Saturday , 23 February 2019
News update
Home >> kollywood (page 10)

kollywood

पुष्प र आँचलको चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकियो

मह संचारको प्रस्तुतिमा किरण केसीको निर्माणमा चलचित्र ‘दाल भात तरकारी’को छायाँकन सकिएको छ ।५१ औं दिनको नियमित छायाँकन पछि चलचित्र सकिएको प्रस्तुतकर्ता किरण केसीले जानकारी दिए । ‘सोचेभन्दा सजिलोसँग फिल्मको छायाँकन सकियो’ कलाकार तथा सबै निर्माण टिमलाई धन्यवाद ।’

चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य,निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, किरण केसी, राजाराम पौडेल, बर्षा राउत, , शिशिर वाङ्देन, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको आइटम गीत प्रियंका कार्कीलाई देख्न सकिन्छ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।चलचित्रको कथा ,पटकथा , संवाद तथा गीत हरिवंश आचार्यले लेखेका हुन् ।चलचित्रको छायांकन चितवन तथा राजधानीको विभिन्न ठाउमा गरिएको हो ।

मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।चलचित्र १३ बैशाख प्रदर्शनमा आउदैछ ।

परिवारमा शंका उत्पन्न भएपछि आउने परिस्थितिमा चलचित्र ‘अनागत’ निर्माण

यहि माघ ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अनागत’ को बारेमा बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरेर जानकारी गराएको छ । मनोविज्ञानमा आधारित यस चलचित्रमा एक परिवारको कथा देखाएको छ । परिवारमा शंका उत्पन्न भएपछी आउने परिस्थितिलाई चलचित्रम अम्र्फत देखौन खोजिएको छ ।

‘लेटर’मार्फत् निर्देशनमा डेब्यु गरेका साम्तेन भुटियाले ‘अनागत’लाई निर्देशन गरेका हुन् । सिनेमामा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुबेदी लगायतको अभिनय रहेको छ । सिनेमामा प्रियंका कार्की र अर्पण थापाले श्रीमान र श्रीमतीको भूमिका निर्वाह गरेका छन् । प्रचार सामाग्री रिलिज समारोहमा सिनेमाका मुख्य कलाकार अर्पण थापा , प्रियंका कार्की , प्रविन खतिवडा , रोसिन सुबेदी लगायत उपस्थित थिए ।

‘अनागत’को क्यारेक्टरबाट निस्किन मलाइ सहज भएन’ अर्पणले आफ्नो भूमिकालाई प्रस्ट्याउदै भने ‘मलाइ अभिनय गर्न मन लागेको सिनेमा हो , मेरो साइडबाट फरक स्वाद चाहने दर्शकको लागि सिनेमा खास छ ।’ अर्पण झैँ प्रियंका पनि अनागतबाट आशावादी छिन । ‘सिनेमाले एउटा परिवारमा श्रीमान र श्रीमती बीच शंखा उत्पन्न भएपछी आउने परिस्थितिलाई देखाउनेछ’ प्रियंका भन्छिन् ‘सिनेमाले पात्रलाई यथार्थसँग जोडेको छ ।’

सस्पेन्स थ्रिलर श्रेणीमा बनेको सिनेमालाई माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयमले संयुक्त रुपमा निर्माण गरेका हुन् । ‘यस सिनेमाले तपाइलाई एउटा घटना र अवस्था देखाउछ तर यसमा कमर्सियल तत्व भने छैनन्’ निर्देशक भुटिया भन्छन ‘एउटा फरक कथालाई हेर्न चाहनु हुन्छ भने मात्र अनागत तपाइको लागि उपयुक्त सिनेमा हो ।’ सिनेमालाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र निर्देशक भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।

‘गोपी’ टिमले कृषि मन्त्री चक्रपाणि खनाललाई पनि भेटे

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले फिल्म ‘गोपी’को टिम सँग भेट्दै फिल्मप्रति आफ्नो ऐक्यवद्धता जनाएको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले ‘गोपी’का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर फिल्मप्रति ऐक्वद्धता जनाएका छन् । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै फिल्मले सान्दर्भिक विषय उठाएको भन्दै फिल्म निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

