Saturday , 20 October 2018
News update
Home >> kollywood (page 4)

kollywood

पुनम गौतमको चलचित्रमा दिपिका र पुष्प रोमान्स गर्दै

गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘एेश्वर्या’ बाट चर्चामा रहेकी नायिका दिपिका प्रसाईलाई लिएर फिल्म बनाउन चाहने निर्माताहरुको लामै लाईन लगिरहेको छ । ‘एेश्वर्या’ बाट रातारात चर्चा कमाएकी दिपिका प्रसाई र चक्लेटी नायक पुष्प खड्का अब एक साथ चलचित्रमा देखा पर्दैछन् । नवल नेपालको निर्देशनमा बन्न लागेको अनटाईटल्ड प्रोजेक्टमा दिपिका र पुष्पले रोमान्स गर्न लागेका हुन् ।

चलचित्रका लागि पुष्प यस अघी फाइनल भईसकेका थिए भने दिपिका भर्खरै मात्र फाइनल भएकी हुन् । निर्माण टिम र दिपिका बिच मौखिक सम्झौता भए पनि लिखित रुपमै भने केही दिनमा दिपिकाले फिल्म साईन गर्ने बताईएको छ । चलचित्रका दिपिका र पुष्प सँगै रेबिका गुरुङको पनि अभिनय रहेनेछ । नवल नेपालको फिल्मबाट डेब्यु गर्न लागेकी रेबिकाले पनि पहिले नै फिल्म साईन गरिसकेकी थिईन् ।

दिपिकाको इन्ट्री सँगै फिल्मको कास्टिङ लाईन अप पुरा भएको छ । निर्माण टिमले छिट्टै नै चलचित्रको नाम सार्वजनिक गर्ने बताएको छ ।पुनम गौतमको निर्माण रहने चलचित्र लभ स्टोरी जनराको हुनेछ । माघबाट छायांकनमा जाने तयारीमा रहेको चलचित्रमा अर्जुन पोख्रेल र कृष्ण काफ्लेको संगीत रहनेछ ।

कलाकारलाई युट्युबको भर

रामबहादुर थापा बागलुङ । एक समय थियो चलेका गीतको क्यासेट बिक्री लाख बढी नाघ्थ्यो । गायक/सर्जकले निश्चित रोयल्टी पाउथे । कम्पनीले नाफा कमाउथे । तर अहिले जमाना फेरिएको छ । श्रव्य क्यासेट, सिडी, सिरआरबिटी हुँदै सङ्गीत व्यवसाय अहिले एकाएक युट्युबमा केन्द्रित छ ।

प्रविधिको फड्कोले सङ्गीत बजारकोस्वरुप बदलेको हो । श्रव्य क्यासेट त इतिहास भइसक्यो । सिडीको चलन नगन्य छ । सूचना प्रविधिको द्रुत विकासले सङ्गीत उद्योग अहिले इन्टरनेट प्रविधिमा निर्भर हुँदै गएको छ ।

विसं २०५८ मा एक लाख बढी बिकेको गीति एल्बम ‘जम्मु कश्मिरमा’ का सर्जक÷गायक विष्णु खत्रीको अहिले आफ्नै युट्युब च्यानल छ । खत्रीले आफ्ना पछिल्ला सिर्जना युट्युबबाटै सार्वजनिक गर्दै आउनुभएको छ । ‘प्रविधिलाई आत्मसात् गर्नै पर्दोरहेछ’ खत्रीले भन्नुभयो, “अहिले युट्युबको जमाना छ, म त्यसकै प्रवद्र्धनमा छु ।” राम्रो सिर्जना र विषयवस्तु युट्युबमा दिन सके लगानी खेर नजाने उहाँको अनुभव छ ।

