Sunday , 16 December 2018
News update
Home >> bollywood (page 4)

bollywood

फिल्म फ्लप भए पछि दर्शकसँग आमिर खानले मागे माफी

फिल्म ठग्स अफ हिन्दोस्तान बक्स अफिसमा फ्लप भयो । फिल्मबाट जे आशा गरिएको थियो त्यसको उल्टो नतिजा आयो । अमिताभ बच्चन, आमिर खान जस्ता चर्चित अभिनेताले पनि फिल्मलाई हिट बनाउन सकेनन् । दर्शकको अपेक्षाअनुसारको नतिजा दिन नसकेपछि दुखी आमिर खानले फिल्म हेर्ने दर्शकहरुसँग माफी मागेका छन् ।

आमिरले भने ‘म ठग्स अफ हिन्दोस्तानको साथमा जनताको अपेक्षा अनुसार सही बन्न सकिन । यसको पूरा जिम्मेवारी म लिन्छु । मलाई लाग्छ कि हामीबाट गल्ती भयो । हामीले पूरा कोसिस गर्यौं तर शायद हामी कहीँ न कहीँ चुक्यौं । केही दर्शक छन् जसलाई फिल्म मन परेको छ तर यस्ता दर्शकको संख्या निकै कम छ ।’

आमिरले अगाडि भने ‘जो दर्शक मेरो फिल्म हेर्न आएका थिए म उनीहरुसँग माफी माग्छु कि म उनीहरुलाई उति मनोरञ्जन दिन सकिन । मैले कोसिस भने पूरा गरेको थिएँ । दर्शक ठूलो अपेक्षासहित मेरो फिल्म हेर्न गए र उनीहरुलाई फिल्म राम्रो लागेन यसले मलाई निकै नराम्रो महसुस भएको छ । म मेरा फिल्मको निकै नजिक रहन्छु । मेरा फिल्म मेरा सन्तानजस्तै हुन् ।’

हिरोइनलाई भेट्न नपाएपछि कांग्रेस नेताले गरे मञ्चमै कुटाकुट

भारत मध्य प्रदेश विधानसभा चुनावको प्रचारका लागि शिवपुरी पुगेकी कांग्रेस नेता तथा अभिनेत्री नगमालाई भेट्न नपाएपछि भारतीय कांग्रेसका दुई नेताबिच मञ्चमा कुटाकुट भएको छ ।

नगमाले जब उनीहरुलाई रोक्ने प्रयास गरिन् तब कार्यकर्तासँग पनि उनको बहस भयो । विवाद भएपछि उनीहरुको हातबाट माइक खोसेर उनले सभालाई सम्बोधन गरिन् ।

नगमाले समयमा आउन नसेकेको भन्दै जनतासँग माफि मागिन् र यसको कारण प्रदेशको मुखिया शिवराज सिंह चौहानलाई दोष लगाइन् । चौहानले सडक राम्रो नबनाएका कारण समयमा पुग्न असफल भएको उनको भनाइ थियो ।

नगमाको वस्तविक नाम नन्दिता अरविन्द मोराराजी हो । उनी तेलगु र तामिलकी कलाकार हुन् । साथसाथै उनले हिन्दी तेलगु, तामिल, भोजपुरी, मलायम,कन्नड फिल्म खेलेकी छिन् । नगमा मध्य प्रदेशमा स्टार प्रचारको रुपमा कांग्रेसको लागि चुनाव प्रचार गरिरहेकी छिन् । सबै गरेर उनले ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् ।

बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै

पछिल्लो हिनासम्म बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू’ अभियान विस्तारै सेलाउँदै गएको छ । अहिले आएर यो अभियान निकै कमजोर भएको छ ।

आरोप लागेकाहरुमाथि कुनै कारवाही भएको छैन । यही कारण अहिले आरोप लगाउने हिरोइनहरु समेत पछि हट्न थालेका छन् । चर्चित निर्देशक सुभास घइमाथि आरोप लगाएकी हिरोइन केट शर्मा पछि हटेकी छिन् ।

