Saturday , 23 February 2019
News update
Home >> Article (page 4)

Article

डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्न मन लाग्छ – मोडल स्मिता थापा

नेपाली मोडलिङ क्षेत्रमा विभिन्न हर्कत देखाएर चर्चामा आउने नाम हो स्मिता थापा । उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखेका छन् ।

उनै मोडल थापाले डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्ने चाहना व्यक्त गरेकीछिन् ।  पत्रकार ऋषि धमलासँगको कुराकानीमा थापाले भनिन्,“म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।”

उनले थपिन्,“जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पिएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।” आफूले अहिलेसम्म विश्वका सवै प्रकारका ब्राण्डेड रक्सी पिईसकेको उनको दाबी छ ।

आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्,“म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।” उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताईन् । एक छोरीकी डिभोर्सी आमा हुन स्मिता ।

तर उनलाई अझैपनि मनमिल्ने सेक्सी एण्ड ह्याण्डसम केटा पाए विवाह गर्ने चाहना छ । पहिलोपटक कसैलाई मन पराएर विवाह गरेकी उनी पतिले धोका दिएपछि विवाह नगर्ने मुडमा थिईन्, तर विस्तारै रोमान्समा झुम्मिन बानि लागेपछि अब त्यही डिसिजनमा नअडिने उनको सोचाई छ ।

पतिले आफूसँग विवाह गरिसकेपछि पनि अर्के केटीसँग रोमान्स गरेको थाहा पाएपछि अलग भएको अनुभव सुनाईन् । त्यही बखत आफूले “लोग्ने होईन, लोग्नेमान्छे चाहिन्छ” भनेको सन्दर्भ कोट्याईन् ।जीवन धान्न त्यति गाहे छैन उनलाई । तीन तीन वटा बिजनेस रन गरेर बसेकीछिन् । उनको व्युटि पार्लर, रेष्टुरेण्ट र म्यानपावरको व्यवसाय छ । मनग्गै आम्दानी भैरहेको छ ।

लगानी अनुसारको आउटपुट आईरहेकोमा उनी खुशी छिन् । कर्ममा विश्वास गर्ने उनी फलको कहिल्यै आशा नगर्ने गिताको सारमा विश्वास गर्छिन् । अन्त्यमा उनले भनिन्,“अरु त त्यस्तै हो, जीवन खुशी छ, रोमान्स भैरहेको छ, यसरी नै बाँकी जीवन बितोस्, मेरो यही चाहना ।”

धमलाको हमलामा सिताराम कट्टेल ‘धुर्मुस’ किन डाको छोडेर रोए (भिडियो)

हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ले निर्माण गरिरहेको चन्द्रपुरस्थित सन्तपुरमा एकीकृत नमुना बस्तीको काम अन्त तिर पुगेको छ ।

असोजको २८ गतेबाट विविध रुपमा कम्पाउण्डको पर्खालबाट कार्य थालनी गरिएको बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ ।बस्तीमा ४७ वटा घर, सामुदायिक भवन, मन्दिर र बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् ।

बस्ती निर्माणका लागि दैनिक दुर्इ सय ६१ जना कामदार खटिरहेका छन् । राष्ट्रिय गान गाएर हरेक दिन बस्तीमा काम सुरु गरिन्छ ।माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुर्मुसको दाबी छ ।

पत्रकार ऋषि धमलासंग हिमालय टिभी को कार्यक्रम धमलाको हमलामा अन्तर्वार्ता दिदै गर्दा सिताराम कट्टेल ‘धुर्मुस’ डाको छोडेर रोए । आखिर किन रोए ?

ऋषि धमला र सिताराम कट्टेल अर्थात् ‘धुर्मुस’दुबैले आ-आफ्नो पहिचान बनाएका छन् ।ऋषि धमला एक चर्चित पत्रकार हुन भने सिताराम कट्टेल एक कलाकार मात्र नभई समाजसेवक पनि हुन ।

सलमान खानसँग दीपिका पादुकोण किन फिल्म खेल्दिनन् ?

