Friday , 22 February 2019
News update
Home >> bollywood (page 20)

bollywood

किन डरायो प्रदीपको ‘लिलिबिली’ अक्षय कुमार र रजनीकान्तको ‘२.०’ सग

नायक प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘लिलिबिली’ चैत ३० गते प्रदर्शनमा नआउने भएको छ ।यस अघि चैत्र ३० मा चलचित्र रिलिज गरिने जानकारी दिए पनि अब भने चलचित्र बैशाख १४ गतेबाट प्रदर्शनमा आउनेछ ।

चैत ३० गते बलिउडको अहिले सम्मै महँगो चलचित्र ‘२.०’रिलिज हुने भए पछि चलचित्र ‘लिलिबिली’ले आफ्नो रिलिज मिति पछि सरेको बुझिएको छ । बलिउडमा बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘२.०’ बलिउड स्टार अक्षय कुमार र साउथ सुपरस्टार रजनीकान्तको मुख्य अभिनय रहेको छ । चलचित्र ३० मा चलचित्र ‘२.०’ले नेपालको सिनेमा घर कब्जा गर्ने देखिए पछि चलचित्र ‘लिलिबिली’को प्रदर्शन मिति सारिएको हल्ला सिनेमा बजारमा चल्न थालेको छ ।

चलचित्र ‘लिलिबिली’प्रदीप खड्का सगै प्रियंका कार्की, जसिता गुरुङ, अनुपविक्रम शाही लगायतका कलाकारहरुको मुख्य भूमिकामा अभिनय रहेको छ । मिलन चाम्सले यस चलचित्रलाई निर्देशन गरेका हुन्

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।चलचित्रको छायांकन लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुल र नेपालमा गरिएको छ ।

बलिउड खेलाडी अक्षय कुमारका सन् २०१८ र १९ मा यी चलचित्रहरु रिलिज हुदैछन्

पछिल्लो केहि बर्ष यता ‘खेलाडी कुमार’ अर्थात अक्षय कुमारले अभिनय गरेको चलचित्र सफल मात्र भएका छैन् कि केहि न केहि संदेश समेत दिने गरेको छ ।अक्षय कुमारका चलचित्रहरु अरु बलिउडक स्टारहरुको जस्तो बिशेष दिन परेर रिलिज गरिदैन । तर पनि पछिल्लो केहि बर्ष यता उनले अभिनय गरेको चलचित्रले बलिउड शानदार कमाई गरेका छन् ।

अक्षयका फिल्महरुले सन् २०१७म बक्स अफिसमा सन्दर कलेक्सन गरेका छन् । ‘जोली एलएलबी २’ र ‘ट्वायलेट एक प्रेम कथा’ ले बक्स अफिसको ‘किंग’ बनाइ दियो । सन् २०१६ जस्तै २०१७ मा पनि बलिउड इण्डष्ट्रीमा अक्षय कुमारको बोलबाला रह्यो ।

यसैबीच यो वर्ष पनि उनका केही फिल्महरु अहिलेबाटै चर्चा बटुली रहेका छन् । फिल्म इण्डष्ट्रीमा अक्षय कुमारको कामको प्रशंसा हुने गरेको छ । सन् २०१८ मा उनी यि फिल्महरुमा महत्वपूर्णं भूमिकामा देखिने भएका छन् ।

यी हुन् अक्षय कुमारको सन् २०१८ र १९ मा रिलिज हुने चलचित्रहरु …

जनवरी २६, २०१८– ‘प्याडम्यान’

केही दिन अघि निर्माण पक्षले यो फिल्मको निर्माण पक्षले फिल्मको ट्रेलर सार्वजनिक गरेको थियो । आर बाल्कीको निर्देशनमा निर्माण भएको यो फिल्म वर्षको सुरुवात अर्थात २६ जनवरीमा रिलीज हुने भएको छ । फिल्ममा अक्षय कुमारको भूमिका महिलाहरुका लागि सस्तो र ‘अफोर्डेबल सेनेटरी प्याड्स’ बनाउनु रहेको छ ।

फिल्म ‘प्याडम्यान’ अरुणाचलम मुरुगनाथम नामक व्यक्तिको जिन्दगीको कथामा आधारित छ । फिल्ममा खेलाडी कुमारका साथ राधिका आप्टे र सोनम कपूर देखिने भएका छन् । ट्विंकल खन्नाको प्रोडक्शनमा बनोको यो फिल्मको ट्रेलर अहिलेसम्म कयौं दर्शकहरुले बन पराई सकेका छन् ।

अप्रिल २०१८ – ‘२.०’

अक्षय कुमारलाई बलिउड फिल्म इण्डष्ट्रीमा २५ वर्ष बिती सकेका छन् । तर उनले यो फिल्मी यात्राका दौरान कहिल्यै पनि साउथ फिल्ममा काम गरेनन् । रजनीकान्त स्टारर ‘रोबोट २’ मार्फत उनी पहिलो पटक साउथ फिल्ममा डेब्यू गर्न लागेका छन् । चार सय करोडको बजेटमा निर्माण भएको यो फिल्ममा उनी पहिलो पटक नकारात्मक भूमिका निभाउन गइरहेका छन् ।

अगस्ट १५, २०१८ – ‘गोल्ड’

