Thursday , 15 November 2018
News update
Home >> Author Archives: ज्ञानेन्द्र तामाङ (page 2)

Author Archives: ज्ञानेन्द्र तामाङ

यस्तो छ ‘ए मेरो हजुर २’ को प्रतिक्षित गीत । भिडियो

प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ को प्रतिक्षित गीत सार्वजनिक भएको छ । उकालीमा जादा जादै बोलको रोमान्टिक गीतमा राजेशपायल राई र इन्दिरा जोशीको स्वर सुन्न सकिन्छ भने बसन्त सापकोटाको संगीत छ ।
युवापुस्ताले प्रतिक्षा गरेको फिल्मको रुपमा लिइएको ‘ए मेरो हजुर २’ का अन्य दुई गीतहरुलाई दर्शकले रुचाइसकेका छन । फिल्मको ट्रेलरले पनि फिल्मको माग बढाएको छ। यो रोमान्टिक गीतले फिल्मलाई अझ प्रतिक्षित बनाउने निर्माण पक्षको अपेक्षा छ ।
फिल्मलाई हिट हिरोइन झरना थापाले निर्देशन गरेकी हुन । साम्राज्ञीराज्यलक्ष्मी शाह, सलिनमान बानिया, सलाने बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ, विल्सन बिक्रम राई लगायतको फिल्ममा अभिनय छ । टिनएज लभस्टोरी फिल्म भाद्र १६ बाट रिलिज हुदैछ ।

पुजाले बाँडिन बाढिपिडितलाई राहत

चितवन । पछिल्लो समय चर्चामा रहेकी नायिका पुजा शर्मा बिहिबार चितवन पुगिन् । चितवनको रत्ननगर ५ स्थित बाढि प्रभावित सुकुम्बासी बस्तीमा उनि पुग्दा स्थानियहरु हर्षित थिए । केहि दिनअघिको बाढिका कारण गास र बास नै उजाडिएका सुकुम्बासी बस्तीका स्थनियलाई राहत बोकेर पुजा बिहिबार बिहानै राजधानीबाट चितवन ओर्लेकी थिइन् । उनले सुकुम्बासी बस्तीमा १ लाखभन्दा बढिको खाद्यन्न, लत्ताकपडा लगायत दैनिक उपभोग्य सामाग्रि हस्तान्तरण गरेकी छिन । म यस्तो गीत गाउँछु नायिकाबाट त्यहाँका करिब ६० घर सुकुम्बासीहरुले राहत पाएका छन । पुजा आफ्नै हातले बाढि पिडितहरुलाई राहत हस्तान्तरण गरिरहँदा भावुक देखिइन । सुकुम्बासी बस्तीको अवस्था र स्थानीयहरुको पीडाले उनी आफैलाई दुखेको बुझ्न सकिन्थ्यो । ‘घरहरु अझै हिलाम्य छन, खाने कुरा छैन, लत्ताकपडा सबै बगाएको छ यहाँ अझै सहयोगको खाँचो छ – पुजाले सुनाइन ।’  सहयोग र राहतको नाममा भाषण गर्ने, सामाजिक सञ्जालमा ठुला गफ लगाउनेहरुलाई पनि पुजाको यो कामले पाठ सिकाउने उनीसँगै राहत बोकेर पुगेका निर्देशक सुदर्शन थापा बताउछन । उनले जति सकिन्छ आआफ्नो स्थानबाट सबैले पिडितलाई सहयोग गर्नुपर्ने बताए । आफ्नो फिल्म हलमा लाग्दा लाइन लागेर हेर्न आउने दर्शकहरुको जस्तोसुकै समस्यामा साथ दिनुपर्ने पुजाको तर्क छ । बाढि आए लगतै फेसबुकबाटै प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी पुजाले अन्य कलाकार तथा सिनेकर्मीले पनि गफ नभई काम गरेर देखाउनुपर्ने बताइन । बाढिले प्रभावित जनतालाई अझै थप राहत बितरण गर्ने उनको योजना छ । पुजा र सुदर्शनसँगै राहत बाँड्न पुगेका निर्देशक शोभित बस्नेतले पुजाको कामको खुलेर तारिफ गरे । पुजाबाटै पाठ सिकेर अन्य कलाकर्मीहरु पनि सहयोगमा जुट्न सिनियर निर्देशक बस्नेतले आग्रहसमेत गरे । चलचित्र म यस्तो गीत गाउँछु सफल भएपछि चर्चामा रहेका नायिका पुजा शर्मा र निर्देशक सुदर्शन थापाले बाढिपिडितहरुलाई चामल, आलु, प्याज, नुन, तेल, चाउचाऊ, बिस्कुट, मसलालगायत विभिन्न कपडाहरु बितरण गरेका हुन । गत साउन २८ गते राप्ति नदिमा भीषण बाढि आएपछि उक्त सुकुम्बासी बस्ती पुर्ण रुपमा डुबानमा परेका थिए ।

