Wednesday , 12 December 2018
News update
Home >> bollywood

bollywood

सलमान खानसँग अनुष्काले फिल्म नगर्ने

केही दिन यता निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा अनुष्का शर्मा अभिनेता सलमान खानको जोडीको रुपमा काम गर्ने खबरहरु अाइरहेका थिए ।

तर अनुष्का शर्माले भने त्यस खबरको खण्डन गर्दै फिल्ममा सलमान खानसँग काम नगर्ने बताएकी छिन् । अनुष्का शर्माले सञ्जय लीला भन्सालीसँग भविष्यमा काम गर्न इच्छुक भए पनि अहिले भने काम नगर्ने बताएकी हुन् ।

अभिनेता सलमान खानले निर्देशक सञ्जय लीला भन्सालीसँग सन् १९९९ मा फिल्म ‘हम दिल दे चुके हे सनम’ मा काम गरेका थिए । वषौंपछि सञ्जय लीला भन्साली उनको अब बन्ने फिल्मका लागि सलमान खान र शाहरुख खानलाई एकसाथ ल्याउन खोजिरहेका छन् ।

यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोणलाई प्रस्ताव राखिएको थियो तर सलमान खानले दीपिकासँग फिल्म गर्न नमानेपछि अनुष्का शर्मालाई प्रस्ताव राखिएकाे थियाे । अहिले आएर अनुष्का शर्माले सलमान खानसँग यो फिल्ममा काम गर्न नमानेपछि नयाँ अभिनेत्री को हुने भन्ने कुराकाे टुंगो लागेको छैन ।

बलिउडकी चर्चित गायिका नेहा कक्करको ब्रेकअप

बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ ।

नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । तर यि दुईबीचको सम्बन्ध अगाडि बढ्न सकेन ।

नेहा र हिमांशले इन्स्टाग्राममा एकअर्कालाई अनफलोसमेत गरिदिएका छन् । गायिका नेहा कक्करले उनको इन्स्टा अकाउन्टमा हिमांश कोहलीका साथमा भएका तस्बिर र भिडियोहरु डिलिट गरिदिएकी छिन् । तर हिमांशले भने नेहा र उनको परिवारका तस्बिर उनको अकाउन्टबाट हटाएका छैनन् ।यस वर्षको सुरुवातमा नेहा कक्कर र हिमांश कोहलीले युट्यूबमा ‘ओ हमसफर’ नामको म्यूजिक भिडीयो सार्वजनिक गरेका थिए ।

बलिउड स्टारहरुको निक नेम

उपनाम (निक नेम) त्यस्तो नाम हो जो साथीभाइ वा परिवारका सदस्यले प्रेमसँग बोलाउने गर्छन्। सनी र बबी देवलले त उपनामबाटै बलिवुड प्रवेश गरेका हुन्। केही कलाकारका उपनाम निकै प्रसिद्ध छन् जस्तो कि बेबो र लोलो क्रमशः करिना र करिश्माका उपनाम हुन्। ऐश्वर्या रायको उपनाम गुल्लु हो। घरमा उनलाई यही नामले बोलाइन्छ। केटाकेटीमा उनी रसबरी जस्ती थिइन् होला त्यसैले उनलाई गुल्लु भन्न थालियो। प्रियंका चोपडालाई मिमी नामले बोलाइन्छ।

अभिषेक बच्चनले प्रियंकालाई पिगी चप्स नाम दिएका छन्। उनलाई पिसी पनि भनिन्छ। विपाशा बसु बोनी उपनामले चिनिन्छिन्। यसबाहेक पनि उनका धेरै उपनाम छन् बी, बिप्स आदि। तर उनको उपनाम बोनी हो जुन नजिकका मित्रलाई मात्र थाहा छ। अभिनेता अजय देवगनको उपनाम राजु हो। राजु सबैभन्दा प्रचलित उपनाम हो। उनका नजिकका साथीभाइ अजयलाई राजु भनेर बोलाउँछन्। काजोल भने आफ्ना पतिलाई ‘जे’ भन्न मन पराउँछिन्।

रणवीर कपुर रेमन्ड उपनामले चिनिन्छन्। रणवीरलाई उनकी आमा नीतु सिंह रेमन्ड भनेर बोलाउँछिन्। यस्तै अभिनेत्री सुस्मिता सेन टिटु उपनामले चिनिन्छिन्।आलिया भट्टलाई आलु कचालुर बटाटा वडा भनेर बोलाइन्छ। उनकी आमा नै उनलाई आलु कचालु भन्छिन्। कोही बटाटा वडा भनेर पनि बोलाउँछन्।

