Saturday , 20 October 2018
News update
Home >> Nepali Movie Song (page 5)

Nepali Movie Song

चर्चा र युट्युब ट्रेन्डिङमा दुर्गा खरेलको गीत,प्रियंका कार्कीको बोल्ड अवतार (भिडियो)

पछिल्लो समय नेपाली सांगेतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाएका सफल तथा निकै चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहको नया गीत ‘भेटेरै सुन्नु छ ’ बोलको गीतलाई युट्युबमा रूचाइएको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको यस गीत रिलिज सगै युट्युब ट्रेन्डिङ समेत परि रहेको छ ।यो बर्ष मात्रै दर्जन भन्दा बढी सुपर हिट गीत दिएका अर्जुन पोखरेलको ‘भेटेरै सुन्नु छ ’गीतलाई पनि युट्युबमा रिलिज पाच दिन नपुदै ५ लख ७३ हजार भन्दा बढी हेरिएको छ।पछिल्लो केहि बर्ष यता नेपाली सिनेमा बजारमा अर्जुनले एक छत्र राजा गरेका छन् भन्दा फरक नपर्ला।

अमृत रेग्मीको शब्द ‘भेटेरै सोध्नु छ’ बोलको गीतमा मा प्रियंका कार्कीको बोल्ड अवतारलाई देख्न सकिन्छ । भिडियोमा प्रियंका कार्की सगै पवन शर्मालाई पनि फ़िचरिङ्ग गरिएको छ । गीतमा चर्चित गायिका दुर्गा खरेल र फिरोज बस्नेतको स्वर रहेको छ ।

निशान घिमिरेको निर्देशनमा तयार भएको यस भिडियोमा सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारीको छायाँकन र विकास दाहालको सम्पादनमा भिडियो निकै कलरफुल बनेको छ ।गीतलाई अर्जुन पोखरेलले आफ्नो अफिसियल युटुव च्यानल ‘द डिभाइन म्युजिक’ (The Divine Music)मार्फत सार्वजनिक गरेका हुन् ।

निराजन प्रधान र सारा शिर्पालीको जोडी ‘माया लगाइ’ गीतमा (भिडियो )

गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ…’     बोलको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।

संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । प्रस्तुत गीतमा संगीत पनि थापाकै छ । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

शिव परियारको स्वरमा निकै मार्मिक गजल ‘जितेर पनि हारमा छु’को भिडियो सार्वजनिक

चर्चित गायक शिव परियार स्वरमा निकै मार्मिक मन छुने गजल ‘जितेर पनि हारमा छु’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गजलकार सुरेश वाग्लेको प्रेम र अस्वभाविक बिछोडका शब्दमा रचिएको गजललाई गायक परियारको स्वरमा प्रस्तुत गरिएको हो ।

सार्वजनिक गजलमा हरि लम्सालको सङ्गीत रहेको छ ।केही दिन अघि सार्वजनिक वाग्लेको १० गजल समावेस गीति एल्बम ‘तिमी साथ भएपछि’मा समावेस गजल ‘जितेर पनि हारमा छु’को भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायक तथा मोडल पुष्प खड्का र अभिनेत्री मरिस्का पोखरेल निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।केही समय अन्तराल पछि आशलाग्दो सांगीतिक कोशेलि लिएर दर्शक श्रोतामाझ आएको भन्दै गायक स्वयम शिव परियारले सार्वजनिक गीत प्रति उच्च आश रहेको जानकारी दिएका छन्।

लामो समदेखि अमेरिका बस्दै आएका वाग्लेको नेपाली गजल, गीत संगीत र संस्कृतिको बिकासको उदेश्यको फलस्वरुप सार्वजनिक गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारिको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

गजलकार वाग्लेका सोमबार सार्वजनिक ‘जितेर पनि हारमा छु’ बाहेक अन्य २ गीतको भिडियो पनि केहि दिन अघि सार्वजनिक भएका थिए। दर्शक तथा श्रोताहरुको अपार माया र साथले वाग्लेका गजलहरु निकै लोक प्रिय बन्दै गएका छन्।

युट्युब ट्रेन्डिङको शीर्षस्थानमा टंक बुढाथोकी र ‘द कार्टुन्ज क्रु’को ‘रेली माइ’(भिडियो )

पछिल्लो समय युट्युबमा निकै चर्चामा रहेको नेपालकै चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ र चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको नया गीतको भिडियोले युट्युबमा धमाका नै मचाएको छ ।

बिहिबार बेलुका युट्युबमा सार्वजनिक गरिएको गीत एक दिनमा नै गीत नेपालको युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ ।गीतले रिलिज भएको केहि घण्टा नपुग्दै नेपालको युट्युब ट्रेन्डिङको शीर्षस्थानमा कब्जा गर्न सफल भएको छ ।

यो समाचार तयार पर्दा सम्म‘रेली माइ’ बोलको सार्वजनिक गीतलाई ५ लाख ७३हजर बढी बढीले हेरी सकेका छन् ।गीतमा ३१ हजार भन्दा बढी लाईक र १६ बढी डिसलाईक आएको छ।अहिले सम्म २८७३ जनाले कमेन्ट गरेको यस गीतलाई युटुबमा र सामाजिक संजालमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ गीत र आसुको अर्थ जस्ता सफल गीत दिएका छन् ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु  सरोजअधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

टंक बुढाथोकीको ‘रेली माइ’मा ‘कार्टुन्ज क्रु’को फरक र दमदार डान्स (भिडियो )

पछिल्लो समय गीत संगीतमा निकै चर्चामा रहेको गायक तथा संगीतकार टंक बुढाथोकी र नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ ।

