Thursday , 20 June 2019
News update
Home >> kollywood (page 30)

kollywood

चलचित्र ‘प्रेम दिवस’मा नायिका प्रियंका कार्की ‘तिम्रो छेउ सरु कि म’ भन्दै (भिडियो)

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो छेउ सरु कि म’ बोलको गीतमा गायिका अन्जु पन्तको स्वर छ ।गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ।

गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको राजकुमारलाई कल्पिएर मनको कुरा व्यक्त गर्न खोजेको देखाइएको छ ।भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

योगेश घिमिरेको निर्देशन रहेको चलचित्र ‘प्रेम दिवस’ आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने छ । लभ स्टोरी यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई संजय न्यौपानेको निर्माण गरेका हुन् । रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा. कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।

रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज ,बैशाखमा बिवाह गर्ने

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह सम्पन्न भएको हो।रवि र निकिता दुबै डिभोर्सी हुन्।

रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो।रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।

रबि ले फेसबुक मा लेखेका छन् ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जील्ला आदालतमा बिवाहा दर्ता गरेका छौ।यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रती जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद।

परम्परागत रुपमा हामी आउदो बैशाखमा बिवाह गर्ने छौ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

हेमराज विसीको निर्देशन रहेको चलचित्र ‘द ब्रेकअप’ को ट्रेलर सार्वजनिक (भिडियो)

फागुन १७ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘द ब्रेकअप’को ट्रेलर सार्वजनिक गरिएको छ ।सोमबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्र ‘दि ब्रेकअप’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो ।

चलचित्र ‘द ब्रेकअप’लाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।चलचित्रको यसअघि ‘आज हाम्रो’ र ‘हरपल’ बोलका दुई गीत सार्वजनिक भैसकेका छन् ।

वरिष्ठ कलाकार गणेश मुनालको निधन

वरिष्ठ कलाकार गणेश मुनालको सोमबार राजधानीको वीर अस्पतालमा निधन भएको छ । दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका उनको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ उनको निधन भएको पुष्टि कलाकार निर्मल शर्माले गरेका छन् ।

मुनालको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलिका लागि राखिएको छ । माहांकालका स्थायी बासिन्दा मुनालको सोमबारै अन्तिम संस्कार गरिने कलाकार शर्माले पत्रकारहरुलाई जानकारी दिएका छन् ।

वरिष्ठ कलाकार मुनालले ‘एक पल’, ‘सेतो बाघ’, ‘शिरीषको फूल’, ‘लभ लभ लभ’, ‘दिदीभाइ’, ‘मिस्टर डन’ सहितका चलचित्रमा अभिनय गरेका छन् । मुनालले पछिल्लो पटक अभिनय गरेको चलचित्र ‘गोपी’ माघ १८ गतेखेखि हलमा आउँदैछ । मुनालका एक छोरा छन् । उनले कयौँ टेलि सिरियलमा पनि आफ्नो अभिनयको जादू देखाएका छन् ।

अमेरिकामा अनमोल केसीले नायिका सुहाना थापा सग रोमान्स गर्दै

चैत २९ गते प्रदर्शनमा आउन लागेको अनमोल केसीको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को यति बेला अमेरिकाको विभिन्न ठाउमा भै रहेको छ । अनमोल केसी, नायिका सुहाना थापा र अभिनेता सरोज खनाल यति बेला चलचित्रको छायांकनमा अमेरिकामा व्यस्त रहेका छन् ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’ को गीत र फिल्मका केही दृश्यहरु छायांकन गरिएको निर्देशक झरना थापाको भनाई छ । ‘ए मेरो हजुर ३’मा अनमोल , सुहाना र सरोज खनाल सगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ।

यस चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।

फिल्मका मुख्य कलाकार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा, कलाकार सरोज खनाल, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा लगायत अमेरिकामा फिल्म छायांकन सकेर सोमवार नेपाल फर्कँदै छन् ।

चलचित्र ‘रणवीर’ को स्याड गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘रणवीर’ को नयाँ गीत सार्वजनिक भएको छ । स्याड भर्सनको नयाँ गीतमा फिल्मका रणवीर अर्थात सुशील सिटौलाको प्रेम वियोगलाई देखाइएको छ । नायिका सुपुस्पा भट्टले सुशीलको प्रेमलाई स्वीकार नगर्दाको अवस्थालाई यसमा चित्रण गरिएको छ । ‘मान्न चाहन्न’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेत र प्रविशा अधिकारीको स्वर रहेको छ भने यसमा शब्द र संगीत हर्कुलसकै रहेको छ ।

