Monday , 17 December 2018
News update
Home >> Article (page 5)

Article

रंगपत्रकार ज्ञानेन्द्र तामाङ पनि अभिनयमा

Gyanendraरंग पत्रकारहरु अभिनयमा आउनु नौलो कुरा होइन । तर कोहि अभिनयमा जम्ने लक्ष्यका साथ आउछन त कोहि रहर पुरा गर्छन । यसरी अभिनयमा नै स्थापित हुने लक्ष्य बोकेका छन ज्ञानेन्द्र तामाङले । ५ बर्षयता मोफसलबाट रंग पत्रकारितामा क्रियाशिल उनले हालै एक म्युजिक भिडियोमा अभिनय गरेका छन ।
गायक दिपेन्द्र लामाको एक गीतमा अभिनय गर्दै उनले म्युजिक भिडियोमा डेब्यु गरेका हुन । मोडलिङ र अभिनयमा पहिलो अनुभव निकै रमाइलो र उत्साहजनक रहेको उनको भनाई छ । लामो समयदेखि रंग पत्रकारितामै रहेको र कला क्षेत्रसँग नजिक भइरहने भएकाले भिडियो र अभिनय आफुलाई खासै नौलो नभएको पनि उनले बताए । Gyanendra & Dipendraत्यसो त उनलाई यसअघि नै अभिनय अफरहरु नआएको हैन । तर आफु पर्फेक्ट छु भन्ने नलागेकाले उनले काम गरेनन् । अहिले गीतको कन्टेन्ट मन परेको र भिडियोमा न्याय गर्न सक्छु भन्ने लागेर अभिनय गरेको उनको भनाई छ ।
ज्ञानेन्द्रको अभिनय र काम गर्ने शैलीबाट भिडियोका निर्देशकद्धय रमेश बस्नेत र प्रबिन्द काफ्ले प्रभावित भए । कुनै प्रोफेशन कलाकारसँगै काम गरिरहेको अनुभव भएको एक निर्देशक प्रविन्द भन्छन । ज्ञानेन्द्र निकट भविष्यमै अभिनयमा स्थापित हुनेमा दुइ मत नभएको अर्का निर्देशक रमेश बताउछन । उनमा भएको गुण, क्षमता, मिहेनत र अनुशासनले नै यो क्षेत्रमा स्थापित गराउने दुवै निर्देशकको भनाई छ । Gyanendra1गायक दिपेन्द्र लामाको स्वर तथा संगीत रहेको ‘मुटु छिया छिया’ बोलको गीत शुक्रबार धार्मिक स्थल देवघाट आसपासका विभिन्न रमणिय स्थानहरुमा खिचिएको हो । भिडियोमा ज्ञानेन्द्रसँगै मन्जिता श्रेष्ठ, शिशिर केसी र अनुज मरहट्टाको अभिनय छ । भिडियोलाई निर्देशकद्धय रमेश बस्नेत र प्रबिन्द काफ्लेले नै छयांकन गरेका हुन । भिडियो सम्पादन रमेशले गर्नेछन । केहि दिनमा नै भिडियो सार्वजनिक हुनेछ । Prabind

बर्ष २०७२ : भुकम्प र नाकाबन्दीको मारमा नेपाली फिल्म (समिक्षा)