फरहान अख्तर र रितेश सिधवानीको ब्यानरमा यो फिल्मको शूटिंग केही समय अघि सम्पन्न भएको थियो । अक्षय कुमार यो फिल्ममा बलबीर सिँहको भूमिकामा देखिने भएका छन् । यो फिल्म सन् १९४८ मा लण्डनमा १४ औं ओलिम्पिक खेलमा भारतका पहिलो ओलिम्पिक पदक विजेताका बारेमा केन्द्रित छ ।

यो फिल्मलाई २०१८ मा स्वतनत्रता दिवसको अवसर पारेर रिलीज गरिने भएको छ । फिल्ममा अक्षयका साथ साथै मौनी राय, अमित साध, कुनाल कपूर र सनी कौशल मुख्य भूमिकामा देखिने भएका छन् ।

मार्च (होली) २०१९– ‘केसरी’

सन् २०१९ मा अक्षय कुमार आफ्नो बहुप्रतिक्षीत फिल्म ‘केसरी’ लिएर दर्शकसामु देखिदैछन् । फिल्ममा अक्षय कुमारको प्रमुख भूमिका रहने छ । यो फिल्म सारागढीको संघर्षमा आधारित छ । फिल्मको निर्देशन अनुराग सिँह र निर्माण करण जौहरले गर्ने भएका छन् । यो फिल्ममा अक्षयका साथ परिणीती चोपडा देखिने छिन् ।

अक्टोबर (दिवाली ) २०१९ – ‘हाउसफुल ४’

अक्षय कुमार आगामी वर्षको दिपावलीमा दर्शकलाई हसाउने प्रयास गर्दैछन् । उनी एक पटक फेरी ‘हाउसफुल’ को ‘फ्रैंचाइजी’ देखिदैछन् । साजिद खानको निर्देशनमा बन्ने यो फिल्ममा रितेश देशमुख, जोन अब्राहम र सञ्जय दत्तपनि देखिने भएका छन् ।

यसका साथै अक्षय कुमार ‘क्रेक’ र ‘मोगुल’ जस्ता चलचित्रमा समेत अभिनय गर्ने छन् तर यी चलचित्रको रिलिज मिति अहिले नै तय गरिएको छैन ।

बलिउड बादशाह शाहरुख खान अब ‘जिरो’को बन्दै (भिडियो )

बलिउडका बादशाह शाहरुख खानको नया चलचित्र ‘जिरो’को टीजर सार्वजनिक गरिएको छ । नया बर्ष २०१८ को शुभकामना स्वरुप शाहरुखले आफ्नो नया चलचित्रको नाम र टीजर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक चलचित्र ‘जिरो’को टीजरमा एक डैलोग ‘म जसको पछि लाग्छु, लाइफ बनाइदिन्छु ’पनि समाबेश गरिएको छ ।यस चलचित्रलाई रांझना र तनु वेड्स मनु जस्तो चलचित्र निर्देशन गरेका आनन्द एल रायले निर्देशन गर्दैछन् ।

शाहरुख खान, कट्रिना कैफ र अनुष्का शर्माको अभिनय रहने ‘जिरो’को टीजरमा देखिएको शाहरुखको फरक अवतारले यतिबेला सबैलाई मन पराएका छन्। २०१८ को डिसेम्बर २१ मा रिलिज गर्ने घोषणा गरिएको ‘जिरो’ को लगानी १ सय ६० करोड बताइएको छ ।

सलमानको ‘टाइगर जिन्दा है’ले बलिउडमा बनायो अनेक रेकर्ड

सन् २०१७ मा रिलिज भएको सलमान खानका फिल्म ‘टाइगर जिन्दा है’ ले बलिउडमा अनेक रेकर्ड बनाएको छ। सलमानको लागि यो वर्ष सबैभन्दा धेरै आम्दानी गर्न सफल चलचित्र बनेको छ ‘टाइगर जिन्दा है’ ।

‘टाइगर जिन्दा है’ को रेकर्ड ब्रेकिङ दश दिनमा २५४ करोड कमाई गरि विभिन्न रेकर्ड राख्न सफल भएको छ । आश्चर्यजनक कमाई गर्नुका साथै यो फिल्मले बलिउड बक्स अफिसमा विभिन्न रेकर्ड पनि बनाएको छ।

१. पहिलो तिन दिनमा नै रेकर्ड ब्रेक कमाई

‘टाइगर जिन्दा है’ ले ओपनिङ्गको पहिलो तीन दिनमै ११४ करोड कमाई गर्न सफल भएको छ । यसका साथै तीन दिनमै ३ सय करोडको आँकडा पार गर्ने दोस्रो फिल्म पनि बनेको छ। यसभन्दा अघि ‘सुल्तान’ ले ३ दिनमा १०५ करोड रुपैयाँ कमाई गरेको थियो ।

२. पहिलो दिनमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म

‘टाइगर जिन्दा है’ ले पहिलो दिनमा ३४ करोड कमाई गरेको थियो । यसभन्दा अघि साउथको फिल्म ‘बाहुबली २’ ले पहिलो दिनमा ४६ करोड रुपैयाँ कमाएको थियो । यसअघि ‘बाहुबली २’ भारतीय सिनेमाको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो ।

३. दोस्रो दिन सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म

‘टाइगर जिन्दा है’ ले रिलिजको दोस्रो दिन ३५ करोड रुपैयाँको कमाई गरेको थियो । यसअघि ‘बाहुबली २’ र ‘सुल्तान’ लाई टाइगरले पछार्न सकेन । यी दुवै फिल्मले दोस्रो दिनमा ‘टाइगर’ भन्दा धेरै कमाई गरेका थिए । यसैकारण दोस्रो दिनमा सबैभन्दा धेरै कमाउने सूचीमा यो तेस्रो फिल्म बनेको छ ।

