Sunday , 16 December 2018
News update
Home >> bollywood (page 87)

bollywood

सलमान खान पुन अदालतमा तानिए ।

लिउड अभिनेता सलमान खानको ११ बर्ष पुरानो हिट एण्ड रन केशको दोस्रो ट्रायल मुम्बई स्थित एक अदालतमा सुरु भएको छ । अदालतमा अभियोग पक्षले सलमानको बिरुद्धमा थुप्रै प्रमाण एवं साक्षीहरु पेश गर्ने बताइएको छ ।salmanअभियुक्त सलमानको तर्फबाट भने निर्दोष सावित हुने कुनै प्रमाण नभएको पनि बताइन्छ । यसर्थ यस पटक भने सलमान सजायको भागिदार हुन सक्ने सम्भावना बढेको छ । एक भारतीय मिडियामा उल्लेख छ सलमान अब बच्न मुस्किल छ ।
सलमान खानले सन २००२ मा चलाएको कार बान्द्राको ए १ बेकरीमा ठोक्किएको थियो । त्यसबखत बाहिर आराम गरिरहेका कयौ सर्वसाधारण घाइते हुन पुगेका थिए भने एक को मृत्यु भएको थियो । सलमानलाई तीव्र गतिमा सवारी चलाएको आरोपमा तत्काल गिरफतार गरी जमानतमा रिहा गरिएको थियो ।

हलिउड स्टार जोन ट्रावोल्टा हिन्दी फिल्म खेल्दै।

 र्चित हलिउड अभिनेता जान ट्रावल्टा अब बलिउड फिल्ममा देखिने लगभग पक्कापक्की भएको छ । उनी शेखर कपुरको महत्वकांक्षी फिल्म पानीमा देखिन सक्नेछन ।यसबारेमा ट्रावोल्टा स्वयमले खबर बाहिर ल्याएका हुन । उनले उल्लेख गरेका छन -‘मलाई एक फिल्मको अफर आएको छ, यसबारेमा म बिचार गरिरहेको छु यो फिल्म पुर्ण रुपमा बलिउड फिल्म हो र यसको नाम पानी हो ।’johnउक्त फिल्म खेल्ने या नखेल्ने भन्नेबारेमा बिचाराधीन रहेको ट्रावोल्टाको भनाई छ । ट्रावोल्टाले शेखर कपुरलाई पहिलेदेखि नै चिनीराखेको बताउदै फिल्म पानी मा गीतहरु पनि समावेश हुने बताएका छन । 

यसअघि पनि आफुले विभिन्न हिन्दी फिल्महरु हेरेको जनाउदै ट्रावोल्टाले हिन्दी फिल्म वास्तविक र जीवन्त हुने गरेको उल्लेख गरेका छन । हिन्दी फिल्मले सबैको ध्यान केन्द्रित गराउने भन्दै उनले आफु हिन्दी फिल्मको ठुलो प्रशंसक रहेको पनि बताए । उनले थ्री इडियटस, लगान, क्रिस, रामलीला लगायतको फिल्म हेरेको बताए । साथै आफुलाइै बलिउड अभिनेत्रीहरु प्रियंका चोपडा, दिपीका पादुकोण लगायतका मनपर्ने पनि बताएका छन ।

गल्ती भएपछि झुके शाहरुख। करणवीरलाई दिए गाडी।

लिउड बादशाह शाहरुख खानले टि भी अभिनेता करणवीर बोहोरा लाई गाडि दिएका छन । करवीरको कार मर्मत सम्पन्न नहुन्जेल प्रयोग गर्नको लागी शाहरुखले करणवीरलाई आफनो गाडि दिएका हुन ।saharukh karanbirकेहि दिनअघि शाहरुखको भ्यानिटी भ्यानले करणवीरको कारलाइै ठक्कर दिएपछि पुर्ण रुपमा क्षति पुगेको थियो । उक्त क्षति पुगेलगतै गल्ती भएको भन्दै शाहरुखले करणवीरलाई गाडी दिएको हो । करणवीरको क्षतिग्रस्त कारको सम्पुर्ण मर्मत खर्च पनि बादशाह खानले नै ब्यहोर्नेछ । यस कुराको पुष्टि करणवीर स्वयम ले गरेका छन । उनका अनुसार शाहरुखले सम्पुर्ण मर्मत खर्च ब्यहोर्ने र मर्मत सम्पन्न नहुन्जेल आफुले शाहरुखको गाडि प्रयोग गर्न पाउने सहमति भएको बताए । 

