Saturday , 23 February 2019
News update
Home >> Features

Features

धर्मेन्द्र सेवनको ‘कता हिडेकी’को भिडियोमा नम्रता सापकोटा

गायक धर्मेन्द्र सेवनको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  राजधानीमा एक कार्यक्रम गर्दै ‘कता हिडेकी’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतको शब्द तथा संगीत पनि धर्मेन्द्र कै रहेको छ ।

लामो समयदेखि संगीत क्षेत्रमा रहेर काम गरिरहेका धर्मेन्द्र यस गीतबाट निकै आशावादी छन् । उनी भन्छन्, ‘मैले अहिलेसम्म जति गीत गाए त्यो मेरो बुबाको युगको थियो । अहिले यस गीतलाई युवा पुस्तामा लक्षित गरेर तयार गरेको छु । सायद सबैले यसलाई रुचाउनुहुन्छ होला ।’ गायक धर्मेन्द्र ‘रेशम फिलिलि’ जस्तो सफल गीतका सर्जक बुद्धि परियारका छोरा हुन् ।

उमन वाइवाले तयार पारेको उक्त गीतको भिडियोमा नायिका नम्रता सापकोटाले नृत्य प्रस्तुत गरेकी छिन् । भिडियोमा धर्मेन्द्र र टिम चिटिक्क लाई पनि फिचर गरिएको छ । भिडियोलाई केही फरक र रमाइलो बनाइएको निर्देशक वाइवाले बताए ।
https://www.youtube.com/watch?v=lCKRMbMY2Qw&feature=youtu.be
सोना हाङ राईले खिचेको भिडियोलाई रवी लामाले सम्पादन गरेका छन् । रिकेश गुरुङले एरेन्ज गरेको यस गीतलाई फिरोज बज्रचार्यले मिक्सिङ गरेका छन् ।

पलको जन्मदिनमा ‘वीरविक्रम २’ रिलिज घोषणा

पल शाह स्टारर चलचित्र ‘वीरविक्रम २’ को प्रदर्शन मिति घोषणा गरिएको छ । ‘पिरतीको मिठो तिर्सना’ बोलको गीतले बजारमा फिल्मको राम्रो हाइप बनाएको अवस्थामा निर्माण टिमले शुक्रवार औपचारिक रुपमा प्रदर्शन मिति घोषणा गरेको हो ।

फ्लोरमा नजाँदैदेखि चर्चामा रहेको ‘वीरविक्रम २’ अर्को वर्षको जेठ ३ गतेबाट देशभर प्रदर्शनमा आउने तय भएको छ । निर्देशक तथा निर्माता मिलन चाम्सले अभिनेता पलको जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो डेटमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी स्टारर फिल्म ुप्रेम दिवसु पनि आउँदैछ ।

यो चलचित्रबाट अभिनेता आकाश श्रेष्ठले अन्तिम समयमा हात झिकेपछि पलले उनको ठाउँ लिएका थिए । चलचित्रमा वर्षा सिवाकोटी र नाजिर हुसेन पनि लिड रोलमा छन् । चलचित्रलाई सुदीप बरालले खिचेका हुन् । हिमाल केसीको द्वन्द्व रहेको चलचित्रको कथा प्रदीप भारद्धाजले लेखेका हुन् ।

यसमा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रमा अपर्ण सापकोटा सह(निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भएकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ ।

नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा ‘कृशल र सेड्रिनाको’ रोमान्स भाइरल हुदै (भिडियो)

नेपाल आइडल सिजन २ बाट चर्चित बनेका कृशल कडेलको पहिलोम्युजिक भिडियो म्युजिक यतिबेला भाइरल बनेको छ। । गायनसंगै किशोरी नायिका सेड्रिना शर्मासंग उनले अभिनय गरेको गीतले युट्युबमा २४ घन्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ।

यो समाचार तयार पार्दा सम्म गीत ६ लाख ५० हजार पटक हेरिएको छ र ट्रेण्डिङ पनि परेकोछ। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो। सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन।

‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले।

यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन। कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए।