रहेनन् रंग पत्रकार सबिन शाक्य

19748338_1591326607565608_4197516619851344992_nलामो समयदेखि रंग पत्रकारितामा क्रियाशिल रंगपत्रकार सबिन शाक्यले आत्महत्या गरेका छन । शुक्रबार साँझ ५ बजे शाक्यले आफ्नो कोठामा पासो लगाएर आत्माहत्या गरेका हुन।
रंगपत्रकारितासँगै सिनेमा लेखनमा समेत सक्रिय उनले ‘ब्ल्याक डायरी’ नाम चलचित्र लेखेका थिए । शाक्यले आत्महत्या गर्नु अघि परिवारको नामको पत्र भेट्टिएको बताइएको छ । जसमा परिवारको चाहना पुरा गर्न नसकेको खुलाएका छन् । शाक्य श्रीमती र दुई छोरी र एक छोराको साथमा काठमाण्डौंको गौरीघाटमा बहालवाला कोठामा बस्दै आइरहेका थिए ।

हात्ती चढेर फिल्मको प्रमोसन

IMG_1837आगामी हप्ता प्रदर्शनमा आउन लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’का कलाकारले आज चितवनमा छुट्टै प्रचारशैली अपनाए ।
चितवनको सौराहाबाट २ घण्टा बढी हिंडेर आएको युनाईटेडकली नामको हात्तीमा बसेर कलाकारहरु नारायणगढ बजार घुमे । हात्तीमाथि सयर थिए कलाकारहरु सरोज खनाल, पुजा शर्मा र पल शाह । उनीहरुलाई अर्का कलाकार सोभित बस्नेतले साथ दिईरहेका थिए ।
नारायणगढ बजारमा हात्तीमा चढेर उनीहरुले दर्शकलाई हात हल्लाउँदै फिल्म हेर्न आग्रह गरेका थिए ।
नारायणगढको पुल्चोक पुग्ने वित्तीकै दर्के पानी पपरेपनि परबाह नै नगरी प्रचार अभियानलाई तिब्रता दिए । ‘चितवनको चर्कोगर्मीमा पानीले झन् मजा बनायो’, कलाकार सरोज खनालले अनुभव सुनाए ।
नरायणगढको पुल्चोबाट शुरु भएको यात्रा शहिरचोक, लायन्स चोक हुँदै पुन पुलचोकमा आएर टुंगिएको थियो । IMG_1893उनीहरुको अघिपछि झुम्मिएका दर्शकले हात्तीमाथि कलाकार देख्दा खुबै मनोरञ्जन लिए । कसैले सेल्फी खिचे भने कसैले हात हल्लाएर अभिवादन गरे । घरको तीनतला माथि हुनेहरुले पल, पल भन्दै हुटिंङ्ग गरेका थिए ।
म्युजिक भिडियोमा खेलेर युवा पुस्ताको मनमा बस्न सफल भएकाले पललाई भेट्न किशोर किशोरीको बढी भिड थियो । दर्शकको दवाव आएपछि उनीहरुले हात्तीमाथि बसेर सबैलाई असार ३० बाट प्रदर्शनमा आउन लागेक चलचित्र ‘म यस्तो गीत गाउँछु’ हेरिदिन आग्रह समेत गरे ।