नायिका केट शर्माले निर्देशक सुभास घइमाथि जबरजस्ती किस गर्न खोजेको आरोप लगाएकी थिइन् । अहिले उनले मुम्बई प्रहरीलाई आफूले मुद्दा अगाडि नबढाउने जानकारी दिएकी छिन् । उनले ‘मी टू’ अभियानप्रति आइरहेको प्रतिक्रियाबाट आफू निराश भएको बताएकी छिन् ।

उनले ‘मी टू’ अभियानलाई मजाक बनाइएको समेत बताएकी छिन् । उनी अब आफ्नी आमाको उपचारमा ध्यान केन्द्रित गर्ने सोचमा छिन् । उनले प्रहरीले मुद्दा दर्ता मात्र गरेको तर यति धेरै आरोप लागिसक्दा पनि कुनै पनि आरोपीलाई पक्राउ गर्न नसकेको आरोप लगाएकी छिन् ।

शाहरुख खानलाई कलिङ्ग सेनाले कालोमोसो दल्ने धम्की

भारतकाे अाेडिसा राज्यकाे स्थानीय संगठन कलिङ्ग सेनाले बलिउड अभिनेता शाहरुख खानको विरोध गरिरहेको छ ।कलिङ्ग सेनाले हाल गरिरहेको विरोधको कारण भने १७ वर्ष पुरानो फिल्म ‘अशोका’ हो । यस फिल्ममा शाहरुख खानको मुख्य भूमिका रहेको थियो ।

यही नोभेम्बर २७ मा ओडिसाको कलिङ्गा स्टेडियममा पुरुष हकी वल्र्डकपको उद्घाटन भइरहेको छ ।  त्यस उद्घाटन समारोहमा शाहरुख खान पनि सहभागी भइरहेका छन् । तर शाहरुख खान उपस्थित हुने खबरपछि कलिङ्ग सेनाले खानको विरोध गरिरहेको हो ।

उक्त संगठनले शाहरुख खानको विरोध गरेपछि ओडिसाको प्रहरीले खानको सुरक्षा बढाउने निर्णय लिएको छ ।

१७ वर्षअघि शाहरुख खानले फिल्म ‘अशोका’ मार्फत ओडिसाको इतिहासलाई गलत ढंगले प्रस्तुत गरेर त्यहाँका स्थानीयहरुको भावनामा ठेस पुर्‍याएको भन्दै  कलिङ्ग सेनाले शाहरुख खान ओडिसा आएमा उनको अुहारमा कालोमोसो दल्ने र कालो झण्डा देखाएर विरोध गर्ने धम्की दिएको छ ।

खबरहरुका अनुसार ओडिसामा शाहरुखको विरोध भएपछि स्थानीय प्रहरीले शाहरुखको सुरक्षाको लागि पर्याप्त सुरक्षाको व्यवस्था गर्ने बताइरहेको छ ।

तर शाहरुख खानले अहिलेसम्म कार्यक्रममा उपस्थित हुने नहुने विषयका भने आधिकारिक बयान दिएका छैनन् । विरोधी संगठनको तर्फबाट शाहरुखले उनको फिल्म ‘अशोका’ मार्फत ओडिसाका बासिन्दाहरुको भावनामा ठेस पुर्‍याएकाले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताइरहेको छ ।

इरफान स्वदेश आउनासाथ पुन: अस्पताल फर्किए

लण्डनमा न्यूरोइडोक्राईन नामक क्यान्सरको उपचार गराएर स्वदेश फर्किएका इरफान खान पुन गुपचुप रुपमा लण्डन उडेका छन्। उनी भारत आएको कुरा कसैलाई पनि जानकारी नदिईएको विषयमा कसैले पनि मुख उप्काउन सकेको छैन।

इरफानले अहिले पनि लण्डनमा उपचार गराईरहेका छन्। सुरुमा लण्डन जाँदा मिडियालाई जानकारी गराएका इरफानले फर्किँएपछि र फेरी लण्डन जाने बेलामा मिडियालाई कुनै पनि सूचना दिएनन्। पछिल्लो पटक उनका प्रवक्ताले यस विषयमा खण्डन गरेका छन्।

उनले भनेका इरफान हिन्दी मिडियमको सिक्वलको सुटिंगका लागि आएको र फर्किएको बताएका छन्। तर अब कुल पूजामा भारत आउँदा भने सम्पूर्णसँग कुराकानी गर्ने उनले बताए।

