Tuesday , 16 October 2018
News update
Home >> रोचक समाचार

रोचक समाचार

कलाकारलाई युट्युबको भर

रामबहादुर थापा बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।

प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आउनुभएको छ । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’ खत्रीले भन्नुभयो, “अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवद्र्धनमा छु ।” राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उहाँको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भन्नुभयो, “हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।” राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उहाँको भनाइ छ ।

जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाउनुभयो । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउनुहुन्छ । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भन्नुभयो, “कहिले बढी पनि आउछ, कहिले कमी ।”थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा उहाँ हुनुहुन्छ । थापाले हालैमात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कारसमेत पाउनुभएको छ । गीत हेर्ने, लाइक, टिप्पणी, आदानप्रदान र ‘सब्रसक्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।

लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउनुहुन्छ । अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उहाँको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’ उहाँले भन्नुभयो, “फाइदा अर्कैले लिइरहेको हुन्छ । नियमन निकायले विकृति रोक्नुपर्ने उहाँको सुझाव छ ।

युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउनुहुन्छ । ‘राम्रो दर्शक पाउदा पैसा पनि छ’ थापाले भन्नुभयो, “यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।” त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।

कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्यदृश्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवद्र्धन गर्ने क्रम अहिले बढ्दो छ । मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो । (रासस)

करछली मुद्दामा चिनियाँ अभिनेत्रीलाई १३ करोड डलर जरिवाना

चिनियाँ चर्चित एक अभिनेत्रीलाई करछली मुद्दामा करिब १३ करोड बराबर जरिवाना भएको छ। चिनियाँ अभिनेत्री फान बिङबिङलाई करछली अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश भएको हो।

चीनियाँ चलचित्र उद्योगमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानमाथि यत्ति ठूलो जरिवानाको फैसला भएको हो। यसअघि चलचित्रकर्मीमाथि यत्ति ठूलो रकम जरिवाना भएको थिएन्। समयमै जरिवाना तिरे फौजदारी अभियोग खेप्नु नपर्ने आदेश भएको चिनियाँ समाचार संस्था हिन्हुआलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

करछली मुद्दामा तानिएकी अभिनेत्रीको पारिश्रमिकको विषयमा त्यहाँको सरकारी समितिले छानबिन गरेको थियो। चिनियाँ कलाकारले वास्तविक सम्झौता एउटा गर्ने र देखिने गरी अर्कै सम्झौता गर्ने गरेको खुलासा भएपछि सरकारी पक्षबाटै अनुसन्धानका लागि समिति गठन भएको थियो।

‘एक्स–मेन’, ‘आइरन म्यान’ जस्ता चलचित्रबाट चर्चित बनेकी नायिका फान एक महिनाअघिदेखि बेपत्ता जस्तै रहेको समाचारमा उल्लेख गरिएको छ। उनी कहाँ छिन् भन्ने विषयको वास्तविकता सार्वजनिक हुन सकेको छैन।

यद्यपी अदालतले करछली मुद्दामा करोडौ डलर जरिवाना गरेपछि उनले चिनियाँ सामाजिक सञ्जाल बेइबोमा क्षमायाचना गरेकी छन्। ‘म पीडाबाट गुज्रिरहेकी छु’, उनले लेखेकी छिन्, ‘मैले जे गरे त्यसका लागि लज्जित छु। सबैसँग क्षमायाचना गर्छु।’

उनले करछली मुद्दामा अदालतले गरेको फैसला र दण्ड जरिवानालाई स्वीकार गर्दै कानुनको पालना गर्ने बताएकी छन्। उनले सामाजिक सञ्जालबाटै आफूले अब कर र जरिवाना तिर्ने प्रतिवद्धता जनाएकी हुन्।

चीनमा भ्रष्टाचार मुद्दामा मुछिएकी अभिनेत्री फान प्रतिभाशाली कलाकारमा पर्छिन्। गतवर्षमात्र फोब्र्स म्यागजिनले उनको वार्षिक आम्दानी ३० करोड युयान रहेको सूची सार्वजनिक गरेको थियो। सर्वाधिक कमाउने चिनियाँ कलाकारको शीर्ष सूचीमा उनको नाम सुरक्षित छ। एजेन्सी

