Monday , 17 June 2019
News update
Home >> kollywood (page 2)

kollywood

नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक (भिडियो)

चलचित्र ‘जाइरा’को टिजर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको बिच टिजर सार्वजनिक गरिएको हो ।५८ सेकेण्ड लामो टिजरमा नम्रता श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ । उनि मिक्स मार्शल आर्ट खेलाडी (एम.एम.ए) को भूमिकामा देखिएकी छन् ।

चलचित्र ‘जाइरा’मा नम्रता सगै अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको पनि अभिनय छ । कलाकार मगर नम्रताको कोचको भूमिकामा छन् ।आशुतोष राज श्रेष्ठले ‘जाइरा’लाई निर्देशन गरेका हुन् । कार्यक्रममा श्रेष्ठले चलचित्र मिक्स मार्शल आर्ट केन्द्रित भएपनि प्रमुख प्लट बदला रहेको बताए ।

भदौ ६ गते देखि प्रदर्शनमा आउने यस चलचित्रमा कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडले संगीत , सम्राट बस्नेतको द्वन्द, राउल मोक्तान र मेघराज चेम्जोङले कोरियोग्राफीको काम गरेका छन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेको सिनेमालाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित ‘जाइरा’मा कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् । चलचित्रको निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा छ ।

देवलको शब्दमा रवी र पुष्पाको ‘दिलको फ्रेम’

‘सर्माएर लजाएर’ तथा ‘डार्लीङ’ जस्ता सफल गीतका गीतकार देवल भण्डारीको शब्दमा तयार भएको नयां गीत ‘दिलको फ्रेममा’ सार्वजनिक भएको छ । अष्ट्रेलियाको मेल्बोर्न निवासी भण्डारीको शब्दमा तयार भएको गीत मंगलवार युटुववाट सार्वजनिक गरीएको हो ।

यस्तो छ भिडियो l

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका पुष्पा पौडेलको आवाजमा रहेको गीतको संगीत दिपक शर्माले गरेका छन् । साहस शाक्यको संगीत संयोजन रहेकोे भिडियोको निर्देशन सञ्चारकर्मी तथा फिल्म निर्देशक शुभ्रतराज आर्चायले गरेका हुन् ।

गीतमा पछिल्लो समय आपू जोडीको उपनाम पाएका आंचल शर्मा र पुष्प खड्का फिचर्ड छन् । यी दुइसंगै रवि र पुष्पा पनि गीतमा छन् ।

नवराज उप्रेतीको छायांकन रहेको गीतलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । गीतमा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने यसको कन्सेप्ट जया शर्माको रहेको छ ।

चलचित्र ‘कीर्तिपुर’असार १३मा प्रदर्शन हुने

तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको दौरान अठारौं शताब्दीको पूर्वाद्र्धमा कीर्तिपुरमा गरेको आक्रमण विषयबस्तुमा बनाइएको ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ असार १३ सार्वजनिक प्रदर्शनमा  आउदै छ ।

प्रदीप खड्गी यो चलचित्रका निर्देशक हुन् ।फोकस पिक्चर्सको ब्यानरमा ५ वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो । ‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका युवा निर्देशक प्रदीप खड्गीको भनाइ छ ।साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’ मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वस“गको समन्वयमा निर्माण्ँ गरिएको चलचित्र हो । कला निर्देशक केके माननधरका अनुसार चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।
पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अंग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आउनु भएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गर्नुभएको छ ।
चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।
चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायाकन गर्नु भएको हो । निर्देशक खड्गीका अनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।
https://www.youtube.com/watch?v=_ugB_1QK8NM
राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढंगले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् ।
सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।

चलचित्र ‘मिस्टर नेपाली’ निर्माणको घोषणा ,भूवन केसी र रीमा विश्वकर्मा मुख्य भूमिकामा

देवचुली फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको नयाँ चलचित्र ‘मिस्टर नेपाली’को आज औपचारिक घोषणा गरिएको छ । चलचित्रको छायांकन पनि आजैबाट सुरु भएको छ ।

नवलपरासीमा यो चलचित्रको छायांकन हुनेछ । प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ ।

