प्रियंका र निकको विवाहमा निककी पूर्वप्रेमिकालाई पनि निम्तो अभिनेत्री प्रियंंका चोपडा र निक विवाहको लागि जोधपुर पुगेका छन् । आफूभन्दा १० वर्ष जेठी प्रियंकाको प्रेममा रहेका निक २ र ३ डिसेम्बरमा प्रियंकासँग विवाह बन्धनमा बाधिँन लागेका छन् । यी दुईको बिहेको अन्तिम तयारी भइरहेको अवस्थामा विवाह उत्सबमा सहभागी हुने पाहुनाहरुको नाम पनि बाहिरिने क्रम जारी छ । यसै क्रममा निककी पूर्वप्रेमिकालाई पनि विहेमा निम्त्याइएको छ । निककी पूर्वप्रेमिका ओलीवियो कल्पो २०१२ की मिस युनिभर्स पनि हुन् । उनी निक–प्रियंकाको बिहेमा सहभागी हुन भारत आउने भएकी छिन् । उनले तीन वर्ष अगाडि नै ब्रेकअप भएका आफ्ना पूर्वप्रेमीको विहेमा खुशीसाथ आउने र रमाइलो नाच देखाउने बताएकी छिन् । साथै उनले उनीहरुको सुखद दाम्पत्य जीवनको शुभकामना समेत व्यक्त गरेकी छिन् । निक र ओलीवियोको ३ वर्ष पहिले ब्रेकअप भएको थियो । त्यसपछि उनी प्रियंकाको प्रेममा थिए । Share ! tweet
बलिउडका कलाकार राजपाल यादवलाई चेक बाउन्सको केसमा ३ महिनाको जेल सजाय बलिउडका हास्य कलाकार राजपाल यादवलाई दिल्लीको सर्वोच्च अदालतले चेक बाउन्सको केसमा ३ महिनाको जेल सजाय सुनाएको छ । राजपाल यादवले सन् २०१० मा एउटा व्यक्तिबाट ५ करोड रुपैयाँ ऋण लिएका थिए । तर पछि उनले लिएको रकम चुक्ता गर्न सकेनन् । यादवले ऋण तिर्न नसकेपछि ऋण दिने व्यक्तिले अदालतको सहायता लिएका हुन । केही समयअघि अदालतमा राजपाल यादवले १० करोड ४० लाख रुपैयाँ फिर्ता दिनुपर्ने सम्झौता भएको थियो । त्यसपछि पनि यादवले उक्त रकम तिर्न नसकेपछि उनलाई ३ महिनाको जेल सजाय सुनाइएको हो । राजपाल यादवले आफुलाई समस्या परेको भन्दै सन् २०१० मा एक व्यक्तिबाट ऋण मागेका थिए । ऋण लिएको पाँच वर्ष पछि सन् २०१५ मा उनले ऋण दिने व्यक्तिलाई पैसा फिर्ता गर्न चेक दिएका थिए । तर उक्त चेक बैङ्कमा जम्मा गराउदा बाउन्स भएको थियो । त्यसपछि ती व्यक्तिले राजपाललाई वकिलको सहायतामा सूचना पनि पठाएका थिए । तर राजपालले ऋण नतिरेपछि अदालतमा उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।राजपाल यादवले बलिउडमा ‘चुप चुपके, भुलभुलैया, गरम मसाला, फिर हेरा फेरी, जुुडवा २’ लगायतका फिल्ममा अभिनय गरेका छन् । Share ! tweet
मलाइका र अर्जुन कपुरको रिलेशनशिप र विवाहको चर्चा सगै खान सरनेम हटाईन मलाइका अरोडा र अर्जुन कपुरबीचको सम्बन्ध यतिबेला चर्चामा छ। अब मलाइका स्वयंले यो सम्बन्धलाई नयाँ मोड दिएकी छन्। मलाइकाले इन्स्टाग्राममा केही फोटो शेयर गरेकी छन् जसमा उनले आफ्नो घाँटीमा ‘एमए’ लेखिएको पेन्टेड सिक्री लगाएकी छन्। एमको अर्थ मलाइका हो भने एको अर्थ अर्जुन हुन्छ। आफू र अर्जुनको नामको पहिलो अक्षर लेखिएको सिक्री लगाएर मलाइकाले आफूहरुबीचको सम्बन्ध रहेको पुष्टि गरेकी छन। सामाजिक संजाल प्रयोगकर्ताले अर्जुन बाहेक केहीले एमएको अर्थ मलाइका अरोडाको पूरा