केहि दिनअघि मुम्बई स्टुडियोमा शाहरुखको भ्यानिटि भ्यानले करणवीरको कारलाई ठक्कर दिएको थियो । ठक्कर दिएलगतै शाहरुखको ड्राइभर र म्यानेजरले करणवीरसंग माफि मागेका थिए । यस विषयलाई कुनैपनि कानुनी प्रक्रियामा नलैजान पनि शाहरुखले करणवीरसंग आग्रह गरेका थिए ।

अक्षय कुमार को ‘शौकिन’ । यस्तो छ फस्ट लूक ।

लिउड एक्सन स्टार अक्षयकुमारको नयां फिल्म शौकिन को फस्ट लुक सार्वजनिक भएको छ । अक्षय स्वयमले आफनो फेसबुकमा पोस्टर रिलिज गरेको हो । उनले पोस्टर सार्वजनिक गर्दै लेखेका छन ुमेरी नई फिल्म शौकीन का पहला शॉट। बहुत बेहतरीन दिन है, बहुत बढ़िया लीजा हेडन। बेहतरीन काम किया आपने। आप बड़े परदे के लिए बनी हैुं।
फिल्ममा अक्षयको अपोजिटमा लिजा हेडेनको अभिनय छ । लिजा बिस्तारै बलिउडमा जम्ने क्रममा छिन ।
यसअघि अक्षयले आफ्नो फिल्म गब्बरको पनि यसरी नै फस्टलुक आउट गरेका थिए । स्मरण रहोस अक्षयको फिल्म होलिडे प्रदर्शनको तयारीमा छ । होलिडे अगामी जुन मा रिलिज गर्ने बताइएको छ ।

यस्तो छ फस्ट लूक :

shaukeen

यी हुन सलमान खानको पहिलो प्रेमिका ।

 लिउड सुपरस्टार सलमान खानको पहिलो प्रेमिका संगीता बिजलानी पुन एकपटक मिडियामा चर्चित बनेकि छिन । उनी करिब २० बर्षपछि फिल्ममा फर्किन लागेकाले उनको चर्चा बढेको हो । बताइएअनुसार पछिल्लो समय संगीताको पर्सनल लाइफमा तनाव बढिरहेको छ ।salman-sangitiउनी पछिल्लो केहि समय यता पति एवं चर्चित क्रिकेटर मोहम्मद अजरुद्दिनसंग अलग्गिएर बसीरहेकी छिन । संगीताको यो तनावलाई न्युन गर्नको लागी सलमान खान र उनको परिवारले निकै ठुलो सहयोग गरिरहेको भारतीय सञ्चारमाध्यममा उल्लेख छ । समाचारअनुसार सलमानकै सहयोगले संगीता फिल्म अभिनयमा फर्किन लागेको जनाइएको छ । स्मरण रहोस एक समयकी हट एवं सेक्सी मानिने यी नायिका सन १९९६ मा क्रिकेटर अजरुद्दिनसंग विवाह गरेपछि फिल्मी दुनियाबाट टाढिएकि थिइन । उनी अजरुद्दिनको दोस्रो श्रीमतीको रुपमा भित्रिएकि थिइन । त्यसअघि उनी सलमानसंग लामो समय अफेयरमा रहेकि थिइन । मिस इंडियाको बिजेतासमेत रहेकि संगीता सलमानको पहिलो प्रेमिका थिइन । संगीताकै कारण सलमान हालसम्म अविवाहित रहेको पनि बेलाबेलामा चर्चा चल्ने गर्दछ ।