उनका अनुसार इरफान २ दिन भारतमा बसेका थिए। इरफान गत मार्च २० ताका उपचारका लागि भन्दै लण्डन गएका थिए। उनले ५ मार्चका दिन ट्विट गर्दै भनेका थिए – ‘मलाई एक दुर्लभ तर गम्भीर रोग लागेको छ’। त्यसपछि उनी लण्डनकै अस्पतालमा उपचार गराउँदै आएका छन्।

अभिनेत्री सारा खानले भिडियोमा सम्पूर्ण कपडा उतारेपछि भाइरल (भिडियो)

टेलिभिजनमा विभिन्न टेलिशृङ्खलामार्फत बहुचर्चित अभिनेत्री सारा खानले एक म्यूजिक भिडियोको लागि सम्पूर्ण कपडा उतारेपछि भाइरल बनेकी छिन् ।

भिडियो उनको ‘हट र बोल्ड’ अवतारले धेरैको आखाँ तानेको छ । उक्त भिडियो ‘ब्ल्याक हर्ट’ नामक म्यूजिक भिडियोहो । जुन भिडियो २२ नोेबेम्बरमा रिलिज भएको हो ।

टिजरमा साराका कपडा तथा उनको अभिनय साथै ‘न्यूड सीन’ पनि प्रशंसा भइरहेको छ । उनका प्रशंसकहरुले उनलाई उक्त अवतारमा देख्दा धेरैजनालाई विश्वास गर्न मुश्किल भएको बताएका छन् ।

‘जिरो’को रोमान्टिक गीतमा शाहरुख खान र अनुष्का शर्मा (भिडियो)

बलिउडका सुपरस्टार शाहरुख खानको फिल्म ‘जिरो’ को पहिलो गीत ‘मेरे नाम तु’ सार्वजनिक भएको छ ।अनुष्का शर्मा र शाहरुख खानको जोडी रहेको यो रोमान्टिक गीतमा अभय जोध्पुरकर स्वर छ भने अजय -अतुलको संगीत र इर्षद कमिलको शब्द रहेको छ ।

फिल्म ‘जेरो’ मा शाहरुख खानले एक होचा व्यक्तिको भूमिका निर्वाह गरेका छन् । यसअघि सार्वजनिक फिल्मका ट्रेलरहरुबाटै फ्यानहरुको वाहवाही पाइरहेका शाहरुख खानले यो गीत ‘मेरे नाम तु’ बाट पनि राम्रो प्रतिक्रिया पाइरहेका छन् ।

चलचित्रलाई आनन्द एल रायको निर्देशन गरेका हुन् ।फिल्म ‘जेरो’ २०१८ को डिसेम्बर २१ मा प्रदर्शन हुनेछ । फिल्ममा शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको मुख्य भूमिका रहेको छ ।‘जिरो’मा सलमान खान पनि देखिएका छन् ।

अक्षय कुमार र विद्या बालनको फिल्म ‘मिशन मंगल’ विवादमा

अक्षय कुमार र विद्या बालनको नयाँ फिल्म ‘मिशन मंगल’ विवादमा आएको छ। फिल्म निर्माता राधा भारद्वाजले फिल्ममा स्क्रिप्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन्। उनले अदालतसमक्ष फिल्म ‘मिशन मंगल’ को शुटिङ रोक्न र रिलीजन हुनबाट रोक्न अन्तरिम आदेशको माग गरेकी छन्। राधाका अनुसार फिल्म ‘मिशन मंगल’ को मुख्य स्क्रिप्ट उनको थियो। राधाले ‘नीरजा’ का निर्माता रहेका अतुल कासबेकरलाई दुई वर्ष पहिला नै स्क्रिप्ट सुनाइकी थिइन्। र त्यही स्क्रिप्ट उनले विद्या बालनलाई सुनाएका थिए।