यो चलचित्रमा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । चलचित्रमा नायक केसी दोहोरो चरित्रमा देखिदैछन् । उनका अनुसार, चलचित्रमा उनी खलनायक र नायकको भूमिकामा देखिन लागेका हुन् । यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका रहनेछ । चलचित्रमा नयाँ कलाकारको रुपमा साहिल श्रेष्ठ र कुसुम राउतले काम गर्दैछन् ।चलचित्रमा हिमाल केसीको एक्सन, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।

चलचित्रमा लामो समयपछि देखिन लागेका नायक भूवन केसीले भने–‘मलाई सधै नै फरक भूमिका गरौं भन्ने लाग्थ्यो । यसपटक चलचित्रमा म खलपात्रको भूमिकामा देखिदैछु । यसैले नै काम गर्न लागेको हुँ ।’

नायिका रीमा विश्वकर्माले नायक भूवन केसीसँग पर्दा शेयर गर्न पाउँदा खुशी लागेको सुनाइन् ।निर्देशक भुषालले भने–‘चलचित्रले राष्ट्रियताको कथालाई रमाइलो तरिकाले उठान गर्नेछ । यो विशुद्ध मनोरञ्जनात्मक चलचित्र हो । तर, यसले विशेषगरि विदेशमा रहेका नेपालीहरुमा नेपालप्रतिको मायालाई झल्काउनेछ ।’ चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटा हुन् ।

चलचित्र ‘सोच’को फस्टलुक्स पोस्टर सार्वजनीक ,भदौ २०मा प्रदर्शन हुने

एक्शन लभस्टोरी चलचित्र ‘सोच’को फस्टलुक्स पोस्टर सार्वजनीक गरिएको छ । पुजन सिंह (प्रभाकर प्रकाश) को कथा र निर्देशनमा बनेको चलचित्र ‘सोच’ भदौ २० गते प्रदर्शन हुदैछ ।

सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको फिल्मको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्धय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ ।चलचित्रमा प्रज्वल,नीता, पुजनका साथमा बिशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्र ‘सोच’ कृष्ण आचार्यको पटकथा,सम्वाद रहेका सोचमा एनबि महर्जनको द्धन्द्ध निर्देशन,रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ ।चलचित्रले मनोरञ्जनका साथै जीवनोपयोगी सन्देश समेत प्रदान गर्ने निर्देशक पुजन बताउछन् ।

अमेरिकामा कलाकार तथा निर्देशक दिनेश कार्कीले खोले स्पेसल आई ब्रो एण्ड हेयर सेलुन

कलाकार तथा निर्देशक दिनेश कार्की र उहाको श्रीमती मुना गुरुङ द्वारा अमेरिकाको भर्जिनियाको चार्लोट्सभिल शहरमा महिला शृंगार पसल संचालन गरेका छन् ।केही समय अगाडी देखि नै संचालनमा आएको उक्त महिला शृंगार गृह एक बिशेष कार्यक्रमको आयोजना गर्दै सार्वजनिक रुपमा सबैलाई जानकारी होस् भन्ने हेतुले सार्वजनिक गरिएको हो ।

नेपाल भक्तपुर घर भै झन्डै २ दशक सम्म अभिनय गर्दै कैयौ धारावाहिक तथा बिभिन्न अभिनय गरेकाकलाकार दिनेश कार्कीकि पत्नी मुना गुरुङले उक्त पसल खोलेका हुन् ।विदेशमा नेपालीहरु तल्लोस्तर को मात्र काम गर्ने भन्ने आरोप समेत बेला बखतमा लाग्ने गरेको अवस्थामा दम्पत्ति कार्की तथा गुरुङले काम मात्र नभएर ब्यबसाय संचालनमा ल्याएका हुन् । अमेरिका आए देखि धेरै संघर्ष गर्दै पसल खोल्न सफल भएका छन् ।

