Tuesday , 18 December 2018
News update
Home >> kollywood (page 20)

kollywood

चलचित्र ‘निर्जला’को शिर्ष गीत रिलिज (भिडियो)

यहि असोज १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र निर्जलाको शिर्ष गीत रिलिज गरिएको छ ।सबैकी प्यारी निर्जला बोलको गीतमा मेलिना राईको स्वर छ । गीतमा बबुल गिरीको संगीत र राम रुवालीको शब्द रहेको छ ।

चलचित्रलाई राजु गिरीको निर्देशन गरेका हुन् । फिल्ममा शुभेच्छासँगै नायक किशोर खतिवडा लगायतको अभिनय छ । फिल्मलाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् ।

कसलाई भन्दैछिन रेखा थापा- डर सँग आँखा जुधाएर हेर? (भिडियो)

लामो समय देखि नेपाली सिने क्षेत्रमा एक क्षत्र राज गरेकी अभिनेत्री रेखा थापाले निर्देशन गरेकी बहुप्रतिक्षित चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ ।’हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको फिल्म ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन्। चलचित्र ‘मालिका’ कार्तिक १६ गते देखी देश भरी प्रदर्शनमा आउदैछ।

सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा मुखरित गर्न निर्माण गरिएको मालिका रेखाको पाचौ फिल्म हो । रेखा थापाको अग्रणी अभिनय रहेको मालिकामा उनलाई साथ दिनेछिन कर्णाली कि छोरी कमला ओलीले । कमला त्यस अघी फिल्म क्षेत्रमा नितान्त अनिभिग्य किशोरि हुन I अक्सर महिला र सामाजिक मुद्दामा फिल्म निर्माण गर्ने रेखा फिल्मसले यस अघी एसिड आतंक बिरुद्द ‘रुद्रप्रिया’, अपाङ्गताको बिषयमा ‘हिम्मतवाली’, श्रमिक महिलाको बिषयमा ‘रामप्या रि’ ब्यबसायिक क्षेत्रमा महिला माथिजस्ता बिषय हुने असमानता र आत्मासम्मान बारे ‘काली’ बनाएकी रेखा यस पाली अझ गहन रुपमा प्रस्तुत भएकी सहजै बुझ्न सकिन्छ ।

शहर र ग्रामीण क्षेत्रमा ब्याप्त सामाजिक बिसँगति र प्रब्रितिलाई खल्-पात्रको रुपमा गहन लडाईं देखाउने छ जो सामाजिक, मनोबैज्ञानीक र भौतिक सबै तहमा पर्दामा देखिने छ । परम्परागत सम्बाद शैली भन्दा एक कदम अगाडि बढेर, देहाती, पश्चिमर कर्णाली क्षेत्रको खस शैली को भाषिक सुन्दरता र समिश्रण भएको यो फिल्ममा १०० भन्दा बढी कोरस भएको निर्त्य तथा पाँच भिन्न लोक सन्स्क्रिती झल्काउने कलात्मकता देखिन्छ ।

छोरीको निम्ती स्वर्णिम नेपाल महा अभियानको अभी यन्ता पनि रहेकी रेखा थापा र अभीयन्ता नर बहादुर कार्कीको दावी छ, मालिका एउटा फिल्म मात्रा होइन, यो एउटा अत्यावश्यक अभियानको हिस्सा हो । ‘तिमी भित्र पनि एउटा नायक छ’ भन्ने नारा रहेको मालिका फिल्मले देश भरिका छोरी हरुमा एउटा जागरण ल्याउन खोजेको देखिन्छ । यहाँ डर निर्धा र निर्धन को होइन, डर त शिक्षित र सम्पन्नता को खोल ओडेका हरुको छ’ भन्ने सम्बाद बाट शुरु भएको ट्रेलर ले छोरी हरुमाथि को बर्तमान प्रतिकुलता लाई कडा ब्यङ्य गरेको झल्किन्छ ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ ।

