Saturday , 20 October 2018
News update
Home >> music & more

music & more

‘नेपाल आइडल’मा ६ जनामा कसको होला ‘वाइल्ड कार्ड इन्ट्री’ ?

चर्चित सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा आउट भइसकेका ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाएका छन् । ‘वाइल्ड कार्ड इन्ट्री’मार्फत यसअघि प्रतिस्पर्धाबाट बाहिरिएका ६ जना प्रतिभाले पुनः नेपाल आइडलमा प्रवेश पाएका हुन् ।

दर्शकले मन पराउँदापराउँदै निर्माणायकको भोटमा थोरै मतान्तरका कारण बाहिरिएका कैलालीका रवी शर्मा, इलामकी समीक्षा दाहाल, रामेछापका राजेन्द्र आले, मोरङका मिलन परियार, सुनसरीकी ज्यास्मी लिम्बू र झापाका विश्वास उप्रेतीले गाला राउण्डमा प्रवेशका लागि अवसर पाएका हुन् ।

‘वाइल्ड कार्ड इन्ट्री’ मा मौका पाएका ६ जना प्रतिस्पर्धीले बिहीबारको श्रृंखालामा आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् । उनीहरुको मूल्यांकन निर्णायकले नभएर दर्शकले गर्नेछन् । ६ जना मध्ये सबैभन्दा धेरै दर्शकको भोट पाउने एक जनाले गाला राउण्डमा प्रवेश पाउनेछन् ।

अहिले गाला राउण्डमा ९ जना प्रतिस्पर्धी बाँकी छन् । गत हप्ता चितवनका मिनराज पौडेल प्रतिस्पर्धाबाट आउट भएका थिए ।

मिलन अमात्यको ‘दशै तिहार’ बोलको सार्वजनिक (भिडियो)

चर्चित गायिका मिलन अमात्यको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘दशै तिहार’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत डुकुना ‘‘नेवारको रहेको छ भने संगीत व्यवस्थापन बिबि अन्रुरागी र मिक्सिंग श्यामस्वेत रसाइलीले गरेका छन्।

यस अघि गाला रातै, स्लोली स्लोली, लैजाउ मलाई, जहिलेसम्म संसारमा लगायत दर्जनौ हिट दिएकी गायिका मिलनको चाडबाड सम्बन्धी ‘दशै तिहार’ पनि दर्शक तथा स्रोताले मन पराउने बताउनु भयो।दर्शक श्रोताका लागि दशैँ–तिहार को शुभ–कामना कोशेलीको स्वरूप गीत तयार गरिएको मिलनको भनाइ छ।

गीतको भिडियोमा मिलन आफैले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई प्रविन केसीले साथ दिएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन्। भिडियोको छायांकन जीबी लामा, सम्पादन विकाश दाहालले गरेका छन्।

मेलिना र सुमनको पिरतीको रंग रिलिज (भिडियो)

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, गीतकार अम्बिका गुरुङ पनि गीतराम्रो बनेको र यस गीतलाई दर्शक-श्रोताले मन पराउने तर्क राख्छिन्।’मखमली चोली’को सफलता पछि त्यहीँ टीमबाट यस म्युजिक भिडियो तयार भएको छ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ। पुष्प र आंचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

करुणा र राजु श्रेष्ठको ‘परदेशी सार्वजनिक (भिडियो सहित)

करुणा रिजाल श्रेष्ठको प्रस्तुती मर्मस्पर्शी गीत ‘परदेशी’ सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक भएको गीतमा राजु श्रेष्ठको आवाज रहेको छ । हिम कुमार थापा र राजु श्रेष्ठको शब्द रहेको गीतमा राजु श्रेष्ठको संगीत रहेको छ । गीतमा गाँउ घर छोडि परदेश जाँदाको पिडालाई उतारिएको छ ।

निकै मार्मिक गीतको भिडियोले दर्शकहरुलाई झनै भावुक बनाउछ । धन कमाउन बिदेश पुग्दा गाँउ घरमा साथी भाई सँग रमाउन नपाएको पिडा पनि गीतमा समेटिएको छ । परदेशीयका नेपालीले बिदेशमा प्रत्यक दिन कती कष्टकर तरिकाले बिताउनछन् भन्ने कुरा गीतको भिडियोमा देखाउन खोजिएको छ ।

