Monday , 17 June 2019
News update
Home >> Nepali Movie Song (page 4)

Nepali Movie Song

भ्यालेन्टाईनमा प्रदीप र जसिताको जुन उपहार (भिडियो)

चलचित्र लिलीबिलीका चर्चित जोडी अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको चलचित्र ‘लभ स्टेशन’को नयाँ गीत ‘घाम जुन चाहिँदैन’।को भिडियो प्रणय दिवस (भ्यालेन्टाईन डे) को अबसर पारेर बिहिबार दिउँसो सार्वजनिक गरिएको छ ।
आगामी २२ चैतबाट सिनेमा हलमा रिलिज हुने यो लभ स्टेशनको ‘घाम जुन चाहिँदैन” को भिडियो सार्वजनिक गरिएको छ । गीतमा घाम जुन चाहिँदैन मायाँ भए पुग्छ भन्दै अभिनेता प्रदीप र अभिनेत्री जसिताले आ आफ्नो प्रेमभाव प्रस्तुत गरेका छन् । दीपक शर्माको शब्द संगीत रहेको यो गीतमा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर रहेको छ ।


छायाँकनको हिसावले गीतको भिडियो निकै सुन्दर बनेको छ । छायाँकनका लागि भियतनामको विश्वभर चर्चित लोकेशन दानाङ्ग, बाना हिल, ड्राईगन ब्रिज, हालम्बे, हानोई र इन्डोनेशियाको बालीमा यो गीतको छायाँकन गरिएको हो । यो लेकेशनमा दर्जनौं हलिउड मूभिहरु छायाँकन भईसकेको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराए । गीतको माग अनुसार नै यो सुन्दर ठाउँमा छायाँकन गरिएको पनि शाहीले जानकारी गराए ।
यसै बिषयमा अभिनेता प्रदीप खड्काले भ्यालेन्टाईन डे र यो गीत पनि लभ सङ भएकाले दर्शकलाई प्रणय दिवसको अबसर पारेर रिलिज गरेको जानकारी गराए । रिलिजको लागि अब ५१ दिन बाँकी भएकाले पनि प्रचारको क्रम यही गीतबाट सुरुवात गरिएको पनि उनले प्रकाश पारे ।

यो पारिवारिकसँगै प्रेम कथासँगै ‘लस्ट एन्ड फाउन्ड’ स्टोरीमा आधारित रहेको अभिनेता प्रदीपले जानकारी गराए । अग्रज निर्देशक उज्ज्जल घिमिरेले बनाएको यो चलचित्र परिपक्क बनेको पनि उनले बताए,‘लिली बिलीबाट दर्शकले साह्रै मायाँ गर्नु भएको जसिता र मेरो जोडीलाई एक पटक पुन उहाँहरुले लभ स्टेशनबाट त्यो भन्दा सार्थक रुपमा पर्दामा यहाँहरुले देख्न पाउनु हुनेछ ।’
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय यसमा छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

 

‘यात्रा’को पहिलो गित ‘पञ्च पन्छी’ सार्वजनिक(भिडियो सहित)

बहुप्रतिक्षित फिल्म ‘यात्रा’ को पहिलो गीत सार्वजनिक भएको छ । केही दिन अगाडि सार्वजनिक टिजरले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले ट्राभल गीत सार्वजनिक गरेको हो ।लुक्स, हेयर स्टाइल र आकर्षक ड्रेसअपका कारण अन्य अभिनेताभन्दा आफूलाई फरक रुपमा दर्शकमाझ चिनाएका ‘स्टाइलिस’ अभिनेता सलिनमान बनियाँ गितमा प्रमुख भुमिकामा देखाईएको छ ।

‘पञ्च पन्छी’ बोलको गीतमा शब्द तथा संगीत प्रतिक पौडेलको छ । मेलिना राई, धर्मेन्द्र सेवान, प्रेक्षा बज्राचार्य र उपकार पौडेलले स्वरभरेका छन् । भिडियोमा प्रविण सिंहको कोरियोग्राफी छ । गीतमा सलिनसहितका अन्य चार कलाकारहरु मस्ती मुडमा देखिएका छन् । गीतमा काठमाडौंदेखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ ।

जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटुवाल, धिरेन शाक्य, राजाराम पौडेल, समृद्धि राई, योगेशजंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोललगायतको फिल्ममा अभिनय छ । विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । बालकलाकारको रुपमा अंकित संग्रौला र एन्जल राई रहेका छन् ।

चैत २९ गतेबाट प्रदर्शनमा आउने ‘यात्रा’ मा सलिनमान एक भ्लगरको भूमिकामा छन् । यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह(निर्माता छन् । फिल्ममा कथा पनि निर्देशक स्वयंको छ । संजय लामाको छायांकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । कविराज गहतराजको पनि कोरियोग्राफी रहेको यसमा शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रले संगीत भरेका छन् ।

गीत हेर्नुहोस् :-

चलचित्र ’रुमालै छ चिनो’ को मार्मिक ’आमा नबस्नु पर्खेर’ सार्वजनिक (भिडियो)

चलचित्र ’रुमालै छ चिनो’ को ’आमा नबस्नु पर्खेर’ बोलको नयाँ गित सार्वजनिक भएको छ । लोक शैलीको यस गितमा संचिता लुईंटेल, किशोर खतिवडा र शुशान्त कार्की लाई देख्न सकिन्छ । गीतमा सिपाहीले घर परिवारलाई सम्झिदाको पिडा देखाउन खोजिएको छ । गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द छ ।

नेपाली लाउरेहरुको कथा बोल्ने यस फिल्ममा नायक सुशान्त कार्की इण्डियन लाउरेको भूमिकामा देखिएका छन् भने उनको जोडीको रुपमा नव नायिका अप्सना थापा छिन । फिल्मको कथाको रेशम थापाले नै लेखेका हुन् ।चलचित्र फागुन १० देखि प्रदशनमा आउँदैछ ।

चलचित्रलाई निर्देशन दिनेश सिंह ठकुरी गरेका हुन् ।चलचित्रमा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का, अमृता पाण्डे, शान्ति श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ज्वती फिल्मसको ब्यानरमा बनेको यस चलचित्रलाई चन्द्र ब. खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा लगानी गरेका छन् ।

अपिल बिष्टको चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक (भिडियो)

मंगलवार राजधानीमा एक कार्यक्रमका चलचित्र ‘कागजपत्र’ को गीत सार्वजनिक गरिएको छ । चलचित्रको ‘माया संसार…’ बोलको सार्वजनिक गीतमा हर्कुलस बस्नेतको संगीत,शब्द र स्वर रहेको छ।

कमेडी र सोसल ड्रामा जनरामा राखिएको ‘कागजपत्र’मा चलचित्र ‘कागजपत्र’ मा नाजीर हुसैन,भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, निरज सिंह विष्ट, लक्ष्मी वर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको निर्देशक तथा लेखक अपिल बिष्टले गरेका हुन् ।चलचित्र चैत ८ गते रिलिज हुदैछ।फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् ।फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको यस चलचित्रमा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकाटीको लगानी रहने छ । किरण न्यौपाने र सरस्वती श्रेष्ठ चलचित्रका सह-निर्माताको रुपमा रहेका छन् ।

चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत सार्वजनिक (भिडियो)

प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘रणवीर’ को रोमान्टिक गीत मायामा सार्वजनिक गरिएको छ । गीतमा फिल्मका दुई कलाकार सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् ।

पोखरा तथा आसपासका मनोरम दृश्यमा छायाँकन गरिएको गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । गीतमा हर्कुलस र प्रविशा अधिकारीले स्वर दिएका छन् । गीतलाई गम्भीर विष्टले कोरियोग्राफ गरेका हुन् ।

