Thursday , 15 November 2018
News update
Home >> kollywood (page 6)

kollywood

चलचित्र ‘बोबी’ हेरेका विर्तामोडका राजेश लिम्बु घुम्ने भए नर्वे

उमेश थापा र कविता गुरुङको रियल कथामा निर्माण गरिएको असार २९ गेट बाट प्रदर्शनमा आएको चलचित्र ‘बोबी’ रिलिज को बेला प्रचारको लागि ‘बोबी हेरौं नर्वे घुमौं’ स्किम ल्याएको थियो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘बोबी’ हेरेर टिकट पठाउने मध्येबाट एक भाग्यमानीको नाम घोषणा गरिएको छ ।
बक्समा राखिएको हजार बढी टिकटबाट विर्तामोड, झापाका राजेश लिम्बु विजेता बनेका छन् । उनले आफूसँग श्रीमतीलाई पनि नर्वे घुमाउने अवसर पाएका छन् । उनी नर्वेमा बोबी जोडी उमेश र कविताको घरमा बस्नेछन् ।

चलचित्रका निर्देशक तथा निर्माता मिलन चाम्सले छिट्टै बिजेतालाई नर्वे लैजाने सबै प्रक्रिया सुरु हुने बताए । कार्यक्रममा सहभागी हुनका लागि कविता नर्वेबाट केही दिन अगाडि मात्र नेपाल ओर्लिएकी थिइन् । तर चलचित्रका अभिनेता उमेश थापा भने बिशेष कामले नेपाल आउन पाएनन


उमेश थापा र कविता गुरुङ दुबै जनाको प्रेम, संघर्ष र सफलताको कथा ‘बोबी’ भित्र छ । विवाहित कविता र उमेश नर्वेका एनआरएन हुन् । पेसाले उमेश इन्जीनियर हुन्, भने कविता होटल म्यानेजर हुन् । सिनेमामा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।

बिना प्रचार प्रसार रिलिजको तयारीमा ‘चङ्गा चेट’, कतै हुने त होइन चैट ?

कार्तिक ०७ – गत असोज २४ गते घटस्थापनाको दिनबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले अझै पनि हल ओगटीरहेको छ । देशभरका हलहरुमा ‘छक्का पञ्जा ३’ हेर्ने दर्शकहरुको अझै ओईरो लागिरहेको छ । ‘छक्का पञ्जा ३’ सँगै असोज ३० गते फुलपातीको दिनबाट प्रदर्शनमा आएको ‘जय भोले’ ले पनि दर्शक तानिरहेको छ । तर ‘छक्का पञ्जा ३’ले जय भोलेलाई समेत असर गरिरहेको छ । यसरी हेर्दा ‘छक्का पञ्जा ३’ले त्यती सजिलै हल छोड्ने अवस्था देखिदैन । यस्तोमा यही कार्तिक १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’ ठुलो धक्का लाग्न सक्ने देखिएको छ ।

‘छक्का पञ्जा ३’ प्रती घट्दै नघटेको दर्शकको क्रेज र २३ गते अर्थात ९ तारिखमा रिलिज हुन लागेको बहुप्रतिक्षित हिन्दी फिल्म ‘ठग्स अफ हिन्दूस्तान’ यि दुईको बिचमा परेको छ ‘चङ्गा चेट’ । दिन प्रतिदिन ‘छक्का पञ्जा ३’ को वर्ड अफ माउथ राम्रो हुँदै गईरहेको छ । उता अमिताभ बच्चन र आमिर खान अभिनित ‘ठग्स अफ हिन्दूस्तान’ लाई लिएर दर्शकहरु निकै उत्साहित रहेका छन् । यस्तोमा कतै यि दुई फिल्म बिच ‘चङ्गा चैट’ चेपिने त हैन ? भन्ने डर उस्तै रहेको छ । हुनत फिल्मलाई ‘गोजीमा दाम’ छैन बोलको गीतले निकै हाईप मिलिरहेको छ । गीतले युट्युबमा करिब डेढ करोड बराबरको भ्युज पनि पाईसकेको छ । गीत त सुपरडुपर हिट भईसक्यो तर फिल्म पो के हुने हो भन्ने चिन्ता सबैमा छ ।

यसै त फिल्मको प्रचार प्रसारमा निर्माण टिमले खास्सै ध्यान दिएका छैनन त्यही माथि दर्शकको ध्यान पुरै ‘छक्का पञ्जा ३’ ले तानिरहेको छ । अहिले फिल्मलाई हल पाउन गार्हो छ त्यही माथि थोरै हल पाउदा प्रचार प्रसार पनि छैन । यही तरिकाले कतै चङ्गा चेट चैट त हुने होइन ?

