Saturday , 20 October 2018
News update
Home >> Nepali Movie Song (page 2)

Nepali Movie Song

हरिवंश आचार्यको ‘जे भने नि हुन्छ मलाई’ गीत सार्वजनिक(भिडियो)

हास्य अभिनेता हरिवंश आचार्यको नया गीत सार्वजनिक भएको छ । ‘जे भने नि हुन्छ मलाई’ बोलको सार्वजनिक गीतमा समाजका निर्धा नागरिकलाई जसले भने पनि हुने, जे गरे पनि हुने, सक्दो सराप्दा पनि धन खर्च नहुने भन्दै अरूबाट हेपिएकाहरूको भावना गीतमा उठाइएको छ ।

यो गीत कलाकार हरिवंश आफैंले लेखेका हुन् । गीतमा संगीत पनि उनी स्वयंले दिएका छन् । आफूले गाएको गीतलाई प्रत्यक्ष रेकर्डिङ शैलीमा भिडियो बनाएर उनले मह सञ्चारको युट्युबबाट रिलिज गरेका छन् ।भिडियोमा वाद्यवादक कलाकारलाई पनि उनले समेटेका छन् ।

अभिनेता हरिवंश आचार्यको गीतलाई सुदन केसीले म्युजिक भिडियोमा उतारेका छन् । भिडियो दीर्घ गुरुङले खिचेका हुन् । मह संचारले प्रस्तुत गरेको यो म्युजिक भिडियो हालै सार्वजनिक गरिएको हो ।भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् ।

प्रदीप खड्का अभिनित प्रदर्शनरत चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक (भिडियो)

गत शुक्रबार बाट प्रदर्शनमा आएको नायक प्रदीप खड्का को चलचित्र ‘रोज’ को नयाँ गीत सार्वजनिक भएको छ । नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘तिम्रो पछि-पछि…’बोलको गीतलाई दयाराम पाण्डेलले लेखेका हुन् ।गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा प्रदीप सगै परमिता आरएल राणालाई फिचरिंग गरिएको छ ।

निरक पौडेलले निर्देशन रहेको यस चलचित्रले बक अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेन ।तर हिजो तीजको दिनमा चलचित्र देशका सबै सिनेमा हलमा चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।

चलचित्रमा प्रदीप खड्का , कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

राजेश पायल राई ‘मायाको आँकुशेमा’ सनम र हिमाको रोमान्स (भिडियो)

चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ । किरण चेम्जोङको शब्द तथा संगीतकार रहेको ‘मायाको आँकुशेमा’ बोलको सार्वजनिक गीतमा डि आर अटुको संगीत संयोजन रहेको छ।

‘मायाको आँकुशेमा’को भिडियोमा सनम कठायत र हिमा श्रेष्ठको अभिनय रहेको छ ।प्रेम र रोमान्सको भावहरु रहेको गीतमा सनम र हिमा मायालु जोडिको रुपमा प्रस्तुत गरिएको छ ।

मिलन थापाको निर्देशन रहेको भिडियोलाई मुकेश हुमाँगाईँले छायांकन गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

‘आदत–२’को भिडियोमा पल, पुष्प ,निराजन र दिपिका (भिडियो)

अमेरिकामा बसोबास गरिरहेकी गीतकार अम्बिका गुरुङका शब्दहरुको नया“ आधुनिक गीत ‘आदत–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा गायक सुमन केसीको स्वरको उक्त गीतमा शंकर थापा स्माइलको कर्णप्रिय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

भावसागर ईन्टरटेन्मेन्ट एलएलसीद्वारा प्रस्तुत गरिएको उक्त म्युजिक भिडियोलाई शान थापाले निर्देश्ँन गरेका छन् । भिडियोमा अहिलेका चर्चित अभिनेताहरु पल शाह, पुष्प खड्का तथा निराजन प्रधानले अभिनय गरेका छन् । ती तीन जना चकलेटी अभिनेताहरुलाई सुन्दर अभिनेत्री दीपिका प्रसाईंले साथ दिएकी छिन् ।

झण्डै एक साता लगाएर छायांकन गरिएको उक्त भिडियोमा झण्डै १० लाख रुपैया“ लगानी गरिएको बताइन्छ । मल्टि स्टारर भनिएको उक्त भिडियोलाई हालसम्मकै सबैभन्दा महंगो समेत भनिएको छ । भिडियोमा अनुराग ठकुरीको समेत विशेष भूमिका छ ।

भिडियोमा अभिनय गर्ने कलाकारका पहिरन आशिष पौडेल तथा कमल मानन्धरले डिजाइन गरेका हुन् । सुरेश काफ्लेद्वारा ड्रोन सञ्चालन गरिएको उक्त भिडियोलाई अर्जुन तिवारी, बुद्ध थापा तथा समुहले छायांकन गरेको हो । भिडियोमा विजय बस्यालको भिएफएक्स छ भने सुप्रिम पराजुलीले यसलाई सम्पादन गरेका छन् । राजिव समर भिडियोका कोरियोग्रँफर हुन् । टौवा क्रिएसनले उक्त भिडियो निर्माण गरेको हो ।