अहिले प्रचारप्रचारको क्रममा देश दौडाहामा लागेको चलचित्रको टोली पुर्वी नेपालबाट आज चितवन हुँदै पश्चिम लागेको छ । शनिवार बुटवलमा कार्यक्रम छ ।
चलचित्र प्रेमगीतको शिर्ष गीतलाई सापट लिएर सुदर्शन थापाले निर्देशन गरेको उक्त चलचित्र स्वयं थापा र नायिका पुजा शर्माले निर्माण गरेका हुन् । उक्त फिल्ममा सरोज खनाल सहित रुपा,राना, मोहन निरौला,राजाराम पौडेल, शिशिर रानाको अभिनय छ । मुख्य अभिनय भने पुजा र पलको छ । IMG_1782‘मुख्यगरी यो चलचित्र लभ स्टोरी नै हो, अनी मिक्स मसला छ,’ नायिका तथा निर्मात्री पुजाले आज चितवनमा पत्रकारमाझ भनिन् । अर्का कलाकार सरोज खनालले राम्रो चलचित्र बनेकाले दर्शकले सजिलैसँग समयको सदुपयोग गर्न सक्ने बताए । सवा करोड लगानी निर्माण भएको उक्त चलिचत्रमा ३ वटा गीत समावेश छ ।
काठमाडौ पोखरा तथा माथिल्लो मुस्ताङमा छायाँकन गरिएको चलचित्रलाई दर्शकसँग नजिक बनाउन फरक शैलीमा हात्ती सफारी गरिएको कलाकार सोभित बस्नेतले बताए ।

‘म यस्तो गीत गाउँछु’ शिर्ष गीत रिलिज । भिडियो

Ma yasto geet gauchhuप्रतितिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शिर्ष गीत रिलिज गरिएको छ । प्रतिक्षित मानिएको फिल्मको प्रतिक्षित गीतले दर्शक स्रोताको मन जित्ने निर्माण युनिटको अपेक्षा छ । गीतमा अर्जुन पोखरेलको सँगीत रहेको छ भने प्रमोद खरेल र अन्जु पन्तले गाएका छन ।
यसअघि सार्वजनिक गीतहरुले फिल्मप्रति दर्शकको चासो बढाइरहेका बेला सार्वजनिक शिर्ष गीतले झनै फिल्मको क्रेज थप्ने देखिन्छ । पुर्णतय लभस्टोरी फिल्मका यसअघि सार्वजनिक सबै गीत तथा अफिसियल ट्रेलर हिट छन । अब फिल्मले पनि दर्शकको साथ पाउनेमा निर्माण टीम आशावादि छन ।
सुदर्शन थापाको निर्देशनमा बनेको फिल्ममा पल शाह र पुजा शर्मा मुख्य भुमिकामा छन । सरोज खनाल, रुबी राण लगायतले पनि फिल्ममा अभिनय गरेका छन । फिल्म असार ३० बाट देशव्यापी रिलिज हुदैछ ।