लोकगायक तथा मोडल प्रकाश सपूतको लोकगीत ‘बोल माया’ युट्युबमा ८७ लाख भन्दा बढीले हेरेका छन् । उक्त लोकगीत केही महिनाअघि सार्वजनिक हुँदा युट्युबमा सर्वाधिक हेरिने मध्येको नम्बर १ मा परेको थियो । ‘प्रकाश सपूत भन्ने मरो आफ्नै युट्युब च्यानल छ’ सपूतले भन्नुभयो, “हालसम्म मेरा सिर्जनाले चार करोड बढी दर्शक पाएका छन् ।” राम्रो सामग्री दिन सकियो भने युट्युबबाट कमाइ लिन सकिने उहाँको भनाइ छ ।

जागिर गर्दा आउने जत्ति पैसा अहिले युट्युबबाट नियमित पाइरहेको तर बाहिर भन्ने गरिएजस्तो धेरै पैसा आउने अवस्था भने नभएको सपूतले सुनाउनुभयो । सर्वाधिक हेरिएका कपितय गीतबाट भने राम्रो आम्दानी पनि भित्रने गरेको छ ।

सिर्जनाको बलमा जति धेरै दर्शक बुटल्न सक्यो त्यसकै आधारमा पैसा जम्मा हुने अर्का गायक एवं मोडल दुर्गेश थापा बताउनुहुन्छ । ‘मासिक करीब ५० हजार युट्युबाट कमाउछु’ थापाले भन्नुभयो, “कहिले बढी पनि आउछ, कहिले कमी ।”थापाको ‘क्षत्रीको छोरो’ भन्ने गीत युट्युबमा ३३ लाखले हेरेका थिए । दशैँंलाई लक्षित गरी ‘बाँचे टुप्लुक्क’ बोलको गीत युट्युबबाटै सार्वजनिक गर्ने तयारीमा उहाँ हुनुहुन्छ । थापाले हालैमात्र युट्युबबाट एक लाख युट्युब च्यानलको समूह सदस्य (सब्सक्राइबर) पुगेबापत् पुरस्कारसमेत पाउनुभएको छ । गीत हेर्ने, लाइक, टिप्पणी, आदानप्रदान र ‘सब्रसक्राइब’ गर्ने सङ्ख्याका आधारमा कलाकारको युट्युबमा राम्रो अभिलेख रहने गरेको छ ।

पैसा आउने कुरा विज्ञापनसँग पनि बढी जोडिएको कलाकार बताउँछन् । गीतको बीचमा युट्युबले अन्तर्राष्ट्रिय ब्राण्डका विज्ञापन राख्दा बढी पैसा आउने गरेको छ । व्यावसायिक रुपमा युट्युबको प्रक्रियामा छिर्न तोकिएको सङ्ख्यामा हेरिनुपर्ने र युट्युब च्यानलको समूह सदस्य पुग्नुपर्ने प्रावधान छ । शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ ।

लोकगायक खत्रीले युट्युबमा विकृति पनि रहेको बताउनुहुन्छ । अर्कैको सिर्जनालाई अनुमति नलिइ आफ्नो यट्युबमा राख्ने चलनले बौद्धिक सम्पत्तिमाथिको अधिकार हनन भएको उहाँको भनाइ छ । ‘एउटाको ठूलो लगानी र मेहनत परिरहेको हुन्छ’ उहाँले भन्नुभयो, “फाइदा अर्कैले लिइरहेको हुन्छ । नियमन निकायले विकृति रोक्नुपर्ने उहाँको सुझाव छ ।

युट्युबले विदेशबाट हेरेबापत मात्रै कलाकारलाई रोयल्टी दिने गरेको बताइन्छ । नेपाल युट्यबको प्राथमिकतामा पर्न सकेको छैन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकगायक वसन्त थापाले युट्युब कलाकारको व्यक्तित्व चिनाउने माध्यम बनेको बताउनुहुन्छ । ‘राम्रो दर्शक पाउदा पैसा पनि छ’ थापाले भन्नुभयो, “यसबाट कलाकारको व्यक्तित्व पनि उठ्छ ।” त्यसमा चर्चा बटुलेका कलकार देश विदेशका कार्यक्रममा पनि बढी पुग्छन् । कलाकारलाई मञ्चीय कार्यक्रम पनि कमाइको अर्को भरपर्दो माध्यम हो ।

