Monday , 17 December 2018
News update
Home >> Article (page 10)

Article

२७ दिनमा सकियो ‘लब सव’ ।

निर्माता सुशिल पोखरेलको पछिल्लो चलचित्र लव सब को छयांकन सकिएको छ । आइतबार एक सामन्य जमघटका बीच फिल्मको इन्ड क्ल्याप गरिएको हो । फिल्मको इन्ड क्ल्याप भव्य तरिकाले गरिने सोच भए तापनि आफ्नै पारिवारिक कारणले इन्ड क्ल्याप समारोह सामन्य तरिकाले गरिएको शुसिलको भनाई छ ।

1543918_280509245447761_202330115_n

फिल्मलाई यसअघि एक दिन एक रात निर्देशन गरेर चर्चा कमाएका निर्देशक देवकुमार श्रेष्ठले निर्देशन गरेका छन । फिल्म करिब २७ दिन लगाएर काठमण्डौ, मूडे लगायतका रमणिय स्थलहरुमा खिचिएको हो । फिल्ममा संयम पुरी, शिशिर भण्डारी, सलोन बस्नेत, करिश्मा श्रेष्ठ, केके अधिकारी, अर्चन राई लगायतका कलाकारहरुका मुख्य अभिनय रहेको छ । लब भन्ने चीज सब हो भन्ने मुख्य सन्देश बोकेको फिल्ममा  कृष्ण श्रेष्ठको छयांकन, रामजी लामिछानेको नुत्य ,सुजिल कर्माचार्यको संगीत, साम्तेन भुटियाको कथा तथा बिपिन मल्लको सम्पादन रहनेछ । छयांकन सकिएलगतै अब फिल्मको प्रबिधिक कार्य सुरु गरिने जनाइएको छ ।

1484961_280509592114393_162810257_n

यता निर्माता शुसिल पोखरेल भने अर्को नयां फिल्मको स्कृप्टमा ब्यस्त हुने बुझिएको छ ।

सिने पत्रकारहरुको अभिनय प्रेम । स्वस्तिका पनि ‘सेतो बाघ’मा देखिदै ।

 लचित्र नगरी भनेको यस्तो नगरी हो, जहा जो मान्छे यसमा आउछ उसलाई चलचित्रको नशा नै लाग्छ, जसले गर्दा उसले त्यति सजिलै यो नगरी चाहेर पनि छोड्न सक्दैन, यो रागिन नगरीको बारेमा पत्रकारिता मार्फत जानकारी गराउने पत्रकारलाई समेत चलचित्र पत्रकारमा मात्र सिमित नराखेर चलचित्र भित्र नै प्रवेश गराएको छ । नेपालको सन्दर्भमा बरिष्ठ देखि कनिष्ट सबैखाले सिने पत्रकार हरु चलचित्रको सानै भएपनि कुनै दृश्यमा देखिदै आएका छन । यस्ता सिने पत्रकारहरुमा शान्ति प्रिय, सुरेश दर्पण पोखरेल, शिशिर भण्डारी, सुमन दहाल, प्रदिप निरौला लगायत अग्र पंक्तिमा आउछ ।
यहि क्रममा नारी भएर पनि सिने पत्रकारितामा सक्रिय रहेकि स्वस्तिका चिलुवाल पनि पछिल्लो समय कांचको पर्दामा हामफालेकि छिन ।sostikaनीर शाहको निर्देशनमा बनिरहेको चलचित्र सेतो बाघमार्फत उनी अभिनयमा प्रवेश गरेकि हुन । चलचित्रमा स्वस्तिकाको राज खानदानको राजपुरोहितको बाल विधवा छोरीको भुमिका छ । राजाको छोरीको अति मिल्ने साथी को भुमिकामा उनी अत्यन्त सरल स्वभावकी छिन । लामो समयदेखि सिने पत्रकारको रुपमा आफुलाई चलचित्रमै समर्पित गदै आइरहेकि उनी पनि सेतो बाघमा उनले गरेको अभिनय ले कलाकारको रुपमा स्थापित गराउनेमा आशावादी छिन । तर उनलाई अभिनयमा भन्दा पत्रकारितामा नै रुचि रहेको र सेतो बाघ एक एैतिहासिक कथा भएकोले मात्रै अभिनय गरेको उनको भनाई छ ।

सेतोबाघ डायमण्ड शमशेरको एैतिहासिक कुति सेतो बाघ माथि निर्माण भइरहेको फिल्म हो । नीर शाहले निर्माण एवं निर्देशन गरिरहेको यस फिल्मबाट अभिनेता पवन मैनाली समेत अभिनयमा फर्किएका छन । उनको साथमा बि एस राणा राजाराम पौडेल लागयतका थुप्रै कलाकारहरुका फिल्ममा अभिनय रहेको छ ।