प्रतिक्षित ‘सायद २’, दोस्रो ट्रेलर सार्वजनिक

Sayad 2प्रतिक्षित सिनेमा ‘सायद २’ को दोस्रो अफिसियल ट्रेलर बाहिरिएको छ । निर्माण पक्षले पहिलो ट्रेलर र फिल्मका गीतहरुले पाएको लोकप्रियतालाई कायम राख्न दोस्रो ट्रेलर आउट गरेको हो । यसले पनि दर्शकको मन जित्ने बिश्वास निर्माण टीमको छ ।
ट्रेलर हेर्दा फिल्मले युवापुस्ताको कथा बोकेको प्रस्ट छ । युवापुस्तामा देखिने आकर्षण, प्रेम, रोमान्स र त्यागको कथा फिल्ममा छ । फिल्म दुर्गिस फिल्मसका ब्यानरमा सुनिल रावलले निर्माण गरेका हुन । सफल निर्माता रावलको यसअघिका हरेक फिल्मले जस्तो यो फिल्मले पनि चर्चा र सफलता पाउने आशा गरिएको छ ।
फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन । सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुङगाना, कुशल पाण्डे लगायतको अभिनय फिल्ममा छ । फिल्म असार ३० बाट रिलिज हुदैछ ।

मुग्लिनको पहिरोमा फस्यो ‘बाबु कान्छा’ सुटिङ युनिट

19433818_1371821899572903_1677820670_nनारायणगढ मुग्लिन सडकखण्डमा गएको भीषण पहिरोले चलचित्र ‘बाबु कान्छा’को सुटिङ युनिट जाममा परेका छन । काठमण्डौमा ६ दिन सुटिङ गरेर चितवन सुटिङका लागि चितवनतर्फ जादै गर्दा इच्छाकामना गाउपालिकाकाको वडा नं. २ को दुइकिलो र चारकिलोमा खसेको भीषण पहिरोले फिल्मको जम्बो टोलीलाई रोकेको हो ।
बिहिबार अपरान्ह ३ बजे काठमण्डौबाट हिडेका युनिट अहिले पहिरो खसेको भन्दा डेढ किलोमिटरको क्षेत्रमा रोकिएको जाममै रहेका फिल्मको निर्देशक शोभित बस्नेतले जानकारी दिए । जाममा निर्देशक बस्नेतसँगै कलाकारहरु सरोज खनाल, राजाराम पौडेल, सलोन बस्नेत, करिष्मा श्रेष्ठ, लय सँगा्रैला लगायत ४० जनाको क्रिउ मेम्बरहरु छन । उनीहरु बस, कार तथा माइक्रोमा चितवनका लागि हिडेका थिए ।
उता फिल्मको टीम नै जाममा परेपछि चितवनको सुटिङ रोकिएको छ । शुक्रबार बिहान ६ बजे कैलाशनगरको मेडिकल कलेज क्षेत्रमा फिल्मको सुटिङ गरिने सेड्युल रहेको फिल्मका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिए । तर सुटिङ टिम नै जाममा रोकिएपछि सुटिङ स्थागित भएको छ । अब जाम खुलेपछि युनिट पुग्ने र सुटिङ सुचारु गरिने उनले बताए ।
सो सडकखण्डमा शुक्रबार बिहान पहिलो खस्दा एक प्रहरी भ्यान पुरिएको र एक ट्रक पहिरोसँगै बगेका थिए । अहिले सडक खुलाउने प्रयास भइरहेको छ । पहिलो भीषण रहेको र अझै ढिस्को खस्ने क्रम रहेकाले बाटो खुल्न समय लाग्ने चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

जनकको ‘जुनकिरी’ सार्वजनिक । भिडियो

Junkiri

गायक तथा सञ्चारकर्मी जनक ताम्राकारको नयाँ गीत ‘जुनकिरी’ सार्वजनिक भएको छ । पश्चिमी देउडा शैली समेटिएको गीतको भिडियो समेत यसै साता सार्वजनिक गरिएको छ । भिडियोमा सनम कठायत, निता ढुङगाना र महेश ताम्राकारलाई देख्न सकिन्छ । सशान कँडेलले निर्देशन गरेको भिडियोलाई अर्जून तिवारीले खिचेका हुन ।
गीतमा गायक जनकका दाजु महेश ताम्राकार शब्द तथा सँगीत रहेको छ । पश्चिमी देउडा फ्लेभरलाई आधुनिक र रोमान्टिक शैलीमा गाउने प्रयास गरेको जनक बताउछन । चौतर्फि तारिफ पाइसकेको गीतका कारण जनकलाई पछिल्लो समयको उदाउदा ताराको रुपमा लिन सकिन्छ ।