माघ १८ गतेबाट प्रदर्शनमा आउने ‘रणवीर’ मा सन् २०१२ कि मिस इन्टरनेशनल हुदै ग्लामर फिल्डमा इन्ट्री गरेकी सुवेक्षाले यसकिसिमको गीतमा पहिलो पटक देखिएको बताइन । ‘मलाइ निकै खुसि लागेको छ र यस किसिमको लभ गीतमा पहिलो पटक देखिएकी हु’ सुवेक्षाले भनिन् ‘गीतले दर्शकलाई रोमान्टिक फिल दिन्छ ।’ सुवेक्षा झैँ सुशील पनि निकै उत्साहित छन् । ‘यो गीत मैले नै गाएको जस्तो लाग्छ’ सुशील भन्छन् ‘गीतमा रणवीरको रोमान्टिक अवतार छ ।
’https://www.youtube.com/watch?v=ICDm22-Pyyw
फिल्ममा सुशील र सुवेक्षासँगै सुपुस्पा भट्ट , प्रशान्त ताम्राकार , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा , शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । चलचित्रमा लेखन तथा निर्देशक गोविन्द सिंह भण्डारीको रहेको फिछ । चलचित्रलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

चलचित्र ‘दाल भात तरकारी’को ‘भिजिट भिषा’ मा गीत सार्वजनिक (भिडियो)

बहुप्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’ को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच ज्योतिषले दिएको साइत अनुसार दिउँसो १ बजेर २७ मिनेटमा पत्रकारलाई देखाउँदै निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।

हरिबशं आचार्यको शब्द रहेको गीतमा अन्जु पन्त र निशान भट्टराईको आवाज रहेको छ । गीतमा चर्चित संगीतकार शम्भुजित बास्कोटाको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतलाई चर्चित कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी गरेका हुन् ।

‘मह संचार’ को प्रस्तुती तथा किरण केसीको निर्माण रहेको चलचित्रको ‘भिजिट भिषा’ मा बोलको गीत सार्वजनिक भएको हो । गीतमा चलचित्रका मुख्य कलाकारहरु हरिबशं आचार्य, निरुता सिंह, बर्षा राउत, आचल शर्मा, पुष्प खड्का, राजाराम पौडेल लगायतको फिचरिङ्ग रहेको छ ।

चलचित्रलाई किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।चलचित्र ‘दाल भात तरकारी’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, किरण केसी, राजाराम पौडेल, बर्षा राउत, पुष्प खड्का, आँचल शर्मा, शिशिर वाङ्देन, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।चलचित्रको आइटम गीत प्रियंका कार्कीलाई देख्न सकिन्छ।

मित्र डि गुरुङको सम्पादन रहने फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् ।‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।चलचित्र १३ बैशाख प्रदर्शनमा आउदै छ ।चलचित्रको कथा ,पटकथा , संवाद तथा गीत हरिवंश आचार्यले लेखेका हुन् ।चलचित्रको छायांकन चितवन तथा राजधानीको विभिन्न ठाउमा गरिएको हो ।

ज्योतिष हरिहर अधिकारीको कृष्टिन पौडेल ‘शुभलभ’(भिडियो)

चलचित्र ‘शुभलभ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको टाइटल गीत ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ सार्वजनिक गरिएको हो ।गीतमा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचरिंग गरिएको छ ।

पोखरामा छायांकन गरिएको यस गीतमाअहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ।गीतमा निशान भट्टराईले गीतमा स्वर दिएका छन् भने कोरियोग्राफर रामजी लामिछानेको रहेको छ ।

‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमालाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । सिनेमामा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।

सिनेमामा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

चलचित्र ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक (भिडियो)

सुबिन भट्टराईको बहुचर्चित उपन्यास ‘समर लभ’ माथि बनेको चलचित्र ‘समर लभ’ को दोस्रो गीत सार्वजनिक भएको छ । यस अघी सार्वजनिक ‘साया’ बोलको गीतबाट निकै राम्रो हाईप पाएको चलचित्रको दोस्रो गीत ‘हेरन बाझो मनभरी’ सोमबार सार्वजनिक भएको हो ।

