Saturday , 20 October 2018
News update
Home >> kollywood (page 3)

kollywood

देशभरिका सम्पूर्ण हलहरु बाट चलचित्र ‘छक्का पञ्जा ३’रिलिज

आज बाट नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘छक्का पञ्जा ३’

आज बाट देशका सम्पूर्ण सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’प्रदर्शनमा आएको छ।चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।

‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

चलचित्र ‘गुनगुन’ को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गुनगुन’ को ट्रेलर रिलिज भएको छ ।पारिवारिक प्रेम कथामा आधारित चलचित्र ‘गुनगुन’ को अफिसियल ट्रेलर आज सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पारिवारिक प्रेम कथालाई देखाईएको छ । यस्तै चलचित्रमा सामाजिक बिषय बस्तु पनि समेटिएको छ ।

एकराज उप्रेती र सहदेव पौडेल निर्मित चलचित्रलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा संचिता लुइँटेल , रविन्द्र प्रताप सेन , सुवास मेचे , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई आदिको मुख्य अभिनय रहेको छ । चलचित्रको सह- निर्मातामा मोहन प्रशाद भट्टराई र गणेश चापागाई रहेका छन् । हिमाल केसीको द्वन्द रहेको चलचित्रलाई सौरभ जिसीले खिचेका हुन् ।

चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । चलचित्रको गीतहरुमा मेलिना राई, दौलत राई र सुनिता कार्की आदिको आवाज रहेको छ भने कमल पौडेल र प्रदिप भट्टराईको शब्द रहेको छ ।प्रथना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास चौधरी र महाराज थापाको संगीत रहेको छ ।

चलचित्र कलाकार संघका अध्यक्ष बोगटिको निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आफ्नै निवास टिकाथलीमा आज रुख काट्ने क्रममा ढलेको बिजुलिको पोलले लागेर बोगटिको निधन भएको हो । पोल ढलेर बोगटीलाई लगेपछी उपचारको लागि बिएण्ड्बी अस्पातल लगिएको थियो । तर अस्पातल पुगे लगत्तै डाक्टरहरुले उनको निधन भएको पुष्टी गरेको चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले बताउनु भयो ।

लामो समय देखी चलचित्र तथा टेलिश्रृंखलामा कलाकारीता गर्दै आउनु भएका बोगटी २ वर्ष अगाडि चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित हुनु भएको थियो । बोगटीको निधन प्रती शोक ब्यक्त गर्दै कलाकारहरुले नेपाली कलाकारहरुले अभिभावक गुमाएको बताएका छन् । चलचित्र क्षेत्रमा सरल ब्यक्तित्वको रुपमा चिनिने बोगटीले ‘स्वाभिमान’ र ‘माया गर ल’ जस्ता चलचित्रहरु समेत निर्माण गर्नुभएकोथियो । बोगटी प्रती हाम्रो पनि भावपूर्ण श्रद्दान्जली !

चलचित्र ‘छक्का पञ्जा ३’लाई मल्टिप्लेक्स सहित देशभरिका हलमा सर्वाधिक शो

भोलि बाट प्रदर्शनमा आउन लागेको यस बर्षको बहु प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ३’ को बुकिङ खुल्ला गरिएको छ । राजधानी र राजधानी बाहिरका मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो । देशभरिका सम्पूर्ण हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा ३’ देशका १४० भन्दा बढी पर्दामा एक साथ प्रदर्शनमा आउदै छ ।

दशैंको अबसरमा रिलिज हुने मल्टीस्टारर चलचित्र ‘छक्का पञ्जा ३’ क्युएफएक्स अन्र्तगतका हलमा सर्वाधिक ३० शो दिइएको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । बुकिङ खुल्ला भएसँगै मल्टिप्लेक्समा फिल्मको टिकट दर्शकले ‘रिजर्भ’ गर्न थालिसकेका छन् ।

‘छक्का पञ्जा ३’ क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज दिएका छन् । बुकिङ खुल्ला गरिएको केही समय नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ ।

२ घण्टा २० मिनेट लामो यस चलचित्रलाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिएको छ ।चलचित्रको सेन्सरमा कुनै पनि दृष्य नकाटी चलचित्र पास गरिएको छ ।अब चलचित्र सबै वर्गको दर्शकले हेर्न पाउने भएका छन् ।

दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा दिपा र दीपकको लगानी छ ।चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ। दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहनेछ। पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

‘क्यारेङ्ग ग्याङ्ग ३’ को गीत सार्वजनिक (भिडियो)

एक समय निकै चर्चा पाएको चलचित्र ‘क्यारेङ्ग ग्याङ्ग’ को सिक्वेल ‘क्यारेङ्ग ग्याङ्ग ३’ को गीत सार्वजनिक भएको छ । बजारमा खास्सै चर्चा नभएको ‘क्यारेङ्ग ग्याङ्ग ३’ को ‘नो प्रब्लम’ बोलको गीत आज सार्वजनिक भएको हो ।

सार्वजनिक गीतमा सानु खड्काको आवाज रहेको छ । गीतमा राजु लामाको शब्द तथा सानु खड्काकै संगीत रहेको छ । गीतमा गुन्यु चोलो लाउदा, अङ्रेजी बोल्दा कुनै प्रब्लम नभएको भन्ने भाव रहेको छ ।

सफ्ट रक भर्जनको गीतमा मनोज चौलागाईंको एरेन्ज रहेको छ । गीत सार्वजनिक भए पनि फिल्मको भने अत्तोपत्तो छैन । यती सम्म कि चलचित्र बनेको भन्ने कुरा पनि सायदै धेरैलाई अत्तोपत्तो छैन ।फिल्मको चर्चा त छैन छैन सार्वजनिक गीतमा पनि खास्सै दम छैन ।

राजु लामाको फिल्ममा निर्माण तथा निर्देशन रहेको छ । जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई प्रदिप दाहालले सम्पादन गरेका छन् । फिल्ममा अजु लामा र सानु खतिवडाको मुख्य भूमिका रहेको छ ।

बक्स अफिसमा ‘रोज’ फ्लप, युट्युबमा गीतलाई १ करोड भ्युज

करिब २ महिना अघी युट्युबमा सार्वजनिक भएको गीत ‘फूल होइन’ ले १ करोडको कोसेढुङगा पार गरेको छ । युट्युबमा रिलिज भएको करिब २ महिना पछी आज उक्त गीतले १ करोड प्लस भ्यु पाएको छ । आज १ करोड भ्यु क्रस गरेको गीतले ६३ हजार प्लस लाइक्स र ४ हजार ४ सय भन्दा बढी डिसलाइक्स पाएको छ ।

निकै समधुर गीतमा नेपाल आईडलका सेकेण्ड रनरअप प्रताप दास र प्रभिसा अधिकारीको आवाज रहेको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द तथा एलिश कार्कीको संगीत रहेको छ भने गीतमा गोपाल रसाईलीको एरेन्ज रहेको छ । गीतमा नायक प्रदिप खड्का र नायिका मिरुना मगरको फिचरिङ्ग रहेको छ । गीतमा प्रदिप र मिरुनाको जोडीलाई निकै लोभ लाग्दो देखिएको छ, जुन जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका थिए ।

 

निरक पौडेलको निर्देशनमा बनेको चलचित्र ‘रोज’ को गीत जसरी यती धेरै सफल भयो फिल्म भने त्यसरी नै नमज्जाले पछरियो । चलचित्रमा प्रदिप र मिरुनाको अलावा परमिता आरएल राणा र कर्माको पनि अभिनय रहेको छ ।

‘गोजी दाम छैन’ लाई १ करोड

करिब ५० दिन अघी गोजीमा दाम छैन रिलिज भएको थियो । चलचित्र ‘चङ्गा चेट’ मा समावेश गीत सार्वजनिक भएको ५० दिनमा १ करोड प्राप्त भएको छ । तर यहाँ १ करोड पैसा हैन कि भ्युज को कुरा हो । कार्तिक १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चङ्गा चेट’ को ‘गोजीमा दाम छैन’ बोलको गीतले युट्युबमा सार्वजनिक भएको ५० दिनमा १ करोड प्लस भ्यु प्राप्त गरेको हो ।