४. फ्रेन्चाइजिज फिल्मको सर्वाधिक ओपनर

सलमानको यो फिल्‍म ‘एक था टाइगर’ की फ्रेन्चाइजी हो । अहिलेसम्म कुनै पनि फ्रेन्चाइजी फिल्मले यति प्रभावशाली ओपनिङ गर्न सकेका थिएनन् । तर ‘टाइगर जिन्दा है’ ले पहिलो दिनमा ३४ करोड कमाएर रेकर्ड बनाइदियो ।

५. क्याटरीना कैफको सर्वाधिक बक्स अफिस ओपनर

‘टाइगर जिन्दा है’ भन्दा पहिले क्याटरिना कैफको सर्वाधिक ओपनर फिल्म ‘धूम ३’ थियो। तर ‘टाइगर’ ले धुम ३ लाई पछि पारिदिएको छ । यसका अलावा यदि ‘बाहुबली २’ लाई छाड्ने हो भने ‘टाइगर जिन्दा है’ सन् २०१७ मा सबैभन्दा बढी ओपनर बनेको छ ।

६. बन्न पुग्यो नन होलिडे सर्वाधिक ओपनिङ फिल्म

अन्य केही रेकर्डको कुरा गर्ने हो भने ‘टाइगर जिन्दा है’ ले नन होलिडे सर्वाधिक ओपनिङ फिल्मको रेकर्ड पनि बनाउन सफल भएको छ।

७. २०१७ को सर्वाधिक ओपनिङ सप्ताहन्त फिल्म

साथै हिन्दी फिल्ममा सन् २०१७ को सर्वाधिक ओपनिङ सप्ताहन्त फिल्म पनि बनेको छ। यसका अलावा सबैभन्दा तीब्र गतिमा १०० करोड भारतीय रुपैयाँ कमाउने रेकर्ड पनि ‘टाइगर’ ले आफ्नो नाममा लेखाएको छ।

८. सन् २०१७ को सोमबार सबैभन्दा धैरै कमाउने फिल्म

‘टाइगर जिन्दा है’ फिल्मले आफ्नो नाममा एक अर्को रेकर्ड पनि बनाएको छ । यो फिल्म सन् २०१७ को सोमवार सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ । त्यसैगरी यो फिल्मले रिलिज भएको ठीक तीन दिनपछि अर्थात सोमवार सबैभन्दा धेरै कमाउने रेकर्ड पनि बनाएको छ । यस फिल्मले ३६.५४ करोड कमाई गर्दै ‘क्रिस ३’ फिल्मको रेकर्ड तोडिदिएको छ । ‘क्रिस ३’ को सोमवारको कमाई ३५.९१ करोड थियो ।

९. सप्ताहन्तमा सन् २०१७ को तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म

सलमान खानको यस फिल्मले रेकर्ड ब्रेक कमाई गरेको छ । सप्ताहन्तमा ‘बाहुबली’ फिल्मले २४७ करोड कमाई गरेर पहिलो स्थान बनाएको थियो । सुल्तान २२९.१६ करोड कमाउँदै दोस्रो स्थानमा थियो । अर्कातिर ‘टाइगर जिन्दा है’ फिल्म पहिलो सप्ताहन्तमा २१६.०४ करोड कमाई गर्दै यो वर्ष सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ ।

यसका अलावा यस फिल्मको नाममा अन्य रेकर्ड पनि बनेका छन् । सलमानको ‘टाइगर जिन्दा है’ ले ३५.३० करोड कमाउँदै रिलिजको दोस्रो दिन सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म बनेको छ। तेस्रो दिन यस फिल्मको कमाई ११४.९३ करोड थियो । यसका साथै सर्वाधिक बलिउड ग्रोसर र फ्रेन्चाइजी फिल्मको रेकर्ड पनि यसैले बनाएको छ। बाहुबलीपछि सबैभन्दा मन पराइएको फिल्म पनि यही बनेको छ ।

२०१७ का बिस सफल बलिउड फिल्महरु

यो वर्ष ठूला बजेटका फिल्मको प्रभाव रहेन । मूलधारभन्दा बाहिरका, नयाँ र महिला सिनेकर्मीले बाजी मारे । सुपरस्टारभन्दा कम फ्यान फलोइङ हुने कलाकारको पल्ला भारी भयो । ‘टाइम्स अफ इन्डिया’ले वर्षभरि प्रदर्शित फिल्मको समीक्षा र रेटिङका आधारमा त्यस्तै २० हिन्दी फिल्मको सूची तयार पारेको छ । हामीले यहाँ त्यसकै अनुवाद प्रस्तुत गरेका छौं । कोष्ठका अंक रेटिङ हुन्ः

१) न्युटन (४.५/५)
कलाकारः राजकुमार राव, पंकज त्रिपाठी, अञ्जली पाटिल, रघुवीर यादव
टिप्पणीः उत्कृष्ट अभिनय, शानदार लेखन, चित्ताकर्षक छायांकन, हास्यप्रधान फिल्म । भारतीय दर्शकले यस्तो फिल्म चाहेका थिएनन्, तर आवश्यक थियो । भारतमात्रै होइन, नेपालजस्ता भ्रष्ट मुलुकमा यस्ता शालीन र जिम्मेवार युवा आवश्यक छन्, जसले पेशागत धर्म निभाउने मात्रै होइन, असल काम गर्न अरुलाई पनि प्रेरित गर्छन् ।
निर्देशकः अमित भी मसुरकार