यस चलचित्र मार्फत सुबेक्षा खड्का पनि डेब्यु गर्दैछिन् । फिल्ममा सुशील सिटौला शिर्ष भूमिका अर्थात रणवीरको भूमिकामा छन् । यसमा प्रशान्त ताम्राकार टिका पहाडी , नरेश पौडेल , रवी गिरी र हरिहर शर्मा ,जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको पनि अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।

रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउदैछ ।

चलचित्र ‘रणवीर’ टोली पोखरामा ,रणवीरमा भष्टाचार र बेथिती बिरुद्धको एक्सन

यही १८ माघबाट सिनेमा हलमा रिलिज हुने चलचित्र रणवीरको टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा मोफसल यात्रा सुरु गरेको छ । यसै क्रममा निर्माण टोली पोखरा पुगेको छ । शनिबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराईयो ।

चलचित्रका अभिनेता शुशिल सिटौलाले पत्रकार भेटघाटमा बोल्दै आफु यो चलचित्रमा रणवीरको शिर्ष भूमिकामा रहेको खुलासा गरे,‘यस अघिका फिल्ममा चकलेटी भूमिकामा दर्शकले मलाई हेर्दै आए पनि यसमा रणवीर बनेर म मुलुकका बिकृति बिसँगति बिरुद्ध उत्रिएको छु । रणवीरमा दर्शकहरुले मलाई छुट्टै चरित्रमा देख्नु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो चलचित्रमा शुशिलसँगै, नवोदित अभिनेत्रीद्धय शुभेच्छा खड्का, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, हरिहर शर्मा, टिका पहारी, नरेश पौड्याल, भोलाराज सापकोटालगायतको मुख्य भूमिका छ ।

नवोदित अभिनेत्री एवम् मिसे नेपाल इन्टरनेशलन २०१२ शुभेच्छा खड्काले यस अघि विभिन्न चलचित्रमा प्रस्ताव आए पनि खोजेको जस्तो भूमिका र टिम पाएका कारण रणवीरमा काम गरेको बताईन् । पहिलो चलचित्रबाट आफुले दर्शकको मन जित्नेमा विश्वस्त रहेको पनि उनले जिकिर गरिन् ।

अर्की नवोदित अभिनेत्री सुपुष्पाले यो चलचित्रमा आफु एउटी प्रेमिकासँगै जिम्मेवारी युवतीको भूमिकामा रहेको जानकारी गराईन् । आफु नयाँ भएर पनि अग्रज कलाकारहरुसँग काम गर्दा धेरै कुरा सिक्न पाएको अनुभव उनले सञ्चारकर्मीलाई सुनाईन् ।

यसका लेखक एवम् निर्देशक गोविन्द सिंह भण्डारीले आफु दक्षिण भारतीय सिनेमा उधोगमा कार्यरत रहे पनि नेपालमा गुणस्तरीय फिल्म बनाउनु पर्छ भनेर यता आएको हुँ भने । उनले पत्रकार भेटघाटमा बोल्दै चलचित्र रणवीरमा बिकराल भ्रस्टाचार, अपहरण, गुन्डागर्दी जस्ता विविध समस्यालाई उठाएको जानकारी गराए ।

यस अघि चलचित्र गाजा बाजा चलचित्र बनाएका गोमा बिष्ट थापा र दीपेन्द्र रेग्मीले रणवीरको निर्माण गरेका हुन् । कार्यक्रममा बोल्दै गोमाले रणवीरको कथा ससक्त भएको र निर्देशक गोविन्दको यस अघिका कामबाट आफु प्रभावित भएकाले रणवीरमा लगानी गरेको हो भनिन् ।
निर्माता दीपेन्द्र रेग्मीले रणवीरले बाउ र छोराको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने उदाहरण समाजमा पेश गर्ने छ भने । यसमा नेपाली समाजको समसामयिक कथा रहेको रेग्मीले जानकारी गराए ।

