Tuesday , 16 October 2018
News update
Home >> Article

Article

कलाकारलाई युट्युबको भर

रामबहादुर थापा बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।

प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आउनुभएको छ । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’ खत्रीले भन्नुभयो, “अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवद्र्धनमा छु ।” राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उहाँको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भन्नुभयो, “हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।” राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उहाँको भनाइ छ ।

जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाउनुभयो । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउनुहुन्छ । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भन्नुभयो, “कहिले बढी पनि आउछ, कहिले कमी ।”थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा उहाँ हुनुहुन्छ । थापाले हालैमात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कारसमेत पाउनुभएको छ । गीत हेर्ने, लाइक, टिप्पणी, आदानप्रदान र ‘सब्रसक्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।

लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउनुहुन्छ । अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उहाँको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’ उहाँले भन्नुभयो, “फाइदा अर्कैले लिइरहेको हुन्छ । नियमन निकायले विकृति रोक्नुपर्ने उहाँको सुझाव छ ।

युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउनुहुन्छ । ‘राम्रो दर्शक पाउदा पैसा पनि छ’ थापाले भन्नुभयो, “यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।” त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।

कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्यदृश्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवद्र्धन गर्ने क्रम अहिले बढ्दो छ । मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो । (रासस)

‘ब्ल्याक’को ट्रेलर : आकाश र आँचलको प्रेममा भाँजो हाल्ने को ??

निर्देशक प्रदिप श्रेष्ठले केही बर्षको अन्तरलापछि नयाँ चलचित्र निर्देशन गरेका छन् । उनले, निर्देशन गरेको चलचित्र ‘ब्ल्याक’को ट्रेलर सार्वजनिक भएको छ ।

आश्मा पाण्डेको निर्माणमा तयार भएको यो चलचित्रको मुख्य भूमिकामा नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा देखिएका छन् ।

चलचित्रमा नायक आयुष रिजाललाई खलपात्रको रुपमा देखाइएको छ । आकाश र आँचलको प्रेममा आयुष भिलेन बनेको ट्रेलरबाट पनि प्रष्ट हुन्छ ।

भदौ १ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा सायरी र संवादलाई बढी स्थान दिइएको छ । प्रेममा आउने उतारचढाव, त्याग, लफडा र मिलनको कथालाई चलचित्रले उठान गरेको छ ।

निर्देशक प्रदिप श्रेष्ठले डार्क प्रेम कथामा यो चलचित्र निर्माण गरेको बताए । उनले, चलचित्रले दर्शकको मन छुने समेत दाबी गरे । यस्तै, नायक आकाश श्रेष्ठले आफूहरुले निकै मिहिनेत गरेर एउटा राम्रो चलचित्र बनाएको दाबी गरे । नायिका आँचल शर्माले पनि चलचित्रको कथावस्तु निकै राम्रो रहेको र लिड भूमिकामा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।

चलचित्रका अर्का कलाकार सुन्दर श्रेष्ठले एक्सन अवतारमा दर्शकले आफूलाई हेर्न सक्ने बताएका थिए । चलचित्रकी निर्मात्री आश्मा पाण्डेले चलचित्र हेर्दा दर्शकले मोबाइल चलाउन नपर्ने बताइन् ।

चलचित्रमा भीएफएक्सको उच्च प्रयोग गरिएको छ । भीएफएक्सका लागि ९ महिना समय लागेको निर्माणपक्षले दाबी गरेको छ ।

यस्तो छ ‘ईन्टु मिन्टु लण्डनमा’को टिजर : धिरजले साम्राज्ञीसँग गरे रोमान्स

युटुब स्टार धिरज मगर र साम्राज्ञी शाहको मुख्य भुमिका रहेको चलचित्र ईन्टु मिन्टु लण्डनमा को टिजर रिलिज भएको छ ।

बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले यो चलचित्रको टिजर रिलिज गरेको हो ।
असोज ५ गतेलाई प्रर्दशन मिती तोकेको यो चलचित्रले टिजर रिलिज सँगै प्रचार प्रसार सुरु गरेको संकेत देखाएको छ ।

टिजरमा साम्राज्ञी र धिरजलाई मात्रै प्रस्तुत गरीएको छ ।

यसै चलचित्रबाट कोरीयोग्राफीमा बेग्लै पहिचान बनाएकी रेनेशा राई बान्तवाले चलचित्र निर्देशनमा डेब्यु पनि गरेकी छिन् ।

कार्यक्रममा बोल्दै निर्देशक रेनेशाले कोरीयोग्राफीमा आफुबाट जुन किसिमको परिवर्तन ल्याउने कोशिस गरीएको थियो, निर्देशनमा पनि त्यो कोशिस जारी राखेको बताएकी छिन् ।

त्यसै गरी अभिनेता धिरजले पनि यो चलचित्रको स्कृप्ट निकै मन परेकाले अवसर गुमाउन नचाहेर यो फिल्म खेलेको बताएका छन् ।

आईकोर फिलिम्सको ब्यानरमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराले निर्माण गरेको यो चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको डि।

ओपी, सुजिल कर्माचार्य,हर्कुलस बस्नेत,बसन्त सापकोटा,स्वप्न सुमनको संगीत, र सुस्मिता जिरेल,सुलेखा राई र बसन्त तामाङ्ग सह निर्माताको रुपमा रहेका छन् ।

‘बाबु कान्छा’को ट्रेलर रिलिज : सलोनलाई चाहियो करिष्मा

अभिनेता सलोन बस्नेत स्टारर फिल्म ‘बाबु कान्छा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सलोन हाबी छन् । प्रेम, रोमान्स र द्वन्द्वलाई ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

चार वर्षदेखि एलिसा उर्फ अभिनेत्री करिश्मा श्रेष्ठ बेपत्ता छिन् । यसको आरोप सलोनमाथि थोपरिन्छ । बरिष्ठ कलाकार नीर शाहले एलिसाको बारेमा सोध्दै उनीलाई गालामा थप्पड पनि लगाएका छन् ।

ट्रेलरमा सलोनको कमेडी र एक्सन पाटो पनि देखाइएको छ । शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’ मा सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

यो फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेब्यू गरेका छन् । सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको ‘बाबु कान्छा’ मा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह(निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी छ ।

उक्त फिल्ममा अष्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ुकर्णवीरु को ुचन्द्रमा झैँ राम्री छौु गीतलाई रिमिक्स गरेका छन् । यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

सलोनको बढ्दो क्रेजले यस फिल्मलाई ठूलो फाइदा पुग्ने फिल्मी पण्डितहरुको आँकलन छ । पछिल्लो रिलिज फिल्म ुए मेरो हजुर २ु पछि उनको लोकप्रियता थप चुलिएको छ ।

आर्यन र साम्राज्ञी स्टारर फिल्म ‘कायरा’ : यस्तो छ ट्रेलर (भिडियो)

आर्यन सिग्देल र साम्राज्ञीराज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’को ट्रेलर रिलिज भएको छ । आइतबार एक कार्यक्रम गरेर मिडियामाझ देखाएको ट्रेलर निर्माण टिमले सोमबार युट्युव रिलिज गरेको हो ।

सार्वजनिक ट्रेलरमा आर्यन र साम्राज्ञीलाई रोमान्टिक अबतारमा देखाएको छ । ट्रेलरले मायाप्रेम, रोमान्स र सस्पेन्स बोल्छ । अधिकांश दृश्यमा साम्राज्ञीलाई बोल्ड लुक्समा फिचर गरिएको छ । लक्ष्मण रिजालले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्म साउन १८ मा रिलिज हुँदैछ ।

आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा आर्यनले नै निर्माण गरेको फिल्ममा पटकथा तथा संवाद केदार भुषालको छ । फिल्ममा संगीत कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको छ । कोरियोग्राफी प्रविण सिंहले गरेका छन् । शिवराम श्रेष्ठले खिचेको फिल्ममा शिशिर राणा, हितेश शर्मा, सुरेश न्यौपाने, मरिशा श्रेष्ठ पनि लिड रोलमा छन् ।

हरिण मारेको आरोपमा सलमान खानलाई ५ वर्षको जेल सजाय


२० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खानलाई ५ वर्षको जेल सजाय तोकिएको छ। जोधपुर अदालतले सलमानलाई ५ वर्ष जेल सजाय तोकेको हो।

सलमानलाई अदालतबाट हिरासतमा लिइएको छ। उनलाई जोधपुरको सेन्ट्रल जेलमा राखिने भएको छ। उनलाई १० हजार जरिवाना पनि तोकिएको छ। सलमान योसँगै वितग २० वर्षमा पटकपटक जेल गएका छन्।

सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो। सलमान खानले सन् १९९८ को सेप्टेम्बर २६ र २८ मा दुई काला हरिणको शिकार गरेको आरोप लागेको थियो।

उनलाई हरिणको शिकार गर्ने उक्साएको आरोप लागेका अभिनेता सैफ अलि खानलाई भने सफाइ दिइएको छ। सलमान खानले यो सजायविरुद्ध अपील गर्नसक्ने छन्। र, यसका लागि पहल गर्ने उनका वकीलहरूले बताएका छन्।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो।

जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी करार गरेको हो भने अन्यलाई सफाइ दिएको छ। सलमान खानका वकीलले अदालतमा तीन वर्षभन्दा कमको सजाय माग गरेका थिए।

सलमान लगायत अन्य कलाकार २० वर्ष पहिले ुहम साथ(साथ हैुं फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए। यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो।

जसमा दोषी पाइएकालाई छ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ। सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताउँदै आएका थिए। उनका वकीलले सलमानलाई फसाइएको बताएका छन्। सलमान खान आफ्नी दुई बहिनीसँग जोधपुर अदालत पुगेका थिए।

 

धुर्मुसले भने : जमिनका हिसाबले चितवन रंगशालाका लागि उत्कृष्ट ठाउँ

नारायण ढुंगाना,
चितवन, २० चैत : धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २० मा क्रिकेट रंगशालाको सम्भाव्यता अध्ययन गरेको छ।

आज ईन्जिनियर सहित आएको फाउण्डेसनको समुहले भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहको सहभागितामा स्थलगत रुपमा रंगशाला बनाउन सकिने या नसकिनेबारे सम्भाव्यता अध्ययन गरेको हो ।
फाउण्डेसनले बनाउन लागेको ‘भगवान बुद्ध अन्तर्राट्रिय क्रिकेट रंगशाला’का लागि भरतपुर महानगरपालिकाले जग्गा दिने थाहा पाएपछि पत्र आउनुभन्दा पहिले नै सम्भाव्यता अध्ययनका लागि चितवन आएको फाउन्डेसनका संस्थापक सिताराम कट्टेल( धुर्मुस)ले बताए।

सोमवार भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनमा सबै सम्भावना रहेको भन्दै पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा उक्त खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने घोषणा गरेकी थिईन्।
आज पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा पुगेर टोलीले अध्ययन गरेको हो। सो क्षेत्र चितवनको सदरमुकाम भरतपुर बजारबाट करिव १५ किलोमिटर पश्चिम चितवनमा पर्छ।

स्थलगत निरिक्षकपछि फाउण्डेसनका संस्थापक एबं कलाकार सिताराम कट्टेलले स्थानका हिसाबले महत्वपूर्ण ठाउँ भएको भन्दै प्राविधिक रुपमा र आईसीसीको मापदण्ड अनुसारको भए रंगशाला निर्माण गर्न सकिने बताए।