सरकारको न्यूनतम कार्यक्रममा चलचित्र क्षेत्र उदाशिन ।

राजेन्द्र कार्की,हेटौंडा

rajendra नेपाली कांग्रेस र नेकपा एमालेको सरकारले सार्वजनिक गरेको न्यूनतम कार्यक्रममा नेपाली चलचित्र क्षेत्रलाई समेटिएको छैन । चलचित्र क्षेत्रलाई नेपालसरकारले उद्योग सरह मान्यता दिइआइरहेता पनि यस क्षेत्रको वृत्ति विकास, सवलता र सक्षमताका लागि ठोस निति नियम भने अहिले सम्म पनि बन्न सकेको छैन । गत संविधान सभाको दोस्रो निर्वाचनमा चलचित्र क्षेत्रमा समेत उपयुक्त निति तथा नियमल्याई चलचित्र क्षेत्रलाई ब्यवस्थित, सक्षम र सवल बनाउँदै लैजाने राजनिति दलहरुका उद्घोष रहेता पनि यस वर्ष समेत कुनै सामान्य कार्यक्रम समेत नपर्दा यस क्षेत्रका लागि लागि पर्ने तथा सरोकारवालाहरु दंगदासका साथै निराश हुनु पर्ने बाध्य भएका छन् । विगतका सरकार देखि नै यस क्षेत्रलाई उद्योग वा कला–संस्कृति क्षेत्रमा राखेर हेरिनु पर्नेमा सुचना तथा संञ्चार मन्त्रालय अन्र्तगत चलचित्र विकास बोर्ड गठन गरी झारो टार्ने काम गर्दै आइरहेको छ । यस वर्ष चलचित्र कर्मीहरुले समेत यस क्षेत्रलाई अबिलम्ब ब्यवस्थित, चुस्त–दुरुस्त बनाउनु पर्ने धारणा र चाहना राख्दै ठूलै संख्यामा चलचित्र कर्मीहरु विभिन्न राजनिति दलहरुमा आवद्धका साथै कटिबद्ध भएका थिए ।

साथै चलचित्र क्षेत्रसंग सम्बन्धित ब्यक्तित्वलाई नै संसदको प्रतिनिधित्व गराउने उद्देश्य सहित चलचित्रको क्षेत्रमा दिर्घसाधनामा लागेका उद्धव पौडेललाई समेत उम्मेवार बनाइएको थियो भने हजारौंको संख्यामा चलचित्र कर्मीहरुमा सडकमा समेत उत्रेर समर्थन गरेका थिए ।film_reel_5

नव गठित सरकारले यस क्षेत्रको संरक्षण, संद्धर्धन तथा विकासका लागि विकासका लागि विशेष योजना ल्याउने आशमा रहेका चलचित्र कर्मीहरु हिजोे प्रस्तुत गरिएको १४६ बुँद्धे कार्यक्रम भित्र चलचित्र क्षेत्रको शुन्य कार्यक्रमले अवश्य पनि निराश बनाएको छ भने नव गठित सरकारले समेत यस क्षेत्रको विकास र विस्तार चाहँदैनन् भन्ने सम्म प्रष्ट भएकोले छिमेकी कै पृष्ठ पोषक रहेको प्रमाणित समेत भएको मान्नु पर्दछ ।

रेखाले ‘हिम्मतवाली’को निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालेको बारेमा निर्देशक भट्टराईको प्रेस विज्ञप्ति

मस्ते फिल्मीको प्रभाब :निर्देशक श्याम भट्टराईको स्वास्थ्य बिग्रिएपछि आफैंले ‘हिम्मतवाली’ को निर्देशन गरेको हल्ला आए पनि  नमस्ते फिल्मीले रेखा र श्याम भट्टराईको बिच ठुलो मनमुटाबले अभिनेत्री तथा निर्मात्री रेखा थापाले निर्देशक श्याम भट्टराईलाई चलचित्र बाट नै निकालेको कुराको  न्यूज निकालेको कुरा आखिर सत्य भएको छ । निर्देशक श्याम भट्टराईले आज ‘हिम्मतवाली’को विवादलाई लिएर  प्रेस विज्ञप्ति नै निकालेका छन् ।नमस्ते फिल्मीले निकालेको समाचारको बारेमा पटक पटक निर्देशक श्याम भट्टराईसग  सम्पर्क गर्दा उनि तेस्को बारेमा बोल्ने चाहेका थिएन् । नमस्ते फिल्मीले “रेखाले  ‘हिम्मतवाली’को निर्देशन आफै गर्दै । निर्देशक श्याम भट्टराई चलचित्र बाट निकालिए”  शिर्षकमा समचार लेखे पछि चलचित्र नगरीमा आज ठुलै हलचल मचिएको थियो ।अनन्त के कति कुराले निर्देशक श्याम भट्टराईले  रेखाको चलचित्र  ‘हिम्मतवाली’ छाडेको भन्दै प्रेस विज्ञप्ति निकालेक  हुन् ।निर्देशक भट्टराईको प्रेस विज्ञप्ति  बारेमा बुज्न नायिका रेखा थापा सग नमस्ते फिल्मीले कुरा गर्दा  निर्देशक श्याम भट्टराई आफ्नो चलचित्र सुटिंगको बेला बिभिन्न खाले दुख दिएको भन्दै निर्देशक भट्टराई चलचित्र सुटिंग बाट लात हानेर निकालिएको भन्दै श्याम भट्टराईको  प्रेस विज्ञप्ति जबाफ दिने भन्दै उसको बदनाम नहोश भनेर आफुले स्वास्थ्य बिग्रिए सुटिंग छोडेको भन्दै  उसको बदनाम गराउन नखोजे  तर उसले अब उल्टै मेरो बदनाम गर्न खोजेकोले अब सम्पूर्ण सत्य कुरा प्रेस विज्ञप्ति  मार्फत बाहिर निकाल्ने नमस्ते फिल्मीलाई जानकारी दिनु भयो ।himmatwali

प्रेस विज्ञप्ति
२०७०/११/२८

आदरणीय पत्रकार मित्रहरु, पछिल्लो समय म निर्देशकको रुपमा संलग्न रहेको नेपाली कथानक चलचित्र “हिम्मतवाली”को सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट निर्मात्री रेखा थापाद्वारा निर्देशक अस्वस्थ भई उपचारका लागि काठमाडौं पठाइएको भनेर प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ यस सम्बन्धका भ्रमहरु चिर्दै वास्तविकतालाई यहाँहरु समक्ष राख्न आवश्यक ठानेर यो प्रेस विज्ञप्ति सार्वजनिक गर्दैछु ।