ओस्कार यात्रामा नेपाली चलचित्र

नेपाली चलचित्रको ओस्कार यात्रा: हल्ला बढी, उपलब्धि शून्य

काठमाडौं । भारतीय भूमिबाट नेपाली चलचित्र ‘सत्यहरिषचन्द्र’ बनेपछि नेपालमा नेपाली चलचित्र निर्माण शुरु भएको इतिहास छ । डिबि परियारले कोलकतामा २००७ सालमा बनाएको ‘सत्यहरिषचन्द्र’ २००८ सालमा काठमाडौंमा देखाइएको थियो । वि.सं. २०२० सालमा हिरासिंह खत्रीले बनाएको चलचित्र ‘आमा’ नेपालमा बनेको पहिलो चलचित्र हो ।
नेपाली भाषामा चलचित्र बन्न थालेको ६७ वर्ष भइसकेको छ । नेपाली भूमिमै चलचित्र निर्माण हुन थालेका ५५ वर्ष पुगे पनिनेपाली चलचित्रले अपेक्षित सफलता हात पर्न सकेका छैनन् । विश्व सिने जगतमा नेपाली चलचित्रले आफूलाई परिचित पनि गराउन सकेको छैन ।

नेपाली चलचित्रको उत्कृष्टता मापन गर्ने बलियो आधार ओस्कार अवार्डलाई मानिन्छ । यो अवार्डमा विश्वभरका चलचित्र सहभागी हुन पाउँछन् । नेपाली चलचित्र पनि ओस्कार अवार्डमा सहभागी हुँदै आएका छन्, तर अहिलेसम्म कुनै पनि सफलता हात पार्न सकेका छैनन् ।

‘क्याराभान’
पहिलोपटक सन् १९९९ मा ७२ औं ओस्कार अवार्डमा सहभागी भएको ‘क्याराभान’ विदेशी भाषाको उत्कृष्ठ ५ चलचित्रको सूचीमा परेको थियो । यो नै अहिलेसम्म ओस्कारमा नेपाली चलचित्रले पाएको सबैभन्दा ठूलो उपलब्धि हो । त्यसयता ओस्कारमा सिफारिस भएका कुनै पनि नेपाली चलचित्रले सहभागिता जनाउने अवसरभन्दा ठूलो उपलब्धि हासिल गर्न सकेका छैनन् । यो चलचित्र पनि नेपाली निर्देशकले निर्देशन गरेका थिएनन् । फ्रेन्च निर्देशक एरिक भ्यालीले निर्देशन गरेको यो चलचित्रमा थिन्ले लोन्डुप लामा नायकका रुपमा थिए । भीरबाट लडेर वि.सं. २०७३ वैशाखमा लामाको मृत्यु भइसकेको छ ।

‘मुकुण्डो’ 
विश्वका चलचित्रकर्मीको सपनाका रुपमा रहेको ओस्कार अवार्डमा सहभागी हुने अर्को नेपाली चलचित्र ‘मुकुण्डो’ हो ।७३ औं ओस्कारमा सहभागी सन् २००० मा सहभागिता जनाएको यो चलचित्रले पनि सहभागी हुनेभन्दा ठूलो उपलब्धि हासिल गर्न सकेन ।

छिरिङ रितार शेर्पाको निर्माण एवं निर्देशन रहेको यो चलचित्रको कथा तथा पटकथा केसाङ छेतेनले लेखेका थिए । बोक्सीप्रथामा आधारित चलचित्र ‘मुकुण्डो’ मा गौरी मल्ल, मिथिला शर्मा,रतन सुवेदीलगायतका कलाकार मुख्य भूमिकामा रहेका थिए ।

‘मुनामदन’
महाकवि लक्ष्मिप्रािद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ ले पनि ७६ औं ओस्कार अवार्डमा सहभागिता जनाउने मौका पायो । सन् २००३ मा ओस्कारका लागि नेपालबाट सिफारिस भएको यो चलचित्रले पनि कमाल देखाउन सकेन । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको ‘मुनामदन’मा मिथिला शर्मा, शुभद्रा अधिकारी, नीर शाह, दीपक त्रिपाठी, उषा पौड्याललगायत कलाकारले अभिनय गरेका थिए ।

‘बसाईं’
७९ औं ओस्कार अवार्डमा नेपाली चलचित्र ‘बसाईं’ले सहभागिता जनाउने अवसर पायो । सन् २००६ मा भएको यो ओस्कार अवार्ड पनि नेपाली चलचित्र उद्योगलाई खुसी दिलाउन सकेन ।