कार्यक्रमको उद्घाटन भर्जिनिया कै चार्लोट्सभिल मै बसोबास गर्नु हुने डा दुर्गा पोखरेल ( विधा वारिधि ) ले उदघाटन गरेकी थिइन् । डा पोखरेलले शुभकामना दिएकी थिइन् । यसै क्षेत्रमा रहनु हुने स्व गोपाल योञ्जन कि सुपुत्री सृजना सिंह योञ्जन को पनि उपस्थिति रहेको थियो भने उनले पनि शुभकामना दिएकी थिइन् ।कार्यक्रममा उक्त क्षेत्रका नेपाली समुदायहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन सबिन छेत्रीले गरेका थिए । भर्जिनियाको चार्लोट्सभिल स्थित उक्त पसलको नाम स्पेसल आई ब्रो एण्ड हेयर सेलुन रहेको छ ।

खगेन्द्र लामिछानेले बनाउने भए चलचित्र ‘पानीफोटो’

खगेन्द्र लामिछानेले अभिनय तथा निर्देशन गरेको चर्तित नाटक ‘पानीफोटो’ माथी सिनेमा निर्माण हुने भएको छ ।  आज राजधानीमा आयोजीत एक कार्यक्रमका बिच अफिसियल रुपमा निर्माण घोषणा गरियो । यही वार ड्रामा सिनेमाबाट अभिनेता, लेखक तथा निर्माता खगेन्द्र लामिछानेले निर्देशनमा डेव्यु गर्दैछन् ।खगेन्द्रले यसअघि ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपती प्रसाद’, ‘धनपती’ लगायतका सफल सिनेमा काम गरिसकेका छन् । टुकी आर्ट्स र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने सिनेमाको छायाँकन आगामी भाद्र महिनाबाट सुरु हुनेछ । १५ वर्ष अगाडी द्धन्द्व कालमा हराएको छोराको प्रतिक्षामा बसेका बाबुआमाको कथा सिनेमाले उठान गर्नेछ ।काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा सिनेमा छायांकन हुनेछ ।

सिनेमामा सुनिल पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणी नेपाल, अशान्त शर्मा, श्याम कुमार खड्का लगायतका कलाकारको सिनेमामा अभिनय रहने छ । ‘पानीफोटो’मा रंगमञ्चका चर्चित कलाकारहरुको बाहुल्यता रहेको छ ।

सिनेमा निर्देशक तथा कलाकार खगेन्द्र लामिछानेले ‘पानीफोटो’ निर्देशन गर्ने सपना रहेको बताए । उनले भने – ‘यसपछि म सिनेमा निर्देशन गर्छु वा गर्दैन त्यो त थाहा छैन् । तर, ‘पानीफोटो’ मैले निर्माण गर्न चाहेको जस्तो सिनेमा हो, त्यसैले यसलाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु । मैले ‘पानीफोटो’लाई नाटकको रुपमा निर्माण गर्दै गर्दा सोचेको थिए, यसलाई एक दिन सिनेमाको रुपमा ढाल्ने छु । आज आएर बल्ल त्यो सपना पुरा हुने समय जुरेको छ । हेरौ कति सफल हुन्छु, त्यो भोली सिनेमा बनेर हलमा आए पश्चात तपाईहरुको प्रतिक्रियाले बताउने छ ।’

अभिनेता, निर्माता तथा निर्देशक लामिछाने स्वयंमले पानीफोटोको कथा, पटकथा तथा संवाद तयार पारेका हुन् । सिनेमामा रोजिना सिटौला र रविन्द्र बज्राचार्यको लगानी रहने छ । दिपक बज्राचार्यको छायाँकन रहने सिनेमालाई निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हाल्ने छन् । २०२० मा रिलिज हुने सिनेमामा पुष्पासंगमको पाश्र्व संगीत रहने छ ।

साम्राज्ञी र पुष्प अभिनित चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक

साम्राज्ञी  राज्यलक्ष्मी शाह र पुष्प खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको चलचित्र ‘मारुनी’ को फस्टलुक सार्वजनिक भएको छ । भदौ १३ गतेलाई प्रदर्शन मिती लक गरेको चलचित्रको फस्टलुक आइतबार सार्वजनिक भएको हो । चलचित्रको २ वटा पोष्टर रिलिज भएको हो ।