‘जानी नजानी’ को ट्रेलर सार्वजनिक

आगामी चैत्र १ मा रिलिज हुने चलचित्र ‘जानी नजानी’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार र क्यारेक्टरलाई परिचित गराइएको छ । लिडकलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको परिचयसँगै यिनको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । चलचित्रमा मनिषले देव , निरिशाले मीरा , सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् ।

लभ स्टोरी रहेको फिल्म यी चारकै वरपर घुमेको छ ।फिल्म पूर्णतया लभ स्टोरी रहेको डेब्यु निर्देशक बसन्त अधिकारीले बताएका छन् । धेरै चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै चलचित्र मार्फत निर्देशनमा डेब्यु गर्दैछन ।

आधुनिक प्रेम कथामा आधारित चलचित्रको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । चलचित्रमा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।


फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

‘क्याप्टेन’ प्रचारप्रसार गर्न अनमोल र भुवन चितवनमा (फोटोफिचर)

 

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ प्रचारप्रसारको लागी चितवन आएको छ । अभिनेता तथा निर्माता भुवन केसीले चलचित्रले राष्ट्रिय फुटबल टिमको कथा बोकेकोले ‘क्याप्टेन’ राष्ट्रले गौरव गर्न लागेको चलचित्र रहेको वताए ।

चलचित्रको प्रचार प्रसारको लागि चितवन आईपुगेका केसीले आज ईन्द्रदेव सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रले राष्ट्रिय भाव झल्काउने बताएका हुन् । यस्तै केसीले चलचित्र अन्य कुनै निर्माता अथवा ब्यानरले निर्माण गरेको भए लगानी ८ करोड हाराहारीमा पुग्ने उनले बताए ।

‘अन्य ब्यानर अथवा कुनै अरु निर्माताले निर्माण गरेको भए लगानी ८ करोड पुग्ने थियो तर हामीले २ करोड हाराहारी सम्पन्न गर्यौ । ३५ बर्षे करियरमा धेरै सँग राम्रो सम्बन्ध भएकोले सबैले सहयोग गर्नु भयो । यसर्थ फिल्म २ करोड आसपासमा सकियो – केसीले भने ।’

यस्तै केसीले चलचित्रको ‘कर्ली कर्ली कपाल’ लाई लागेको चोरीको आरोप बारे पनि मुख खोलेका छन् । पत्रकारहरुले चोरी आरोप बारे राखेको प्रश्नको जवाफ दिदै उनले संयोगबस एक बलिउड फिल्मको गीत सँग यसको कोरियोग्राफी मिल्न गएक बताएका छन् । ‘कहिले काही यसरी मेल खान सक्छ, संसारमा फिल्म बन्ने भनेको रोमान्स र एक्सनको कथामा हो, यसर्थ कहिले काही मेल खान सक्छ यसलाई चोरी नै भन्न मिल्दैन – उनले भने ।’

केसीले चलचित्रमा नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडीहरुको समेत अभिनय रहेको बताए । यस्तै उनले निर्देशक दिवाकर भट्टराईले निर्देशकिय पाटोमा न्याय गरेको पनि बताए । राष्ट्रिय टिमबाट आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्न चाहने एक खेलाडीले के कस्तो संघर्ष गर्नु पर्छ भन्ने कथा नै ‘क्याप्टेन’ भएको निर्माता केसीले बताएका छन् ।

चलचित्रमा नायक अनमोल केसीले ‘क्याप्टेन’ का लागि आफुले निकै मेहनत गरेको बताएका छन् । उनले आफुलाई एउटा फुटबल खेलाडीको रुपमा प्रस्तुत गर्नका लागि ४ महिना बिहान बेलुका नै फुटबलको प्रशिक्षण लिएको बताएका छन् । अनमोलले चलचित्रका लागि राष्ट्रिय टोलीका पुर्व कप्तान, वर्तमान राष्ट्रिय टोलीका कप्तान, पुर्व खेलाडी , वर्तमान राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकहरुबाट पनि ठुलो सहयोग मिलेको बताएका छन् ।

