Wednesday , 12 December 2018
News update
Home >> kollywood

kollywood

चलचित्र ‘गोपी’को पोस्टर रिलिज , विपिन गाई पाल्ने किसानको भूमिका

माघ १८ गते बाट प्रदर्शनमा आउन लागेको विपिन कार्कीको अभिनय रहेको पछिल्लो चलचित्र ‘गोपी’को पोस्टर रिलिज भएको छ । चारवटा पोस्टरमध्ये सबैमा विपिनको उपस्थिति छ । एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए । उनले थपे, पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ ।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।

फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

पुनम गौतमको ‘मारूनी’ मा पुष्पले साम्राज्ञी र रेविका सग रोमान्स गर्ने

मंगलबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘मारूनी’ निर्माणको औपचारिक घोषणा गरिएको छ। निर्देशकदेखि कलाकारहरुलाई र्‍याम्पमा उतार्दै ‘मारूनी’ घोषणा गरिएको हो ।

चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू अभिनेत्री रेविका गुरूङको साथमा अभिनेता पुष्प खड्का मुख्य भूमिकामा देखिनेछन्।चलचित्र लाई नवल नेपालले निर्देशन गर्दैछन्।माघ दोस्रो साताबाट छायांकन आरम्भ हुने फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक बताउँछन् ।काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने फिल्मको टाइटलले कुनै नाचसँग सरोकार नराख्ने निर्देशक नेपालले बताए ।

निर्मात्री पुनम गौतमको निर्माणमा रहेको चलचित्र ‘मारूनी’ मा गोविन्द फुँयालको कथा तथा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ भने सञ्जय लामाले छायांकन गर्दैछन् ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रमा अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् ।चलचित्रमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन्।

चलचित्र ‘दाल भात तरकारी’को सुटिंगमा निरुता सिंहको सुन्दर ६ तस्बिर

चलचित्र ‘दाल भात तरकारी’को सुटिंगमा निरुता सिंहको सुन्दर ६ तस्बिर

https://www.youtube.com/watch?v=BLy7RGi_fBs

सलिनमान बनिया चलचित्र ’यात्रा ’ को डबिङमा व्यस्त

डेब्यु फिल्म मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिन मान बनिया पछिल्लो समय फिल्म ’यात्रा ’ को डबिङमा व्यस्त छन् । दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् ।

फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहेनती छन् , उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले बताए । फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसि छन् । ’हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ उनले भने ’फिल्मको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ’रमाइलो भईरहेको छ’ सलिन भन्छन ’दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।

फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । यसलाई संजय लामाले खिचेका हुन् ।

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ भने फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ मा रिलिज हुनेछ ।

दयाह्याङ अभिनित ‘आप्पा’ को फस्टलुक पोष्टर सार्वजनिक

चलचित्र ‘आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको पोस्टर तथा कास्ट एण्ड क्रियु सार्वजनिक गरेको हो ।जेष्ठ २४ गतेलाई आफ्नो प्रदर्शन मिती फाइनल गरेको चलचित्र ‘आप्पा’को सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य पात्र दयाहाङ राई, सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चालाई स्थान दिइएको छ ।

बाबु छोराको सम्बन्धको कथामा निर्माण भएको चलचित्र ‘आप्पा’लाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता हुन् । ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ ।

चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाका अलवा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

साम्राज्ञी र पुष्पलले अभिनय रहेने चलचित्रको नाम ‘मारुनी’

अहिलेकी मस्ट डिमाण्डेड अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह सँग चक्लेटी नायक पुष्पल खड्काले रोमान्स गर्न लागेको चलचित्रको नाम फाइनल भएको छ । नवल नेपालले निर्देशनमा साम्राज्ञी र पुष्पलले एक एर्का सँग पहिलो पटक रोमान्स गर्न लागेको चलचित्रको नाम ‘मारुनी’ फाइनल भएको छ ।

‘मारुनी’ भन्नाले सामान्यतया ‘मारुनी नाच’ लाई चिनिन्छ तर यसको अर्थ राम्री युवती भन्ने पनि हुन्छ । चलचित्र ‘मारुनी’ ले भने राम्री युवतीलाई जनाउनेछ । चलचित्रमा दुई अभिनेत्रीहरुलाई दुई राम्री ‘मारुनी’ को रुपमा देखाईनेछ । चलचित्रमा साम्राज्ञी र पुष्पल सँगै रेविका गुरुङको पनि अभिनय रहनेछ । चलचित्रको लागि साम्राज्ञी १५ लाख पारीश्रमिक लिएकी छिन् । अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको निर्देशक नेपालले बताए ।

कास्टिङ लाइन अप फाइनल भए सँगै चलचित्र निर्माणको अधिकारिक घोषणा हुनेछ । त्रिकोणात्मक प्रेम कथामा बन्ने चलचित्र माघको अन्तिम साताबाट फ्लोरमा जाने बताईएको छ । पुनम गौतमको निर्माण रहने चलचित्रलाई सञ्जय लामाले खिच्नेछन् ।चलचित्रमा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ ।

अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘क्याप्टेन’ को पोष्टर सार्वजनिक

अहिले स्टार नायक अनमोल केसीले फुटबल खेलाडीको भूमिका निर्वाह गरेको चलचित्र ‘क्याप्टेन’ को पोष्टर सार्वजनिक भएको छ । चलचित्रको दुई नयाँ पोष्टर आज सार्वजनिक भएको हो । सार्वजनिक दुबै पोष्टरमा अनमोललाई फुटबल खेलाडीको रुपमा देखाईएको छ । पोष्टरमा अनमोल सँगै सुनिल थापा, र प्रशान्त ताम्राकारले स्पेस पाउदा अभिनेत्री पनि अटाउन सकिनन् । यस अघी चलचित्रको फर्स्ट लुक पोष्टर सार्वजनिक हुँदा त्यसमा पनि अभिनेत्री अटाएकि थिईनन् । सार्वजनिक दुई मध्य १ पोष्टरमा अनमोल केसीले बल बोकेका छन् भने अर्कोमा अनमोललाई फुटबल जर्सीको साथ देखाईएको छ ।

चलचित्रमा अनमोल एक फुटबल टिमको कप्तान हुन्छन् ।दिवाकर भट्टराई निर्देशित चलचित्रमा राष्ट्रिय स्तरको खेलाडी बन्न एक युवकले गरेको संघर्षको कथा रहेको छ । भिएफेक्स प्रयोग गरिएको चलचित्रमा उपासना सिंह ठकुरी र प्रियंका एमभी अनमोलको अपोजिटका रहेका छन् । यि दुबै अभिनेत्रीको लागि ‘क्याप्टेन’ डेब्यु चलचित्र हो ।

चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, विल्सन बिक्रम राई आदिको पनि अभिनय रहेको छ । फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् । अर्जुन पोख्रेलको संगीत रहेको चलचित्रमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द रहेको छ ।

आँचल शर्मा र पुष्प खड्काको जोडी ८ तस्बिरमा (फोटो र भिडियो)

सलोन र साराको चलचित्र ’सुश्री सम्पति’ नेपाल लगतै बिदेशमा प्रदर्शन हुने

यहि शुक्रबार अर्थात् मङ्सिर २८ मा रिलिज हुने फिल्म ’सुश्री सम्पति’ को सार्वजनिक गीतसंगीत र ट्रेलरले पाइरहेको हाइपकै कारण फिल्म जापान , दक्षिण कोरिया र युरोपमा प्रदर्शन अधिकारी विक्री भएको छ । फिल्मलाई जापान र कोरियोको लागि सुर्य कर्पोरेसनका बासुदेव लामिछाने र युरोपको लागि सुरज कार्कीले प्रदर्शनको अधिकार लिएका छन् । नेपाल रिलिजको केहि दिनमा युरोपको विभिन्न सहर तथा जापान र कोरियो फिल्म प्रदर्शन हुनेछ ।

दुई युवालले सुश्री सम्पतिको पछाडी लाग्नुको कारण र प्राप्तिको लागि गरिने संघर्षलाई देखाइने फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली , बिनोद न्यौपाने , प्रमोद अग्रहरी र राजाराम पौडेल लगायतको अभिनय रहेको छ । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की विशेष भूमिकामा छिन् ।

चलचित्रका निर्देशक सुब्रतराज आचार्यले हामीले १ वर्षको मेहनतलाई हामीले तयार गरिसकेका छौ । फिल्म रमाइलो बनाएका छौ भन्नेमा विश्वस्त छौ । फिल्मलाई लिएर देश तथा विदेशबाट आइरहेको चासोले हर्सित बनाइरहेको छ । फिल्मलाई हामीले अमेरिकामा प्रदर्शन गर्ने तयारी गरिरहेका छौ , जसको केहि दिनमा घोषणा गर्नेछौ भने जापान , कोरिया र युरोपका विभिन्न सहरमा नेपाल रिलिज भएको सातापछीको सेड्युलमा रिलिज हुनेछ ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक (भिडियो)

आइतबार काठमाडौंमा एक कार्यक्रको आयोजना बिच चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक गरिएको छ ।पौष २० गते बाट प्रदर्शनमा ‘जे सुकै होस्’लाई म्युजिक भिडियोका चर्चित निर्देशक उमेश गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन. बि. अन्जान, इश्वर फुयाँल, कृष्णा भटराई, उद्धव तिमिल्सीना, सुनिल कटुवाल, राजु श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

क्वालिटी फिल्मस् प्रा. ली.को ब्यानरमा निर्माण गरिएको सिनेमामा नवराज जंग थापाको लगानी रहेको छ ।‘जे सुकै होस्’मा उमेश गुरुङको कथा, उमेश गुरुङ र एन. बि. अन्जानको पटकथा तथा संवाद, सुरेश अधिकारी, लक्षण शेष, नवराज जंग थापा र डि आर अतुको संगीत, उमेश गुरुको कोरियोग्राफी, बनिष शाह र शालिक दुलालको सम्पादन रहेको छ ।