Tuesday , 18 December 2018
News update
Home >> Article (page 2)

Article

चलचित्र ‘स्वर्ग मेरो गाउँ’बाट रजतपटमा डेब्यु गर्दै मोडल भावना गुरुङ

नेपाली मोडलिंग क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल मोडल भावना गुरुङको अभिनय रहेको चलचित्र ‘स्वर्ग मेरो गाउँ’ यहि वैशाख ७ गतेबाट रिलिज हुदैछ। ‘स्वर्ग मेरो गाउँ’ बाट भावना नेपाली रजतपट नायिकाको रुपमा डेब्यु गर्दैछिन्।

चितवन घर भएकी भावना फेसन सो,म्यूजिक भिडियो हुदै नेपाली चलचित्र क्षेत्रमा आएकी हुन् । भावनाले अहिले आफै फेसन सो कार्यक्रम आयोजना गर्नु को साथै कार्यक्रमहरुको कोरियोग्राफर समेत गर्ने गरेकी छिन् ।

थुप्रै फेसन सो, म्यूजिक भिडियो र बिज्ञापनहरुमा अभिनय गरेकी भावना गुरुङको अब चलचित्र मार्फत आफ्नो अभिनय हेर्न पाउने भएको छ ।उनले आफ्नो पहिलो डेब्यु चलचित्र ‘स्वर्ग मेरो गाउँ’ बाट आफुले धेरै आशा बोकेकी बताएकी छिन् ।

पछिल्लो समय चलचित्रमा अभिनय गर्ने अफर आउन थाले पछि उनले यस चलचित्र रिलिज पछि चलचित्रको कथा बस्तु हेरेर मात्रै काम गर्ने बताईन ।चलचित्र ‘स्वर्ग मेरो गाउँ’ मा धेरै मेहेनेत गरेको र एकता उत्कृस्ट चलचित्र बनको भन्दै सबैलाई एक पटक हेरेर प्रतिक्रिया दिन अनुरोध समेत गरेकी छिन् ।

शहरबाट गाउँ घुम्न गएका यूवतीहरुले गाउँलाई नै स्वर्ग बनाउनका लागि गरेको कामको कथा बस्तुमा निर्म गरिएको यस चलचित्रमा नरेन खड्का,रामकृष्ण बजगाँइ, भावना गुरुङ, शक्शी लम्साल, सुजता थापा, अष्ट महर्जन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


चलचित्र ‘स्वर्ग मेरो गाउँ’ लाई पुराना कलाकार तथा निर्माता रामकृष्ण बजगाइँको निर्देशन गरेका हुन् ।गौतमले खिचेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ । गोविन्द राई फिल्मका कोरियोग्राफर हुन् भने सुनिता बरालको कथा छ।

चलचित्र ‘लिली विली’ को यूनिट प्रचार गर्दै चितवनमा, नायक प्रदिप भन्छन्,­ ‘यो पनि मेरो डेब्यू’


नारायण ढुंगाना, चितवन, १२ चैत : पारिश्रमिक धेरै लिने अभिनेताको परिचय बनाएका चलचित्र नायक प्रदिप खड्काले ‘लिली विली’ आफ्नो डेब्यू फिल्म भएको बताएका छन्।

यही चैत ३० बाट देशै भरी प्रदर्शनमा आउन लागेको उक्त चलचित्रको आज चितवनमा भएको पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्। ‘प्रेमगितको ट्यागलाई छाडेर फेरी डेब्यू गरेको छु, प्रदिपले भने, मेरो हरेक फिल्म डेब्यू हुने गरेको छ ।’
यसअघिको प्रेमगीत एउटा ब्राण्ड थियो, अब लिली विलीमा हिट भएभने प्रदिपको क्रेज बढ्ने पक्का छ । त्यसैले उनको यो फिल्म परीक्षा जस्तै हो।

चलचित्रमा डेब्यू गरेकी नायिका जसिता गुरुङले ईमोसनल र सिम्पल केटीको भूमिका खेलेको बताईन्। उनलाई निर्देशक मिलन चाम्सले सपन ईन्टरटेनमेन्टले बेलायतमा आयोजना गरेको डान्स कम्पिटिसनमा देखेपछि अडिसनबाट छानेर लिएका थिए।

चलचित्रबारे बताउँदै निर्देशक चाम्सले बेलायत, स्कटल्याण्ड र टर्कीको स्तनबुलमा छायाँकन गरेको ‘लिली विली’ नेपाली अडियन्सका लागि नेपाली सिनेमा हो भनेर गर्व गर्न लायकको बनेको दावी गरे।वर्किङ टाईटल क्याची भएपछि नै ‘लिली विली’ नाम जुरेको बताउँदै चाम्स टाईटल बारे भने, ‘सायद कुनै क्यारेटर होला।’