कम्पनीमार्फत युट्युबमा जाँदा रोयल्टी पाउने निश्चित नभएपछि कलाकारहरुले आफ्नै एकाउन्ट खोल्न थालेका हुन् । लगानी जुटाएर गीतको श्रव्यदृश्य तयार गर्ने र त्यसलाई आफ्नै युट्युबबाट प्रवद्र्धन गर्ने क्रम अहिले बढ्दो छ । मेकानिकल रोयल्टी भनेर कम्पनीले पैसा पाउँछन् भने आफ्नै एकाउन्ट भएका कलाकारको खातामा युट्युबले पैसा जम्मा गरिदिन्छ । रोयल्टी सङ्कलन समाज नेपाल र गुगलबीच भएको सम्झौतापछि नेपालमा युट्युबसम्बन्धी च्यानल व्यावसायिक बन्न थालेको हो । (रासस)

चलचित्र ‘चंङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

‘गोजीमा दाम छैन’बोलको गीतले निकै चर्चामा रहेको चलचित्र ‘चंङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

डार्क कमेडी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्राय कलाकारलाई स्थान दिइएको छ ।‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

कात्तिक १६ गते रिलिज हुने चलचित्र ‘चंङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएकोयस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ का नायक धीरज मगर लण्डन फर्किदै , फ्यानहरुमा रुवाबासी

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ बाट रातारात स्टार बनेका नायक धीरज मगर लण्डन फर्कने भएका छन् । लण्डनमा बस्दै आएका धीरज चलचित्रको लागि नेपाल आएका थिए । गत असोज ५ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्रले अहिले सम्म ४ करोड ३० लाख भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ । चलचित्रले यो बर्ष अहिले सम्म कै सबै भन्दा राम्रो ब्यापार गरेको छ । चलचित्रमा धीरजको अभिनयको सबैले खुलेर तारिफ गरेका छन् । धीरजलाई अहिलेका स्टार नायकहरु अनमोल केसी र प्रदिप खड्कालाई टक्कर दिने नायकको रुपमा समेत व्याख्या गर्ने थालिएको छ । यही सुखद क्षेण र अपार माया बोक्दै धीरज लण्डन फर्किन लागेका हुन् ।


नेपाल छोड्नु अघी धीरजले अन्तिम पटक आफ्नो फ्यानहरुलाई भेटेका छन् । हुन त धीरजले सधैंका लागि नेपाल छोडेका हैनन्, अर्को फिल्म काम सुरु नभए सम्मका लागि धीरज नेपाल छोड्दै लण्डन जान लागेको हुन् । यसैको लागि फ्यानहरु सँग बिदा माग्न काठमाण्डौमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा धीरजका फ्यानहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा धीरजले पहिलो चलचित्रबाट नै यती धेरै माया दिएकोमा सबैलाई धन्यवाद दिए । यस्तै उनले आगामी दिनमा पनि यस्तै माया गरिरहन आग्रह गर्दै आफुले नेपाल छोड्न लागेको जानकारी गराए । धीरजले यस्तो भनिरहदा उनका फ्यानहरुमा रुवाबासी नै चल्यो तर पनि आफुहरु सधैं धीरजलाई माया गरिरहने र अर्को चलचित्रको प्रतिक्षामा रहेको भन्दै फ्यानहरुले उनलाई शुभकामना दिए । कार्यक्रममा धीरजको फ्यानहरुको भिड सम्हाल्न निकै हम्मे हम्मे भएको थियो ।

फ्यानहरुले उनलाई घेर्दै तस्बिर खिचाएका थिए । कार्यक्रममा धीरज सँगै चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशक रेनाशा बन्तावा राई पनि उपस्थित थिईन् ।

