Saturday , 23 February 2019
News update
Home >> kollywood (page 342)

kollywood

ठमेलमा अक्षयकुमार । दुई घण्टा जाम ।

तिबेला बलिउड एक्सन किङ अक्षय कुमार नेपालमा छन । उनी फिल्म बेबी को छयांकनको लागी विगत चार दिन यता राजधानी काठमण्डौमा छन । सुटिङकै क्रममा उनी सोमबार ठमेल परिसर पुगेका थिए । अक्षय ठमेल पुग्दा त्यहा देशकै भी आइ पी र संवेदनशील ब्यक्ति आएजस्तै सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।akshyaठमेल को मण्डला स्ट्रीटमा अक्षयले फिल्मको लागी सट दिइरहदा सर्वसाधारणलाई अवगमनमा रोक लगाइएको थियो । सुटिङ चलुन्जेल ठमेल परिसरमा सवारी साधन पनि चल्न दिइएको थिएन । त्यस्तै समाचार खोज्दै पुगेका पत्रकार तथा सञ्चारकर्मीलाई पनि माथीको आदेश भन्दै अघि बढन दिएन । अक्षयको सुरक्षाको लागी प्राइभेट सुरक्षा कम्पनी जी फोर्स र नेपाल प्रहरीको कयौ जवान तैनाथ गरिएको थियो । यसरी कडा सुरक्षाका बीच वरीपरी अजंगको शरीर भएका बडिगार्ड हरु भएका अक्षयले करिब २ घण्टामा त्यहाको सुटिङ सकाएका थिए ।
अक्षयकुमार नाम निश्चित नभइसकेको एक हिन्दी फिल्मका छयांकनको लागी नेपाल आएका हुन । बिकास बोर्डमा फिल्मको नाम बसन्ती उल्लेख भएको भए पनि स्पटमा भने फिल्मको नाम बेबी भनिएको छ । यद्यपि फिल्मको नाम अन्य कुनै पनि हुन सक्ने सम्बन्धित ब्यक्तिको भनाई छ ।akshya1फिल्मको छयांकन नसकुञ्जेल फिल्मका कुनैपनि कर्मचारीलाई फिल्मको बारेमा बोल्न र कलाकारहरुलाई फोटो खिचाउन रोक लगाइएकोले फिल्मको यकिन कुराहरु थाहा हुन नसकेको हो । फिल्मको छयांकनमा दर्जनौ नेपाली कलाकार तथा प्राविधिक ले पनि काम गरिरहेका छन । नेपाली अभिनेता सुधांशु जोशी, निर्देशक रामराजा दहाल पनि फिल्ममा आबद्ध छन । त्यस्तै अक्षयकुमार संगै तपसी पन्नु पनि फिल्मको मुख्य कलाकार हुन ।

फिल्मको भक्तपुर दरवार स्क्वायर मा पनि छयांकन गरिनेछ । त्यस्तै त्रिभुवन विमानस्थलमा पनि फिल्म खिचिनेछ । तर सम्बन्धित अधिकारीले भने विमानस्थल लाई झुर भनेर फिल्ममा चित्रण गर्न खोजिएको भन्दै चिन्ता समेत ब्यक्त गरेका छन । छयांकनको लागी बिमानस्थलसंग फिल्म युनिटले अनुमति नलिएको पनि बताइन्छ ।

Photo by: Ratopati

यस्तो छ ‘मुखौटा’ ओएसटी । भिडियो ।

गामी जेष्ठ १६ गते रिलिज रिलिजको तयारीमा रहेको फिल्म ‘मुखौटा’को ओेसटी रिलिज गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको ओ एस टीमा कल्याण सिंहको संगीत रहेको छ । फिल्मका निर्माता रबिन श्रेष्ठले स्वर दिएको गीतमा रबिनसँगै यम बुद्ध र दि साइन व्याण्डको पनि फिचगरीङ रहेको छ ।mukhautaप्रत्येक कलाकारलाई फरक लुक्स र गेटअपमा प्रस्तुत गरिएको फिल्मलाई नायक, अर्पण थापाले निर्देशन गरेका हुन । फिल्ममा अर्पणसंगै राजेश हमाल, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । माफिया डनहरुको कथा भनिएको फिल्म पर्र्ण एक्सनप्रधान रहेको बताइएको छ । रविन श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छयांकन, चेतन कुवंरको संगीत र चन्द्र पन्तको फाइट रहेको छ ।

