Thursday , 15 November 2018
News update
Home >> Author Archives: ज्ञानेन्द्र तामाङ (page 5)

Author Archives: ज्ञानेन्द्र तामाङ

युएईमा जियानसँग निताको रोमान्स

Raceयुएई । चलचित्र ‘रेश’ को छायांकनको लागी यतिवेला चलचित्र युनिट युएईमा छन् । चलचित्रमा रहेको दुई वटा गीतको छांयाकनका लागी चलचित्रका नायक विसाल रेग्मी ‘जियान’ तथा नायीका निता ढुगांना तथा चलचित्रका नृत्य निर्देशक गोविन्द राई लगायतको टोली युएई आएको हो । जसअनुसार युएईमा निता र जियानको क्यामेरासामु खुलेर रोमान्स चलेको छ ।
माता पाथीभरा फिल्मस् प्रालीको ब्यानरमा तयार हुन लागेको चलचित्रका निर्देशक किसोर सुब्बा हुन् । सुब्बाले यसअघि खुर्पा, खुकुरी, मिसन नेपाल लगाएतका चलचित्र निर्देशन गरीसकेका छन् । एक सातादेखी चलचित्रको दुई गीत युईएको विभिन्न रमणीय स्थानहरुमा छायांकन भईरहेको चलचित्रका नृत्य निर्देशक बसन्त राईले जानकारी दिए । आनन्द कार्कीको संगीत रहेको गीतमा चलचित्रमा रहेको गीतमा अन्जु पन्त, दिप राजन, सुजता उपाध्याय, नारायण, लगायतको स्वर रहेको छ । छायांकन यसअधि नै सकिएको भएपनि गीत भने अहिलेमात्र सुटिङ भएको हो ।

बन्ने भयो ‘कथा काठमण्डु’

Katha Kathmandukoलामो समय टेलिभिजन कार्यक्रम मार्फत आफ्नो अनुभव बटुलेकी भीजे संगीता श्रेष्ठ अब फिचर फिल्म निर्देशनमा लागेकी छिन् । म्यूजिक भिडियो, छोटा चलचित्रको निर्देशन गरिसकेपछि संगीताले ठूलो चलचित्र नै निर्माणमा हात हालेकी हुन् । उनले निर्देशन गर्न लागेको डेब्यू चलचित्र ‘कथा काठमाण्डु’को औपचारिक रुपमा घोषणा भएको छ ।
काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ३ फरक कथामा बन्ने चलचित्रको घोषणा भयो ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान देसराज जोशी, प्रमोद अग्रहरी, सन्ध्या थापा, संजोग कोइराला र प्रेक्षा अधिकारीको मुख्य भूमिका रहनेछ ।
चलचित्रको बिषयमा बोल्दै निर्देशक श्रेष्ठले भनिन्–‘चलचित्रमा ३ फरक–फरक कथालाई जोडेर एउटा चलचित्र निर्माण गरिनेछ । संभवत नेपाली चलचित्रमा यस्तो प्रयोग भएको छैन । ३ फरक–फरक फिल्म भित्रका कथालाई मिलाएर चलचित्र निर्माण हुनेछ ।’ संगीताले ३ फरक–फरक कथा भएपनि सबै कथाका पात्रसँग एक अर्काको कनेक्शन हुने पनि जानकारी दिइन् ।’ उनले ती पात्रको कनेक्शन कस्तो हुनेछ भनेर खुलाउन चाहिनन् । उनका अनुसार, यो लभ स्टोरी चलचित्र हो ।
यस्तै, चलचित्रको बिषयमा बोल्दै नायिका प्रियंका कार्कीले भनिन्–‘एउटा चुनौतीपूर्ण भूमिका निर्वाहा गर्दैछु ।’ चलचित्र ‘चपली हाइट २’बाट उदाएका नायक आयुष्मान देसराज जोशीले राम्रो कथामा आफू जहिले पनि उत्साहित हुने भन्दै चलचित्र खेल्नका लागि १० लाख पारिश्रमिक मागेको कुरालाई हल्ला मात्र भनेका छन् ।
आहाना फिल्मस्को प्रस्तुतीमा निर्माण हुन लागेको यो चलचित्रको छायांकन वुधबारबाट सुरु हुनेछ । विजय राइको लगानी रहने यो चलचित्रको प्रोडक्शन डिजाइनर वुद्धिलाल मगर छन् । यस्तै, चलचित्रमा लुजाओ विन्ङको छायांकन रहनेछ ।
निर्देशक श्रेष्ठका अनुसार, चलचित्रको छायांकन विभिन्न सिफ्टमा गरिनेछ । काठमाण्डौ भित्र घट्ने विभिन्न पात्रका घटनालाई ३ फरक परिवेशमा देखाइने र उनीहरुविच एक अर्काको कनेक्शन चलचित्रमा हुने संगीताको भनाई छ ।