सार्वजनिक फस्टलुकमा साम्राज्ञी र पुष्प फिचर्ड रहेका छन् । फस्टलुकमा साम्राज्ञी र पुष्प रोमान्टिक मुडमा रहेका छन् । तस्बिरमा साम्राज्ञी र पुष्पलको जोडीलाई सुन्दर देखिएको छ । पोष्टरमामा साम्राज्ञको बोल्ड अवतार देखिएको छ ।

एक तस्बिरमा साम्राज्ञी बोल्ड तरिकाले रुखमा अढेस लगाएर बसेकी छिन् र पुष्पलले उनको कम्मरमा हात राखेका छन् । यस्तै अर्को तस्बिरमा साम्राज्ञी घोडामा चडेकी छिन् भने पुष्पलले त्यो घोडा डोराएका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्र ‘मारुनी’ पूनम गौतमले निर्माण गरेकी हुन् । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई संजय लामाले खिचेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन् ।

मोफसलमा सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले गरे बक्सअफिस उद्धाटन

शनिबार मोफसलमा सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाको उपस्थीतमा बक्सअफिस सिस्टमको उद्धाटन गरिएको छ । शनिवार सर्लाहीको लालबन्दीमा रहेको वीणा चलचित्र मन्दिरमा आयोजीत एक कार्यक्रमका बीच सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले उपत्यका बाहिरको बक्सअफिस (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम) को उद्घाटन गरेका हुन् । उनले असार मसान्तभित्र देशभरका हलमा इ-टिकेटिङ सिस्टम लागू हुने बताएका छन् ।

बक्सअफिस सिस्टमको उद्धाटन कार्यक्रममा विकास बोर्डका अध्यक्ष केशव भट्टराई, बोर्डका सदस्य सचिव महेन्द्र प्रसाद सखी, बोर्ड सदस्य नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामासँगै रंग पत्रकार तथा स्थानिय जन प्रतिनिधिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले असार मसान्तसम्ममा सबैतिर इ-टिकेटिङ सिस्टम लागू हुनेमा विश्वास व्यक्त गरे ।मन्त्री बाँस्कोटाले कार्यक्रममा आफ्नो भनाई राख्दै भने ’प्रत्येक व्यवसाय पारदर्शी हुनुपर्छ । व्यावसायिक शुद्धताले राज्य र पेशालाई मर्यादित बनाउँछ । नागरिकले हल-हलमा पुगेर टिकट लिने तर कागजको खोस्टामा हिसाब राख्ने, यो डरलाग्दो सामाजिक भष्ट्राचार हो । यसलाई हटाउन पछिल्ला प्रविधिलाई प्रयोग गर्दै पारदर्शी बनाउन लागेका हौं ।’ उनले नयाँ कुरा लागू गर्न निकै गाह्रो हुने पनि अनुभव सुनाए ।

यस्तै, मन्त्री बास्कोटाले अगाडी भने ’हामीले प्रविधिलाई आत्मसात् गर्न अत्यन्त आवश्यक छ । दर्शकलाई उत्कृष्ट सेवा दिनका लागि पनि प्रविधिलाई आत्मसात् गर्नुपर्छ ।’ ’देशको विकास भयो भने मात्र सबै क्षेत्रको विकास हुन्छ । त्यसैले हरेक क्षेत्रको हिसाब पारदर्शी हुनुपर्छ । हरेक क्षेत्रले सरकारलाई ट्याक्स तिर्नु आजको आवश्कता अन्तर्गत पर्छ । साथै, कुनै पनि संस्थाले ट्याक्स तिरेपछि त्यो संस्थालाई सरकारले त्यही अनुसार सुविधा दिनुपर्छ र दिन्छ पनि ।’ त्यसैले सम्पुर्ण सिनेमाकर्मीलाई देश र सरकार प्रति इमान्दार हुन मन्त्री बास्कोटाले आग्रह गरे ।उनले भने – ‘हल नै चल्न छाडेको खण्डमा सरकारले हेर्ने पनि बक्सअफिस सिस्टम उद्धाटन कार्यक्रममा जानकारी गाराए । उनी भन्छन्, ’बक्सअफिस भष्ट्राचार माथिको सशक्त प्रहार हो । फागुनमा नै लागू हुनु पर्ने बक्सअफिस २ महिना ढिला भयो । अब कुनै हालतमा लागू हुन्छ । बक्सअफिस लागू गर्नका लागि सम्पूर्ण हल सञ्चालकलाई मानसिक रुपमा तयार हुन आवश्यक छ ।’