२) अज्जी (४/५)
कलाकारः शुषमा देशपाण्डे, स्मिता तम्बे, शर्वानी सूर्यवंशी, अभिषेक बेनर्जी, सुधीर पाण्डे
टिप्पणीः अपराधको विकृत र विषाक्त तस्बिरबीच न्यायको खोजी गर्ने यो फिल्मले भन्छ– न्याय पाउनु सबैको वशको कुरा होइन ।
निर्देशकः देवाशिष मखिजा

३) वृत्तचित्र– एन इनसिग्निफिकेन्ट म्यान (४/५)
पात्रः अरविन्द केजरीवाल, योगेन्द्र यादव, मनीष सिसोडिया, सन्तोष कोली
टिप्पणीः यो वृत्तचित्रले अरविन्द केजरीवाल र उनको भर्खरै स्थापित आम आदमी पार्टी (आप)ले दिल्ली विधानसभा चुनावी अभियान सुरु गर्दादेखिको अवस्थालाई पछ्याउँछ । राजनीतिक मैदानमा आपले कसरी आफ्नो झन्डा गाड्यो भन्ने सविस्तार यो वृत्तचित्रमा छ ।
निर्देशकः खुब्बु रांका र विनय शुक्ला

४) सेक्रेट सुपरस्टार (४/५)
कलाकारः आमिर खान, जाइरा वासिम, मेहर भिज, राज अरुण, तीर्थ शर्मा
टिप्पणीः राम्रो सुपरस्टार गायक हुने सपना देख्ने किशोरी जाइरा र उनका परम्परागत पिता राज अरुणबीचको संघर्षसँगै आमा–छोरीको कसिलो सम्बन्ध देखाउने यो फिल्मले सपना पछ्याउन प्रेरणा दिन्छ ।
निर्देशकः अड्भैट चन्दन

५) बरेली की बर्फी (४/५)
कलाकारः आयुषमान खुराना, कृति सनुन, राजकुमार राव, पंकज त्रिपाठी, सीमा पह्वा
टिप्पणीः फ्रान्सेली लेखक निकोलस बर्रेउद्वारा लिखित ‘दि इन्ग्रिडेन्ट्स अफ लभ’मा आधारित यो फिल्म सानो सहर बरेलीको सेटमा छ । आफ्नै खुसीले जीवन बाँच्न खोज्ने बिट्टी (कृति)ले सधैं विवाहको दबाबलाई पन्छाइरहे पनि चिराग दुबे (आयुषमान) र प्रितम विद्रोही (राजकुमार) नामक दुई पात्रको आगमनपछि जीवनले अर्कै मोड लिन्छ । यो फिल्म हिन्दी सिनेमाका लागि ‘हुर्रे’ हो ।
निर्देशकः अश्विनी ऐयर तिवारी

६) ट्वाइलेटः एक प्रेमकथा (४/५)
कलाकारः अक्षय कुमार, भूमि पेडनेकर, दिभ्यन्दु, सुधीर पाण्डे, अनुपम खेर
टिप्पणीः शौचका लागि खेत वा जंगलतिरै जानुपर्छ भन्ने भारतीय परम्परागत रुढीवादी सोचलाई कसिलो झापड हान्ने यो फिल्म सामाजिक चेतना कसरी निर्माण हुन्छ भन्ने जान्नका लागि पनि हेर्नुपर्छ ।
निर्देशकः श्रीनारायण सिंह

७) लिपस्टिक अन्डर माई बुर्खा (४/५)
कलाकारः कोनकोना सेन शर्मा, रत्ना पाठक शाह, आहना कुम्रा, प्लबिता बोरठाकुर
टिप्पणीः दैनन्दिनको जीवनभन्दा फरक जीवन बाँच्न खोज्दा झुट, छलको सहरा लिनुपर्ने केही प्रतिनिधि महिलाहरूका कथालाई अलनक्रिता श्रीवास्तवले सुन्दर ढंगमा उतारेकी छन् ।
निर्देशकः अलनक्रिता श्रीवास्तव

८) मम (४/५)
कलाकारः श्रीदेवी, अक्षय खन्ना, नवाजुद्दिन सिद्दकी, अदनान सिद्दिकी, अभिमन्यू सिंह, सजल अली
टिप्पणीः आमाहरु शक्ति र ऊर्जाका प्रतीक हुन् । यो फिल्मले त्यही दर्शनलाई टेको दिएर सुन्दर कथा भन्छ ।
निर्देशकः रवि उदयावर

९) हिन्दी मिडियम (४/५)
कलाकारः इरफान खान, सबा कुमर, दीपक दोब्रियाल
टिप्पणीः भाषाले हाम्रो समाजलाई कसरी ध्रुवीकृत गरिरहेको छ भन्ने मूल विषय उठाएर यो फिल्मले कथित उपल्लो वर्ग (जसले अंग्रेजीलाई मात्रै सबथोक देख्छ)लाई झापड हानेको छ ।
निर्देशकः संकेत चौधरी

