Saturday , 22 September 2018
News update
Home >> Nepali Movie Song

Nepali Movie Song

नायिका प्रियंका कार्कीले गरिन् गायक सरोज ओलीसँग रोमान्स (भिडियो सहित)

प्रियंका कार्की र सरोज ओली अभिनित “ए कालु” बोलको म्युजिक भिडियो रिलिज भएको छ। चर्चित गायक ओली म्युजिक भिडियोमा नायिका प्रियंकासँग रोमान्स गर्दै देखा परेका छन् ।

“तिमीलाई देखेपछि आई लभ यु”,“जता जता पिरतीको बाटो”,“माछीले खाने खोलीको लेऊ”,“पानी कुवाको” जस्ता हिट गितका गायक हुन् सरोज ओली । गायनसँगै सरोजले अभिनयको यात्रालाई “ए कालु” म्युजिक भिडियो मार्फत पनि निरन्तरता दिएका छन् ।

मेलिना राईको आवाजमा स्वबद्ध गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका छन् । चन्द्र घिमिरेले लेखेको शब्दमा बसन्त सापकोटाले संगीत दिएका छन् । सुदीप बरालले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

चर्चामा गायक हेमन्त शर्माको ‘बरिखा’,युट्युब ट्रेण्डिङमा पाचौ नम्बरमा (भिडियो)

आधुनिक गायन क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाएका चर्चित गायक हेमन्त शर्माको नया गीत ‘बरिखा’ को म्यूजिक भिडियो सार्वजनिक
भएको छ ।गीतमा हेमन्त शर्माकै शब्द तथा संगीत छ । सांगीतिक कार्यक्रमका सिलसिलामा धेरै पटक सुदूरपश्चिम पुगेका गायक शर्माले यस पटक भने त्यहिँको जनबोलीलाई सम्बोधन गरेर गीत रेकर्ड गराएका छन् ।

भिडियोमा मोडलहरु सारा सिर्पाली, एलिसा राई, अलिसा शर्मा, सुनिल क्षेत्री र भिमफेदी गाइजलाई फिचरिङ गरिएको छ ।गीतको भिडियोलाई राहुल शाहले निर्देशन गरेका हुन् । पवन सुस्लिङको छायांकन रहेको यो भिडियोलाई रोचक शैलीमा तयार पारिएको छ ।

हालै सार्वजनिक गरिएको यस गीत अहिले युट्युबमा ट्रेण्डिङमा समेत आउन सफल भएको छ। पछील्लो समय युट्युब ट्रेण्डिङको एउटा ट्रेन नै चलेको बेला गायक शर्माको ‘बरिखा’ नेपालको युट्युब ट्रेण्डिङमा  पाचौ नम्बर  आउन सफल भएको हो। सार्वजनिक गरेको केही समयमै भिडियो ट्रेण्डिङमा पर्नुभनेको नेपाल बाट धेरै हेरिनु हो। त्यस्तै यो समाचार तयार पार्दा समेत यस गीतलाई ३ लाख ६६ हजार माथिले हेरेका छन् भने १६ हजार लाइक र ३ सय ५२ डिसलाइक छ।

हरिवंश आचार्यको ‘जे भने नि हुन्छ मलाई’ गीत सार्वजनिक(भिडियो)

हास्य अभिनेता हरिवंश आचार्यको नया गीत सार्वजनिक भएको छ । ‘जे भने नि हुन्छ मलाई’ बोलको सार्वजनिक गीतमा समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ ।

यो गीत कलाकार हरिवंश आफैंले लेखेका हुन् । गीतमा संगीत पनि उनी स्वयंले दिएका छन् । आफूले गाएको गीतलाई प्रत्यक्ष रेकर्डिङ शैलीमा भिडियो बनाएर उनले मह सञ्चारको युट्युबबाट रिलिज गरेका छन् ।भिडियोमा वाद्यवादक कलाकारलाई पनि उनले समेटेका छन् ।

अभिनेता हरिवंश आचार्यको गीतलाई सुदन केसीले म्युजिक भिडियोमा उतारेका छन् । भिडियो दीर्घ गुरुङले खिचेका हुन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् ।

प्रदीप खड्का अभिनित प्रदर्शनरत चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक (भिडियो)

गत शुक्रबार बाट प्रदर्शनमा आएको नायक प्रदीप खड्का को चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘तिम्रो पछि-पछि…’बोलको गीतलाई दयाराम पाण्डेलले लेखेका हुन् ।गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा प्रदीप सगै परमिता आरएल राणालाई फिचरिंग गरिएको छ ।

