Saturday , 23 February 2019
News update
Home >> bollywood (page 2)

bollywood

ॠतिक रोशनको ‘सुपर ३०’२६ जुलाईमा रिलिज हुने

केही समय अघी ॠतिक रोशनको फिल्म ‘सुपर ३०’ र कंगना रनावतको ‘मणिकर्णिका : दि क्विन अफ झाँसी’ एक साथ प्रदर्शन हुने चर्चा चलेको थियो । पानी बराबरको सम्बन्ध रहेको कंगना र ॠतिकको फिल्म सँगै रिलिज हुने खबरले बलिउड बजार तात्तिएको थियो । तर पछी यि दुईको फिल्म एक साथ प्रदर्शन भएन ।

‘मणिकर्णिका’ रिलिज भईसकेको छ भने ॠतिकको फिल्म ‘सुपर ३०’को रिलिज डेटलाई लिएर चर्चा सुरु भएको थियो । मेकर्सले फिल्मको अझै सुट गर्ने निर्णय गरेपछी जनवरीमा रिलिज हुने भनिएको फिल्मको रिलिज डेट पोस्टपोण्ड भएको थियो ।

अब भने ॠतिकको ‘सुपर ३०’ को रिलिज डेट कन्फर्म भएको छ । भारतीय गणितीज्ञ आनन्द कुमारको जीवन कथा बोकेको २६ जुलाईमा रिलिज हुने भएको छ । नयाँ पोस्टर रिलिज गर्दै २६ जुलाई लाई फिल्मको रिलिज डेट लक गरिएको हो । सुपर ३०’ लाई बिकास बहलले निर्देशन गरेका हुन् । अनुराग कास्यप, बिक्रमादित्य मोतवाने, मधु मन्टेना र साजिद नडियडवाला निर्मित फिल्ममा ॠतिक सँगै म्रुनाल ठाकुर, विरेन्द्र सक्सेना र पंकज त्रिपाठीको पनि अभिनय रहेको छ ।

साउथका चर्चित हाँस्यकलाकार ब्रह्मानन्दमको मुटुको अप्रेशन ,अलु अर्जुन पुगे भेट्न

दक्षिण भारतीय फिल्म उद्योगका चर्चित हाँस्यकलाकार हुन् ब्रह्मानन्दम । उनको हालै भारतको मुम्बईमा मुटुको अप्रेशन भएको छ । छाति दुख्ने समस्या देखिएपछि अस्पताल पुगको उनको डाक्टरहरुले अप्रेशन गर्नुपर्ने बताएका थिए । यसपछि उनको अप्रेशन भएको छ ।

भर्खरै अप्रेशन गरिएका ब्रह्मानन्दमलाई अर्का दक्षिण भारतीय अभिनेता अलु अर्जुनले भेटेका छन् । भेटपछिको तस्वीर उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै आफू ब्रह्मानन्दमको फ्यान भएको बताएका छन् ।

अलु अर्जुन र ब्रह्मानन्दमले कैयौं फिल्ममा साथै काम गरेका छन् । उनलाई भेटेपछि अलु अर्जुनले लेखेका छन्, ‘वास्ताविक आइरन म्यान, एक बलियो हृदय भएका मानिस । रमाइलो र निडर , मेरा किलबिल पाण्डेलाई देखेर निकै खुशी भएको छु । लभ ब्रामी ।’

ब्रह्मानन्दमको हार्टको सर्जरी एशिय हार्ट सेन्टरका डाक्टर रमाकान्त पांडाले गरेका हुन् । ब्रह्मानन्दमको नाम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पनि दर्ता छ । यो रेकर्ड २००७ मा एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा दर्ता गरिएको हो ।उनले तीन दशकको फिल्मी करिअरमा १००० भन्दा धेरै फिल्ममा काम गरेका छन् ।

ब्रह्मानन्दम एक फिल्ममा काम गर्नका लागि एक करोड भारु लिन्छन् । ब्रह्मानन्दम यति चर्चित छन्की साउथका हरेक दुई वा तीन फिल्म मध्ये एकमा उनी देखिन्छन् ।