१०) बाहुबली–२ः दि कन्क्लुजन (४/५)
कलाकारः प्रभास, राना डग्गुवती, अनुष्का शेट्टी, सत्यराज, तमन्ना, नसार, रम्य कृष्णन
टिप्पणीः बाहुबलीलाई ‘जज’ नगर्नुस्, केवल यसको मजा लिनुस् । यो त्यस्तो भिजुअल क्यानभासमा बनेको छ, जसका लागि भारतले गर्व गर्नुपर्छ ।
निर्देशकः एसएस राजामौली

११) पूर्णा (४/५)
कलाकारः अदिती इनामदार, एस मारिया, राहुल बोस, धृतिमन चटर्जी, हिबा शाह, ज्ञानेन्द्र त्रिपाठी, अरिफ जकिरा
टिप्पणीः ‘पूर्णा’ भारतीय युवतीहरूका लागि मात्रै प्रेरणादायी होइन, तिनका लागि पनि हो, जसले सबै पुराना मूल्य–मान्यताविरुद्ध आफ्नै मानक तय गर्छन् । १३ वर्षीया तेलांगना किशोरी मालाभात पूर्णा सर्वोच्च शिखर सगरमाथा चढ्ने कान्छी आरोही हुन् । यो फिल्म उनकै जीवनमा आधारित छ ।
निर्देशकः राहुल बोस

१२) जोली एलएलबी–२ (४/५)
कलाकारः अक्षय कुमार, हुमा कुरेशी, अनु कपुर, सौरभ शुक्ला
टिप्पणीः छेपारोले रंग फेरेझैं आफूलाई परिस्थितिअनुसार विभिन्न रूपमा बदमासीका लागि तयार पार्ने अक्षय कसरी ‘समाजका लागि केही गर्ने’ बाटोमा लाग्छन्, यो फिल्मले त्यही कथा भन्छ । कानुनी किताब नपढे पनि सडकमा च्याम्बर राखेर वकालत गर्ने अक्षयले अदालतका कोठाबाटै सिकेर आफूलाई जोली एलएलबी बनाउन गरेको संघर्ष नै यो फिल्मको मूल कथावस्तु हो । यसक्रममा आइपर्ने कठिनाइ र त्यसलाई समाधान गर्न अक्षयले गरेको संघर्ष रोमाञ्चकारी छ ।
निर्देशकः सुवास कपुर

१३) काबिल (४/५)
कलाकारः हृत्विक रोशन, यमी गौतम, रोनित रोय, रोहित रोय, नरेन्द्र झा
टिप्पणीः यो बदलाभावले भरिएको फिल्म हो । तर, रोचक के छ भने बदला लिनेले आँखा देख्दैन । यो फिल्म हृत्विकको चामत्कारिक कामका लागि हेरिनुपर्छ । ‘कोइ मिल गया’, ‘गुजारिश’जस्ता चलचित्रमा शारीरिक अपांगतालाई जबर्जस्त रूपमा न्याय गर्न सफल हृत्विकले ‘काबिल’मा दृष्टिविहीन भएर दर्शकका आँखामा चमक ल्याइदिएका छन् ।
निर्देशकः सञ्जय गुप्ता

१४) टाइगर जिन्दा है (३.५/५)
कलाकारः सलमान खान, कट्रिना कैफ, सुदीप, अंगद बेदी, गिरिश कर्नाड, परेश रावल आदि ।
टिप्पणीः तर्कका आधारमा कुरा गर्ने हो भने यो फिल्ममा त्यस्ता कैयौं दृश्य छन्, जसलाई पत्याउन सकिँदैन । तर, त्यस अतिरिक्त अरु त्यस्ता दृश्य पनि छन्, जसले एक्सन फिल्म र सलमानका फ्यानलाई खुसी तुल्याउँछन् ।
निर्देशकः अली अब्बास जफर

१५) फुक्रे रिटन्र्स (३.५/५)
कलाकारः पुलकित सम्राट, वरुण शर्मा, मनोज सिंह, अली फजल, रिजा चड्ढा, प्रिया आनन्द, पंकज त्रिपाठी आदि ।
टिप्पणीः सन् २०१३ को हिट ‘फुक्रे’को सिक्वेल यो फिल्म हास्यप्रधान हो । यसले दर्शकलाई मजाले घुमाउँछ ।
निर्देशकः मृगदीप सिंह लाम्बा

१६) तुम्हारी सुलु (३.५/५)
कलाकारः विद्या बालन, नेहा धुपिया, मानव कौल
टिप्पणीः मूल भूमिकामा रहेकी विद्या बालनको परिस्कृत र रमाइलो अभिनयले यो फिल्मलाई सुन्दर बनाएको छ । यो सम्पूर्ण परिवार बसेर हेर्न सकिने मनोरञ्जनात्मक फिल्म हो ।
निर्देशकः सुरेश त्रिवेणी

१७) दि हाउस नेक्स्ट डोर (३.५/५)
कलाकारः सिद्धार्थ, एन्ड्रिया जेरेमिया, अतुल कुलकर्नी, अनिशा भिक्टर
टिप्पणीः यदि तपाईं हाँस्नका लागि मात्रै यो फिल्म हेर्न खोज्नुहुन्छ भने एकपटक विचार गर्नुस् । यसले तपाईंलाई ‘हरर’ को स्वाद दिनेछ ।
निर्देशकः यू. मिलिन्ड राउ