घोषणा भयो ‘लम्फु’

Lamfuगोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो ‘वर्कसप’ र फ्लोरमा जाने निश्चिततापछि निर्माण टिमले ‘कास्ट एण्ड क्रियू’ सार्वजनिक गर्दै चलचित्र घोषणा गरेको हो ।
शक्तिवल्दव घोरासिनी निर्माता रहने चलचित्रमा कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, ओम गुरुङ, कुशाग्र भट्टराई लगायत प्रमुख अभिनयमा रहनेछन् । पपुलर मल्टिमिडियाको ब्यानरमा बन्ने फिल्मको लेखन भूपतिको हो । उक्त ब्यानरबाट यसअघि चलचित्रहरु ‘किन लाग्छ माया’, ‘बोक्सी’ र ‘दि मिरर’ निर्माण भईसकेका छन् साथै पुनम ईन्टरटेन्मेन्टको सहकार्यमा ‘ओ माइ म्यान’ नामको लघु चलचित्र पनि निर्माण गरिसकेको छ ।
सुखी र सम्पन्न जीवन जिउँने लक्ष्यका साथ शहर पसेको एक युवकको जीवनका यात्रा सुरु भए पश्चात उत्पन्न हुने आरोह अवरोहको कथा फिल्मले बोल्नेछ । अर्जुन पोखरेलको संगीत रहने चलचित्रमा द्वन्द्व अष्ट महर्जनको रहनेछ भने दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहनेछ । नृत्य निर्देशनमा रामजी लामिछाने छन् ।
पुनम ईन्टरटेन्मेन्टको कस्ट्युम डिजाईन रहने चलचित्रलाई ४० दिन भित्र खिचिसक्ने लक्ष्य निर्माण टिमले राखेको छ । यसै साताबाट फ्लोरमा जाने निर्देशक लामिछानेले बताए । पश्चिम नेपालको पर्वत र काठमाडौंमा ‘लम्फू’ खिचिनेछ ।
चलचित्रमा समावेश हुने गीतहरुमा प्रमोद ढुङ्गाना, नरेश भट्टराई, युवराज सापकोटा र दिग्गज धौरालीका शब्द रहनेछन् । ‘लम्फू’बाट डेब्यू गर्न लागेका कबिर अस्कर कलेजका स्नातक हुन् ।