श्रद्धा कपुर चिरकुट उपनामले परिचित छिन्। श्रद्धालाई यो नाम वरुण धवनले दिएका हुन्। दुवैका बाबुले कही फिल्ममा एकसाथ काम गरेका छन् त्यसैले बाल्यकालदेखि श्रद्धा र वरुणले पनि एकसाथ लामो समय बिताए। त्यही बेलादेखि वरुण श्रद्धालाई चिरकुट भनेर बोलाउँछन्।

ऋतिक रोशनलाई डुग्गु भनेर बोलाइन्छ। राकेश रोशनको उपनाम गुड्डु हो। जब ऋतिक जन्मिए बाबुकै उपनाम उल्ट्याएर उनलाई डुग्गु भन्न थालियो। यस्तै गोविन्दालाई चिची उपनामले चिनिन्छ। एजेन्सी

बलिउड अभिनेत्री प्रियंका चोपडा र निकको बिहेको खर्च ४ करोड

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड सिंगर निक जोनासबीच भारतको राजस्थानस्थित उम्मेद दबाबरमा भव्य बिहे भयो । करिब ४ दिनसम्म बिहेको समारोह चल्यो । दुई परम्पराअनुसार त बिहेमात्रै भयो ।

यो शाही बिहेमा कति खर्च भयो एक कौतहलताको विषय हो । मीडिया रिपोर्टका अनुसार उम्मेद दबाबरमा ४ दिनको बुकिंगका लागि प्रियंकाले ३.३ करोड भारतीय रुपैयाँ तिरेको बताइएको छ । भने एक अमेरिकन पत्रिकाले यो बिहेमा ४ करोड भारु खर्च भएको बताएको छ ।

प्रियंका निकको कुरा सम्पती ३०० करोड डरलभन्दा धेरै छ । यती सम्पती रहेको यो जोडीले बिहेमा ४ करोडमात्र खर्च गर्नु कुनै ठूलो कुरा होइन । दुबै स्टारले बिहेलाई भव्य बनाउन कुनै कसर छोडेनन् ।

टाइम्स अफ इन्डियाका अनुसार हिन्दु परम्पराअनुसारको बिहेमा करिब ३० लाख भारु खर्च भएके थियो । र पाहुनाको खानामा करिब ४३ लाख भारु खर्च भएको थियो । मेंहदीदेखि संगीत र आतिशबाजीको खर्च जोड्ने हो भने ४.१३ करोड भारु हुने बताइएको छ ।

प्रियंका निकको बहिेमा एक म्याग्जिन ‘द कट’ प्रश्न उठाएको थियो । सो पत्रिकाले यो बिहे एक घोटला भएको भन्दै प्रेम पनि फेक भएको बताएको थियो। पत्रकार मारिया स्मिथले ‘के प्रियंका चोपडा र निक जोनासको प्रेम साँचो हो?’ भन्ने शिर्षकमा समाचार लेखेकी थिइन् । यो विषयमा प्रियंकाले म्याग्जिनलाई कडा जवाफ दिएकी थिइन् ।

भारतीय नायिका प्रियंका चोपडा आफ्नो नाम फेरिन्

भारतीय नायिका प्रियंका चोपडा ले बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेरेकी छन् । निक जोन्ससँग हालै विवाह बन्धनमा बाँधिएकी उनले आफ्नो इन्स्टाग्राममा नाम प्रियंका  चोपडा जोन्स राखेकी छन् । उनीहरुको हालै ५ दिन लगाएर राजस्थानको जोधपुरस्थित ग्रान्ड उमेद भवन प्यालेसमा विवाह भएको थियो ।

डिसेम्बर १ का दिन दुईबीच विवाह भएको थियो । पहिलो दिन उनीहरुबीच इसाई परम्पराअनुसार बमोजिम विवाह भएको थियो भने दोस्रो दिन हिन्दू पराम्परागत शैलीमा विवाह भएको थियो ।

पहिलो बच्चाका बारेमा राखिएको जिज्ञासामा प्रियंकाले अहिले आफूहरुको भर्खर विवाह भएकोले हनिमुन पिरियडमा रहेको जनाउँदै त्यति ठूलो निर्णय गर्नका लागि समय दिन आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चर्चित भएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब राजनीतिक मञ्चमा

हिन्दी फिल्म ‘बेटा’ मा ‘धक धक करने लगा’ बोलको गीतबाट चर्चित भएकी बलिउड अभिनेत्री माधुरी दीक्षित अब मतदातलाई ‘धक धक’ बनाउने यात्रामा अगाडी बढेकी छन् ।