रेखा फिल्मस् जसले “अजम्बरी नाता” देखि आजको मितिसम्म निर्माण गरेका सम्पूर्ण चलचित्रले पाएको व्यवासयिक सफलतासँगै उसले गर्ने व्यवस्थित व्यवस्थापनका बारेमा हामी कोही अनभिज्ञ छैनौ । पुराना र अनुभवी निर्माता छविराज ओझासँग यति धेरै चलचित्र र यति लामो सहकार्य गरेकी, झण्डै २०० चलचित्रमा काम गरेर सबैको चलचित्र निर्माण गर्ने तौरतरिका बुझेकी यी लोकप्रिय अभिनेत्री÷निर्मात्री माथि पनि मलाई उत्तिनै भरोसा थियो । मेरो करिअरको एउटा अर्को सिँढी थपिन्छ साथै एउटा स्तरीय चलचित्र निर्माणमा मद्दत मिल्छ यही सोचेर उहाँले दिएको निर्देशनको प्रस्तावलाई सहर्ष स्वीकार्नु मेरो निर्देशकीय धर्म थियो, मैले स्वीकारेँ ।

तर तयारीहरु अगाडि बढाइरहने क्रममा त्यो चुस्त व्यवस्थापनको जो मैले अपेक्षा गरेको थिए त्यो भइरहेको थिएन, मैले गुनासो गरिरहे । उहाँले त्यो सबै वातावरण दिन्छु, हुन्छ भनेर भनिरहनु भएको थियो । छायाङ्कनको मिति २०७०/११/१५ देखि तय भएको थियो । मैले १ हप्ता स्थानीय छायाङ्कन स्थलमा पुगेर निरीक्षण गर्ने समय माग गरे किनकी उहाँले उहाँ वाहेकका सम्पूर्ण कलाकार, आधी जसो प्राविधिक र बस्ने, खाने यातायात सबै उतैबाट मिलाएको जानकारी दिनुभएको थियो । म विश्वस्त हुन पनि अगाडि जानुपर्ने हुन्थ्यो । म मेरो सहायक बोकेर काठमाडौबाट निस्किएँ । तर, अफसोच उहाँले म सुदूरपश्चिमको महेन्द्रनगर पुग्नु अघि नै अरु बाँकी यूनिटलाई हिडाइदिनुभयो, रोक्न अनुरोध गर्दा मान्नु भएन ।

म त्यहाँ ओर्लिएपछि थाहा भयो उहाँले विश्वास दिलाएको कुनै पनि कुराहरु तयारी त के पहल पनि भएको रहेनछ । अत्यन्तै अस्तव्यस्तताका साथ छाँयाङ्कन शुरु गर्नुपर्ने प्रेसरका बावजूद छाँयाङ्कन शुरु भयो, शायदै यस्तो गरी कसैले छायाङ्कन शुरु गर्ला ।

न कुनै प्रोडक्सन म्यानेजर, न कुक, न स्पटब्वाइज, न यूनिटलाई क्यामरा बोक्ने गाडी यतिसम्म कि जुन बस्तीमा १ महिना बस्नुपर्ने थियो त्यहाँ न ओढ्ने, ओछ्याउनेको व्यवस्था थियो । प्रोडक्सनबाट दिएको सुविधाको एउटै सिरकलाई डस्ना पनि, सिरानीपनि बनाएर बसेका ती अन्य कलाकार प्राविधिकहरुका जिउमा निस्किएका घाउ, खटिराका निशानहरु शायद एक महिनापछि प्रत्यक्ष सबैले देख्ने छन् । कलको पानी पिउनुपर्ने अवस्थाबाट बिरामी परेकाहरुको त कुरै छोडौं, उहाँ लोकप्र्रिय अभिनेत्री/निर्मात्री त्यो बस्तीमा बस्ने कुरै थिएन, कतिपटक म आफूले स्थानीयको टायर गाडाको भाडा तिरेर रात बिहान छायाङ्कन गरेको ठाउँदेखि बसेको घरसम्म ल्याउन पु¥याउन ति सोझा प्राविधिहरुलाई दुःख दिएको छु ।

स्पटव्वाय नहुँदाको स्पटको दुःख, व्यवसायिक कुक नहुँदाको खानाको अस्तव्यस्तता, सुटिङ हेर्न आउनेलाई तान्दै कलाकार बनिदिन अनुरोध गर्नुपर्ने यावत झमेलाहरुसँग गुज्रिरहँदा एउटा निर्देशकले आफ्नो सृजनशिलताको कतिको सदुपयोग गर्न सक्ला ? यति हुँदाहुँदै पनि आफैले सहेर, आफ्ना सम्पूर्ण सदस्यहरुलाई सान्त्वना दिँदै काम गराएर पनि रेखाजीमा कसैप्रति सहानुभूतिको संकेत थिएन र म ठोकुवा गर्छु आज पनि त्यो छायाङ्कन त्यसरी नै कुदिरहेको छ ।

परिस्थितिहरुलाई नजिकबाट नियालेर पनि रेखाजीले सँधै निर्देशकको सुस्ततालाई औल्याउनु भयो । यसरी नै सकाउँछु भन्ने ढिपी छोड्नु भएन । नखाऊँ दिनभिरको शिकार, खाऊँ कान्छो बाउको अनुहारको स्थिति भएपछि मैले उहाँलाई सचेत गराउनु मेरो कर्तव्य थियो । यति मात्र नभई काठमाडौमै छँदा मेरो वहाँसँग सुटिङ स्पटमा मैले काम गरिरहँदा उहाँले हस्तक्षेप नगर्ने मुख्य सहमतिको उल्लघंन छायाङ्कनको पहिलो दिनमा नै गरिदिनुभयो । यसरी समस्याको निराकरण गर्नुको साटो पटकपटक मलाई पदमुक्त गर्ने धम्की दिनुभयो ।