फ्राइडे रिलिज ‘छिरिङ’,’कथा काठमाण्डौ’ र ‘अनुराग’को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘छिरिङ’, ‘कथा काठमाण्डौ’र ‘अनुराग’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छिरिङ’, ‘कथा काठमाण्डौ’र ‘अनुराग’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कथा काठमाण्डौ’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘कथा काठमाण्डौ’प्रदर्शनमा आएको छ।चलचित्रलाई संगीता श्रेष्ठले निर्देशन गर्नु भएको हो ।

काठमाण्डौलाई आफ्नो कर्मभुमि बनाएर रहिरहेका भिन्न भिन्न पात्रको कथालाई फिल्ममा चित्रण गरिएको छ ।चलचितमा प्रियंका कार्की, आयुष्मान डिएस जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी, प्रमोद अग्रहरीको मुख्य भूमिका छ ।फिल्ममा गायिका इन्दिरा जोशी पनि विशेष भूमिकामा देखिदैछिन ।

आहाना फिल्मःको ब्यानरमा निर्माण भएको फिल्ममा विजय राइको लगानी छ । फिल्मलाई लुजा सिंहले खिचेका हुने भने यसलाई मित्र गुरुङले सम्पादन गरिरहेका छन् । भारत रेग्मीको कलर र भीएफएक्स रहेको फिल्मको पटकथा भने निर्देशक श्रेष्ठले नै लेखेकी हुन् ।

‘अनुराग’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘अनुराग’पनि प्रदर्शनमा आएको छ।चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।

चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

‘छिरिङ’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘छिरिङ’ दर्शनमा आएको छ।यसै फिल्मबाट गायक एवं अभिनेता यशकुमारले निर्देशकको रुपमा समेत डेब्यु गरेका छन् ।

चलचित्रमा यशकुमार,रुम्बा रुम्बा र कामना भुजेलको मुख्य भूमिका रहेको छ। सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

सेन्सर बोर्डले ‘छिरिङ’लाई पीजी सर्टिफिकेट,सेन्सरमा चलचित्रको तारिफ

भोलि शुक्रबार बाट प्रदर्शनमा नेपाली कथानक चलचित्र ‘छिरिङ’ ले पीजी सर्टिफिकेट पाएको छ । चलचित्रलाई सेन्सर बोर्डले बुधबार पीजी सर्टिफिकेट दिएको हो ।

“सेन्सर वोर्डका मेम्बरहरुले चलचित्रको तारिफ गर्दै स्ट्यान्डिङ अभिएसन दिनुभयो,” छिरिङका निर्देशक यशकुमारले भने, “सेन्सर बोर्डको प्रतिक्रियाले हामीलाई थप उत्साहित बनाएको छ ।”

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । गायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापासँग मिलेर लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ ।

चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक (भिडियो)

ऐतिहासिक कथामा निर्माण भएको फिल्म ‘नालापानी’को टिजर सार्वजनिक भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो।

सार्वजनिक टिजरमा नेपालीले नेपाल भूमि बचाउनका लागि अङ्ग्रेजविरुद्ध लडेको लडाइँ देखाइएको छ। टिजरमा भिएफएक्सको प्रयोग अधिक भएको देखिन्छ। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर यो फिल्म निर्माण भएको हो ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

रिमेश अधिकारीको निर्माण तथा निर्देशन रहेको नालापनीमा अङ्ग्रेजविरुद्ध नेपालीले गरेको वीरतापूर्ण लडाइँ नै फिल्मको मुख्य कथा हो।रामशरण उप्रेतीले खिचेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको करियोग्राफी तथा विपिन मल्लको सम्पादन रहेको छ।

चलचित्र सफल भएको भन्दै ‘इन्टु मिन्टु लण्डनमा’निर्माण युनिटले केक काटेर सेलिव्रेशन गर्यो