नाम भएको उल्लेख गरेका छन् भने केहीले मलाइकाका पूर्व पति अरवाज खान भएको अनुमान लगाएका छन्। तर वास्तविकता के हो भन्ने कुरा मलाइकालाई नै थाहा होला। अर्जुन कपुरसँगको रिलेशनशिप र विवाहको चर्चाबीच मलाइकाले आफ्नो नामको अगाडिबाट खान सरनेम हटाएकी छन्। मलाइकाको अफिशियल इन्स्ग्राममा उनको पूरा नाम मलाइका अरोडा खान थियो, तर अहिले उनले खान सरनेम हटाएकी छन्। मलाइका र अर्जुन यतिबेला आफ्नालागि नयाँ र आलिशान घरको खोजी थिए। संचारमाध्यमहरुका अनुसार मलाइका र अर्जुन आगामी वर्ष विवाह गर्न सक्नेछन्। त्यसकालागि उनीहरुले घर पनि किनिसकेको बताइएको छ। यो नयाँ घर दुवैजना मिलेर किनेको बताइएको छ। नयाँ घर मुम्बईको लोखंडवाला कम्पेक्स नजिकै रहेको छ। Share ! tweet
शाहरुखको फिल्म जिरोको सेटमा आगलागी क्रिसमसका अवसरमा रिलिज हुने शाहरुख खानको फिल्म जिरोको सेटमा आगलागी भएको छ । समाचार एजेन्सी पीटीआईका अुसार प्रहरीले बिहीबार बेलुका आगलागी भएको जनाएको छ । आगलागी हुँदा त्यहाँ शाहरुख खान पनि रहेको जनाइएको छ । उनलाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।प्रहरी अधिकारी विनय राठौडले आगलागीमा कुनै मानविय क्षति नभएको जानकारी दिएका छन् । आगलागीको कारण भने खुल्न नसेको जनाइएको छ । आगो बिजुलीका तार, विद्युतीय उपकरण, लाइट, शूटिंग सामान र डोरी तथा पर्दा समित रहेको बताइएको छ । प्रहरी अधिकारी राठौडले स्टूडियोबाट धुवाँ निस्केको देखिएको बताए ।४ वटा फायर ब्रिगेडलाई घटनास्थलमा पठाइएको थियो । यो फिल्ममा शाहरुखले पुड्काको भूमिका गरेका छन् । यो फिल्म २१ डिसेम्बरमा रिलिज हुने जनाइएको छ । शाहरुखका साथै फिल्ममा अनुष्का शर्मा र क्याटरीना क्याफ पनि छन् । जिरो निकै चर्चामा छ । यसको ट्रेलरलाई पनि खुब मन पराइएको छ । Share ! tweet
बलिउडकी अभिनेत्री राखी सावन्त विवाह गर्दै बलिउडकी अभिनेत्री राखी सावन्तले विवाह गर्ने भएकी छन् । विवाहित सेलिब्रिटीको सूचीमा अब राखी सावन्तको नाम पनि पर्ने भएको छ । उनले दिपक कलालसँग विवाह गर्ने बताइएको छ । ‘कन्ट्रोभर्सी क्विन’ को नामले परिचित राखीले आफ्नो विवाहको निम्तो कार्ड बुधबार सोसल मिडियामा सार्वजनिक गरेकी छिन् । यी दुईले नयाँ वर्षको पूर्व सन्ध्या अर्थात् डिसेम्बर ३१ तारिखमा लस एन्जलसमा विवाह गर्ने बताइएको छ । उनको विवाह कार्डमा लेखिएको छ, ‘प्रेम गर्ने दुई मुटु एक हुँदैछ र सधैंका लागि प्रेममा रहिरहन बचनबद्ध छ । राखीले कार्ड सेयर गर्दै क्याप्सनमा बेहुला बेहुलीको इमोटिकन प्रयोग गरेकी छिन् । उक्त पोष्टमा राखीलाई धेरैले बधाई र आशिर्वाद दिएका छन् । दिपकले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा उक्त कार्ड पोस्ट गरेका छन् । Share ! tweet