‘हामी खेलका सबै गतिविधि गर्न सकिने रंगशाला निर्माणको पहलमा छौं, कट्टेलले भने, साझा अबधारणाको परियोजना भएकाले सबैको अपनत्व हुनुपर्छ भनेर लागेका छौं।’ उनले नेपाललाई विश्वसामु चिनाउने र क्रिकेटको देश भनेर पहिचान दिलाउने अभियान भएकाले सबैको साथको खाँचो रहेको औंल्याए।

अध्ययन टोलीमा सहभागि नेपाल ईन्जिनियर्स एसोसिएसनका उपमहासचिव रविभूणष झाले प्राविधिक हिसाबले पनि चितवनको चित्रवन उपयुक्त ठाउँ भएको प्रतिक्रिया दिए।

उनका अनुसार ४० हजार क्षमताको बन्ने रंगशाला न्यूनतम ३०० रोपनीको जग्गा आवश्यक हुने जनाईएको छ । अहिलेसम्म फाउण्डेसनले भक्तपुर, मुलपानी स्टेडियम, भैरहवा, रुपन्दहीको सैनामैनाको ६५ विगाहा क्षेत्रको समेत स्थलगत अवलोकन गरिसकेको छ ।

सो क्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भनिन्, ‘तपाईहरुलाई हार्दिक अनुरोध गर्नु चाहन्छौं, सबै हिसाबले भरतपुर महानगर रंगशालाका लागि बेष्ट हुन सक्छ ।’

उपमेयर पार्वती शाहले भरतपुरमै बनाउनका लागि छिटो निर्णय गर्न आग्रह गर्दै जस्तो सुकै सहयोगका लागि तयार रहेको दावीगरिन्। उनीहरुसँगको अध्ययन टोलीमा वागमती सफाई अभियानका अभियन्ता अर्जुन धरेल, कलाकारहरु मनोज गजुरेल, अर्जुन घिमिरे(पाँडे) र कुमार कट्टेल(जिग्री) सहभागि थिए ।

चितवन सकेर टोली सम्भाव्यता अध्ययनका लागि आज हेटौंडा प्रस्थान गरेको छ । छिट्टै स्थान तय गरेर शिलान्यासको दिनमा उद्घाटनको मिति तोक्ने फाउण्डेसनले जनाएको छ । कलाकारसहितको टोली आउँदा स्थानियहरु उत्साहित थिए । स्थानियबासीले समेत जस्तो सुकै सहयोग गर्नुपरेपनि तयार रहेको प्रतिक्रिया दिए । उनीहरुले जग्गा कति चाहिन्छ त्यही उपलव्ध हुने बताएका छन् ।

सो क्षेत्रमा अहिले रंगशाला निर्माणको काम चलिरहेको छ । त्यसैलाई विस्तार गरेर क्रिकेट स्टेडियमका लागि काम गर्न सकिने वडा नम्बर २० का वडाध्यक्ष मणिलाल तामांगले बताए ।

चर्चित हास्य कलाकार धुर्मुस रंगशालाको सम्भावित अध्ययन गर्न चितवन आउँदै


नारायण ढुंगाना,

चितवन, २० चैत : भरतपुर महानगरपालिकाले चासो देखाएपछि धुर्मुस–सुन्तली फाउण्डेसनले रंगशाला निर्माणका लागि चितवनमा पनि सम्भाव्यता अध्ययन गर्न लागेको छ ।

चितवनको भरतपुर महानगरपालिकाले रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई जग्गा उपलव्ध गराउने घोषणा गरेपछि आज कलाकार सिताराम कट्टेल(धुर्मुस्)सहितको ईन्जिनियरको टोली सम्भाव्यता अध्ययनका लागि चितवन आउन लागेको कलाकार सिताराम कट्टेलले बताउनुभयो ।