हुन त निर्देशकले चाँहदा उहाँको छायाङ्कन रोकिएर सम्पूर्ण टोली फर्काउन पनि सकिन्थ्यो तर दैनिक रोजगारी गरेर छाक टार्नुपर्ने ती मजदूर साथीहरु जसले १० प्रतिशत मात्र पेश्की लिएका थिए, उनीहरुको श्रमको मूल्य पनि रोकिन्थ्यो, त्यसैले मैले त्यो गर्न सकिँन र म त्यहाँबाट निस्किएर राजमार्गको होटलमा आएर बसे । त्यसको लगत्तै छविराज ओझाले मलाई फोन गरेर आफ्नै मातहतमा सम्पूर्ण काम सकाएर मात्रै हिड्नु भनेपछि रेखाजीबाट केही खबर आउला भन्ने लाग्यो तर उहाँमा कमजोरी स्वीकार्ने र सुधार्ने सम्भावना न्यून थियो ।

अब रोकिनु भन्दा यात्रा तय गर्नु नै उचित ठानेर म त्यहाँबाट निस्किएँ, काठमाडौं पुगेपछि थाहा भयो म बिरामी भएर थप उपचारका लागि पठाइएको रहेछु, म निस्कनासाथ रेखाजी निर्देशक नै भैसक्नु भएछ । हुन त आफ्नो अनुकूल हुँदा प्रयोग गर्ने र पछि फ्ँयाकिदिने वहाँको पुरानो स्वभाव म लगायत समस्त चलचित्रकर्मीहरुले बुझेकै हो । आज त्यही प्रयोगको पात्रभित्र मेरो संख्या पनि थपियो ।

यस अघि मद्वारा निर्देशित लंका, च्यालेन्ज जस्तो चलचित्रमा सहकार्य गरेर, सँगै हात पारेका उपलब्धिहरुलाई बिर्सेर आज रेखाजीबाट जुन व्यवहार भयो त्यसको मूल्याङ्कन समस्त सञ्चारकर्मी साथीहरु, सहकर्मी साथीहरु, अग्रजहरु र प्यारा दर्शकहरुबाट हुने नै छ । चेलीको खुशीको लागि आफ्नो भण्डार पनि खाली गर्न पछि नपर्ने हाम्रो परम्परा छ । हिम्मतवाली भन्ने घरको स्वरुप त तयार गरिदिएको छु अब त्यसलाई रेखाजीले राम्ररी रंग्याउन सक्नुहोस् र सफलता चुम्नुहोस्, मेरो हार्दिक शुभ–कामना ।

श्याम भट्टराई
निर्देशक

‘म नेता होइन, अभिनेत्री हुँ प्लिज’ : मोबाइल नम्बरका कारण तनावमा क्षितिजा शाक्य

राजेन्द्र कार्की,हेटौंडा
photo.php धैं बजीरहने मोबाइलको रिङ्ग टोन पनि आज कर्कश लाग्न थालेको छ । एउटासँगको धन्यवाद र बधाइ खान पाएको छैन पुनः अर्को रिङ्ग टोन….उफ् …….हरे राम…… हेलो….दिदीलाई बधाई छ…..शुभकामना….“कङ्ग्राच्युलेसन”……राम्रो गर्नु पर्छ अब त, सबैलाई काम गरेर देखाउनु पर्छ………यस्तै यस्तै शुभकामना र बधाइहरुले आजकल दिन भरी नै कान टट्याई रहेको छ मोडल तथा नायिका क्षितिजा शाक्यको । सोचमा पर्नु हुन्छ उहाँ र कल्पनाले झप्पक्क छोप्छ एक क्षण “आफूद्धारा अभिनित चलचित्र मिस नेपालको भरखर मात्र काठमाण्डौंका केहि हलहरुमा च्यारिटी सो प्रर्दशन भएको थियो ….सोचेको भन्दा पनि राम्रा बनेछ “मिस नेपाल”! अभिनय राम्रो गर्ने प्रयास त गरेकै हो, पर्दामा त झनै राम्रो पो भए छ की क्या हो ! मेरो अभिनयबाट प्रभावित भएर मलाई यत्रो बधाइ र शुभकामना …….होइन, होइन……यति मात्र त अवश्य होइन ।” दोस्रो दिन त दिन भरी मोबाइल अफ गर्न बाध्य नै हुनु प¥यो । कसलाई भन्ने ! के गर्ने ? तेस्रो दिन मोबाइल अन मात्र के गरिएको थियो फेरि त्यहि ताल ………! के भइरहेको छ यो ! कसको काम होला !….अनि बिगतमा भएका यस्तै अपरिचितका अनौठा बातचितहरुको स्मरण गर्नु भयो नायिका शाक्यले ।“ओहो….। केहि महिना अघि पनि मलाई यसरी नै कल आउने गरेको थ्यो । कोशेली ल्याएको छु……तपाईको बसोवास कहाँ निर हो ?…..रड कहाँ झार्ने हो…..सिमेन्ट…..आदि इत्यादि ।1927243_449536475176396_370642013_nस्मरण नटुङ्गिदै पुनः कल “ म नेता होइन, अभिनेत्री हुँ प्लिज…….म शिक्षा मन्त्रि ज्यू होइन । बल्ल पो पत्तो लागेछ, शिक्षा मन्त्रि चित्र लेखा यादबको मोबइल नं. सँग मिल्दो जुल्दो भएकै कारण केहि दिन यता देखि यत्रो तनाव झेल्नु परिरहेको रहेछ नायिका क्षितिजालाई धन्न पत्तो पाइयो । हत्तेरी मिल्दो जुल्दो नम्बरले पनि कति दुःख पाइने रहे छ । हाहाहा………..!