राजनराज सिवाकोटी, मेलिना राई र ग्रीश्मा सिवाकोटीको आवाज रहेको गीतले सार्वजनिक भए सँगै निकै चर्चा पाएको थियो । गीतले १ करोड भ्युज पार गर्दा ५० हजार प्लस लाईक्स प्राप्त गरेको छ भने ५ हजार भन्दा बढी डिसलाईक्स प्रात्प गरेको छ । गीतमा हरिहर तिमल्सिनाको शब्द रहेको छ भने राजनराज सिवाकोटीको संगीत रहेको छ ।

यस्तै संगीत संयोजन भने राजन इशानले गरेका छन् । गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सन्दिप क्षेत्री, परमिता आरएल राणा, रबिन्द्र झा, सुरक्षा पन्त आदिको फिचरिङ्ग रहेको छ भने प्रविन सिंहको कोरियोग्राफी रहेको छ । कार्तिक १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने माधव वाग्ले र शर्मिला पाण्डेको निर्माण रहेको छ । चलचित्रमा अर्पण थापाको पनि अभिनय रहेको छ भने निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको छोटो भूमिका रहेको छ । चलचित्रको ट्रेलर हिजै मात्र रिलिज भएको थियो । ट्रेलरले अहिले सम्म ३ लाख भन्दा बढी भ्यु प्राप्त गरिसएको छ ।

चलचित्र ‘ड्रिम गर्ल’ ले प्रचार प्रसारको लागि टिकटक म्युजीकल्ली च्यालेन्ज

मंसिर ७ गते प्रदर्शन बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ड्रिम गर्ल’ ले टिकटक म्युजीकल्ली च्यालेन्जका बिजेतालाई आइतबार सा“झ बसुन्धरास्थित साझा चुलोमा एक कार्यक्रम आयोजना गरि उपहार प्रदान गरेको छ । केही समयअघि सुरु गरेको सो प्रतिस्पर्धाको दोश्रो चरणका बिजेतामा शिसिर अर्याल,बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य, अभेलिना खड्का, रोश्मी राई, सृजना श्रेष्ठ मगर,अनिशा ड्रिम्स, नेपाली बर्षा र सदिक्षा क्षेत्री छन् ।

उनीहरुलाई ‘ड्रिम गर्ल’ अर्थात् फिल्मकी डेब्यु हिरोइन आश्मा गिरी, अभिनेता आकाश श्रेष्ठ, निर्देशक ऋषिराज आचार्य, हा“स्य अभिनेता शिसिर भण्डारीलगायतले उपहार प्रदान गरेका थिए । टिकटक च्यालेन्जका लागि ‘ड्रिम गर्ल’ का ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजीकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए ।

प्रतिस्पर्धाले ती ट्रयाकमा म्युजीकल्ली भिडियो बनाएका थिए । उत्कृष्ट म्युजीकल्लीलाई साप्ताहिक रुपमा पुरस्कृत गर्ने गरिएको प्रतियोगीता संयोजक समेत रहेकी अभिनेत्री आश्माले जानकारी दिइन् । उनले च्यालेन्जमा निकै उत्कृष्ट भिडियोहरु प्राप्त भइरहेकाले बिजेता छान्नै गाह्रँे भएको अनुभव सुनाइन् ।

निर्देशक आचार्यले च्यालेन्जमा प्रतिस्पधीहरुको निकै उत्साहजनक सहभागीताले आफूहरुलाई हौसला मिलेको बताए । अभिनेता आकाशले आम दर्शक ‘ड्रिम गर्ल’ हेर्न निकै उत्साहीत रहेको बताउदै बिजेताहरुलाई बधाइ दिए । फिल्म रिलिजको सातासम्मै जारी रहने प्रतियोगीताका फाइनल बिजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमस“ग डिनर डेटका साथै बिभिन्न उपहार प्रदान गरिने बताइएको छ ।

ऋषिराजकै लेखन रहेको फिल्म फिल्ममा आश्मा र आकाशका साथमा विल्सन बिक्रम राई, शिसिर भण्डारी,पूजा पराजुली,लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् । अर्जुन शर्मा, रामेश्वर धिताल र ऋषिराज स्वयम् निर्माता रहेको फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी रिल एण्ड रियल सिनेमाले सहकार्य गरेको छ ।

‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘बादशाह जुट’ को ‘काफल पाक्यो’ बोलको गीत सार्वजनिक भएको छ । पौष १३ गते प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको गीत आज राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक भएको हो । सार्वजनिक गीतमा अहिले पार्श्व गायनमा जमेका जोडी राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ ।

गीतमा दिपी खनालको शब्द तथा कृष्ण भारद्वाजको संगीत रहेको छ । लोक फ्लेवरमा गीतमा अभिनेत्री प्रियंका कार्कीले अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम फिचर्ड रहेका छन । प्रियंका, सुशिल र आमिरलाई बिक्रम स्वारले कोरियोग्राफी गर्दै नचाएका हुन् । गीतमा अन्य कुरामा भन्दा पनि काफलको लागि नै धेरै खर्च गरिएको बताईएको छ ।

गीतको बोल नै काफल पाक्यो रहेको र काफल देखाउन पर्ने हुँदा रियल काफल नभई आर्टिफिसियल काफल प्रयोग गरिएको हो, जुन काफल छिमेकी राष्ट्र भारतबाट ल्याईएको हो । जोनी सिंह रानाको कथा तथा निर्देशन रहेको चलचित्रमा आफुले आफुलाई बढा बादशाह भन्ने युवाको कथा रहेको छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा सुशिल र आमिरको अलावा रोबिन तामाङ, रोशी खड्का, कमलमणी नेपाल आदिको मुख्य अभिनय रहेको छ । ‘काफल पाक्यो’ बोलको गीतमा ठुम्का लगाएकी अभिनेत्री प्रियंका कार्कीको भने चलचित्रमा बिशेष भूमिका मात्र रहेको छ । चलचित्रमा हर्क कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) को निर्माण रहेको छ । उत्तम हुमागाईको सिनेमाटोग्राफी रहेको चलचित्रमा दिर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र ‘चङ्गा चेट’ को प्रदर्शन अगावै सिक्वेल घोषणा

आज भोलि नेपाली फिल्मको सिक्वेल घोषणा गर्ने चलन एकदम सस्तो हुन थालेको छ । फिल्म रिलिज भईसके पछी सिक्वेल घोषणा त ठिकै हो तर रिलिज अगावै सिक्वेल घोषणा गर्ने ट्रेण्ड अहिले नेपाली सिने बजारमा चलिरहेको छ । प्राय जसो सफल चलचित्रको सिक्वेल बन्ने गर्दछ त्यो पनि चलचित्रको ब्यापार हेरेर ।

पहिलो चलचित्र चल्छ चल्दैन अत्तो पत्तो छैन सिधै सिक्वेल घोषणा गर्ने निर्माताहरुलाई थाल खाउ कि भात खाउको अवस्था भएको प्रसस्तै उदाहरणहरु रहेका छन् ।यो निर्माताहरुको कन्फिडेन्ट हो या ओभर कन्फिडेन्ट हो । जे होस् प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चङ्गा चेट’ ले प्रदर्शन अगावै सिक्वेल घोषणा गरेको छ ।

आईतबार चलचित्रको ट्रेलर लन्च कार्यक्रममा निर्माता माधव वाग्लेले ‘चङ्गा चेट’ को सिक्वेल घोषणा गरेका हुन् । तर सिक्वेल बन्न उनको एक सर्त पुरा हुन पर्नेछ । अर्थात सोझै भन्नु पर्दा कार्तिक १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘चङ्गा चेट’ हिट भएको खण्डमा मात्र यसको सिक्वेल बन्ने छ ।

चलचित्र ‘लुट’ हिट भए पछी सिक्वेल ‘लुट २’ बनाएका वाग्ले ‘चङ्गा चेट’ हिट भएको खण्डमा ‘लुट चङ्गा लुट’ नाममा फिल्म बनाउने सोचमा रहेका छ । उनले फिल्मको स्टार कास्टहरु पनि फिल्म हिट भए पछी मात्र घोषणा गर्ने बताए । दीपेन्द्र के खनाल निर्देशित चलचित्र डार्क कमेडी जनरामा निर्माण भएको छ ।