सलमान खानले निर्देशक सुरज बड़जात्या नया फिल्ममा काम गर्दै

निर्देशक सुरज बड़जात्या सँग सलमान खानले ४ हिट फिल्ममा काम गरिसकेका छन् । सलमानले सुरज सँग पहिलो हिट फिल्म ‘मैने प्यार क्यु किया’ मा काम गरेका थिए । उक्त फिल्मले बक्स अफिसमा धमान मच्चाएको थियो । उक्त फिल्म पछी सलमानले कहिले पनि पछाडी फर्किनु परेको छैन । ‘मैने प्यार क्यु किया’ पछी सलमानले सुरज सँग ‘हम आपके हैं कौन’ ‘हम साथ साथ हैं’ र ‘प्रेम रतन धन पायो’ जस्ता सुपरहिट फिल्ममा काम गरेका थिए ।

चार हिट फिल्ममा सँगै काम गरेका सलमान र सुरज अब अर्को फिल्ममा काम गर्ने योजनामा रहेका छन् । उक्त फिल्म यि दुईले सँगै काम गर्ने पाचौं फिल्म हुने बताईएको छ । हालै मात्र निर्देशक सुरजले सलमानलाई एउटा फिल्मको कन्सेप्ट सुनाएका छन् र सलमानलाई पनि उक्त कन्सेप्ट मन परेको छ । यि दुई सँगै काम गर्ने तयारी रहेका छन् । उक्त फिल्म एक्सन प्याक्ड फिल्म हुने बताईएको छ । तर निर्देशक सुरजले भने उक्त फिल्म एक्सन प्याक्ड नभई पारिवारिक फिल्म हुने बताएका छन् । फिल्ममा इमोशन र ड्रामा हुने हुने बताईएको छ ।

सलमान र सुरज एक अर्का सँग काम गर्न उत्सुक रहेको बताईएको छ । फिल्मको बारेमा अहिले केही पनि खुलाईएको छैन । सलमान अहिले ‘भारत’ को काममा ब्यस्त रहेका छन् भने निर्देशक सुरज पनि आफ्नो छोरा अविनाशको फिल्म ‘हम चार’ को प्रदर्शनको तयारीमा रहेका छन् ।

सोनाक्षी सिन्हाको टोटल धमालमा बिकिनी लगाएर हट आइटम डान्स (भिडियो)

धमाल सिरिजको तेस्रो फिल्म यही फेब्रुअरी २२ मा रिलिज हुँदैछ । फिल्ममा १८ वर्षपछि अनिल कपुर र माधुरी दीक्षितको जोडी एकसाथ देखिँदैछ ।

फिल्ममा समावेश गरिएको सोनाक्षी सिन्हाको आइटम डान्स रिलिज भएको छ । पछिल्लो समय पुराना गीत रिमिक्स गरेर फिल्ममा आइटम नम्बर राख्ने प्रचलन आएको छ र यो गीत पनि पुरानो गीतको रिमिक्स नै हो ।

१९७८ मा आएको हेलेनको गीत मुंगडामा सोनाक्षीले आइटम डान्स गरेकी छिन् । गीतमा सोनाक्षीसँग अजय देवगन पनि देखिएका छन् । यो गीतमा ज्योतिका तंगरी, शान र शुब्रो गांगुलीले स्वर दिएका छन् । यसअघि फिल्मको अर्को गीत पैसा ये पैसा रिलिज भएको थियो । यो गीत पनि १९८० मा आएको फिल्म कर्जबाट लिइएको थियो ।

क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिका सोनाली बान्द्रे फिल्ममा फर्किँदै

लामो समय क्यान्सरसँग लडेकी बलिउडकी सुन्दर नायिकामध्ये एक सोनाली बान्द्रे फेरि पुरानैं कर्ममा आउँने भएकी छिन् । उनले क्यान्सरलाई जितेपछि लामो समयपछि अब फिल्ममा फर्किएकी छिन् ।

उनले शुक्रबार यसबारे आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत जानकारी दिएकी छिन् । सेतो पहिरनमा एक फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखेकी छिन्, ‘लामो आरामपछि सेटमा आइरहेकी छु ।

काममा पुनः फर्किँदा अचम्मको महसुस भइरहेको छ । मसँग आफ्ना मनको भावना पोख्नका लागि शब्द नै छैन् । क्यामरालाई फेस गर्नु अलग अनुभव हो ।’ उनको यो घोषणासँगैं उनका देश विदेशमा रहेका लाखौं सर्मथकहरुमा खुःशी छाएको छ ।

साउथ स्टार महेश बाबुसग कट्रिना कैफले किन मानिन फिल्म गर्न ?

