Saturday , 20 October 2018
News update
Home >> Namaste news

Namaste news

‘नेपाल आइडल’मा ६ जनामा कसको होला ‘वाइल्ड कार्ड इन्ट्री’ ?

चर्चित सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा आउट भइसकेका ६ जना प्रतिस्पर्धीले पुनः प्रवेश पाएका छन् । ‘वाइल्ड कार्ड इन्ट्री’मार्फत यसअघि प्रतिस्पर्धाबाट बाहिरिएका ६ जना प्रतिभाले पुनः नेपाल आइडलमा प्रवेश पाएका हुन् ।

दर्शकले मन पराउँदापराउँदै निर्माणायकको भोटमा थोरै मतान्तरका कारण बाहिरिएका कैलालीका रवी शर्मा, इलामकी समीक्षा दाहाल, रामेछापका राजेन्द्र आले, मोरङका मिलन परियार, सुनसरीकी ज्यास्मी लिम्बू र झापाका विश्वास उप्रेतीले गाला राउण्डमा प्रवेशका लागि अवसर पाएका हुन् ।

‘वाइल्ड कार्ड इन्ट्री’ मा मौका पाएका ६ जना प्रतिस्पर्धीले बिहीबारको श्रृंखालामा आआफ्नो प्रस्तुती प्रस्तुत गरिसकेका छन् । उनीहरुको मूल्यांकन निर्णायकले नभएर दर्शकले गर्नेछन् । ६ जना मध्ये सबैभन्दा धेरै दर्शकको भोट पाउने एक जनाले गाला राउण्डमा प्रवेश पाउनेछन् ।

अहिले गाला राउण्डमा ९ जना प्रतिस्पर्धी बाँकी छन् । गत हप्ता चितवनका मिनराज पौडेल प्रतिस्पर्धाबाट आउट भएका थिए ।

‘छक्का पञ्जा ३’ ले ८ दिनमा कमायो ८ करोड ४० लाख ,आफ्नो रेकर्ड तोड्दै

असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले ८ दिन सम्म करिब ८ करोड माथिको कलेक्सन गरेको छ ।चलचित्र प्रदर्शन आएको दिन देखि आज सम्म पनि राजधानी र मोफसलका सबै सिनेमा हलमा चलचित्र हाउसफुलका साथ प्रदर्शन भै रहेको छ।

२४ गते बाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले पहिलो दिन १ करोड ३० लाखको कलेक्सन गरेको छ ।बिना बिदाको दिन पनि यति धेरै कलेक्सन गर्दै ‘छक्का पञ्जा ३’ एउटा नया रेकर्ड राखेको छ ।चलचित्र प्रदर्शनमा आएको द्रोस्रो दिन चलचित्रले ९० लाखको हाराहारीमा व्यापार गरेको छ भने तेस्रो दिन पनि ९० लाख नजिकको व्यापार गरेको छ ।

शनिबार चौथो दिन सम्म आईपुग्दा पनि देशभर आक्रमक ब्यापार गरेको थियो दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ ले शनिबार मात्रै देशभर १ करोड ८० लाख भन्दा माथिको ब्यापार गर्दै एक दिनमा सबै भन्द बादी व्यापार गर्ने आफ्नै फिल्मको रेकर्ड तोड्न सफल भएको थियो ।यस अघि ‘छक्का पञ्जा २ ’ले एक दिनमा १ करोड ५३ लाखको व्यापार गरेको थियो ।

चलचित्रले पाचौ दिनमा करिब ८० लाख,छैटौ दिनमा ८५ लाख,सातौ दिनमा ९० लाख र आठौ दिन सम्म आउदा करिब ९५ लाखको हाराहारी कलेक्सन गर्न सफल भएको छ । यसरि चलचित्र प्रदर्शनमा आएको आठौ दिन सम्म करिब ८ करोड ४० लाखको कलेक्सन गरि सकेको छ । तर चलचित्रको निर्माण युनिटले अहिले सम्मको अधिकारिक कलेक्सन सार्वजनिक भने गरेको छन् ।

यस अघिका छक्का पञ्जा क सिरिजले जस्तै ‘छक्का पञ्जा ३’ले चितवनमा पनि सानदार कलेक्सन गरेको छ ।राजधानी पछि सबै भन्दा बढी व्यापार हुने चितवनमा ‘छक्का पञ्जा ३’ले आठ दिनमा करिब ८० लाखको नजिक व्यापार गरि सकेको छ ।