‘म नेपाली फिल्मको नियमित दर्शक हुँ । हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली फिल्म हेर्ने गर्छु । धेरै फिल्ममा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु,‘उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें । यस्ता फिल्म ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय फिल्मसँग सहकार्य गर्न तयार रहेको पनि बताए । ‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला । तर, फिल्मप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने ।

निर्देशक दीपेन्द्र लामाले फिल्मले श्रमको सम्मानमा जोड दिएको बताए । ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ । त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश फिल्मले दिन खोजेको छ,’लामाले भने, ‘ फिल्म हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ ।’

कृषि मन्त्रीको निमन्त्रणमा फिल्मको गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए । अभिनेत्री सुरक्षा पन्तले मौलिक फिल्ममा सरकारको चासो गाढा हुनु पर्ने कुरामा जोड दिएकी थिइन् भने अभिनेता बिपिन कार्कीले ‘गोपी’ जस्ता मौलिक फिल्ममा सरकारको सहयोगले थुपै्र मौलिक फिल्म बन्ने वातावरण सिर्जना हुने कुरामा जोड दिएका थिए । प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको फिल्म माघ १८ बाट देशभर प्रदर्शन हुँदैछ ।

नेपाली चलचित्रमा दोस्रो पुस्ताको प्रवेश

नेपाली फिल्म निर्माण सुरु भएको ५३ वर्ष पुग्दा धमाधम दोस्रो पुस्ता भित्रिन थालेको छ । पहिलो पुस्ताका स्टारका छोराछोरी ग्ल्यामर उद्योगमा प्रवेश गर्न थालेपछि उनीहरूको स्टारडम एकएक चुलिएको छ । छोराछोरीलाई फिल्म उद्योगमा स्थापित गराउन अघिल्लो पुस्ताका केही स्टारले आफैं लगानी गरेर डेब्यु गराउन थालेका छन् ।

लामो समय नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेका नायक भुवन केसीले छोरा अनमोललाई डेब्यु गराउन आफैं लगानी गरेर फिल्म बनाए । आफैंले अभिनय गरेको पुरानो हिट फिल्म ‘सपना’ को अंग्रेजी नाम ‘ड्रिम्स’ राखेर भुवनले अनमोललाई डेब्यु गराए । अनमोलको जोडीका रूपमा उनले लामो खोजीपछि साम्राज्ञीराज्य लक्ष्मी शाहलाई उद्योगमा भित्रयाए । अनमोल र साम्राज्ञी अहिले कलिउडका ‘हाई पेड’ स्टाराका रूपमा स्थापित छन् ।

अनमोल अभिनीत प्रायः सबै फिल्म हिट छन् भने साम्राज्ञी सामाजिक सञ्जालमा सबैभन्दा धेरै चर्चामा रहेकी नेपाली नायिका हुन् । भुवनले अनमोललाई आफ्नै निगरानीमा राखेर काम गराइराखेका छन् । भुवनले आफ्नै लगानीमा निर्माण गरेको अनमोल अभिनीत फिल्म क्याप्टेन प्रदर्शनको तयारीमा छ ।

पछिल्लो समय नायिका झरना थापाले सुपुत्री सुहानालाई आफ्नै निर्देशनमार्फत उद्योगमा डेब्यु गराएकी छन् । छोरीको हिरोइन हुने चाहनालाई उनले आफ्नै लगानीमा फिल्म ‘ए मेरो हजुर–३’ बाट पूरा गर्न लागेकी हुन् । अहिलेका सुपर स्टारसँग छोरीलाई डेब्यु गराउन झरना दम्पतीले अनमोललाई निकै महँगो पारिश्रमिक दिएको चर्चा छ । फिल्मको छायांकन पूरा नहुँदा नै सुहानालाई उद्योगमा स्टारका रूपमा हेर्न थालिएको छ । फिल्ममा अनमोल गायक र सुहाना उनकी फ्यानको भूमिकामा देखिँदैछन् । यो फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउँदै छ । छोरीलाई स्थापित गराउन जोडतोडले लागेकी झरनाले फिल्मको एक गीत अमेरिकामा छायांकन गर्न लागेकी छन् । अहिले झरना सपरिवार अमेरिकामै छिन् भने अनमोल अमेरिका उड्ने तयारीमा छन् ।