बहुप्रतिक्षित बलिउड फिल्म ‘2.0’ को शुटिङमा अक्षय कुमारकालाई मेकअप गर्दा दर्दनाक सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका अनुसार ‘२.०’ को शुटिङका क्रममा ३८–४० दिन उनकालागि किन दर्दनाक थिए। त्यसको कारण थियो भिलेनको भूमिकामा अभ्यस्त हुन उनले गर्ने मेकअप। अक्षयका अनुसार मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो। मेकअप उतार्न साँढे दुई घण्टा लाग्थ्यो। अक्षयले आफ्नो शुटिङको अनुभव एक अन्तर्वाताका क्रममा सुनाएका हुन्। ३८–४० दिनसम्म उनलाई खाना खानेसम्मको समय थिएन। शुटिङका क्रममा उनको पसिनाको बाढी नै आउँथ्यो। अक्षय कुमारले एक अन्तर्वातामा भनेका छन्–जब मैले पहिलो पटक आफ्नो अनुहार हेरेँ, तब मैले सेल्फी खिचेँ। मेरो परिवार (श्रीमती र छोरा)पनि सँगै थियो। त्यही भएर मैले उनीहरुसँग सेल्फी थिएँ।’ निर्देशक एस. शंकरको यो फिल्म २९ नोभेम्बरमा रिलीज हुँदैछ। फिल्ममा अक्षय कुमार बाहेक रजनीकान्त र एमी ज्याक्सन मुख्य भूमिकामा छन्। यो फिल्म २०१० मा रिलीज भएको एंथिरण (रोबोट) को सिक्वल हो। Share ! tweet
भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरे भारतीय हास्यकलाकार कपिल शर्माले आफ्नो विवाहको कार्ड ट्वीट गरेका छन् । उनले ट्वीठ गरेको कार्डमा उनको विवाह डिसेम्बर १२ तारिखमा हुने बताइएको छ । कपिल आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह बन्धनमा बाँधिदैछन् । गिन्नी चतरथ पंजाबकी हुन् । कपिल र गिन्नीको भेट सन् २००५ मा भएको कपिलले पहिला नै बताइसकेका छन् । सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए । उनी त्यतिबेला भर्खरै करियरको सुरुवात गरिरहेका थिए । कपिलले मुस्किल समयमा गिन्नीको साथ दिए । गिन्नीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् कपिलले उनको राम्रो ख्याल राख्ने गरेका छन् । Share ! tweet
सुरुवातमा गिन्नीका बुबाले कपिल र गिन्नीको विवाह अस्वीकार गरेका थिए । उनी त्यतिबेला भर्खरै करियरको सुरुवात गरिरहेका थिए । कपिलले मुस्किल समयमा गिन्नीको साथ दिए । गिन्नीले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् कपिलले उनको राम्रो ख्याल राख्ने गरेका छन् ।
प्रियंकाको विवाहमा बलिउडकर्मीको उपस्थित नहुने बलिउड अभिनेत्री प्रियंका चोपडा यही डिसेम्बर २ र ३ मा पे्रमी निक जोनसका साथ लगन गाँठो कस्न लागेकी छिन् । भारतको राजस्थानको उम्मेद भवन प्यालेसमा प्रियंका र निकको विवाहको तयारी धुमधामका साथ चलिरहेको छ । साथै भारतीय सञ्चारमाध्यममा प्रकाशित खबरहरुका अनुसार अभिनेत्री प्रियंकाले उनको विवाहका लागि पाहुनाहरुको नाम लिष्ट पनि फाइनल गरिसकेकी छिन् । प्रियंकाको यस लिष्टमा बलिउडका कुनै पनि कलाकारहरुको नाम अटाएको छैन । प्रियंकाले उनको विवाहमा बलिउडका एकजना कलाकारलाई पनि बोलाउने छैनन् । प्रियंका चोपडा र निक उनीहरुका परिवार र आफन्तजनसँगै भएर विवाह गर्नेछन् बलिउड कलाकारहरु उपस्थितिमा विवाहमा धेरै भिड हुनेछ । भिडको जिम्मेवारी लिन गाह्रो भएका कारण प्रियंकाले यो निर्णय लिएको बताइएको छ । प्रियंकाले बलिउडका आफ्ना साथीहरुका लागि विवाहपछि मुम्बईमा एक भब्य रिसेप्सनको आयोजना गर्नेछिन् । Share ! tweet