गीतमा करुणा रिजाल श्रेष्ठ, रमेश श्रेष्ठ र दिल विश्वकर्माको अभिनय रहेको छ । प्रकाश भट्ट निर्देशित गीतलाई राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।गीतमा आफ्नो गाँउ घर, साथी भाई र आफ्नो मायालु छोडि बिदेश जानु पर्दाको पिडा झल्किने भन्दै गीतलाई दर्शक स्रोताहरुले माया दिनुहुनेमा आफु विश्वस्त रहेको गायक राजु श्रेष्ठले बताएका छन् ।

लक्ष्मण शेषको स्वर र चक्रपाणि तिमल्सिनाको संगीतमा मार्मिक गीत सार्वजनिक (भिडियो)

संगीतकार चक्रपाणि तिमल्सिनाले स्व. उमेशचन्द्र घिमिरेको शब्द–सिर्जना रहेको ‘आजदेखि साथी मैले’ बोलको गीतको भिडियो सार्वजनिक गर्नु भएको छ ।शनिबार राजधानीमा एक कार्यक्रमको बिच गीत सार्वजनिक गरिएको हो ।

लक्ष्मण शेषको स्वर गीतमा लामो समयदेखि गीत नगाएका शेषले एक दशकपछि आफ्नै आवाजमा चक्रपाणि तिमल्सिनाले संगीत गरेको गीत गाएका छन्।घिमिरे जीवित छँदा सदैव गीत गुन गुनाइरहने र गीत रेकर्ड गराउने इच्छा रहेता पनि उनको असामयिक निधन भएकाले गीत रेकर्ड हुन सकेको थिएन।

‘उमेश यो गीत बारम्वार गाएर मलाई सुनाउँथे,’ उनी भन्छन्, ‘उमेशलाई यो गीत निकै मन परेको थियो त्यसैले मैले साथीको चाहनाअनुरुप संगीत भरेर उनको गीत रेकर्ड गर्ने जमर्को गरेको हुँ।’ संगीतकार तिमल्सिना बताउँछन्।

गीतको म्युजिक भिडियोमा उमेशकी श्रीमती, छोरा र साथी उनै चक्रपाणिलाई देख्न सकिन्छ। गीतमा योगेश काजीले संगीत संयोजन गरेका छन्। मिक्सिङि प्रकाश खरेलको रहेको छ भने नारायणराज आचार्य र अनिल अधिकारी रेकर्डिष्ट रहेका छन्।

म्युजिक भिडियोको निर्देशन जीवन भट्टराईले गरेका हुन् । मनोज महर्जनको छायांकन रहेको भिडियोलाई सम्पादन किशोर खनालले गरेका हुन्।

‘भुन्टी’को सफलता पछि निशान भट्टराईको ‘मंसिर महिनामा’सार्वजनिक (भिडियो)

नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराइको आवाजमा रहेको गीत ‘भुन्टी’ को सफलता पछि अर्को गीत ‘मङ्सिर महिनामा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

बि आर लामाको शब्द तथा संगीतमा रहेको ‘मङ्सिर महिनामा’ लाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् ।सार्वजनिक गीतको भिडियोमा यस अघि सार्वजनिक भएको गीत ‘भुन्टी’को अन्तिम सिन संग जोडेर देखाइएको छ । गीतको भिडियोमा मोडल एलिशा राईले निशानसँग अभिनय गरेकी छिन् ।

टेकेन्द्र शाहले निर्देशन गरेको यस भिडियोमा एलिशा र निशानले गीतको भाकालाई मौलिक अभिनयमा ढालेका छन् ।विगतका केमेस्ट्रिलाई सम्झाउन खोजिएको उक्त भिडियोमा एलिशा निशान दुवैले दमदार अभिनय निभाएका छन् ।

गीतको म्युजिक भिडियोलाइ राज महर्जनले कोरोयोग्राफी गरेका छन् । राम कुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ । मनोज बस्नेतको निर्माणले निर्माण गरेका हुन् ।