नायिका करिश्मा मानन्धरले पनि छोरी कवितालाई फिल्म क्षेत्रमा लाग्ने बाटो खोलिदिएकी छन् । तर भुवन र झरनाले झै उनले कवितालाई आफ्नै ब्यानरबाट डेब्यु गराएकी होइनन् । करिश्माले आफ्नै समकालीन नायक शिव श्रेष्ठले निर्माण गरेको फिल्मबाट कवितालाई डेब्यु गराएकी हुन् । यही फिल्मबाट नायक शिव श्रेष्ठले छोरा शक्ति श्रेष्ठलाई उद्योगमा प्रवेश गराएका छन् । रिलिजको तयारीमा रहेको यो फिल्ममा जमानाका दुई स्टारका छोरा छोरी एकसाथ देखिने भएका छन् ।

जमानाका नायक विश्व बस्नेतले पनि छोरी निरिशा बस्नेतलाई फिल्म उद्योगमा पठाएका छन् । यसैगरी अभिनेता टीका पहारीका छोरा गौरव पहारीले पनि उद्योगमा नायकका रूपमा राम्रो स्थान बनाएका छन् । निर्देशक नारायण पुरीले छोरा संयम पुरीलाई फिल्म उद्योगमा आफ्नो भाग्य आजमाउन पठाएका छन् भने मेकअप आर्टिस्ट विपना बस्नेतले छोरी रिस्तालाई नायिकाको रूपमा हेर्न चाहिन् ।

रिस्ताले अभिनय गरेका फिल्म दर्शकमाझ आइसककेका छन् । यस्तै निर्देशक तथा अभिनेता शोभित बस्नेतले छोरा सलोनलाई नायक बनाएका छन् । सलोन नेपाली फिल्म उद्योगमा बालकलाकार हुँदै नायक बनेका हुन् । सलोन आफ्नै पिताको ब्यानरमा बनेका फिल्ममा भन्दा बाहिरका ब्यानरमा निर्माण भएका फिल्ममा हिट छन् । छोरा चंकी र छोरी ईश्वरीलाई कलाकारका रूपमा उद्योगमा प्रवेश गराएका निर्देशक शम्भु प्रधानले भने त्यो क्रमलाई निरन्तरता दिन चाहेनन् । छोरीलाई केही फिल्ममा नायिका बनाए पनि छोरालाई बाल कलाकारभन्दा माथि उठाएनन् । बलिउडमा स्टार कलाकारको तेस्रो पुस्ता हावी हुन थालेको बेला कलिउडमा भने दोस्रो पुस्ता स्टार बन्ने ध्याउन्नमा छ ।अनन्त वाग्ले,अन्नपूर्ण

हङकङमा फेब्रूअरी २३ मा चलचित्र ‘पुरानो बुलेट’ प्रदर्शन हुने

अनुपबिक्रम शाहीको मुख्य भूमिका रहेको चलचित्र ‘पुरानो बुलेट’ चैत्र १ गतेबाट नेपालमा सार्वजनिक प्रदर्शनमा आउँदैछ । हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म नेपाल पहिले विदेशमा प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमले हङकङमा फिल्मको पहिलो प्रदर्शनी हुने बताएको छ ।

निर्देशक भिषण राईले फिल्मको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । प्राप्त जानकारी अनुसार आगामी फेब्रूअरी २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुनेछ ।

‘हेल्प फर ह्युमिनिटी’ (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो शो मा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । हङकङमा रहेर पत्रकारितासँगै समाजसेवामा आफुलाई समाहित गरिरहेका अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले ‘पुरानो बुलेट’ प्रिमियरको जिम्मा लिएका छन् ।

पुर्वेली टिपिकल कथा र लोकेशनलाई थिम बनाउँदै निर्माण भएको फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् । उल्लेखित तीन कलाकारसँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा समावेश छ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