शुसन घिमिरे,चैत्र २०
sushanयस बर्ष बिनाशकारी भुकम्प सँगै नाकाबन्दी का कारण नेपालका हरेक क्षेत्रहरु नराम्रो सँग प्रभाबित भए । अन्य क्षेत्रहरु जस्तै देशले अझै उद्योग मान्न नसकिरहेको फिल्म क्षेत्र पनि त्यति नै प्रभाबित बन्यो । धेरै फिल्महरुले रिलिज मिति हेरफेर गरे भने एकै मितिमा ४ भन्दा बढि सम्म रिलिज भए । बर्षमा करिब ४० फिल्म आवश्यक हुने नेपालमा बार्षिक औसत १२० भन्दा माथि प्रर्दशन हुनु नै दुर्भाग्य हो ,तर यस बर्ष भुकम्प र नाकाबन्दीका कारण मात्र ६७ बटा फिल्म रिलिज भएका छन् ।
बर्षको सुरुवातमा २०७१ चैत्र २६ गते देखि प्रर्दशन भैरहेका दुई फिल्म हबल्दार सुन्तली र नाई नभन्नु ल ३ ले उत्कृष्ट सुरुवात गरेको यस बर्षको सफल व्यवसायिक यात्रा बैशाख दोस्रो सातमै रोकिन पुग्यो । हलमा यि दुई फिल्मले व्यापारलाई माध्यम बनाई रहँदा बैशाख ११ गते देखि अर्को प्रतिक्षित चलचित्र रेशम फिलिलि हलमा आईपुग्यो पहिलो दिन आक्रमक व्यापार सुरुवात सँगै धेरैले यस बर्ष फिल्म उद्योग फष्टाउने र सफल बन्ने अनुमान लगाए । तर सबैको अनुमान बिपरितको दोस्रो दिन अर्थात् बैशाख १२ गते आएको बिनाशकारी भुकम्प सँगै नेपालले ठूलो सँकटको सामना गर्नु पर्यो त्यस सँगै नेपालि फिल्म उद्योगको पनि सँकटका दिन सुरु भए ।
भुकम्प पछिका ४ महिना कुनै पनि फिल्महरु मा हलमा गएनन् र जान सक्ने स्थिती पनि थिएन । यो ४ महिना शुन्य बनेको फिल्म क्षेत्र २०७२ भदौ महिना सँगै फेरि जुर्मुरायो । होस्टल रिर्टन्स को व्यावसायिक सफलता सँगै अगाडि बढेको फिल्म उद्योगमा त्यसपछि रिलिज भएका एकाध फिल्म फल्प भएपनि असोजमा बडा नँ ६ को आक्रमक व्यापारले माथि उठ्न मात्रै के लागेको थियो ,सँबिद्यान जारी भए सँगै देशले अर्को सँकट नाकाबन्दीको सामना गर्नुपर्यो जसबाट फिल्म क्षेत्र अछुतो रहन सकेन । तथापि दशैको अबसरमा रिलजि भएको परदेशि ले आक्रमक व्यापार गर्दै करिब ४ करोड कलेक्सन गर्यो तर अन्य फिल्महरु सुपर फल्प बने । यस बर्ष दशैको अबसरमा ४ फिल्म रिलिज भएका थिए । मुख्य चाडपर्ब समाप्ती सगै फिल्म बिजनेस कमजोर बन्दै गर्दा मँसिरमा कबड्डि कबड्डिको सानदार व्यापारले केहि राहत पायो । करिब दुई महिनाको प्रतिक्षा पछि फेरि माघ २९ गते देखि रिलिज भएको प्रेमगितले आक्रमक व्यापार गर्दै यस बर्षको सुपरहिट फिल्मको रुपमा प्रमाणित गर्यो । कथा बस्तु , गित सँगित सँगै प्रस्तुति दमदार रहेको फिल्म बाट उदाएका प्रदिप खड्का लाई राईजिङ स्टारको रुपमा चित्रित गर्न थालिएको छ । फिल्मले करिब साढे ४ करोड माथि व्यापार गरेको छ ।
prem geet postar प्रेमगितले करिब एक महिना सम्म हलमा व्यापार गरि रहँदा फाल्गुन २१ गते देखि अर्का स्टार अनमोल केसि अभिनित ड्रिम्स हलमा आईपुग्यो । अघिल्ला दुई फिल्म सुपरहिट दिएका अनमोलको लुक्स क्रेज, नयाँ अनुहार सम्राज्ञी राज्य लक्ष्मी शाहको प्रस्तुति सँगै उत्कृष्ट सिनम्याटोग्राफि ड्रिम्स चल्नुका मुख्य कारण हुन् ।
फाल्गुन २१ पछि अबको आशा भनेको चैत्र २६ गते हो ,यो मितिमा दुई प्रतिक्षित फिल्म रामप्यारी र नाई नभन्नु ४ रिलिज हुदैछन् । नाई नभन्नु ल का अघिल्ला ३ सिक्वेल सफल छन् यस कारण पनि नाई नभन्नु ४ लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ तथापि अघिल्ला सिक्वेलको तुलनामा यसपाली चर्चा निकै कम सँगै गित सँगित कमजोर देखिएको छ । यस फिल्म लाई बिकास आचार्यले निर्देशन गरेका हुन् ।
यहि मितिमा रिलिज हुने राम प्यारी लाई रेखा थापाले निर्माण गरेकि हुन् भने फिल्ममा रेखा नै मुख्य भुमिकामा रहेकि छन् । रेखाले यसअघि निर्माण गरेका सबै फिल्म हिट भएका छन् सँगै साँगितिकर कथा का हिसाबमा पनि त्यतिकै बलिया र सफल छन् । सबिर श्रेष्ठ यसका निर्देशक हुन् । यि दुई फिल्मले राम्रो व्यापार गर्न सके यस बर्षको सुखद अन्त्य हुनेछ ।
यसबर्ष सम्रगमा नेपाली फिल्ममा करिब ३३ करोड ५० लाख रुपैयाँ लगानि भएको छ , जस मध्य करिब २५ प्रतिशत मात्रै लगानि रिकभर भएको छ ।
फिल्म हलमा लगाएर व्याबसायिक बनेर चल्नु मात्रै हैन राम्रो बन्नु अबको आबश्यकता हो । जब सम्म फिल्म चल्नका लागि मात्रै बनाईन्छ र कथा सँरचनामा परिर्बतन गर्दै साहित्यलाई ग्रहण गर्ने बिकास क्रमलाई पछ्याउन सकिदैन तब सम्म नेपाली फिल्म स्तरिय बन्ने अपेक्षा गर्न सकिदैन । फिल्म र साहित्य परिपुरक हुन् , साहित्य माथि टेकेर कथा लेखन गर्न नसक्नु अर्को कमजोरी हो । फिल्ममा पात्र बलियो बन्न नपाउँदै क्लामेक्समा पुग्छ , पात्र कमजोर बनेको फिल्मको क्लाईमेक्स बाट आशा गर्न सकिदैन । मुख्य पात्र को हो र कसले कथा डोर्याउँदै छ भन्ने प्रष्ट नहुँदै फिल्म सकिए सँगै थुप्रै निर्माताहरुको खल्ती रित्तो बनेका छन् । करिब २ घण्टा सम्म दर्शक लाई हलमा बाधेर राख्नु सक्नु पक्कै पनि चानेचुने कुरा हैन , यो बर्ष रिलिज भएका एकाध फिल्महरुले मात्रै दर्शकहरुलाई पर्दाबाट नजर हटाउन दिएनन् ।
यसबर्ष रिलिज भएका प्राय फिल्महरुमा स्टारकास्ट छन् , गित सँगित पनि त्यति नै मजबुत छन् तर पनि फिल्म फल्प भए , आखिर फिल्म के मा कमजोर बन्यो त रु यो प्रश्नको बिषय हो । यो बर्ष राजेश हमाल , आर्यन सिग्देल , सौगात मल्ल , दयाहाङ राई , केकि अधिकारी , प्रियँका कार्की लगाएत स्टारहरु भरिपुर्ण फिल्महरुले पनि पोष्टरमा टास्ने गमको पैसा समेत उठाउन सकेनन् ।
नेपाली फिल्ममा अर्को समस्या भनेको भिजुअल ल्याङ्ग्वेज हो , फिल्म फिल्म जस्तो नभईकन रेडियो मा बजाईने ड्रामा जस्ता बन्ने गरेका छन् जसलाई रेडियो मा बजाउने हो भने पनि हिट हुन्छन् । हलमा पुगेका दर्शकहरु लाई फिल्मको कथा बुझ्नको लागी पर्दामा आँखा लगाई रहनु पर्दैन ।
यिनै कमजोरीहरु लाई सुधार गर्दै फिल्म बितरण लागि मात्रै बनाउने बिकृति लाई अब पनि हामिले छोड्नै पर्दछ । अन्यथा अझै एक दशक नेपाली दर्शकहरुले स्तरिय फिल्म हेर्न पाउँदैनन् ।

लेखक चलचित्र पत्रकार संघ कास्कीका सचिब हुन् ।

२०७२ को अन्तिम ठुलो भिडन्त ‘राम प्यारी’ र ‘नाई नभन्नु ल ४’,यस बर्ष औलामा गन्न सकिने फिल्म मात्रै फाइदामा

२०७२ सालमा देशमा आएको ठुलो भुकम्प र भारतले गरेको नाकाबन्दीले नेपाली चलचित्र उद्दोगलाई ठुलै नोक्सानी गरेको छ ।नेपालीले चलचित्र राम्रै चल्न थालेको अबस्थामा भुकम्पले देश सगै चलचित्र नगरीमा पनि ठुलै नोक्सानी भयो ।नाई नभन्नु ल ३ र हवल्दार सुन्तलीले राम्रै ब्यबसाय गर्दा गर्दै भुकम्प पछि बिग्रिएको चलचित्र उद्धोगमा भुकम्प पछि दर्शक हलमा जनै डराएका थिए ।
ward number6बिस्तारै भुकम्पको डर हराउदै गए पछि भाद्र बाट मात्रै चलचित्र पुन राम्रो सग लग्न थाले ।हेस्टेल रिटन्स र वडा नम्बर छ चलचित्रले उत्कृस्ट ब्यबसाय गरेको मात्रै के थियो फेरी भारतले लगाएको नाकाबन्दीले चलचित्रलाई असर गर्न थलो ।दशैंमा प्रदर्शनमा आएको परदेशीले सानदार ब्यबसाय गर्न सफल भयो भने अन्य चलचित्र नराम्रो सग फ्लप हुन पुगे ।
KabaddiKabaddi-600x0फेरी चलचित्र सोचे जस्तो चल्न सकेन् मंसिरमा कबड्डी कबड्डीको सुपर हिट प्रदर्शन पछि फेरी चलचित्र चल्न छोडेका थिए ।माघ २९ गते प्रदर्शनमा आएको प्रेम गीत र फागुन २१ गते रिलिज भएको ड्रिम्सले पुन नेपाली फिल्म हेर्ने दर्शकलाई हल सम्म तान्न सफल भयो ।यो बर्ष पनि हातको औलामा गन्न सकिने चलचित्रले मात्रै आफ्नो लगानी उठाएर फाइदा कमाउन सफल भए भने धेरै जसो चलचित्रले आफ्नो पोस्टरको पैसा समेत उठाउन सकेन् ।
chitra 26 namaste filmyअब यो बर्षको दुई बहुप्रतिक्षित चलचित्र ‘राम प्यारी’ र ‘नाई नभन्नु ल ४’को एक साथ ठुलै भिडन्त हुदैछ ।यो बर्ष सम्भावना बोकेका यी दुई चलचित्र नया बर्षको अबसरमा यहि चैत्र २६ गते बाट प्रदर्शनमा आउदै छ ।नेपाली चलचित्र क्षेत्रको स्टार नायिका रेखा थापाको ‘राम प्यारी’ र हिट फिल्मको सिक्वेल ‘नाई नभन्नु ल ४’को यस भिडन्तले अहिले चलचित्र नगरी तातेको छ।
rekha rampiyariआफुले निर्माण गरेको सबै चलचित्र ब्यब्साहिक रुपमा सफल भएकी रेखाको ‘राम प्यारी’र बिकाश आचार्यको सफल चलचित्र नाई नभन्नु ल को सिक्वेल ‘नाई नभन्नु ल ४’दुवै चलचित्रले राम्रो व्यसाय गर्ने लगभग पक्का जस्तै हुदा पनि कुन चलचित्रको कमाई माथि हुन्छ यो भने सबैको चर्चाको बिषय रहेको छ ।यस पाली नया बर्ष सगै चैते दशैँ लगायतको सार्वजनिक बिदा धेरै परेकोले यी दुवै चलचित्रले आफ्नो लगानी सजिलै उठाउने देखिन्छ ।तर दुई चलचित्र सगै भिडन्त हुने भए पछि कसको चलचित्र बढी सफल हेन भन्ने कुरा आउछ यसको लागि भने अब केहि दिन कुर्ने पर्ने देखिन्छ ।
nai n bhannu la 4चलचित्र ‘रामप्यारी’मा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् भने चलचित्रमा उनि दोहोरो भूमिका देखिदै छैन ।चलचित्रमा सविन श्रेष्ठ, आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्र लाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । चलचित्र ‘नाई नभन्नु ल ४’मा अनुभव रेग्मी,प्रियंका कार्की,पल शाह, बर्षा राउत,आचल शर्मा सरोज खनाल , मरिचमान श्रेष्ठ,शिशिर भण्डारी,पुष्प आचार्य लगायतको अभिनय रहने छ । चलचित्रलाई विकास आचार्यले ,लेखन निर्देशन तथा निर्माण गरेका हुन् ।