यदी कुनैपनि हल सञ्चालकले बक्सअफिस लागू गर्न नमाने कारवाहीको भागीदार हुनु पर्ने भनाई मन्त्री बास्कोटाको छ । ’यो चुनौती होइन, हल सञ्चालकहरुलाई अनुरोध हो । नेपाल सरकारको नियमलाई अटेर गर्नुहुन्छ, भने सरकार पनि चुप लागेर बस्दैन ।’ यस्तै मन्त्री बाँस्कोटाले काठमाडौंमा अत्याधुनिक सुविधा सम्पन्न सिनेमा स्टुडियो यही वर्ष निर्माण हुने पनि बताए । ’छायांकनका लागि नेपाल भन्ने कार्यक्रम पनि अगाडि बढ्छ । नेपाल सरकार सिनेमा क्षेत्रको विकास चाहन्छ ।’

यस्तै बक्सअफिस सिस्टमको उद्धाटन कार्यक्रमा पुगेका विकास बोर्ड अध्यक्ष केशब भट्टराईले भने ’यदी साउन १ गतेभित्र हल सञ्चालकले इ-टिकेटिङ लागू नगरे कारवाही सुरु गर्छौं । हामी सकेसम्म कारवाही नगर्ने सोचमा छौं । यो कुरा साँचो होकी हामी अटेर गर्नेलाई छाड्दैनौं ।’ बोर्डले देशभरका ८० हललाई निःशुल्क रुपमा कम्प्युटर, प्रिन्टर, इन्टरनेट राउटरलगायत आवश्यक उपकरण उपलब्ध गराउनुको मुख्य उद्देश्य इ-टिकेटिङमार्फत टिकट जारी गर्नु रहेको बोर्ड अध्यक्षको भनाई छ । यस्तै काठमाडौं उपत्यकाभित्र लागू भएको बक्सअफिस सिस्टम पनि चाँडै कार्यन्यवनमा ल्याउने बताए ।

बोर्ड सदस्य नरेन्द्र महर्जनले कार्यक्रममा आफ्नो भनाई राख्दै साउन १ गतेभित्र देशभर बक्सअफिस लागू हुने दावी गरे । उनले भने- ’बक्सअफिस लागु गर्ने हामी सम्पूर्ण सिनेमाकर्मीहरुको सपना थियो । अब हामी त्यो सपनाको नजिक पुगेका छौं ।’ यस्तै, निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बक्सअफिस लागू गर्न सरकार आफैं अग्रसर भएकोमा खुसी व्यक्त गरे ।

चलचित्र ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक (भिडियो)

प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल स्टारर सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत सार्वजनिक गरिएको छ । आगामी जेठ ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको योगेश घिमिरे निर्देशित सिनेमा ‘प्रेम दिवस’को शिर्ष गीत विहिबार इन्टरनेटमा रिलिज गरिएको हो । करण राज कार्कीको संगीत रहेको गीतमा सन्तोष पोखरेलको शब्द तथा सुरज तामाङ र शैलु आरएल सिंहको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सिनेमा भित्रका चल, अचल दृश्यहरु समावेश गरिएको छ ।

भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई फिचर्ड गरिएको छ । गीतले एक जोडीको प्रेमभाव बोल्छ । सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको निर्देश घिमिरेको भनाई छ । प्रियंकाको एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उचार चढावमा सिनेको कथा केन्द्रित रहेको निर्माण टिमले जानकारी दिएको छ । सिनेमाको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।

सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र विशाल खरेलका अलवा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुइँटेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । विशाल खरेलले यो सिनेमाबाट डेब्यू गर्दैछन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् भने, ‘प्रेम दिवस’मा मानकृष्ण महर्जनको छायाँकन रहेको छ । मनिष दाहाल निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सञ्जय न्यौपाने हुन् । ‘प्रेम दिवस’ का गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।