Saturday , 20 October 2018
News update
Home >> Nepali Movie Song (page 3)

Nepali Movie Song

गायक पुष्कल शर्माको तीज गीत “हिरो”को भिडियो सार्वजनिक

नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका पुर्व सन्ध्यामा लोकप्रिय गायक पुष्कल शर्माको झ्याउरे भाकामा आधारित तीज कोशेली “हिरो”बजारमा आएको छ ।पुष्कल शर्माको लय तथा शब्दमा रहेको तीज गीतमा पुस्कल शर्मा र देवी घर्ती मगरको आवाज रहेको छ ।

तिजको मौलिक परम्परालाई जर्गेना गर्नको लागी तिज बजारमा ल्याएको गायक पुस्कल शर्माले बताए । आम दर्शक तथा श्रोतालाई मार्मिक गीत बजारमा आइरहेको अवस्थामा विल्कुलै नयाँ किसिमको गीत ल्याएको उनले दावि गरे ।

अजय रेग्मीको छायांकन , दिपक विष्टको सम्पादन र काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । सो तीज गीतमा पुष्कल शर्मालाई हिरो र अनु शाह हिरोईन को रुपमा देख्न सकिन्छ साथमा यादब “सरापे” र मनिश लगाएतको कलाकारले अभिनय निकै प्रशसा लायक रहेको छ ।

मेलिना राई र राजेन्द्र बजगाईंको ‘बर्खाको पानी’मा हट मोडल सोनीका रोकाया(भिडियो)

चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको ‘बर्खाको पानी’ बोलको गीत बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।गीतमा मेलिना सगै राजेन्द्र बजगाईंको स्वर रहेको छ।

जीवन लुइंटेलको शब्द तथा राजेन्द्र बजगाईंको सगीत रहेको सार्वजनिक गीतलाई पुरुषोतम न्यौपानेले एरेन्ज गरेका हुन् ।

युट्युबमा कार्यक्रम प्रस्तोताको रुपमा आफ्नो छुट्टै पहिचान मार्फत चर्चामा रहेकी हट मोडल सोनिका रोकायको अभिनय रहेको हट म्युजिक भिडियोमा सोनिका सग सुरज श्रेष्ठले रोमान्स गरेका छन्। सोनीका रोकाया मोडलिङ र सञ्चार क्षेत्रमा बिस्तारै स्थापित हुँदैछिन्। उनले छोटै अवधिमा धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् ।

भिडियोलाई गीतकार जीवन लुइंटेलले निर्देशन गरेका हुन् । माला मगर कोरियोग्राफी रहेको गीतलाई मुकेश हुमागाईंले छायांकन गरेका हुन् । अमृत चापागाईं को सम्पादन रहेको भिडियोलाई निर्देशन लुइंटेलले निकै उत्कृस्ट रुपम निर्माण गरेका छन् ।

मोडलिंग क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै सगुन श्रेष्ठ

सन्दिप भट्ट, चितवन ।

सगुन श्रेष्ठ नेपाली कलाकारीताको क्षेत्रमा परिचित नाम हो । हसिलो मुहार, रसिलो जिउडाल, मिलनसार स्वभावका सगुन २० बर्षदेखी अभिनयको क्षेत्रमा क्रियाशिल नाम हो । बास्तविक नाम भुवन भएपनि कलाकारीताले नयां नाम दियो ‘सगुन’ । अर्का कलाकार संग नाम जुध्न गएपछि आफैले आफ्नो नाम परिवर्तन गरको उनले सुनाए । जब देखि गित सुन्ने मात्र हैन हेर्ने प्रचलन को सुरुवात भयो त्यो समयदेखि नै उनमा त्यस क्षेत्र प्रति रुचि बढेको थियो । संगीतका मध्यम बाट आफूभित्रको क्षमता प्रस्तुत गरेर सबै माझ लोकप्रिय छन् सगुन ।

चितवन रत्ननगरका सगुन २०५५ सालमा काठमान्डौं हानिएका हुन् ।  विभिन्न संघर्ष र कामप्रतिको साधनाले उनले थुप्रै लोक तथा आधुनिक गीतमा मोड्लिंग गरेका छन् । ४ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेका सगुनले बलबिर थापाको लोक गीत ‘बसाई सर्यौं कि’ उनले गरेको पहिलो लोकदोहोरी गीत हो । उनले दिपक बज्राचार्यको पशुपति नाथ बोलको आधुनिक गीतबाट आफ्नो यात्रा अझ सबल बनाए ।

यस्तो भनेका थिए सगुनले अन्तरवार्तामा

उनि सांगीतिक क्षेत्रमा मात्र नभई चलचित्रको क्षेत्रमा पनि उतिकै सक्रिय छन् । बेरोजगार, चेतनाको दियो, जन्मभुमी लगायत ४ वटा चलचित्रमा अभिनय गरिसकेका छन् ।