भिडियो :

नेफ्टा अध्यक्ष अक्षय कुमारको सुटिङ स्थलमा पुगेपछि ।

नेपाल चलचित्र प्राविधिक संघ नेफ्टाको अध्यक्ष मनोज केसी काठमण्डौमा छयांकन भइरहेको बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म को छयांकन स्थलमा पुगेका छन । अन्य सर्वसाधारण तथा फ्यानहरुलाई प्रवेश निषेध गरिएको उक्त छयांकन स्थलमा आइतबार केसी सहितको एक टोली पुगेका थिए । उक्त टोलीलाई बलिउड फिल्म युनिटले १५ हजार नगद सहयोग गरेको छ ।nefta-in1राजधानीको पांचतारे हयात होटलमा रहेका हिन्दी फिल्म टोलीले चलचित्र प्राविधिक संघको लागी उक्त रकम सहयोग गरेको हो । फिल्मका निर्देशक निरज पाण्डे र छयांकारले नेफ्टा अध्यक्ष मनोज केसीलाई रकम हस्तान्तरण गरेका थिए । आफुहरुले पनि नेपालमा केहि सहयोग आवश्यक भए अनुरोध गर्नका लागी भनेको केसीले बताउनुभयो । धेरै संख्यामा नेपाली प्रविधिकहरु पनि फिल्ममा काम गरिरहेकाले आफुहरुले चासो देखाएको केसीको भनाई छ । हालसम्म नेपाली मिडियासामु नआएको अक्षय कुमारलाई ढाकाटोपी लगाएर सम्मान गर्ने नेफ्टाको योजना रहेको छ । जसको लागी उनका सहयोगीसंग कुरा भइरहेको बताइएको छ ।nefta-in2नेफ्टा टोली सुटिङस्थल पुग्दा नेपाली अभिनेता सुधांशु जोशीको सट चलिरहेको थियो । अक्षय भने बर्षाले असर गरेपछि होटलको स्वीट रुममै रहेको बताइएको छ । कडा सुरक्षाका बीच चलिरहेको सुटिङ सोमबार ठमेल तथा मंगलबार दरबार स्क्वायर लगायतको स्थानमा गरिने बुझिएको छ । फिल्म युनिट ८ तारिखमा भारत फर्कनेछन ।
स्मरण रहोस फिल्मको नाम चलचित्र बिकास बोर्डमा ‘बसन्ती’ दर्ता गराए पनि क्ल्यापमा भने ‘बेबी’ उल्लेख रहेकाले हालसम्म निश्चित हुन सकेको छैन । फिल्मको निर्माण टोलीले पनि फिल्मको नाम सार्वजनिक गरेका छैनन ।

उमेरले अर्धशतक टेकेपछि विहे गर्दैछिन मिथिला शर्मा ।

नेपाली कलाक्षेत्रमा चर्चित अभिनेत्री मिथिला शर्माले बिबाह गर्ने भएकि छिन् । उमेरले ५० टेकिसकेकी यी पाका अभिनेत्री शर्मा हालसम्म अविवाहित रहेकि थिइन । उनले ७४ बर्षीय पूर्वप्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग बिहे गर्न लागेको आइतबार प्रकाशित ‘नेपाल साप्ताहिक’मा उल्लेख छ । मिथिलाले यसै बर्ष भित्रमा नै बिहे गर्ने बताएकी छिन् ।mithila-sharma-and-motilal-वि.सं. २०२४ सालमा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक बर्षपछि नै प्रहरी निरिक्षक भएयता मिथिला र बोहराको चिनजानी थियो ।

युवा अवस्थाबाट नै मिथिला बोहराको व्यक्तित्वबाट परिचित थिइन् । केही महिनाअघि बोहराको तर्फबाट बिहेको प्रस्ताव आएपछि यसबारेमा मिथिलाले बिचार गरेकि हुन । ‘नेपाल साप्ताहिक’का लागि रमण घिमिरेसँग कुरा गर्दै मिथिलाले आफन्तका सुझाव र सल्लाहा पश्चात यस्तो निर्णय लिएको बताइन् ।
मिथिलाका हुनेवाला श्रीमान बोहराले ६९ सालमा आफ्नो पत्नी कला लाई गुमाएका थिए । उनको दुई छोरा र तीन छोरी छन ।
अछाम गजरा घर भएका बोहोराका परिवारसंग मिथिला विगत लामो समयदेखि नै परिचित थ्इिन । मिथिलाले आफूले एउटा गृहिणीको रुपमा नभई साथीको रुपमा बोहरासँग सम्बन्ध गाँस्न लागेको बताएकी छिन् ।