दलालहरु तिन लाख तिर्दै भोजपुरी चलचित्र नेपाल भित्राउादै नेपाली चलचित्र भने झन् धराशाही बन्दै

राजेन्द्र कार्की,हेटौंडा,फागुन १९

10003233_448870558576321_1515186570_nदेशमा चलचित्र उद्योग नै धराशाही हुादै गइरहेको अवस्थामा केहि दलालहरुले भारतमा निर्मित भोजपुरी चलचित्र ल्याउादै केही प्राविधिक विषयहरुलाई सुहाादो बनाउादै चलचित्र प्रर्दशन गर्दै आइरहेका छन् । राजधानी लगायत देशका विभिन्न हलहरुमा प्रर्दशनमा ल्याइएका प्रतिकार, संम्राट, कर्ज, सासु ससुराको प्यार, त्रिनेत्र लगायतका चलचित्रहहरु यस्ता बर्गका हुन भने अन्य यस्ता खाले २० वटा हिन्दि चलचित्रहरु गैर कानुनीरुपमा भित्राई प्रर्दशन गर्न दलालहरु लागि परिरहेको समेत नेपाली चलचित्र उद्योगमा हल्ला खल्ला मच्चिएको छ ।

नेपाली चलचित्र निर्माताहरुले २० लाख देखि ८० लाख रुपैया लगानी गरी चलचित्र निर्माण गर्दा समेत लगानी नउठ्ने अवस्था रहिरहादा यता केहि दलालहरुले भने अधिक नाफा आर्जन गर्न गैर कानुनी रुपमा हिन्दि भोजपुरी चलचित्रलाई नेपाली हो भन्दै राजधानी लगायतका देशका विभिन्न हलहरुमा प्रर्दशन गर्दै आइरहेका छन् । भारतको खास गरी विहार प्रान्तमा निर्माण हुने यस्ता सस्तो र सि ग्रेडका चलचित्रहरु भारु २ लाख जतिमा खरिद् गर्दै नेपाली हलहरुलाई प्रर्दशन गर्न अनुरोध गर्दछन् । हल मालिकहरु सस्तोमा चलचित्र खरिद् गरी अत्यधिक मुनाफा पनि प्राप्त गर्न सकिने र नेपाली चलचित्रहरुको प्रर्दशनबाट प्राप्त हुने अन्य छुट् तथा सुविधाहरु पनि प्राप्त हुने भएकाले यस्ता चलचित्रहरु प्रर्दशन गर्न तम्सने गरेको पाइएको छ । यस्ता सस्ता र गैरकानुनीरुपमा भित्राएका चलचित्रहरुबाट एक, दुइ जनालाई आर्थिकरुपमा लाभ प्राप्त हुने भएतापनि नेपाली चलचित्र उद्योगसाग सम्बन्धित करिब एकलाख ब्यक्तिहरुको जीवीका खोसिने खतरा बढ्दो रहेको छ भने अर्को तर्फ नेपाली चलचित्र उद्योग नै सम्पुर्ण रुपमा धराशाही हुने खतरालाई समेत नकार्न सकिन्न ।
देश भित्रै निमार्ण भएका वास्तविक घटनामा आधारित चलचित्रहरुलाई अनावश्यक दबावहरु सृजना गर्दै सेन्सर पास नै नगर्ने नियमन तथा कानुनी निकायहरु भने यस्ता गैरकानुनी रुपमा भित्रीएका चलचित्रहरुलाई भने सहजै सेन्सर पास गरिदिनुले सम्बन्धित सरकारी निकायहरु प्रति आशंकाका साथै गम्भिर सवालहरु समेत पैदा हुन्छ । खास गरी चाकटी, चाप्लुसीको आधारमा सरकारी सम्बन्धित निकायहरुमा संलग्न कर्मचारीहरुलाई नेपाली कलासंस्कृति, भाषा, भेषभुषा सम्बन्धि राम्रो ज्ञान नहुनुका साथै दलालहरुको केहि नजरानामा नै लिप्त हुने कारणले गर्दा पनि नेपाली चलचित्रहरुमा बाहिरी अतिक्रमण बढ्ने गरेको पाइएको छ साथसाथै नेपाली चलचित्र उद्योगलाई समेत ठूलै धक्का लाग्ने खतरा पनि बढ्दो छ । चलचित्र सम्बन्धि देशका सरकारी नियमन तथा कानुनी निकायहरुको अलवा उद्योगलाई नै संरक्षण र संबद्र्धन गर्न भनि चलचित्रसाग सम्बन्धित विभिन्न विद्याका छुट्टा छुट्टै संगठनहरुको निमार्ण भएका छन् । प्राविधिक, कलाकर्मी, निर्माता, निर्देशक जस्ता विषयगत संस्थाहरु समेतले यस प्रति त्यति चासो देखाउादै सम्बन्धित निकायहरुलाई दवाब सृजना गर्ने र त्यस्ता गैरकानुनी क्रियाकलाप मार्फत देशको कलास्कृतिका साथै चलचित्र उद्योगलाई नै धराशाही बनाउन खोज्नेहरुलाई निरुत्साहित गरिने कार्य भएको पाइन्दैन । चलचित्रका एकै विषयगत पक्षहरुमा समेत एकता नभएका, एक विषयगत संगठनको अर्को विषयगत संगठन साग कुनै समन्वय नहुने र सबै संगठनहरु आफ्नै डम्फुमा नाच्ने परिपाटीका कारण पनि नेपाली चलचित्र उद्योगलाई समेत समय समयमा प्रहार, अतिक्रमण तथा धराशाही नै बनाउने दुष्प्रयासहरु हुादै आइरहेका छन् । विडम्बना २१ औं शताब्दिको हाम्रो चलचित्र उद्योग अझै पनि बामे सर्दैको अवस्थामा रहादै छ भने अर्को तर्फ सम्बन्धित सरकारी तथा गैरसरकारी निकायहरुले समय मै यस्ता खाले क्रियाकलापमा ध्यान नदिने र निरुत्साहितका साथै यस्ता गलत क्रियाकलाप गर्नेहरुलाई पहिचान गर्दै समय मै कानुनको घेरामा ल्याउने प्रयास नगर्ने हो भने अब आइन्दा नेपाली चलचित्र निर्माताहरुले चलचित्र भारतिय बजार बाट नै सस्तो खरिद गर्दै चलचित्र प्रर्दशन गर्न तम्सिए हुन्छ । न त लगानीको जोखिम उठाउनु पर्ने न त अन्य झन्झट बोक्नु पर्ने । निर्माताहरु पनि टन्टै साफ हुने छ । अन्यथा देशको कला, संस्कृति, भाषा, संस्कारको संरक्षण गर्दै चलचित्रक्षेत्रलाई उद्योगको रुपमा विकास गर्दै लार्ने जिम्मेवारी बोकेका निकायहरु नेपाल चलचित्र विकास बोर्ड लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरु समेत चनाखो हुन अत्यन्त जरुरी भइसकेको अवस्था छ ।

कता हराए राजु परियार ? लम्जुङ्ग घर भएका उनी कहां छन् र के गर्दैछन् ?