चलचित्रले ‘वर्ड अफ माउथ’ निकै राम्रो पाईरहेको छ । चलचित्र हेरिसकेका सबै दर्शकहरुले ‘छक्का पञ्जा’ को अहिले सम्म कै सबै भन्दा राम्रो सिरिज ‘छक्का पञ्जा ३’ भएको बताएका छन् । चलचित्रको कथा बस्तु, निर्देशन,कलाकारहरुको अभिनय, चलचित्रको प्रस्तुतीकरण सबैको दर्शकहरुले खुलेर तारिफ गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा ३’ले चलचित्र छक्का पञ्जा को १६ करोड कलेक्सनको रेकर्ड समेत तोड्न सक्ने अनुमान अहिले फिल्म क्षेत्रमा लगाउन थालिएको छ।फूलपाती बाट जय भोले प्रदर्शनमा आए सगै केहि सो कम गरिएको ‘छक्का पञ्जा ३’लाई बिस्तारै हलले सो थप्दै गरि रहेका छन् । ‘छक्का पञ्जा ३’हेर्ने दर्शकको भिड र जय भोलेको ‘वर्ड अफ माउथ’ सोचे जस्तो नहुदा ‘छक्का पञ्जा ३’को बिस्तारै सो बढ्दै गैरहेको छ। सामाजिक सन्जाल भरी ‘छक्का पञ्जा ३’ लाई सकारात्मक प्रतिकृया मिलिरहेको छ ।

चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला आदिको अभिनय रहेको छ ।

मिलन अमात्यको ‘दशै तिहार’ बोलको सार्वजनिक (भिडियो)

चर्चित गायिका मिलन अमात्यको स्वर रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ। ‘दशै तिहार’ बोलको सार्वजनिक गीतमा शब्द तथा संगीत डुकुना ‘‘नेवारको रहेको छ भने संगीत व्यवस्थापन बिबि अन्रुरागी र मिक्सिंग श्यामस्वेत रसाइलीले गरेका छन्।

यस अघि गाला रातै, स्लोली स्लोली, लैजाउ मलाई, जहिलेसम्म संसारमा लगायत दर्जनौ हिट दिएकी गायिका मिलनको चाडबाड सम्बन्धी ‘दशै तिहार’ पनि दर्शक तथा स्रोताले मन पराउने बताउनु भयो।दर्शक श्रोताका लागि दशैँ–तिहार को शुभ–कामना कोशेलीको स्वरूप गीत तयार गरिएको मिलनको भनाइ छ।

गीतको भिडियोमा मिलन आफैले अभिनय गरेकी छिन् । अभिनयमा उनलाई प्रविन केसीले साथ दिएका छन्। गीतको म्युजिक भिडियोको निर्देशन राजेश पुमा राईले गरेका छन्। भिडियोको छायांकन जीबी लामा, सम्पादन विकाश दाहालले गरेका छन्।

मेलिना र सुमनको पिरतीको रंग रिलिज (भिडियो)

गीतकार अम्बिका गुरुङको शब्द रहेको नयाँ गीत रिलिज भएको छ। सोमबार गीतकार गुरुङकै युट्युब च्यानल ‘भाव सागर इन्टरटेन्टमेन्ट’बाट ‘पिरतीको रंग’ बोलको गीत सार्वजनिक गरिएको हो। शंकर थापाको संगीत रहेको उक्त गीतमा सुमन केसी र मेलिना राईको स्वर सुन्न सकिन्छ।

पछिल्लो समय निकै व्यस्त गायक सुमन केसी र रुचाइएकी गायिका मेलिना राई गीतबाट निकै आशावादी रहेको बताउँछन्। त्यस्तै, गीतकार अम्बिका गुरुङ पनि गीतराम्रो बनेको र यस गीतलाई दर्शक-श्रोताले मन पराउने तर्क राख्छिन्।’मखमली चोली’को सफलता पछि त्यहीँ टीमबाट यस म्युजिक भिडियो तयार भएको छ।

शान थापा निर्देशित भिडियोमा पुष्प खड्का र आंचल शर्माको अभिनय रहेको छ। पुष्प र आंचलले सँगै काम गरेको यो पहिलो भिडियो हो। राजिव समरको करियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन रहेको छ। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। श्याम स्वेत रसाइलीले मिक्सिङ गरेको गीतको एरेन्जर उदयराज पौडेल हुन्।

