‘मेरी कोम’ ओलम्पिक विजेता भारतीय बक्सर ‘मेरी कोम’को जीवनीमा आधारित फिल्म हो । फिल्ममा प्रियंका चोपडा प्रमुख भुमिकामा छिन । सुनिल थापाले प्रियंकाको गुरुको भुमिका निभाएका छन । फिल्ममा सुनिलको कामको भने सर्वत्र प्रशंसा भएको छ । फिल्मलाई ओमुगं कुमारले निर्देशन गरेका हुन ।