फाल्गुन १४
सी पी जैसी, कैलाली

rrनेपाली लोकसंगीतका सर्वाधिक सफल गायक राजु परियारबारे धेरैलाई अत्तोपत्तो छैन । नेपाली गीतसंगीतको इतिहासमा सवै भन्दा धेरै गीत गाएका परियार अहिले सांगीतिक क्षेत्रमा गुमनाम जस्तै छन् । राजु परियारले झण्डै दश हजार लोक तथा दोहोरी गीत गाएका छन् । उनले गाएका धेरै गीतले बाजी मारेका छन् । ‘गड गिफ्ट’ स्वरले परिचित राजु परियार पछिल्लो तीन चार बर्षदेखि सांगीतिक क्षेत्रमा त्यति सक्रिय छैनन् । लम्जुङ्ग स्थायी घर भएका परियारको अहिले बसोबास कहां छ र के गर्दै छन् र किन गाउने छाडे गीत भन्ने प्रश्न उनका शुभेच्छुक र स्वयं कलाकारले गर्न थालेका छन् । काठमाण्डूमा झण्डै आधा दर्जन रेकडिङ्ग स्टुडियोले लोकगीत धेरै रेकर्ड गर्छन् । तर ती स्टुडियोमा राजु परियार नपुगेको धेरै भयो । लोक दोहारीलाई व्यवसायीक बनाउनमा राजुको स्वरलाई पनि ‘जस’ दिने गरिएको छ । बरिष्ठ गायिका बिमाकुमारी दुरा भन्छिन् ‘मैले त राजु भाईको मुख देख्न नपाएको जुगौं भयो ।’ परियार र दुराको rपुरानो घर लम्जुङ्ग नै हो । दुरा थप्छिन् ‘ पोखरा बस्छ भन्ने सुनेकी छु, कहिले कांही फोन गरेर आउंछु त भन्छ तर कता जान्छ कता ’ तीज ताका एक दुईवटा गीतमा स्वर दिएका थिए राजुले । संकलक एकनारायण भण्डारीले केही दिन अघि राजुलाई काठमाण्डुमा भेटेको सुनाए । भण्डारी भन्छन् ‘ राजुको स्वर बिस्थापित हैन, गायकीमा समस्या छैन तर स्टुडियोमा समय नदिने समस्या ठूलो हो ।’ एकनारायणले राजुको स्वरमा केही दिन अघि गीत पनि रकेर्ड गराएको बताए । मोवाइल नम्बर फेरिरहने र स्थायी बसोबासको थाहा नहुंदा धेरैले राजुको स्वरमा गीत रेकर्ड गराउन पाएका छैनन् । गीतको मर्म नबिग्रने गरि गीत गाउने सफल गायकको कोटीमा राजु पर्छन् ।

पछिल्लो समयमा घरायशी समस्याले बिछिप्त भएका राजु अहिले पोखरा बस्ने हल्ला छ । प्रिज्म रेकर्डिङ्ग स्टुडियोका प्रमुख तथा म्यूजिक एरेन्जर बिबि अनुरागीले राजु परियारको जत्तिको अझै सम्म कसैको स्वर नभएको बताए । अद्भूत जादू छ राजुको स्वरमा तर चाहिएका बेला सम्पर्कमा नै हुन्नन् अनुरागी भन्छन् ‘ फाट्टफुट्ट गीत रेकर्ड भाको छ, मैले पनि राजुलाई गीत बनाइदिएको छु ।’ देश विदेशमा हुने सांगीतिक कार्यक्रममा उनको माग निक्कै बढ्दो छ । तर उनी सम्पर्कमा छैनन् । बिबी अनुरागीका अनुसार विदेशमा कार्यक्रममा लैजान पटक पटक फोन आइरहन्छ तर उनको पत्तो हुंदैन ।raju pariyar०६२ सालतिर राजुले एकै दिनमा झण्डै ५। ६ वटा गीत रेकर्ड गर्थे । एउटा गीत गाएको पांच हजार पारिश्रमिक लिने राजुको माग अहिले पनि उस्तै छ । उनले गाएका फूलमा मौरी, डुल्ने बेलामा, धोका दिनेलाई के भनौं र खोई, भैंसी पालेर, रुमाल धोको छु, सुनपानी, लालुपाते नुग्यो भूंइतिरलगायत हजारौं गीत सफल छ ।