भेट्रान निर्देशक अशोक शर्माको ‘जय भोले’ आजबाट प्रदर्शन

यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र ‘जय भोले’ आजबाट देशभर एक साथ प्रदर्शनमा आएको छ । चलचित्र ‘छक्का पञ्जा ३’ को बर्चश्व रहिरहेको बेला ‘जय भोले’ प्रदर्शनमा आएको हो । खगेन्द्र लामिछानेद्वारा लिखित ‘जय भोले’ ले मित्रता र मायाको कथा बोकेको निर्माण टिमले बताएको छ । चलचित्रमा खगेन्द्र ‘भोले’ को भूमिकामा रहेका छन् अशोक शर्मा निर्मित तथा निर्देशित चलचित्रमा खगेन्द्र सँगै सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाल आदिको मुख्य अभिनय रहेको छ ।

राजु ढुंगानाले सम्पादन गरेको चलचित्रमा राजनराज सिवाकोटिको संगीत रहेको छ । यस्तै चलचित्रको गीतमा राजनराज सिवाकोटी र मेलिना राईको आवाज रहेको छ । जय भोले’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । भेट्रान निर्देशक अशोक शर्मा निर्देशित चलचित्र जय भोलेले मल्टिप्लेक्समा सर्वाधिक शोज पाएको छ । चलचित्रलाई सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले राजधानीका ५ वटा हलहररुमा आज पहिलो दिन आज कुल २४ शोज दिएको छ । यस्तै दोस्रो दिन भोली बुधवार पनि चलचित्रलाई २४ शोज नै दिने जनाएको छ ।

क्यूएफएक्सको चितवनमा रहेको जलमा हलमा चलचित्रले ६ शोज पाएको भने पोखराको सिनेप्लेक्समा ५ सोज तथा नेपालगञ्जको बाग्गेश्वरीमा समान ५ शोज नै दिएको छ । यसरी चलचित्रले क्यूएफएक्समा मात्रै ४० पाएको छ । यो क्युएफएक्समा कुनै पनि नेपाली चलचित्र यती धेरै शोज पाएको पहिलो पटक हो । यस्तै चलचित्रले अन्य हलहरुमा पनि राम्रो शोज पाएको छ । चलचित्रले सिङगल थियटरमा पनि राम्रो शोज पाएको छ ।

सिङगल थिएटरमा मात्र ‘जय भोले’ ले ७० भन्दा बढी शोज पाएको छ । ‘छक्का पञ्जा ३’ ले राम्रो वर्ड अफ माउथ पाईरहेको बेला ‘जय भोले’ लाई दर्शक पाउन त्यती सजिलो भने हुने छैन । तर १२ बर्ष पछी कमब्याक गरेका निर्देशक शर्माको फिल्मलाई ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत र ट्रेलरबाट पाएको प्रतिकृयाले भने निकै राम्रो हाईप मिलिरहेको छ ।

बन्ने भयो ‘र्‍यापर लाउरे’ लाउरे कै हुनेछ मुख्य अभिनय

हिपहप किङको रुपमा चर्चित र्‍यापर लाउरे अर्थात आशिश राणाको मुख्य अभिनय रहने गरी चलचित्र ‘र्‍यापर लाउरे’ निर्माण हुने भएको छ ।र्‍याप ब्याटलबाट एकाएक चर्चामा आएका लाउरे अहिले र्‍यापरको रुपमा निकै चर्चित रहेका छन् । लाउरेकै र्‍यापबाट प्रभावित हुनेहरु पनि टन्नै रहेका छन् । र्‍याप सँगै लाउरेले चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

 

केही बर्ष अघी प्रदर्शनमा आएको चलचित्र ‘ताण्डव’ बाट उनले चलचित्रमा पनि अभिनय सुरु गरेका हुन् । अब तिनै लाउरेको मुख्य अभिनय रहने गरी चलचित्र ‘लाउरेको र्‍याप’ बन्ने भएको छ । पासाङ योन्जनले निर्देशन गर्ने चलचित्र ‘लाउरेको र्‍याप’ को लागि लाउरे फाइनल भएका हुन् । चलचित्रमा कथा पनि निर्देशक योन्जनकै रहने छ । चलचित्रको कथा बस्तु र्‍यापर लाउरेकै वरीपरी घुम्ने छ । चलचित्रको कथा लाउरेको जीवन सँग मेल खाने भएकै कारण लाउरेलाई नै लिएर चलचित्र निर्माण गर्न लागिएको निर्देशक योन्जनले बताएका छन् ।