तिरिमिरी तिन तारा…गीत र ट्रेलरका कारण अहिले चर्चामा रहेको रणबीरमा महेश पौडेलको छायाँकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, राजनराज शिवाकोटा, हर्कुलेस बस्नेत, अमित श्रेष्ठको संगीत, रामजी लामिछोन, गम्भिर बिष्ट र सुरेन बस्यालको कोरियोग्राफी छ ।

चलचित्र प्रचार प्रसारको लागि ‘गोपी’ युनिट चितवन, युनिट गाईपालक कृषक गोपीको घरमा

माघ १८ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘गोपी’युनिट यति बेला मोफसल यात्रामा निस्किएको छ।चलचित्रका मुख्य कलाकार बिपिन कर्की र बर्षा रावत सहित चलचित्रका लेखक सामिप्यराज तिमल्सेना तथा कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्रको प्रचार प्रसारको लागि शनिबार चितवन आएका हुन् ।

पत्रकार भेटघाटमा चलचित्रका लेखक सामिप्यराज तिमल्सेना चलचित्र गाइपालनमा आधारित रही निर्माण गरिएकाले कृषि क्षेत्रलाई माया गर्नुपर्ने सकारात्मक सन्देश समाजमा दिन खोजेको जानकारी दिनु भयो ।बिशेष गरेर पछिल्लो समय युवा वर्ग विदेशिने क्रम बढेकोले यस चलचित्रले त्यस्ता युवालाई देशमा केहि गर्न सकिने हौसला दिने बताउनु भयो ।उहाँले युवा पुस्तामा बढ्दै गएको स्वदेश र कृषिप्रतिको वितृष्णालाई केही हदसम्म भएपनि न्युनिकरण गर्ने चलचित्रको उद्देश्य रहेको बताउनुभयो।

चलचित्रकी मुख्य नायिका वर्षा रावतले मौलिक कथामा आधारित चलचित्र सम्पर्ण वर्गका दर्शकले हेरेर सही सन्देश लिन आग्रह गर्नभयो। साथै उहाँले कृषकहरुकै कथामा आधारित भएकाले विशेषगरी गाईपालक किसानले छुटाउनै नहुने चलचित्र बनेको समेत जोड दिनुभयो।

यस्तै चलचित्रका मुख्य नायक गोपी अर्थात् विपिन कार्कीले विदेशको मोह त्यागी स्वदेशमै कृषिकै क्षेत्रबाट पनि सुन फलाउन सकिने सन्देश यस चलचित्रले बोकेको बताउनुभयो।पत्रकार भेटघाटमा बिपिनले गाई सग काम गर्दा धेरै नै गारो भएको बताउनु भयो ।

यता चलचित्रका कार्यकारी निर्माता श्रीधर पौडेल यस चलचित्रले देशमा नै युवालाई केहि गर्न हौसला गर्ने बताउदै एक पटक सबैले चलचित्र हेर्न आग्रह गर्नु भयो ।पौडेलले चलचित्र १ करोड ५० लाखको लगानीमा निर्माण भएको जानकारी दिनु भयो ।

शनिबार चितवनमा पत्रकार भेटघाट कार्यक्रम अघि चलचित्र युनिट पश्चिम चितवनको मंगलपुर ठुलो गढी स्थित गाईपालक कृषक गोपी ढकालको घरमा पनि भेटघाट गरेको थियो।शनिबार नै चलचित्र युनिटले पूर्वी चितवनको खैरहनीमा जारी छैठौं खिचरा महोत्सवमा पुगेर चलचित्र गोपिको बारेमा जानकारी गराएका थिए ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशन गरेका हुन्। चलचित्रमा बिपिन र बर्षा सगै सुरक्षा पन्त , भोला सापकोटा, अन्कित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमली आदिको पनि अभिनय रहेको छ । सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको चलचित्रलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।शनिबार र आईतबार चितवनको विभिन्न ठाउँ तथा संचारमध्यम बाट चलचित्रको बारेमा जानकारी दिदै चलचित्र युनिट आईतबार बुटवल हुदै पोखरा पुग्ने कार्यक्रम रहेको छ ।

फ्राइडे रिलिज : देशभरिका सिनेमा हलमा चलचित्र‘गरुड पुराण’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘गरुड पुराण’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘गरुड पुराण’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘गरुड पुराण’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘गरुड पुराण’ प्रदर्शनमा आएको छ।‘गरुड पुराण’लाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरुको परिवारले गरेको संघर्षको रमाईलो कथा चलचित्रले उठाएको छ ।