सगुनले अभिनय गरेको र उनि आफैलाई मन पर्ने गीतहरुमा ‘सिलाईदेउन भोटो’ ‘छम छम पाउजुले’  ‘स्याङ्जाली झापाली’ लगाएतका गीतहरु रहेका छन् ।बिहिबार हामी सगको  कुराकानी गर्दै सगुनले आफ्नो संर्घष र यात्राको  विषयमा खुलेरै बोले । उनि चितवनै भएपनि कमैलाई मात्र थाहा छ । २० बर्षदेखी काठमान्डौं बस्दै काम गर्दै आएका सगुनले ५० बढी म्युजिक भिडियो निर्देशन गरेका छन् । उनले विभिन्न नृत्यका कक्षा समेत संचालन गर्दै आएका छन् । कमलो मन र मिलनसार स्वभावका उनि सबैको प्रेरणाको स्रोत बन्ने काम गर्न रुचाउछन् ।

आफ्नै निर्देशनमा तयार हुने गीतमा उनी आफु लगायत नयां प्रतिभालाई पनि अवसर दिने गरेका छन् । गीत संगीतले उनलाई विभिन्न देशको यात्रा गराईसकेको छ । बहराईन, मकाउ, सिक्किम, बैंकक लगायतका देश उनले भ्रमण गरीसकेका छन् ।

यस्तो छ सगुनले अभिनय गरेको म्युजिक भिडियो

कलाकारलाई गहनाको रुपमा राज्यले लिने गरेको उनको बुझाई छ । काम लागेको बेला लगाउने नत्र फुकाल्ने गरेको उनले सुनाए । कलाकारलार्ई  गहना भन्दापनि राष्ट्रको अंगको रुपमा स्वीकार गर्नुपर्ने उनको भनाई छ ।

उनले अभिनय गरेको टेलिचिलचित्र

संगीतलाई व्यवस्थित गर्न उनको सुझाव छ । अरुको कला चोरेर आफु मोटाउने प्रवृतिले गर्दा वास्तविक कलाकार मारमा परेको उनले वताए ।

यस्तो छ सगुनले अभिनय गरेको म्युजिक भिडियो

बद्री पंगेनीको स्वरमा मार्मिक तीजको गीत “माइतीघर”को भिडियो सार्वजनिक

गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक बद्री पंगेनीको स्वर रहेको तिज गीत माइतीघर एक कार्यक्रमकाबीच विमोचन गरिएको छ ।बिहीबार राजधानीको । दरबार रोधि घरमा कार्यक्रममा गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका निबर्तमान अध्यक्ष चन्द्र शर्माको आतिथ्यतामा सम्पन्न कार्यक्रममा गीत बिमोचन गरिएको थियो। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालीले बजारमा ल्याएको छ।

बद्री पंगेनीपंगेनी र सिता श्रेष्ठ आवाज निकै सुमधुर आवाज रहेको गितलाई रमेश वि.जीले सिर्जना गरेका हुन । साथै गितमा लय भने सञ्चारकर्मी कमल सरगमले बनाएका छन ।

निकै मार्मिक गीतको म्युजिक भिडियोमा कलाकारहरु महेन्द्र गौतम ,रश्मी भट्ट ,रमेश मटारे र रमा थपोलियाको जिवन्त अभिनय गरेका छन ।दुखी परिवार र त्यहि परिवारको खुसिको लागी प्रदेशीयको भाइ र माइतीबाट ढाडा रहेकी छोरी विचको कथालाई निकै उत्कृष्ट रुपमा गितमा उठाउन खोजीएको छ ।

भिडियोको निर्देशन स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन् ।भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् ।

चर्चामा दीपक शर्माको मार्मिक गीत ‘छैनिन पियारी’(भिडियो )

पछिल्लो समयमा नेपाली सांगीतिक क्षेत्र आफ्नो भिन्दै पहिचान बनाउन सफल सङ्गीतकार दीपक शर्मा हुन्। उनले संगीत दिएका पर्ख पर्ख मायालु, तिम्रो पिक्चर हिट, देखन चम्पा, लगायतका चर्चित गीतहरु हुन् ।

दीपक शर्माले आफ्नै शब्द,स्वर तथा संगीतमा निकै मार्मिक गीत ‘छैनिन पियारी’ लिएर आएका छन्। पछिल्लो समय परदेशको कमाईले घर ब्यवहार बिग्रिएका थुप्रै उदाहरण छन् । त्यहि पीडालाई संगीतकार दीपक शर्माले एक गीत सार्वजनिक गरेका छन् ।उक्त गीतलाई धेरैले मन पराएका छन् ।