‘रेली माइ’ बोलको गीतमा स्वर, शब्द तथा संगीत टंक बुढाथोकीको रहेको छ । यो बर्ष मात्रै चलचित्र ’शत्रु गते’ मा समावेश गीत ’रुपै मोहनी’ गीत र आसुको अर्थ जस्ता सफल गीत दिएका गायक तथा संगीतकार टंक बुढाथोकी यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउने बताएका छन् । केहि घन्टामा युट्युब ट्रेन्डिङको ६ नम्बरमा पर्न सफल ‘रेली माइ’ गीतले गायक टंक बुढाथोकीको अर्को सुपर हिट गीत हुने आकलन गर्न सकिन्छ ।

सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै फरक र दमदार डान्स देख्न सकिन्छ ।सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोमा सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् ।

गीतको भिडियोमा कार्टुन्ज क्रुको सदस्यहरु रोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकीलाई फ़िचरिङ्ग गरिएको छ ।ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

यस्तै सार्वजनिक भिडियो सगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगीलाई क्रमश प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।

२०७५ असार १ गतेसम्म पठाईसक्नुपर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ । भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर thecartoonzcrewofficial@gmail.com मा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केहि बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ ।

शिव परियारको ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’को भिडियो सार्वजनिक

चर्चित गायक शिव परियारले आफ्ना दर्शक तथा स्रोता सामु नया गीत लिएर आएका छन् । नेपाली सांगीतिक आकाशमा कयौं हिट गीत दिएका परियारले ‘मात नलाग्ने’’बोलको गीतका भिडियो आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

शिवको शिवालय एल्बममा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ । गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ।

यहि बर्ष मात्रै शिवको ‘आँशुको अर्थ’र “हल्ला हल्ला मै माया” जसत हिट बजारमा आइसकेका छन् । मेरो अरु गीत जस्तै ‘मात नलाग्ने रक्सी र हात नलाग्ने माया’पनि दर्शक तथा स्रोतालाई मन पर्ने गायक परियारले बताए।

म्यूजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको यस गीतलाई बिकाश धमलाले सम्पादन गरेका हुन् ।

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा निकै मार्मिक गीत ‘मरे आमा’ सार्वजनिक

गत फागुन २८ गते यूएस बंगला एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुखद दुर्घटनाको  बारेमा गायक कर्णराज गिरीको आवाजमा निकै मन छुने गीत सार्वजनिक गरिएको छ ।

नविन पन्तको शब्द तथा गायक कर्णराजको संगीत रहेको ‘मरे आमा’बोलको सार्वजनिक गीत मार्फत विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झना गरिएको छ ।डाक्टर बनेर आउने छोराको अगाडी स्वर्गीय लेखिदा आमालाई कति पिडा भयो होला गीत मार्फत प्रस्तुत गर्न खोजिएको छ ।

निकै मार्मिक यस गीतले फेरी विमान दुर्घटना परेर मृत्यु भएकाप्रति श्रद्धाञ्जली स्वरुप गीत निकालिएको गायक कर्णराज गिरी बताए ।उक्त विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ४९ जनाको मृत्यु भएको थियो ।

लखपति माग्नेको छायांकन सुरु

नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुँदै गएको चलचित्र लखपति माग्नेको छायांकन प्रारम्भ भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्र लखपति माग्नेका निर्माता भने प्रकाश चन्द्र महर्जन हुन् । चलचित्रको सह निर्मातामा भने राजेश खड्गी रहेका छन् । सवनम खाफैले लेखेको लखपति माग्नेको पचली भैरवबाट छायाँकन प्ररम्भ गरिएको छ ।

चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुको जम्घट रहेको छ । मुख्य कलाकारहरुमा कमलमणी नपाली, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णु प्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाल रहेका छन् ।

चलचित्रमा शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत रहेको छ भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत रहेको छ । चलचित्रको गीतमा युवराज चौलागाई, कृष्ण काफ्ले, विन्दु परियार, टिका प्रसाई, भुपु पाण्डे र विशाल घोषको स्वर रहेको छ ।

चलचित्रमा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा किम्भेले चलचित्रको सम्पादन गर्नेछन् ।चलचित्रको लेखक एवं निर्देशक सवनम् मुखीयाका अनुसार छायांकन करिव ३५ दिनको हुनेछ भने काठमाडौं वरपर सहित धुलिखेलमा समेत चलचित्र खिचिनेछ ।

दयाहाङ राई भिलेन बनेको चलचित्र ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक

चैत ३० गतेलाई प्रदर्शन मितितय गरिएको फिल्म ‘नेप्टे’ का पोष्टरहरु सार्वजनिक भएका छन् । ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको फिल्मको पोष्टरमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरु ‘फिचर’ छन् ।

फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज . बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता जय किशन बस्नेतलाई फिल्ममा केमियो गर्दै गरेको देख्न सकिनेछ । फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दया भिलेन बनेका छन् । ट्रेलरमा उनले बोलेका केही संवादले फिल्मप्रति दर्शकमा झनै उत्सुकता जगाइदिएको छ।

चलचित्र ‘लम्फू’ को दोश्रो गीत सार्वजनिक (भिडियो)

चलचित्र ‘लम्फू’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । ‘दोधारमा परेँ म’ को गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा नरेश भट्टराईका शब्द रहेको छ ।गीतमा नायिका मरिश्का पोखरेल र नव-नायक कबिर खड्का फिचरिङ छन् ।

बैशाख २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘लम्फू’ मा गोपालचन्द्र लामिछानेको निर्देशन रहेको छ। ‘लम्फू’ लाई पपुलर मल्टिमीडियाको लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

चलचित्रमा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ चलचित्रमा ‘तरकारीवाली’ को नामले प्रख्यात कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ ।

एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरुमा निर्माण गरिएको फिल्ममा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको यस फिल्मका सम्पादक हरि सिलवाल हुन् ।