Saturday , 23 February 2019
News update
Home >> bollywood (page 3)

bollywood

सलमान खानको चलचित्र ‘भारत’ को टिजर रिलिज (भिडियो )

बलिउडका स्टार सलमान खानको नया चलचित्र ‘भारत’ को टिजर रिलिज भएको छ । टिजरमा सलमानका भिन्न–भिन्न रुप देखिएको छ, जसमा उनको वृद्ध रुप पनि देखिएको छ ।

टिजरको सुरुवात भारत–पाकिस्तानको विभाजनको दृश्यबाट सुरु भइरहेको छ । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् ।

चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् ।चलचित्रमा सलमान सगै तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।चलचित्र इदमा रिलिज हुदैछ ।

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासीलाई नचाउने

वलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरवासी नचाउने भएकी छन् । १६ माघमा मोरङमा आयोजना हुने ‘एक दिने अन्तराष्ट्रिय म्युजिक महोत्सव’ उनले आफ्नो प्रस्तुति मार्फत विराटनगरवासी नचाउने भएकी हुन् ।

आयोजक मिस्टी डान्स गाइजले इटहरीका एक कार्यक्रम गर्दै ‘एक दिने अन्तर्राष्ट्रिय म्युजिक महोत्सव’ को बारेमा जानकारी दिएको हो । ग्लोबल डिस्मको व्यवस्थापनमा गरिने महोत्सवमा राखीको अलवा नेपाली कलाकारको समेत प्रस्तुति रहने आयोजक संस्था मिस्टी डान्सका समिल अन्सारीले जानकारी दिए ।

????????????????????????????????????

महोत्सवमा गीत, नृत्य तथा फेसन शो समेत रहने आयोजकको भनाई रहेको छ । गोपाल फन पार्क विराटनगरमा आयोजना गरिने महोत्सव हेर्नका हर्नेका लागि आयोजकले टिकट शुल्क समेत राखेको छ ।

रोहित शेट्टीले ‘सिंघम’ र ‘सिम्बा’ जस्तै लेडी पुलिसको कथामा फिल्म बनाउने

रोहित शेट्टी सुपरहिट फिल्म दिन जती माहिर छन् त्यती नै एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर मानिन्छन् । हालै मात्रा रोहितको ‘सिम्बा’ ले धमाकेदार ब्यापार गर्न सफल भयो । ‘सिम्बा’ रोहितको करियरको सबै भन्दा सफल फिल्म बनेको छ ।

‘सिम्बा’ को सफलता लगत्तै रोहित अर्को फिल्मको तयारीमा जुटिसकेका छन् । ‘सिम्बा’ फ्लोरमा रहेकै बेला उनले उक्त फिल्म बनाउने योजना बनाएका थिए । उनको अर्को फिल्मको नाम हो ‘सूर्यवंशी’ । अक्ष्य कुमारलाई लिएर उनले ‘सूर्यवंशी’ बनाउने योजना बनाएका हुन् । जस अनुरुप ‘सूर्यवंशी’ मा अक्ष्य कुमार रहने यस अघी नै पक्का भईसकेको थियो । रोहित फिल्ममा हिरो भन्दा पनि हिरोईन छान्न समय लिने गर्दछन् । ‘सूर्यवंशी’मा त्यस्तै भएको छ ।

अझ रमाइलो कुरा त के छ भने ‘सूर्यवंशी’ फ्लोरमा नजादै रोहित अर्को फिल्म बनाउने योजनामा पुगिसकेका छन् । एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर रोहितको दिमाखमा नयाँ फिल्मको काहानी आएको उनले बताएका छन् । अहिले सम्म हिरोलाई लिडमा राखेर फिल्म बनाईरहेका उनी अब भने हिरोईनलाई लिडमा राखेर फिल्म बनाउने योजनामा रहेका छन् ।

उसो त रोहितलाई फिल्ममा हिरोईनको भूमिका कमजोर राख्ने गरेको आरोप पनि बेला बेलामा लाग्ने गर्दछ । तर उनी यो कुरालाई अस्विकार गर्दछन् । यही बिचमा उनले हिरोईनलाई लिडमा राखेर फिल्म बनाउने योजना बनाएका हुन् । पुलिस अफिसरको काहानीमा सुपरहिट फिल्म बनाईसकेका रोहितले हिरोईनलाई लिडमा राखेर बनाउने फिल्म पनि पुलिस अफिसरकै काहानीमा बन्ने बताईएको छ ।