आमा बन्दै बलिउड नायिका जेनेलिया डिसुजा ।

लिउड अभिनेत्री जेनेलिया डिसुजा आमा बन्ने भएकि छिन । आउदो महिनासम्म उनी आमा बनिसक्ने उनी निकट स्रोतको भनाई छ । यसअघि जेनेलिया गर्भवती रहेको हल्ला बजारमा सुनिएपनि उनी र उनका पति नायक रितेश देशमुखले नकार्दै आइरहेका थिए ।jeneliyaआफुहरुलाई सन्तानलाभ हुन लागेको कुरा गोप्य राख्न चाहने यी जोडीको वास्तविकता त्यतिवेला थाहा भयो जतिबेला आइफा अवार्ड फंसनमा जेनेलिया उपस्थिति भइनन । अवार्ड समारोहमा रितेश एक्लै पुगेका थिए । स्रोतका अनुसार जेनेलिया घरमै अराम गरिरहेको बताइएको छ । यसअघि जुनसुकै सार्वजनिक कार्यक्रममा रितेश र जेनेलिया छुट्ने थिएनन । तर यसपटक रितेश एक्लै देखेर पनि जेनेलियाको डेलिभरी मिति अत्यन्त नजिक रहेको चर्चा चल्न थालेको छ ।
जेनेलिया र रीतेश ले केहि बर्षअघि प्रेमविवाह गरेका थिए । यी दुवै बलिउडमा चिनिएका नाम हुन ।

कण्डम देखाएरै हिट बने रणवीर सिहं ।

लिउड अभिनेता रणवीर सिहको चर्चा एकाएक चुलिएको छ । उनी अरु केहि होइन कण्डमका कारण चर्चित बनेका हुन । पछिल्लो समय उनले खेलेको कण्डमको एक बिज्ञापन युटुबमा सार्वधिक चर्चित बनेको छ ।ranbirबुधबार मात्र रिलिज गरिएको उक्त बिज्ञापनलाई हेर्नेहरुको संख्या मात्र २४ घण्टामै डेढ लाख भन्दा बढि पुगेको छ । बिज्ञापनमा रणवीरको हट र उत्तेजक अवतार देखाइएको छ भने उनले एक र्याप गीतमा खुलेर डान्स गरेका छन । डुयरेक्स कण्डमको सो बिज्ञापनलाई युटुबमा मात्र नभई विभिन्न सामाजिक सञ्जालहरुमा पनि अत्यन्त रुचाइएको छ ।
स्मरण रहोस यसरी कण्डमको बिज्ञापन खेल्ने बलिउडका बिग सेलेब्रेटीमा रणवीर नै पहिलो हुन । यसअघि अन्य बलिउड स्टारहरुलाई यस्ता बिज्ञापनमा अफर आएपनि खेलेका थिएनन ।

बलिउड नायिका प्रियंका चोपडाको दोस्रो एल्बम रिलिज ।

लिउड नायिका प्रियंका चोपडाले आफनो दोस्रो सांगितिक एल्बम ‘आइ कान्ट मेक यु लभ मी’ रिलिज गरेकी छिन । उनले यसअघि पहिलो एल्बम ‘इन माई सिटी एण्ड एग्जाटिक’ निकालेकी थिइन । उक्त एल्बम निकै सफल पनि भएको थियो ।priyankaप्रियंकाले दोस्रो एल्बमलाई आइट्युनमार्फत सार्वजनिक गरेकी हुन । लामो समयको तयारी पछि आएको एल्बमको बारेमा प्रियंकाले ट्वीट गर्दै फैन्सहरुलाई जानकारी गराएकी थिइन । उनले ट्वीटमा सबै गीतको लिस्ट समेत उल्लेख गरेकि छिन ।
प्रियंकाको गीत चर्चित सिंगर बोनी रैटको इलेक्ट्रोपप संस्करण हो । तर प्रियंकाले भने बोनी आफुलाई अत्यन्त मनपर्ने भए पनि उनको गीत र आफ्नो गीतमा धेरै अन्तर रहेको दाबी गरेकि छिन ।