फिल्म ‘शिशा’को रिलिज मिति घोषणा गरियो ।

सुजन भट्ट, काठमण्डौ ।
र बी के शरद निर्देशित नयां फिल्म शिसा आउदो साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । आज राजधानीमा एक पत्रकार सम्मेलन गर्दै फिल्मको रिलिज मिति घोषणा गरिएको हो ।sishaकार्यक्रममा पत्रकारहरुका बीच फिल्मको कथावस्तुको बारेमा जानकारी समेत गराइएको थियो । फिल्मको कथाले जीवन शिसाजस्तै संवेदनशील हुने र यसलाई जतन गरेर राख्नुपर्छ भन्ने सन्देशे दिने बताइएको छ ।

त्यस्तै नायक जीवन लुइटेलले फिल्मको गीतसंगीत अत्यन्त राम्रो भएको र आफुलाई मन परेकोले फिल्ममा काम गरेको बताए ।sisha2ननस्टप क्रियशनको ब्यानरमा निर्मित फिल्मलाई निर्देशक आर बी के शरद ले निर्देशन गरेका हुन । फिल्ममा अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र बिराट थापाको संयुक्त लगानी रहेको छ । सिक्किमका विभिन्न स्थानहरुमा छयांकन गरिएको फिल्ममा जीवन लुइटेलसंगै शर्मिला मल्ल, उमा बेबी, रागिनी खडगी, बिएस राणा, निर्मल सेन्चुरी लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा भारतीय फुटबल टीमका पुर्व कप्तान भाइचुङ भुटियाको पनि बिशेष भुमिकामा देखिनेछ ।

५ गीत समावेश फिल्ममा लक्की सिटौलाको संगीत रहेको छ भने कुमार बखती र रामकुमार के सीको छयांकन रहेको छ । त्यस्तै फिल्ममा तारा थापाको सम्पादन तथा कमल राई र दिनेश अधिकारीको नृत्य रहेको छ । स्तरीय फिल्म बनेकाले दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क रहेका छन ।sisha3

sisha4

समाजसेवामा ‘आवारण’ । रक्तदान र नेत्रदान सम्पन्न ।

प्रदर्शन मिति नजिकिदै गर्दा फिल्म आवारण युनिट यतिबेला कम्मर कसेर पब्लिसिटीमा लागेका छन ।  फिल्मले पब्लिसिटीसंगै विभिन्न सामाजिक कार्यमा पनि सक्रियता बढाइरहेको छ । यहि क्रममा फिल्म युनिटले शनिबार बृहत रक्तदान तथा नेत्रदान कार्यक्रम सम्पन्न गरेको छ ।awaran1जोरपाटी स्थित नव जागरण समाजसंगको सहकार्यमा सम्पन्न कार्यक्रममा ५० जनाले रक्त दान गरे भने ३० जनाले नेत्र दान गरेका थिए । शुनबार बिहान ११ बजेबाट जोरपाटी क्लबमा आयोजिट कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ३ का सभासद रामेश्वर फुयाल ले समेत सहभागी हुदै यस्तो काम मा सबै लाग्नु पर्ने बताए ।awaran
फिल्म युनिटले समाजसंगको सहकार्यमा यसअघि पनि बागमती सफाइ तथा फेस पेन्टिङ लगायतका कार्यक्रमहरु सम्पन्न गरिसकेको छ । अगामी जेठ २ गतेबाट रिलिज हुने फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन । फिल्मलाई एयर क्रिऊ प्रोडक्सनको प्रस्तुतीमा अनिल योञ्जन, लक्ष्मी लामा, रोजन श्रेष्ठ, सविता राई, पवित्रा योञ्जन ले संयुक्त रुपमा निर्माण गरेका हुन । प्रियंका कार्कीको मुख्य भुमिका रहेको फिल्ममा दिव्य देव, शुशिलराज पाण्डे, रवि गिरी, नरेश पौडेल, अनुभव रेग्मी, सुनिता ठाकुर लगायतको अभिनय रहेको छ ।awaran2