१८) करिब करिब सिंगल (३.५/५)
कलाकारः इरफान खान, प्रभाती, नेहा धुपिया, ल्युक केन्नी
टिप्पणीः अनेक तडकभडकयुक्त फिल्म अपेक्षा गर्नुभएको छ भने यो तपाईंका लागि बनेको होइन । यदि होइन भने योगी (इरफान) र जया (प्रभाती)को ‘केमेस्ट्री’ले तपाईं मुसुक्क हाँस्ने बनाउनेछ । नितान्तर फरक सोच र संवेदना भएका योगी र जया डेटिङ एपबाट परिचित भएपछि र उनीहरू ऋषिकेष यात्रामा निस्केपछि आउने अनेक रस्साकस्सीले फिल्मलाई हेर्नलायक बनाएको छ ।
निर्देशकः तनुजा चन्द्रा

१९) इत्तेफाक (३.५/५)
कलाकारः सिद्धार्थ मलहोत्रा, अक्षय खन्ना, सोनाक्षी सिन्हा
टिप्पणीः अक्षय खन्नाले किन धेरै फिल्म खेल्दैनन् भन्ने रहस्य यो फिल्मले उद्घाटन गर्छ । सस्पेन्स थ्रिलर ‘इत्तेफाक’ हेरुन्जेल तपाईंलाई सिटबाट उठ्न मन लाग्नेछैन ।
निर्देशकः अभय चोपडा

२०) रुख (३.५/५)
कलाकारः मनोज बाजपेयी, स्मिता तम्बे, कुमुद मिश्र, आदर्श गौरव
टिप्पणीः थ्रिलर फिल्म भन्नेबित्तिकै हामीमा एक किसिमको सोच उत्पन्न हुन्छ । घटना, परिघटना र दृश्यको गति सम्झन्छौं । तर, ‘रुख’ले आफ्नै किसिमको मानक तयार गरेको छ । अरु थ्रिलरजस्तो फटाफट कथा–उपकथा यसमा पाउँदैनौं । एकदमै प्राकृतिक गतिमा हिँडेको यो फिल्मले लामो समयसम्म सोध्न बाध्य पार्छ ।
निर्देशकः अतानु मुखर्जी

बलिउडका १२ अबिबाहित नायिकाहरु

पुस ११ ,-अभिनेत्री अनुष्का शर्माले २९ बर्षकी भएकी छन् । उनले गत ११ डिसेम्बरमा क्रिकेटर बिराट कोहलीसँग विवाह गरेकी हुन् । इटलीमा गरिएको उनको विवाहमा थोरै मात्र आफन्त सहभागी थिए ।

२९ बर्षकी अनुष्काले हतारो गर्दै विवाह गरिसक्दा पनि ३० बर्ष नाघेका बलिउड अभिनेत्री भने अझै चुप बसेका छन् । बलिउडका ति १२ अभिनेत्री जो ३० पार गरिसक्दा पनि अबिबाहित छन् ।

प्रियंका चोपडा

प्रियंका बलिउडमा मात्र सिमित छैनन् । उनले हलिउड चलचित्रमा पनि आफ्नो अभिनय कला प्रदर्शन गरिसकेकी छन् । अहिले ३५ पुगेकी प्रियंका विवाहका लागि प्रफेट पार्टनरको खोजिमा रहेकी छन् ।

 

दीपिका पादुकोण

दीपिका पछिल्लो समय पद्यावती चलचित्रको कारणले चर्चामा छिन् । ३१ लागेकी दीपिकाको अहिले विवाहको कुनै योजना रहेको छैन । ‘अहिले करियर तिर ध्यान दिइरहेकी छु’ उनले भन्ने गरेकी छन् । २००७ मा निर्माण भएको चलचित्र ‘ओम शान्ती ओम’बाट शाहरुख खानका साथ बलिउड अभिनय डेब्यु गरेकी हुन् ।

 

ज्याकलीन फन्डाडिज

ज्याकलिनले बलिउडमा केही हिट चलचित्र दिएकी छन् । २००९को चलचित्र ‘अलादिन’ बाट बलिउड डेब्यु गरेकी उनी अहिले ३२ लागेकी छन् । उनको लगन अझै जुर्न सकेको छैन ।

 

कट्रीना कैफ

कट्रीना प्रदर्शनरत चलचित्र ‘टाइर जिन्दा है की अभिनेत्री हुन् । गत शुक्रबारबाट प्रदर्शनकमा आएको यो चलचित्रले बलिउडमा तहल्का पिटिरहेको छ । अभिनेता सलमान खानकी पुर्व पे्रमिका समेत रहेकी उनी अहिले ३४ मा हिडिरहेकी छन् । २००३ को ‘बुम’ चलचित्रबाट उनले अभिनयमा सुरु गरेकी हुन् ।

 

नरगिस फाखरी

बलिउडकी सेक्सी अभिनेत्री मध्यकी एक नरगिस पनि हुन् । २०१२ को चलचित्र ‘रक स्टार’बाट अभिनयमा डेब्यु गरेकी फाखरी अहिले ३८ टेकेकी छन् ।

 

सोनम कपुर

३२ बर्षीया सोनमको चर्चा बलिउमा पछिल्लो समय सेलाएको छ । २००७ को चलचित्र ‘सावरिया’बाट अभिनयमा डेब्यु गरेकी उनका केही चलचित्र हिट छन् ।

 