 

फिल्म राम्रो बनेको फिल्म युनिटको दाबी छ । ट्रेलरले पनि केही छनक पक्कै देखाएको छ ।तर ‘छक्का पञ्जा ३’ को बाढी रोक्दै दर्शक तान्न ‘चङ्गा चेट’ लाई सजिलो छैन । १४ दिनमा १४ करोड माथिको ब्यापार गरिसकेको ‘छक्का पञ्जा ३’ ले दर्शकलाई हल सम्म तानिरहदा रहदै हटाएर ‘चङ्गा चेट’ लाई शोज दिने आँट कुनै हलहरुले गर्ने सम्भावना देखिन्न । यसको अर्थ ‘चङ्गा चेट’ ले खास्सै शोज पाउने सम्भावना छैन । अब अझै केही दिन ‘छक्का पञ्जा ३’ ले हल लिने देखिन्छ त्यसपछी ‘ठग्स अफ हिन्दूस्तान’ ले ओगट्नेछ ।

 बलिउडका खानहरुको फिल्म भनेपछी विश्वभर दर्शकहरुको उत्साह सोची नसक्नुको हुन्छ । नेपाल पनि त्यसबाट अछुतो रहेको छैन । यस अघी पनि खानहरुको फिल्मले नेपालबाट टन्नै पैसा सोरेको छ । त्यसमा पनि अमिर खान जसको फिल्म नेपाली बजारमा धमाका मच्चाउदै आईरहेको छ । अहिले ‘छक्का पञ्जा ३’ ले हल छोड्न मानेको छैन अनी अली दिन पछी ‘ठङ्स अफ हिन्दूस्तानले’ । यो स्थितीमा ‘चङ्गा चेट’ चपेटामा पर्ने पक्का पक्की छ ।

अशोक शर्माको नयाँ चलचित्र ‘ रातो टिका निधारमा’को घोषणा, ‘जय भोले’ले पहिलो साता कमायो ३ करोड

निर्माता निर्देशक अशोक शर्माले नयाँ चलचित्र ‘ रातो टिका निधारमा’ घोषणा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै उनले सो चलचित्र घोषणा गरेका हुन् । अघिल्लो साता अर्थात फुलपातीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ले दोस्रो सातामा पनि राम्रो व्यवसाय गरिरहेको खुसीयालीमा उनले यो चलचित्र घोषणा गरेका हुन् ।

कार्यक्रममा शर्माले ‘जय भोले’ नाफामा गइसकेको दाबी गर्दै सोमबारसम्मको चलचित्रको व्यवसायले आफु नाफामा जान सफल भएको बताए । उनका अनुसार सोमबारसम्म चलचित्रले ३ करोड २ लाख ७२ हजार २ सय ४९ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ ।

चलचित्रले पहिलो साताझै दोस्रो साता पनि राम्रो व्यवसाय गरिरहेको शर्माले बताए । ‘अबको व्यवसाय सबै नाफा हो’ उनले भने । करिब एक करोड ३५ लाखमा निर्माण भएको ‘जय भोले’ यसपालीको दशैं ‘जय भोले’सँगै भन्ने नारासहित रिलिज भएको थियो ।

चलचित्रको व्यवसाय दिन प्रतिदिन बढिरहेको शर्माले सुनाए । उनले अगाडि थपे– ‘छक्का पन्जा ३’ सँग ‘जय भोले’ जुधाउन पाएको भए झन् व्यवसाय हुनेरहेछ ।’ पहिलो र दोस्रो दिन ठिकठिकै व्यवसाय गरेको चलचित्र ‘छक्का पन्जा ३’ को व्यवसाय दर्शकको राम्रो प्रतिक्रियापछि बढेको उनको बुझाइ रहेको छ ।

पहिलो साताभन्दा यो साता चलचित्रका लागि केही हल समेत थपिएको बताएका शर्माले बर्षाै पहिले आफुले बनाएको राम्रो चलचित्रका कारण पनि ‘जय भोले’ हेर्न दर्शक हलसम्म आएको उनले सुनाए । राजनराज शिवाकोटीको संगीत रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