बलिउड अभिनेत्री कट्रिना कैफ र टलिउड सुपरस्टार महेश बाबुले एकसाथ चलचित्रमा अभिनय नगर्ने भएका छन । यस अघि कैफले अभिनेता महेश बाबुसँग चलचित्र खेल्ने चर्चा भएको थियो ।

अहिले सलमान खान मुख्य भुमिकामा रहेको भारतको विज्ञापनमा उनी व्यस्त रहेकी छिन । भारतको ट्रेलर सार्वजनिक भएको छ । सलमान खान, सुनिल ग्रोवर लगायत धेरै कलाकारले अभिनय गरेका छन ।

चलचित्रको प्रमोसन गर्नको लागि दिइएको एक अन्तर्वार्तामा उनले आफुले भारत बाहेक अन्य कुनैं पनि चलचित्र साइन नगरेको बताइन । उनको यो भनाइले स्पष्ट हुन्छ कि उनी साउथ इन्डीयन चलचित्रमा महेश बाबुको साथ नआउँने भएकी छिन ।उनको यो बयानले उनलाई साउथ सुपरस्टारका साथ देख्न चाहानेहरुका लागि चोट पुर्याएको छ ।

कन्सर्टमा गीत गाउदा गाउदै प्रेमी सम्झेर रोइन् नेहा कक्कड (भिडियो)

प्रेमले सबैलाई खुसीमात्र होईन आँसु पनि दिन्छ । यो त अधिकांशले भोगेको पीडा हो चाहे त्यो आम मानिस होस यात फेरी सेलिब्रेटी नै किन नहोस ।यस्तै पीडा भोगिरहेकीछिन् बलिउड फिल्महरुमा एक पछि अर्को गर्दे सुपरहिट गीत दिएकी चर्चित गायिका नेहा कक्कड । उनी लामो समय नायक हिमांश कोहलीसंग प्रेम सम्बन्धमा थिईन् ।

उनीहरुको प्रेम देखेर लोभिनेहरु पनि थिए तर नेहा र हिमांशको प्रेम अडिग भने रहन सकेन ।ब्रेकअपछि हिमांशको पीडा कही कतै देखिँदैन उनी बेवाक हिडिरहेका छन् । तर नेहा भने ब्रेकअपको पीडाबाट माथि उठ्न सकिरहेकी छैनन।

चर्चित रियालिटी शोमा पनि उनी ब्रेकअपको पीडा भएको गीत सुन्दा सुन्दै रोएकी थिईन् भने हालै भारतमा भएको एक कन्र्सटमा उनी गीत गाउँदा गाउँदै धरधर्ती रोएकीछिन् । उनैले गाएको गीत माही वे गीत गाउँदा गाउँदै उनी रोएकी हुन् ।

जुन गीतमा भगवान भन्दा बढि माया गरेको मान्छे नपाएको पीडा पोखिएको छ । सम्भवत सोही कारण पनि नेहा रोएकी हुन सक्छ । भिडियो यतिबेला निकै भाईरल भईरहेको छ । जुन भिडियोमा उनी रुँदा दर्शकहरुले उनलाई हौसाईरहेका थिए ।

गीत गाउँदा गाउँदै उनले आँसु रोक्नै सकिनन् । प्रेमको पीडा के धनी के गरिब , के आम मानिस के सेलिब्रेटी सबैको पीडा एउटै हुन्छ ।मांशसंगको ब्रेकअपपछि नेहा डिप्रेशनमा नै गएकी थिईन् ।

पोर्न फिल्मको शूटिंग यसरी गरिन्छ ,पोर्न फिल्मको बारे पोर्न स्टार यसो भन्छन

पोर्न फिल्म हरेक उमेर समुहका मानिसले रुचाउँने गर्दछन । नेपालमा अहिले पोर्न लगायतका अश्लील चलचित्रहरुमा रोक लगाइएको छ ।तर, आज हामी पोर्न फिल्म क्षेत्रका बारेमा कुरा गर्न गइरहेका छौं । कुनै पनि पोर्नस्टारले सुटिङ गर्दै गर्दा पुरुष पोर्नस्टारसँग प्रभावित हुँदैनन् जसका कारण उनीहरुलाई सम्बन्ध बनाउन निकै कठिन हुन्छ । कैयौं पटक त सुटिङको क्रममा पोर्नस्टारका गोप्य अंगमा चोट लाग्छ जो फिल्ममा देखाइँदैन ।