लोक पप शैलीमा तयार भएको सार्वजनिक गीत लिरिकल भिडियो भएको र उक्त भिडियोको सङ्गीतकार शर्माले छिट्टै नै भिडियो नै तयार गर्ने बताएका छन् । उदयराज पौडेलको एरेन्ज रहेको लिरिकल भिडियो सम्पादन अशोक मल्लले गरेका हुन् ।

छायाँछवि तीज म्यूजिक अवार्डको दर्ता आव्हान

छायाँछवि क्रियशनले विगत ५ वर्षदेखि गर्दै आएको विल्कुलै नवीनतम् छायाँछवि तीज म्यूजिक अवार्डको पाँचौं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ ।

नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ । पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमकी संयोजक गीता अधिकारीले बताएकि छिन् ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले पाँचौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न ३० विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र २५ गते उक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए।

चर्चित क्रिकेटर संदिप लामिछानेको पहिलो गीतको अफिसियल भिडियो सार्वजनिक

चर्चित क्रिकेटर संदिप लामिछानेको पहिलो अफिसियल गीतको भिडियो सार्वजनिक भएको छ । ‘उदाश थियो’ बोलको सार्वजनिक गीतमा लामिछानेको संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको छ ।

गीतमा अनिल धितालको संगीत सृजना रहेको छ । सुत्र इन्टरटेन्मेन्टको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको यस म्युजीक भिडियोमा निशान घिमिरेको निर्देशन, अर्जुन तिवारीको छायांकन तथा विकाश दहालको सम्पादन रहेको छ ।

लोकेसनको हिसावले निर्देशक घिमिरेले उत्कृष्ट लोकेशन चयन गरेका छन् भने छायाँकार तिवारीले पनि त्यस्तै लोभलाग्दा दृश्यहरु आफ्नो क्यामेरमा कैद गर्न सफल भएका छन् । विनोद तिमिल्सिनाको उत्कृष्ट संगीतमा संदिपले मिठो स्वर भरेका छन् भने जीवन र सृष्टिको अभिनय पनि उत्कृष्ट देखिन्छ ।

गायक योगी भानुको ‘आकासै मा’ गीतको भिडियो सार्वजनिक

गायक योगी भानुको ‘आकासै मा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। गायक योगीको नै शब्द रहेको सार्वजनिक गीतमा विक्रम कार्कीको संगीत रहेको छ।

गीतको भिडियोमा पुर्णिमा र अनशिब लाई फिचरिंग गरिएको छ ।गीतमा चितवन ठिटो साहिलीको गाउमा जादा भेटेको र मन मिले चितवन लाने कुरा गरिएको छ ।

सन्तोष र राजुको निर्देशन रहेको भिडियोलाई राजुले सम्पादन गरेका हुन् ।सन्तोष र चंक्रको छायांकन रहेको यस भिडियोलाई हाईलाईट नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

स्मिता दाहाल र सरोज ओली को गीतमा कार्टुन्ज क्रु र प्रियंका कार्की(भिडियो)

गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वर रहेको ‘पानी कुवाको’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।गायिका स्मिता दाहाल नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)कि नातिनी हुन्।

दिनेश थपलियाको शब्दमा रहेको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् । उदयराज पौडेलको एरेन्जको गीतलाई उज्वल श्रेयान महतले मिक्सिङ र अर्जुन जिसीले सम्पादन गरेका छन् ।

भिडियोमा कार्टुन्ज क्रुलाई फिचरिङ गरिएको गरिएको छ । उनीहरुले गरेको अहिलेसम्मको फरक प्रकृतिको भिडियो हो, जसमा क्रुका सबै सदस्यहरु नेपाली पोशाकमा देखिएका छन् ।

आश्मा विश्वकर्मा गुन्यू चोलीमा सजिएकी छिन् भने सरोज लगायत क्रुका अन्य सदस्यहरु दौरा सुरवाल र स्टकोटमा देखिएका छन् । साथै भिडियोमा नायिका प्रियंका कार्कीलाई पनि देख्न सकिन्छ । भिडियोम उनको छोटो भुमिका छ ।

रमिला र खुमनको तीज गीत ‘भुरुरु उडेको पुतली’को भिडियो सार्वजनिक

चर्चित गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाढ हरितालिका तिजलाई लक्षित गरेर ‘भुरुरु उडेको पुतली’ को भिडियो सार्वजनिक गरेकी छिन् ।

गीतमा चर्चित गायक खुमन अधिकारीले यस गीतमा न्यौपानेलाई साथ दिएका छन् । अधिकारीको लय शब्दमा गीत तयार भएको हो । बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त रुपमा यो गीत बजारमा आएको हो ।

मायालु इन्टरनेटमेन्टले गीतको बजार व्यवस्थापन गरेको हो ।लोकप्रिय गायिका न्यौपानेका अधिकांश गीत श्रोता दर्शकले मन पराएका छन् । देश तथा विदेशमा हुने सांस्कृति कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् ।