नेपालमा छायाँकन नगरेको विषयमा उठेको प्रश्नमा उनले बाहिर भएपनि नेपालको प्रतिनिधित्व गरेको प्रतिक्रिया दिए । चलचित्रमा प्रदीप र जसिता सहित अहिलेको चलेकी नायिका प्रियंका कार्की, सविन श्रेष्ठ र अनुपविक्रम शाहीको मुख्य भूमिका छ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा चलचित्र निर्माण भएको हो।गोविन्द शाही, सुदिप खड्का र चाम्सको यसमा लगानी छ । गायक प्रताप दासले लिली विली नाम नै काफी भएको प्रतिक्रिया दिए। चार वटा गीत रहेको चलचित्रमा २ वटा भने सार्वजनिक भैसकेको छ ।

चलचित्रका निर्माता सुदिप खड्काले फिल्मको क्लाईमेक्स हेर्दा आफु र चाम्स रोएको स्मरण गर्दै भने, ‘नेपाली चलचित्र क्षेत्रलाई एक स्टेप माथि उठाउन लिली विली सफल भएको छ ।’ सफल हुने या असफल, त्यो हेर्न भने चैत्र ३० पर्खिनै पर्छ।

नायिका ऋचा शर्माको चलचित्र ‘सुनकेसरी’ को डरलाग्दो ट्रेलर सार्वजनिक (भिडियो)

नायिका ऋचा शर्माको निर्माण रहेको चलचित्र ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक हरर फिल्म ‘सुनकेसरी’ ट्रेलर डरलाग्दो बनाइएको छ ।

अर्पण थापा निर्देशन रहेको ‘सुनकेसरी’ ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री ऋचाले ‘सुनकेसरी’ लाई स्तरिय हरर फिल्म बनाएको बताइन् । उनी भन्छिन्, ‘अब सेतो साडी लगाएर दर्शक तर्सिदैनन् । हरेक कुरा नेचुरल हुनु पर्छ ।

अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड माथि रहेको बताइएको छ ।

चलचित्रमा ऋचाका अलावा भीम न्यौपाने, रबिन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

जेठ ११ गते बाट प्रदर्शन आउने यस चलचित्रमा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् । चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत, रह शर्माको छायांकन र इयान स्कट क्लेमेन्टको सम्पादन छ ।

सर्बत्र तारिफ पाएको चलचित्र ‘पंचायत’ आजबाट देशैभर प्रदर्शन,,

चितवन, २ चैत । शिर्ष राजनीतिक नेताहरुबाट तारिफ पाएको ऐतिहासिक कथा वस्तुमा आधारित चलचित्र ‘पंचायत’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

अमेरिकामा भएको फिल्म फेष्टिबलमा २१७ वटा चलचित्र प्रदर्शन हुँदा उत्कृष्ट अवार्ड र उत्कृष्ट नायिकाको अवार्ड समेत पाउन सफल चलचित्र आजदेखि देशका ६५ भन्दाबढी हलहरुमा प्रदर्शन भैरहेको छ ।

गएको फागुन २५ गते भिआईपी९प्रिमियर० शो हुँदा पुर्वप्रधानमन्त्री प्रचण्ड र झलनाथ खनाल लगायत एमाले, काँग्रेस तथा माओवादीका नेताहरुले चलचित्रलाई खुलेर प्रशंसा गरेका थिए ।

विभिन्न स्थानमा भएको च्यारिटी शोमा समेत कथावस्तुलाई दर्शकहरुले मन पराएको उक्त चलचित्रलाई अब आम दर्शकले कत्तिको मन पराउँछन् प्रतिक्षाको घडी बाँकी छ ।

चलचित्रलाई ‘झोला’पछिको सामाजिक विषय समेटिएको उत्कृष्ट चलचित्रको रुपमा दर्शकहरुले मुल्यंकन गरेका छन् । शिवम अधिकारी लेखक तथा निर्देशन रहेको ऐतिहासिक र समाजिक विषय बोकेर चलचित्र पंचायतमा मुख्य भूमिका सरोज खनाल र नीता ढुंगानाको छ ।