केकी-सबिनको बिहेमा जन्ती बन्दा……….!!

Keki Sabin3ज्ञानेन्द्र तामाङ 

सायद लेख्न ढिला गरें होला । यसै साताको बुधबार फिल्म उद्योगका चलेका दुई अनुहारहरु केकी अधिकारी र सबिन श्रेष्ठ नारायणगढको ब्यस्त सडकमा उत्रिए । केकी दुलहि पहिरनमा निकै चञ्चले देखिन्थिन । सबिन उनलाई भगाउने तयारीमा थिए । संयोग थियो चैत्र ५ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘भाग सानी भाग’ को स्ट्रिट पब्लिसिटी ।
फिल्म युनिटले दर्शकसँगको प्रत्यक्ष भलाकुसारी भने पनि मैले चाँहि स्ट्रिट पब्लिसिटी नै भन्न रुचाँए । ठुला ब्राण्डेड मदिरा तथा अन्य स्थापित इलेक्ट्रोनिक्स कम्पनीले यसरी नै आफ्नो उत्पादनको प्रचार गरेको मैले यसअघि देखिसकेको थिएँ । फिल्मको प्रचार यसरी गरिएको भने पहिलो पटक नै देखेको हँु । बजारको शहिदचोकमा चितवनका रंगपत्रकारहरुको एक हूल करिब १ घण्टादेखि यताउता रुमल्लिरहेका थिए । तीमध्य म स्वयम पनि एक थिएँ । फिल्म युनिटले अपरान्ह ३ बजेको समय दिए पनि आउन ढिला गरेपछि पत्रकारलाई पर्खनुको बिकल्प थिएन ।
निर्माता चेतन सापकोटा, निर्देशक नवल नेपाल तथा निर्माता सहदेव गौतम केहि ढिला गरेरै भए पनि आइपुगे तर पत्रकारले प्रतिक्षा गरिरहेको फिल्मका मुख्य पात्रद्धय सबिन श्रेष्ठ र केकी अधिकारी आउन निकै ढिला गरे ।
पत्रकारहरुको सानो झुन्ड र चर्को गरि ‘भाग सानी भाग’ को टाइटल गीत घन्किएपछि वरपरका ब्यवसायी र सर्वसाधारणले केहि चासो दिन थाले । बिस्तारै फिल्मको हिरो हिरोइन आउदैछ भन्ने हल्ला सबैतिर फैलिसकेको थियो । त्यसैले बजारमा भीड जम्मा हुन समय लागेन । ड्युटीका प्रहरीले सिटी बजाउदै सडक ब्यवस्थापन गरिरहे । Keki Sabin2अन्तत सबिन र केकी आइपुगे । केकी दुलहि पहिरनमा सजिएकी थिइन । सबिन कालो टिसर्ट र जिन्समा सुगठित शरिर प्रदर्शन गर्दै थिए । रंगिचंगी सजाइएको रिक्सामा केकीलाई बसाइयो , सबिन उनको छेऊमा । फिल्मको नामअनुसार केकीलाई सबिनले भगाउने तयारी गरिएको थियो । शहिद चोकबाट पुलचोकतर्फ रिक्सा अगाडि बढाइयो । केकी प्रेमीसँग भाग्न पाएको दुलहि थिइन, र खुशी थिइन । सबिन पनि खुशी नै देखिन्थे । रिक्साको अघिपछि सयौ सर्वसाधारणको भीड, रंगपत्रकारहरु अधिकांश रिक्साभन्दा अघिल्लो तिर हिडिरहेका ।
म साथी बादलसँगै अघि बढ्दै थिए । होहल्लाका बीच उनले साउती गरे- ‘हामी त हिरो हिरोइनको जन्ती हौ, सबिन र केकी दुलाह दुलहि ।’

मैले यतातिर सोचेकै थिइनँ । थुप्रै फिल्मको प्रमोसनल कार्यक्रममा पुग्ने गरेको मलाई यो पनि सामन्य प्रमोसन नै भन्ने लागिरहेको थियो ।
तर बादलको बातले मलाई रोचक अनुभव गरायो । साच्चै सजिएको रिक्सामा चढेर हात हल्लाउदै गरेका सबिन र केकी दुलाह दुलहि अनि अघिपछिका सयौ मानिस सबै जन्ती, म पनि सबिन र केकीको बिहेको जन्ती बनेछु ।
ख्यालख्यालमै भए पनि चलेको सेलेब्रेटीको जन्ती बन्दा रमाइलो लाग्यो । सायद त्यसबेला त्यहाँ उपस्थित सयौ दर्शकले मैलेजस्तै अनुभव गरे होलान् ।Keki Sabinशहिदचोकबाट पुलचोकसम्म पुगेर फिल्म युनिटले पत्रकार सम्मेलन गरेका थिए । सम्मेलनमा निर्माता चेतन सापकोटा र निर्देशक नवल नेपालले फिल्म नारायणगढकै युवकको कथा भएको र राम्रो बनेकोले एकपटक हेरिदिन आग्रह गरे । केकी र सबिनले पनि फिल्ममा सक्दो मेहनत गरेकाले हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।