निरक पौडेलले निर्देशन रहेको यस चलचित्रले बक अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेन ।तर हिजो तीजको दिनमा चलचित्र देशका सबै सिनेमा हलमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

राजेश पायल राई ‘मायाको आँकुशेमा’ सनम र हिमाको रोमान्स (भिडियो)

चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । किरण चेम्जोङको शब्द तथा संगीतकार रहेको ‘मायाको आँकुशेमा’ बोलको सार्वजनिक गीतमा डि आर अटुको संगीत संयोजन रहेको छ।

‘मायाको आँकुशेमा’को भिडियोमा सनम कठायत र हिमा श्रेष्ठको अभिनय रहेको छ ।प्रेम र रोमान्सको भावहरु रहेको गीतमा सनम र हिमा मायालु जोडिको रुपमा प्रस्तुत गरिएको छ ।

मिलन थापाको निर्देशन रहेको भिडियोलाई मुकेश हुमाँगाईँले छायांकन गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

‘आदत–२’को भिडियोमा पल, पुष्प ,निराजन र दिपिका (भिडियो)

अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरुको नया“ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वरको उक्त गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देश्ँन गरेका छन् । भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् ।

झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैया“ लगानी गरिएको बताइन्छ । मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।

भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्रँफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।

गजलकार सुजन अधिकारी “अनिमेष”को शब्दमा ‘सुनकेसरी बाल’को भिडियो सार्वजनिक

युवा गजलकार सुजन अधिकारी “अनिमेष”को शब्द रहेको तीजको गीतको भिडियो सार्वजनिक गरिएको छ ।’सुनकेशरी बाल’बोलको सार्वजनिक गीतमा तोप साइ समुन्द्र र निर्मला साइ समुन्द्रको स्वर रहेको छ ।गीतलाई शंकर भुजेलले संगीत दिएका हुन् ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा सार्वजनिक गरिएको यस गीतमा तोप साइ समुन्द्र , अस्मिता बस्नेत ,रोशना ढकाल, पुस्पा अधिकारी लगायतको अभिनय रहेको छ।

चितवनको विभिन्न ठाउमा छायांकन गरिएको भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।प्रदिप दाहालको सम्पादन रहेको प्रस्तुत गीतमा गोकुल राउतको छायांकन रहेको छ ।

गायक ओम सुनारको ‘ओइ व्युटी’ को भिडियो सार्वजनिक

गायक तथा संगीतकार ओम सुनारको स्वर,शब्द र संगीत रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’ओइ व्युटी’ बोलको सार्वजनिक गीतमा ओम सगै कविता श्रेष्ठको पनि स्वर रहेको छ ।

ओम र कविताको स्वरमा सजिएको निकै सुमधुर गीतको भिडियोमा राजन थपलिया र निशा सुनारको अभिनय रहेको छ ।गीतमा व्युटी सग माया बसेका कुराहरु गरिएको छ ।

गीतको भिडियोलाई समिर ठोकरले निर्देशन गरेका हुन् ।बासु बरालको चयानाकन रहेको गीतको भिडियोलाई प्रकाश यस केले सम्पादन गरेका हुन् ।

नेपाल आइडलका राहुल विश्वाश र सन्ध्या जोशीको ‘जुनी-जुनीलाई’ गीतको भिडियो सार्वजनिक

रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ‘जुनी-जुनीलाई’ बोलको गीतमा टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको फिचरिङ् रहेको छ ।

अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । उक्त सार्वजनिक गीतमा केबिए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

गायक सुशिल कोइरालाको ‘बितेका कुरा’ को गीत सार्वजनिक (भिडियो )

गायक सुशिल कोइरालाको आवाजमा ‘बितेका कुरा’ बोलको गीतको भिडियो रिलिज भएको छ । दिपेन्द्र घिमिरेको शब्द रहेको यो गीतमा एसडी योगीको संगीत छ ।

गीतको शब्द रमाइलो छ । यसले दर्शकलाई झुमाउन सक्छ । यो गीतको भिडियोलाई पनि रोचक बनाइएको छ । निशान काश्यपको निर्देशनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् । सुरेन्द्र बसेलको भिडियोमा कोरियोगांफी छ ।

भिडियोमा मोडलद्धय विनोद न्यौपाने र श्रृष्टी खड्काले मोडलिङ गरेका छन् ।विनोद र श्रृष्टीको डान्स, सुशिलको स्वरले गीत र भिडियोलाई आकर्षक बनाएको छ ।