Sunday , 26 May 2019
News update
Home >> Author Archives: namastefilmy

Author Archives: namastefilmy

‘जात्रै जात्रा’ युनिट चितवनमा, चलचित्र निर्माणमा रिस्क लिन पछि नपर्ने निर्देशक :भट्टराई

जेठ ३ गते शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले राम्रै व्यवसायिक सफलता प्राप्त गरेको छ । व्यवसायिक रुपमा सफल मानिएको चलचित्रले दर्शकहरुको मन समेत जितेको छ ।चलचित्र रिलिजको द्रोश्रो हप्ता मोफसलको यात्रामा रहेको चलचित्र युनिट आईतबार चलचित्रको बारेमा दर्शकहरुको प्रतिकृया बुझ्दै हिँडेको निर्माण टोली चितवन आइपुगेको छ । चितवन आएको टोलीले दर्शकको प्रतिकृयासँग आइतबार सञ्चारकर्मीहरुसँग अन्तरक्रिया समेत गरेको छ ।

अन्तरक्रियाका क्रममा चलचित्रका कार्यकारी निर्माता एवम् कलाकार रवीन्द्रसिंह बानियाले दशौँ दिनसम्म आइपुग्दा समेत दर्शकहरुको उत्साहले आफू हौसिएको प्रतिकृया दिए ।‘हामी दर्शकहरुसँग खुसी साटासाट गर्न आएका हौँ’ बानियाले भने, –‘धेरै दर्शकहरुले चलचित्र राम्रो बनेको प्रतिकृया दिँदा हामी हौसिएका छौँ, आगामी दिनमा थप सशक्त चलचित्र निर्माणमा हामीलाई उत्प्रेरणा जगाएको छ ।चलचित्र हेर्ने बेलासम्म दर्शकहरुको हाँसोको फोहोराका साथै एकाग्र भएर चलचित्रमा नै ध्यान केन्द्रित भएको आफूहरुले पाएको बानियाको भनाइ छ ।चलचित्रले १० दिनमा ६ करोडको व्यापार गरेको पनि रवीन्द्रसिंह बानियाले दाबी गरे ।

राम्रो चलचित्र बनाउका लागि विषयवस्तुमा इमान्दारीता अपनाउनुपर्ने उल्लेख गर्दै चलत्रिका निर्देशक प्रदीप भट्टराईले आगामी दिनमा ओझिलो चलचित्र निर्माणमा प्रेरित भएको बताए । समाजका व्यथिति, विसंगतीको कथावस्तुलाई लिएर कमेडी जोड्दै चलचित्र निर्माण गर्न समेत रिस्क लिन पछि नपर्ने भट्टराईले बताए । राम्रो चलचित्र बनेर मात्रै नहुने भन्दै आफूहरु प्रचारप्रसारसँग दर्शकहरुको प्रतिकृया लिनका लागि देश दौडाहामा जुटेको भट्टराईको भनाइ छ ।

‘टिम राम्रो भएपछि चलचित्र राम्रो बन्छ’ भट्टराईले भने, –‘फिल्म रमाइलो युद्ध हो, युद्ध त्यो बेला तिजिन्छ जुन बेला शक्तिशाली सेनाको सेनापति हुन पाइन्छ ।’ चलचित्रमा सबैको लगाव रहन सकेको खण्डमा मात्रै राम्रो कन्टेन्ट प्रदान गर्न सकिने भट्टराईले बताए । कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया, बाल कलाकार अरविन खड्का, निर्देशक प्रदीप भट्टराईसहितको टोली चितवन आएको हो ।

प्रदिप भट्टराईले निर्देशन गरेको सिनेमामा विपिन कार्की, दयाहाङ राई, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल लगायत कालाकारको अभिनय रहेको छ ।चलचित्र करीब २ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल हो । पहिलो भागमा भेटाएको पैसा लुकाउन पात्रहरुले गर्ने संघर्षको कथा थियो । ‘जात्रै जात्रा’ मा भेटाएको सुन लुकाउन र धनी बन्ने लोभमा फिल्मका प्रमुख पात्रहरु देखिएका छन् ।

चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहको छ भने शंकर महर्जनको द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।सिंगे लामा र योगेश्वर पौडेलले निर्माण गरेको यस चलचित्रमा रविन्द्रसिंह बानिया कार्यकारी निर्माता रहेको छ ।