भारतीय सञ्चारमाध्यमले आगामी वर्ष हुने आम निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले उलाई पूर्णेबाट टिकट दिन सक्ने बताएका छन् । यही वर्ष जूनमा भाजपा अध्यक्ष अमित शाहले माधुरीसँग ‘सम्पर्क फर समर्थन’ अभियानअनुसार भेटवार्ता गरेपछि माधुरी भाजपामा प्रवेश गर्ने अनुमान गरिएको थियो ।

भाजपाका एक वरिष्ठ नेताले माधुरीलाई लोकसभा चुनावमा उम्मेदवार बनाउने विषयमा गम्भीर भएर सोचिरहेको बताएका छन् । उनले माधुरीका लागि पूर्णे सिट सबैभन्दा उचित हुनेसमेत बताएका छन् । उनले पार्टी भित्र आगामी चुनावका उम्मेदवारहरुबारे छलफल चलिरहेकोसमेत उनले बताए ।

२०१४ को चुनावमा पूर्णे सिट भाजपाले जितेको थियो । त्यतिबेला भाजपाका अनिल शिरोले काँग्रेस उम्मेदवार विश्वजीत कदमलाई ३ लाखभन्दा धेरै मतान्तरले पराजित गरेका थिए ।

ती नेताले प्रधानमन्त्री नरेन्द्र मोदी चुनावमा नयाँ अनुहारलाई टिकट दिने विषयमा गम्भीर रहेको बताए । यस्तै रणनीतिअनुसार मोदी पहिलो पटक गुजरातमा मुख्यमन्त्री बनेको भन्दै उनले त्यस बेला स्थानीय चुनावमा मोदीले सबै नयाँ अनुहारलाई उम्मेदवार बनाएकोसमेत बताए । नयाँ अनुहारलाई चुनावी मैदानमा उतार्नु पार्टीका लागि फाइदाजनक भएकोसमेत उनले बताए । बलिउड हस्तीहरु विभिन्न समयमा राजनीतिमा हामफाल्ने गरेका छन् । अब यो सूचीमा माधुरीको नाम पनि थपिने सम्भावना बढेको छ ।

यौन शोषण आरोपमा चर्चित गायक मीका सिंह दुबईमा पक्राउ

भारतीय गायक मीका सिंह दुबईमा यौन शोषण आरोपमा पक्राउ परेका छन् । उनीमाथि १७ वर्षीया ब्राजीलियन किशोरीको यौन शोषण गरेको आरोप लागेको छ ।

ब्राजीलको निवेदनअनुसार मीकालाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमअनुसार ब्राजीलियन मोडल रहेको बताइएको छ ।

मीकालाई बुधबार राती तीन बजे दुबई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित किशोरीले मीकामाथि अश्लील तस्वीर पठाएको आरोप लगाएकी छन् ।

सांगीतिक कार्यक्रमका लागि मीका दुबई गएका थिए । दुबई प्रहरीले मीकालाई हिरासतमा लिएको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मीकाका साथीहरु उनलाई रिहा गर्न प्रयासमा रहेको बताइएको छ ।

यसै वर्षको मार्चमा पाटियाला कोर्टले मीकाका दाई दलेर मेहंदीलाई मानव तस्करीमा दोषी ठहर गरेको थियो । उनलाई दुई वर्षको सजाय सुनाइएको थियो । तर, उनी जमानतमा छुटेका थिए ।

यो बर्ष पनि सलमान खानले कमाए सबै भन्दा बढी पैसा

‘सुल्तानलाई एकलेमात्र हराउन सक्छ, आफै सुल्तानले।’ सलमान खानले यो आफ्नो भनाई फेरि सावित गरेका छन् । भारतमा सबैभन्दा धेरै कमाउने सेलिब्रिटीजको फोब्र्स लिस्टमा उनी टपमा छन्।

लगातार तेस्रो वर्ष आफ्नो पोजिशनमा यथावत रहेका सलमान पहिलो स्टार हुन् । ब्लकबस्टर फिल्म र बिग बोसका साथै ब्राण्ड इंडोर्समेन्टको कमाइले  अक्टुबर २०१७ देखि सेप्टेम्बर २०८ सम्म उनको कमाई २ अर्ब ५३ करोड २५ लाख भारती रुपैँया पुगेको छ।

