Saturday , 20 October 2018
News update
Home >> Friday Release

Friday Release

भेट्रान निर्देशक अशोक शर्माको ‘जय भोले’ आजबाट प्रदर्शन

यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र ‘जय भोले’ आजबाट देशभर एक साथ प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ३’ को बर्चश्व रहिरहेको बेला ‘जय भोले’ प्रदर्शनमा आएको हो । खगेन्द्र लामिछानेद्वारा लिखित ‘जय भोले’ ले मित्रता र मायाको कथा बोकेको निर्माण टिमले बताएको छ । चलचित्रमा खगेन्द्र ‘भोले’ को भूमिकामा रहेका छन् अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्रमा खगेन्द्र सँगै सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल आदिको मुख्य अभिनय रहेको छ ।

राजु ढुंगानाले सम्पादन गरेको चलचित्रमा राजनराज सिवाकोटिको संगीत रहेको छ । यस्तै चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ । जय भोले’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र जय भोलेले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । चलचित्रलाई सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीका ५ वटा हलहररुमा आज पहिलो दिन आज कुल २४ शोज दिएको छ । यस्तै दोस्रो दिन भोली बुधवार पनि चलचित्रलाई २४ शोज नै दिने जनाएको छ ।

क्यूएफएक्सको चितवनमा रहेको जलमा हलमा चलचित्रले ६ शोज पाएको भने पोखराको सिनेप्लेक्समा ५ सोज तथा नेपालगञ्जको बाग्गेश्वरीमा समान ५ शोज नै दिएको छ । यसरी चलचित्रले क्यूएफएक्समा मात्रै ४० पाएको छ । यो क्युएफएक्समा कुनै पनि नेपाली चलचित्र यती धेरै शोज पाएको पहिलो पटक हो । यस्तै चलचित्रले अन्य हलहरुमा पनि राम्रो शोज पाएको छ । चलचित्रले सिङगल थियटरमा पनि राम्रो शोज पाएको छ ।

सिङगल थिएटरमा मात्र ‘जय भोले’ ले ७० भन्दा बढी शोज पाएको छ । ‘छक्का पञ्जा ३’ ले राम्रो वर्ड अफ माउथ पाईरहेको बेला ‘जय भोले’ लाई दर्शक पाउन त्यती सजिलो भने हुने छैन । तर १२ बर्ष पछी कमब्याक गरेका निर्देशक शर्माको फिल्मलाई ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत र ट्रेलरबाट पाएको प्रतिकृयाले भने निकै राम्रो हाईप मिलिरहेको छ ।

देशभरिका सम्पूर्ण हलहरु बाट चलचित्र ‘छक्का पञ्जा ३’रिलिज

आज बाट नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘छक्का पञ्जा ३’

आज बाट देशका सम्पूर्ण सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’प्रदर्शनमा आएको छ।चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।

‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

फ्राइडे रिलिज ‘छिरिङ’,’कथा काठमाण्डौ’ र ‘अनुराग’को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘छिरिङ’, ‘कथा काठमाण्डौ’र ‘अनुराग’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छिरिङ’, ‘कथा काठमाण्डौ’र ‘अनुराग’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कथा काठमाण्डौ’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘कथा काठमाण्डौ’प्रदर्शनमा आएको छ।चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गर्नु भएको हो ।

काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।चलचितमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

‘अनुराग’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘अनुराग’पनि प्रदर्शनमा आएको छ।चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।

चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

‘छिरिङ’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘छिरिङ’ दर्शनमा आएको छ।यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

चलचित्रमा यशकुमार,रुम्बा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ। सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

फ्राइडे रिलिज :‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’’, ‘बाँध मायाले’र ‘धूम ३’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’’, ‘बाँध मायाले’र ‘धूम ३’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘इन्टु मिन्टु लण्डनमा’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’प्रदर्शनमा आएको छ।यहि चलचित्र बाट चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राईले निर्देशनमा डेव्यु गर्दैछिन् ।चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक धिरज मगरका अलवा शारुक ताम्राकार अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायतको पनि अभिनय छ ।