‘जय भोले’ र ‘छक्का पन्जा ३’ दुवैमा अभिनय गरेका कलाकार बुद्दि तामाङले कार्यक्रममा दुबै चलचित्र सफल हुँदा निकै खुसी लागेको बताए । उनले दुबै चलचित्रको प्रचारप्रसारको लछारोले आफुलाई जरो निकालेको सुनाए ।

चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, बुद्दि तामाङ, राजाराम पौडेल, किशोर भण्डारी, लक्ष्मी गिरी, बसुन्धरा भुसाल, जयनन्द लामा, रामचन्द्र अधिकारी, सुरवीर पण्डितलगायत मुख्य भूमिकामा रहेका छन् ।

घोषणा गरिएको चलचित्र ‘रातो टिका निधारमा’ फागुनबाट फ्लोरमा निस्किनेछ । चलचित्रका लागि बुद्दि तामाङबाहेकका कलाकार फाइनल हुन बाँकी रहेका छन् । चलचित्रको बाँकी कलाकार विषयबस्तु छायाँकनमा जानुपूर्व आयोजना गर्ने कार्यक्रममा जानकारी दिने निर्देशक शर्माले बताए ।

अमेरिकाको ‘ग्रिनकार्ड’ पाँचसय नेपाली कलाकारहरुसग

नेपालको राजनीतिक अस्थिरता र पेशागत नैराश्यताका कारण दर्शाउँदै संयुक्तराज्य अमेरिका पुगेर उतैको स्थायी आवास अनुमतिपत्र (ग्रिनकार्ड) लिने नेपाली कलाकारको सङ्ख्या ५०० नाघेको छ ।

उचित वातावरण भएमा आफूहरू स्वदेश फर्कन तयार हुने जनाए पनि उनीहरू उतै रमाउन थालेका छन् । ‘नेपाली अमेरिकन कलाकार सङ्घ’ का अध्यक्ष सुमन बुढामगरका अनुसार हालसम्म ५०२ जना नेपाली कलाकारले अमेरिकाको स्थायी आवास अनुमतिपत्र लिइसकेका छन् । सङ्घले यसबारे सङ्कलित विवरणसहितको पुस्तक प्रकाशनको तयारी पनि गरेको छ । तीमध्ये कतिपयले अन्य कामसहित कलाकारितालाई पनि निरन्तरता दिएका छन् भने कतिपय पेशाबाट पलायन भएका छन् ।

‘सेलिब्रेटी’ कलाकारलाई त्यहाँको सरकारले ‘एक्स्ट्रा अर्डिनरी आर्टिष्ट’ को मान्यतासमेत दिने भएकाले उनीहरू उतै सम्मानित भएको अनुभव गर्छन् । कतिपय कलाकार नेपाल आउने जाने गर्छन् भने कतिपयले नेपाली नागरिकता त्यागिसकेका छन् । स्थायी आवास अनुमतिपत्र हुनेले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउनेछन् भने तीन वर्षपछि त्यहाँको नागरिकता लिने प्रक्रियामा सहभागी हुन पाउनेछन् ।

दशैँका अवसरमा अमेरिका पुगेका वरिष्ठ सङ्गीतकार टीका भण्डारी र कलाकारबीच न्यूयोर्क शहरको ज्याक्सन हाइट क्विस्न्समा सामूहिक टीका तथा शुभकामना साङ्गीतिक साँझ कार्यक्रममा अध्यक्ष बुढामगरले सो जानकारी दिनुभएको हो । भण्डारीसँगै कलाकार सपना श्री, गायक नरबहादुर दाहाल, विमल डाँगी मगर, शिशिर श्रेष्ठबाट कलाकार तथा सञ्चारर्कीले सामूहिक टीका लगाइएको कार्यक्रममा नेपाली कलाकार, साहित्यकार तथा बुद्धिजीवीको अमेरिकाप्रतिको मोह र बाध्यताबारे समीक्षा पनि गरिएको थियो ।

निजामती, राजनीति, उद्योग, व्यावसाय क्षेत्रका व्यक्ति पनि विगतमा अमेरिका पलायन भएका घटना छन् । पछिल्लो समय नेपाल सरकारले डिभी÷पिआरधारी राष्ट्रसेवकलाई कारवाहीको चेतावनी दिएपछि कर्मचारीमा अमेरिका जाने आकर्षण बाध्यताबस घटेको थियो ।