उक्त फिल्ममा हिरोईनलाई ‘सिंघम’ को अजय देवगन तथा ‘सिम्बा’ को रणबीर सिंह जस्तै पुलिस अफिसरको भूमिकामा प्रस्तुत गरिने छ । फिल्ममा कसलाई हिरोईन लिने भन्ने बिषयमा भने अहिले नै केही बताउन नसक्ने रोहितको भनाई छ । फिल्मको काम छिट्टै सुरु हुनेछ ।

विक्की कौशलको फिल्म ‘उरी’ले कमायो १०० करोड

बलिउड अभिनेता विक्की कौशलको फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ले बलिउड फिल्म उद्योगमा एक नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । यस फिल्मले १०० करोडको व्यापार गर्दै सानो बजेटमै बनेका फिल्महरु मध्ये कम समयमै १ सय करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ । फिल्म ‘उरी–द सर्जिकल स्ट्राइक’ ४० करोडको बजेटमा बनेको हो ।

पाकिस्तानी आतंककारीहरुको हमलापछि भारतीय सैनिकले गरेको सर्जिकल स्ट्राइकमा आधारित कहानीमा फिल्म निर्माण भएको छ । फिल्मले प्रदर्शनको १० औं दिनमा १ सय करोड कमाएको हो ।

सन् २०१९ को जनवरी ११ मा प्रदर्शनमा आएको यस फिल्मले प्रदर्शनको पहिलो दिनमै ८ करोड २० लाख रुपैयाँ कमाएको थियो । त्यसपछि प्रदर्शनको पाँचौं दिनमा ५० करोड कमाएको थियो भने आठौं दिनमा ७५ करोड र १० औं दिन सम्ममा १ सय करोडको व्यापार गर्न सफल भएको छ ।चलचित्रले सोमबार सम्म ११५ करोड ८७ लाख कमौना सफल भएको छ ।

निर्देशक आदित्य धारको निर्देशन रहेको फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशलका साथै यामी गौतम र परेश रावलको पनि महत्वपूर्ण भूमिका रहको छ ।

शाहरुख खानको ‘डन ३’ छायांकनको तयारीमा

सुपरहिट बलिउड फिल्म ‘डन दि चेज बिगिन्स’ को सिक्वेल ‘डन ३’ को स्क्रिप्ट तयार भएको छ । ‘डन’ र ‘डन २’ को सफलता पछी ‘डन ३’ बन्न लागेको हो । ‘डन ‘ सन् २००६ मा रिलिज भएको थियो भने ‘डन २’ २०११ मा रिलिज भएको थियो । दुई सिरिजको सफलता पछी बन्न लागेको तेस्रो सिरिजको नाम ‘डन – दि फाइनल चेप्टर’ राख्ने तय भएको छ ।

भारतीय संचारमाध्यमहरुका अनुसार ‘डन ३’ को स्क्रिप्ट तयार भएको छ र छिट्टै फ्लोरमा जाने तयारी रहेको छ । फिल्मको लागि अन्य कलाकारहरु फाइनल भईसकेको पनि लिड अभिनेत्री भने अझै फाइनल हुन सकेको छैन । शाहरुख खानले प्रियंका चोप्डालाई ‘डन ३’ आफ्नो अपोजिटमा देख्न चाहेका छन् । तर निर्माण युनिट भने नयाँ अभिनेत्रीको खोजीमा रहेको छ ।

स्रोतका अनुसार शाहरुख ‘डन ३’ कै लागि भनेर राकेश शर्माको बायोपिक फिल्ममा हात झिकेका छन् । ‘डन ३’ मा निर्देशक फरहान अख्तरको पनि अभिनय रहने बताईएको छ ।फिल्ममा अख्तरको भूमिका निकै महत्वपूर्ण हुने स्रोतको दाबी रहेको छ । फिल्म यही बर्षको मे बाट फ्लोर जाने योजना रहेको छ ।

रोहित शेट्टीको ‘सूर्यवंशी’मा अक्षय कुमार र ज्याक्लिन फर्नान्डेजले रोमान्स गर्ने

रोहित शेट्टी सुपरहिट फिल्म दिन जती माहिर छन् त्यती नै एउटा फिल्मको सेटमा हुँदा हुँदै अर्को फिल्म बारे योजना बनाउन माहिर मानिन्छन् । हालै मात्रा रोहितको ‘सिम्बा’ ले धमाकेदार ब्यापार गर्न सफल भयो । ‘सिम्बा’ रोहितको करियरको सबै भन्दा सफल फिल्म बनेको छ ।