अमिषा पटेल

पछिल्लो समय बलिउडमा अमिषाको चलचित्र कम आएको छ । ‘गदर एक प्रेमकथा’ जस्तो हिट चलचित्रकी नायिका अमिषाले ‘कहो ना प्यार हे’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । २००० मा सार्वजनिक यो चलचित्रले अभिनेता ऋतिक रोशनलाई समेत स्टार बनाएको थियो ।

 

डायना पेन्टी

३२ की डायना अहिले कुनै अभिनेतासँगको अफियरमा छैनन् । २०१२ को चलचित्र ‘ककटेल’बाट उनले अभिनयमा डेब्यु गरेकी हुन् ।

 

नेहा धुपिया

एक समय बलिउड अभिनयमा छाएकी थिइन् नेहा । केही हिट चलचित्र दिएकी नेहाका केही चलचित्र सुपर फ्लप समेत छन् । २००३ को ‘कयामत’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी उनी अहिले ३७ बर्ष पुगेकी छन् ।

 

शमिता सेट्टी

शमिता अभिनेत्री शिल्पा सेट्टीकी बहिनी पनि हुन् । २००० मा यसराज फिल्मस्को ब्यानरबाट बनेको चलचित्र ‘मोहबब्त्ते’ बाट उनले बलिउड डेब्यु गरेकी हुन् । केही चलचित्रमा आइट नम्बर गरेर समेत धमाका मच्चाएकी शमिता केही अगाडि डान्सिङ रियालटी सोमा समेत देखिएकी थिइन् । ३८ लागि सक्दा पनि उनको अझै लगन जुर्न सकेको छैन ।

 

सुस्मिता सेन

सुस्मिता पुर्व मिस युनिभर्स पनि हुन् । १९९६ को ‘दस्तक’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी सेन अहिले ४२ वर्षकी भएकी छन् । पछिल्लो केही समययता उनका चलचित्र सार्वजनिक भएका छैनन् ।

 

तब्बु

१९८२ मा ‘बजार’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी तब्बुले बलिउडमा दर्जन हिट चलचित्र दिएकी छन् । रोनाधोना र एक्सनले भरिएको चलचित्रमा प्राय देखिने ‘तब्बु’ ४६ टेकिसकेकी छन् । तर पनि उनले आफ्नो लागि मिस्टर राइट छान्न सकेकी छैनन् ।

रातोपाटी

सलमान खानको चलचित्र ‘टाइगर ज़िंदा है’ले तिन दिनमा कमायो ११५ करोड

पुष १० -बलिउड स्टार सलमान खान र कैटरीना कैफ स्टारर चलचित्र ‘टाइगर ज़िंदा है’लेबक्स अफिसमा तिन दिनमा सय करोड बढी व्यापार गरेको छ ।शुक्रबार बाट प्रदर्शनमा आएको ‘टाइगर ज़िंदा है’ले पहिलो तिन दिनमा मात्रै ११४.९३ करोड कमाएको छ ।

शुक्रबार पहिलो दिन ३४.१०, दोस्रो दिन ३५.३० र तेस्रो दिन ४५.५३ करोड को कलेक्सन गर्दै यस वर्षको सबैभन्दा चाँडो सय करोड क्लबमा इन्ट्री गर्न सफल भएको छ ।

भारतमा मात्रै ४६०० पर्दामा रिलिज भएको करीब १ सय ५० करोडको लागतमा निर्माण यस चलचित्रले पहिलो चार दिनमा नै आफ्नो लगानी उठाउने देखिएको छ ।आज सोमबार पनि क्रिशमसको बिदा परेकोले चलचित्र ४० करोडको हाराहारीमा व्यापार गर्ने अनुमान गरिएको छ ।

यसै वर्ष प्रदर्शनमा आएको सलमानको ‘ट्युबलाइट’ बक्स अफिसमा असफल भए पछि सलमानलाई यस चलचित्रले ठुलै राहत दिएको छ ।चलचित्रलाई समीक्षक तथा दर्शकको राम्रो प्रतिक्रिया सगै चलचित्रले २०० कर्दो माथिको व्यापार गर्ने अनुमान गर्न थालिएको छ ।

२०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट चलचित्र ‘एक था टाइगर’को सिक्वेल हो । अलि अब्बास जफार निर्देशित ‘टाइगर ज़िंदा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् ।

सन्नी लियोनीलाई यस बर्ष सबै भन्द बढी गुगलमा खोजियो

पुस १० , २०७४-मुम्बई – वर्ष २०१७ बिदा हुने क्रममा छ । त्यसैले यो बर्ष लोकप्रियताको हिसावले बलिउड कलाकार को को अगाडि रहे ? कसका लागि २०१७ चर्चा योग्य भयो ।

गुगलमा सबैभन्दा बढि कुन अभिनेत्री वा अभिनेता खोजिए ? सबैको चासोको बिषय हो यो । ती ६ कलाकार, जो यसबर्ष गुगलसर्चमा धेरै खोजिए ।

१ सन्नी लियोनी
पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सन्नीको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ । यो बर्षको उत्कृष्ट १० अभिनेत्रीको सूचिमा पनि सन्नी अटाएकी छन् । सन्नीलाई अहिले अन्तराष्ट्रिय शो म्यान भसैज वाइल्समा पनि एंकरिङको जिम्मा मिलेको छ ।