पोर्न उद्योग यस्तो संसार हो जहाँ स्टार बन्नका लागि धेरै परिश्रम गर्नुपर्छ । एडल्ट स्टारलाई देख्दा लाग्छ कि उनीहरुको भाग्य कति राम्रो छ । संसारमा सबैभन्दा रमाइलो काम त उनीहरुकै छ । केही मानिसहरु उनीहरुलाई देखेर ईष्र्या पनि गर्छन् । यसको पछाडिको कारण हो उनीहरुले यौनलाई रमाइलोसँग गरिरहेका हुन्छन् ।

तर, बाहिरबाट हेर्दा यो काम जति राम्रो लाग्छ भित्रबाट उत्तिकै कठिन छ । कसैलाई मन परोस् वा नपरोस् पछिल्लो समय पोर्न फिल्म उद्योग फैलिँदै गइरहेको छ । यो पेशामा पैसा निकै धेरै छ । ट्रेन्डिङ बज नामक वेबसाइटले भने यो उद्योगका केही गोप्य रहस्यहरु खोल्ने प्रयास गरेको छ जसको बारेमा आम मानिसलाई जानकारी छैन ।

पोर्न फिल्मका अधिकांश पोर्नस्टारहरु पढाइका डिग्री होल्डर हुन्छन् । पोर्न फिल्म उद्योगमा पोर्नस्टारहरु कुनै बाध्यतामा यो पेशामा आएका होइनन् । पोर्नस्टारहरु ग्रयाजुएशन मात्र होइन मास्टर्स डिग्रीसम्म पढेका हुन्छन् ।पोर्न भिडियो सुटिङ गर्न निकै धेरै समय लाग्छ । कुनै भिडियो ३० सेकेण्डको छ भने पनि त्यसलाई २० रिटेकपछि मात्र ओके गरिन्छ ।

सामान्य फिल्म उद्योगमा पुरुष कलाकारले धेरै पारिश्रमिक लिन्छन् तर पोर्न फिल्म उद्योगमा भने महिला कलाकारले धेरै पारिश्रमिक लिन्छन् ।पोर्नस्टारले भिडियोमा लगाउने कपडा निकै महंगा हुन्छन् । केही पोर्नस्टारले त भिडियो सुटपछि यी कपडा अनलाइन बेच्छन् ।पोर्न उद्योगमा काम गर्नको लागि प्रवेश पाउनु सानोतिनो परिश्रमको कुरा होइन । यहाँसम्म पुग्नका लागि कैयौं कागजी प्रक्रिया पूरा गर्नुपर्छ ।

पोर्नस्टारहरु दैनिक कामकाजका लागि बाहिर जाँदा भीडमा मान्छेहरु उनीहरुलाई चिन्छन् । केहीलाई त यसरी चिन्दा कुनै समस्या हुँदैन तर केहीसँग भने मानिसहरु दुव्र्यवहारसमेत गर्छन् ।धेरैजसो पोर्न फिल्म प्रोडक्सन हाउसका मालिक महिलाहरु हुन्छन् । अस्ट्रेलियामा त लगभग सबैजसो पोर्न उद्योग महिलाकै हातमा छ ।

पोर्नस्टारहरु यो कामबाट बोर हुन्छन् । अधिकांश पोर्नस्टारहरु मन भुलाउन पोर्न फिल्मका अलावा अन्य काम पनि गर्छन् ।धेरैजसो पोर्नस्टारहरु आफ्नो पोर्न भिडियो हेर्दैनन् । भिडियो सुटिङपछि सम्पादनका बेला अलिअलि ख्याल गरे पनि उनीहरुलाई आफ्नो भिडियो हेर्न मन पर्दैन ।

एक पोर्नस्टारका अनुसार मानिसहरु यो कुरामा विश्वास समेत गर्दैनन् कि उनीहरु पोर्नस्टार हुन् । आफू पोर्नस्टार भएको खुल्लमखुल्ला बताउँदा पनि मानिसहरुले नपत्याएपछि उनीहरु अर्कै पेशा बताउँछन् ।

