Monday , 17 December 2018
News update
Home >> kollywood (page 5)

kollywood

चलचित्र ‘डोली’ को स्याड सङ सार्वजनिक (भिडियो)

सामाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ मा समाबेश दुरी टाढा भएर पो बोलको गीत शनिबार सार्वजनीक गरिएको छ । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ । गीतमा फिल्ममा सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ ।

राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको ‘डोली’ २८ मंसिरमा प्रदर्शन हुदैछ । रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको प्रस्तुति ‘डोली’ मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम,सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् ।

सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्म जयराम थापाले खिचेका हुन् । फिल्मका गीत श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्ने डोलीले दर्शकलाई भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देशसमेत दिने बिश्वास निर्माता किरणको छ ।

अनुपबिक्रम शाही र वर्षा शिवाकोटी ‘मङसिर १५’मा जाने तयारीमा (भिडियो)

चलचित्र ‘पुरानो बुलेट’ को गीत सार्वजनिक गरिएको छ । ‘मङसिर १५’ बोलको सार्वजनिक गीतमा उत्तम जंग लिम्बु र मेलिना राईको स्वर रहेको छ । राम भट्टराईको शब्द रहेको गीत उत्तम जंग लिम्बुको संगीत रहेको छ ।

मेलाको परिवेशमा छायांकन गरिएको गीतमा अनुपबिक्रम शाही र वर्षा शिवाकोटीले नृत्य प्रस्तुत गरेका छन् ।गीतको कोरियोग्राफी प्रशान्त तामाङको रहेको छ ।

चैत्र १ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पुरानो बुलेट’ अनुप र वर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई भिषण राईले निर्देशन गरेका हुन् ।हरी घलेको छायांकन, अर्जुन जिसीको सम्पादन रहेको यस चलचित्रमा कथा तथा पटकथा निर्देशक भिषणसँगै सन्तोष राईले पनि तयार पारेका हुन् ।चलचित्रलाईअशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

चलचित्र ‘दि ब्रेकअप’को ‘हरपल ’गीतमा आशिरमान र शिल्पाको ‘लिपलक’ सिन(भिडियो)

शुक्रवार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘दि ब्रेकअप’ को दोस्रो गीत रिलिज गरिएको छ । ‘हरपल…’ बोलको सार्वजनिक गीतमा प्रकाश मल्लको शब्द रहेको छ भने विराज गौतमको स्वर र संगीत रहेको छ । गीतलाई एरेञ्जर विशेष पाण्डेले गरेका हुन् ।

आशिरमान देशराज जोशी र नव-अभिनेत्री शिल्पा मास्के फिचरिंग गरिएको यस रोमान्टिक गीतलाई अष्ट्रेलियाका विभिन्न मनोरम स्थानमा छायांकन गरिएको हो । गीतमा अभिनेता-अभिनेत्रीले ‘लिपलक’ सिन पनि दिएका छन् ।

पौष २७ गते रिलिज हुने चलचित्र ‘दि ब्रेकअप’ लाई हेमराज विसीले निर्देशन गरेका हुन् ।चलचित्रमा आशिर र शिल्पाका अलावा सरोज खनाल, रेनदास श्रेष्ठ, इच्छा कार्कीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘दि ब्रेकअप’ लाई नरेन्द्र मैनालीले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् ।यो फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राणा र निर्देशक बिसीले संयुक्त लगानीमा निर्माण गरेका हुन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको कथा पनि निर्देशक बिसीको नै हो ।

चलचित्र ‘छक्का पञ्जा ३’ देशका १३ वटा हलमा ५१ औँ दिनमा

नेपाली चलचित्र ईतिहासको सबै भन्दा बढी कलेक्सन गर्दै विभिन्न रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ ले पनि सफलता पुर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको छ ।

असोज २४ घटस्थापनाको दिन देखि प्रदर्शनमा आएको फिल्मले उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुदै ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए ।

यसको तिनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी छिन । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा , बिग मुभिज कमलपोखरी , एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल , बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु , गुण सिनेमा ग्वार्को , गङ्गा सिनेमा बालाजु , गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो ।

यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल , क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि रुचाएका थिए ।

अघिल्ला सिरिजको तुलनामा यसलाई सबैले प्रसंसा गरेका छन् । फिल्ममा दीपकसँगै जितु नेपाल , केदार घिमिरे , दीपिका प्रसाई , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , किरण केसी , जयनन्द लामा लगायतको अभिनय रहेको छ । यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

निर्देशक दीपाश्री निरौलाले सफलतामा धेरै सहयोगी हात हुनुहुन्छ भन्दै मेरो टिमले मलाइ सहयोग गरेको छ नै साथै मिडियाकर्मी र दर्शकको पनि उत्तिकै आभारी छु । हामीले यसमा कमेडी विथ कन्टेन भनेर अगाडी बढेका थियौ , जसलाई दर्शकले झनै मन पराउनु भयो । यसले हामीलाई झनै उत्साह बढेको छ । आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिदिनु भएको छ । फेरी पनि ५१ औँ दिनको अवसरमा सम्पूर्ण दर्शक , मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद दिन चाहन्छु ।