चलचित्रमा अभिनेता नाजिर हुसेन ब्यान्ड बाजा बजाउने भूमिकामा छन् । यस्तै कर्मा, लुनिभा तुलाधर, प्रविण खतिवडा, कमल दोवकोटा, सरोज श्रेष्ठ, प्रकाश घिमिरे, रश्मी भट्टसहितको यसमा मुख्य भूमिका छ । यसै चलचित्रबाट प्रियँका सिंहले डेब्यु गरेकी छिन् ।

अजित फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा अजित प्रजापती र अशोक गौतमको लगानी रहेको छ । हाइलाइट नेपाल र आभाना प्रोडक्सन सह-निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा कशम नेपालको कथा, आकाश बरालको पटकथा, निर्देशक सुवास कोइराला, बिनोद खतिवडा र आकाश बरालको संवाद, कोशिस क्षेत्रीको संगीत, सुसन प्रजापतीको छायाँकन रहेको छ । रिनाशा बान्तवा राईको नृत्य निर्देशन, उज्ज्वल ढकालको सम्पादन रहेको छ ।

फागुन ९ देखि १३ सम्म अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने

दोस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन ९ देखि १३ सम्म यहाँ हुने भएको छ । नेपाल फिल्म एण्ड कल्चरल एकेडेमी (नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान)ले आज पत्रकार सम्मेलन गरी यस पटकको महोत्सवमा ३१ देशका ५९ चलचित्र अन्तिम छनोटमा परेको जनाएको छ ।

महोत्सवमा देखाइने चलचित्रमध्ये नेपालका १६ वटा हुनेछन् । सोका लागि छ फिचर र १० लघु चलचित्र छनोटमा परेका छन् । बाँकी अन्य राष्ट्रका चलचित्र समावेश गरिनेछ । कार्यक्रममा नेपालले अन्तराष्ट्रिय सहकार्यमा बनाएका दुई छोटा चलचित्र पनि देखाइने बताइएको छ ।

महोत्सवमा सहभागी चलचित्रमध्ये राष्ट्रिय र अन्तरराष्ट्रिय चलचित्र जगत्का ख्यातिप्राप्त चलचित्रविद् सम्मिलित निर्णयकमण्डलबाट मूल्याङ्कन गराई पुरस्कार प्रदान गर्ने तयारी छ । सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र एक हजार डलरसहित गौतमबुद्ध अवार्ड तथा एक छोटो चलचित्रलाई पाँच सय डलर र ट्रफीसहित माउण्ट एभरेष्ट अवार्ड प्रदान गरिनेछ ।

नेपाल पानोरामा प्रतिस्पर्धामा रहेका चलचित्रमध्येबाट उत्कृष्ट ठहर भएको फिचर चलचित्र रु पचास हजार र ट्रफी तथा छोटो चलचित्रलाई उत्कृष्ट भएकालाई रु पच्चीस हजार र ट्रफी प्रदान गरिनेछ । महोत्सवमा २०१५ पछिका नेपाली र २०१६ पछि प्रदर्शन भएका अन्तरराष्ट्रिय चलचित्र देखाइने छ ।

नेपाल, भारत, बङ्गलादेश, चीन, श्रीलङ्का, जापान, फ्रान्स, जर्मनी, इटलीलगायत देशका चलचित्र रहेका छन् । प्रतियोगिताका मुख्य निर्णायक नीर शाहले महोत्सवले नेपाली चलचित्र उद्योगलाई अन्तरराष्ट्रिय जगत्मा चिनाउनका लागि महत्वपूर्ण भूमिका खेल्ले बताए ।

चलचित्र निर्देशक यादव खरेलले भाषा र संस्कृतिलाई मनोरञ्जनात्मक तरिकाबाट पस्कनु नै चलचित्र भएकाले यसलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिन आग्रह गरे ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष खरेलले राष्ट्रिय चलचित्रसम्बन्धी नीति निर्माण भइसके पनि कार्यान्वयन नभएको भन्दै सरकाले यसको सफल कार्यान्वयन गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले नेपाली चलचित्रले नेपाली भाषा र संस्कृतिलाई समावेश गर्न सके मात्र उक्त चलचित्रलाई अन्तरराष्ट्रियकरण गर्न सकिने बताए । पहिलो पटक यस्तो महोत्सव गत वर्ष पोखरामा गरिएको थियो ।