गणेश गिरीको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्मातामा चलचित्र पत्रकार रवि अधिकारी छन् । शुसान्त श्रेष्ठ र शंकर सुवेदी निर्माता रहेको चलचित्रमा रुपा राना, जाहान्वी बस्तेन, गणेश गिरी, राजुबाबु श्रेष्ठ, विशाल पहारी, गीता अधिकारी र किरण थापाको समेत अभिनय छ ।

चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । चलचित्रले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत रहेकाले चलचित्रलाई दर्शकले मनपराउने आशा गरिएको छ ।

‘मंगलम’ले पायो दर्शकको मायाँ

फागुन २७ । शुक्रबार बाट रिलिज भएको फिल्म ‘मंगलम’ हेर्न यतिबेला दर्शकको भिड लागेको छ ।

पारिवारिक कथामा बनेको फिल्मले शुक्रबार बाटै राम्रो व्यापार सुरु गरेको थियो । शनिबार देशभरका अधिशाँक हलहरु हाउसफुल भए । दर्शकहरुलार्इ चलचित्रले भावुक पनि बनायो ।

सिङ्गल थिएटरमा पकड राख्ने छवि ओझाको फिल्मले यसपटक मल्टिप्लेक्समा समेत कब्जा गरेकोदेखियो । फिल्मको कथा र कलाकारको अभिनयको निकै तारिफ आएको छ । विशेष गरि पुस्प खड्का अर्थात ९दिपक० को अभिनयको हाल निकै चर्चा र तारिफ आइरहेको छ ।
फिल्ममा पुष्प खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाई, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिथिला शर्माको अभिनय छ । फिल्मलाई नवल नेपाल ले निर्देशन गरेको हुन । कार्यकारी निर्माता छबिराज ओझा हुन । गोविन्द फुयालले लेखेको फिल्मलाइ कल्पित घिमिरेले खिचेका छन ।

फिल्ममा निर्माताको रुपमा जितेन्द्र साक्य, सकार ओझा, ओम गुरुङ रहेका छन् फिल्ममा सिल्पा पोखरेलको लगानी छ । दिपक शर्माको संगीत , गोविन्द फुयालको कथा र कविराज गहतराजको नृत्य रहेको छ ।

चलचित्र पंचायतको रेडकार्पेट प्रिमियर : प्रचण्ड–झलनाथ लगायत नेताहरुले गरे तारिफ


नारायण ढुंगाना, काठमाडौ २५ फागुन । आगामी चैत २ गते देशैभर प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित चलचित्र ‘पंचायत’को आज काठमाडौमा शिर्ष नेताहरुको सहभागितमा रेडकार्पेट ‘प्रिमियर ‘सो’ गरिएको छ ।

पुर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, विशिष्ठ कलाकार, पत्रकार, चलचित्रकर्मी लगायत ३०० भन्दा बढीको सहभागितमा शुक्रबार साँझ प्रिमियर सो गरिएको थियो ।

चलचित्र हेरेपछि नेताहरुले उत्कृष्ट फिल्म बनेको भन्दै चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुतिको भव्य तारिफ गरेका छन् । २०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा सँस्कृतिसँग जोडेर चलचित्र निर्माण गरिएको छ ।

चलचित्र पंचायत हेरेपछि पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले भन्नुभयो, ‘चलचित्रले त्यतीबेलाको सामाजिक साँस्कृतिक चित्रण गर्न सफल भएको छ, कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ ।’उहाँले नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखिएको प्रतिक्रिया दिनुभयो ।


अर्का पुर्व प्रधानमन्त्री तथा नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गनुयभयो । ‘चलचित्रमा समाजको यथार्थ प्रतिबिम्व छ, विकृति विसंगति जुन ढंगले उजागर गरेको छ, बधाई छ ।’ खनालले भन्नुभयो ।

पुर्व अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुन, अनन्तले पुरानो इतिहास र समाजलाई हेर्न पाउनु महत्वपूर्ण विषय भएको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो ।

पुर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्मा, प्रभाकरले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘हृदयविदारक दृष्य प्रस्तुत गरेको छ धेरै राम्रो छ ।’

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाज त्यसमाथिपनि ग्रामिणभेगको थुप्रै घटना चलचित्रमा उद्घाटीत भएको प्रतिक्रिया दिनुभयो । चलचित्र ससक्त बनेको उल्लेख गर्नुहुँदै भट्टराईले निर्माण समुहलाई बधाई दिनुभयो ।

नेपाली काँग्रेसका नेता तथा पुर्व संचारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा चलचित्र पंचायत बनेको भन्दै तारिफ गर्नुभयो । चलचित्रमा घटेको घटना अब समाजमा नघटुन् भन्ने सन्देश दिन खोजेको आफुले पाएको रिजालको भनाई थियो ।