विश्व विख्यात तबला उस्ताद जाकिर हुसेनको भव्य सांगीतिक कार्यक्रम विश्व विख्यात तबला संगीतज्ञ जाहिर हुसेनको भव्य सांगीतिक कार्यक्रम काठमाडौंमा आयोजना गरिएको छ। पद्म भूषण उस्ताद जाहिर हुसेनको सांगीतिक कार्यक्रम मंगलबार साँझ भारतीय दूतावासम आयोजना गरिएको थियो। कार्यक्रममा प्रधानन्यायधीश ओमप्रकाश मिश्र, मन्त्रिपरिषद पूर्वअध्यक्ष खिलारज रेग्मी, सभामुख कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तगा यातायात मन्त्री रघुवीर महासेठ, कांग्रेस कोषाध्यक्ष सितादेवी यादव, अर्जुन नरसिंह केसी, राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति समशेर राणालगायतका नेता सहभागी थिए। भारत-नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष मनाउन तथा दुवै देशको साझा सांगीतिक विरासतलाई कायम राख्न उस्ताद जाकिर हुसेनसँगको सांगीतिक कार्यक्रम १७ वर्षको लामो अन्तरालपछि आयोजना गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ। कार्यक्रममा तबला उस्ताद जाकिर हुसेनको साथमा आनन्द कृष्णन् (मृदंगम्), साबिर खान (सारंगी), नविन शर्मा (ढोलक) तथा मुजीब ददरकर (साउण्ड इन्जिनियर) थिए। सो कार्यक्रममा सूर्य नेपाल, नेपाल एसबीआई बैंक, जेट एयरवेज तथा र्याणडिसन होटलले सहकार्य गरेका थिए । उस्ताद जाकिर हुसेन सांगीतिक क्षेत्रका विश्व प्रसिद्ध व्यक्तित्व हुन्। उनको सांगीतिक समूहले सांगीतिक प्रस्तुतिलाई अविस्मरणीय बनाएको थियो। उनले आफ्नो कुद्रती आधुनिक तथा शास्त्रीय तबला बादन मार्फत समस्त दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए। Share ! tweet
फिल्म फ्लप भए पछि दर्शकसँग आमिर खानले मागे माफी फिल्म ठग्स अफ हिन्दोस्तान बक्स अफिसमा फ्लप भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता चर्चित अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको अपेक्षाअनुसारको नतिजा दिन नसकेपछि दुखी आमिर खानले फिल्म हेर्ने दर्शकहरुसँग माफी मागेका छन् । आमिरले भने ‘म ठग्स अफ हिन्दोस्तानको साथमा जनताको अपेक्षा अनुसार सही बन्न सकिन । यसको पूरा जिम्मेवारी म लिन्छु । मलाई लाग्छ कि हामीबाट गल्ती भयो । हामीले पूरा कोसिस गर्यौं तर शायद हामी कहीँ न कहीँ चुक्यौं । केही दर्शक छन् जसलाई फिल्म मन परेको छ तर यस्ता दर्शकको संख्या निकै कम छ ।’ आमिरले अगाडि भने ‘जो दर्शक मेरो फिल्म हेर्न आएका थिए म उनीहरुसँग माफी माग्छु कि म उनीहरुलाई उति मनोरञ्जन दिन सकिन । मैले कोसिस भने पूरा गरेको थिएँ । दर्शक ठूलो अपेक्षासहित मेरो फिल्म हेर्न गए र उनीहरुलाई फिल्म राम्रो लागेन यसले मलाई निकै नराम्रो महसुस भएको छ । म मेरा फिल्मको निकै नजिक रहन्छु । मेरा फिल्म मेरा सन्तानजस्तै हुन् ।’ Share ! tweet