नरेन्द्र मोदीको बायोपिक फिल्मले पहिलो दिनमै २.८८ करोडको कमाइ गर्‍यो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बायोपिक फिल्म शुक्रबारबाट रिलिज भयो। फिल्मको ओमंग कुमारले निर्देशन गरेका हुन्। फिल्ममा विवेक ओबराय प्रम मोदीको चरित्रमा छन्। फिल्मको व्यापार फाइदाजनक रहेको छ।

भारतीय लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक ताका फिल्म रिलिज हुनाले फिल्मले अझै राम्रो व्यापार गर्ने निर्माण टिमको बुझाइ छ।  व्यापार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमै २.८८ करोडको कमाइ गर्‍यो। तरणले भनेका छन्, ‘फिल्म बिहानैदेखि सुरु भयो। तर, साँझमा फिल्मले निकै राम्रो कारोबार गर्‍यो।’

फिल्मलाई लिएरै निकै विवाद समेत भएका छन्। यसको रिलिज मिति धेरैपल्ट बदलिएको थियो। फिल्मको सुरुमा अप्रिलमा रिलिज गरिने बताइएको थियो। तर, विपक्षको विरोधका कारण अप्रिलमा रिलिज हुन पाएन। विपक्षीहरूका अनुसार यस फिल्मले चुनाव आचार संहिता उल्‍लंघन गर्ने थियो।

त्यसकारण चुनावअवधिभर फिल्‍म रिलिज हुन सकेन। त्यसपछी फिल्मलाई २४ मेमा रिलिज गरियो। जुन , लोकसभा चुनावकझ रिजल्टको एकदिन पछि। हालै सम्पन्न भएको लोकसभा चुनावमा पिएम मोदीले ऐतिहासिक जित हासिल गरे।

चलचित्र ‘न यता न उता’ को शिर्ष गीत सार्वजनिक ,श्रावण १७ मा रिलिज हुने

गतवर्षको माघ २५ गतेबाट प्रदर्शनको तयारी गरिएको सिनेमा ‘न यता न उता’को रिलिज प्राविधिक कारणले पोस्टपोण्ड गरिएको थियो । माघ २५ को रिलिजलाई टार्गेट गरेर निर्माण टिमले सिनेमाको गीतसंगीत, ट्रेलर, पोष्टर समेत सार्वजनिक गरिसकेको थियो । तर, अन्तिममा आएर प्राविधिक कारण देखाउँदै रिलिज पोस्टपोण्ड गरेको सिनेमाको निर्माण टिमले शुक्रबार ‘न यता न उता’को नयाँ रिलिज मिति पक्का गरेको हो ।

अब यो सिनेमा आगामी श्रावण १७ गतेबाट प्रदर्शन हुने भएको छ । सिनेमाको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि गरेको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।

‘न यता न उता’को कथा तथा पटकथा मिराज रोशले तयार पारेका हुन् । भने, सिनेमाको संवाद अभिमन्यु निरबीले लेखेका हुन् । रिना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ । अरोन अशोक कुमारले छायाँकन गरेको सिनेमालाई विपिन मल्लले सम्पादन गरेका हुन् ।

प्रदीप खड्कासग ‘प्रेमगीत ३’ यी २५ जनामा एक जनाले रोमान्स गर्दै

चलचित्र ‘प्रेमगीत ३’ का लागी ‘गीत’ को क्यारेक्टरको खोजी भैरहेको छ। चलचित्रको गीतको अडिसनका लागी निर्माण टिमले केहि समय अगाडी अडिसन आह्वान गरेको थियो। २७१४ युवतीको आवेदनबाट निर्माण टिमले २५ युवतीलाई छनोट गरेको छ। १८-२५ बर्षका युवतीहरुले लिड क्यारेक्टरका लागी अडिसन दिएका थिए।

त्यसमध्येबाट उत्कृष्ट २५ जना युवती अडिसनका लागि छनौट गरिएको निर्माता सन्तोष सेनले जानकारी दिए । २५ जनामध्ये उत्कृष्ट एक जना युवतीले नायक प्रदीप खड्कासँग प्रेमगीत ३ मा अभिनय गर्नेछिन् ।निर्माता सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले टप २५ छनोट गरेको हो।

अडिसनका लागी शिर्ष २५ छनोट भएका केहि युवति म्युजिक भिडियो र चलचित्रमा काम गरेका परेका छन्। ‘ची मुसी ची’ डेव्यु अभिनेत्री एलिशा शर्मा, मोडल अन्जली लामा, सय कडा दश अभिनेत्री करुणा श्रेष्ठ, बुगी वुगी च्याम्पियन कविता नेपाली, मोडल कृष्टिन थापा, लाक्पा शेर्पा, पुजा तिवारी लगायात ग्ल्यामर फिल्डमा सक्रिय रहेका छन्। धेरै नया मुहार पनि यो लिष्टमा रहेका छन्। छेतन गुरुङ र निर्माता शेनले संयुक्त रुपमा निर्देशन गर्ने चलचित्र चैत्र २८ गतेबाट रिलिज हुनेछ ।