५० वर्षअघिको त्यो बिटल्स् कन्सर्ट

फाल्गुन ६,मंगलबार
पचास वर्ष भएछ, विश्वमा बिटल्समेनिया फैलिएको। बिटल्सका चार युवा कलाकारले विश्वसंगीतमा नयाँ ऊर्जा भरे। त्यसबेला एटलान्टिक ओसियनको पारितर्फ एल्भिस प्रिल्सेको जादु थियो भने वारि बिटल्सको हलचल। सन् १९६४ को फेब्रुअरी ९ मा बेलायती रक ग्रुप बिटल्सले पहिलो पटक अमेरिकामा लाइभ कन्सर्ट गर्‍यो, जसलाई टेलिभिजनले प्रत्यक्ष प्रशारण गरेको थियो।
लिभरपुलका चार युवाले आफ्नो करिअर सन् १९६० मा जर्मन सहर ह्याम्बर्गबाट सुरु गरेका थिए। उनीहरू अमेरिकामा पनि चिनिन थालेका थिए। ५० वर्षअघि पहिलो पटक अमेरिकामा लाइभ शो गर्दा उनीहरूको ख्याति चुलिइसकेको थियो। न्युयोर्कको त्यो कन्सर्ट कुन हदसम्म चर्चित थियो भने रेडियो प्रसारणले दुई दिनअघि नै समयको सूचना दिँदा भन्ने गर्थे, ‘साँझ साढे ६ बजेको छ- यो हो बिटल्स समय।’

1898967_443976042400560_625468810_nदुई दिनअगावै अर्थात् ७ फेब्रुअरीमा न्युयोर्क पुग्दा सयौं युवती बिटल्सका चार सदस्य जोन लेनन, जर्ज ह्यारिसन, पाउल म्याक कार्टने र रिन्गो स्टर विमानबाट उत्रिने घडीको प्रतीक्षा गरिरहेका थिए। यसरी प्रतीक्षा गर्ने युवतीको संख्या बढ्दै गयो। जसै चार बेलायती तन्नेरी विमानबाट उत्रिए, आफूहरू त्यहाँ चर्चित भइसकेको चाल पाए।
‘हामी राष्ट्रपति जोन अफ केनेडीको हत्याबाट निराश थियौं, आशा जगाउन संगीतमा नयाँ सुरुवात जरुरी थियो’, संगीत इतिहासकार चार्ल्स् रोसने ती पुराना दिन सम्झन्छन्, ‘बिटल्सका चार जवान उत्तम समयमा आए। उनीहरूले हामीलाई हौस्याए।’
बिटल्सको ऐतिहासिक कन्सर्टमा संगीतकार वाल्टर एग्यान पनि सहभागी भए। त्यसबेला उनी १५ वर्षका थिए। ‘एल्भिस र अन्य कलाकार पनि महान थिए। म अहिले पनि रक एन रोल मन पराउँछु। तर १९६४ को त्यो कन्सर्ट भिन्नै थियो। हामी कुनै नयाँपनको लोभमा थियौं’, वाल्टरले भने।
जर्ज ह्यारिसनलाई त्यसबेला ज्वरो आएको थियो। तैपनि चारैजना युवा ९ फेब्रुअरीमा टेलिभिजन शोमा सहभागी भए। त्यो शोलाई सात करोडभन्दा बढी दर्शकले हेरे। भनिन्छ, त्यो रात न्युयोर्कमा अपराध घट्यो, किनकि अपराधी पनि टीभीमा बिटल्सकै शो हेरिरहेका थिए। केही सातापछि बिटल्स अमेरिकी संगीतको हिट सूचीमा पहिलो नम्बरमा पुग्यो। यतिमात्र हैन, दोस्रो, तेस्रो, चौथो, पाँचौं पनि बिटल्स। अर्को कुनै प्रतिस्पर्धी नै अगाडि आउन सकेन।

संगीत इतिहासकार रोसने भन्छन्, ‘यी चार युवाको प्रतिभा गज्जबकै थियो। मेरो उमेर त्यसबेला जम्मा पाँच वर्षको थियो। बेलायती संगीतकारलाई अमेरिकामा त्यसपछि त्यसरी कहिल्यै स्वागत गरिएन।’ ‘रोलिङ स्टोन’ र ‘द हु’ जस्ता ब्यान्ड आए, तर बिटल्सजस्तै लोकप्रिय हुन सकेनन्। रोसनेका अनुसार कसै कसैले त बिटल्सकै गीत सुन्न पनि अंग्रेजी सिके। ‘हरेक मानिस बिटल्स गुनगुनाउन पाएपछि खुसी हुन्थ्यो’, उनले भने।
साभार… अन्नपूर्ण पोस्ट