हरी घले लामाले खिचेको यो फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका राईले लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव फिल्म निर्देशनमा खर्चिएको बताए । फिल्मको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा नै गरिएको छ ।

चलचित्र ‘गोपी’ युनिट र श्रममन्त्री गोकर्ण बिष्ट बिच भेटघाट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ‘गोपी’ फिल्मको टिमसँग भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् । मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । सो भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएकाले थप जानकारीका लागि फिल्मका निर्माण टिमसँग साक्षात्कार गर्न चाहेको बताए ।

‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’

मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए ।

निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । ‘विदेश नताकेर देशमै पसिना खन्याउने युवाहरुको ठूलो जमात छ, देशमा । त्यो समूहलाई फिल्मको माध्यमबाटै भए पनि हौसला प्रदान गर्ने उद्देश्यले देशमै केही गर्न खोज्ने युवाको कथा भन्ने प्रयास गरेका थियौं,’ लामाले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भए पनि सफल भएको महसुस भएको छ ।’

लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । उनले पनि मन्त्रीको फिल्मप्रतिको चासोले ‘गोपी’लाई मात्र होइन, मौलिक कथामा फिल्म बनाउन चाहने थुप्रै फिल्मकर्मीलाई प्रेरित गर्ने बताए ।चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउदै छ ।’

पोखरमा ज्योतिषी हरिहर अधिकारीले र नायिका क्रिस्टिन पौडेललाई फकाउँदै

चलचित्र ‘शुभ लभ’ को एक गीतको छायांकन यति बेला सुन्दर नगरी पोखरामा छायांकन भैरहेको छ । चलचित्रको सम्पुर्ण छायांकन सकिएको चलचित्र को दुई गीतको छायांकन बाँकी रहेको थियो त्यही मध्ये एक गीतको छायांकन अहिले चलिरहेको छ ।

चत्रै १५ गतेबाट प्रदर्शन हुने चलचित्र ‘शुभ लभ’मा युवा ज्योतिषी हरिहर अधिकारीले डेब्यु गर्दैछन् ।‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतमा हरिहरलाई नव-अभिनेत्री क्रिस्टिन पौडेललाई फकाउँदै गरेको देखिनेछ । गीतमा प्रमीले आफ्नो रिसाएको प्रेमिकालाई फकाउँदै गरेको देख्न सकिने निमार्ण टिमको भनाई रहेको छ ।

छायांकन भइरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ, भने निशान भट्टराईले गीतमा स्वर दिएका छन् । उक्त गीतमा हरिहर अधिकारी र क्रिस्टिन पैडेललाई कोरियोग्राफर रामजी लामिछानेले नचाइरहेका छन् । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्त प्रदीप कुमार उदय हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

अनमोल केसीले ४५ लाख लिएको फिल्म ‘ब्याच्लर बन्टी’ बाट हात झिके

अनमोल केसीले ४५ लाख पारिश्रमिक लिएको चलचित्र ‘ब्याच्लर बन्टी नगरने भएका छन् । पुस्ता माझ निकै लोकप्रिया नायक अनमोलले चलचित्र ‘ब्याच्लर बन्टी’ नगर्ने बताएका छन् । मिलन चाम्सले निर्देशन गर्ने चलचित्र ‘ब्याच्लर बन्टी’ का लागि अनमोलले ४५ लाख पारिश्रमिक लिएका थिए । अनमोलले ४५ लाख पारिश्रमिक लिएको कुराले नेपाली सिने जगतमा ठुलै चर्चा पाएको थियो । निर्माण टिमले चलचित्रको प्रदर्शन मिती समेत घोषणा गरिसकेको थियो ।

केही दिन अघी मात्र चलचित्रका निर्माताहरु मध्यका एक सुदिप खड्काले सामाजिक सन्जाल मार्फत अर्को बर्षको भदौ १३ गतेलाई प्रदर्शन मिती घोषणा गरेका थिए । तर हालै मात्र आएर अनमोलले ‘ब्याच्लर बन्टी’ छोडेको बताएका छन् । अनमोलले निर्माण टिम सँग चलचित्र साईन गरिसकेका थिए भने चलचित्रको स्क्रिप्ट पनि प्राप्त गरिसकेका थिए । यती सम्म कि उनले चलचित्रको लागि उनले १० लाख रुपैया साईनिङ अमाउन्ट समेत लिईसकेका थिए ।