नारायणगढबाट

प्रेम गीत सुपर हिट ,चर्चामा निर्देशक सुदर्शन थापा

‘मेरो एउटा साथी छ’ जस्तो सुपर हिट चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक सुदर्शन थापालाई अहिले प्रदर्शन भैरहेको सुपर हिट चलचित्र प्रेम गीतले चर्चाको शिखरमा पुराएको छ।आफ्नो पहिलो चलचित्र नै सुपर हिट दिएका सुदर्शन थापाक तेस पछिका चलचित्र उत्कृस्ट बने पनि सोचे जति सफल हुन सकेका थिएन् ।तर चलचित्र प्रेम गीत तेस्रो हप्तामा समेत शानदार रुपमा प्रदर्शन हुनुले निर्देशक थापालाई पुन चर्चाको शिखरमा पुराएको छ ।उनले निर्देशन गरेका सिनेमाहरु मेरो लभ स्टोरी, के यो माया हो, धन्दा, मधुमास, बक्स अफिसमा मध्यम रहेता पनि उनको काम को भने सदैभ तारिफ भयो ।
sudrshan thapaराम्रो र उत्कृस्ट चलचित्र निर्माण गर्न कुनै कम्प्रमैज न गर्ने थापाले उच्च प्रबिधिको प्रयोग,सुन्दर दृश्यहरु र मेकिंगमा बिशेष ध्यान दिने थापा अहिले निर्माताहरुको आखामा धेरै नै पर्न थालेका छन् ।चलचित्रको कथाबस्तुले मागेको जस्तो गीत संगीत, लोकेशन ,कलाकार राखेर चलचित्र बनाउना सिपालु निर्देशक सुदर्शन थापालाई बिशेष गरेर लभस्टोरी सिनेमा को किङ्ग निर्देशक भन्दा फरक नपर्ला ।प्रदर्शन नहुदै सबैको आखामा यस चलचित्र राम्रो बनेको छ भनेर सबैले तारिफ गरेको भन्दा राम्रो चलचित्र प्रेम गीत निर्देशन गरेर आफु कुनै निर्देशक भन्दा कम न भएको प्रमाणित गरेर देखाएका छन् ।उनको राम्रो चलचित्र निर्माण गर्न सक्ने खुबीलाई देखेर नै नायिका रेखा थापाले आफुले निर्माण गर्ने नया चलचित्रमा समेत सुदर्शनलाई निर्देशक लिने बताएकी छिन् ।चलचित्र प्रेम गीतको सफलता सगै अहिले सुदर्शनलाई करिब एक दर्जन निर्माताले अफर गरेको थापाले बताए ।सुदर्शन थापाले छिट्टै आफ्नै होम प्रोडक्सनमा चलचित्र निर्माण गर्ने समेत हामी सागको कुराकानीमा बताउनु भयो । चलचित्र ‘प्रेमगीत’को गीत संगीत निकै चलेका नेपाली गीतहरुमा पर्छन । सिनेमा हेर्ने सबैले सिनेमाको प्रस्तुति र सुदर्शनको निर्देशनको तारिफ गरिरहेका छन ।प्रेम कथामा सिनेमा बनाउनमा अब्बल सुदर्शन अबका दिनमा अझै राम्रा राम्रा चलचित्र दिनुको साथै दर्शकको मन जित्न सफल हुदै जानु नमस्ते फिल्मीको तर्फा बाट धेरै धेरै शुभकामना …

गीत गाउदा गाउदै दर्शक बाट घेरिए शिव परिवार

shivaशुक्रबार चितवनमा आयोजन गरिएको”शुभकामना नया युगको’ कार्यक्रममा चर्चित गायक शिव परिवारले गीत गाउदा दर्शक आफ्नो सिट नै छोडेर शिव सगै नाच्न स्टेज पुगेका थिए ।आफुलाई मन पर्ने गायकको गीत प्रत्यक्ष सुन्न र हेर्न पाए पछि शिवका दर्शक शिव सगै नाच्न स्टेज पुगेका थिए।शिवको हरेक गीतमा दर्शकको ताली ,शिटी अनि फेरी गाउन अनुरोध सगै त्यहा जम्मा भएका चार सय भन्दा बढी दर्शक उनको गीतमा झुमेका थिए।शिवले गीत गाउदा गाउदै दर्शक बाट स्टेजमा नै घेरिएक थिए ।
shiva pariwar 3देश बिदेशमा हुने सांगीतिक कार्यक्रममा निकै माग भएका गायक शिवले त्यहा जम्मा भएका आफ्ना दर्शकलाई आफ्नो चर्चित गीत हरु सुनाएर नचाएका थिए।शिवले क्या दामी भो ,गालैको कोटी ,रुपैकी रानी ,पिलायो साथीले ,रोशी खोला ,संगी ,फेसबुक लगायत आफ्ना चर्चित गीत गएका थिए ।शुक्रबार चितवनको क्यान्सर सभा हलमा भुकम्प प्रभावित बिद्द्यालयको पुर्ननिर्माणका लागि “शुभकामना नया युगको’ यस कार्यक्रममा शिवको गीत उनका दर्शक तथा स्रोतले पुर्ण मनोरन्जन लिएका थिए ।
milan lamaत्यस्तै”शुभकामना नया युगको’ कार्यक्रम अर्का चर्चित लोक गायक मिलन लामाले पनि क्यान्सर सभा हलमा उपस्थिति दर्शकलाई गीत मार्फत खुब नचाएका थिए ।मिलन ले आफ्नो चर्चित गीतहरु गएर सबैले नचाएका थिए ।चितवन ग्रिन लियो क्लबको आयोजनामा सम्पन्न सो सास्कृत कार्यक्रमा चर्चित हास्यकलाकार सैलेन्द्र सिम्खडाको हास्य प्रस्तुतिले दर्शकलाई पेट मिची मिची हसाएका थिए ।
drshak
कार्यक्रममा चर्चित र्यापर बालेनको पनि प्रस्तुति रहेको थियो ।उनको प्रस्तुतिमा बिशेष गरेर अहिलेका युवा पुस्ताले खुब मन पराएका थिए । त्यस्तै चितवनमा बसेर पनि गीत संगीतमा आफ्नो भिन्दै स्थान बनाउन सफल गायक अस्मिन घिमिरेले पनि आफ्ना चर्चित गीत गएका थिए ।चर्चित कमेडी कलाकार दिपक थापाको कमेडी नाचले त्यहा उपस्थिति दर्शकले भिन्दै मनोरन्जन दिएका थिए ।कार्यक्रममा अन्य थुप्रै कलाकारको प्रस्तुति रहेको थियो ।”शुभकामना नया युगको’ कार्यक्रम बाट संकलित पैसा भुकम्प प्रभावित बिद्द्यालयको पुर्ननिर्माणका लागि खर्च गरिने चितवन ग्रिन लियो क्लबका अध्यक्ष रोशन पौडेलले जानकारी दिनु भयो ।

आज निखिलले भोगे, भोली अर्कैले भोग्छ: मल्टिप्लेक्सको दादागिरी कहिलेसम्म ?

Navin.......