‘सिम्बा’ को सफलता लगत्तै रोहित अर्को फिल्मको तयारीमा जुटिसकेका छन् । ‘सिम्बा’ फ्लोरमा रहेकै बेला उनले उक्त फिल्म बनाउने योजना बनाएका थिए । उनको अर्को फिल्मको नाम हो ‘सूर्यवंशी’ । अक्षय कुमारलाई लिएर उनले ‘सूर्यवंशी’ बनाउने योजना बनाएका हुन् । जस अनुरुप ‘सूर्यवंशी’ मा अक्षय कुमार रहने यस अघी नै पक्का भईसकेको थियो । रोहित फिल्ममा हिरो भन्दा पनि हिरोईन छान्न समय लिने गर्दछन् । ‘सूर्यवंशी’मा त्यस्तै भएको छ ।

केही दिन अघी सम्म ‘सूर्यवंशी’ मा कटरिना कैफ अक्षय को अपोजिटमा रहने चर्चा चलेको थियो । तर हालै आएर रोहितले त्यसको खण्डन गरेका छन् । ‘सूर्यवंशी’ मा कटरिना अक्षय को अपोजिटमा रहने कुरामा कुनै सत्यता नभएको रोहितले बताएका छन् । यस्तै उनले फिल्मको लागि ज्याक्लिन फर्नान्डेज सँग कुरा गरेको खुलासा भएको छ । अक्षय को अपोजिट रोलका लागि ज्याक्लिन सँग कुरा भएको र ज्याक्लिनको समय मिलेको खण्डमा उनी नै फिल्मको हिरोईन हुनेछिन् । अक्षय र ज्याक्लिनले यस अघी ‘ब्रदर्स’ मा सँगै काम गरेका थिए । फिल्मको लागि करिना कपुर सँग पनि कुरा भएको तर करिनाबाट कुनै जवाफ नआए पछी अब ज्याक्लिन नै अक्षयको हिरोईन हुने पक्का पक्की जस्तै रहेको छ ।

बलिउडका सात महँगा आईटम गर्ल्स

बलिउडका अधिकाशं फिल्ममा आइटम गीत राख्ने गरिन्छ । आइटम गीतकै कारण फिल्मले हाईप पनि पाउने गरेको छ । आइटम गीतलाई बलिउडमा निकै महत्व समेत दिने गरिन्छ । बिशेष गरी बिग ब्यानरका गीतहरुमा आइटम गीतलाई निकै महत्व दिने गरिन्छ ।

‘मुन्नी बदनाम’, ‘शिलाकी जवानी’ ,’चिक्नी चमेली’ जस्ता आइटम गीतले बलिउडमा ठुलै तहल्का मच्चाईसकेको छ । बलिउडका चर्चित अभिनेत्रीहरु समेत आइटम गर्लको रुपमा परिचित रहेका छन् । कतीपय अभिनेत्रीले फिल्म भन्दा पनि आइटम गीतबाट नाम र दाम कमाईरहेका छन् । आइटम गर्ल्सको डिमाण्ड पनि ठुलै हुने गरेको छ । प्रस्तुत छ बलिउडका सात महँगा आईटम गर्ल्सको सुची :

७) उर्वशी रौटेला
उर्वशी रौटेलाले केही फिल्ममा मुख्य पात्रको रुपमा काम गरेपनी उनी आइटम गर्लको रुपमा बढी रुचाईएकी छिन् । उर्वशीले एउटा आइटम गीतको लागि ५० लाख भारु सम्म लिने गरेकी छिन् ।

६) मलाईका अरोरा
‘दबंग’ को ‘मुन्नी बदनाम’ बोलको आइटम गीत निकै रुचाईएको आइटम गीत हो । यो गीत प्राय जस्तो पार्टी तथा विवाह समारोहमा निकै घन्किने गर्दथ्यो । यो गीतकी आइटम गर्ल हुन् मलाइका अरोरा । मलइकाको ‘अनारकलि डिस्को चली’ अर्को सुपरहिट आइटम गीत हो । चर्चित आइटम गर्ल मलइका एउटा आइटम गीतको लागि २ करोड सम्म लिने गर्दछिन् ।

५)ज्याक्लिन फर्नान्डेज

यो सुचीमा पर्ने अर्को नाम हो ज्याक्लिन फर्नान्डेज । अभिनेत्री ज्याक्लिन फर्नान्डेज आइटम गर्लको रुपमा पनि निकै चर्चित छिन् । ज्याक्लिनले आइटम डान्स गरेको ‘किक’ को ‘झुम्मेकी रात’ निकै चर्चित रहेको थियो । तिनै ज्याक्लिन एउटा आइटम गीतको लागि २ करोड सम्म पारीश्रमिक लिने गर्दछिन् ।