सङ्घका अनुसार अमेरिकामा रहने कलाकार कतिपय कोल्डस्टोर, पार्लर, पेट्रोल पम्प, होटल र रेष्टुराँमा काम गर्छन् भने कतिपयले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । उनीहरू प्रतिघण्टा १० देखि १३ अमेरिकी डलर कमाउँछन् । कोही अध्ययनमा पनि लागेका छन् । स्वदेशमा लामो सशस्त्र द्वन्द्व चलेको र नेपाली चलचित्र क्षेत्रले उद्योगको रुप लिनुभन्दा अघिदेखि कलाकार विदेश पलायन हुन थालेका हुन् ।

रेडियो नेपालका उपनिर्देशकसमेत रहनुभएका सङ्गीतकार भण्डारीले भन्नुभयो, ‘स्वदेशमा समृद्धि र स्थायित्वको लहर चलेका बेला अमेरिकामा बस्ने नेपाली कलाकारको सङ्ख्या बढ्नु पक्कै पनि शुभसङ्केत होइन, उनीहरूलाई फर्काउने वातावरण सिर्जना गर्नुपर्छ ।’ उहाँले ती कलाकारमा नेपालका लागि अझै केही गरौँ भन्ने भावना आफूले पाएको जनाउँदै उनीहरूलाई पेशा वा देशबाट पलायन भएका भनिहाल्न नहुनेमा जोड दिनुभयो ।

कलाकार प्रेमराजा महत, सरोज खनाल, जीवन लुइँटेल, रमित ढुङ्गेल, रामप्रसाद खनाल, महेन्द्र बुढाथोकी, नारायण पुरी, कृष्ण चापागाईं, अरुणिमा लम्साल, रञ्जना शर्मा, साहित्यकार ज्ञानेन्द्र गदाललगायत अमेरिकामै बस्दै आउनुभएको छ । अघिल्लो दशकमा केही समय उता बसेर नायिका करिष्मा मानन्धर स्वदेश फर्कनुभएको थियो भने नायक भुवन केसीले अमेरिकाको ‘ग्रिनकार्ड’ लिन अस्वीकार गर्नुभएको थियो ।घटना र विचार

कभर गीतका लागि नामी नायक सोनम अब नायक बन्दै

कभर गीत गायर युट्युबमा निकै चर्चा कमाएका सोनम थोप्देन अब गायकबाट नायक बन्ने भएका छन् । चर्चित गायक सुगम पोख्रेलको सुपरहिट गीत ‘सम्हालिन्छ कहिले मन,कहिले त्यसै अतालिदिन्छ’ बाट नाम सापटी लिएर पूजा शर्मा र सुदर्शन थापाले निर्माण गर्न लागेको चलचित्रमा सोनमको अभिनय रहने पक्का भएको हो । सुदर्शन थापाले निर्देशन गर्ने यस चलचित्रको नाम ‘सम्हालिन्छ कहिले मन’ हुनेछ ।

लभस्टोरी जनराको चलचित्र निर्देशन गर्न माहिर मानिएका सुदर्शन थापाले निर्देशन गर्ने यस चलचित्र पनि म्युजिकल लभस्टोरी जनारामा बन्ने छ । चलचित्रमा सोनमले पूजा शर्मा सँग रोमान्स गर्नेछन् । युट्युबमा समधुर आवाजको कारण चर्चित बनेका सोनम लुक्सका कारण पनि उत्तिकै चर्चामा रहेका छन् ।

भारत मनालीमा जन्मिएका सोनमले थुप्रै नेपाली र हिन्दी गीतहरुको कभर गरिसकेका छन् । सोनमको कभर गीतलाई दर्शकहरुले अत्याधिक रुचाएका छन् । सोनमको आफ्नै युट्युब च्यानल पनि रहेको छ जसलाई १ लाख ३८ हजार भन्दा धेरैले सब्स्क्राइब गरेका छन् ।चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा सोनम सँगै अर्का एक नायक पनि हुनेछन् । तर अर्का नायक को हुने भन्ने कुरा भने अहिले फाइनल नभईसकेको बताईएको छ ।