‘बसाईं’ प्रवासी साहित्यकार लीलबहादुर क्षेत्रीको उपन्यासमा आधारित चलचित्र हो । यसलाई सुभास गजुरेलले निर्देशन गरेका थिए ।

‘सुनगाभा’
ओस्कार अवार्डको ८६ औं संस्करणमा सहभागी हुने मौका नेपाली चलचित्र ‘सुनगाभा’ ले पनि पायो । २०१३ मा भएको यो अवार्ड पनि नेपालीका लागि खुसी लिएर आउन सकेन । निशा अधिकारी, दिया मास्के र सौगात मल्ल मुख्य भूमिकामा रहेको यो चलचित्र सुवर्ण थापाले निर्देशन गरेका थिए । यो चलचित्र समलिंगी महिलाको विषयलाई लिएर बनाइएको थियो ।

‘झोला’
यादव भट्टराईले निर्देशन गरेको चलचित्र ‘झोला’ ले ८७ औं ओस्कार अवार्डमा सहभागी हुने अवसर पायो । २०१४ मा सहभागी भएको यो चलचित्रले पनि कुनै पनि उपलब्धि हासिल गर्न सकेन । कृष्ण धरावासीको कथामा आधारित चलचित्र ‘झोला’मा गरिमा पन्त, दीपक क्षेत्री, देशभक्त खनाललगायतका कलाकारलेअभिनय गरेका थिए ।

‘टलकजंग भर्सेज टुल्के’
‘टलकजंग भर्सेज टुल्के’ ओस्कार अवार्डको ८८औं संस्करणमा सहभागी भएको नेपाली चलचित्र हो ।

माओवादी–सरकार द्वन्द्वमा प्रभावित पात्रको विषयलाई उठान गरेको निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ले पनि सहभागिता जनाउने बाहेक अन्य उपलब्धि हासिल गर्न सकेन । सन् २०१५ मा ओस्कारमा सहभागी चलचित्रमा दयाहाङ राई, ऋचा शर्मा, खगेन्द्र लामिछानेलगायतले अभिनय गरेका थिए ।

‘कालो पोथी’ 
विश्वभरका चलचित्रकर्मीको महाकुम्भ ओस्कार अवार्डमा सहभागी हुने अवसर चलचित्र ‘कालो पोथी’ले पनि पायो । ओस्कारको ८९ औं श्रृखंलामा सन् २०१६ मा सहभागी भएको यो चलचित्रले अन्य विभिन्न अन्तर्राष्ट्रिय अवार्ड हात पारे पनि ओस्कारमा भने कुनै पनि सफलता हात पार्न सकेन ।

मीन भामले निर्देशन गरेको चलचित्रमा खड्गराज नेपाली र शुक्रराज रोकाय मुख्य कलाकार थिए ।

‘सेतो सूर्य’
ओस्कार अवार्डको ९० औं श्रृंखलामा नेपाली चलचित्र ‘सेतो सूर्य’ नेपालबाट सिफारिस भयो । सन् २०१७मा उक्त अवार्डमा सहभागिता जनाएको यो चलचित्रले पनि अन्य विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जिते पनि र दर्जनौं अन्तर्राष्ट्रिय फिल्म फेष्टिबलमा सहभागिता भएर विभिन्न विधामा अवार्ड जिते पनि ओस्कारले भने यसलाई पनि पत्याएन ।
दीपक रौनियारले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई र रवीन्द्रसिंह बानियाँ मुख्य कलाकारका रुपमा रहेका थिए ।

‘पञ्चायत’
नेपाली कथानक चलचित्र ‘पञ्चायत’ ले ओस्कारको ९१ औं संस्करणमा सहभागिता जनाउँदैछ । सन् २०१९ फेब्रुअरी २४ तारिखमा अमेरिकाको लसएन्जलसमा हुने अवार्डमा ‘पञ्चायत’ सहभागि हुनेछ ।

यो चलचित्रले सन् २०१७ मा सन् फ्रान्सिस्को इन्टरनेशनल न्यू कन्सेप्ट फिल्म फेष्टिवलमा वेस्ट फरेन ल्यांग्वेज फिचर र वेष्ट एक्ट्रेस अवार्ड जितेको थियो ।  ‘पञ्चायत’ ५ दशक अगाडिको पञ्चायती व्यवस्थाभित्रको सामाजिक संरचना र उक्त समयका किशोरीहरुको यौन मनोविज्ञानलाई समाजले हेर्ने दृष्टिकोणलाई केन्द्रीय कथानक बनाएर निर्माण गरिएको चलचित्र हो ।