प्रकृतिलाई माया गर्ने प्रतिवद्धता

फाल्गुन ३ ,शनिबार
फेब्रुअरी १४ मा युवावर्गहरुले धुमधामका साथ भ्यालेन्टाइन डे मनाइरदा सोहिदिन राजधानीको डिल्लीबजारस्थित भोजन गृहमा समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरु प्रकृतिलाई आफ्नो पे्रमी वा प्रेमीका बनाएर माया गरौँ भनिरहेका थिए । काठमाण्डौँ प्रहरी प्रमुख रमेश खरेल, हास्य कलाकार मनोज गजुरेल, नायिका नन्दीता केसी, नायक जीवन लुईटेल, युएन पार्कका व्यवस्थापन प्रमुख चन्द्रदेव यादव, युनेस्को नेपालका सचिव ध्रुवराज रेग्मी आजको लागि हाम्रो प्रेमी—प्रेमीका भनेकै प्रकृति हो भनिरहेका थिए । “वातावरणलाई संरक्षण गर्नु व्यक्ति एक्लैले सम्भव नहुने र यसमा आजका युवा शक्तिको खाचो छ, जसले नियम कानुनलाई सही रुपमा पालना गर्न र गराउन सक्छन” भन्ने भनाई उनीहरुको रहेको थियो ।1920447_676055462447430_1007909034_nवातावरण संरक्षणमा निरन्तर रुपमा कार्य गर्दै आएको संस्था सेभ द प्लानेट मिसन२०२० नेपालले विगत ५ वर्षदेखि ‘प्रकृतिलाई माया गरौँ‘ अभियानको साथ फेब्रुअरी १४ मा वार्षिक कार्यक्रम मनाउंदै आएको छ । सो कार्यक्रमको उद्घाटन वन तथा भू–संरक्षण मन्त्रालयका कार्यवाहक सचिव डा. अन्नपूर्णानन्द दासको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । विश्वले १४ फेब्रुअरीलाई दुई मुटु विचको मायाका रुपमा मात्र मनाईरहदा यस संस्थाले मुटु र प्रकृतिविचको मायालाई फरक ढंगले परिभाषित गरी बिशेषगरी युवाहरुलाई वातावरण सम्बन्धी जानकारी गराई यसको संरक्षणमा लाग्न अभिप्रेरीत गर्ने उद्देश्य राखेको छ ।
1900126_676055499114093_144980878_n
सोही अवसरमा वातावरण र सामाजिक क्षेत्रका विभिन्न अभियान्ता तथा सचेतकहरुलाई सम्मान गर्नुको साथै हालै सम्पन्न विद्यालय स्तरीय वक्तृत्वकला तथा चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम समेत रहेको छ । सम्मानित हुनेहरुमा ३३ वर्ष देखि वातावरण क्षेत्रमा कार्यरत आईयूसिएनका राजेन्द्र खनाल, लेखक, समाजसेवी तथा सामाजिक अभियन्ता होमराज आचार्य, वातावरण संरक्षण अभियन्ता तथा मिस नेपाल २००५ सुगारकिा केसी, सेभ द प्लानेटको विभिन्न वातावरणको कार्यक्रमहरुमा सहभागी बैंकर रविना देशराज श्रेष्ठ, पर्यावरण÷पर्यटन नेपालका अभियन्ता र वातावरण संरक्षणकर्मी भरत बस्नेतलाई सम्मान गरीएको छ । साथै वातावरण तथा पर्यावरण सम्बन्धी डकुमेन्ट्री बनाएर जनचेतना जगाउन सफल फिल्म निर्माता तथा निर्देशक सुमन दाहाल, चिडियाखानाका साथीहरु संस्था मार्फत विगत १८ वर्ष देखि निरन्तर वातावरण संरक्षणमा लागि परेका शिक्षक भक्ति घिमिरे र सेभ द प्लानेटले आयोजना गरेका वातावरणीय कार्यक्रममा निरन्तर सहभागी पत्रकार तथा सञ्चारकर्मी रोजिन शाक्यलाई समेत सम्मान गरिएको छ ।
यसै कार्यक्रम मार्फत सेभ द प्लानेट मिसन२०२० नेपालले सहभागीहरु मार्फत वातावरण संरक्षण तथा सचेतनाको लागि प्रतिवद्धता जाहेर गराई ऐक्वबद्धताको घोषणा गराएको थियो । साथै यस संस्थाले सोही कार्यक्रम मार्फत हस्ताक्षर अभियान शुरु गरी १ लाख हस्ताक्षर संकलन गरी संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रम (युएनइपी) को महासभामा पेश गर्ने योजना गरेको छ ।

झोले’ र ‘झोला’ मा दर्शक झुक्किए हल्ला सस्तो पब्लिसिटी त् हैन ?”झोले’को नयां प्रोमो सार्वजनिक

फाल्गुन २, शुक्रबार
‘झोले’ र ‘झोला’ चलचित्रको नाममा कोहि झुक्किए होला तो मान्न सकिन्छ अनि २/४ जना ‘झोले’ भनेर ‘झोला’ हेर्न हल सम्म पुगे होला तो सम्म पनि मान्न सकिन्छ तर निर्देशक दिपेन्द्र के खनाल जी झोले’ भनेर ‘झोला’ फिल्म हेरे झुक्किए भन्ने कुरा चाही यो कुरा सत्य भन्दा पनि तपाइले आफ्नो फिल्मको चलाउन गरेको सस्तो पब्लिसिटी त् हैन कतै ? किन भने तपाइले निर्देशन गरेको चलचित्र एउटा कमेडी धारमा निर्माण गरेको चलचित्र हो जुन इन्टरटेन्टमेन्ट दिने खालको हुनु पर्छ भने ‘झोला’ कृष्ण धरावासीको कृतिमा आधारित चलचित्र ‘झोला’ हो । करिब १०० बर्ष अघि नेपाली समाजमा व्यप्त सती प्रथालाई फिल्मले पर्दामा उतारेको कथा हो तेसैले तपाईहरुको फिल्महरु दुवै फरक फरक बिषयको चलचित्र भएकोले ५ मध्ये ३ दर्शकले ‘झोले’को भन्दै टिकट ‘झोला’ चलेको हलमा टिकट काट्नु भयो भन्दा कता कता फिल्म चलाउन गरिएको सस्तो पब्लिसिटी हैन जस्तो देखिन गएको देखिन्छ ।

1507176_487171121396475_1448922159_n

यस बारेमा नमस्तेफिल्मीले ‘झोले’ निर्देशक दिपेन्द्र के खनाल फोन सम्पर्क गर्दा यो कुरा हाम्ले भन्दा नि ‘झोला’ चलेका देशक केहि हल संचालकले हाम्लाई यस्तो यस्तो कुरा आएको छ भनेर खबर गरेको हुनाले नै हाम्ले सबैलाई जानकारी मात्रै गराएका हौ यो कुनै सस्तो पब्लिसिटी नगरेको दाबी सम्म गरे ।दिपेन्द्र के खनालले निर्देशन गर्नु भएको चलचित्र ‘झोले’ फाल्गुन ९ गतेबाट देशभर प्रर्दशन आउदै छ भने यादव भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झोला’ आज बाट दोश्रो हप्तामा प्रर्दशन भईरहेको छ ।


साथै फाल्गुन ९ गतेबाट देशभर प्रर्दशन चलचित्र झोले’को नयां प्रोमो सार्वजनिक गरिएको छ । दयाहाङ राई,प्रियंका कार्की, ए गुरूङ आदिको अभिनय रहेको चलचित्र ‘झोले’लाई टेकेन खड्काले निर्माण गरेका हुन् ।