नेपाली चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्ने तयारीमा रहेका सोनम हाल कार्यक्रमको दौरान पेरिसमा रहेका छन् । पेरिसको कार्यक्रम सकेर उनी नेपाल आउने र औपचारिक रुपमा फिल्म साईन गर्नेछन् । छिट्टै फ्लोरमा जाने भनिएको चलचित्रमा सोनमको मुख्य भूमिका रहने खबरले दर्शक माझ ठुलै कौतुहलता कायम गर्ने पक्का छ ।

मेलिना राईको समधुर स्वरमा चलचित्र ‘गोल’ को गीत सार्वजनिक(भिडियो)

मङ्सिर २८ बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘गोल’ को गीत सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका मेलिना राईको समधुर आवाजले भरिएको ‘पल पल हरपल’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

गीतमा भिम बस्नेत र मुकुन्द प्रयासको शब्द रहेको छ भने भिम बस्नेतको संगीत रहेको छ। गीतमा चलचित्र नायक किशोर खतिवडा र नायिका सविना कार्की फिचर्ड रहेका छन् । गीतको भिडियोलाई राजु शाहले कोरियोग्राफी गरेका हुन् भने सुबाश देवकोटाले सम्पादन गरेका हुन् ।

अबिरल भट्टराई निर्मित चलचित्र ‘गोल’ लाई भिम लामाले निर्देशन गरेका हुन् । चलचित्रमा किशोर र सविनाको अलावा सुबर्ण कार्की, सुरबिर पण्डित, दमन रुपाखेती, आईपी भट्टराई आदिको पनि अभिनय रहेको छ । चलचित्रलाई प्रकाश सुब्बाले खिचेका हुन् भने कुमार महर्जनले द्वन्द निर्देशन गरेका हुन् ।

‘जय भोले’ ले पहिलो हप्ता कमायो तिन करोड,चितवनमा मात्रै पच्चीस लाख

बडा दशैं २०७५ को शुभ अबसरमा असोज ३० गते फुलपातीको दिन बाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ पहिलो हप्तामा तिन करोडको हाराहारी कलेक्सन गरेको छ।निर्माण युनिटले अधिकारी जानकारी न दिने पनि ७ दिनमा चलचित्रले करिब ३ करोडको नजिक व्यापार गरेको बुझिएको छ ।

बलियो वर्ड अफ माउथ पाईरहेको ‘छक्का पञ्जा ३’ को ठूलो थ्रेटलाई छिचोल्दै ‘जय भोले’ले पहिलो हप्ता यति राम्रो कमाईलाई सुखद कलेक्सनको रुपमा लिन सकिन्छ। पछिल्लो समय नेपाली फिल्म त्यति न चलेको अबस्थामा ‘छक्का पञ्जा ३’ दिन हेर्न ठुलै भिड हलमा गए सगै ‘जय भोले’ले पनि दर्शकको राम्रो साथ पाएको हो।चलचित्र हेरेका दर्शकले चलचित्र ‘जय भोले’ राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

असोज ३० गते बाट रिलिज सगै चलचित्र ‘जय भोले’ चितवनमा पनि दर्शकको राम्रो साथ पाएको छ ।चितवनमा रहेको क्यूएफएक्स जल्मामा चलचित्रले एक हप्तामा करिब १८ लाखको कलेक्सन गरेको छ ।त्यसै गणेश चलचित्र मन्दिर र इन्द्रदेव सिनेमा पनि चलचित्र ‘जय भोले’ राम्रै कलेक्सन गर्दै पहिलो हप्ता करिब २५ लाख बराबरको कलेक्सन चितवन बाट मात्रै गरेको छ।

१२ बर्ष पछी अशोक शर्माको कमब्याक निर्देशनमा बनेको जय भोलेमा सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल लगायतलाई चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

बेलायतमा ‘छक्का पन्जा ३’ को एक सोमा ११ लाख कलेक्सन

लण्डन – दिपाश्री निरौलाद्धारा निर्देशित ‘छक्का पन्जा ३’ बेलायतमा प्रर्दशन भएको पहिलो शोलाई दर्शकहरुले निकै रुचाएका छन्। शनिवार अल्डरशटस्थित प्रिन्सेस हलमा चलचित्र हेर्न आउनेहरुको बाक्लो उपस्थिती थियो। वितरक नेपाली इन्टरटेन्टमेन्ट युकेका विरेन खडकाका अनुसार पहिलो शोमा ७ हजार ८ सय पाउण्ड (११ लाख भन्दा बढी) संकलन भएको छ। चलचित्र हेर्न वेलायतका लागि नेपाली राजदूत डा. दुर्गा वहादुर सुवेदी समेत अल्डरशटमा पुगेका थिए। बेलायतका विभिन्न शहरबाट दर्शकहरु सो चलचित्र हेर्नु प्रिन्सेस हल पुगेका थिए।