४) दिपिका पादुकोण
दिपिका पादुकोणलाई बलिउड क्विनको रुपमा चिनिने गरिन्छ । यसका अलावा उनिलाई आइटम गर्लको रुपमा पनि दर्शकहरुले निकै रुचाएका छन् । ‘ह्याप्पी न्यु एयर’ को ‘लव्ली’ बोलको आइटम गीत दिपिकाको हिट आइटम गीतको हो । फिल्ममा अभिनेत्रीको रुपमा महँगो पारीश्रमिक लिने दिपिका आइटम गीतको लागि पनि महँगो पारीश्रमिक लिने गर्दछिन् । उनी एउटा आइटम गीतको लागि ३ भारु सम्म लिने गर्दछिन् ।

३) कटरिना केफ
कटरिना केफ अभिनेत्रीको रुपमा जती चर्चित छिन् आइटम गर्लको रुपमा पनि त्यती नै चर्चित छिन् । कटरिनाको ‘शिलाकी जवानी’, ‘चिक्नी चमेली’ जस्ता आइटम गीत निकै चर्चित छन् । कटरिना एउटा आइटम गीतको लागि ३ करोड लिने गर्दछिन् ।

२) प्रियंका चोप्डा
प्रियंका चोप्डा बलिउडमा मात्र नभई हलिउडमा पनि चर्चित छिन् । यस्तै उनी बलिउडमा आइटम गर्लको रुपमा समेत चिनिने गर्दछिन् । ‘जन्जिर’ को पिंकी’, दोस्तानाको ‘देशी गर्ल’ चर्चित आइटम गीत हुन् । उनी एउटा आइटम गीतको लागि ३ देखी ४ लाख सम्म लिने गर्दछिन् ।

१) सन्नी लियोनी
एक समय पोर्न स्टारको रुपमा चर्चित सन्नी लियोनी पछील्लो समय बलिउडमा आइटम गर्लको रुपमा परिचित रहेकी छिन् । पोर्न फिल्म छोडेर बलिउडका फिल्ममा काम गरेकी सन्नीलाई फिल्मले नाम दिन नसके पनि आइटम गीतले भने नाम र दाम मज्जाले दिईरहेको छ । तिनै सन्नी बलिउडकी सबै भन्दा महँगो आइटम गर्ल हुन् । सन्नीले एउटा आईटम गीतको लागि ४ देखी ५ करोड सम्म लिने गरेकी छिन् । उनी सर्वाधिक महँगी आइटम गर्ल हुन् । सन्नीको ‘शुट आउट एट वडाला’ को ‘लैला’ , ‘रईज’ को ‘लैला मै लैला’ जस्ता आइटम गीतहरु निकै चर्चित रहेका छन् ।

कमेडी चलचित्र ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउडको सफल चलचित्र ‘धमाल’को तेस्रो सिक्वेल ‘टोटल धमाल’को ट्रेलर सार्वजनिक गरिएको छ । २००७ मा रिलिज भएको ‘धमाल’ सुपरहिट भए पछि २०११ ‘डबल धमाल’ निर्माण गरिएको थियो ।

कमेडी चलचित्र ‘टोटल धमाल’को ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु अजय देवगन, अनिल कपूर , माधुरी दीक्षित , अरशद वारसी , रितेश देशमुख , जावेद जाफरी, जॉनी लीवर र ईशा गुप्तालाई देख्न सकिन्छ ।

यस अघि रिलिज भएको कमेडी चलचित्र ‘धमाल’ सञ्जय दत्त, जावेद जाफरी, रितेश देशमुख र अरशद वारसी मुख्य भूमिका थिए ।त्यस्तै ‘डबल धमाल’मा पनि चलचित्र ‘धमाल’ क कलाकारको नै मुख्य अभिनय रहेको थियो ।यो चलचित्रले पनि बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो ।

‘टोटल धमाल’लाई पनि यस अघिका सिरिज निर्देशन गरेका इन्दर कुमारले निर्देशन गरेका हुन् ।चलचित्र २२ फरवरीमा रिलिज हुदैछ ।चलचित्रको केहि दिन अघि सार्वजनिक पोस्टरलाई सबैले मन पराएका थिए ।

‘मणिकर्णिका’को विरोध गरिरहेका करणी सेनालाई कंगना रनावतको कडा जवाफ

भारतीय अभिनेतृ कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ यही जनवरी २४ मा रिलिज हुँदैछ ।तर रिलिज हुनु अघि नै यो फिल्म पनि विवादमा परेको छ । यस अघि फिल्म ‘पद्मावत’ को चर्को विरोध गरेको करणी सेनाले फिल्म ‘मणिकर्णिका’ को पनि विरोध गर्दै धम्की दिएको छ ।