सलमान खानसँग फिल्म खेल्न जो कोही कलाकार पनि मरिहत्ते गर्छन्। तर, बलिउड फिल्म उद्योगमा एक दशक विताइसकेकी अभिनेत्री दीपिका पादुकोणले ‘दबंग’ नामले चिनिने अभिनेता सलमानसँग अझै फिल्म खेलेकी छैनन्।

शुक्रबारबाट उमेरले ३२ पुगेकी दीपिकाले सलमानसँग फिल्म खेल्ने प्रस्ताव आएपनि लगातार अस्वीकार गर्दै आएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार आजसम्म सलमानसँग फिल्म खेल्न उनको साइत नै जुरेन। अर्थात समय अभावका कारण उनले सलमान अभिनित कैयौं फिल्म रिजेक्ट गरिन।

यद्यपी उनले बलिउड बादशाह शाहरुख खानसँग भने विभिन्न फिल्ममा अभिनय गरिन्।

कुन कुन फिल्म रिजेक्ट गरिन ?

२०१६ मा प्रदर्शनमा आएको सलमानको फिल्म सुल्तानमा हिरोइनका लागि दीपिकालाई ५ पटकसम्म प्रस्ताव गरिएको थियो। तर, समय नभएको भन्दै उनले अस्वीकार गरिन्। त्यसपछि अनुष्का शर्मा हिरोइनका रुपमा देखिइन्।

२०१६ मै प्रदर्शनमा आएको सलमानको सुपरहिट फिल्म ‘बजरंगी भाईजान’ मा पनि दीपिकालाई हिरोइनका लागि अफर गरिएको थियो। तर, उनले नभ्याउने भनेपछि करिना कपुरलाई हिरोइन बनाइयो।

२०१४ मा प्रदर्शनमा आएको फिल्म ‘जय हो’ मा पनि दीपिकालाई प्रस्ताव गरियो। यो पनि उनले अस्वीकार गरिन। त्यसपछि सलमानसँग अभिनेत्री डेजी शाह देखिइन्।

२०१४ मै प्रदर्शनमा आएको ‘किक’ मा पनि दीपिकालाई सलमानको जोडी बनाउन खोजिएको थियो। तर, यसबेला दीपिका शाहरुख खानको फिल्म ‘ह्याप्पी न्यू इयर’मा व्यस्त हुँदा खेल्न पाइनन्। ज्याकलिन फर्नाडिजले सलमानसँग खेल्ने अवसर पाइन्।

दीपिकाले २०१५ मा प्रदर्शन भएको सलमानको ‘प्रेम रतन धन पायो’ फिल्म पनि अस्वीकार गरिन्। त्यसपछि सोनम कपुरले हिरोइनको भुमिका निभाइन्।दीपिकाले सलमानका साथै आमिर खानको ‘धुम ३’ फिल्म समेत समय अभावका कारण अस्वीकार गरेकी थिइन्।नागरिक

‘फिर्के’ रिलिजको मिति घोषणा, यस्तो छ पोष्टर


चलचित्र फिर्केको रिलिज मिति घोषणा गर्दै निर्माण पक्षले पहिलो पोष्टर सार्वजनिक गरेको छ । पुष १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘फिर्के’का दुई पोस्टर सार्वजनिक भएका हुन् ।

‘ईकुु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतिमा फिर्के बनेको हो । फिल्ममा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो फिल्मलाई तितो सत्य, जिरे खुर्सानी लगायतका टेलिसिरियलमा ‘बेमान’को नामले परिचित रवि डंगोलले निर्देशन गरेका हुन् । उनले यसअघि ६ वटा नेवारी फिल्म पनि निर्देशन गरिसकेका छन् ।

यसअघि ईकु र ईकु २ फिल्मका निर्माता समेत रहेका कलाकार सुलेमान शंकरले ‘फिर्के’मा ईकु भन्दा फरक भूमिकामा अभिनय गरेको बताए । यो फिल्मका निर्माता ओमलाल गुरुङ् र राजेश श्रेष्ठ हुन् । फिल्ममा अभिमन्यू निरबीको लेखन रहेको छ ।