आइकोर फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमालाई प्रभु शमसेर जबरा र प्रज्वल शमसेर जबराले मिलेर निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत सिनेमामा रहेको छ ।

‘बाँध मायाले’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘बाँध मायाले’पनि प्रदर्शनमा आएको छ।काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको ‘बाँध मायाले’लाई सबिर श्रेष्ठको निर्देशन गरेका हुन् ।

चलचित्रमा सृष्टि श्रेष्ठ र आर्यन अधिकारी मुख्य भूमिकामा रहेका छन् ।सृष्टि र आर्यन सगै चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । ‘बाँध मायाले’ बाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।

‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने यस चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् ।अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।

‘धूम ३’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट चलचित्र ‘धूम ३’ पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘धूम ३’नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य अभिनय समेत रहेको छ ।

चलचित्रमा जयक किशन बस्नेत सहित एलिना रायमाझी, लय संग्रौला, शोभित बस्नेत, उत्तम के.सी., सपना श्रेष्ठ, सुरबिर पण्डित लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र धूम ३ को प्रस्तुतकर्तामा जाहन्बी बस्नेत र ब्रबिम बस्नेत रहेका छन् भने टंक बुढाथोकी र ओम सुनारको संगीत, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, तुलसी बाँस्कोटाको सम्पादन एवम जय किशन बस्नेत र शिव बि.क.को नृत्य निर्देशन रहेको छ ।

फ्राइडे रिलिज :‘साली कस्को भेनाको’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘साली कस्को भेनाको’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘साली कस्को भेनाको’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘साली कस्को भेनाको’प्रदर्शनमा आएको छ।चलचित्रलाई भद्र भुजेलले निर्देशक गरेका हुन् ।मानविय संवेदनामाथि निर्माण भएको चलचित्र पूर्ण रुपमा पारिवारिक कमेडी कथामा निर्माण गरिएको छ । मगर जातीको संकृतिमा साली र भेनाको सम्बन्धलाई चलचित्रमा देखाइनेछ ।

चलचित्र ‘साली कस्को भेनाको’मा विल्सन विक्रम राई, सुष्मा कार्की, मरिष्का पोख्रेल, रजनी गुरुङ, बुद्धि तामाङ (हैट),देब सागर बि.सी, रबि गिरी, बिरेन श्रेष्ठ, प्रिया रिजाल, जयनन्द लामा, पुष्प आचार्य,कविता आले, मिन घलान लगायतको अभिनय रहेको छ । देब सागर बि.सी यो चलचिबाट रजतपटमा प्रवेश गर्दैछन् ।

मुभिङ पिक्चर्स प्रा.लि द्धारा निर्मीत चलचित्र साली कस्को भेना प्रसाद श्रेष्ठको प्रस्तुतीमा राम प्रसाद श्रेष्ठ ,सुशील गोपाल न्याछ्यो ,काजी मन श्रेष्ठ ”बिशाल ”, कमला भट्टराई र मुक्ति अधिकारीको मिलेर निर्माण गरेका हुन् ।

चितवन र धम्पुसका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रमा पुष्प आचार्यको कथा रहको छ भने प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत समावेश छ ।दिर्घ गुरुङको छायांकन रहने चलचित्रमा बसन्त श्रेष्ठ, गम्भिर विष्ट र सुमित लामाको नृत्य रहेनछ । चलचित्रमा द्धन्द्ध निर्देशन रबि बराली र प्रकाश कर्मचार्यको रहको छ ।

फ्राइडे रिलिज :‘रामकहानी ’र ‘रोज’ को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘रामकहानी ’र ‘रोज’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘रामकहानी ’र ‘रोज’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘रामकहानी’
फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रामकहानी’प्रदर्शनमा आएको छ।चलचित्र ‘रामकहानी’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।यस अघि सार्वजनिक ट्रेलर र गीत संगीतले चर्चामा रहेको ‘रामकहानी’लाई प्रतिक्षीत चलचित्रको रुपमा हेरिएको छ ।

चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई,शोबित बस्नेतको मुख्य भूमिका रहेको छ ।

सुदर्शन थापाको कथा रहेको यस चलचित्रलाई पूजा र सुदर्शनले संयूक्त रुपमा निर्माण गरेका हुन् ।अर्जुन पोखरेलको संगीत, सौरभ लामाको छायांकन रहेको यो चलचित्रब निश शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा महेश दवाडी र दिनेश न्यौपानले संयूक्त रुपमा स्क्रिन प्ले र डाइलग लेखेका छन् ।

‘रोज’
यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘रोज’ पनि प्रदर्शनमा आएको छ।चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन्।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

चलचित्रमा अर्जुन पोखरेल र एलिस कार्की संगीत रहेको छ भने कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् ।गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’को प्रस्तुतकर्ता उद्धव पौडेलहुन् भने आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

फ्राइडे रिलिज : ‘मेरी मामु’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मेरी मामु’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मेरी मामु’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मेरी मामु’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘मेरी मामु’ प्रदर्शनमा आएको छ।‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।

चलचित्रमा आयुव सेन ,अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहेको छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

चलचित्रलाई प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुतीमा सन्तोष सेनको निर्माण गरेका हुन् ।चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । बनिश शह र भुपेन्द्र अधिकारीले चलचित्रलाई सम्पादन गरेको छन् ।रेशम जंग शाह चलचित्रका कार्यकारी निर्माता हुन्।

फ्राइडे रिलिज :‘नाई नभन्नु ल ५’ र ‘रेनी’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘नाई नभन्नु ल ५’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘नाई नभन्नु ल ५’ प्रदर्शनमा आएको छ। ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्माको साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालको मुख्य भूमिका छ । यो सिनेमाबाट अभिषेक नेपाल र सेड्रीना शर्माले डेब्यु गर्दैछन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

‘रेनी’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘रेनी’ प्रदर्शनमा आएको छ ।रेनी’लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण रहेको यस चलचित्रमा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ ।

फ्राइडे रिलिजमा ‘मिस्टर भर्जिन’,‘ब्ल्याक’ र ‘जय शम्भु’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मिस्टर भर्जिन’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आएको छ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।

‘ब्ल्याक’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘ब्ल्याक’प्रदर्शनमा आएको छ ।चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा आकाश श्रेष्ठ , आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।

आश्मा फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘ब्ल्याक’ लाई आश्मा पाण्डे गरेकी हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

‘जय शम्भु’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘जय शम्भु’ पनि प्रदर्शनमा आएको छ ।चलचित्र ‘जय शम्भु’ लाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य हुन् ।

चलचित्रमा अनुप विक्रम शाही , प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको एक्सन लभस्टोरी जानरामा निर्माण भएको चलचित्र ‘जय शम्भु’ हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

फ्राइडे रिलिज: ‘कहिँ कतै’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘कहिँ कतै’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘कहिँ कतै’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कहिँ कतै’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘कहिँ कतै’ प्रदर्शनमा आएको छ।चलचित्र ‘कहिँ कतै’ लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

रोमान्टिक र फेमिली ड्रामामा रहेको ‘कहिँ कतै’मा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायत मुख्य अभिनय रहेको छ । यस फिल्म मार्फत शिवानी र सोनम अभिनयमा डेब्यु भएका छन् । अधिकांश छायांकन सिक्किममा गरिएको फिल्मको केही भाग काठमाडौंमा गरिएको छ ।

बाबु श्रेष्ठको छायांकन, अर्जुन जिसीको सम्पादन, सचिन सिंह र लक्की सिटौलाको संगीत, निर्देशक श्रेष्ठकै लेखन समावेश छन् । डोमेनिक सेभियो डिसुजासँग मिलेर उमाले फिल्म निर्माण गरेकी हुन् ।