लेखक

मंगलबार जे देखियो त्यो नौलो होइन | मात्र, संयोग हो | नेपाली चलचित्रको व्यापारिक पृष्ठभूमिलाई नियाल्दा आधुनिक मानिने मल्टिप्लेक्स हलहरुले एउटा चलचित्र मात्रै नभएर समग्र उद्योगको ब्यबसायमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ | तर,विकासका क्रममा रहेको मल्टिप्लेक्सले नेपाली चलचित्रलाई नजरअन्दाज गरेको घटना चलचित्र ‘भैरव’ले भोग्नुभन्दा धेरै पहिले देखिकै हो |

मल्टिप्लेक्स हल ब्यबसायीका आफ्ना चलचित्र बाहेक अन्य चलचित्रको उक्त हलहरुमा प्रदर्शन झिनो आशामात्रै हो | नेपाली चलचित्रको ब्यबसाय र त्यसका चुनौती समयक्रमसंगै परिवर्तन हुदै गएका छन् | प्रबिधिको आधुनिकीकरणले चलचित्र निर्माणमा ठुलो चुनौती थपिएको छ | विश्वमै मल्टिप्लेक्स ट्रेन्ड व्यापक रुपमा बढेकाले त्यसको लहरले नेपाललाई पनि छोएको हो | आर्थिक रुपमा महँगो भएपनि स्तरीय सेवा सुबिधा सहित अन्तर्राष्ट्रिय स्तरको पिक्चर क्वालिटीले दर्शक मल्टिप्लेक्समा तानिएका हुन् | तर, यस्तो अवस्थामा बढी मात्रामा हलिउड र बलिउडका चलचित्र प्रदर्शन गर्ने प्रवृतिले नेपाली चलचित्र छायाँमा पर्ने गरेका छन् |
बलिउड र हलिउडका चलचित्रले गर्दा नेपाली चलचित्रले मल्टिप्लेक्समा दोस्रो दर्जाको ब्यबहार भोग्नु परिरहेको छ | ५० वर्षको अवधिमा पनि नेपाली फिल्मले पहिचान स्थापना गर्न नसकिरहेको अवस्थामा यस अघि कुनै पनि विदेशी चलचित्रलाई नेपाली सरह सुविधा दिन नहुने भन्दै निर्माता संघ, निर्देशक समाज लगायतका संघसंस्थाका पदाधिकारीले आन्दोलन मात्रै गरेनन् नेपालमा हिन्दी चलचित्रको ठाडो प्रभाव रहेको भन्दै हिन्दी चलचित्रलाई कोटा प्रणाली अनुरुप नेपाल ल्याउने र भारतमा प्रदर्शन भएको एक सातापछि मात्रै नेपालमा प्रदर्शन गर्नुपर्ने नियम बनाउन आग्रह गर्दै चलचित्र विकास बोर्डमा ज्ञापनपत्र समेत बुझाए। तर,त्यो माग सम्बोधन त भएननै वर्तमान अवस्थामा उक्त माग बिलिन तुल्य भएको छ |
नेपालमा डिजिटल प्रणाली सुरु गर्दा डिजिटल प्रणाली जडान गर्ने सिनेमा हलले पाँच वर्षसम्म बिनासर्त नेपाली चलचित्र मात्रै चलाउनुपर्ने सम्झौता गरेका थिए । निर्माता संघको पहलमा भएको सो सम्झौता तीन महिना नपुग्दै हल सञ्चालकले उलंघन गरेका थिए । नियम मिच्ने निकायलाई कारवाही नहुदा जहिलेपनि नेपाली चलचित्र हेपिनु परेको छ |
पछिल्लो समय नेपाली चलचित्रको सङ्ख्यात्मक वृद्धिसँगै सिनेमा घरमा प्रविधि र लगानी भित्रिने क्रम बढ्दो छ । १२ वर्षअघि देशभर ४०० हाराहारी सिनेमा हल रहेकोमा नेपाल चलचित्र विकास बोर्डको तथ्याङ्क अनुसार अहिले १५० वटा मात्र छन् । राजधानीमा कमलपोखरीको सिटी सेन्टरको विग मुभिजमा तीन वटा, सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स (क्वेष्ट फिल्म एक्सपेरियन्स) सिटी सिनेमामा तीन वटा, चुच्चेपाटीको केएल टावरको एफक्युवमा तीन वटा, सुन्धाराको सिभिल ट्रेड सेन्टरमा २ वटा, कमलपोखरीमै कुमारी, जय नेपाल हुदै दरबारमार्गमा किउज सिनेमा सहितका अन्य थुप्रै हल संचालन भइरहेकोमा राजधानी बाहिर भैरहवा, बुटवल, नारायणगढ, पोखरा, धरान, बिर्तामोड लगायतका स्थानमा मल्टिप्लेक्स हल संचालनमा आएका छन् |
करीब ६० वर्ष लामो चलचित्र हलको इतिहासमा नेपाली सिनेमा हलहरूले प्रविधिमा लामो फड्को मारेका छन् । नेपालको पहिलो सिनेमा हल जनसेवाको सञ्चालनदेखि आजसम्म नेपाली हलहरू क्रमिक रूपमा प्रविधि परिवर्तनमा समेत लागेका छन् । दोस्रो हलका रूपमा स्थापना भएको जयनेपालबाट शुरू भएको प्रविधि अहिले तेस्रो नम्बरमा स्थापना भएको विश्वज्योति, गोपीकृष्ण लगायत देशैभरका हलसम्म पुगिसकेको छ ।
ब्राण्डीङ्गलाई अंगाल्दै एउटा कम्पनीले विभिन्न सिनेमा घर सञ्चालन गरिरहेको पाउन सकिन्छ । क्वेष्ट इण्टरटेनमेण्टले जय नेपालमा एक, कुमारीमा दुइ र सिभिल मलमा तीन गरी ६ सिनेमा घर ‘क्यूएफएक्स’ ब्राण्डमा सञ्चालन गरेको छ । ब्राण्डतिर लम्केको अर्को कम्पनी गोपीकृष्ण मुभीज हो । गोपीकृष्णमा ८ वटा हल छन् । गोपीकृष्ण मुभीजले हीरारत्न चलचित्र भवन पनि सञ्चालन गर्दै आएको छ । गुण सिनेमा र बिग सिनेमा यस्तै थप ब्राण्डहरू हुन् । विश्वज्योतिले छुट्टै मलको पनि निर्माण गरिरहेको छ । जहाँ शपिङ सुविधाका साथै आधुनिक प्रविधिसहित अर्को हलसमेत सञ्चालनमा आउदै छ |
एकै स्थानमा धेरै चलचित्र हेर्न पाइने तथा अन्य सुविधा समेत भएकाले दर्शक मल्टिप्लेक्समा तानिएका छन् । मल्टिप्लेक्सकै कारण देशका नाम चलेका पुराना हलहरू भने बन्द हुँदै कतै पार्टी प्यालेस त कतै हाउजिङको रूपमा परिणत भएका छन् | काठमाडौंको पुरानो र ख्याति कमाएको रञ्जना हल, कुनै बेला देशको सबैभन्दा ठूलो पर्दा भएको तारा हल, मनकामना हल, अशोक जस्ता सिनेमा घरहरूले अहिले अर्कै रूप लिइसकेका छन् । काठमाडौंबाहिर ठूला हल भएका पोखरा, नारायणगढ, दमक, विराटनगर तथा अन्य शहरको स्थिति पनि फरक छैन ।
तर, दर्शकले मन पराई राखेको नेपाली चलचित्र प्रदर्शन गर्दागर्दै हलबाट निकालेर हलिउड तथा बलिउड चलचित्र प्रदर्शन गर्नुले मल्टिप्लेक्सको एकलौटी राज छरपष्ट झल्कीन्छ | लामो समयको अन्तराल पश्च्यात चलचित्र क्षेत्रमा फर्किएका एक्सन स्टार निखिल उप्रेतीले मंगलबार सोहि हेपाहा प्रवृति महसुस गरे | नेपाली चलचित्रमा देखिएको सुस्त बजार ब्यबसायलाई उकास्न दौडी रहेको चलचित्र ‘भैरव’ले राम्रो कमाई गर्दा गर्दै पनि मल्टिप्लेक्सबाट हटाइएपछि निखिल आक्रोशित बने।
सुन्धारा स्थित क्युफेएक्सको एक शोमा नै ६८ हजारको व्यापार हुँदाहुदै पनि आफ्नो चलचित्र हटेको भन्दै आक्रोश पोखे र निर्माता संघमा वितरक बिरुद्ध उजुरी दर्ता गरे । निखिलले भोगेको यो भोगाई बर्षौदेखि सयौ निर्माता निर्देशकले भोग्दै आएको भोगाई हो | नेपाली चलचित्र हेर्न लायक हुदैनन्, ती चलचित्र प्रदर्शन गरे आफ्नो स्ट्याण्डर्ड गिर्छ भन्ने जस्ता तुच्छ विचारले गर्दानै समग्र चलचित्र उद्योगले बद्नामीसंगै आर्थिक रुपमा करोडौको घाटा ब्यहोर्नु परीरहेको छ | राष्ट्रियताको नारा लगाउने तिनै ब्यबसायीले नेपाली चलचित्रलाई प्राथमिकतामा नराख्दा उद्योग धरासायी हुने अवस्थामा पुग्दैछ |
बलिउड र हलिउडका चलचित्रसंग नेपाली चलचित्रको स्तर मापन गर्नुनै प्रमुख कारक हो, मल्टिप्लेक्सको दादागिरी | यस बिषयलाई गाम्भीर्यताका साथ लिदै नेपाली चलचित्रको विकासका लागी खुलेका संघसंस्थाको समयमै पहलकदमी अत्यावश्यक रहेको छ |
“सर्व सचेत भया” 