चलचित्रको ‘प्रिमियर ‘सो’मा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्का नेता नारायण दाहाल, काँग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशी, चलचित्र निर्माता नरेन्द्र महर्जन र प्रदिप कुमार उदय, आकास अधिकारी, सोभित बस्नेत जयकिशन बस्नेत लगायत कलाकार र पत्रकारहरुको सहभागिता थियो ।

गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा बनेको चलचित्रको कार्यकारी निर्मातामा रवि अधिकारी हुनुहुन्छ ।

शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा रहेका नायक सरोज खनाल र नायिका नीता ढुंगानाले शिर्ष नेताहरुबाट तारिफ पाएकाले सहि चलचित्रमा मेहनत गरेको महसुस भएको प्रतिक्रिया दिए ।

खनाल र ढुंगानासँगै उक्त चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ ।

पंचायतले अमेरिकामा भएको फिल्म फेष्टिवलमा २१७ चलचित्र मध्ये उत्कृष्ट अवार्ड समेत पाईसकेको छ ।

चलचित्र ‘भैरे’को ‘सान्नानीलाई भेट्न आउँदा’ गीत रिलिज

काठमाडौं, अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘भैरे’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ‘सान्नानीलाई भेट्न आउँदा’ बोलको गीत सार्वजनिक गरियो ।

गीतको भिडियोमा अभिनेता द्वय विक्रान्त बस्नेत, बुद्धि तामाङ र अभिनेत्री वर्षा सिवाकोटीको फिचर छ । बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, बसन्त सापकोटा र मेलिना राईले आवाज भरेका छन् ।

कविराज गहतराजको नृत्य निर्देशन गज्जब छ । उनले गीतमा फरक कन्सेप्ट प्रयोग गरेका छन् । छायाँकार पुरुषोत्तम प्रधानले कलात्मक शैलीमा गीत खिचेका छन् । एभरेष्ट सूर्य बोहराको लेखन र निर्देशन रहेको फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् ।

करुणाकर घिमिरे, सविता गुरुङ र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् । सूर्य थोक्करको द्वन्द्व रहेको फिल्ममा सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ । बनिष शाहले फिल्मको सम्पादन सम्हालेका छन् ।
लेख बहादुर पुन कार्यकारी निर्माता रहेको ‘भैरे’ मा बसन्त श्रेष्ठ र रामजी लामिछानेको पनि कोरियोग्राफी रहेको छ । फिल्मको गीतमा अञ्जु पन्त र प्रमोद खरेलले पनि स्वर दिएका छन् ।

नेपालय सिनेमा ईन्टरनेशनलद्वारा निर्मित यो फिल्मको प्रदर्शन मिति वर्ष २०७५ को जेठ १८ गतेलाई तय गरिएको छ ।

गीत हेर्नुहोस् :

अर्गानिक र मौलिकपनको चलचित्र ‘पंचायत’ यूनिट चितवनमा, कसले के भने ??

नारायण ढुंगाना, चितवन २३ फागुन : पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पंचायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण समुहले बताएको छ।

चलचित्रबारे निर्माण युनिटले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक र मौलिक खालको चलचित्र बनेकाले दर्शकको मायाँ पाउनेमा विश्वस्त रहेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका मुख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काईभ(अभिलेख) गरेर राख्ने खालको चलचित्र बनेको भन्दै चलचित्र हेर्न दर्शकलाइ अनुरोध गरे।

‘चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकले पंचायत झन् हेर्नुपर्छ, खनालले भने, एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो? त्यो यसबाट प्रष्ट हुन्छ ।’

उनका अनुसार पहिले च्यारिटी सोमा देखिएको भन्दा फरक रुपमा पंचायत आउन लागेको छ। नायिका नीता ढुंगानाले उक्त चलचित्रले अमेरिका भएको फिल्म फेष्टिवलमा विश्वका २१६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएकोमा खुसी व्यक्त गर्दै कथामा मौलिकपन र आफ्नोपन भएको उल्लेख गरिन्।

नायिका ढुंगानाले उक्त फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड समेत पाएकी थिईन्। ‘अवार्ड पाउनु मेरा लागि र नेपालकै लागि गौरवको कुरा हो, ढुंगानाले पत्रकारबीच भनिन्, गर्व गर्न लागक फिल्म बनेको छ।’