राधाको दाबी अनुसार अतुल कासबेकरले ‘नन डिसक्लोजर एग्रीमेन्ट’ को उल्लघंन गर्दै उक्त कथा विद्या बालनलाई सुनाएका थिए। अनि बोर्डमा अक्षय कुमार अन्य मानिसहरु आए। यसै सेरोफेरोमा फिल्मको शुटिङ पनि सुरु गरियो। उनीहरुको उद्देश्य राधाको शुटिङ भइसकेको फिल्म ‘स्पेस एमओएमएस’ अर्थात ‘स्पेस मिशन अन मार्स’ लाई नोक्सा पुर्याउनु थियो। ‘मेरो फिल्ममा ठूला स्टार छैनन्, जबकि अक्षय कुमार भएको फिल्ममा ठूला कलाकार छन्। र ठूला निर्माता पनि यो फिल्ममा संलग्न छन्,’ राधाले भनिन्।

राधाकी वकील सृष्टि ओझाले भनिन्– ‘मंगलयान’ को कथा भन्ने सयौं तरिका छन्। तर राधाको कहानीमा अनौठो एंगल थियो। यो एंगल विमेन इन्जिनियरर्सको थियो। जसका कारणले मंगलयान पठाउन सक्छ। राधाले दुई वर्ष पहिला नै यो कथा लेखेकी थिइन् र यूएस कपीराइट अफिसमा रजिष्टर पनि गराएकी थिइन्। रिसर्चकालागि आफ्ना इन्जिनियरसँग अन्तर्वाता पनि गरेकी थिइन्।’

फेरि राधा भारद्वाजले २०१६ मा अतुल कासबेकरसँग करार सम्झौता गरिन्। अतुलको कम्पनीले राधासँग नन डिसक्लोजर एग्रीमेन्ट साइन गर्यो। जस अनुसार अतुललले फिल्मको कथा कसैलाई पनि सुनाउन पाउँदैन थिए। त्यसो गर्न अतुलले राधासँग लिखित अनुमित लिनुपर्ने थियो। तर त्यसो हुन सकेन। राधाले दर्ता गराएको मुद्दाका अनुसार राधासँग अनुमति नलिइकन अतुलको कम्पनीले विद्या बालनलाई स्क्रिप्ट मेल गर्यो र विद्याले पनि पढिन्। त्यसपछि राधाले अतुलको कम्पनीसँग करार सम्झौता तोडिन्।

यसरी अहिले अतुलको कम्पनी विवादको घेरामा पुगेको छ। अब मुद्दाको फैसला के आउँछ भन्ने हेर्न बाँकी छ। राधाले यसअघि आफ्नो पहिलो फिल्म ‘क्लोज ल्याण्ड’ मार्फत अमेरिकामा अवार्ड जितिसकेकी छन्।

अक्षय कुमार एक अर्को विवादमा फसेका छन्। अक्षयमाथि सच्चा सैदा डेराका प्रमुख गुरमीत राम रहीमको फिल्म ‘म्यासेन्जर अफ गड’ लाई पंजाबमा चलाउनकालागि अकाली दलसँग एक करोडको डिल गराएको आरोप लागेको छ। यो विषयमा एसआईटीले बधबार चण्डिगढ प्रहरी मुख्यालयमा अक्षय कुमारसँग डेढ घण्टा सोधपुछ गरेको थियो।

जवाफमा अक्षय कुमारले आफूमाथि लागेको आरोप फिल्मी कहानीजस्तै मनगढन्ते भएको दाबी गरेका थिए। यसअघि एसआइटीले पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादल र शिरोमणि अकाली दलका प्रमुख सुखबीर सिंह बादलसँग पनि सोधपुछ गरिसकेको छ।

सेन्सरमा २.० लाई कैँची,रिलिज अगाडि नै तोडियो ‘बाहुबली २’ को रेकर्ड

अक्ष्य कुमार र रजनीकान्त अभिनित फिल्म २.० रिलिजको संघारमा रहेको छ । दर्शक माझ ब्यग्र प्रतिक्षा रहेको चलचित्रको ट्रेलरले धमाका मच्चाई रहेको छ । निर्माण घोषणा देखी नै चर्चामा रहेको २.० मा अत्याधिक भिएफएक्स प्रयोग गरिएको छ । बलिउड फिल्मको ईतिहासमा २.० अहिले सम्मकै सबै भन्दा धेरै भिएफएक्स प्रयोग गरिएको फिल्म हो ।