विभिन्न स्थानमा सम्भाव्यता अध्ययनको काम भैरहेको भन्दै कलाकार कट्टेलले आजै चितवनको सम्भावित क्षेत्रको अध्ययन गरिने बताउनुभयो ।

सोमवार भरतपुर महानगरका प्रमुख रेणु दाहालले चितवनमा सबै सम्भावना रहेको भन्दै पश्चिम चितवनको निर्माणाधिन चित्रवन रंगशालामा उक्त खेलमैदान निर्माणका लागि जग्गा उपलव्ध गराउने प्रतिबद्धता जनाएपछि फाउण्डेसनको टोली आज चितवन आउन लागेको हो ।

अध्ययन टोलीमा नेपाल ईन्जिनियर्स एसोसिएसनका उपमहासचिव रविभूणष झा समेत सहभागि हुनुहुन्छ ।
‘हामी खेलका सबै गतिविधि गर्न सकिने रंगशाला निर्माणको पहलमा छौं, कट्टेलले भन्नुभयो, साझा अबधारणाको परियोजना भएकाले सबैको अपनत्व हुनुपर्छ भनेर लागेका छौं ।’

उहाँका अनुसार ४० हजार क्षमताको बन्ने रंगशाला न्यूनतम ३०० रोपनीको जग्गा आवश्यक हुने जनाईएको छ । अहिलेसम्म फाउण्डेसनले भक्तपुर, मुलपानी स्टेडियम, रुपन्दैशीको सैनामैनाको ६५ विगाहा क्षेत्रको समेत स्थलगत अवलोकन गरिरहेको छ ।

‘सैनामैनामा आज देखिएको मासले एकचरण निर्माण सम्पन्न भैरहेको हामीले महसुस गरेका छौं, कट्टेलले भन्नुभयो, हाम्रो यो मल्टिपर्पाेजको अबधारणा हो, सबैले साथ दिने आशा छ ।’

आजै भैरहवाको निर्माणाधिन रंगशालाको अध्ययन गरेर अपरान्ह चितवन पुग्ने कट्टेलले बताउनुभयो । यसअघि फाउण्डेसनले सो विषयमा राखेप तथा प्रधानमन्त्री केपीशर्मा ओलीसँग समेत छलफल गरिरहेको छ ।

चितवनमा आज सम्भाव्यता अध्ययन गरेपछि पनि केन्द्रमा फर्किएर चाँडैनै टुंगोमा पुग्ने र निर्माणको काम अघि बढाउने फाउण्डेसनले जनाएको छ ।

चलचित्र ‘स्वर्ग मेरो गाउँ’बाट रजतपटमा डेब्यु गर्दै मोडल भावना गुरुङ

नेपाली मोडलिंग क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल मोडल भावना गुरुङको अभिनय रहेको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ यहि वैशाख ७ गतेबाट रिलिज हुदैछ। ‘स्वर्ग मेरो गाउँ’ बाट भावना नेपाली रजतपट नायिकाको रुपमा डेब्यु गर्दैछिन्।

चितवन घर भएकी भावना फेसन सो,म्यूजिक भिडियो हुदै नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । भावनाले अहिले आफै फेसन सो कार्यक्रम आयोजना गर्नु को साथै कार्यक्रमहरुको कोरियोग्राफर समेत गर्ने गरेकी छिन् ।

थुप्रै फेसन सो, म्यूजिक भिडियो र बिज्ञापनहरुमा अभिनय गरेकी भावना गुरुङको अब चलचित्र मार्फत आफ्नो अभिनय हेर्न पाउने भएको छ ।उनले आफ्नो पहिलो डेब्यु चलचित्र ‘स्वर्ग मेरो गाउँ’ बाट आफुले धेरै आशा बोकेकी बताएकी छिन् ।