अष्ट महर्जनको द्वन्द्व निर्देशन रहेको ‘फिर्के’मा मित्र डि गुरुङको सम्पादन तथा राम कुमार केसीको छायांकन छ । फिल्मलाई काठमाण्डौ उपत्यकामा गोपाल कायस्थ र मोफसलमा एफ डि कम्पनीले वितरण गर्दैछन् । बिश्व नेपाली र सुवास भुषालको संगीत रहेको यस फिल्ममा दुई गीत रहेका छन् ।

पुष २८ मा ‘रज्जा रानी’ आउँदै, यसरी भयो टिजर सार्वजनिक

आगामी पुष २८ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘रज्जा रानी’को टीजर सार्वजनिक भएको छ । नायक नाजिर हुसेनलाई प्रस्तुत गर्दै रज्जा रानीको टीजर सार्वजनिक गरिएको हो । नायक आर्यन सिग्देलको होम प्रोडक्शन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैको हो ।

सानो भेगको जनजाति कथामाथि निर्माण भएको फिल्मलाई रमेश एमके पौडेलले निर्माण गरेका हुन् । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

डरलाग्दो रुप लिएर आईन ‘सुनकेशरी’


आधा लभुमार्फत फिल्म निर्माणमा पनि हात हालेकी नायिका ऋचा शर्मा निर्मित तथा अभिनित फिल्म ‘सुनकेसरी’को नयाँ पोष्टर सार्वजनिक भएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । अझ, नायिका ऋचाको रुपले त अझ सबैलाई चकित बनाउँछ । पोष्टरबाटै के प्रष्ट हुन्छ भने ‘सुनकेसरी’ हरर फिल्म हो ।

यसअघि निर्माण पक्षले एक बालिका फिचरिङ फिल्मको फस्ट लुक पोष्टर सार्वजनिक गरेको थियो । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा ‘सुनकेसरी’ निर्माण गरेकी हुन् । फिल्मका निर्देशक अर्पण थापा हुन् । ऋचा शर्मा, भीम न्यौपाने, रबिन्द्र झा लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

यो फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको हो । सम्पूर्ण छायांकन अष्ट्रेलियामा भएको यो फिल्मको बजेट २ करोड बताइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह(निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् ।

फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यतिबेला ‘सुनकेसरी’ सम्पादन टेवुलमा छ ।

पंचायत बन्यो ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’, अभिनेत्री नितालाई ‘बेस्ट लिडिङ्ग एक्ट्रेस’ अवार्ड

नेपाली फिल्म र अभिनेत्रीले अमेरिकामा भएको फिल्म फेष्टिवलमा उत्कृष्ट अवार्ड पाउन सफल भएको छ । पचास बर्ष अघिको कथालाई पर्दामा उतारेको चलचित्र पंचायत र अभिनेत्री नीता ढुंगानाले अर्वाड पाएका हुन ।

अमेरिकाको क्यालिफोर्निया स्थित सान्फ्रान्सिस्कोमा आयोजित ‘सान फ्रान्सिस्को फिल्म फेस्टिभल’मा नीताद्धारा अभिनित ऐतिहासिक चलचित्र ‘पंचाएत’ ले ‘बेस्ट मुभी इन फरेन ल्याङग्वेज’ विधामा उत्कृष्ट अवार्ड पाएको हो ।

अंग्रेजी फिल्म बाहेक अन्य विदेशी फिल्ममा पंचायतले उत्कृष्ट अवार्ड पाएको हो आफ्नो फिल्मले अवार्ड पाएकोमा निक्कै खुसी भएको कार्यकारी निर्माता तथा सञ्चारकर्मी रवि अधिकारीले बताउनुभयो ।