एउटा युवकले राष्ट्रिय टिमबाट खेल्दै देशलाई विश्व माझ चिनाउन के कस्तो संघर्ष गर्छ भन्ने कथा ‘क्याप्टेन’ ले बोकेको उनले बताएका छन् । अनमोलले यस अघीका चलचित्रलाई चितवनका दर्शकहरुले अत्याधिक रुचाएकोले यस पटक पनि चितवनबाट धेरै मायाको अपेक्षा रहेको बताएका छन् । ‘क्याप्टेन’ आफ्नो करियरको फरक फिल्म भएकोले एक पटक हेरेर प्रतिकृया दिन समेत उनले सम्पूर्ण दर्शकहरुलाई आग्रह गरेका छन् ।

फागूण १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोलको अलावा सुनिल थापा, उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, राजाराम पौडेल, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । द सुपर काजोल फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराइको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक दिवाकर भट्टराईसँगै सामिप्यराज तिमल्सेनाको कथा, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ राज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । जिया केसु चलचित्रकी कार्यकारी निर्मात्री हुन् ।

‘कप्स’ को ‘तिमी र म’ बोलको रोमान्टिक गीत सार्वजनिक (भिडियो)

ह्याण्ड्सम भिलेन उपनामले चर्चित अभिनेता अनुप बिक्रम शाही अभिनित चलचित्र ‘कप्स’ को गीत सार्वजनिक भएको छ । चलचित्रको ‘तिमी र म’ बोलको रोमान्टिक गीत आज सार्वजनिक भएको छ । गीतमा अभिनेता अनुप र अभिनेत्री सन्दिपा लिम्बुलाई रोमान्टिक मुडमा देखाईएको छ । मनोरम दृश्यमा अनुप र सन्दिपाको जोडीलाई निकै लोभ लाग्दो देखिएको छ । गीतमा अनुप र सन्दिपा एक अर्काको प्रेममा रहेका छन् ।

गीतमा विजय घिमिरे र नीतु गुरुङको आवाज रहेको छ । गीतमा गायक घिमिरेकै शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्रलाई सम्राट सापकोटाले निर्देशन गरेका हुन् भने राम शाक्यले निर्माण गरेका हुन् ।चलचित्रमा अनुप र सन्दिपाको अलावा अमित गिरी, रामराज क्षेत्री, अनुपमा भण्डारी लगायतको पनि अभिनय रहेको छ । चलचित्रलाई सुशन प्रजापतीले खिचेका हुन् भने बिपिन मल्लले सम्पादन गरेका हुन् ।

मलाइका र अरबाजको डिभोर्सको अघिल्लो रातको खोलिन् मलाइकाले रहस्य

अरबाज खान र मलाइका अरोडाको सम्बन्धविच्छेद बारे अत्यधिक चर्चा थियो । आखिर बलिउडका यी सबैभन्दा सफल भनिएका जोडीले किन सम्बन्धविच्छेद गरे, त्यसबारे मानिसहरु जान्न निकै उत्सुक थिए । अब मलाइकाले आफैंले यसबारे करिनाको रेडियो शो ‘ह्वाट वुमन वान्ट’मा गरेकी छिन् । मलाइकाले सम्बन्धविच्छेदको एक दिनअघिको घटनाबारे जानकारी दिएकी छिन् ।

मलाइकाले सम्बन्धविच्छेदको एक दिन अघि पूरा परिवारसँगै बसेको बताइन् । उनले भनिन्, ‘मलाई परिवारमा ‘के तिमी शतप्रतिशत पक्का छौ ?’ भनेर सोधिँदै थियो । उहाँहरु ती व्यक्ति हुनुहुन्थ्यो जसले मेरो चिन्ता गर्नुहुन्थ्यो र निश्चित रुपमा उहाँहरुले यस्तै गर्नुहुन्छ । ‘सबैजनाले भन्नुभएको थियो कि यदि तिम्रो यही निर्णय छ भने हामीलाई तिमीमा गर्व छ । मलाई उहाँहरुले अलग प्रकारको बल दिनुभयो जसको मलाई आवश्यकता थियो ।’ उनले यति लामो वैवाहिक सम्बन्धलाई समाप्त गर्न त्यति सजिलो नभएको स्वीकार गरिन् ।