चलचित्र प्रर्दशनीको शुरुवात गर्दे वेलायतका लागि नेपाली राजदूत सुवेदीेले नेपाल चलचित्र, कला, संस्कृति, चाडपर्व, परम्परालाई माया गर्दै विदेशमा नेपाली भएर बाच्न र हाँस्न पाउनु वातावरण सृजना गर्न आग्रह गरे। उनले ‘छक्का पन्जा ३’ चलचित्रले बेलायतको सबै शहरमा सफलताको लागि शुभकामना दिए। उनले ‘छक्का पन्जा ३’ को सफलता पछि ‘छक्का पन्जा ४ बनाउन चलचित्र निर्माताहरुलाई आग्रह समेत गरे।

चलचित्रलाई नेपाली इन्टरटेन्टमेन्ट युकेका अनिल मल्ल, विरेन खड्का, तर्क र्गर्जुजा, गेरे गुरुगं लगायतको युवा समुहको सक्रियतामा बेलायतमा प्रर्दशनको गरिएको हो ।

चलचित्र हेर्न लण्डन देखी अल्डरशट पुगेका गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य रामशरण सिमखडाले ‘छक्का पन्जा ३’ सन्देश मुलक चलचित्र भएको प्रतिक्रिया दिए। उनले भने, करिब तिन घण्टा वितेको पत्तै भएन भरपुर मनोरंजन लिएर फर्कियो। ‘चलचित्रले सरकारी स्कुल भित्र हुने राजनीतिक बारे स्पष्ट वोलेको छ अरु केहीमा सुधार गर्न नसके पनि चलचित्रको कथाले भने जस्तै शिक्षा क्षेत्रमा सुधार हुन सके शिक्षाले ठूलो फड्को मार्ने छ।

‘चलचित्र ‘छक्का पन्जा ३’ ‘पहिलो नम्बरमा’ बोलको गीत निकै चर्चा बटुल्न सफल भएको थियो। चलचित्रमा मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दिपिका प्रसाई, प्रियंका कार्की, वुद्दि तामाङ, दीपक शर्मा छन्। साथमा, चलचित्रमा विशेष भूमिकामा रहेका नायिकाद्धय स्वस्तिमा खड्का र बर्षा राउत रहेका छन्। चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन्। चिरन शर्मा (नागरिक)

‘कुटुमा कुटु’ गीतलाई यूट्यूबमा ८ करोड भ्यूज

नेपाली चलचित्र ‘२ रूपयाँ’को सुपर हिट गीत ‘कुटुमा कुटु’ लाई यूट्यूबमा ८ करोड पटक हेरिएको छ। यो भ्यूज आजसम्म कुनै पनि नेपाली गीतले युट्युबमा प्राप्त गर्न सकेका छैनन् ।अन्य गीतले तत्काल ‘कुटुमा कुटु’को यो रेकर्ड तोडन भने धेरै मुस्किल देखिएको छ ।

निकै चर्चित संगीतकार राजनराज शिवाकोटीले ‘कुटुमा कुटु’मा शब्द तथा संगीत दिएका हुन् । करिब १८ महिना अघि यूट्यूबमा सार्वजनिक गरिएको यस गीत बाट राजनराज शिवाकोटीले यो वर्षा थुप्रै अवार्डहरु पनि हात पारे सकेका छन् । मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

‘कुटुमा कुटु’ लाई यूट्यूबमा ८ करोड पटक हेरिए सगै यस गीतका  गायक, संगीतकार तथा गीतकार राजनराज शिवाकोटीले सरस्वतीको अमूल्य प्रसाद संझदै आफैंमा हर्ष मनाउनु हुन संपूर्ण दर्शक स्रोताहरुमा आग्रह गरेका छन् ।

‘कुटुमा कुटु’ गीत यूट्यूबमा ८ करोड पटक हेरिदा २ लाख ३६ हजार लाइक र ४० हजार डिसलाइक मिलेको छ। गीतमा करिब १८ हजार कमेन्ट प्राप्त भएको छ । असिम शाहको निर्देशनमा तयार भएको ‘दुई रुपैयाँ’को यो गीतमा निर्देशक निश्चल बस्नेत, आशिफ शाह र नायिका स्वस्तिमा खड्काले नृत्य गरेका छन् ।