नारायणगढमा ‘भैरव’ हेरेपछि दर्शकले के भने ? स्थलगत रिपोर्ट ।

ज्ञानेन्द्र तमाङ, नारायणगढ ।
bhairav_indradevमिति : भाद्र ११ गते शुक्रबार
समय : अपरान्ह ३ बजे ।
स्थान : इन्द्रदेव चलचित्र मन्दिर, नारायणगढ ।

चलचित्र ‘भैरव’ कस्तो लाग्यो ?
रजनी थापा (बिद्यार्थी): फिल्म राम्रो, साउथ मुभि हेरेजस्तो लाग्यो । साउथमा भन्दा केहि कमि छैन । एकदम रमाइलो लाग्यो ।
रबि अधिकारी (चलचित्र पत्रकार, मोडल): फिल्म हेर्दा बोर लाग्दैन । निखिलले दर्शक बोर नहुने फर्मुला फिल्ममा प्रयोग गरेको छ । तर कथामा कमि कमजोरी पनि छन, मैले चै योभन्दा पनि राम्रो अपेक्षा गरेको थिए ।
बिनोद लामा (रिक्सा चालक): निखिलको फिल्म चलेको छ भनेर धेरै बर्षपछि फिल्म हेर्न आको । मलाई एकदमै मन पर्यो । पहिले पहिलेको निखिलभन्दा अहिले झन खतरा भएको रैछ ।
बिनिता शर्मा (ब्युटिसियन): म नेपाली फिल्म खासै हेर्दिनथे । भैरवको चर्चा र युटुबमा ट्रेलर हेर्दा हेर्न मन लागेर आको । मलाई चित्त बुझ्यो । साथीहरुले पनि मन पराए ।
बिष्णु श्रेष्ठ (ब्यापारी): मज्जा आयो फिल्म हेर्दा । तर तराईतिरको भाषा बोलेको ठाउमा नेपाली सबटाइटल हालेको भए स्पष्ट हुन्थ्यो । जे होस फिल्म चै दामी रैछ ।
ऋतुराज बिक (बिद्यार्थी): कोहिनुर पछि को राम्रो फिल्म लाग्यो । यस्तै फिल्म बन्यो भने नेपाली फिल्मको रेगुलर दर्शक बन्छु । एकदमै राम्रो लाग्यो ।
यी प्रतिक्रिया शुक्रबार ‘भैरव’को पहिलो शो हेरे निस्किएका दर्शकहरुले दिएका हुन ।
तराई जिल्लाहरुमा रिलिज हुन नसकेपनि राजधानी सहित पोखरा, नारायणगढ, हेटौडा लगायतका ठुला शहरहरुमा निखिल उप्रेतिको कमब्याक फिल्म ‘भैरव’ रिलिज भएको थियो । राजधानीका हलहरुमा शुक्रबार बिहानको शो नै हाउसफुल भएको र दर्शक ओभरफ्लो भएको रिपोर्टहरु आइसकेका थिए ।
नारायणगढको लागि भने पहिलो शो थियो शुक्रबार १२-३ को शो । मध्यान्ह १२ नबज्दै नमस्तेफिल्मी नारयणगढको मुटुमा रहेको इन्द्रदेव हलमा पुगिसकेको थिए । सयौ दर्शक हलको सीटमा पुगिसकेका थिए भने सयौ बाहिर लाइनबद्ध थिए । त्यही भीडका बीच नमस्तेफिल्मी पनि हलभित्रको एक सीट ओगटन पुगे ।
हलभित्रको सीटहरु खाली थिएनन् । दर्शक हरेक बर्गका थिए । युवा युवतिसहित अधवैसेहरु अलि धेरै । उमेर ढल्केका बृद्धबृद्धाहरुको पनि उपस्थिति बाक्लै थियो । करिब सवा १२ बजेतिर फिल्म सुरु भएसँगै हल ताली र सिटीले गुञ्जायमान भइरहेका थिए । पर्दामा निखिल उप्रेतिको अनुहार देख्नेबितिकै दर्शकमा उत्साह र जोस आउथ्यो ।
दर्जनौपटक दर्शकले सिटी बजाउने जोस निकाल्यो । फिल्ममा एक भिलेन राँगो चढेर दौडिएको दृश्यमा दर्शक उठेरै जोस र उत्साह देखाउनसमेत पछि परेनन् । यिनै होहल्ला र उत्साहका बीच करिब ३ बजे फिल्म सकियो । आन्तिमसम्म पनि दर्शकको ताली भैरवले पाइरह्यो ।
हल सञ्चालक मुक्तिलाल पियाले फिल्म हेर्ने दर्शकको उत्साह देख्दा भैरवले नेपाली फिल्ममा परिवर्तन ल्याएजस्तै लागेको बताए ।
भैरव निखिल उप्रेतिको डेब्यु निर्देशन हो । केहि बर्ष नेपाली फिल्मबाट टाढिएका उनी फिल्मको निर्देशनसहित कमब्याक भएका हुन । उनीसँगै मुरलीधर, अनु शाह, नागेन्द्र रिजाल, रविन सेन, जय किशन बस्नेत लगायतको फिल्ममा अभिनय रहेको छ । रतन दारुवाल र जोअन दारुवाल फिल्मका निर्माताहरु हुन ।