नेपालमा नेसनल अवार्ड समेत प्राप्त गर्न सफल अभिनेत्री नीता ढुंगाना सानै उमेर देखि अभिनयमा लागेकी नायिका हुन् । हालसम्म झण्डै २ दर्जन चलचित्रमा अभिनय गरिसकेकी उनको चर्चित चलचित्रहरु दबाब, ६ एकान ६, नोटबुक, मसान , हाम्रो माया जुनी जुनीलाई, निर्भय लगाएत छन् ।

उनले पछिल्लो पटक चलचित्र पंचायत खेलेकी थिईन् । यो फिल्ममा नीताले पश्चिम क्षेत्रकी किशोरीले भोग्ने समस्यालाई जिवन्त उतारेकी छिन् ।

उनको ससक्त अभिनय कै कारणा अन्तर्रास्ट्रिय फिल्म अवार्डमा उनलाई सम्मान गरिएको हो । सर्वोत्कृष्ट अभिनेत्री निता ढुंगाना फ्रम नेपाल, भन्ने आवाजÞ र ताली संगै त्यों विशाल हल गुन्जायमान भएको थियो । उनको प्रतिभाले अन्तर्राष्ट्रिय उचाई पाउँदा त्यहाँ रहेका नेपालीहरुले गर्वको महसुस गरेका थिए । यहि अक्टोबर २५ देखी २९ सम्म फेष्टिभल भएको थियो ।

१५ बर्ष अघिबाट सुरु भएको यस फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागी हुन् थालेको साउथ एसियन संयोजक तथा नेपाल पर्यटनबोर्ड सन सनफ्रान्सिस्को लागि पर्यटनदूत प्रकाश थापाले जानकारी दिएका छन् गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले उत्कृष्ट बिदेशी भाषाको चलचित्र पुरस्कार जित्न सफल भएको थियो ।

यता चलचित्र पंचायतकी नायिका नीता ढुंगानाले फिल्मसँगै आफुले अवार्ड पाएकोमा नेपाली भएर गर्व लागेको बताईन् । अमेकिारमा एक शो भएको चलचित्र अन्य शो समेत गर्ने तयारी छ । फेसबुकमा स्टाटस राख्दै उनले शव्दमा आफुले बयान गर्न नसक्ने समेत बताएकी छिन् ।

फिल्म फेष्टिवलमा हालीवुड र एसियन चलचित्रहरु गरि २ सय चलचित्रले प्रतिस्पर्धा गरेका थिए । ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने फिल्म पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । अभिकारीले आफ्नो योगदानको कदर भएको भन्दै अन्य अर्वाडमा पनि फिल्म पठाउने बताउनुभयो ।

गणेश गिरीको प्रस्तुति रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन् । सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन् ।

फिल्ममा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ । अवार्ड प्राप्त चलचित्र चलचित्र पंचायत आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शन हुँदै छ ।

नीताको प्रतिक्रिया जस्ताको तस्तै
नाट्यश्वरीदेवीको आशिर्वादले , मेरो वाल्यकालदेखी शुरूवाद भएकोअभिनय यात्रा, आज अमेरीकाको सानफ्रान्सीस्को(क्यालीफोर्निया) मा सम्पन्न “सानफ्रान्सीस्को ईन्टरनेशनल फÞिल्म फÞेस्टीवल” सम्म आईपुगेको छ।मन्चमा उभिएर ,उत्कृष्ट नेपाली चलचित्र अभिनेत्रीको अवार्ड( चलचित्र “ पन्चायत” ) प्राप्त गर्दै गरेको एउटा स्वणीम यो समयलाई म शव्दमा मात्रै वयान गर्न सक्दिन ।
यो समयमा मैले ,यो स्थान सम्म पुग्न मलाई प्रत्यक्षर अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने मेरा समस्त शुभचिन्तकर सहकर्मीर सन्चारकर्मी का साथै विशेषत मेरा सम्पुर्ण महान दर्शकवृन्द हरूलाई अन्तरमनवाट सम्झेकी छु र फेरीपनी म हार्दीक आभार व्यक्त गर्दछु ।