शुक्रबार प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’निर्माण युनिटले चलचित्र सफल भएको भन्दै केक काट्दै सेलिव्रेशन गरेको छ ।चलचित्रले बम्पर ओपनिङ गरेको र दर्शकको साथ पाएको र मंगलबारसम्म ३ करोड ३० लाख कमाएको भन्दै केक काटेर सेलिव्रेशन गरिएको हो ।

काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा सिनेमाकी निर्देशक रेनशा वान्तवा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा, नायकद्धय धिरज मगर र सारुक ताम्राकारको उपस्थितीमा केक काटेर सेलिव्रेशन गरिएको हो । उक्त कार्यक्रममा सिनेमाकी मुख्य पात्र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने उपस्थित भइनन् ।

सिनेमाको विदेशमा पनि डिमाण्ड बढेको भन्दै करिब ८६ लाख रुपैयाँ विदेशबाट आइसकेको यसको निर्माणपक्षले जानकारी दिएको छ । सिनेमाको शो दिनदिनै बढिरहेको भन्दै दोश्रो सातामा पनि सिनेमाले राम्रो कमाई गर्ने विश्वास लिइएको छ ।

यसैविच, आइकोर फिल्म्सले ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएपछि अर्को सिनेमा पनि घोषणा गरेको छ । आउँदो बर्षको दशैंमा रिलिज गर्ने गरि घोषणा गरिएको सिनेमाको नाम ‘आई एम ट्वान्टी वान’ राखिएको छ ।सिनेमाको बिषयमा अन्य केही जानकारी दिइएको छैन । सिनेमामा नायक धिरज मगरले काम गर्ने पक्का जस्तै भएपनि अहिले नै उनको नाम घोषणा भने गरिएन । सिनेमामा २ नायिका हुने वुझिएको छ । २ नायिका विदेशबाट ल्याउने निर्देशक राइले जानकारी दिइन् ।


अनमोल केसी पछि प्रदीप खड्काको चलचित्र निर्देशन गर्दै हेमराज विसी

युवा स्टार अनमोल केसीलाई ‘होस्टेल’ बाट डेब्यु गराएका निर्देशक हेमराज विसीले जति चर्चा अनमोल केसीलाई अभिनय गराएर चर्चामा आए त्यति नै उनले निर्देशन गरेको अन्य चलचित्र बाट हुन सकेन्।पछिलो समय अनमोल सग हेमराज राम्रो सम्बन्ध न रहेको समेत चर्चा चल्न थालेको छ।

‘ब्रेकअप’ प्रदर्शनको तयारीमा रहेको निर्देशन गरेर निर्देशक हेमराज विसीले आफ्नो नया चलचित्रको लागि नायक प्रदीप खड्का अनुबन्धन भएका छन् । रोमान्टिक कमेडी जनराको फिल्ममा प्रदीपलाई केही दिन अगाडी मात्रै सम्झौता गरिएको निर्देशक विसीले जानकारी दिए । फिल्मको नाम गोप्य राखिएको छ ।

अधिकांश छायांकन फ्रान्समा हुने फिल्ममा प्रदीपको अपोजिटका लागि अहिले अभिनेत्री साम्राज्ञी आरएल शाहसँग कुरा भइरहेको छ ।यसअघि प्रदीपको ‘भैरवी’ र ‘लभ स्टेशन’ गर्न अस्विकार गरेकी साम्राज्ञीले यसपटक सकारात्मक देखिएकी छन् । नायिका साम्राज्ञीराज्य लक्ष्मीसँग कुरा भएपनि सम्झौता भने भैनसकेको उनको भनाई छ ।

हाल फिल्मको स्त्रिप्टको कार्य भैरहेकोनाम नया चलचित्रलाई दिपक खतिवडा, रेणु राणा र गोविन्द शाहिको संयुक्त निर्माणमा बन्ने फिल्मको बैशाखदेखि छायाँकन सुरु हुनेछ ।युवा स्टार अनमोल केसीलाई लिएर हेमराज ३ र आशिरमान जोशीलाई लिएर हेमराज दुई वटा फिल्म निर्देशन गरेका छन् ।