शिवम् अधिकारीले निर्देशन गरेको ‘पञ्चायत’ मा निता ढुङ्गाना र सरोज खनाल मुख्य कलाकारका रुपमा रहेका छन् ।

वि.सं. २०३४ सालमा प्रेमबहादुर बस्नेतले निर्देशन गरेको पहिलो नेपाली रंगीन चलचित्र ‘कुमारी’ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागि हुने पहिलो नेपाली चलचित्र हो । ‘कुमारी’ले तत्कालीन सोभियत संघको तासकन्द (अहिलेको उज्वेकिस्तान) मा आयोजित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाएको थियो । यो चलचित्रमा चैत्यदेवी र शैल्यान केसी मुख्य भूमिकामा छन् ।

‘कालो पोथी’, ‘सेतो सूर्य’ लगायतका थुप्रै चलचित्र विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाएर विभिन्न विधामा अवार्डसमेत हात पारेका छन् । तर, ओस्कार अवार्डमा भने अहिलेसम्म कुनै पनि अवार्ड हात पार्न सकेका छैनन् ।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस (अम्पास) द्वारा मान्यताप्राप्त नेपाल छनोट समितिमा विमल पौडेलअध्यक्ष छन् भने लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली र सामीप्यराज तिमल्सेना सदस्य छन् । चिरञ्जीवी गुरागाईं सदस्यसचिव छन् । यो समितिले ओस्कारका लागि चलचित्र छनोट गरेर सिफारिस गर्छ ।

साभार:नरेश फुयाँल,बाह्रखरी

विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डकामा छनौट भयो चलचित्र ‘पंचायत’

विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाली चलचित्र पंचायतलाई छनौट गरिएको छ ।नेपालस्थित ओस्कर छनोट समितिले ९१ औं ओस्कार फिल्म अवार्डका लागि नेपाली चलचित्र पंचायतलाई ओस्कारका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एकेडेमी अफ मोशन पिक्चर आर्ट एण्ड साइन्सेस्द्वारा सन् २०१९ मा घोषणा गरिने ९१औं एकेडेमी अवार्ड (द अस्कर अवार्ड)मा विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र विधामा प्रतिस्पर्धी बन्नका निम्ति नेपालबाट सहभागिताका लागि आह्वान गरिएकोमा “तान्द्रो”, “पञ्चायत”, तथा “माइ लभ प्रोमिश फर काठमाडौं दर्ता भएका थिए ।

तीनवटा चलचित्रहरू एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरू रहेकामा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बुनोट आदि समेतलाई दृष्टिगत गरी उक्त अवार्डमा नेपालको प्रतियोगीका रूपमा सामेल गराउनका निम्ति यस विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)द्वारा चलचित्र “पञ्चायत”लाई छनौट गरेको छनोट समितीले बताएको छ । छनौट समितिमा संयोजक श्री बिमल पौडेल, सदस्यहरूः प्रदीपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामीप्यराज तीमल्सेना, लोकेन्द्र पराजुली (कपील), चिरञ्जीवी गुरागाइ रहेका थिए ।

‘पन्चायत’ले यतिबेला नेपालमा आयोजना हुने गरेका धेरै अवार्डहरु पनि हात पारिरहेको छ । लेखन तथा निर्देशन शिवम अधिकारीको रहेको ‘पन्चायत’ लाई सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा सरोज खनाल, नीता ढुंगाना , रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

आज नारायणगढस्थित क्याम्पाचौरमा नायक अनमोल केसीको ’अनमोल इभ-२०१८’हुदै

भदौं २३ अर्थात् आज नारायणगढस्थित क्याम्पाचौरमा नायक अनमोल केसीको ’अनमोल इभ-२०१८’ हुदैछ ।मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंको आयोजनामा हुने ’अनमोल इभ-२०१८’ मा स्थानीय आयोजकको रुपमा द सिल्ड चितवनले आयोजना गर्न लागेको हो ।