सम्मान पाएपछि रुन मन लाग्यो शुभेच्छालाई ।

गामी जेठ ९ गते रिलिजको तयारीमा रहेको चलचित्र मिस नेपाल लाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । जोशी सेवा समाजको १४ औ बार्षिक साधारणसभाको अवसरमा आयोजित एक कार्यक्रममा फिल्मलाई सम्मान गरिएको हो । कार्यक्रममा फिल्मका निर्माता निर्देशक लगायतले मायाको चिनो लिदै सम्मान ग्रहण गरेका थिए ।suvechha1सम्मान ग्रहण गर्दै निर्मात्री तथा नायिका शुभेच्छा थापाले ले फिल्मबाट पहिलो पटक सम्मान पाउदा अति नै खुशी लागेको बताइन । भावुक हुदै उनले भनिन- ‘गाली पछिको ताली पाए , एकदमै रुन मन लाग्यो ।’

यता चलचित्र मिस नेपाल पनि केहि समय अघि जोशी सेवा समाजको सहयोगार्थ च्यारिटी शो गरिएको थियो । राजधानीको जय नेपाल हलमा गरिएको उक्त शोमा फिल्म अत्यन्त रामैो लागेको बताउदै जोशी सेवा समाज ले फिल्मको सफलताको शुभकामनासमेत दिएका थिए ।

पटक पटक विभिन्न तनावका बाबजुद रिलिजको अन्तिम तयारीमा जुटेको फिल्म मिस नेपाल अन्य विभिन्न स्थानमा पनि च्यरिटी शो गरिसकेको छ ।
यसअघि पटक पटक रिलिज मिति सार्दै आइरहेको फिल्मको रिलिज अब भने पक्का हुने बताइएको छ । मार्मिक नारी समवेदनाका साथै नारी साहसमा आधारित यस चलचित्रका कालकारहरुमा क्षितिजा शाक्य, सुनिल सिंजापति, सविन श्रेष्ठ, कल्याण घिमिरे लगायतका रहेका छन् । फिल्मलाई निर्देशक सुरेन्द्र तुलाधारले निर्देशन गरेका हुन ।
स्मरण रहोस जेठ ९ गते मिस नेपाल संगै हंसिया र मेरो बेष्ट फ्रेन्ड पनि रिलिज हने तयारीमा छ ।

suvechha

नवल नेपाल निर्देशित फिल्म ‘महसुस’ कतारमा प्रर्दशन हुने।

राजेन्द्र कार्की । 
nawalनायिका केकी अधिकारीको अभिनयले दर्शकको मन जित्न सफल रहेको र खुबै प्रशंसा बटुल्न सफल नवल नेपालद्धारा निर्देशित चलचित्र“महसुस”कतारमा प्रर्दशनको तयारी भइरहेको छ । समाजिक कथावस्तुमा आधारित यस चलचित्र कतार स्थित औद्योगिक क्षेत्रको ग्रेण्ड हलमा मे ९ तारिखमा प्रर्दशन गरिने चलचित्रका निर्देशक नवल नेपालले बताउनु भएको छ । कतार स्थित अन्तराष्ट्रिय कलाकार मञ्च आयोजक रहेको चलचित्र प्रर्दशनका लागि निर्माता कल्याण घिमिरे दुइ हप्ता अघि नै कतार पुग्नु भई प्रर्दशनको तयारीमा लागिरहनु भएको छ ।
चलचित्र “महसुस” को निर्माण पुर्व नै कल्याण घिमिरेद्धारा लगानी रहेको र नेपाल कै निर्देशन रहेको चलचित्र “श्रीमान” ले ५१ दिन मनाउन सफल रहेको थियो । लगभग दुइ वर्ष अघि नै अल नेपाल रिलिज भइसकेको चलचित्र महसुसले ५१ दिन मनाउन नपाए पनि निर्देशक नेपालको भने चौतर्फी तारिफ गरिएको थियो ।नायिका केकी अधिकारी ग्रामिण परिवेश की सिधासिधा भूमिकामा देखापर्दै सशक्त अभिनय प्रस्तुतीका कारण यस चलचित्रबाट निर्देशक नेपालले अत्यधिक वाहवाही पाउनु भएको हो ।mahasusचलचित्रका पात्रहरु आर्यन सिग्देल, निर शाह, केकी अधिकारी, वेनिशा हमाल, मिथिला शर्मा, हिउँवाला गौतम, रविन्द्र खडका लगायतका रहेका छन् । कथा, पटकथा र संवाद स्वयं निर्देशक नवल नेपालको नै रहेको छ भने गीत सुरेश अधिकारी र दिनेश सुवेदीको रहेको छ । मूख्य छाँयाकार दिब्य सुवेदी रहेको यस चलचित्रको सम्पादन बद्री लामिछानेले गरेका हुन भने संगीत सुरेश अधिकारीको रहेको छ । द्धन्द्ध रहित यस चलचित्रका नृत्य निर्देशन कवीराजले गरेका छन् ।