रिलिज डेट नजिकिदै गर्दा फिल्मको बुकिङ्ग धमाकेदार रुपमा भईरहेको छ । यसै बिच प्रदर्शन मिती नजिक आउँदा फिल्मले युए सर्टिफिकेट पाएको छ । फिल्ममा केही परिवर्तन भए पछी अब सबै उमेरका दर्शकहरुले हेर्न पाउने भएका छन् । फिल्ममा रहेको केही सम्बाद मिउट तथा केही सम्बाद परिवर्तन गर्दै सेन्सर बोर्डले युए सर्टिकेट दिएको हो । यस्तै फिल्मको केही सिन ब्लर समेत गरिएको छ ।

फिल्ममा सेन्सरले ७ वटा परिवर्तन गर्न लगाएको छ । अक्ष्य कुमार पहिलो पटक नेगेटिभ रोलमा देखिएको २.० २९ नोभेम्बरबाट प्रदर्शनमा आउँदैछ । एस शंकर निर्देशित फिल्मलाई सुबाशकरणले निर्माण गरेका हुन् ।

चलचित्र २.० ले सेटेलाईट राईट्स ११० करोड रुपैयाँमा बिक्री भएको छ। यो चलचित्र हिन्दी, तमिल र तेलुँगु भाषा गरी जम्मा तीन भाषामा डबिङ्ग भएको छ । जसका कारण चलचित्रले प्रदर्शनमा आउनुभन्दा अगाडि नै २०० करोड रुपैयाँ कमाईसकेको छ।

चलचित्र २.० २ घण्टा २८ मिनेटको चलचित्र हो । भारतीय सञ्चार माध्यमका अनुसार देश भरमा पहिलो दिन २.० को ३३ हजार सम्मको शो रहेको बताएका छन्। यो रेकर्ड बाहुबली २ को भन्दा बढी हो। बाहुबली २ पहिलो दिनमा ३१ हजार शो भएको थियो।

चलचित्र २.० ले रिलिज हुनुभन्दा अगाडि नै अर्को पनि एउटा रेकर्ड बनाउन सफल भएको छ। २.० को करिब १२० करोड रुपैयाँ बराबरको अग्रिम टिकट पनि बुकिङ्ग भएको छ। यो भारतीय इतिहाँसमै सबैभन्दा बढि मुल्यको बिक्री भएको अग्रिम टिकट हो।

आलिया र रणवीर पुगे अस्पताल , आलिया गर्भवती भएको चर्चा

रणवीर कपुरले आलिया भट्टलाई अस्पताल लिएर गएको भिडियो बाहिरिएपछि सामाजिक संजालमा आलिया गर्भवती भएको कुराले चर्चा पाएको छ । मंगलबार रणवीरले आलियालाई मुम्बइको जुहुस्थित एक अस्पताल लिएर गएका थिए । यो घटनाको भिडियो बाहिरिएपछि आलिया गर्भवती भएको चर्चा बढेको हो । सामाजिक संजाल प्रयोगकर्ताहरुले आलिया गर्भवती भएको अड्कल काट्दै विभिन्न ट्रोल बनाइरहेका छन् ।

आलिया गर्भवती भएका कारण रणवीरले अस्पताल लिएर गएका भने होइनन् । ‘ब्रह्मास्त्र’ फिल्मको सुटिङका क्रममा आलियालाई चोट लागेपछि रणवीरले उनलाई लिएर अस्पताल गएका थिए । यी दुई यही फिल्मको सुटिङका क्रममै नजिकिएका हुन् । सुटिङका क्रममा उनीहरु लामो समय बुल्गेरियामा बसेका थिए । त्यही क्रममा उनीहरुबीच निकटता बढेको बताइन्छ । त्यसपछि उनीहरु सोनम कपुरको रिसेप्सन पार्टीमा पनि सँगसँगै थिए ।

एक अन्तरवार्ताको क्रममा आलियाले भने आफूहरु साथीमात्र भएको बताएकी थिइन् तर रणवीरले भने एक अन्तरवार्तामै यही विषयमा सोधिएको प्रश्नमा घुमाउरो पारामा सम्बन्ध स्वीकार गरेका थिए । उनले भनेका थिए ‘यो अहिले नयाँ नै छ यसलाई परिपक्व हुन दिनुहोस् ।’