कलाकार तथा निर्माता दीपकराज गिरीले म लगायत हाम्रो टिम निकै खुसि छौ किनकी फिल्मले हामीलाई मात्र होइन हाम्रो प्रदर्शक र वितरकलाई पनि खुसि बनाएको छ । हामीले विदेशमा फिल्म प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसि बनाएको छ नै प्राय फिल्म नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौ , सम्पूर्ण दर्शक प्रति जसले हामीलाई यति धेरै विस्वास गर्नु हुन्छ अनि मिडियाकर्मी प्रति जसले हामीलाई दर्शकसम्म पुर्याउनु हुन्छ ।

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल , यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन , पुरुषोत्तम प्रधानको छायाँकन , सुनयमान श्रेष्ठको मिक्सीङ्ग , सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।

चर्चित हाँस्य कलाकार जोडी धुर्मुस र सुन्तली ‘नेपाल आइडल’मा

चर्चित रियालटी शो ‘नेपाल आइडल’को आज बिहिबारको शो थप विशेष हुने भएको छ । बिहिबारको कार्यक्रममा चर्चित हाँस्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ अतिथिका रुपमा सहभागी हुने भएका छन् ।

नेपालकै पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज्ड टिभी रियालिटी शो ‘नेपाल आइडल’ ‘नेपाली मौलिक पहिचान, संसार चिनाउने नेपालीको शान’ नाराका साथ आयोजना भइरहेको छ ।

अघिल्लो साता लोक गीत राउण्ड प्रस्तुत गरेका ‘नेपाल आइडल’ प्रतियोगी धुर्मुस सुन्तली अतिथिको रुपमा सहभागी हुने भएपछि उत्साहित बनेका छन् । प्रतियोगितामा अमित बराल, अस्मिता अधिकारी, बिक्रम बराल, पवन गिरी, रवी ओड र सुमित पाठक गरेर ६ प्रतियोगी रहेका छन् ।

बुद्ध लामा पहिलो नेपाल आइडल बन्दा निशान भट्टराई र प्रताप दास दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दाश्रो र तेश्रो स्थान प्रप्त गर्न सफलहरुले देश विदेशका विभिन्न मञ्चहरुमा प्रस्तुती दिँदै ख्याती कमाएका छन् ।

नरेन्द्र महर्जन र दयाराम दाहाल चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त


केहि समय देखि रिक्त रहेको चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त भएका छन । बुधबार संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सदस्यमा नियुक्त गरेका हुन ।

निर्माता तथा निर्देशक दयाराम दाहाल पहिलो पटक चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका हुन् भने निर्माता, वितरक तथा प्रदर्शक महर्जन यस अघि पनि बोर्डका सदस्य रहेका थिए ।

अष्ट्रेलियामा पनि ‘प्रसाद’

मङ्सिर ११ – यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रसाद’ मङ्सिर २१ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र ‘प्रसाद’ को नेपाल प्रदर्शन पश्चात २ दिन अष्ट्रेलियामा बिशेष शो हुँदैछ । नेपालमा प्रदर्शन भएको दुई दिन पछी चलचित्रको अष्ट्रेलियामा बिशेष शो हुनेछ । कडेल कन्सल्टेन्सीको प्रस्तुतीमा चलचित्र डिसेम्बर ९ र १० तारिखको दिन अष्ट्रेलियाको मेल्बर्नमा रहेको चिना टाउन सिनेमामा प्रदर्शन हुनेछ ।

डिसेम्बर ९ तारिखको दिन स्थानिय समय अनुसार साँझको ७:४५ बजे र १० तारिखको दिन साँझ ७:०० बजे प्रदर्शन हुनेछ । चलचित्रका लागि अनलाईन टिकट बुकिङ सुरु गरिएको छ । चलचित्रमा नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदिको मुख्य अभिनय रहेको छ ।

लै लै’ बोलको गीतबाट चर्चामा रहेको चलचित्रमा सन्तान नहुँदा श्रीमान् श्रीमती बिच हुने मानसिक असमझदारी र सम्बन्धमा आउने मानसिक द्द्वन्दको कथा रहेको छ । दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रलाई सुबाश थापाले निर्माण गरेका हुन् ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानमा नायिका थापाको सहयोग

जनकपुरधाम, ११ मङ्सिर – प्रदेश नं. २ को सरकारी अभियान ‘बेटी पढाऊ, बेटी बचाऊ’ को अभियानकर्मीका रूपमा कलाकार रेखा थापाले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कलाकार थापाले ‘छोरीका लागि स्वर्णिम अभियान’ नामक कार्यक्रमका माध्यमले प्रदेश सरकारको अभियानलाई सघाउने भएकी छिन् ।

प्रदेश सरकार र थापाद्वारा आज मुख्यमन्त्री कार्यालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले सरकारको उद्देश्यअनुरूप कलाकार थापाले प्रदेशका आठवटै जिल्लामा विद्यमान छोरीप्रतिको असमान व्यवहार, हिंसा, भ्रूणहत्या, पढाइबाट वञ्चित र बालविवाहविरुद्ध जागरण अभियानमा सहयोगी भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।