गजलकार सुजन अधिकारी “अनिमेष”को शब्दमा ‘सुनकेसरी बाल’को भिडियो सार्वजनिक

युवा गजलकार सुजन अधिकारी “अनिमेष”को शब्द रहेको तीजको गीतको भिडियो सार्वजनिक गरिएको छ ।’सुनकेशरी बाल’बोलको सार्वजनिक गीतमा तोप साइ समुन्द्र र निर्मला साइ समुन्द्रको स्वर रहेको छ ।गीतलाई शंकर भुजेलले संगीत दिएका हुन् ।

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा सार्वजनिक गरिएको यस गीतमा तोप साइ समुन्द्र , अस्मिता बस्नेत ,रोशना ढकाल, पुस्पा अधिकारी लगायतको अभिनय रहेको छ।

चितवनको विभिन्न ठाउमा छायांकन गरिएको भिडियोलाई रबिन्द्र बरालले निर्देशन गरेका हुन् ।प्रदिप दाहालको सम्पादन रहेको प्रस्तुत गीतमा गोकुल राउतको छायांकन रहेको छ ।

गायक ओम सुनारको ‘ओइ व्युटी’ को भिडियो सार्वजनिक

गायक तथा संगीतकार ओम सुनारको स्वर,शब्द र संगीत रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ ।’ओइ व्युटी’ बोलको सार्वजनिक गीतमा ओम सगै कविता श्रेष्ठको पनि स्वर रहेको छ ।

ओम र कविताको स्वरमा सजिएको निकै सुमधुर गीतको भिडियोमा राजन थपलिया र निशा सुनारको अभिनय रहेको छ ।गीतमा व्युटी सग माया बसेका कुराहरु गरिएको छ ।

गीतको भिडियोलाई समिर ठोकरले निर्देशन गरेका हुन् ।बासु बरालको चयानाकन रहेको गीतको भिडियोलाई प्रकाश यस केले सम्पादन गरेका हुन् ।

नेपाल आइडलका राहुल विश्वाश र सन्ध्या जोशीको ‘जुनी-जुनीलाई’ गीतको भिडियो सार्वजनिक

रियालिटी शो नेपाल आइडल बाट चर्चा कमाउन सफल गायक राहुल विश्वाश तथा गायिका सन्ध्या जोशीको स्वरमा रहेको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ‘जुनी-जुनीलाई’ बोलको गीतमा टिका दाहालको संगीत विष्णुबाबु देवकोटाको शब्द रचना रहेको छ। अस्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा प्रत्यूष अधिकारी र युबिना ढुंगानाको फिचरिङ् रहेको छ ।

अमित पराजुलीको छायांकन तथा निर्देशन रहेको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका छन् । उक्त सार्वजनिक गीतमा केबिए ग्लोवलको प्रायोजनमा कभर सङ्स प्रतियोगिताको पनि आयोजना गरिएको छ ।

गायक सुशिल कोइरालाको ‘बितेका कुरा’ को गीत सार्वजनिक (भिडियो )

गायक सुशिल कोइरालाको आवाजमा ‘बितेका कुरा’ बोलको गीतको भिडियो रिलिज भएको छ । दिपेन्द्र घिमिरेको शब्द रहेको यो गीतमा एसडी योगीको संगीत छ ।

गीतको शब्द रमाइलो छ । यसले दर्शकलाई झुमाउन सक्छ । यो गीतको भिडियोलाई पनि रोचक बनाइएको छ । निशान काश्यपको निर्देशनमा तयार भएको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका हुन् । सुरेन्द्र बसेलको भिडियोमा कोरियोगांफी छ ।

भिडियोमा मोडलद्धय विनोद न्यौपाने र श्रृष्टी खड्काले मोडलिङ गरेका छन् ।विनोद र श्रृष्टीको डान्स, सुशिलको स्वरले गीत र भिडियोलाई आकर्षक बनाएको छ ।

आयुष्मान र प्रियंका कार्कीको जोडी ‘मैच्याङ’ को भिडियोमा

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय रहेको गीत ‘मैच्याङ’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुरारी गुरागाईँ र अञ्जु पन्तको स्वर, दीपक भट्टराईको संगीत र होम न्यौपानेको शब्द छ ।

गीतमा गोपाल रसाइलीको एरेञ्ज र प्रकाश केसीको मिक्स÷मास्टरिङ छ । डान्सिङ नम्बरको गीतमा आयुष्मान र प्रियंकाको जोडीले दिल खोलेर नाँचेका छन् । गीतलाई गायक गुरागाईँकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन छ । गीतकार न्यौपानेले गीतमा मैच्याङ बनेकी प्रियंकालाई फकाउन आयुष्मानले गरेको आग्रहलाई समेटिएको बताए ।

‘चुन सुपारी’मा भीमफेदी गाइजको आकर्षक डान्स (भिडियो )

पछिल्लो समयका निकै नै चर्चित रहेका भीमफेदी गाइज र जुना सुन्दासको प्रस्तुति रहेको नयाँ गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘चुन सुपारी’ बोलको डान्सिङ नम्बरको गीतमा पारु ढकाल र मनिस रेशको स्वर रहेको छ ।

गीतमा दिनेश सुबेदिको शब्द, पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। निर्मल लामाको निर्देशन रहेको उक्त गीतमा ज्ञानेन्द्र शर्माको छायांकन र पवन सुस्लिङको सम्पान रहेको छ। काठमाडौंको उत्तर बाहिनी मन्दिर आसपास खिचिएको गीतको म्युजिक भिडियो र भीमफेदी गाइजको डान्स निकैनै आकर्षक र लोभ लाग्दो देखिएको छ।