मेरो त्यो अनुभव प्रति मैले आज मिठो अनुभूति गरें ।

राजेन्द्र कार्की
२०५० सालको एक समय, मैले अनायाशै यस्तो अवसर प्राप्त गरें र पाएँ जुन त्यती बेला खासै त्यस्तो केहि महत्व राख्न सकेन त्यो अवसरले । तर आज मेरो बिगतको त्यो क्षणबाट भने केहि सुखानुभूति गर्ने अवसर प्राप्त गरें । मलाई त्यो दिन सम्झदा आज साच्चीकै अनौठौ खुशीको अनुभुति भइरहेको छ । तसर्थ मेरो त्यो अवसरको प्रशिक्षक श्रद्धय गुरु तथा नाटककार अशेष मल्ल प्रति मैले आज कृतज्ञ हुने अवसर प्राप्त गरेको ठानेको छु ।

DSC07347

मैले त्यस समयमा खास गरी दक्षिण एशियामा नै समाजिक चेतनाको सशक्त माध्यमको रुपमा सडक नाटकलाई अंगिकार गर्दै अगाडि बढीरहनु भएका श्रद्धय साहित्यकार, नाट्यकार, निर्देशक, शिक्षक, प्रशिक्षक आदरणीय अशेष मल्लको नामको चर्चा परिचर्चा बहुत सुनेको थिए । त्यस्ता ब्यक्तिबाट मैले त्यस समय छोटो समयको लागि भएतापनि प्रत्यक्ष अभिनयको प्रशिक्षण लिने अवसर प्राप्त गरेको थिए । अभिनयको प्रशिक्षण कै क्रममा उहाँबाट अभिनयका थोरै तिता मिठा अनुभव र अनुभूतिका कुराहरु पनि सुन्ने अवसर पाएको थिएँ । प्रशिक्षित समकालिन साथीहरु सँग २०÷२२ पटकको सडक नाटकमा अभिनय पनि प्रस्तुत गरें । त्यसको अलवा केहि स्टेज नाटकहरु समेत प्रस्तुत गर्ने अवसर पनि प्राप्त गरेको थिएँ । त्यस समय ती कुराहरुले मलाई खासै अर्थ राख्न सकेन र त्यो क्षणहरुको कहिल्यै स्मरण अनि घच्चघचाउनु समेत सकेको थिएन ।

DSC07348

तर त्यही कुराले आज करिब २० वर्षको समय पश्चात भने सार्थकका साथै मिठो अनुभूति र स्मरण गर्ने अवसर पाएको छु । जति बेला म नेपाली समाजिक चलचित्र “ठूली”को लागि आजका “सुपर नायक” तथा नेपालको पहिलो “मिस्टर नेपाल–२००२” बन्न सफल सुपर नायक जीवन लुईटेलको साथमा अभिनयको क्रममा पाएँ । उहाँसँगको अभिनयको क्रममा एक थप्पडको साथमा मैले आफुलाई हास्यरुपमा अभिनय प्रस्तुत गर्दै छोटो संवाद बोल्दै थिएँ । म आफ्नो अभिनयमा हराउँदै थिए । अचानक निर्देशक सुरेन्द्र बिक्रम शाहबाट “कट्”को ध्वनी मेरो कानमा प¥यो । म झस्कीएँ फेरी पनि मैले क्यामेराको भाषा बुझिन की ? तर मैले तुरुन्त पत्तो पाएँ की मेरो गल्ति त त्यो बन्न पुगेछ, मेरो संवाद सहितको अभिनयको साथसाथमा सुपर नायक मस्त हाँसोमा डुब्नु भएछ । उपस्थित दर्शक, अभिनयमा संलग्न सुपर नायक जीवन लुईटेल तथा प्राविधकहरु समेत हाँसोमा लट्ठ डुबेको देख्दा मलाई यस्तो सुखानुभूति भयो की मैले एक पटक झस्याङ् भई श्रद्धय गुरु अशेष मल्ल सरलाई सम्झन पुगेँ ।