बहुप्रतिक्षित ‘प्रेम गीत २’ ट्रेलर आयो । भिडियो

Prem Geetबहुप्रतिक्षित सिनेमा ‘प्रेम गीत २’ को ट्रेलर सार्वजनिक भएको छ । दर्शक हरुले लामो समयदेखि प्रतिक्षा गरेको फिल्मको ट्रेलर प्रेम र त्यसबीचको द्धन्दले भरिपुर्ण छ । ट्रेलरमा हालसम्म गोप्य राखिएको फिल्मका फाइटका दृश्यहरु समावेश छन । निर्माता सन्तोष सेन र नायक प्रदिप खड्काको उपस्थितीले ट्रेलर एक्सनमय छ ।
यसबाहेक रोमान्स र साँगितिक दृश्य समेटिएको ट्रेलरमा अश्लेष ठकुरी मज्जाले छाएकी छिन । उनी म्यानमारकी युवतिको भुमिकामा रहेको बुझ्न सकिन्छ । नेपालदेखि म्यानमारसम्मको कथा बोकेको फिल्म प्रेमगीत २ लाई रामशरण पाठकले निर्देशन गरेका हुन । श्रावनको १३ गते रिलिज गरिने फिल्ममा प्रदिप र अश्लेषका अतिरिक्त शिशिर भण्डारी, कबिता रेग्मी, कैलाश कट्वाल लगायतको अभिनय छ ।

ट्रेलर रिलिज अघि नै ‘प्रेमगीत २’ को गोप्य दृश्यहरु लिक

बहुप्रतिक्षित मानिएको चलिचित्र ‘प्रेमगीत २’ युनिटलाई तनाव थपिएको छ । असार ३० गते रिलिज हुने फिल्मको केहि दिनमा नै ट्रेलर सार्वजनिक गरिने अफिसियल अनाउन्स गरसँगै निकै गोप्य राखिएका केहि दृश्यहरु लिक भएका छन । फिल्ममा नै आबद्ध एक क्रिउ मेम्बर चन्द्र भुजेलले फिल्मको उक्त दृश्यहरु समाजिक सञ्जाल फेसबुकमा शेयर गरेका हुन । उनले २५ वटा एक्स्क्लुसिभ तस्वीरहरु शेयर गरे । जसले प्रेमगीत २ को अधिकांश सस्पेन्स र कथाबस्तु खुलाईदिएको छ । लिक भएका तस्वीरहरुमा निर्माता सन्तोष सेन आक्रमक फाइटरको रुपमा प्रस्तुत छन । बैंककमा खिचिएको उक्त तस्वीर चलचित्रको क्लाइमेक्स सीन हो भन्ने बुझिएको छ । नायक प्रदिप खड्का र निर्माता सन्तोष सेनबीचको फाइट अहिलेसम्म निकै गोप्य राखिएको थियो तर यी तस्वीरहरु लिक भएसँगै निर्माण टीमले यो सीन क्लाइमेक्सको रहेको बताएका छन । तस्वीर शेयर भएसँगै निर्माता सन्तोष सेन फिल्ममा खलपात्रको रुपमा रहेको पनि प्रस्ट भएको छ । यसअघि उनी कलाकार हो भन्ने कहि कतै उल्लेख गरिएको थिएन । थाईल्यान्डमा चर्चित फाइट फिल्ममा समावेश गरिएको पनि यसै तस्वीरहरुबाट प्रस्टिएको छ । यो नेपाली फिल्मका लागि नयाँ प्रयोग रहेको बुझ्न सकिन्छ ।
गोप्य तस्वीर लिक भएपछि निर्माता सन्तोष सेनले यो आफुहरुको लागि घात भएको बताएका छन । अब कामको रफ्तारलाई नै फेरबदल गर्नुपर्ने उनले बताएका छन ।