फागुन १७ मा आउने भयो अनमोल केसीको चलचित्र ‘क्याप्टेन’

नायक अनमोल केसीको नया चलचित्र ‘क्याप्टेन’को रिलिज तय गरिएको छ । लामो समय देखि रिलिज मिति तय गर्न न सकेको ‘क्याप्टेन’अब भने फागुनको १७ गते प्रदर्शनमा आउने भएको छ ।

नायक अनमोल केसी फुटबल खेलाडीको रुपमा देखिन लागेको चलचित्र ‘क्याप्टेन’को फागुनको १७ मा रिलिज गर्दा केही बिदा पर्ने भएपछि भूवन केसी र वितरक मनोज राठीले यो मितिमा चलचित्र रिलिज गर्ने बताएका हुन् ।

भीएफएक्सको काम ले रिलिज मिति केहि पछि सारिएको भन्दै निर्माता भूवन केसीले अबको २ महिनामा भीएफएक्स सकिने भन्दै फागूणमा चलचित्र रिलिज गर्न लागेको बताए ।

चलचित्र ‘क्याप्टेन’लाई दिवाकर भट्टराइको निर्देशन गरेका हुन् ।चलचित्रमा अनमोल केसी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, प्रियंका एमभी, उपासना सिंह ठकुरी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्र ‘चङ्गा चेट’को अफिसियल फष्ट लुक सार्वजनिक

कात्तिक १६ गते देखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’को फष्ट लुक सार्वजनिक गरिएको छ । शुक्रबार निर्माण पक्षले फष्ट लुक सार्वजनिक हो । फष्ट लुकमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् । ‘चङ्गा चेट’को ट्रेलर यही आइतबार सार्वजनिक गर्ने तयारी गरिएको छ ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले निर्माण गरेका हुन् ।आयुषमान देषराज जोशी, प्रियंका कार्की, रविन्द्र झा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, माओत्से गुरुङ, प्रमिता आरएल राणालगायत कलाकारले अभिनय गरेका छन् ।

सिनेमाको ‘ढल्की ढल्की’ बोलको गीतले पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ । दुई गीतले सिनेमाको राम्रो हाइप निर्माण गरेकोमा निर्माता र निर्देशक उत्साहित देखिएका छन् ।

सिनेमामा अर्जुन पोखरेलको संगीत, निरक कँडेलको छायांकन, सूर्य ठोकरको द्वन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ । । निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका सिनेमामा रहेको छ ।

संचारकर्मी रबि अधिकारीको ‘आँशुको अर्थ -२’ सार्वजनिक (भिडियो)

चर्चित गायक शिव परियारको स्वर रहेको हिट गीत ‘आँशुको अर्थ’को पार्ट टु ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको छ ।गत बर्ष सार्वजनिक गरिएको गीत ‘आँशुको अर्थ’ सफल भए सगै ‘आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’ को लिरिकल भिडियो सार्वजनिक गरिएको हो । शुक्रबार चितवनको भरतपुरमा एक कार्यक्रमको बिच गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीको जन्म दिनको अवसर परेर ‘आँशुको अर्थ -२’ गीत को लिरिकल भिडियो सार्वजनिक गरिएको हो।

