Thursday , 15 November 2018
News update
Home >> Author Archives: ज्ञानेन्द्र तामाङ (page 3)

Author Archives: ज्ञानेन्द्र तामाङ

‘प्रेम गीत २’ को अर्को गीत सार्वजनिक । भिडियो

Prem Geet 2प्रतिक्षित फिल्म ‘प्रेम गीत २’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘मोटर साइकलमा’ बोलको नयाँ क्लब संङमा स्वस्तिामा खड्का र फिल्मका हिरो प्रदिप खड्का नाचेका छन । यसअघि सार्वजनिक गीतले दर्शक स्रोताको निकै मन जितेकोमा यस गीतले पनि त्यस्तै लोकप्रियता पाउने निर्माण टीमको बिश्वास छ । गीतमा प्रताप दास र इन्दिरा जोशीको स्वर छ ।
नेपालसहित थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको फिल्मलाई राम शरण पाठक ले लेखन तथा निर्देशन गरेका हुन । यसअघिका सुपरहिट फिल्म ‘प्रेमगीत’को हिरोइन र निर्देशकबाहेक अन्य टीम फिल्ममा दोहोरिएको छ । आशुशेन फिल्मसको ब्यानरमा सन्तोष सेनले फिल्म निर्माण गरेका हुन ।

माया र एक्सनमय ‘कारखाना’को ट्रेलर सार्वजनिक । भिडियो

Karkhanaसाँगितिक रुपमा चर्चामा रहेको फिल्म ‘कारखाना’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा फिल्मभित्रको माया र प्रेम सँगै दमदार एक्सन झल्किएको छ । रोमान्टिक हिरो सुशिल श्रेष्ठ फिल्ममा एक्सनपुर्ण देखिएका छन । उनको सुगठित शरिरसहितको द्धन्दले दर्शक तान्ने ल्याकत राख्ने देखिन्छ ।
फिल्ममा बर्षा सिवाकोटि, नविन लम्साल, जेबिका कार्की, बिकास उप्रेती, सुपी थापा लगायतको अभिनय रहेको छ । सुदिप खड्का र अमर बज्रचार्य निर्माता रहेको फिल्मलाई अमरदिप सापकोटाले निर्देशन गरेका हुन । फिल्म असार ३० बाट रिलिज हुनेछ ।

शानदार ‘ग्यांङस्टार ब्लुज’ । ट्रिजर रिलिज

GangStar Bluesनिर्माण घोषणा यता नै निकै चर्चामा रहेको फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रिजर रिलिज गरिएको छ । हिट फिल्महरु दिएका निर्देशक हेमराज बिसीको फिल्म भएकै कारण पनि यो फिल्मको चर्चा बढि थियो । फिल्मको ट्रिजर एक्सनपुर्ण छ । नयाँ हिरो अशिरमान देशराज को दमदार उपस्थिति ट्रिजरमा छ । उनीसहित हिरोइन आना शर्मा र संयम पुरी पनि देखिन्छन ट्रिजरमा ।
फिल्म नामजस्तै ग्याङस्टार जनरामा बनेको बुझिन्छ । सरोज न्यौपानेले फिल्मलाई निर्माण गरेका हुन ।

अर्पण थापाको निर्देशन, ‘आधा लभ’को ट्रेलर यस्तो । भिडियो

Aadha Loveलोकप्रिय कलाकार अर्पण थापाको निर्देशनमा बनेको चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक भएको छ । चार अक्षरले बनेको लभ (love) शब्दमा केन्द्रित फिल्मले प्रेमकै कथा बोकेको ट्रेलरबाट थाहा हुन्छ ।
ट्रेलरमा भेट्रान कलाकारदेखि नयाँ अनुहारहरु पनि फिचरिङ छन । मिथिला शर्मा र टिका पहारीले भेट्रान लभको झल्को दिएको छ भने अर्पण थापा, ऋचा शर्मा, रेमन दास श्रेष्ठ, रोजिशा शाहि ले नयाँ पुस्ताको प्रतिनिधित्व गरेको छ । पुणृतय प्रेमकथामा बनेको फिल्म ऋचा शर्माको निर्माण र अर्पण थापाको निर्देशनमा बनेको हो । फिल्मको कार्यकारी निर्माता पनि अर्पण थापा नै रहेका छन । जेठ २६ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई युवापुस्ताले मन पराउने संकेत देखिएको छ ।