‘यो साँचो हो कि कुनै व्यक्तिका लागि सम्बन्धविच्छेद पछि अघि बढ्न सजिलो हुन्छ । तर म खुसीलाई प्राथमिता दिने व्यक्ति हुँ । जब एक जोडी सँगै बसेर खुसी हुन सक्दैनन् भने उनीहरुको बच्चाको लागि यस्तो वातावरण निकै घातक हुन्छ’ उनले बताईन् । अरबाज खान र मलाइका अरोडाको विवाह सन् १९९८ मा भएको थियो । यी दुईका एक छोरा पनि छन् । सन् २०१७ मेमा अरबाज र मलाइकाले सम्बन्धविच्छेद गरेका थिए । सम्बन्धविच्छेदपछि मलाइकाको नाम अर्जुन कपुरसँग जोडिएको छ भने अरबाजलाई जर्जिया एन्ड्रियानीसँग देखिन्छ ।

चलचित्र ‘कागजपत्र’ ट्रेलर रिलिज

चैत्र ८ गतेदेखि रिलिजको मिति कुरेर बसेको चलचित्र ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ । नक्कली कागजपत्र र आफ्न्तसँगै नक्कली विवाह गरेर अष्ट्रेलिया जानेरचाहनेहरुको कथामा आधारित भएर निर्माण भएको हो । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक तथा लेखक अपिल बिष्टले बताए ।


बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय छ । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् ।

फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह(निर्माताको रुपमा रहेका छन् ।अभिनेत्री शिल्पाले आफ्नो डेब्यु फिल्म भएका कारण ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताइन् ।

यसमा अभिनेता नाजिर हुसेनसँग अभिनेत्री शिल्पा मास्केको प्रेम देखिइएको छ, तर अष्ट्रेलिया जानका लागि उनले अभिनेत्री सरिता गिरीसँँग बैबाहिक जीवनमा बाँधिएका कलाकार भोलाराज सापकोेटासँग नक्कली विवाह गरेकी छन् ।

‘साइँली’को ‘प्याट् प्याटे’ चप्पल (भिडियो)

चलचित्र ’साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । चत्रै १५ गतेवाट प्रदर्शनमा आउन लागेको चलचित्रमा समावेश प्याट प्याटे बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सिनेमाका मुख्य कलाकार दयाहाङ राई, गौरव पहाडी, मेनुका प्रधान, केनिपा सिंह लगायतका कलाकारलाई फिचर्ड गरिएको छ ।
सुशान्त गौतमको संगीत, हर्क साउँदको शब्द तथा संगीतकार गौतमको स्वर छ । बैदेशीक रोजगारीको कथामा निर्माण भएको सिनेमालाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रलाई गायक हेमन्त राना र गौरव पहारीले निर्माण गरेका हुन् । जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्की, लगायतका कलाकारको पनि मुख्य भुमिका रहेको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा बिजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह निर्माताको रुपमा रहेका छन् । कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । सिनेमामा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

चलचित्र ‘अदालत’ को ट्रेलर सार्वजनिक (भिडियो)

फागुन २४ गतेबाट रिलिज हुने चलचित्र ‘अदालत’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका लेखक तथा निर्देशक दिनेश लिङ्देन रहेका छन् । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्रमा एलिना बास्कोटा, राजकुमार अधिकारी, मदन भुजेल, रुद्र पाहिम लिम्बु, शान्ति लामा, मेखबहादुर मगर, उदय सुब्बा, प्रेम आले, दिपक क्षेत्री, राजु घिमिरे, दिलिप ठकुरी, पुन्य ओझा, अजय खडकाआदिको मुख्य भुमिका रहेको छ ।

मदन, राजकुमार, रुद्र र शान्तिले यसै फिल्मबाट डेब्यु गरेका हुन् । चलचित्रमा डा डा. डिजन भट्टराईको गीत, रोशन बान्तवा राईको संगीत, दिनेश माङमुको नृत्य, राजु किराँतीको द्वन्द्व, विक्रम डिसिको छायांकन छ । बसन्त थेवे कार्यकारी निर्माता, मेखबहादुर मगर सह–निर्माता र आरपी दाहाल प्रस्तुतकर्ता रहेका छन् ।