राजेश हमाल, सरोज खनाल सहित दुई दर्जन कलाकारले गरे जय जय नेपाल । भिडियो

Jay Jay Nepalराजेश हमालदेखि सरोज खनालसम्म दुई दर्जन जती कलाकारले अभिनय गरेको नेपाली सांगितिक क्षेत्रको एेतिहासिक भिडियो सार्वजनिक भएको छ । आलोक चाम्लिङ राईको शब्दमा रहेको जय जय नेपाल बोलको देशभक्त गीत गीत सार्वजनिक भएको हो । भिडियोमा महानायक राजेश हमाल, सरोज खनाल लगायत झन्डै दुई दर्जन ख्यातीप्राप्त कलाकारले अभिनय गरेका छन् ।
देशप्रेमले ओतप्रोत जय जय नेपाल ऐतिहासिक रहेको निर्देशक शशांक कँडेलले बताउनुभयो ।
यसमा विजय अधिकारी र मनिशा राईले आवाज दिएको हुन् । भिडियोमा राजेश, सरोजसँगै, एलिशा राई, सरिता लामिछाने, निर्मल शर्मा, शोभित बस्नेत, निराजन प्रधान, सुलेमान ईकु , नवल खड्का, उत्तम केसी, दर्पण राई, सर्वनी पाण्डे, आर डि श्रींखला , कुबेर गिरी, सुन्दर श्रेष्ठ , मिना नुमाफुङ, सलिना राई, पवन राई, राजु कान, जयराम सापकोटा, शिव सापकोटा, एलेक्स पुदासाईनी, रोजिना ठकुरी, सुच्रिता उप्रेती , सुमन ढकाल, सना सुवेदी, जुना श्रेष्ठ र गणेश गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
भिडियोमा विभिन्न जातजातिको भाषा, कला, भेषभुषा, रितिरिवाज र परम्परालाई झल्काएको छ । समस्यामा एकजुट हुनुपर्ने भन्ने सन्देश गीतको छ । देशको कला सँस्कृति, ऐतिहासिक धारोहर लगायत विषयलाई यसमा झल्काईएको छ ।

जेठ ५ मा ‘कारखाना’

Karkhanaसाँगितिक रुपमा चर्चा पाइसकेको फिल्म कारखानाले रिलिज मिति सार्वजनिक गरेको छ । सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म ुकारखानाुको अर्को बर्षको जेठ ५ मा रिलिज हुनेछ । यसअघ माघे सक्रान्तिको अवसरमा रिलिज गरिने भनिएपनि फिल्म अर्को बर्ष मात्रै रिलिज हुने भएको हो ।
रिलिज डेट अनाउन्ससँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा बर्षा र सुशिलको प्रेम देख्न सकिन्छ । पोस्टर शान थापाले डिजाइन गरेका हुन ।
सुदिप खड्का र अमर बज्राचार्यले संयुक्त लगानीमा निर्माण भएको फिल्मको मायाले बोलेको बोलको गीत अहिले निकै लोकप्रिय भइसकेको छ । फिल्ममलाई गोविन्द शाहीले बितरणको जिम्मा लिएका छन ।

भाइको हेरचाहमा दिदीको योगदान ‘डाइङ क्यान्डल’

Dying Candleचलचित्र ‘डाइङ क्यान्डल’ नेपाली मौलिक कथामा निर्माण भएको निर्देशक नरेश केसीले बताएका छन् ।
“दिदी भाइको आत्मीय सम्बन्ध नै चलचित्रको मुख्य कथानक हो,” निर्देशक केसीले भने, “अहिले चलिरहेका चलचित्रभन्दा केही फरक तरिकाले कथा भन्ने प्रयास गरेको छु ।” भाइको हेरचाहमा दिदीले गर्ने योगदान फिल्मको ‘लगलाइन’ हो ।
सोसल ड्रामा जनराको यो चलचित्रले एक महिला पात्र भित्रको मूल्य र संवेदनालाई खोतल्ने प्रयत्न गरेको उनको भनाइ छ । मुख्य चरित्रमा महिला पात्र सिर्जना सुब्बा र लाक्पा सिङ्गे तामाङ छन् । सौगात मल्ल र अर्पण थापाले चलचित्रमा अभिनय गरेका छन् ।
उत्तम केसी, रविन आचार्य र केसी निर्मित चलचित्रमा डेल सम्नरको संगीत छ भने संदीप अधिकारीले सम्पादन गरेका छन् । चलचित्र माघ २८ गते रिलिज हुँदैछ ।