पोर्न फिल्ममा कैयौं यस्ता दृश्य हुन्छन् जो तपाइँलाई फिल्ममा देखाइँदै । ती दृश्य देख्दा तपाइँको पनि होस उह्नेछ । जब फिल्म सुटिङ भइरहेको हुन्छ त्यतिबेला पोर्नस्टारलाई ठूलो लज्जाको सामना गर्नुपर्छ ।

कार दुर्घटनामा भारतीय चर्चित पप गायिका शिवानीको मृत्यु

भारतीय चर्चित पप गायिका शिवानी भाटियाको सडक दुर्घटनामा मृत्यु भएको छ।

सोमबार राति सडक दुर्घटनामा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा उनका पति गम्भिर घाइते भएका छन्। रिर्पोटका अनुसार शिवानीका पतिको अवस्था खतरामुक्त रहेको छ।

सोमबार राति भारतको यमुना एक्सप्रेस हाइवेयमा उनीहरु चढेको कार दुर्घटना भएको थियो। गायिका शिवानी र उनका पति निखिल कार्यक्रममा सहभागी हुन जाँदै थिए। त्यसै क्रममा उनको कार कुनै अज्ञात गाडीको पछाडि ठोक्कियो।

तिब्र गतिमा रहेको कार गाडीसँग ठोक्किएपछि चचकनाचूर भएको थियो। प्रहरी र स्थानीयले शिवानी र उनका पतिलाई कारबाट बाहिर निकालेर अस्पताल भर्ना गराएका थिए। तर शिवानीको उपचारका क्रममा मृत्यु भयो।

साउथका महंगा नायक रबि तेजा

साउथ फिल्म हेर्नेहरुका लागि रबि तेजाको नाम नौलो होईन । साउथ फिल्म उद्योगमा चर्चित नायकहरुको सूचिमा पर्ने रबि तेजाको अभिनय , कमिक स्टायल र एक्सनको क्रेज दर्शकहरुमा राम्रै देखिन्छ ।

साउथमा उनको लोकप्रियता यति छ की उनलाई त मास महाराजाको उपाधी नै दिईएको छ । सन् १९९० मा सहअभिनेताको रुपमा आफनो अभिनययात्रा थालेका रबि तेजाले फिल्ममा पहिले सानो सानो भुमिकामा काम गरेका थिए । तर उनी आज साउथका सुपरस्टार बनेका छन् । उनको पुरा नाम रबिशंकर राजु भुपतिराजु हो ।

९ बर्षपछि लिड रोलमा काम गर्न पाएका रबि तेजाले त्यसपछि रातारात सफलता पाए अनि सुपरस्टार बने । उनको क्रेज र स्टारडमको कारण नै रबि तेजा एक फिल्मका लागि १० करोड पारिश्रमिक लिने गर्छन् ।

कुनै समय सन २०१२ मा फोर्ब्स पत्रिकाले उनलाई धनी कलाकारहरुको सूचिमा पनि राखेको थियो । जुन बेला उनको बर्षभरीको कमाई १५ करोड भन्दामाथि थियो । जुन सूचिमा उनी ५० औँ नम्बरमा थिए । अब सन् २०१८ सम्ममा उनको बर्षभरीको कमाई कति होला भनेर सहजै अनुमान लगाउँन सकिन्छ ।

उनकै फिल्मबाट रिमेक गरी हिन्दीमा बनाईएको फिल्म राउडी राठौरबाट अक्षय कुमार रातारात मालामाल भएका थिए । करोडौँका मालिका रबि तेजाले सुरुवाती दिनमा बलिउडमा सह निर्देशकको रुपमा पनि काम गरेका थिए तर उनले फिल्ममा अभिनय भने गरेका छैनन् ।

चर्चित भन्दा चर्चित निर्देशक र निर्माताहरुसंग काम गरेका रबि तेजालाई बलिउड फिल्मका दर्शकहरुले पनि निकै रुचाउँने गर्छन् । जब हल वा टेलिभिजनमा उनको आगमन हुन्छ तब सिटी नबजेको कुनै क्षण नै हुँदैन ।