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ चितवनमा

असोज २५ –

नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ चितवन अाईपुगेको छ । गायक भेषराज गौतमको आवाजमा रहेको ‘मुसु मुसु’ बोलको गीत सुटिङको लागि उनिहरु चितवन आएका हुन् । गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका गौतम पहिलो पटक गायकको रुपमा दर्शक श्रोताहरु माझ आउन लागेका हुन् । गीत गाउने रहर पहिले देखी नै भए पनि बिभिन्न करणले सम्भव नभएको गौतमले बताएका छन् । यो गीत सँगै अब बिस्तारै यसलाई पेशाको रुपमा अघी बढाउने आफ्नो लक्ष्य रहेको गौतमको भनाई रहेको छ । डान्सिङ प्याटर्नमा रहेको गीतको केही भाग सौरहामा सुटिङ गरिएको छ । यस्तै आज केही सट कसरामा लिए पछी सुटिङ सकिने छ ।गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिरहेका छन् ।

गायक भेषराज गौतमको आवाज रहेको गीत आफुहरुलाई धेरै नै मन परेको र यसमा हामीले राम्रो गर्न सक्छौ भन्ने लागेर नै काम गरेको क्रुको भनाई रहेको छ । गीतको भिडियो ‘दी कार्टुन्ज क्रु’ ले अहिले सम्म गरेको भन्दा धेरै फरक रहेको क्रु को भनाई रहेको छ । यो गीतको भिडियोबाट दर्शकहरुके बिककुलाई फरक स्वाद लिन पाउने बताईएको छ । भिडियोको लागि १ बर्ष अघी नै कुरा भएको थियो तर  ब्यस्तताको कारण ढिलाई  भएको क्रुले बताएको छ ।

चितवन आएका ‘दी कार्टुन्ज क्रु’ ले यहाँको फ्यानहरुबाट निकै माया पाएको बताएका छन् । यस अघी पनि चितवन आएको भएता पनि सुटिङकै लागि भने पहिलो पटक आएको ‘दी कार्टुन्ज क्रु’ का सरोज अधिकारी बताएका छन् । चितवनबासी धेरै नै सहयोगी रहेछन्, सुटिङको क्रममा पनि उहाहरुले एकदमै सहयोग गर्नु भयो – सरोजले भने । चितवनमा आएर सुटिङ गर्दा एक दमै रमाइलो भईरहेको सरोजले बताए ।

यस्तै क्रु कि सदस्य आश्मा विश्वकर्माले चितवनबासीको माया देखेर एकदमै खुशी लागेको बताईन । ‘उहाहरु हाम्रो सुटिङ स्थलमा आउनु हुन्छ, हामीलाई सुटको क्रममा केही आवश्यक पर्‍यो भने तुरुन्तै उपलब्ध गराईदिनु हुन्छ, यो देखेर एक दम खुशी लाग्यो – आश्माले बताईन । आश्माले चितवनबाट यस्तो माया सधैं पाईरहे विश्वाश समेत ब्यक्त गरिन् ।

म्याग्दी भ्रमण बर्ष २०७५ को अबसरमा ‘म्याग्दीको बयान’ बोलको गीत सार्वजनिक (भिडियो)

म्याग्दी भ्रमण बर्ष २०७५ लाई सफल बनाउनको लागि ‘म्याग्दीको बयान’ बोलको गीत सार्वजनिक गरिएको छ ।म्याग्दीलाई पर्यटनको हिसाबले चिनाऊन थप जरुरी भएको हुदा यसै सेरोफेरोमा रहेर यस गीतलाई निर्माण गरिएको हो ।

म्याग्दीका युवा गीतकार विपिन पौडेलको उत्कृष्ट शब्द सृर्जना तथा संगीतमा ‘म्याग्दीको बयान’गीत तयार पारिएको हो ।गीतमा झलक बिरही र कृष्ण परियारको स्वर रहेको छ।गीतमा जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको छ ।