रानीले गरिन सुटुक्क विवाह । पुरा बलिउडले पत्तै पाएन ।

न्तत बलिउड अभिनेत्री रानी मुखर्जी र चर्चित फिल्ममेकर आदित्य चोपडा वैवाहिक बन्धनमा बाधिएका छन । सोमबार राती यी जोडिको विवाह सम्पन्न भएको हो । इटलीमा सम्पन्न गरिएको विवाह समारोहमा दुवै जनाका परिवार र केहि निकट मित्रहरुको मात्र उपस्थिति रहेको थियो ।Rani-Adityaगोप्य रुपमा गरिएको विवाहको बारेमा यश राज फिल्मसले आधिकारीकता सार्वजनिक गर्दै विवाहको पुष्टि गरेको हो । त्यस्तै फिल्म समिक्षक तरन आदर्शले पनि उनीहरुको विवाहको बारेमा पुष्टि गर्दै ट्वीट गरेका थिए ।
यी दुईको विवाहको बारेमा निकै पहिलेदेखि नै चर्चा चलेको थियो । लामो समय अघि देखि प्रेममा रहेका रानी र आदित्य को गत जनवरीमा विवाह हुने चर्चा रहेपनि नभएपछि पुन फेब्रुअरीमा विवाह गर्ने हल्ला चलेको थियो । तर त्यो समयमा पनि विवाह नभएपछि यी दुईको विवाह बलिउड कै लागी प्रतिक्षाको बिषय बनेको थियो । तर बलिउडलाई पत्ता नदिई बलिउडकै दुई स्टारले किन सुटुक्क विवाह गरे त सबैको चासोको बिषय बनेको छ । तर यी दुइलाई बलिउडका विभिन्न स्टारहरुले विभिन्न माध्यममार्फत शुभकामना दिइरहेका छन ।

शाहरुखको भ्यानले करणवीरको कारलाई ठक्कर दियो ।

टक पटक विभिन्न तनाव भोग्दै आइरहेका बलिउड बादशाह शाहरुख खानलाई फेरी नयां तनावआइपरेका छन । समाचारअनुसार शाहरुखको निजी भैनिटी भ्यानले टेलिभिजन स्टार करणवीर बोहोराको कारलाई ठक्कर दिएको छ । ठक्कर दिएपछि करणवीरको कार पुर्ण रुपमा क्षति भएको बताइएको छ । एक प्रत्यक्षदर्शीको अनुसार मुम्बई स्डुडियोबाट बहिरिदै गर्दा शाहरुखको भैनिटी भ्यानले कारलाई ठक्कर दिएका हुन ।saharukhउसबखत कारभित्र शाहरुख भने नरहेको बताइएको छ । ठक्कर पछि शाहरुखको ड्राइभरले करणवीरसंग माफी मागेको बताइन्छ । शाहरुखको म्यानेजरले पनि करणवीरसंग भेटेर यसबारेमा कुनै कानुनी तरिकाले नजान आग्रह गरेका छन । तर यसबारेमा टेलिभिजनका पपुलर अभिनेता करणवीर को कुनै प्रतिक्रिया आएको छैन । बादशाह शाहरुखले पनि यस विषयलाई गोप्य रुपमै समाधान गर्न चाहेको बुझिएको छ ।
को हुन करणवीर ?
करणवीर टेलिभिजन को फेमस अभिनेता हुन । उनलाई एकता कपुरको सिरीयल कसौटी जिन्दगीकिमा प्रेमको भुमिकामा देखिएको थियो । त्यसपछि पनि उनी कयौ टि भी सिरीयलहरुमा देखिएका छन । उनी क्यो कि सास भी कभि बहु थि, शरारत, कभि कभि प्यार कभि कभि यार, जस्ट मोहब्बत र सौभाग्यवती भव लगायतका सिरीयलमा काम गरिसकेका ब्यक्ति हुन । हाल उनी खतरो कि खिलाडिको कन्टेस्टेन्टको रुपमा रहेका छन । karanbir