बहुप्रतिक्षीत चलचित्र ‘‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं छ तस्बिरमा

यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’की नायिका दीपिका प्रसाईं चलचित्रको ‘पछि उमेर ढल्किन्छ’ को गीत छायांकनमा लिएको तस्बिर ।चलचित्र ‘छक्का पञ्जा ३’असोज २४ गते घटस्थापनाको दिन बाट प्रदर्शनमा आउदैछ ।दीपाश्री निरौलाको निर्देशक रहेको ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।



चलचित्र ‘जय भोले’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक

चलचित्र ‘जय भोले’को प्रदर्शन मिति सहित पोस्टर सार्वजनिक गरिएको छ ।अब चलचित्र ‘जय भोले’ असोज ३० अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आउने भएको छ ।

यस अघि ‘छक्का पञ्जा ३’ सँग ‘जय भोले’ भिड्ने कुरा आए पनि शनिबार ‘छक्का पञ्जा ३’ले ट्रेलर रिलिजसँगै प्रदर्शन मिती सार्वजनिक गरेसँगै ‘जय भोले’ले पनि आफ्नो प्रदर्शन मिती र अफिसियल पोस्टर सार्वजनिक गरेको हो ।ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित यस चलचित्रमा १२ वर्षपछि निर्देशक, निर्माता तथा कलाकार अशोक शर्माले यो फिल्म निर्देशन गरेका हुन् ।

चलचित्र ‘जय भोले’मा सौगात मल्ल,सलोन बस्नेत, बुद्धि तामाङ,खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ ।

१ करोड ६० लाखको लगानी रहने भनिएको यस चलचित्र झापा र इलाममा छायांकन गरिएको हो । एए ग्रुप अफ कम्पनिज र फिल्म वर्ल्ड प्रालीकाे व्यानरमा निर्माण भएको ‘जय भोले’ किरण शर्मा, कृति शर्मा र अंकित शर्मा फिल्मको निर्मातामा रहेका छन् ।

खगेन्द्र लामिछानेको लेखनमा निर्माण भएको ‘जय भोले’मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी/कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन छ ।

उमेश थापा र कविता गुरुङको ‘बोबी’को लन्डन प्रिमियर, भुईमा बसेर चलचित्र हेरे

उमेश थापा र कविता गुरुङको रियल कथामा निर्माण गरिएको चलचित्र ‘बोबी’को लन्डनमा पनि प्रिमियर शो सम्पन्न गरेको छ ।पहिलो पटक लन्डनमा यति धेरै दर्शकको साथ थियो जहाँ सिट नपुगेर दर्शक टिकट काटेर पनि भुईमा बसेर चलचित्र हेरेका छन् । चलचित्र हेरे पछि लन्डनमा पनि दर्शक रुदै नै हलबाट बाहिरियका छन्

निर्देशक चाम्स अनुसार आइतबार गरिएको पहिलो शोमा नै रियाल जोडीको फिल्म हेर्न १२ सय दर्शक उपस्थित भएको बताएका छन ।उक्त फिल्ममा धनी र गरिव विचमा भएको खाडलको प्रष्ट रुपमा उजागर भएको छ, जसमा नायीकाले गरिव परिवारमा विवाह गर्दा भोगेका समस्या तथा अन्र्तजातीय विवाहका कारण भईपरि आउने समस्याका वारेमा उल्लेख गरिएको छ ।

नर्वे र नेपालमा छायांकन गरिएको सिनेमामा दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा छ । चलचित्रमा कविता गुरुङ र उमेश थापा सगै विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय रहेको छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘बोबी’मा संचारकर्मी नरेश भट्टराईको स्क्रिप्ट, नवराज कृष्ण थापाको छायाँकन, अर्जुन जिसीको सम्पादन र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । ‘बोबी’को सोमबार अस्ट्रेलियामा शो गरिनेछ भने अक्टोबर १ मा हङकङ शो छ । यस्तै मंगलबार जापानमा यो राखिएको छ ।