Saturday , 20 October 2018
News update
Home >> bollywood (page 30)

bollywood

‘बजरंगी भाइजान’को गीतबिरुद्ध अदालतमा संगीतकार ।

adnaan_sm_650_072315121505अहिले बलिउडमा तहल्का पिटिरहेको सलमान खानको फिल्म ‘बजरंगी भाइजान’को चर्चित गीतको कारण फिल्म विवादमा तानिएको छ । फिल्मको ‘भर्दो झोली’ बोलको कवाली गीत लाई बिनाअनुमति फिल्ममा राखिएको भन्दै पकिस्तानी संगीतकार अमजद साबरीले अदालत जाने निर्णय गरेका हुन । उनले आफ्नो पिताको गीत भर्दो झोलीलाई परिवारको अनुमति बिना नै फिल्ममा समावेश गरिएको आपति जनाएका हुन ।
उनी अब कानुनी न्यायका लागि भारतको अदातल जानेछन । उनले भारत आउनका लागि भिसा लिइसकेको उनका निकटस्थहरु बताउछन । उनले सलमान फिल्मस र राकलाइन वेकटशलाई पनि कानुनी नोटिश पठाइसकेका छन ।
बजरंगी भाइजानले भने १५० करोडभन्दा बढिको ब्यापार गरिसकेको छ । सलमानसँगै हर्षाली, करिना, नवाजुद्धिन लगायतको अभिनय रहेको छ । फिल्मलाई कबिर खानले निर्देशन गरेका हुन ।

‘बजरंगी भाइजान’को कलाकार नवाजुद्दीन सिद्धकीको पिताको निधन

Nawazuddin Siddiquiबॉलीवुड स्टार हिरो सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले बॉक्स ऑफिसमा धुम मचाई रहेको छ ।यसै बिच आज एउटा न राम्रो समाचार आएको छ ।चलचित्रमा सलमान सगै मुख्य भूमिकामा देखिएका कलाकार नवाजुद्दीन सिद्धकीको पिताको निधन भएको छ ।उत्तर प्रदेशको सहारनपुर बस्ने नवाजुद्दीन सिद्धकी पिता नवाबुद्दीन सिद्दीकीलाई मुटुमा समस्या देखिए पछि हस्पिटल लैजादै गर्दै बाटोमा नै निधन भएको थियो ।उनको धेरै अघि देखि मुटुको समस्यामा देखिएको थियो ।चलचित्र ‘बजरंगी भाइजान’मा पाकिस्तानी पत्रकारको अभिनयले सबैको मन जित्न सफल नवाजुद्दीन सिद्धकीले चलचित्रले सानदार कमाई गरेको बेला पिताको निधनले ठुलै दुखित गराएको छ ।

सलमान खानको ‘बजरंगी भाइजान’ले तिन दिनमा कमायो १०२.२५ करोड

बॉलीवुड स्टार हिरो सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले बॉक्स ऑफिसमा धुम मचाऊन सफल भएको छ ।चलचित्र प्रदर्शन भएको तिन दिनमा नै सय करोडको क्लबमा सामेल भएको छ ।सलमानको नया चलचित्र ‘बजरंगी भाइजान’ले उनको पुरानो चलचित्रको केहि रेकड तोड्न सफल भएको छ ।
Bajrangi Bhaijaanफिल्मले प्रदर्शनमा आएको दिन शुक्रबार मात्र २७.२५ करोडको कमाई गरेको थियो भने शनिबार ३६.५० करोड र आईतबार ३८.५० करोडको कलेक्सन गरेको छ ।सलमान खान यस चलचित्रले बॉक्स आफिसमा एक दिन धेरै कमाउने सलमानको चलचित्र बन्न पुगेको छ ।आईतबार ३८.५० करोड कमाउन सफल यस चलचित्र सलमानको एक्कै दिनमा धेरै कमाउने चलचित्र पनि बनेको छ । प्रदर्शनमा आएको तिन दिनमा नै सय करोड कमाउने यो नै सलमानको पहिलो चलचित्र बन्न पुगेको छ । प्रदर्शनमा आएको तिन दिनमा ‘बजरंगी भाइजान’ १०२.२५ करोड कमाएको छ ।तेस्तै चलचित्र ‘बजरंगी भाइजान’ले भारत बाहिर पनि तिन दिनमा ३२ करोड कमाउन सफल भएको छ ।
bajrangi bhaijaan (1)सलमानको पछिल्लो फिल्महरुको कमाईको रेकड तोड्दै गएको चलचित्र ‘बजरंगी भाइजान’ले सलमानको फिल्मको पुरानो रेकड सबै तोड्ने सक्ने अनुमान गरिएको छ । चलचित्र हेरेका दर्शकको राम्रो प्रतिक्रिया पाएको यस चलचित्र हेरेका दर्शकहरुले फिल्मको खुलेर तारिफ गरेका छन ।सलमान सगै हर्षाली मल्होत्रा र नवाजउद्दिनको अभिनयले खुब मन पराएका छन् ।कबिर खान निर्देशित फिल्ममा सलमान खान , करिना कपुर, हर्षाली मल्होत्रा,नवाजुद्धिन सिद्दिकी लगायतको मुख्य अभिनय छ ।