सार्वजनिक १ मिनेट १८ सेकेन्ड लामो गीतमा ‘समर लभ’ का मुख्य पात्रहरु अतित (आशिश पिया) र साया (रेवती क्षेत्री) बिचको रोमान्स देखाईएको छ । गीतमा पुष्पन प्रधानको शब्द संगीत रहेको छ । गीतमा सुमित विश्वकर्माले आवाज भरेका छन् भने उनकै संगीत संयोजन रहेको छ । गीतमा केही प्रेमिल संवाद पनि रहेको छ ।

‘समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ ।चलचित्रमा सुरज सिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

मुस्कान ढकाल निर्देशित ‘समर लभ’ लाई नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् ।

चर्चित उपन्यास समर लभका लेखक सुविन भट्टराईको कथा, सामिप्यराज तिमिल्सेना र सुविन भट्टराईको पटकथा तथा संवाद, पुष्पन प्रधानको संगीत, कोरियोग्राफी कविराज गहतराज, छायाँकन मानकृष्ण महर्जन, संजय लामाको डिओपी, अर्जुन जिसीको सम्पादन रहेको छ । ‘समर लभ’मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।

चलचित्र ‘प्रेम दिवस’मा नायिका प्रियंका कार्की ‘तिम्रो छेउ सरु कि म’ भन्दै (भिडियो)

सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिम्रो छेउ सरु कि म’ बोलको गीतमा गायिका अन्जु पन्तको स्वर छ ।गीतमा शब्द तथा संगीत महाराज थापाको रहेको छ।

गीतको भिडियोमा चलचित्रकी मुख्य नायिका प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ । चलचित्रको यो गीतमा कुनै एक यूवतीले आफ्नो सपनाको राजकुमारलाई कल्पिएर मनको कुरा व्यक्त गर्न खोजेको देखाइएको छ ।भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् भने मानकृष्ण महर्जनले छायांकन गरेका हुन् ।

योगेश घिमिरेको निर्देशन रहेको चलचित्र ‘प्रेम दिवस’ आउँदो बर्षको जेठ ३ गतेबाट रिलिज हुने छ । लभ स्टोरी यस चलचित्रमा प्रियंका कार्की, आयुषमान देशराज जोशी, हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, संजय न्यौपाने, श्री कृष्ण लुइटेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई संजय न्यौपानेको निर्माण गरेका हुन् । रेनिश फागोको छायाँकन, मिलन श्रेष्ठ र बनिश शाहको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।फिल्मको गीतमा महाराज थापा, महेश खडका, दीपक शर्मा, करण राज कार्कीको संगीत, डा. कृष्ण हरी बराल, शान्ती प्रिया, बवि थापा, सन्तोष थापाको शब्द, अन्जु पन्त, निशान भट्टराई, मेलिना राई, किरण राज कार्कीको स्वर रहेको छ । कथा लेखन प्रदीप भारद्वाजको रहेको छ ।

गायक सुनिल गिरिको ‘सोल्टिनी’को भिडियोमा पुष्प खड्का र अन्जली अधिकारी

गायक सुनिल गिरिको नयाँ गीत ‘सोल्टिनी’को भिडियो सार्वजनिक गरिएको छ ।पछिलो समय युवापुस्तामा आफ्ना उत्कृष्ट श्रीजनाहरुद्वारा मन मुटुमा बस्न सफल गायक सुनिल गिरिको ‘सोल्टिनी’मा उनि सगै अपेक्क्षा गिरी स्वर रहेको छ ।

सुनिल गिरिको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोलाई पछील्लो समय आफ्नो निर्देशकिय पक्ष बाट धेरै को मन जित्न सफल निर्देशक दीपेन्द्र तिमील्सिनाको निर्देशनमा तयार गरिएको हो।

म्युजिक भिडियो मा बोल माया गीतबाट ख्याती कमाएकी अन्जली अधिकारि, नायक पुष्प खड्का र हेरुका लामाको अभिनय रहेको छ । चागुनरयण मन्दिर आसपासमा छायांकन गरिएको म्युजिक भिडियोलाई नबराज उप्रेतिले छायांकन गरेका हुन भने सम्पादन मनोज कार्किको रहेको छ ।