माघबाट फ्लोरमा जाने भनिएको चलचित्रमा लाउरे सँगै सोनाम पाख्रिन पनि अनुबन्धन भईसकेका छन् । सोनामले यस अघी चलचित्र ‘जिन्दगी रक्स’ मा पनि मुख्य अभिनेताको रुपमा काम गरिसकेका छन् । दावा शेर्पा सेट्टीले निर्माण गर्ने चलचित्रमा हरी हुमागाईंको छायांकन रहनेछ । चलचित्रको कास्टिङ लाईनअप छिट्टै फाइनल हुने बताईएको छ ।

‘दाङलाई फिल्म नागरिको रुपमा बिकास गरौं – आकाश श्रेष्ठ

असोज २९ –

नायक आकाश श्रेष्ठले दाङलाई फिल्म नगरीको रुपमा विकास गर्न सकिने बताएका छन्। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले मङ्सिर ७ गतेबाट प्रदर्शनमा आउन लागेको आकाश अभिनित चलचित्र ‘ड्रिम गर्ल’ युनिट सँग गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नायक आकाशले दाङले चलचित्र क्षेत्रको लागि ठुलो सम्भावना बोकेको भन्दै फिल्म नगरिको रुपमा बिकास गर्न सकिने बताएका हुन् । आकाशले दाङमा चलचित्रको छायाकंनको लागि प्रसस्तै सुन्दर स्थलहरु रहेकोले फिल्म नगरिको रुपमा बिकास गर्न सके समग्र दाङकै बिकासमा टेवा पुग्ने धारणा राखेका हुन् ।

आकाशले आफु दाङकै माटो सँग लडिबुडी गरेकोले आफु अभिनित चलचित्रहरुको छायाकंन दाङमै गर्ने ईच्छा रहेको समेत बताए । सोही कार्यक्रममा बोल्दै चलचित्र ‘ड्रिम गर्ल’ का निर्माता तथा निर्देशक ऋषिराज आचार्यले दाङको दर्शकहरुबाट आफ्नो चलचित्रले धेरै माया पाउने आशा गरेको बताए । संघका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शिव पुनको स्वागत मन्त्व्यबाट ब्यक्त गरेका थिए । यस्तै कार्यक्रममा फिल्मका कलाकार पत्रकार शिशिर भण्डारी ,रिपोर्टर्स क्लब दाङ्का अध्यक्ष शरद रेग्मी,रा.स.स.का राप्ती अंचल प्रमुख नारायणी रजौरे लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा संघका सचीव सन्तोष के.सी.ले सहजिकरण गरेका थिए ।

‘गोल’ को ‘धनकुटाको हिले’ सार्वजनिक (भिडियो सहित)

असोज २९ –

चलचित्र ‘गोल’ को गीत सार्वजनिक भएको छ । राजेश पायल राई र साबित्री जोशीको आवाज रहेको ‘धनकुटाको हिले’ बोलको गीत आज सार्वजनिक भएको छ । गीतमा भिम बस्नेत र अश्विन तामाङको संगीत रहेको छ । गीतमा किशोर खतिवडा र निशा खालिङ राईको फिचरिङ्ग रहेको छ । गीतलाई राजु शाहले कोरियोग्राफी गरेका हुन् ।

मङ्सिर २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा किशोर खतिवडा, सविना कार्की, सुरबिर पण्डित, दमन रुपाखेती, आईपी भट्टराई, प्रकाश कोइराला आदिको अभिनय रहेको छ । चलचित्रमा अबिरल भट्टराईको कथा तथा निर्देशन रहेको भने भट्टराईकै निर्माण रहेको छ । कुमार महर्जनको द्वन्द रहेको चलचित्रलाई प्रकाश सुब्बाले खिचेका हुन् ।

करुणा र राजु श्रेष्ठको ‘परदेशी सार्वजनिक (भिडियो सहित)