२० तस्वीरमा हेर्नुस सलोनको ब्रतबन्ध । अनमोलदेखि पुजासम्म, सेलेब्रेटीको ओइरो

Salon Bratabanda11अहिलेका डिमान्डेड हिरो सलोन बस्नेतको ब्रतबन्ध गरिएको छ । आइतबार थानकोटमा एक भव्य समारोहको आयोजना गर्दै उनले ब्रतबन्ध पार्टि पनि दिए । उनको ब्रतबन्ध समाहरोहमा फिल्म उद्योगका चर्चित अनुहारहरुको उपस्थिति देखियो । अक्सर यो लेभलको सेलेब्रेटी जमघट निकै कम हुने गर्छ ।
पार्टिमा उनका समकालिन स्टार हिरो अनमोल केसी पिता भुवन केसीसँगै पुगे । अनमोल प्राय यस्ता सार्वजनिक कार्यक्रमहरमा कमै देखिन्छन । त्यस्तै नायिका पुजा शर्मा पनि समारोहमा देखिए । चर्चित हिरोहरु भुवन केसी, रमित ढुङगाना, राजेश ढुङगाना, अभिनेता उत्तम केसी, केशव भट्टराई, फाइट मास्टर राजेन्द्र खड्गी, संगीतकार टंक बुढाथोकि, निर्माता सुनिल रावल, सुशान्त श्रेष्ठ लगायत सलोनलाई शुभकामना र आशिर्वाद दिए । त्यस्तै सञ्चारकर्मीहरु रवि अधिकारी, प्रणव सुवेदि, उत्सव रसाइली, बिक्रम कंडेल, गोविन्द अर्याल लगायत पनि समारोहमा पुगे । निर्माता, निर्देशक तथा अभिनेता शोभित बस्नेत का सुपुत्र सलोन सँगै अभिनेता जयकिशन बस्नेतको सुपुत्र ब्रबिम बस्नेतको पनि एकसाथ ब्रतबन्ध गरिएको हो ।Salon Bratabanda18 Salon Bratabanda19 Salon Bratabanda17 Salon Bratabanda16 Salon Bratabanda15 Salon Bratabanda14 Salon Bratabanda13 Salon Bratabanda12 Salon Bratabanda10 Salon Bratabanda9 Salon Bratabanda8 Salon Bratabanda7 Salon Bratabanda6 Salon Bratabanda5 Salon Bratabanda4 Salon Bratabanda3 Salon Bratabanda2 Salon Bratabanda1 Salon Bratabanda

चलचित्र संघमा प्रदिप कुमार उदय निर्विरोध

chalchitra sangहल सञ्चालकहरुको छाता संगठन नेपाल चलचित्र संघको अध्यक्ष्यमा प्रदिप कुमार उदय चयन भएका छन । मंगलबार हेटौमा सम्पन्न अधिवेशनले उदयलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उदय लामो समय देखि हल सञ्चालन तथा फिल्म निर्माणमा सक्रिय चलचित्रकर्मी हुन । अध्यक्षमा चयन भएपछि उनले अन्य संघ संस्थाहरुसंग हातेमालो गरेर आगामी कार्ययोजना अघि सार्ने बताएका छन् । तर अन्य संघसंस्थाहरुले आफ्नो संस्थाको अस्तित्व अस्विकार गर्ने गरी नीति नियम र योजना सार्वजनिक गरे आफूहरुले पनि अन्य संस्थाको अस्तित्व नस्वीकार्ने चेतावनी उनको छ ।
अध्यक्षमा उदयसँगै संघको १३ जना सदस्य पनि निर्विरोध चयन भएको छ । जसमा नरेन्द्र महर्जन , विक्रम पराजुली , मिजास पोखरेल , कपिल द्धा, गोपाल काजी कायस्थ, मधुसुदन प्रधान, अर्जुन श्रेष्ठ , अशोक शर्मा , बिरेन्द्र नारायण श्रेष्ठ, ओम जैसी, नारायण आचार्य, राजिव शाह, मदनमान बज्राचार्य छन । अधिवेशनले चैतन्य बरालको संयोजकत्वमा पुर्वाञ्चल कमिटि पनि चयन गरेको छ ।जसको सदस्यहरुमा मुकुल श्रेष्ठ, जगदीश गुप्ता, पर्शुराम चौधरी र गणेश खड्का रहेका छन ।
संघको यसअघिको अध्यक्ष नकिम उद्धिनको कार्यकाल सकिन अझै २ महिना बाँकि रहेको अवस्थामा नयाँ नेतृत्व आएको हो । दुई महिनासम्म नयाँ समितिले तयारी गर्ने र २ महिनापछि कार्यभार सम्हाल्नेछ ।