गिनिज बुकमा लेखियो ‘बाहुबली’को नाम ।

500x500x5901-baahubali-world-record.jpg.pagespeed.ic.VZW6GnZwrkअघिल्लो शुक्रबार विश्वब्यापी रिलिज फिल्म ‘बाहुबली’ले गिनिज बुक अफु वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ । फिल्मले संसारमै अहिलेसम्मको सबैभन्दा ठुलो पोस्टर को लागि गिनिज बुकमा स्थान पाएको हो ।
बाहुबलीको पोस्टर ५० हजार बर्गफिटको बनाइएको थियो । जुन संसारमै अहिलेसम्म ठुलो र फराकिलो पोस्टर हो । यसबाहेक पनि फिल्मले कयौ विश्वरेकर्डहरु कायम गरेको छ । भारतमा त फिल्मले सबै रेकर्ड तोडेको छ ।
फिल्म बिश्वमै सर्वाधिक कमाई गर्ने उत्कृष्ट १० फिल्मभित्र पनि परिसकेको छ । एमएस राजमौली निर्देशित फिल्मको यो सफलतालाई भारतीय फिल्मकर्मीले अनपेक्षित मानेका छन ।
प्रभाष, राणा डग्गुवति, अनुष्का शेट्टी, तमन्ना लगायतको अभिनित फिल्मले नेपाली दर्शकको समेत मन जितिरहेको छ ।

‘बजरंगी भाइजान’ले पहिलो दिन कति कमायो ?

Bajarangi-Bhaijaan1स्टार हिरो सलमान खान अभिनित ‘बजरंगी भाइजान’ले रिलिजको पहिलो दिन रेकर्ड राख्न सफल भएको छ । फिल्मले शुक्रबार मात्र २७.२५ करोडको कमाई गरेको हो । यो सलमानको अघिल्लो फिल्म ‘किक’को भन्दा धेरै हो ।
यो कमाईलाई बिश्लेषकहरुले उत्कृष्ट मानेका छन । त्यसो त फिल्मले ३० करोडभन्दा बडि कलेक्सन गर्न सक्ने अनुमान थियो । पहिलो दिनभन्दा दोस्रो तथा तेस्रो दिनमा फिल्मको कमाई बढ्ने अनुमान छ ।
फिल्म भारतको ५००० सिनेमा घरहरुमा रिलिज भएको थियो । मुम्बई, पुणे, हैदरावाद लगायत शहरहरुमा फिल्म हाउस फुल छ ।
कबिर खान निर्देशित फिल्ममा सलमानसँगै करिना कपुर, नवाजुद्धिन सिद्दिकी लगायतको मुख्य अभिनय छ । फिल्ममा पकिस्तानी बालिकाको कथा देखाइएको छ ।
नेपालमा पनि फिल्मले जबरदस्त कमाई गरेको छ । फिल्म हेरेका दर्शकहरुले फिल्मको खुलेर तारिफ गरेका छन ।

शाहरुख खान की ‘रईस’ र सलमान खानको ‘सुल्तान’ भिड्दै , ‘रईस’को फस्ट लुक पोस्टर सार्वजनिक

11745822_1664361733777530_6537377603280585983_n
बॉलीवुडको बादशाह शाहरुख खानको नया चलचित्र ‘रईस’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको फस्ट लुक पोस्टर शाहरुख खानले आफ्नो ट्विटर बाट सार्वजनिक गरेका हुन् ।
11709777_1664361717110865_549539095773013275_nफिल्ममा शाहरुख गैंगस्टरको रोलमा देखिदै छन् । फिल्मलाई राहुल ढोलकियाले निर्देशन गरेका हुन् । चलचित्र ‘रईस’शाहरुख अलावा नवाजुद्दीन सिद्दीकी साथ पाकिस्तानी अभिनेत्री माहिरा खान पनि बॉलीवुडमा डेब्यू गर्दै छिन् ।चलचित्र ‘रईस’अर्को बर्षको ईदमा रिलिज गरिदै छ । २०१६को ईदमा शाहरुख खान की ‘रईस’ सगै सलमान खानको चलचित्र ‘सुल्तान’ पनि रिलीज हुने भएको छ । सलमान खानको ‘सुल्तान’ र शाहरुख खान की ‘रईस’ सगै रिलिज हुने भए पछि बॉलीवुडमा अहिले यो बिषय ठुलै चर्चाको बिषय बन्न पुगेको छ ।