दीपक-दीपा र रोहित अधिकारीको चलचित्र ‘छ माया छपक्कै’को छायांकन शुरू

बिहिबारबाट  चलचित्र ‘छ माया छपक्कै’को छायांकन शुरू भएको छ ।चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, केकी अधिकारी मुख्य भूमिकामा छन् ।

कमेडी जनरामा निर्माण हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्नेछन् । चलचित्रमा दीपकराज गिरीको पटकथा रहने छ भने संवाद अभिमन्यू निरवी, दीपक, जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा मिलेर लेखेका हुन् । निर्देशन सल्लाहकारको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

चलचित्रमा जितु नेपाल र केदार घिमिरे कार्यकारी निर्माताको रुपमा रहेका छन् ।दीपक शर्माको संगीत रहने यस चलचित्रमा कविराज गहतराजको नुत्य,रोशन श्रेष्ठको एक्शन,हरि हुमागाईको छायांकन तथा बिपिन मल्लको सम्पादन रहने छ ।

आगामी बडा दशैलाई रिलिज गरिने चलचित्र ‘छ माया छपक्कै’  निर्माता रोहित अधिकारीले निर्माण गर्न लागेका हुन् । चलचित्रलाई आमा सरस्वती मूभिज, रोहित अधिकारी फिल्मस र आइएमइले मिलेर निर्माण गर्ने भएका हुन्  ।करिब बजेट २ करोड लगानी रहने यस चलचित्रको सबै लगानी रोहित अधिकारी फिल्मसको हुनेछ भने नाफाको  ५० प्रतिशत दीपक–दीपा टिमले  लिनेछन् ।

गायक कर्णराज गिरीको ‘मन्जुरी’मा आँचल शर्मा र अर्जुन जिसीको रोमान्स (भिडियो )

गायक कर्णराज गिरीको नयाँ गीत ‘मन्जुरी’ को भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गीत संगीतमा आफ्नो भिन्दै स्थान बनाउन सफल गायक गिरीको यस गीतमा संगीत पनि आफुले नै भरेका छन् ।गीतमा शब्द डिपी खनालको रहेको छ भने संगीत संयोजन कर्णराजले नै गरेका हुन् । गीतमा गिरीलाई फिमेल भोकलमा सुनितामी परियारले साथ दिएकी छिन् ।

गीतको भिडियोमा चर्चित नायिका आँचल शर्मा र अर्जुन जिसीको अभिनय रहेको छ । भिडियोमा आँचल र अर्जुनको अनस्क्रिन रोमान्स देखाइएको छ ।गीतलाई कोरियोग्राफर राजिव समरले निर्देशन गरेका हुन् ।अर्जुन तिवारीको छायाँकन रहेको यस भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

गायक गिरी ‘मन्जुरी’ ‘दर्शकको टेस्ट अनुसारकै गीत बनाउने कोसिस गरेको बताए ।उनको यस अघि ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता सफल गीत बजारमा आइसकेका छन् ।

अनुप विक्रम शाही अभिनित ‘कप्स’को अफिसियल पोष्टर सार्वजनिक

यहि  जेष्ठ १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा कप्सको अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । सिनेमाको सार्वजनिक २ पोष्टरमा मुख्य कलाकार अनुप विक्रम शाही, सन्दीपा लिम्बु, अनुपमा भण्डारी, अमित गिरीलगायतका कलाकारलाई स्थान दिइएको छ ।

सत्य सेवा सुरक्षणम्को नारा दिइएको सिनेमाले नेपाल प्रहरी, पोलिटिक्स, पत्रकार र पब्लीकको कथा भन्ने निर्देशक सम्राट सापकोटाले बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो । प्रायः हिरोसँग बदला लिने चरित्रमा मात्र प्रस्तुत हुँदै आएका उनले यसमा एक सच्चा प्रहरी अधिकृतको भूमिका निभाएको बताए । सिनेमालाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् ।

‘कप्स’मा अनुपविक्रम र संन्दीपाका अलवा अमित गिरी, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । ‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’को संयुक्त व्यानरमा निर्माण भएको सिनेमालाई राम शाक्यले निर्माण गरेका हुन् । एक्सन र लभस्टोरी जनरामा बनेको सिनेमामा सुशान्त प्रजापतिको छायांकन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत, अष्ट महर्जनको द्वन्द्व, विपिन मल्लको सम्पादन रहेको छ ।

चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘रेस’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र प्रदर्शन मिति नजिकिदै जादा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो । चलचित्र यही जेठ २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।

माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालि को संयुक्त प्रस्तुति रहेको चलचित्र ‘रेस’मा नीता ढुंगाना, पुष्पा लिम्बु, सुलेमान (ईकु), किरण केसी, जियान र एजेश सैंजुको मुख्य भूमिका छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ ।
किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको यो चलचित्रमा मौनता श्रेष्ठको पटकथा र संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य, शंकर महर्जनको द्वन्द्व रहेको छ ।

चलचित्रका मुख्य निर्माता हस्त लिबांग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्मातामा पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् ।

यतिवेला चलचित्रका मुख्य निर्माता हस्त लिबांग र किशोर सुब्बा पूर्वाञ्चलका विभिन्न स्थानहरुमा चलचित्र प्रमोशनका लागि पुगेका छन् ।
सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाललगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।

आर्यन सिग्देल अभिनित चलचित्र ’च च हुई’ को छायाँकन हङकङमा

चलचित्र  ‘लेटर’ मार्फत  निर्देशनमा हात हालेका साम्तेन भुटियाको निर्देशनमा तयार भइरहेको पछिल्लो चलचित्र ’च च हुई’ को छायाँकन गत साता देखि हङकङमा भईरहेको छ । एक साताको सेड्युल लिएर गत शुक्रबार त्यसतर्फ टोलि प्रस्थान गरेको थियो । तान्द्रो ,अनागत , सुस्केरा र साढे सात निर्देशन गरिसकेका साम्तेन यसपटक कमर्सियल फिल्म निर्देशन गरिरहेका छन् ।

नर्थ पोइन्ट , जोर्डन , गार्डेन हिल लगायतका रमणीय स्थानमा फिल्मको छायाँकन भइरहेको छ । फिल्मको छायाँकनको लागि अभिनेता आर्यन सिग्देल , माओत्से गुरुङ र भोला राज सापकोटासँगै छायाँकार सुशन प्रजापति , निर्देशक साम्तेन भुटिया , निर्माता अमृत घोले लामा लगायत हङकङमा छन् ।

त्यहाँ आर्यन र भोलाको विभिन्न दृश्यको छायाँकन भइरहेको छ । पुस्कर गुरुङ , मिरुना मगर , बबिता मल्ल लगायतको अभिनय रहेको फिल्मको हिमाली भेगमा शुटिङ सकिएपछी यतिबेला टिम हङकङ पुगेको हो । त्यसपछि नेपाल आएर फिल्मको गीतको छायाँकन गर्ने निर्माता अमृत घोले लामाले बताए । एजीएल इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यो कमेडी जनरको फिल्म हो भने यसलाई सिजन दाहाल र संदेश अर्यालले लेखेका हुन् । ‘यसपटक कमर्सियल फिल्मको जमर्को गरेको छु’ साम्तेन भन्छन् ‘फिल्म मार्फत दर्शकलाई भरपुर मनोरंजन दिलाउने प्रयास रहनेछ ।’

फिल्ममा पछिल्लो समयका चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहेको छ । रोशनको संगीत रहेका गीतहरुमा लुटको उध्रेको चोली र जात्राको नोट नोटले चर्चा पाएका थिए ।

अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावलको ‘हेरा फेरी -३’ आउने

अक्षय कुमार, सुनिल सेट्ठी र परेश रावल ‘हेरा फेरी- ३‘ मा आउँदैछन् । सुरुको हेरा फेरी सन् २००० मा अनि ‘फिर हेरा फेरी’ सन् २००६ मा रिलिज भएको थियो । ‘हेरा फेरी -३’ लाई भने प्रियदर्शनले निर्देशन गर्नेछन् ।

फिल्म यही वर्षको डिसेम्बरबाट सुटिङ्ग हुँदैछ । सुनिल सेट्ठीले आफू फिल्म खेल्नलाई निकै नै आँतुर भएको बताएका छन् । फिल्ममा श्यामको रुपमा देखिएका सुनिल सेट्ठीले ‘फिर हेरा फेरी’ भन्दा ‘हेरा फेरी’ निकै राम्रो रहेको बताए । मानिसहरुले इमान्दार र सङ्घर्षशील क्यारेक्टरलाई बढी रुचाउने उनले बताए ।