कार्यक्रममा चर्चित नायक अनमोल केसीले आफै गित पनि गाउने भएका छन् । कन्र्सटमा नायिका प्रियंका काकी, भेटेन लगायत राष्ट्रिय तथा स्थानीय व्याण्डहरुको विशेष प्रस्तुती रहने छ ।

कार्यक्रममा नायक केसीको नृत्यसंगै दुई वटा गीत प्रस्तुत हुनेछ । अनमोलले स्टेजमा के यो माया हो र तुरुरुरु बोलको गीत पनि गाउने छन् । उनको लाईभ नृत्य समेत दर्शकहरुले हेर्न पाउने छन् । नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएका साथै युवा पुस्ताको मनमा बस्न सफल नायक अनमोलको यो पहिलो अफिसियल कन्सर्ट टुर हो ।नायक अनमोलसंगै नायिका प्रियंका कार्कीको पनि विशेष प्रस्तुती रहनेछ ।

’अनमोल इभ-२०१८’ दिउँसो २ बजेदेखी साँझ ८ बजेसम्म चल्नेछ ।चितवनमा करिव १० हजार दर्शकको उपस्थिति रहने आयोजकले विश्वास लिएको छ । दर्शकको सहजता र सर्बसाधरण दर्शकलाई प्रवेशमा सहज होस् भन्नका लागि २०० रुपैयाँदेखिको टिकट व्यवस्था गरिएको छ ।अग्रिम टिकट खरिद गर्नेले यो मूल्यमा टिकट पाउने छन् भने सोही टिकट कार्यक्रमको दिन ३०० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यस्तै ५०० रुपैयाँको टिकटमा स्न्याक्स, एक हजारको टिकटमा डिनर, ३ हजार रुपैयाँको टिकटमा नायक अनमोललगायतका कलाकारसंग बसेर डिनर र स्टेजको पहिलो भागमा बसेर कार्यक्रम हेर्न पाउने ब्यबस्था गरिएको मोनिका ईन्टरनेशनल ग्रुप काठमाडौंका अध्यक्ष जि.सी. ले बताए ।

विनापारिश्रमिक यो इभेन्टमा आवद्ध भएका उनीहरुले देशका प्रमुख शहरमा आयोजना हुने सांगीतिक कन्सर्टमा आफ्नो प्रस्तुति दिदै आएका हुन् ।नेत्रहीन महिला संघको सहयोगार्थ चार मुख्य शहरहरूमा हुने ’अनमोल इभ–२०१८’ ९ गते रुपन्देहीको बुटवल र १६ गते पोखरा सम्पन्न भैसकेको छ र भदौ २७ गते बिर्तामोडमा हुनेछ  ।

चर्चित क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि,गीत सार्वजनिक (भिडियो)

चर्चित क्रिकेटर सन्दीप लामिछाने अब गायक पनि बनेका छन् । उनले आफ्नो पहिलो गीत आफ्नै अफिसल यूट्यूव च्यानल मार्फत सार्वजनिक गरेका छन् ।अब सन्दीप लामिछाने क्रिकेटर सगै गायक पनि बनेका छन् ।

सन्दीप लामिछाने स्वरमा सार्वजनिक ‘उदास थियो मेरो मन’ बोलको गीतमा विनोद तिमिल्सिनाको शब्द रहेको छ भने उनको आफ्नै कम्पोजिसन रहेको छ ।यस अघि नै सार्वजनिक कार्यक्रममा गीत गाउदै सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् ।

क्रिकेटर सन्दीपले गएको गीत रोमान्टिक र मेलोडियस छ ।उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिर समेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।’

त्रिकेटर लामिछाने आइपिएल, क्यारेबियन लिग (सिपिएल) र क्यानडाको ग्लोबल टी–ट्वान्टी क्रिकेट लिगमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन् ।लमिछानेले यसै साता विश्व ११ टोलीका तर्फबाट लडर्समा वेस्टिन्डिजविरूद्ध विश्व चर्चित खेलाडीसंँग अन्तर्राष्ट्रिय टी–२० खेल खेल्ने मौका पाएका थिए ।

बलिउड अभिनेत्री करिष्मा कपुरद्धारा मेरिगोल्ड (सयपत्री) ज्वेलर्सको समुद्घाटन

नेपालको सबैभन्दा पुरानो, लोकप्रिय तथा चिरपरिचित गहना पसल तथा शोरुम मेरिगोल्ड(सयपत्री) ज्वेलर्सले दरबारमार्गमा रहेको नयाँ शोरुम भव्यरुपमा समुद्घाटन गरेको छ । मेरिगोल्डको दरबारमार्गमा रहेको नयाँ शोरुम बलिउडकी चर्चित अभिनेत्री करिष्मा कपुरले एक कार्यक्रमका समुद्घाटन बीच गर्नुभएको हो ।