करुणा रिजाल श्रेष्ठको प्रस्तुती मर्मस्पर्शी गीत ‘परदेशी’ सार्वजनिक भएको छ । युट्युब मार्फत सार्वजनिक भएको गीतमा राजु श्रेष्ठको आवाज रहेको छ । हिम कुमार थापा र राजु श्रेष्ठको शब्द रहेको गीतमा राजु श्रेष्ठको संगीत रहेको छ । गीतमा गाँउ घर छोडि परदेश जाँदाको पिडालाई उतारिएको छ ।

निकै मार्मिक गीतको भिडियोले दर्शकहरुलाई झनै भावुक बनाउछ । धन कमाउन बिदेश पुग्दा गाँउ घरमा साथी भाई सँग रमाउन नपाएको पिडा पनि गीतमा समेटिएको छ । परदेशीयका नेपालीले बिदेशमा प्रत्यक दिन कती कष्टकर तरिकाले बिताउनछन् भन्ने कुरा गीतको भिडियोमा देखाउन खोजिएको छ ।

गीतमा करुणा रिजाल श्रेष्ठ, रमेश श्रेष्ठ र दिल विश्वकर्माको अभिनय रहेको छ । प्रकाश भट्ट निर्देशित गीतलाई राजेश घिमिरेले खिचेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।गीतमा आफ्नो गाँउ घर, साथी भाई र आफ्नो मायालु छोडि बिदेश जानु पर्दाको पिडा झल्किने भन्दै गीतलाई दर्शक स्रोताहरुले माया दिनुहुनेमा आफु विश्वस्त रहेको गायक राजु श्रेष्ठले बताएका छन् ।

‘छक्का पञ्जा ३’ को ब्यापार ४ करोड ५० लाख माथि, शनिबार एकै दिनमा डेढ करोड कमायो

असोज २८ –

असोज २४ गतेबाट देशभर एक साथ प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’ ले शनिबार चौथो दिन सम्म आईपुग्दा पनि देशभर आक्रमक ब्यापार गरिरहेको छ । सोलो रिलिज पाएको ‘छक्का पञ्जा ३’ सबै मल्टिप्लेक्स र  सिङगल थिएटर हाउस फुल भएका छन् । दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ ले हिजो शनिबार मात्रै देशभर १ करोड ५० लाख भन्दा माथिको ब्यापार गरेको छ । चलचित्रले अहिले सम्म देशभर ४ करोड ५० लाख भन्दा माथिको ब्यापार गरिसकेको छ ।तर चलचित्रको निर्माण युनिटले अहिले सम्मको कलेक्सन सार्वजनिक भने गरेको छन् ।

राजधानी काठमाण्डौका सबै हलहरु हाउसफुल भएका छन् । गोपीकृष्ण मुभिज,अष्टनारायण, गुण, गंगालगायतका सिंगल थिएटरमा पनि हाउसफुल भएका छन् । हिजो नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्यूएफएक्समा पनि हाउसफुल भएको थियो । क्युएफएक्ससँगै क्यूज, विएसआर, एफक्यू, विग मुभिज पनि हाउसफुल थिए ।

चितवनको नारायणगढमा रहेको हलहरु पनि हिजो हाउसफुल थियो । चितवनमा मात्र चलचित्रले शनिबार एकै दिनमा १५ लाख भन्दा माथिको ब्यापार गरेको छ ।चलचित्रले चितवनमा मात्रै ४ दिनमा ४२ लाख माथिको ब्यापार गरिसएको छ ।

चलचित्रले ‘वर्ड अफ माउथ’ निकै राम्रो पाईरहेको छ । चलचित्र हेरिसकेका सबै दर्शकहरुले ‘छक्का पञ्जा’ को अहिले सम्म कै सबै भन्दा राम्रो सिरिज ‘छक्का पञ्जा ३’ भएको बताएका छन् । चलचित्रको कथा बस्तु, निर्देशन,कलाकारहरुको अभिनय, चलचित्रको प्रस्तुतीकरण सबैको दर्शकहरुले खुलेर तारिफ गरेका छन् ।

सन्जाल भरी ‘छक्का पञ्जा ३’ लाई सकारात्मक प्रतिकृया मिलिरहेको छ । दिपा श्री निरौला निर्देशित चलचित्रमा दिपकराज गिरी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, नीर शाह, किरण केसी,प्रियंका कार्की, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइराला आदिको अभिनय रहेको छ ।