सलमानको ‘बजरंगी भाईजान’लाई ‘बाहुबली’ले द्रोश्रो हप्तामा टक्कर दिदै

bahubaliभोलि बाट प्रदर्शनमा आउन लागेको बॉलीवुड स्टार सलमान खान की बहुप्रतीक्षित फिल्म ‘बजरंगी भाईजान’ ले धेरै सिनेमा घर नपाउने भएको छ ।गत हप्ता बाट प्रदर्शनमा आएको चलचित्र ‘बाहुबली’ले धेरै चलचित्र हलमा द्रोश्रो हप्तामा पनि प्रदर्शन हुने भए पछि सलमानको फिल्म ‘बजरंगी भाईजान’ ठुलै असर पर्ने देखिएको छ ।सलमानको ‘बजरंगी भाईजान’लाई ‘बाहुबली’ले द्रोश्रो हप्तामा प्रदशन हुदा पनि ठुलै टक्कर दिने भएको छ ।
bajrangi baahubaliप्रदर्शन भएको दिन बाट हरेक दिन हरेक रेकर्ड आफ्नो नाम गर्न सफल चलचित्र ‘बाहुबली’ले सलमानको ‘बजरंगी भाईजान’ ठुलै चुनौती दिएको छ ।बिशेष गरेर दक्षिण भारतमा सलमानको नया चलचित्रको लागि धेरै कम मात्रामा हल पाउने भए पछि निर्माताहरुको अहिले चलचित्र ‘बाहुबली’ टाउको दुखाई बनेको छ ।एस. एस. राजमौलीको चलचित्र ‘बाहुबली’ मा प्रभाष, राणा डग्गुबाती, अनुष्का शेट्टी ,तमन्ना भाटिया लगायतको मुख्य भूमिका रहेको छ ।250 करोड़ लगानीमा निर्माण भएको यस चलचित्रले छ दिनमा २४५ करोड माथिको व्यापार गरि सकेको छ ।चलचित्र ‘बाहुबली’को सलमानले यस अघि नै राम्रो भनेर तारिफ गरि सकेका छन् ।आफ्नो फिल्मको प्रमोसनको बेला सलमानले “बॉलीवुड मा ‘बाहुबली’जस्तो ”लार्जर दैन लाइफ” फिल्म निर्माण हुन्छ भनेर तारिफ गरेका हुन् ।
bajrangi

सलमान खानले गरे आफुले निर्माण गरेको चलचित्र ‘हीरो’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

heroनिखिल आडवाणीको निर्देशन रहेको चलचित्र ‘हीरो’ ट्रेलर सार्वजनिक गरिएको छ ।बॉलीवुड स्टार अभिनेता सलमान खान आफ्नो फेसबुक पेज मार्फत चलचित्र ‘हीरो’ ट्रेलर सार्वजनिक गरेका हुन् ।अभिनेता सलमान खान र सुभाष घईले निर्माण गरेको चलचित्र ‘हीरो’ मा ।आदित्य पंचोली छोरा सूरज पंचोली र सुनील शेट्टीको छोरि आथिया शेट्टीको मुख्य अभिनय रहेको छ ।चलचित्रमा जैकी श्रॉफ , मनीक्षी शेषाद्रिको पनि मुख्य भूमिका रहेको छ ।सलमानले ‘सलमान खान प्रोडक्शंस’ मार्फत चलचित्र निर्माण गर्न लागेका हुन् ।चलचित्र यहि सेक्टेम्बर ११ बाट प्रदर्शनमा आउदै छ ।

भारतीय अभिनेत्रीको सामुहिक बलात्कार ।

Rape_heroinएक भारतीय अभिनेत्री सामुहिक बलात्कारको सिकार भएकी छिन । उनको नाम गोप्य राखिएको छ । उनले थुप्रै मराठि फिल्महरुमा अभिनय गरेकी छिन ।
औरंगाबाद अपराध शाखा को प्रहरीका अनुसार मुम्बईमा बस्ने ती अभिनेत्रीलाई चार जनाले बलात्कार गरेका हुन । बलात्कार गर्नेमा मराठि फिल्मकै निर्माता रहेको बताइन्छ ।
निर्माता गोविन्द चितलांगे गिरफतार भइसकेका छन भने अन्य तीन फरार छन । आइतबार फिल्मको पारिश्रमिक लिन गएको बेला अभिनेत्रीको बलात्कार भएको हो । उनी दुई महिनायता अंबड गाउँमा फिल्म लाहनपनको छयांकन गरिरहेकी थिइन ।

रहेनन् महान संगीतकार MS बिश्वनाथन ।

m-s-viswanathan-647_071415084718महान भारतीय संगीतकार एम एस विश्वनाथनको निधन भएको छ । उनको आज बिहान ८८ बर्षको उमेरमा निधन भएको हो ।
उनको बुधबार मात्र अन्तिम संस्कार गरिने परिवारीक स्रोतले जनाएको छ । उनी उमेरका कारण कमजोर र बिरामी थिए । लामो समययता रोगि रहेका उनको चार छोर र तीन छोरीहरु रहेका छन ।
प्राय सबैजसो दक्षिण भारतीय फिल्ममा उनको संगीत सुन्न सकिन्छ । अझ बिशेष गरि तमिल फिल्महरुमा उनको संगीत कहिल्यै छुट्दैन ।
केरलाको पलक्कडमा जन्मिएका उनले १००० भन्दा बढि फिल्ममा संगीत दिएका छन । उनको निधनले भारतीय सँगीतले ठुलो क्षति बेहोर्नुपरेको भारतीय फिल्मकर्मीहरुले बताएका छन ।