चलचित्र पत्रकार संघद्धारा लम्साललाई सम्मान, ३ जनालाई पुरस्कार

nawaraj-swechha-bijay-parashचलचित्र पत्रकार संघ नेपालले बरिष्ठ सञ्चारकर्मी एवं साहित्यकार डा. नवराज लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गर्ने भएको छ । शुक्रबार बसेको संघको बैठकले रेडियो नेपालमा कार्यरत लम्साललाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै, बिजय अवाज र पारस पोडेललाई चलचित्र पत्रकारिता पुरस्कार र स्वेच्छा राउतलाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । लामो समयदेखि रंग पत्रकारितामा सक्रिय अवाज अनलाइनखबर डटकममा आबद्ध छन भने पारस सगरमाथा टेलिभिजनमा आबद्ध छन । त्यस्तै स्वेच्छा पहिलोपोस्ट डटकममा आवद्ध छिन । पुरस्कार स्वरुव आवज र पौडेलले २१ हजार नगद, ताम्रपत्र र ट्रफि प्राप्त गर्नेछन भने सुवेदिले एक थान ल्यापटम, ताम्रपत्र र ट्रफि प्राप्त गर्नेछिन । अगामि जेठ ७ गते संघको १८ औ स्थापना दिवसको अवसरमा सो सम्मान तथा पुरस्कार बितरण गरिनेछ ।

प्रतिक्षित ‘म यस्तो गति गाउँछु’ गीत सार्वजनिक । भिडियो

Ma yesto geet gauchhuप्रतिक्षित सिनेमा म यस्तो गीत गाउँछुको आकर्षक गीत सार्वजनिक भएको छ । सुगम पोखरेल र अञ्जु पन्तले गाएको भन्छु आज मनका कुरा बोलको गीत सार्वजनिक गरिएको हो । गीतले युवापुस्ता को मन सहजै तान्ने देखिन्छ ।
गीतमा संगीत अर्जुन पोखरेलले भरेका छन । आकर्षक लोकेशनमा खिचिएको गीतमा पल शाह र पुजा शर्मा फिचरिङ छन । सुदर्शन थापाले निर्देशन गरेका म यस्तो गीत गाउँछु साँगितिक लभस्टोरी हो । फिल्ममा पल र पुजा सँगै सरोज खनाल, रुपा राना, राजाराम पौडेललगायतको अभिनय रहेको छ । फिल्म असार ३० मा रिलिज हुनेछ ।

बलिउड अभिनेता बिनोद खन्नाको निधन

Binod khannaबलिउडका चर्चित अभिनेता बिनोद खन्नाको निधन भएको छ । उनको बिहिबार उपचारको क्रममा निधन भएको उपचाररत अस्पतालले पुष्टि गरेको हो । ७० बर्षीय यी अभिनेता लामो समयदेखि क्यान्सरबाट ग्रसित थिए । पछिल्लो महिना भने उनको अवस्था नाजुक बन्दै गएको थियो ।
झन्डै १०० भन्दा बढि हिन्दी फिल्ममा काम गरेका उनी सक्रिय नेता पनि हुन । उनी ४ पटकसम्म बिधानसभामा निर्वाचित भएका थिए भने एकपटक मन्त्री समेत बनेका थिए । उनको निधनमा बलिउडका स्टारहरुले दुख ब्यक्त गरेका छन ।