यस अघि आफ्नो फिल्म ‘पद्माावत’ को विरोध हुँदा अभिनेत्री दीपिका पादुकोण कुनै प्रतिक्रिया नदिएर चुप लागेकी थिइन् । तर अभिनेत्री कंगना रनावतले भने धम्की दिने करणी सेनालाई कडा जवाफ फर्काएकी छिन् ।

कंगनाले करणी सेनाको धम्कीको जवाफमा भनेकी छिन्, ‘म कसैसँग डराउँदिन । म नलडिकन यत्तिकै हिम्मत हार्ने छैन । चारजना इतिहासकारले फिल्म ‘मनिकर्णिका’ हेरिसकेका छन् । सेन्सर बोर्डले पनि यस फिल्मलाई सर्टिफिकेट दिइसकेको छ ।

हामीले यी सबै कुरा करणी सेनालाई बताइसकेका छौँ । तर पनि उनीहरु हामीलाई लगातार दुख दिइरहेका छन् । यदि करणी सेनाले यो काम बन्द गरेन भने म पनि एक राजपुत हुँ । एक–एकलाई नष्ट गरिदिनेछु।’

करणी सेनाले फिल्म ‘मणिकर्णिका’ मा झाँसीकी रानी, लक्ष्मी बाईको भूमिकालाई गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप लगाएका छन् ।
उनीहरुले फिल्म रिलिज हुनुअगाडि आफूहरुलाई फिल्म देखाउनुपर्ने माग गरिरहेका छन् । यदि यसो गरिएन भने फिल्म रिलिज हुन नदिने धम्की दिइरहेका छन् । साथै फिल्म हलमा समेत तोडफोड गर्ने धम्की पनि दिइरहेका छन् ।

‘अन्दाज अपना अपना’ काे रिमेकमा रणवीर सिंह र वरुण धवन

सन् १९९४ को सलमान खान र आमिर खानको सुपरहिट फिल्म ‘अन्दाज अपना अपना’को रिमेक बन्ने खबर सार्वजनिक भएसँगै यस फिल्मका अभिनेताहरुको पनि चर्चा भइरहेको छ ।

हालै सार्वजनिक खबरहरुका अनुसार यस फिल्ममा अभिनेता रणवीर सिंह र वरुण धवनले अमर र प्रेमको भूमिका निर्वाह गर्ने बताइएको छ ।
९० को दशकको सुपरहिट कमेडी फिल्म ‘अन्दाज अपना अपना’ को निर्देशन राज कुमार सन्तोषीले गरेका थिए । र अब बन्ने यस फिल्मको निर्माण विनय सिन्हा र प्रीति सिन्हाले गर्नेछन् ।

२५ वर्ष अघिको फिल्म ‘अन्दाज अपना अपना’ मा अभिनेत्री रविना टण्डन, करिश्मा कपूरको पनि मुख्य भूमिका थियो । साथै यस फिल्मबाट शक्ति कपूर क्राइम मास्टर गोगोको रुपमा निकै नै चर्चित भएका थिए ।

खबरहरुका अनुसार अब बन्ने फिल्म ‘अन्दाज अपना अपना’को पुरानो फिल्मको कथा र परिवेशसँग कुनै सम्बन्ध हुनेछैन । अब बन्ने फिल्ममा कथा तथा परिवेश नयाँ हुनेछ ।

फिल्ममा अमरको भूमिकाको लागि रणवीर सिंहलाई र प्रेमको भूमिकामा वरुण धवनलाई अप्रोच गरिएको छ । अभिनेता रणवीर सिंह र वरुण धवन वास्तविक जीवनमा पनि असल साथी भएका कारण यो जोडीले फिल्म मार्फत पनि दर्शकको मन जित्न सफलहुने चर्चा चलिरहेको छ ।

रणवीर र वरुण कुनै पार्टी वा कार्यक्रममा भेट हुँदा एकअर्कासँग रमाइलो गरिरहेका देखिन्छन् । तर फिल्ममा भने यी दुवै पहिलो पल्ट एकसाथ स्क्रिन शेयर गर्नेछन् । अहिले  भने अभिनेता वरुण धवन उनको फिल्म ‘एबीसिडी ३’ को छायांकनमा व्यस्त छन् ।

अभिनेता रणवीर सिंहको फिल्म ‘सिम्बा’ ले यतिबेला बक्स अफिसमा धमाकेदार कमाइ गर्दै सुपरहिट भइसकेको छ भने उनको अर्को फिल्म ‘गली ब्वाय’ फेब्रअरी १४ मा प्रदर्शन हुनेछ ।