दोस्रो स्थानमा रहेका भारतीय क्रिकेट टीमका क्याप्टेन विराट कोहलीले २ अर्ब २८ करोड भारु कमाएका छन् । तेस्रो स्थानमा रहेका अक्षय कुमारले १ अर्ब ८५ करोड कमाई गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हालै बिहे गरेकी बलिउड अभिनेत्री दीपिका पादुकोण सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रिटीजको सूचीमा पाँचौ स्थानमा छिन् ।   पद्मावत र ब्राण्ड इंडोर्समेंटबाट उनले १ अर्ब १२ करोड ८० लाख भारु कमाई गरेकी छन् । टप फाइभमा पर्ने उनी एक्ली महिला हुन् ।

दीपिकापछि धेरै कमाउनेको सूचीमा क्रिकेटर महेन्द्रसिंह धोनी छन् । उनीपछि आमिर खान, अमिताभ बच्चन, रणवीर सिंह, सचित तेन्दुलकर र अजय देवगन छन् । यी सबै टप टेनमा छन् ।

गएको वर्ष कमाईको हिसाबले दोस्रो स्थानमा रहेका शाहरुख खान र प्रियंका चोपडका लागि यो वर्ष सन्तोषजनक रहेन । यो वर्ष शाहरुख १३ औं स्थानमा छन् भन् प्रियंका ७ नम्बरबाट ४९ औं नम्बरमा खस्केकी छन् । शाहरुखले यो वर्ष ५६ करोडमात्र कमाए । यो कमाइ उनले व्यापार र विज्ञापनबाट गरेका हुन् ।

फोब्र्सका अुसार भारतमा सबैभन्दा धेरै आर्जन गर्ने १०० सेलिब्रिटीजको कुल कमाई ३१४०.२४ करोड भारु रहेको छ । यो आँकडा गएको वर्ष भन २६८३ करोड १७ प्रतिशत धेरै हो । यो सूचीमा १८ जना महिला छन् । त्यसमा आलिया भट्ट, अनुष्का शर्मा, तापसी पन्नू, नयनतारा र शटलर सिन्धू समेत छन् । गएको वर्ष यस्तो सूचीमा २१ महिला थिए ।

‘जीरो’को गीतमा सलमान खान र शाहरुख खान (भिडियो)

शाहरुख खानको नया चलचित्र ‘जीरो’को दोस्रो गीत रिलिज भएको छ । यही डिसेम्बर २१ मा रिलिज हुन लागेको फिल्मको दोस्रो गीत इश्कबाजी रिलिज भएको हो । गीतमा एउटै पर्दामा बलिउडका दुई खान सलमान खान, शाहरुख खानसँगै टप कोरियोग्राफरहरु गणेश आचार्य, रेमो डिसुजा पनि देखिएका छन् ।

इरशाद कामिलको शब्दमा अजय अतुलले संगीत भरेको गीतमा सुखविन्दर सिंह र दिव्या कुमारले स्वर दिएका छन् । फिल्ममा शाहरुख पुड्को व्यक्ति बउवा सिंहको भूमिकामा छन् ।

चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ । ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् ।

बलिउड आइटम डान्सर मलाईका अरोरा ४६ वर्षमा पनि टीनएजर देखिदै

बलिउड आइटम डान्सर तथा मोडल मलाईका अरोरा उमेरले ४६ वर्षकी भइन् । उनको उमेरमात्र बढेको होइन २ बच्चाकी आमा पनि हुन् मलाईका । तर, उनको शरीर भने टीनएजरभन्दा कम छैन । उनी हालै एब्समा देखिइन् ।

मलाइकाको फीटनेसको कारण हो, उनको शरीरप्रतिको लगाव र मेहनत । उनी नियमित जिम जान्छिन् । उनी फिटनेसलाई लिएर निकै कन्सस छिन् । हालै उनी एक जीम बाहिर स्पट भइन् । कालो स्पोर्ट्स ड्रेसमा मलाइकाको शरीर निकै आकर्षक देखिएको छ ।

उमेर बढे पनि २ बच्चाकी आमा भए पनि उनी हालका दिनमा चर्चाछिन् प्रेम सम्बन्धका कारण । बलिउड अभिनेता अर्जुन कपूरसँगको सम्बन्धका कारण उनी निकै विवादमा पनि परेकी छन् । त्यसको कारण हो, अर्जुन र मलाईकाको उमेर डिफरेन्स ।

अर्जुन ३४ वर्षका भए भने मलाईका ४६ । उनीहरुबीच १२ वर्षको फरक छ ।तर, अर्जुन र मलाइकाले बिहे गर्ने तयारी गरेको चर्चा निकै भएको छ । निकै विवादमा परेपछि हालै रणवीर सिंह र दीपिका पादूकोणको बिहे रिसेप्सनमा भने यी दुई अलग अलग देखिए । यसअघि उनीहरु जहाँ पनि सँगै देखिने गरेका थिए ।