कलाकार प्रदिप सिहंको निधन

Pradip Singलोकप्रिय कलाकार प्रदिप सिहंको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको शुक्रबार साँझ ५ बजे कलकत्तामा निधन भएको हो । लामो समयदेखि किड्नीको समस्याबाट ग्रसित उनी कलकत्तामा उपचाररत थिए । उनको शव शनिबार ३ बजे नेपाल आइपुग्नेछ ।
उनले कोसेली ,चिनो, दुई थोपा आसु , दक्षिणा , मीत ज्यु, बलिदान, रहर युग लेखी युग सम्म लगायत दर्जनौं नेपाल चलचित्रहरुमा अभिनय गरेका छन ।

निखिलको स्टारपावर कायमै, दर्शकको रोजाईमा ‘राधे’

Radhe1नया बर्षमा रिलिज भएको फिल्म ‘राधे’ले सुरुवाति दुई दिनमा उत्साहजनक ब्यापार गरेको छ । फिल्मले दुई दिनमा १ करोड भन्दा बढिको ग्रस कलेक्सन गरेको छ । शुक्रबार रिलिज फिल्मले पहिलो दिन करिब ८५ लाखको ग्रस कलेक्शन गरेको निर्माता सुशिल पोखरेलले जानकारी दिए् । पहिलो दिन काठमाण्डौका सिंगल थिएटरमा चलचित्र हेर्न दर्शकको भिड लागेको थियो । काठमाण्डौ बाहिर पनि चलचित्रको कलेक्शन उच्च थियो ।
शनिबार भने चलचित्रको व्यापारमा केहि कमी आएको थियो । सो दिन चलचित्रले ४२ लाखको ग्रस कलेक्शन गरेको छ । यसरि, हेर्दा २ दिनमा चलचित्रले १ करोड २७ लाखको ग्रस कलेक्शन गरेको छ ।
निर्माता सुशिल पोखरेलले हलबाटै लगानी उठ्न अझै ५० लाखको व्यापार हुनुपर्ने बताएका छन् । शनिबार बिहान पानी पर्दा चलचित्रको बिहानी शो प्रभावित भएको थियो । चलचित्रको लगानी ६५ लाख रहेको छ । १४ लाख रुपैया डिजिटल राइट्स र ५ लाख विज्ञापनबाट उठिसकेको निर्माता पोखरेलको भनाई छ ।
फिल्मले गरेको कलेक्सनबाट निखिल उप्रेतीको स्टारपावर झल्किएको छ । यसअघिका दुई फिल्म लगातार असफल भएपछि ओझेलमा पर्ने अनुमान गरिरहेका बेला निखिलको अर्को फिल्मले आक्रामक ब्यापार गरेको हो । यसबाट निखिलले अझै केहि बर्ष फिल्म उद्योग होल्ड गर्न सक्ने सम्भावना देखाएको छ । फिल्मलाई जगदिश्वर थापाले लेखन तथा निर्देशन गरेका हुन ।

निखिल एकाएक हराएपछि । भिडियो हेर्नुस

Nikhil Upretiबैशाख १ गतेबाट निर्माता सुशिल पोखरेलको फिल्म ‘राधे’ रिलिज हुदैछ । रिलिज मिति नजिकिदै गर्दा निर्माण युनिटले फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरले फिल्मको कथा केहि हदसम्म खुलाएको छ । अत्याय र अत्याचारका माझ गायब हुन पुगेको एक ब्यक्तिको कथा नै राधे हो भन्न सकिन्छ । गायब भएको पात्र निखिल उप्रेती हुन । फिलममा उनी राधे बनेका छन ।
फिल्मको गीतसँगीत तथा ट्रेलरलाई दर्शकले रुचाइसकेका छन । यसकारण फिल्मलाई पनि दर्शकले रुचाउनेमा निर्माता पोखरेल बिश्वस्त छन । फिल्मलाई जगदिश्वर थापाले निर्देशन गरेका हुन । फिल्ममा निखिलसँगै प्रियंका कार्की, शिशिर भण्डारी, अशिश्मा नकर्मी, सलोन बस्नेत लगायतको अभिनय रहेको छ ।