केटिबी एड्भर्टाईजिङ एजेन्सीका प्रबन्धक किशोर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो । यस्तै चलचित्र निर्देशक बिमल पौडेल र केटिबी एड्भर्टाईजिङ एजेन्सीकानिर्देशक बिजय गुप्ता बिशिष्ट अतिथी रहनुभएको थियो । यस्तै कार्यक्रममा संचारकर्मी मनोज पन्त तथा दाताज ईभेन्ट्सका प्रबन्धक दाताराम घिमिरे अतिथी रहनुभएको थियो । कार्यक्रममा प्रमुख अथिति बरिष्ट कलाकार ऋद्धिचरण श्रेष्ठले युट्युब बाट गीतलाई सार्वजनिक गर्नु भएको थियो।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथी ऋद्धिचरण श्रेष्ठले गीतको सफलताको शुभकामना दिनुभयो । श्रेष्ठले भाग २ जस्तै आगामी दिनमा गीतको अन्य सिरिज पनि बन्ने विश्वाश गर्नुभयो । चलचित्र क्षेत्रमा लामो समय देखी काम गर्दै आएका संचारकर्मी रबी अधिकारीले ‘आँशुको अर्थ’ भाग १ र भाग २ जस्तो निकै राम्रो गीत रचना गरेर रचनाकारको रुपमा पनि आफुलाई अब्बल साबित गरेको श्रेष्ठले बताउनु भयो । साथै उहाले आगामी दिनमा चलचित्रमा पनि गीत रचना गर्न शुभकामना दिनुभयो ।

कार्यक्रममा बिशिष्ट अतिथी चलचित्र निर्देशक बिमल पौडेलले गीत निकै राम्रो बनेको भन्दै सफलताको शुभकामना ब्यक्त गर्नुभयो । गीतले निकै मार्मिक शब्द बोकेको भन्दै दर्शक स्रोताहरुले गीतलाई मन पराउने विश्वाश ब्यक्त गर्नुभयो । कार्यक्रमका अतिथी संचारकर्मी मनोज पन्तले संचारकर्मीको रुपमा सकृय रबी अधिकारीले ‘आँशुको अर्थ १ र २ बाट गीत संगीतको क्षेत्रमा पनि राम्रो गर्दै गएकोमा खुशी लागेको बताए । यस्तै पन्तले गीत राम्रो बनेको भन्दै सफलताको शुभकामना दिए । कार्यक्रमका सभापति केटीबीका प्रबन्धकले गीत राम्रो बनेको भन्दै संचार र चलचित्र क्षेत्र सँगै संगीतिक क्षेत्रमा पनि अझै प्रगती हुँदै जाओस भन्दै शुभकामना ब्यक्त गर्नुभयो ।

गीतका रचनाकार रबी अधिकारीले ‘आँशुको अर्थ १ को अपार सफलता पछी अझै राम्रो गर्ने प्रेरणा मिलेको बताए । ‘आँशुको अर्थ १ लाई दर्शक स्रोताले राम्रो माया दिनुभएको कारण नै भाग २ निकाले बताउनुभयो । अधिकारीले भने – भाग १ को सफलताले भाग २ अझ राम्रो बनाउन चुनौती दियो । तर हाम्रो टिम, सबै संचारकर्मी र दर्शकहरुको मायाले चुनौतीलाई अवसरको रुपमा लिई भाग २ बनाएको बताए । यस्तै अधिकारीले भाग १ जस्तै २ लाई पनि दर्शक स्रोताहरु माया दिनुहुने विश्वाश ब्यक्त गर्नुभयो ।

दशैं लगतै निकेश खड्काको निर्देशनमा ‘आँशुको अर्थ’का मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठलाई फिचरिंग गरेर गीतको म्युजिक भिडियो निर्माण गरिने गीतकार तथा सञ्चारकर्मी रबि अधिकारीले बताउनु भयो । कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थित रहेको थियो।’आँशुको अर्थ -२’ ‘आँशु दिइ जाने’मा चर्चित संगीतकार दिपक शर्माको संगीत रहेको छ। गीतलाई एरेन्ज भने रिदम कंडेल ले गरेका छन् ।

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक मुल्यमान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

कात्तिक ३० गतेले आफ्नो प्रदर्शन मिती तय गरेको‘दैलो’सुरेश उपेतीको निर्माण तथा निर्देशन तयार गरिएको हो ।चलचित्रमा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागाई दीपक डोटेल मुना प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । विमल भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमा अहिले निर्माण भैरहेको सिनेमा भन्दा फरक रहेको निर्देशक उप्रेतीले बताए ।