पछिल्लो समय चलचित्रमा अभिनय गर्ने अफर आउन थाले पछि उनले यस चलचित्र रिलिज पछि चलचित्रको कथा बस्तु हेरेर मात्रै काम गर्ने बताईन ।चलचित्र ‘स्वर्ग मेरो गाउँ’ मा धेरै मेहेनेत गरेको र एकता उत्कृस्ट चलचित्र बनको भन्दै सबैलाई एक पटक हेरेर प्रतिक्रिया दिन अनुरोध समेत गरेकी छिन् ।

शहरबाट गाउँ घुम्न गएका यूवतीहरुले गाउँलाई नै स्वर्ग बनाउनका लागि गरेको कामको कथा बस्तुमा निर्म गरिएको यस चलचित्रमा नरेन खड्का,रामकृष्ण बजगाँइ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


चलचित्र ‘स्वर्ग मेरो गाउँ’ लाई पुराना कलाकार तथा निर्माता रामकृष्ण बजगाइँको निर्देशन गरेका हुन् ।गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् भने सुनिता बरालको कथा छ।

चलचित्र ‘लिली विली’ को यूनिट प्रचार गर्दै चितवनमा, नायक प्रदिप भन्छन्,­ ‘यो पनि मेरो डेब्यू’


नारायण ढुंगाना, चितवन, १२ चैत : पारिश्रमिक धेरै लिने अभिनेताको परिचय बनाएका चलचित्र नायक प्रदिप खड्काले ‘लिली विली’ आफ्नो डेब्यू फिल्म भएको बताएका छन्।

यही चैत ३० बाट देशै भरी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको आज चितवनमा भएको पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। ‘प्रेमगितको ट्यागलाई छाडेर फेरी डेब्यू गरेको छु, प्रदिपले भने, मेरो हरेक फिल्म डेब्यू हुने गरेको छ ।’
यसअघिको प्रेमगीत एउटा ब्राण्ड थियो, अब लिली विलीमा हिट भएभने प्रदिपको क्रेज बढ्ने पक्का छ । त्यसैले उनको यो फिल्म परीक्षा जस्तै हो।

चलचित्रमा डेब्यू गरेकी नायिका जसिता गुरुङले ईमोसनल र सिम्पल केटीको भूमिका खेलेको बताईन्। उनलाई निर्देशक मिलन चाम्सले सपन ईन्टरटेनमेन्टले बेलायतमा आयोजना गरेको डान्स कम्पिटिसनमा देखेपछि अडिसनबाट छानेर लिएका थिए।

चलचित्रबारे बताउँदै निर्देशक चाम्सले बेलायत, स्कटल्याण्ड र टर्कीको स्तनबुलमा छायाँकन गरेको ‘लिली विली’ नेपाली अडियन्सका लागि नेपाली सिनेमा हो भनेर गर्व गर्न लायकको बनेको दावी गरे।वर्किङ टाईटल क्याची भएपछि नै ‘लिली विली’ नाम जुरेको बताउँदै चाम्स टाईटल बारे भने, ‘सायद कुनै क्यारेटर होला।’

नेपालमा छायाँकन नगरेको विषयमा उठेको प्रश्नमा उनले बाहिर भएपनि नेपालको प्रतिनिधित्व गरेको प्रतिक्रिया दिए । चलचित्रमा प्रदीप र जसिता सहित अहिलेको चलेकी नायिका प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा चलचित्र निर्माण भएको हो।गोविन्द शाही, सुदिप खड्का र चाम्सको यसमा लगानी छ । गायक प्रताप दासले लिली विली नाम नै काफी भएको प्रतिक्रिया दिए। चार वटा गीत रहेको चलचित्रमा २ वटा भने सार्वजनिक भैसकेको छ ।

चलचित्रका निर्माता सुदिप खड्काले फिल्मको क्लाईमेक्स हेर्दा आफु र चाम्स रोएको स्मरण गर्दै भने, ‘नेपाली चलचित्र क्षेत्रलाई एक स्टेप माथि उठाउन लिली विली सफल भएको छ ।’ सफल हुने या असफल, त्यो हेर्न भने चैत्र ३० पर्खिनै पर्छ।