छोरा हुँदा हर्ष र छोरी हुँदा दुःख, पीडा, बोझ ठान्ने मनोवृत्ति, छोरीको जन्मलाई अभिशाप ठानी हत्या गर्ने मानसिकता, अपहेलित गर्ने क्रियाकलाप विरुद्धको अभियानमा सरकारले छोरीको बीमा, साइकल वितरण, दक्षता अभिवृद्धि, सरकारी सेवा परीक्षा तयारी तालीम र प्रहरीमा ५० प्रतिशत आरक्षणलगायत योजना राखिएको उहाँले बताउनुभयो । छोरीको जुनी नचाहने मनोविज्ञानमा परिवर्तन लक्षित कार्यक्रम सञ्चालन गरी प्रदेश सरकारको अभियानलाई सघाउने धारणा राख्नुभयो । (रासस)

‘प्रेम गीत २’ युट्युबमा पनि सुपरहिट ,ट्रेन्डिङको नम्बर वानमा

बर्ष २०७४ को सुपरहिट चलचित्र ‘प्रेम गीत २’ युट्युबको ट्रेन्डिङ वानमा परेको छ । युट्युबमा रिलिज भए देखी नै ट्रेन्डिङमा रहेको ‘प्रेम गीत २’ अहिले ट्रेन्डिङ नम्बर वान मा रहेको छ ।

प्रदर्शनताका हलमा दर्शकको अपार माया पाएको चलचित्रले युट्युबमा पनि दर्शकहरुको अपार माया पाईरहेको छ । चलचित्र नेपालमा मात्र नभई भारत, कतार, साउदी अरेबिया,कुबेत आदी देशमा पनि ट्रेन्डिङमा परेको थियो । चलचित्रलाई युट्युबमा सकारात्मक प्रतिकृयाको आईरो लागेको छ । युट्युबमा सबैले चलचित्रलाई मन पराउदै राम्रो प्रतिकृया दिएका छन् ।

रिलिज भएको ४८ घण्टा पनि नपुग्दै चलचित्रले अहिले सम्म २१ लाख ५५ हजार भन्दा धेरै भ्युज प्राप्त गरिसकेको छ । युट्युबमा चलचित्रलाई सकारात्मक प्रतिकृया दिदै दर्शकहरुले ‘प्रेम गीत ३’ को माग गरेका छन् । रामशरण पाठक निर्देशित चलचित्रमा अहिलेका सुपरस्टार नायक प्रदिप खड्काको मुख्य अभिनय रहेको छ । यस्तै अभिनेत्री अश्लेषा ठकुरीले ‘प्रेम गीत’ २ बाट नै नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन् ।
यस्तै चलचित्रमा कैलाश कटुवाल,कबिता रेग्मी, शिशिर भण्डारी, सन्तोष सेन, श्रद्दा प्रसाई आदिको पनि अभिनय रहेको छ ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् । आशुसेन फिल्म्सको ब्यानरमा बनेको चलचित्रका गीत संगीत पनि हिट रहेका छन् ।

चलचित्र ‘रणबीर’ को फस्ट लुक्स यस्तो देखिए शुशिल सिटौल

१८ माघ बाट प्रदर्शनमा आउने चलचित्र ‘रणबीर’ निर्माण अन्तिम चरणमा पुगेको छ । चलचित्रकोनिर्माण पक्षले फस्ट लुक्स रिलिज गरेको छ । अभिनेता शुशिल सिटौलको चरित्रलाई केन्द्रित गरेर फिल्मको फस्ट लुक्सको रुपमा नेपाली र अँग्रेजी टाईटलमा उनको एकल फोटो युक्त २ पोष्टर सोमबार सार्वजनिक गरिएको हो ।

अभिनेता शुशिलले यो फिल्मको लागि ७० केजीबाट आफ्नो तौल १५ किलो बढाएर ८५ केजी तुल्याएका थिए । करिब नौ महिना नियमित जिम गरेर आफुले तौलसँगै शारीरिक सुगठन समेत यही फिल्मको लागि बनाएको पनि शुशिलले बताए ।
चलचित्रलाई दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । निर्माता रेग्मीका अनुसार फस्ट लुक्सकै शुशिलको ‘क्यारेक्टर पोष्टर’ सार्वजनिक गरिएको हो । यो चलचित्रलाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका हुन् । चलचित्र एक्सन प्रधान कथाबस्तुमा आधारित रहेको निर्देशक सिंहले बताएका छन् ।

शुशिल सिटौलासँगै यो फिल्ममा, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीक पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजालसहितको अभिनय छ ।

चलचित्र रणबीर करिब दुई करोडको लगानीमा निर्माण भएको यसका निर्माता दीपेन्द्रले जानकारी गराए । चलचित्रको दुई ओटा गीतबाहेक बाँकी सबै छायाँकन सम्पन्न भएको छ । बाँकी रहेको दुई गीत १५ मँसिरबाट छायाँकन गरिने पनि उनले बताए ।