एपी वान मा आउने भयो ‘को बन्छ करोडपति’,कार्यक्रम राजेश हमालले संचालन गर्ने

अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’।

‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना,’ कौन बनेगा करोडपतिका संचालक अमिताभ बच्चनले नेपाली भाषामा नै नेपाली संस्करणलाई शुभकामना दिएका छन्।

‘को बन्छ करोडपति – केबीसी नेपाल’को टाइटल प्रायोजक सार्वजनिक गर्ने क्रममा अमिताभले नेपाली भाषामा बोलेका हुन्। नेपालमा यसअघि भारतमा चर्चित भइसकेका आइडल, बुगीउगी, रोडिज् र द भ्वाइसको नेपाली संस्करण भित्रिसकेको छ।

को बन्छ करोडपति राजेश हमालले संचालन गर्नेछन्। होस्ट राजेश हमाल फिचर्ड प्रोमो बिहीवार नै सार्वजनिक गरिएको छ। यसअघि कौन बनेगा करोडपतिबाट प्रभावित हुँदै ‘नगद पाँच लाख’ नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो। त्यसलाई चर्चित कलाकार मदनकृष्ण श्रेष्ठले संचालन गरेका थिए तर प्रतियोगीलाई पुरस्कार रकम दिन नसकेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो। यसलाई मदनकृष्णले आफ्नो आत्मकथामा पनि उल्लेख गरेका छन्।

को बन्छ करोडपतिका लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ।‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं,’ संचालक राजेश हमालले भने।

सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो। ‘केबीसी नेपाल’ कार्यक्रममा लाइफ लाइन, अडियन्स पोल, फिप्टी फिप्टी र फोन अ फ्रेन्ड अप्सन हुनेछन्।

विकास राज आचार्यको चलचित्र ‘हजार जुनी सम्म’ मा नायक सलोन बस्नेत फाइनल

निर्देशक विकास राज आचार्यको निर्देशन रहने नया चलचित्र ‘हजार जुनी सम्म’को लागि नायकमा सलोन बस्नेत फाइनल भएका छन् ।बुधबार निर्देशक विकास राज आचार्य र नायक सलोन बस्नेतलाई अनुवन्धित गरेका छन् । नायक सलोन बस्नेतले निर्देशक झरना थापाको चलचित्र ‘ए मेरो हजुर ३’को छायांकन सके लगतै ‘हजार जुनी सम्म’को छायांकनमा जोइन गर्ने छन् ।

म्यूजिकल लभ स्टोरी चलचित्र ‘हजार जुनी सम्म’मा नायिकाको लागि यस अघि नै स्वस्तिमा खड्कालाई अनुवन्धित गरेका हुन्। दुई जना नायक र एक नायिका रहने चलचित्र ‘हजार जुनी सम्म’को लागि अर्को नायकको भने अझै टुंगो भएको छैन |अर्को नायकको लागि अहिले निर्देशक आचार्य चकलेटी हिरोको खोजीमा छन् ।

सामिप्यराज तिमल्सिना र निर्देशक आचार्य अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम गरिरहेका छन् ।’नाईं नभन्नू ल’ का हरेक सिरिजमा निर्देशक विकास राज आचार्यले बाल कलाकार अनुभव रेग्मीलाई नछुटाएका निर्देशक आचार्यले नयाँ चलचित्रमा भने अनुभवलाई नराख्ने भएका छन् ।

मङ्सिर द्रोस्रो साता बाट छायांकनमा जाने ‘हजार जुनी सम्म’ सिकिममा छायांकन गरिदै छ । चलचित्रमा विकास राज आचार्य र अनुभव रेग्मीको आमा कविता रेग्मीको लगानी रहने छ । यसपटक चलचित्रमा आधा दर्जन गीत रहनेछ ।