‘ऐश्वर्य’को कमाई तीन दिनमा झण्डै २ करोड


हालै प्रदर्शनमा रहेको चलचित्र ‘ऐश्वर्य’ले दर्शकको साम्रै साथ पाइरहेको छ । बिहीबार छठको अवसरमा प्रदर्शनमा आएको उत्तः चलचित्रको व्यापार शुरुका दिनमा सुखद छ । ओपनिङ गरेको तीन दिनमा चलचित्रले झण्डै २ करोडको व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

१०० भन्दा बढी हलमा प्रदर्शनमा आएको चलचित्रले निर्माण पक्षले दिएको जानकारी अनुसार पहिलो दिन ४८ लाख दोस्रो दिन ५६ लाख र तेस्रो दिन ८० लाखको ग्रस कलेक्सन गरेको छ । शनिवार चलचित्र युनिट दर्शकको प्रतिक्रिया बुझ्न हल–हलमा गएको थियो ।

दर्शकको उत्साहजनक उपस्थिति र पाएको प्रतिक्रियाले चलचित्र युनिट दङ्ग देखिन्थे । रमेश उप्रेतीको निर्माणमा तयार भएको चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।

दिन अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको संयुक्त लगानी रहेको ‘ऐश्वर्य’ मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी दीपिका प्रसाइँ, केशव भट्टराई, सुनिता ठाकुर, विकास खतिवडा, अमित पोखरेल र कोरियोग्राफर योञ्जनको अभिनय रहेको छ ।

आन्नपुर्ण बेसक्याम्पमा गरियो ‘तिमी सँग’को इन्डक्ल्याप, तेस्रोमा  साम्राज्ञीको परीक्षा


ड्रिम्स र ए मेरो हजुर २, सफल भएपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको लोकप्रियता बजारमा झनै बढेको छ । थुप्रै चलचित्रहरुको अफर उनलाई आई रहेका छन । साम्राज्ञी थोरै तर राम्रा चलचित्र खेल्ने योजनामा छिन । त्यही भएर नै अफर आएका मध्ये केही चलचित्र खेल्ने मौखिक सहमती मात्रै साम्राज्ञीले गरेकी छिन ।

दुई चलचित्र सफल भएपछि उनी तेस्रो चलचित्र तिमी सँगको काममा व्यस्त छिन । चलचित्रको पर्दामा पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको दृश्य कैद गर्दै यो चलचित्रको छायाँकन सकिएको छ । साम्राज्ञीसँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको प्रेमकथात्मक चलचित्रको टाइटल संगको छायाँकन बेस क्याम्पमा गरिएको हो ।

टुरिष्ट गाइडको प्रेम कथा बोल्ने चलचित्र प्रति साम्राज्ञी निक्कै आशाबादी छिन । चचित्रको क्यानभास मनमोहक छ, संगीत पक्षले पनि दर्शक स्रोताको मन जित्ने उनले आश राखेकी छिन ।
निर्देशक शिशिर राणा नेपाली चलचित्रमा अन्नपुर्ण बेस क्याम्पको सुन्दर दृश्य कैद गर्न पाउँदा भाग्याशाली महशुष गरी रहेका छन । पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक लगायतका क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने निर्माता तथा लेखक समेत रहेका राणाले विश्वास लिएका छन ।

 

‘झोला’ टिम दोश्रो प्रोजेक्टमा व्यस्त , दाईजो विरुद्ध बन्यो ‘भोर’