निकै सुन्दर तरिकाले निर्माण गरिएको भिडियोमा नायक राहुल के.सी र मोडल दिपाशा बिसिको अभिनय रहेको छ।भिडियोमा राजु के.सी.को छायाँकन तथा निर्देशन रहेको छ ।यस गीतलाई दिपाशा बिसिले नूत्य निर्देशन गरेकी हुन् ।भिडियोलाई अक्की शर्माले सम्पादन गरेका हुन् ।

म्याग्दी जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई समावेस गरिएको यस भिडियोमा जिल्लाका विभिन्न प्रतिष्ठित व्यक्तिहरु तथा व्यवसायीहरुले आ आफ्नो ठाउँ बाट सक्दो सहयोग गर्ने प्रतिबद्ता जनाउनु भएको छ भने सम्पूर्ण म्याग्दी बासीले गीतलाई रुचाउने निर्देशक राजु के.सीले बताउनु भयो।

दशैं तिहारमा शिवको फ्यानहरुलाई ‘सुनको माया’ उपहार (भिडियो)

नेपालीहरुको महान पर्व शुभ बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा चर्चित गायक शिव परियारले आफ्न फ्यानहरुको लागि ‘सुनको माया’ बोलको गीत उपहार दिएका छन् ।लोक रक जनराको गीत आज आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गर्दै उनले यो गीत सबै आफ्ना शुभचिन्तकहरुको लागि उपहार स्वरुप रिलिज गरिएको बताएका छन् ।

सार्वजनिक ‘सुनको माया’ बोलको गीत शिव परियारको अहिले सम्मको गीत भन्दा निकै फरक रहेको गायकले शिवले बताएका छन् । डान्सिङ फ्लेवरको यो गीतबाट दर्शक स्रोताहरुले फरक स्वाद प्राप्त गर्ने गायक शिवको भनाई रहेको छ । सार्वजनिक गीतमा शिव परियारको स्वर र संगीत रहेको छ भने श्वेता मैनालीको शब्द रहेको छ ।

गीतमा मन्जिल बिक्रम केसीको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियोमा चर्चित मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ । गीत जस्तै म्युजिक भिडियो पनि निकै रमाइलो बनेको छ ।

बिकास सुबेदी निर्देशित भिडियोमा अनिल कुमार मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।गीतको भिडियोलाई सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

डेविड शंकर र सहिमा श्रेष्ठको स्वरमा ‘सलल बगेको पानी’को भिडियो सार्वजनिक

अहिलेका चर्चित र व्यस्त संगीतकार दीपक शर्माको संगीत रहेको नया गीत ‘सलल बगेको पानी’को भिडियो सार्वजनिक भएको छ । गीतमा छक्का पञ्जाको चर्चित गीत पहिलो नम्बरमा र घिनघिन मादल बोलको गीत गाएर चर्चामा गायक डेविड शंकरको स्वर रहेको छ ।गीतमा फिमेल स्वर अर्की चर्चित गायिका सहिमा श्रेष्ठको रहेको छ ।

‘सलल बगेको पानी’को गीतमा शब्द सुमन बैरागी पण्डितको रहेको छ भने एरेन्ज उदयराज पौडेलको रहेको छ ।चितवनका मनोरम दृश्यमा छायांकन गरिएको उक्त गीत निकै लोभलाग्दो बनेको छ ।

राजु अधिकारीको निर्देशन र पछिल्लो पुस्ताका सफल नृत्य निर्देशक कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा चलचित्र पञ्चेबाजाकी घिनघिन मादलकी नायिका जस्मिन श्रेष्ठ र प्रतिभाशाली नायक बिनोद न्यौपानेको दमदार अभिनय रहेको छ । जसमा ६० जना कोरस सहित अत्याधुनिक क्यामेराले भिडियो छायांकन गरि चर्चित छायांकार सुदिप बरालले आफ्नो कला कौशल देखाउन सफल भएका छन् ।

चलचित्र सम्पादन गर्दै आएका सम्पादक मिलन श्रेष्ठको सम्पादन रहेको छ भने कलरीगंमा रेनीश फागोले आफ्नो जादु छर्न सफल भएका छन् । भिडियो संगतकार शर्माको आफ्नै युट्युब च्यानलबाट अपलोड गरिएको छ ।