चलचित्रमा उनले काम गर्ने भन्दै सबै प्रकृया पुरा भईसकेको अवस्थामा फाइनल ड्राफ्टमा तयार भएको भूमिकामा आफुलाई ढाल्न नसक्ने भन्दै उनले चलचित्रबाट हात झिकेका हुन् । यही कुरालाई अनमोलले फिल्म छोड्नुको कारण बताई पनि यती फिल्मको छोड्नुको कारण यतीमा मात्रै भने सिमित छैन । अनमोल निर्माण टिमले आफु सँग सल्लाह नै नगरी अभिनेत्री छनोट गरेको कारण खुशी थिएनन् । उनले फिल्म छोड्नु पछाडिको कारण यो पनि हुन सक्ने बताईएको छ ।

यस्तै अनमोलले फिल्मको स्क्रिप्ट चेन्ज गर्न निर्माता सुदिप खड्कालाई अनुरोध गरे पनि चेन्ज नभएको कारण उनी असन्तुष्ट रहेका थिए । अनमोलले स्क्रिप्ट चेन्ज गर्न गरेको आग्रह निर्माता खड्काले निर्देशक मिलन चाम्स र लेखक प्रदीप भारद्धाजलाई सुनाएका थिए । तर दुबै जनाले अनमोलको आग्रह अस्विकार गरेका थिए । अनमोलले यस अघी पनि चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिलिबिली’ बाट हात झिकेका थिए ।

पल शाहको अभिनय रहने चलचित्र ’हृदय भरी’ निर्माणको औपचारिक घोषणा

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ ।चलचित्रमा सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशन रहने छ ।

चलचित्रमा पल शाह , निर शाह , सुनिल थापा , काश बाबु , अनुराग कुवंर , निर्मल शर्मा , सलोन बस्नेत , रेखा लिम्बु , कविता रेग्मी , अभिदिथ खाती , बिके श्रेष्ठ , दिपक गजमेर , प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ , आयुषमान घिमिरे ,सुमन श्री लगायतको अभिनय रहनेछ । यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।

कार्यक्रममा नायक पल शाहले चलचित्रको कथा वस्तु राम्रो लागेर नै मैले यसमा अभिनय गर्न लागेको हु । फिल्मले दर्शकलाई बाध्छ , विषयवस्तु राम्रो छ । फिल्ममा मलाइ चकलेटी ब्वाईकै रुपमा पाउनु हुनेछ तर अघिल्ला फिल्म भन्दा फरक रुपमा देखिने छु ।

यस्तै नायिका श्रद्धा छेत्रीली आफुलाई फिल्ममा अभिनय गर्ने रहर लगेर मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भएता पनि मलाइ नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए ।

यता चलचित्रका निर्देशन सुरज सुब्बा नाल्बोले चलचित्र अहिलेको समयको युवापुस्ताको कथा भन्छ , त्यहि अनुरुप नै हामीले कास्ट लिएका छौ । हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो , त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौ । उ , कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै नै माया गर्ने । पलसँग जोडी पनि सुहाउने भएकोले उसलाई डेब्यु गराउन लागेका हौ ।

यस चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनत्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ । चलचित्रको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने छ ।

चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘समर लभ’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काडमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा अतीत र सायाको लभ, रोमान्स विछोडलाई प्रस्तुत गरिएको छ । समर लभ सुविन भट्टराईद्धारा लिखित बेस्ट सेलिङ उपन्यास समर लभमा आधारित रहेर बनेको छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

मुस्कान ढकाल निर्देशित ‘समर लभ’ लाई नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत, कोरियोग्राफी कविराज गहतराज, छायाँकन मानकृष्ण महर्जन, संजय लामाको डिओपी, अर्जुन जिसीको सम्पादन रहेको छ । ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।