महानायक राजेश हमाल तनहूँ पुग्दा

Rajesh Hamalमहानायक राजेश हमाल सोमबार तनहुँ पुग्दा माहोल एकाएक भव्य देखियो । चलचत्रि उद्योगमा एकछत्र राज गर्न सफल यी स्टारलाई आफ्नै गाँऊठाँऊमा देखेपछि स्थानिय हर्षविभोर देखिन्थे । उनीहरुले हमालको भव्य स्वागत गरे । उनीहरुले हमाललाई पुरिने गरि लगाइदिएको मालाको पनि अहिले निकै चर्चा छ । हमालको सम्मानमा स्थानियले माला लगाएर सम्मान तथा स्वागत गरेका थिए ।
हमाल तनहुँको जामुनेस्थित राधा माध्यामिक विधालयको वार्षिकोत्सव उद्घाटन तथा घाँसी नेपाल द्वारा बनाइएको नव निर्मित चार कोठे भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन पुगेका हुन । जहाँ हमाललाई हेर्नकै लागि सयौ स्थानिय ओइरिएका थिए । कार्यक्रम उद्घाटनपछि हमालले उपहार स्वरुप नयाँ भवन पाएकोमा राधा मावीका विद्यार्थीहरुलाई भाग्यमानी ठान्दै भूकम्प पछि आफुले देशका धेरै क्षेत्रमा भ्रमण गरेको र क्षतिलाई नजिकबाट देखेको भन्दै त्यो दयनिय अवस्था साम्य हुने नहुनेमा शंका पाइएकोमा अब मुहार फेरिएकोमा खुशी व्यक्त गरे ।
भूकम्पपछि उत्पन्न अवस्थामा घाँसी नेपालसँग सहकार्य गर्दै घाँसी नेपालको योजनाहरु हेरेको र पहिले देखी नै शिक्षा क्षेत्रमा लागेको थाहा पाएसँगै भूकम्पले ढालेका विद्यालयलाई कसरी उठाउन सकिन्छ भन्नेमा घाँसी नेपाल अग्रसरतामा हातेमालो गरेको बताए । स्थानिय विद्यार्थीहरुसँग समय बिताउन पाउँदा फलदायक महशुसगरेको भन्दै उनले भोलीको दिनमा पनि यो प्रकारको सहयोगको लागी आफु सधैं कृयाशिल रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
देशको शिक्षा क्षेत्रलाइ अघि बढाउने आफु जहिले पनि लागिपरिरहेको स्मरण गर्दै हमालले व्याक्ति नहेरेर संस्था र समाजको स्तर वृद्धिमा आफ्नो प्राथमिकता रहने उनको भनाइ थियो ।

चैत्र ४ मा ‘यो साइनो मायाको’, अडियो गीत रिलिज

Yo Saino Mayakoएक महिना पहिले टिजर रिलिज गर्दै प्रचार सुरु गरेको फिल्म ‘यो साइनो मायाको’ रिलिज डेट सार्वजनिक भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म आगामी चैत्र ४ गते रिलिज हुनेछ । काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ ।

यसैबीच अरुणकुमार प्रधान निर्देशित फिल्मको लिरिकल भिडियो समेत युट्युवमा रिलिज गरिएको छ । ‘अमर रहोस’ बोलको प्रेमभाव बोल्ने गीतमा फिल्ममा केहि स्थिर दृश्यहरु समावेश छन् । सुमधुर बोलको गीत युवापुस्तामा लक्षित छ ।

सार्वजनिक गीतमा संगीत कुन्दन थापाको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षेत्रीले दिएका छन् । रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्मलाइ बाबुराम नेपालीले खिचेका हुन् । फिल्ममा जतिन ताम्राकार, रेश्मा घिमिरे, किशोर भण्डारी डिट्ठा साब, राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बा अभिनयमा छन् ।