नेपाली गहनाहरुको प्रबद्र्धन र भारतीय बजारमा बिस्तार गर्न अभिनेत्री कपुरको आगमनले सहयोग पुग्ने मेरिगोल्ड ज्वेलर्सको विश्वास छ ।मेरिगोल्ड ज्वेलर्स हाल नेपालमा नै विश्वासिलो, भरपर्दो र चिरपरिचित गहना पसल तथा शोरुमको रुपमा ग्राहकहरुमाझ लोकप्रिय रहेको छ । कम्पनीले नेपाली परम्परागत गहनाहरु, विदेशी डिजाइनका गहनाहरु, नेपाली र विदेशी समिश्रण भएका फ्यूजन डिजाइनका गहनाहरु निर्माण तथा बिक्री गरिरहेको छ ।

नयाँ शोरुम उद्घाटनको अवसर पारेर मेरिगोल्ड ज्वेलर्सका संचालिक ज्योत्सना श्रेष्ठले कम्पनीले उच्च गुणस्तरका गहनाहरु बिक्री गरिरहेको र आगामी दिनमा नेपाली परम्परागत गहनाहरुलाई विश्व बजारमा लैजाने योजनामा रहेको बताउनुभयो ।

‘बलिउड कलाकारहरुको आगमनले नेपाली परम्परागत गहनाहरुको भारतीय बजारमा पनि प्रबद्र्धन र माग बढ्ने अपेक्षा छ,’ उहाँले भन्नुभयो ।
मेरिगोल्ड ज्वेलर्सकी संचालिक श्रेष्ठले बलिउड कलाकार आउँदा नेपालको पर्यटन तथा संस्कृतीको प्रचार प्रसार हुने र नेपाली गहनाहरुको भारतीय बजारमा माग बढ्ने अपेक्षा गरेको बताउनुभयो ।

हेटौडाकी श्रृंखला खतिवडा बनिन मिस नेपाल २०१८

सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन्। बुधबार होटल अन्नपूर्णमाभएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्।

२५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक गोविन्द गजुरेलले सात फाइनल प्रतियोगीलाई ‘सम्वृद नेपाल, सुखी नेपाली हुनका लागि ३ महत्वपुर्ण काम के गर्नु पर्ला?’ भन्ने प्रश्न सोधेका थिए।

उत्कृष्ट जवाफ दिएर श्रृंखलाले ‘मिस नेपाल २०१८’को उपाधिमा कब्जा जमाएकी हुन्। उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले ताज पहिराएकी हुन्।

हेटौडाकी २२ बर्षीया श्रृङखला मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का एमाले सांसद विरोध खतिवडा तथा ३ नम्बर प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन्।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितिन्। ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देल र ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितिन्। उपाधिसँगै उनीहरूले १ लाख नगद पुरस्कार हासिल गरेका छन्।

कसले कुन विधामा उपाधि जिते

मिस नेपाल वर्ल्ड-शृंखला खतिवडा (हेटौडा)
मिस नेपाल यूनिभर्स – मनिता देवकाेटा
मिस नेपाल अर्थ – प्रिया सिग्देल (काठमाडौं)
मिस नेपाल इन्टरनेशनल -रोनाली अमात्य (काठमाडौं)
मिस ब्यूटी- प्रिया सिग्देल (काठमाडौं)
मिस ट्यालेन्ट- रोनाली अमात्य (काठमाडौं)
पपुलर च्वाइस-शृंखला खतिवडा (हेटौडा)
मिस ग्लामर- मनिता देवकोटा (गोरखा)
मिस फ्यासिनो- शृंखला खतिवडा (हेटौडा)
मिस कन्फिडेन्स- आस्था शाख (भक्तपुर)

चैत्र १५ बाट एपी वान मा रियालिटी शो बूगी वूगी आउने

इतिहास रच्न सफल नेपालको पहिलो अन्तराष्ट्रिय फ़्रेञ्चाईज सिंगिंग रियालिटी शो नेपाल आइडलको अपार सफलता पछी अर्को अन्तराष्ट्रिय फ़्रेञ्चाईज डान्स रियालिटी शो बूगी वूगी (BOOGIE WOOGIE ) यहि चैत्र पन्ध्रमा टेलिभिजन प्रिमियर हुने भएको छ ।