‘छक्का पञ्जा ३’ ले ८ दिनमा कमायो ८ करोड ४० लाख ,आफ्नो रेकर्ड तोड्दै

असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले ८ दिन सम्म करिब ८ करोड माथिको कलेक्सन गरेको छ ।चलचित्र प्रदर्शन आएको दिन देखि आज सम्म पनि राजधानी र मोफसलका सबै सिनेमा हलमा चलचित्र हाउसफुलका साथ प्रदर्शन भै रहेको छ।

२४ गते बाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड ३० लाखको कलेक्सन गरेको छ ।बिना बिदाको दिन पनि यति धेरै कलेक्सन गर्दै ‘छक्का पञ्जा ३’ एउटा नया रेकर्ड राखेको छ ।चलचित्र प्रदर्शनमा आएको द्रोस्रो दिन चलचित्रले ९० लाखको हाराहारीमा व्यापार गरेको छ भने तेस्रो दिन पनि ९० लाख नजिकको व्यापार गरेको छ ।

शनिबार चौथो दिन सम्म आईपुग्दा पनि देशभर आक्रमक ब्यापार गरेको थियो दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ ले शनिबार मात्रै देशभर १ करोड ८० लाख भन्दा माथिको ब्यापार गर्दै एक दिनमा सबै भन्द बादी व्यापार गर्ने आफ्नै फिल्मको रेकर्ड तोड्न सफल भएको थियो ।यस अघि ‘छक्का पञ्जा २ ’ले एक दिनमा १ करोड ५३ लाखको व्यापार गरेको थियो ।

चलचित्रले पाचौ दिनमा करिब ८० लाख,छैटौ दिनमा ८५ लाख,सातौ दिनमा ९० लाख र आठौ दिन सम्म आउदा करिब ९५ लाखको हाराहारी कलेक्सन गर्न सफल भएको छ । यसरि चलचित्र प्रदर्शनमा आएको आठौ दिन सम्म करिब ८ करोड ४० लाखको कलेक्सन गरि सकेको छ । तर चलचित्रको निर्माण युनिटले अहिले सम्मको अधिकारिक कलेक्सन सार्वजनिक भने गरेको छन् ।

यस अघिका छक्का पञ्जा क सिरिजले जस्तै ‘छक्का पञ्जा ३’ले चितवनमा पनि सानदार कलेक्सन गरेको छ ।राजधानी पछि सबै भन्दा बढी व्यापार हुने चितवनमा ‘छक्का पञ्जा ३’ले आठ दिनमा करिब ८० लाखको नजिक व्यापार गरि सकेको छ ।

चलचित्रले ‘वर्ड अफ माउथ’ निकै राम्रो पाईरहेको छ । चलचित्र हेरिसकेका सबै दर्शकहरुले ‘छक्का पञ्जा’ को अहिले सम्म कै सबै भन्दा राम्रो सिरिज ‘छक्का पञ्जा ३’ भएको बताएका छन् । चलचित्रको कथा बस्तु, निर्देशन,कलाकारहरुको अभिनय, चलचित्रको प्रस्तुतीकरण सबैको दर्शकहरुले खुलेर तारिफ गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा ३’ले चलचित्र छक्का पञ्जा को १६ करोड कलेक्सनको रेकर्ड समेत तोड्न सक्ने अनुमान अहिले फिल्म क्षेत्रमा लगाउन थालिएको छ।फूलपाती बाट जय भोले प्रदर्शनमा आए सगै केहि सो कम गरिएको ‘छक्का पञ्जा ३’लाई बिस्तारै हलले सो थप्दै गरि रहेका छन् । ‘छक्का पञ्जा ३’हेर्ने दर्शकको भिड र जय भोलेको ‘वर्ड अफ माउथ’ सोचे जस्तो नहुदा ‘छक्का पञ्जा ३’को बिस्तारै सो बढ्दै गैरहेको छ। सामाजिक सन्जाल भरी ‘छक्का पञ्जा ३’ लाई सकारात्मक प्रतिकृया मिलिरहेको छ ।

चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला आदिको अभिनय रहेको छ ।