२ अर्शी खान
अर्शी खान अफगानिस्ता मुलकी हुन् । बिगबोसको हिस्सा बनेर उनी चर्चामा समेत रहन सफल भइन् । बिग बोसमा भएको बिवादले उनी सबैभन्दा बढि चर्चित बनिन् ।

३ सपना चौधरी
सपना हरियाणकी डान्सर हुन् । जीवनका उतार चढावका कारणले उनी हमेशा चर्चामा छाउने गरेकी छन् । बिग बोसको हिस्सा बनेर उनले धेरै चर्चा समेत कमाएकी थिइन् । बिगबोस बाट बाँहिरिए पछि पनि उनको चर्चामा कमी आएन । सपना छिट्टै चलचित्रमा देखिने भएकी छन् ।

४ बिद्या वाक्स
बिद्या भारतीय मुलकी गायिका हुन् । उनले आफ्नो गीत युट्युव मार्फत सार्वजनिक गर्ने गरेकी छन् । उनले बनाएको रिमिङ गीत धेरै मन पराइएको छ । गुगल सर्चमा यी गायिका चौथो स्थानमा छिन् ।

५ दिशा पटानी
अभिनेत्री दिशा पटानी आफ्नो बोल्ड तस्बिरका कारणले हमेशा चर्चामा रहने गरेकी छन् । उनको अर्काे चर्चाको बिषय अभिनेता टाइगर श्राफसँगको चलचित्र ‘बघी २’ समेत बनेको छ ।

६ सुनील ग्रोवर
सुनील ग्रोवर द कपिल शर्मा सोमा डाक्टर मशहुर गुलाटीको भुमिकामा देखिने ब्यक्ति हुन् । यो शोमा उनले गुत्थी र गुलाटी दुबै भुमिकाबाट दर्शक रिझाउन सफल छन् । अहिले उनले कपिल शर्मा शो बाट आफुलाई अलग राखेका छन् ।
एजेन्सी

सलमान खानको चलचित्र ‘टाइगर ज़िंदा है’को बम्पर ओपनिङ्ग कलेक्सन

शुक्रबार बाट प्रदर्शनमा आएको बलिउड स्टार सलमान खान र कैटरीना कैफ स्टारर चलचित्र ‘टाइगर ज़िंदा है’ले शानदार कलेक्सन गरेको छ। चलचित्रले भारतमा ४६०० पर्दा बाट बम्पर कलेक्सन गर्दै पहिलो दिन मात्रै बक्स अफिसमा३३३.७५ करोडको बम्परओपिङ्ग ओपनिङ्ग कलेक्सन गरेको छ ।

यसै वर्ष प्रदर्शनमा आएको सलमानको ‘ट्युबलाइट’ बक्स अफिसमा असफल भए पछि सलमानलाई यस चलचित्रले ठुलै राहत दिएको छ ।करीब १ सय ५० करोड लागतमा निर्माण यस चलचित्रले पहिलो हप्प्ता नै आफ्नो लगानी उठाउने देखिएको छ ।

चलचित्रले यस बर्ष प्रदर्शनमा आएको बाहुबली 2 (हिंदी वर्जन)को ४१ करोडको ओपनिङ्ग कलेक्सन भने तोड्न सकेन ।चलचित्रलाई समीक्षक तथा दर्शकको राम्रो प्रतिक्रिया सगै चलचित्रले २०० कर्दो माथिको व्यापार गर्ने अनुमान गर्न थालिएको छ ।

२०१२ मा रिलिज भएको कबीर खान निर्देशित सुपरहिट चलचित्र ‘एक था टाइगर’को सिक्वेल हो । अलि अब्बास जफार निर्देशित ‘टाइगर ज़िंदा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।

यस बर्षको सबै भन्दा बढी पहिलो दिन ओपनिङ्ग कलेक्सन गर्ने चलचित्रहरु

बाहुबली 2 (हिंदी वर्जन)- 41 करोड़

‘टाइगर जिंदा है’ – 33.75 करोड़

‘गोलमाल अगेन’- 30 करोड़

‘ट्यूबलाइट’- 21.15 करोड़

‘रईस’- 20.42 करोड़

रेखालाई चुम्बन गर्दै संगीतकार आनन्दजी

बलिउड क्षेत्रकी चर्चित अभिनेत्री रेखालाई यस वर्षको स्मिता पाटिल मेमोरियल अवार्डबाट सम्मानित गरिएको छ ।मुम्बईमा आयोजित विशेष कार्यक्रममा संगीतकार आनन्दजीले रेखालाई अवार्ड हस्तान्तरण गरे । कार्यक्रममा स्मिताका छोरा प्रतीक बब्बर र सम्मानित अभिनेत्री रेखाले आफ्ना अनुभव साटासाट गरेका थिए ।

‘स्मिताको नाममा अवार्ड पाउँदा मलाई एकदमै खुसी लागेको छ । तपाईंहरूले जे निर्णय गनुभयो त्यो उचित छ । मलाई लाग्छ, यो अवार्डको हकदार म नै हुँ’, अवार्ड थापेपछि रेखाले भनिन् ।

‘मैले अवार्ड पाएर मात्रै स्मिताको तारिफ गरेको होइन । अभिनेत्रीका रूपमा उनी ब्रिलियन्ट हुन्’, उनले भनिन्, ‘अरू कोही र मभन्दा पनि उनी उत्कृष्ट हुन् । यो अवार्ड प्रत्येक दुई वर्षमा प्रदान गरिन्छ।