दुई बर्ष पहिले दर्शकमाझ आएको व्यापारिक तथा समिक्षात्मक रुपमा सफल फिल्म ‘झोला’ निर्माण टिम यतिबेला दोश्रो प्रोजेक्टको काममा व्यस्त छ । बिना कुनै प्रचार प्रसार गुपचुप रुपमा यादवकुमार भट्टराईको निर्देशकमा नयाँ फिल्म ‘भोर’ (फर्स्ट लाईट) छायांकन सकिएको छ । मध्य पुर्वी नेपालको जनकपुरमा छठ पर्वको अबसरमा पत्रकार सम्मेलन गरि निर्माण टिमले फिल्मको सम्पुर्ण छायांकन सकिएको जानकारी गरायो ।
सम्पुर्ण दृश्य जनकपुरमा छायांकन गरिएको फिल्मको पहिलो पत्रकार सम्मेलन पनि जनकपुरमा गरिएको हो । निर्देशक भट्टराईले मैथिली भाषीहरुको वाहुल्यता भएको ठाउँमा उनिहरुकै समाजको समस्यालाई चित्रित गर्दै ‘भोर’ निर्माण गरेको बताए । मधेशमा जरो गाडेर बसेको दाईजो प्रथाको विषयलाई फिल्ममा समेटिएको छ । यो फिल्ममा अधिकांश मैथिली भाषी कलाकारहरुको अभिनय छ ।
कृष्ण धारावासीको कथामा निर्माणाधीन सो फिल्मको निर्देशन यादव कुमार भट्टराईले गर्नु भएको छ भने कार्यकारी निर्माता देवेन्द्र प्रसाद सुवेदी, निर्माता राज तिमिल्सिना र रामगोपाल थापा हुनु हुन्छ ।
‘झोला’ फिल्मको सफलतापछि आफूमाथि एउटा सफल फिल्म बनाउनु पर्ने दबाब परेको बताउँदै निर्देशक भट्टराईले मधेशको सबभन्दा ठूलो समस्या दाइजोको विकृत रुपलाई फिल्मको माध्यमले सम्पूर्ण नेपालीलाई देखाउन अघि सरेको बताए । ‘फिल्मको छायांकन सुरु गरेको समयमा ‘झोला’ सफलताको ह्यांङ्गओभरले आफू माथि दबाब बढेको भएपनि ‘भोर’मा डुब्दै जाँदा यहाँ जोडिएका कलाकारहरुको उर्जा र समाईएको विषयवस्तुले सबै भुलाएको भन्दै मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्व फिल्मले बोक्ने भट्टराईले बताए । मैथिली भाषी समुदायमा खिचिएको भए पनि फिल्मलाई नेपाली भन्दै भाषागत तथआ क्षेत्रिय फिल्मको भ्रममा नपर्न उनले सबैमा आग्रह समेत गरे ।
वरिष्ट साहित्यकार कृष्ण धारावासीको लेखनमा तयार भएको फिल्मको पटकथा निर्देशक भट्टराईले नै लेखेका छन् । फिल्ममा मूख्य पात्रको रुपमा मिथिलाञ्चलका प्रसिद्ध कलाकार राम नारायण ठाकुर रहँदा उनिसँगै मदन ठाकुर, परमेश झा, बिएन पटेल, राजेश सक्सेना, डली सरकार, अनितारानी मण्डल, संगिता देव, सारथी लामा, रितेश पाटली, सुरेन्द्र राय, धीरज ठाकुर लगायतका कलाकारहरुले अभिनय गरेका छन ।
यतिबेला पोष्ट प्रोडक्शनको क्रममा रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन् । राज तिमल्सिना र रामगोपाल थापा निर्मातामा छन् । देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्मातामा छन् । उज्जल ढकालले फिल्मको सम्पादन गरिरकेका छन् । लेखक धारावासी, निर्माता, निर्देशन तथा सिनेमाटोग्राफर सबै झोला टिमका सदस्य हुन् ।
नेपाली मौलिक कथा बोकेको झोला धाराबासीकै उपन्यासमा आधारित फिल्म थियो । उक्त फिल्मले सय बर्ष पुरानो नेपाली समाजको सतिप्रथाको कथा बोल्दै गर्दा सोहि प्रकारले मधेशमा २१ औं सताब्दीमा समेत विद्धमान दाईजो प्रथाको कथा’ भोर’मा उठाईएको छ । मैथिली शब्द मानिने ‘भोर’को अर्थ ‘बिहानी को किरण’ हो ।