DSC07364

अनि मैले समकालिन मेरा नाट्यकर्मी साथीहरु श्रृङखला नाट्य समुह, मकवानपुरका स्व.श्रीराम थापा, मुरारी रैला, वासु न्यौपाने, कुमार शाह, लक्ष्मी न्यौपाने लगायतका लाई एक पटक मेरो मानषपटलमा ल्याउने प्रयास गरें । मेरो मरिसकेको त्यो विगतको कल्पना पुनः एक पटक ब्यूँतिएको अनुभूति समेत गरें । जे होस्, यो मेरो अविस्मरणीय अभिनयको क्षणबाट चलचित्रका दर्शकहरुलाई मैले हसाउँन सकौला या नसकौँला त्यो नेपथ्यका कुरा भए, तर अवश्य पनि मेरो अभिनयको कारण सुटिङ् स्थलमा लामो सयम सम्म छुटेको हासोँको पर्राले मैले मेरो दूई दशक अगाडिको प्राप्त गरेको अभिनय प्रशिक्षणका साथै सडक नाटकको त्यो अनुभवलाई भने ठूलै लाभको रुपमा अवसर प्राप्त गरेको मिठो अुनुभूति गर्न भने पाएको छु । अवसर दिने तथा सहयोगी अनि उत्साह बढाइदिने सम्पुर्णलाई मुरी मुरी धन्यवाद

DSC07360

‘मेरो बेस्ट फ्रेन्ड’ रिलिज डेट सारियो । अब जेठ ९ मा रिलिज हुने ।

गामी शुक्रबारबाट रिलिज गरिने भनिएको फिल्म मेरो बेस्ट फ्रेन्डको रिलिज मिति पोस्ट पोण्ड गरिएको छ । फिल्म अब दुइ साता पछाडि अर्थात आउदो जेठ ९ गते रिलिज हुनेछ । फिल्मको लागी पर्याप्त प्रचार प्रसार नपुगेको भन्दै फिल्मको रिलिज मिति सारिएको फिल्मका निर्देशक प्रसन्न पौडेलले भनाई छ । फिल्मको गीतहरुले पनि सोचेजति बजार पिट्न समय कम भएकोले फिल्मको रिलिजलाई पछाडी लगिएको उनले बताए । उनका अनुसार सञ्चारकर्मी तथा दर्शकहरुकै आग्रहमा फिल्मको रिलिज मिति सारिएको हो ।mero best frend 2यसअघि नायिका प्रियंका कार्कीले पब्लिसिटिमा साथ नदिदा फिल्मको राम्रो प्रचार प्रसार हुन नसकेको भन्ने समाचारहरु पनि मिडियामा आएका थिए । तर अब भने फिल्मको बारेमा दर्शकलाई जानकारी दिन फिल्म युनिट कम्मर कसेर लाग्ने भएका छन ।
त्यसो त जेठ ९ गते अन्य दुई फिल्म हंसिया र मिस नेपाल प्रदर्शन हुदैछ । यता जेठ २६ बाट मेरो बेस्ट फ्रेन्ड बहिरीएपछि दुई फिल्म दमदार र रेड मनसुन रिलिज हुनेछ ।
फिल्म प्रसन्न पौडेलले निर्देशन गरेको दोस्रो फिल्म हो । प्रजिता बज्रचार्य ले निर्माण गरेको फिल्ममा रेश मरहठा, प्रियंका कार्की, दिवस उप्रेती, केकी अधिकारी, बिमलेश अधिकारी, सुनिल थापा लगायतको अभिनय रहेको छ ।