सन् १९९६मा भारतका नावेद जाफरी र रवी भेलले सुरुगरेको यो डान्स रियालिटी शो बूगी वूगीको नेपाली संस्करणमा चर्चित अभिनेता एबं कुशल नृत्यकार दिलिप रायमाझी, चर्चित अभिनेत्री प्रियंका कार्की अनि आजका व्यस्ततम कोरियोग्राफर कविराज गहतराज निर्णायक रहेका छन ।
अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गतको नेपालको पहिलो एच डी च्यानल एपी वानबाट यो शो प्रशारण हुने छ । चैत्र पन्ध्र (मार्च २९)गते बिहिबार बेलुकी ८ बजे प्रिमियर गरिने बूगी वूगीको यो पहिलो एपिसोडमा देशभर बाट छानिएर आएका हजारौ सहभागीबाट उत्कृष्ट सय अनि सयबाट पनि उत्कृष्ट भएका १८ प्रतिस्प्रर्धीहरुले आनो नृत्य कला प्रस्तुत गर्नेछन ।

बूगी वूगीलाई यसअघी थुप्रै टेलिभिजन अनि मिडियाहरुमा कार्यक्रम निर्माताका रुपमा काम गरिसकेका एलिन श्रेष्ठले निर्देशन गरेका छन । बूगी वूगीको नेपाली संस्करणका बिजेताले कार, १५ लाख नगद तथा बिभिन्न कंट्रयाक्ट पुरस्कार प्राप्त गर्नेछ ।

लभगुरु रेखा थापाले बिहेको उत्तर नदिए पछि कुरेर बस्दै यी गायक (भिडियो)

भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक पर्शुराम रिजालले एउटा रमाइलो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लोकप्रिय नायिका रेखा थापाप्रति समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले…’ राखिएको छ । कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देश्ँनको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।

केही समयअघि नै रेकर्डिङ भएको उक्त गीतको म्युजिक भिडियो यसै साता छायांकन गरिएको हो । अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा अभिनेता बिनोद न्यौपाने तथा समुहले आकर्षक नृत्य तथा अभिनय गरेका छन् । सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजे आकर्षक नृत्य प्रस्तुत गरेको छ ।

कसरी बन्यो यो गीत ?

नायिका रेखा थापाप्रति यो गीत समर्पित हुनुको पछाडि आफ्नै रमाइलो प्रसंग छ । गायक पर्शुराम रिजालका अनुसार आठ वर्षअघि सुनसरी तरहराका एक युवकले अहिलेकी जल्दीबल्दी नायिका रेखा थापालाई एउटा प्रस्ताव लेखेर पठाए– ‘मैले रेखा थापास“ग बिहे गर्न के गर्नु पर्छ ?’ ती युवकले कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक पत्रिकामा प्रकाशित हुने नायिका रेखा थापाको लभगुरु स्तम्भमार्फत उक्त जिज्ञासा पठाएका थिए ।

वास्तवमा ती युवकले एक जना केटीलाई मन पराएका थिए, तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापास“ग प्रेम प्रस्ताव राख्ने आईडिया बताईदिन साप्ताहिकमा पत्राचार गरेका थिए । तीन पटकको प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभ​एपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने भन्ने जिज्ञासा राखे । ‘कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन्, उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द भयो ।

लभ गुरुलाई जिज्ञासा राख्ने तीनै युवक हुन् कृष्ण राज भण्डारी, जसको शब्द तथा संगीतमा लामो समयपछि गीत बन्यो–‘बिहे गर भन्छिन् आमाले, फकाई रहन्छन् बाबाले, बिहेकै लगन मात्रै हेर्छन् घरकाले, मेरो दिलमा बसेकीले मलाई मन परेकीले, अहिले सम्म उत्तर दिईन रेखा थापाले’ । गीतकार भण्डारी भन्छन्– ‘गायक पर्शुराम रिजालसगको भेटपछि गीत रेकर्डिङ्गको लागि नायिका रेखा थापासँग अनुमति प्राप्त भयो, अनि मात्र मेरो बास्तबिक कथाको गीत बजारमा आउन सफल भयो ।’