राजेश हमालको फिल्म हेर्न ५ रुपैयाँको टिकट ।

ज्ञानेन्द्र तामाङ ।
???????????????????????म ५ कक्षामा पढ्थें, पहिलोपटक फिल्म हेर्न जाँदा । त्यो पनि हलमा हो र । १४ इन्चको सादा टेलिभिजनमा । मनहरी बजारको एउटा होटलमा डिभिडीमा चक्का हालेर फिल्म देखाइन्थ्यो । त्यहाँ सायद अहिले पनि त्यसरी नै फिल्म देखाइन्छ होला, तर १४ इन्चको सादा टेलिभिजन अहिले भित्ता नै ढाकिने एलइडी भयो होला । १० बर्षजति भयो त्यतातिर नपुगेको ।
त्यतिबेला फिल्म भनेको खाना भन्दा पनि मिठो । फिल्म हेर्न पाए भोक, प्यास, निद त्यसै मेटिन्थ्यो । मलाई मात्र हैन, त्यो ठाँऊका सबैलाई त्यस्तै ।
पहिलोपटक फिल्म हेर्न जाँदा एकजना गाउँले दाइसँगै गएको थिएँ । एउटा ठुलो हलजस्तो कोठा, चारैतिर काठले बारिएको, पुरानो जस्ताले छाएको । हामी पुग्दा त्यो ठुलो कोठा भरिएको थियो । सबै भुईमा ओछ्याइएको काठमा बसेका । पंखा थिएन, सबैजना रुमाल अथवा पछ्यौरा हल्लाएर हावा खादै थिए ।
टिकटको मुल्य रु ५ मात्र । ५÷५ रुपैया तिरेर हामी ढोकाबाट भित्र छिर्यौ बस्ने ठाँऊ थिएन, ढोका छेऊमै उभिँए गाउले दाइ र म । कोठाको पश्चिमतिरको कुनामा रहेछ फिल्म देखिने पर्दा, अर्थात १४ इन्चको सादा टेलिभिजन । राजेश हमालको ‘गाउँले’ भन्ने फिल्म लगाइएको रैछ ।
पहिलोपटक फिल्म हेरेकाले मैले फिल्मको कथा खासै बुझिन, कहिलेकाहि पर्दामा हिरो हिरोइन नाचेको र हिरोले फाइट हानेको देख्दा चै मज्जा आउथ्यो । पहिलोपटक फिल्म हेर्न पाएकोमा खुशीको सिमा थिएन । मन गदगद थियो । मेरो त बाबु बाजेले नि अहिलेसम्म नदेखेको राजेश हमाललाई मैले देखें । राजेश हमाल त हिरो हो, हिरो भनेको त भगवान भन्दा पनि ठुलो मान्छे हो । फिल्मतिर ध्यान नै नदिइ मनमा यस्तै कुराहरु खेलाइरहें ।
फिल्म सकिसकेछ । पर्दामा के भयो मलाई हेक्का भएन । कतिपय पैसा थपेर अझै अर्कोपनि फिल्म हेर्ने भन्दै त्यहि बसे, हामी चाँहि निस्कियौ । त्यो दिन त मैले संसार नै जितेको अनुभव भइरहेको थियो । घर पुगें । सबैलाई जम्मा गरेर गफ लाँए । गाउतिरका साथीसँगी लाई बोलाउदै सुनाँए । ‘आज त मैले फिलिम हेरेर आको । राजेश हमाल त लामो कपाल भाको, अग्लो, म जस्तै काले काले ।’ के के हो के के गफ दिइरहें ।
त्यो दिनपछि फिल्म हेर्न जाने बानी नै पर्यो । घरबाट लुकेर गइन्थ्यो । आमा या दिदिसँग ५/१० रुपैयाको लागि घन्टौसम्म घूर्की लगाइन्थ्यो । नभए त्यहि रोइदिन्थें, माया लागेर अलिअलि बढि नै पैसा दिन्थे ।
कक्षा पाँचबाट फिल्म हेर्ने बानी परेपछि एसएलसी उतीर्ण नभइन्जेलसम्म सयौ फिल्म हेरें । त्यसमध्ये धेरै जसो फिल्महरु राजेश हमालकै हुन्थे । त्यसपछि भुवन केसी, निखिल उपे्रती, शिव श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, दिलिप रायमाझी, रमेश उप्रेती, अर्जुन श्रेष्ठ आदी हिरोहरुको । हिरोइनमा चै निरुता सिहं नै धेरै थिइन । त्यसपछि बिपना बस्नेत, करिश्मा मानन्धर, गौरी मल्ल, जल शाह, झरना थापा, रेखा थापा आदि ।
२०६३ सालमा एसएलसी उतीर्ण गरेपछि उच्च शिक्षाको लागि मेरो शहरी बसांई सुरु भयो । सदरमुकाम हेटौडामा डेरा लिएर बसेपछि झनै स्वतन्त्र थियो जीवन । गोजीमा दैनिकी खर्च चलाउन घरबाट बुवाले दिनुभएको पैसा हुन्थ्यो । अलि अलि भएपनि पैसा टुट्दैनथ्यो । gyanendra-tamang-inशहरमा त ठुलो हल हुन्छ रे भन्ने सानैबाट सुनेको थिएँ । अब बल्ल हलमा गएर फिल्म हेर्ने साइत जुर्दै थियो । कल्पनामै मख्ख पर्थे, सोच्थे म कति भाग्यमानी ।
एक दिन फिल्म हल खोज्दै हेटौडाको गल्ली गल्ली भौतारिएको थिएं । पछि बल्ल बल्ल कसैले बताइदिएपछि ओम हल मा पुगें । त्यहां निखिल उप्रेती र बिराज भट्टको अग्नि ज्वाला चलेको रहेछ । रमाउदै एक्लै हलभित्र छिरें । कहाँ पैसा तिर्ने, के गर्ने थाहा थिएन । उपाय लगाउदै एकजना अन्जान मान्छेले जे गर्छ त्यही गरें । टिकट किने, गेटबाट छिरे, तर माथिल्लो तलाको गेटमा पुग्दा अचम्म परे । अगाडिको त्यो मान्छे भित्र गए तर मलाई जान दिइएन ।
पछि थाहा भयो त्यो बाल्कोनी रहेछ, मसँग स्पेशलको टिकट थियो । सस्तो चै दिनुस भनेर मागेको स्पेशल रहेछ । पछि हलकै कर्मचारीले स्पेशलमा लगेर राखिदियो । फिल्म सुरु भयो । कता कता डर लागेजस्तो भइरहेका थियो । पर्दाका मान्छेहरु त कति ठुला ठुला ? फिल्म हेरियो । आनन्द मान्दै हलबाट बाहिरिदा छक्क परे । बाहिरका मान्छेहरु त कति साना साना । सबै बच्चाजस्तै लाग्ने । त्यहि रहेछ सूरुमा हलमा फिल्म हेर्दाको आनन्द । त्यसपछिका दिनहरुमा फिल्म कति हेरियो कति ? हरेक हप्ताको शनिबारको बिहानी शो कहिल्यै छुटाइएन, दुई बर्षसम्म । पछि स्नातक अध्ययनको लागि चितवन आएपछि भने फिल्म हेर्ने क्रम केहि घट्यो । बिहान क्याम्पस र दिनभर अफिस फिल्म हेर्न समय निकाल्नै गाह्रो हुन थाल्यो । साथीहरु पनि छुटिसकेका थिए । जे होस कहिले काँहि चाँहि गइन्थ्यो । कहाँ भेटिएला, अर्जुनदेव, नैना रेशम, रक्षक त्यो समयमा हेरेका फिल्महरु हुन ।
तर जब भरतपुरको हाम्रो एफ एम मा कार्यक्रम प्रस्तोताको रुपमा काम सुरु गरें फेरी सुरु भयो मेरो फिल्म हेर्ने दिनहरु । रेडियोमा सिनेमा सम्बन्धि नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने भएपछि हलसम्म बाध्य भएरै जानुपर्ने हुन्थ्यो । कार्यक्रममा फिल्मको समिक्षा, कलाकार निर्माता, निर्देशक सँग अन्तरक्रिया गर्नका लागि फिल्मको बारेमा थाहा हुनैपर्ने । त्यसैले हरेक शुक्रबार रेडियो हैन फिल्म हलतिर लागिन्थ्यो । यसरी नारायणगढका तीन फिल्म हलमा धेरै शुक्रबार बिताएको छु ।
सुरु सुरुमा टिकट किनेरै हलको एक कुनामा बसेर फिल्म हेर्थे तर पछि चलचित्र पत्रकार हो भन्दै चिनजान बढ्दै गएपछि टिकट लिनै नपर्ने भयो फिल्म हेर्न पनि । यसरी पछिल्लो तीन बर्षयता धेरै फिल्महरु हेरेको छु । कति फिल्म मन परे त कति फिल्म हेरेर समय मात्र खेर पनि गयो । यसरी फिल्म हेर्दा हामीजस्ता चलचित्र पत्रकारहरु निकै ध्यान पुर्याएर हेर्छौ । मैले पनि फिल्म हेर्दा हरेक साना साना दृश्यलाई पनि ध्यान दिन्छु ।
नेपालमा केहि यस्ता फिल्म पनि बनेका छन जुन फिल्मको सुरुवातको साना साना घटनाक्रम र दृश्यले पुरै फिल्म हेर्न बाध्य गराउँछ । केहि फिल्म हेर्दा हेर्दै छाडेर हिड्न पनि मन लाग्छ । यस्ता राम्रा नराम्रा सबै खाले फिल्महरु कयौपटक हरेको छु । अहिले पनि प्राय रिलिज भएका फिल्महरु सबै हेर्ने गरेको छु ।
तर ती दिनहरु अझै रमाइला र सुनौला लाग्छन । ५ रुपैयामा राजेश हमालको फिल्म हेरेको । पहिलोपटक फिल्म हल जाँदा आसमञ्जस्यमा परेको अनि कहिलेकाहि एउटै फिल्मलाई पटकपटक दोहोर्याएर हेरेको ।
जय सिनेमा ।