उक्त फिल्ममा उनी १४ वर्षकी किशोरीको भूमिकामा छिन्। चलचित्रका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा अर्गानिक चलचित्र ‘पंचायत’ बनेको दावी गरे। सातवर्ष अघि तयार भएको स्क्रिप्टले पूर्णता पाएकोमा उनले खसी व्यक्त गरे । उक्त चलचित्र आगामी चैत २ गतेदेखि देशभरका झण्डै १०० हलमा प्रदर्शन हुँदै छ ।

फिल्मका निर्माता गणेश गिरीले अहिलेसम्म चलचित्र हेरेका दर्शकले मनपराएको उल्लेख गर्दै भने, ‘दर्शकले माया दिनेमा ढुक्क छु।’ गिरीले सबै कलाकारको उत्तिकै मेहनत परेको र मुख्य कलाकारले पैसा समेत नलिएकाले यो चलचित्र सबैको साझा भएको बताए ।

पत्रकार तथा चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले चलचित्रको कथाबस्तु उत्कृष्ट लागेकाले लगानी गरेको प्रतिक्रिया दिए । अहिलेको पुस्ताले हेर्नैपर्ने चलचित्र बनेको अर्की नायिका जाहान्वी बस्नेतको प्रतिक्रिया छ ।

चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठका अनुसार उक्त चलचित्रको विहिवार हेटौंडामा च्यारिटी सो हुँदै छ भने फागुन २५ गते काठमाडौको कुमारीहलमा राजनीतिक नेता, बरिष्ठ कलाकार, पत्रकार, उद्योगी तथा विशिष्ट व्यक्तिहरुको सहभागितामा प्रिमियर सो हुँदै छ ।

शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ ।

यस्तो छ ‘शत्रु गते’ को ट्रेलर, दुई प्रेमि वीचको पारिवारिक झमेला

दुई प्रेमि विचको पारिवारिक झमेला देखिएको फिल्म ‘शत्रु गते’ को कमेडी ट्रेलर सार्वजनिक भएको छ । चैत ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको शत्रुगतेको शुक्रबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई समावेश गरिएको छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्मको ट्रेलरमा कमेडी प्रस्तुतत भएको छ ।। ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ गीत रिलिज भएपछि धेरैका लागि ‘शत्रु गते’ को ट्रेलर प्रतिक्षामा थियो । फिल्ममा अभिनेता पल शाहले पहाडिया युवक र अभिनेत्री आँचल शर्माले मधेसी युवतीको भूमिका निर्वाह गरेका छन् ।

पल र आँचलको विवाहमा बाधक बन्ने अरु पात्रहरुको वरिपरि फिल्म घुमेको छ । पहिलो पटक अभिनेत्री प्रियंका कार्की प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदैछिन् । अभिनेता दीपकराज गिरीसँग उनको जोडी बाँधिएको छ ।

यस्तै, हास्यकलाकार हरिवंश आचार्यको श्रीमतीको भूमिकामा हास्यकलाकार तथा निर्देशक दीपाश्री निरौला प्रस्तुत छिन् । छोराको भूमिकामा पल छन् । ट्रेलरमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई केही युवतीहरुसँग रोमान्टिक मूडमा देख्न सकिन्छ ।

ट्रेलर हेर्नुहोस् :

पोखराबाट ‘सुश्री सम्पत्ति’ छायांकन शुरु


फागुन १५, काठमाडौं स् सलोन बस्नेत र सारा शिर्पालीको मुख्य भूमिकामा निर्माण हुन लागेको फिल्म ‘सुश्री सम्पत्ति’को छायांकन सुरु भएको छ। मंगलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको हो।

कमेडी लभस्टोरी जेनरमा निर्माण भएको फिल्ममा सलोन र सारासँगै विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामालगायतको मुख्य भूमिका रहनेछ। नायिका प्रिइका कार्लाईलाई पनि फिल्ममा अतिथि कलाकारको रूपमा देख्न सकिन्छ।

राहुल इन्टरटेन्मेन्टुको ब्यानरमा निर्माण हुने यस फिल्मलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गर्दै छन्। रमेश त्वयनाको प्रस्तुतिमा बन्ने फिल्ममा विज्ञान राई, नुनम सुब्बा र रोमन शिलाकरको लगानी रहेको छ। फिल्मको सम्पूर्ण छायांकन पोखरामा हुनेछ।

निर्देशक आचार्यकै कथा रहने फिल्ममा सुरेश अधिकारीको शब्द र संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ। अर्जुन तिवारीले खिच्ने फिल्मलाई भरत रेग्मीले सम्पादन गर्नेछन्।