हिरोभन्दा भिलेन भयंकर : बाहुबली । समीक्षा ।

Baahubaliसय वर्ष लामो इतिहास बोकेको भारतीय फिल्म जगतमा एस.एस राजामौली एउटा ‘जिनियस’ हुन्। भारतीय फिल्म निर्माणमा आजको मितिमा कसैले ‘लार्जर देन लाइफ’को परिभाषालाई कुनै भारतीय निर्देशकले बुझेको छ र उतारेको छ भने त्यो राजामौलीनै हुन्। हरेक निर्देशकको सपना आफ्नो फिल्मलाई ‘लार्जर देन लाइफ’ बनाउने हुन्छ। त्यो राजामौलीले गरेर देखाइदिएका छन्।

उनका फिल्मले, हालको मितिमा त्यो उपमाको एक मात्र हकदार उनी नै भएको पुष्टि गर्छ। शुक्रबार रिलिज भएको उनको पछिल्लो फिल्म ‘बाहुबली, द बिगिनिङ्’ले उनलाई भारतीय फिल्मको ‘स्ट्यान्डर्ड’लाई अन्तर्राष्ट्रिय मापदण्डमा खरो उतार्ने काम गरेको छ।

‘बाहुबली’ फिल्मले भारतीय सिनेमालाई नयाँ डाइमेन्सन दिन सफल छ। फिल्मले एउटा काल्पनिक राज्यको कथा भन्छ। फिल्मले हिन्दू संस्कृतिमा हजारौ वर्षदेखि जीवितै रहेको ‘महाभारत’ र ‘रामायण’को कथालाई नयाँ स्वादमा पस्केको छ। फिल्ममा ती कथामा रहेका ‘गुड एण्ड ब्याड’को द्वन्दलाई ‘लार्जर देन लाइफ’को रुपमा पस्केको छ। पछिल्लो फिल्म ‘मख्खी’मा एउटा झिंगाको बदलाको कथा रोचक ढगंले पस्केका राजामौलीले ‘बाहुबली’मा मिथकीय कथा ‘महाभारत’को कथालाई नयाँ कल्पनाको देशमा उतारेका छन्।

एउटा बालक बोकेर भाग्दै गरेकी रानीबाट फिल्मको कथा सुरू हुन्छ। बालकको हत्या गर्न पछाडि लागेका सैनिक झुण्डलाई माथ दिदैं रानीले आफ्नो ज्यान जोखिममा राख्दै बालकलाई बचाउँछे। त्यो बालक सामान्य हुँदैन। फिल्म अगाडि बढ्दै जाँदा बालक युवा हुन्छ र जून ठाँऊका  लागि ऊ हो, त्यहाँ पुग्दछ। फिल्मले बोकेको कथा यही हो।

फिल्म कथा राजमौलीले दर्शकलाई ध्यान अन्यत्र मोड्न नदिई भनेका छन्। फिल्ममा उनको कथानक शैली पहिलो हाफ केही सुस्त लागे पनि दोस्रो हाफ पछि दर्शकलाई हेरेको हेर्‍यै पार्छन्। फिल्मका एक्सन दृश्यले हलिउड फिल्मका दृश्य भुलाइदिन्छ। फिल्ममा नायक भन्दा खलनायक भयंकर लाग्छ। त्यस्ता खलनायकसँग नायकको भिडन्तलाई निर्देशकले रोचक ढंगले भनेका छन् जून निर्देशकको निर्देशकिय सुन्दरता हो।

मौलीको यो निर्देशकीय सुन्दरता पछिल्ला सिनेमामा झनझन परिस्कृत र बढेको देख्न सकिन्छ। फिल्मको विर्सन नसकिने अर्को पाटो भनेको फिल्ममा प्रयोग गरिएको कम्पूटर जेनेरेटेड इमेजरी (सिजिआइ) प्रविधि हो। फिल्मको सिजिआइ हलिउड स्तरको छ। निर्देशकले त्यसको मद्धतबाट आफ्नो निर्देशकिय कल्पनाको उडानलाई सर्वोत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। फिल्म हेरिरँदा दर्शकले ‘वाह’ भन्छन्। यसअघिका फिल्ममा पनि प्राविधिक प्रयोगमा एक कदम अगाडी रहँदै आएका राजामौली यसमा झन अगाडी देखिएका छन्।

फिल्ममा पात्र छनोट उस्तै सशक्त छ भने कलाकारहरुले पनि चरित्रलाई ठ्याक्कै उतारेका छन्।

झण्डै ३ सय करोड भारतीय रुपयाँको खर्चमा बनेको दुई भागको यस सिनेमाले दर्शकलाई अन्तयमा यस्तो मोडमा ल्याएर छोडिदिन्छ कि दर्शकलाई फिल्म सकिएपछि नै अर्को भाग हेर्न व्यग्र बनाइदिइसक्छ। अर्को भागको प्रतिक्षा दर्शकको हुटहुटी बनिसक्छ निर्देशकका लागि योभन्दा ठूलो सफलता के हुन सक्छ। करिब १५९ मिनेट लामो फिल्ममा राजामौलीले फिल्मलाई ‘लार्जर देन लाइफ’ बनाउन कुनै कसर बाँकि राखेका छैनन्।

फिल्म ‘म्याग्नम ओपस’ बन्न उद्धत देखिन्छ। फिल्मले आफ्नो अलग्गै स्थान स्थापित गरेको छ।