Friday , 22 February 2019
News update
Home >> Nepali Movie Song (page 8)

Nepali Movie Song

संजीवनी र नारायण धितालको स्वरमा ‘अंगालोमा बाधी´को भिडियो सार्वजनिक

संघर्षमय वैदेशिक जीवन अनि त्यही जिवनसंगै जोडिएको उज्वल भबिस्य र समाजमा एक परिचयले चिनिने लक्ष्य । दैनिक जीवन सुखद पारौ त सानैदेखी परिचित बन्ने सपनाले पिरोल्छ… यस्ता कयौ दुखद पल,पिडादायी पलहरु र संघर्षका दिनहरु बिताएका छन गायक नारायण धिताल । आफ्नो जन्मभुमि देखी टाढा ,आफ्नो परिवारदेखी टाढा र मित्रहरू देखि टाढा रहदाको पिडा त छदैछ साथमा सानै उमेर देखि गायक बनेर आफ्नो देशको भाषा र भाकालाई सदैब गायन मार्फत चिनाउने लक्ष्य पुरा गर्न लागि परेको दुख र संघर्षका कुरा व्यक्त गर्छन गायक नारायण धिताल ।

यस्तै करीब ८ बर्षको अन्तरालपछि गायक नारायण धितालले आफ्नो एकल आवाजले भरिएको पछिल्लो गीति एल्बम ’जय मायाप्रेम’ दर्शकमाझ लिएर आए र सोही एल्बमबाट गायक धितालले आफुलाई पनि नेपाली गीत संगीत क्षेत्रमा एक सफल गायकको रूपमा चिनाएर दर्शक श्रोतामाझ निकै नै लोकप्रियता कमाए । गायक धितालले एल्बम जय मायाप्रेम अघि पनि एल्बम `धड्कन र काईट्स´ सार्वजनिक गतिसकेको थिए भने उनले त्यस सार्वजनिक दुई एल्बमबाट आफुले सोचेको जति लोकप्रियता कमाउन नसकेको जानकारी समेत दिएका छ्न ।

यहि पछिल्लो सार्वजनिक एल्बम ` जय मायाप्रेम ´ बाट सार्वधिक चर्चामा रहेको गायक धितालको आवाजले भरिएको यस ` अंगालोमा बाधी´ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक यस गीतमा गायक धितालसंगै भारतीय चर्चित गायिका संजीवनीको मोहनी आवाज पनि सुन्न सकिन्छ भने उनको यो पहिलो गीत हो जहाँ उनले एक अन्य भाशीत अनि निकै चर्चित गायिका संजिवनीसंग आफ्नो सुमधुर आवाज भरेको हो । सार्वजनिक यस गीतमा निरपेश उप्रेतीको शब्द रचनामा शिखर आर सन्तोषको निकै आकर्षण संगीत सृजना रहेको छ ।

स्कट्ल्यान्डको सुन्दर अनि आकर्षण स्थलहरुमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अभिषेक थापा र लिशा सुनारको उत्कृष्ट अभिनय रहेको छ । मोहन कार्कीको कोरियोग्राफी अनि फौस्तास तलक्काको छायांकन रहेको यस गीतको भिडियोलाई दिपेश रेग्मीले निर्देशन तथा सम्पादन गरेका छ्न ।

मोडल माला लिम्बु र नयन डिसीको माया भाइरल भयो पछि (भिडियो )

गायक कर्णराज गिरीको नया गीतको भिडियो सार्वजनिक भएको छ ।पछिलो समय बिस्तारै नेपाली सांगेतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन लागि परेका कर्णराजलाई सार्वजनिक ‘भाइरल भयो रे’ बोलको गीतले उनलाई थप सहयोग गर्ने देखिन्छ ।

‘भाइरल भयो रे’ गीत सार्वजनिक भएको २ दिनमा नै युट्युवमा एक लाख ३० हजार भन्दा बढी पटक हेरी सकिएको छ ।नारायण बस्नेतको शब्द रहेको गीतमा संगीत भने गायक कर्णराजको नै रहेको छ ।

नयन डिसीको निर्देशन रहेको म्युजिक भिडियो माला लिम्बु र नयन डिसीलाई फिचरिंग गरिएको छ भने गु्रभी ब्वाइज समुहलाई पनि देख्न सकिन्छ ।भिडियोमा माया पिरतीका साथै रमाईलो तरिकाले देखाउन खोजिएको छ ।

गायक कर्णराजले ‘दर्शक स्रोताले आफ्नो अरु गीत जस्तै यस गीतलाई पनि मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएको बताएका छन् ।’यसअघि उनका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’,‘मन भित्रको माया’ जस्ता सफल गीतहरु निकाली सकेका छन् ।

यूट्यूवमा भाइरल अशोक दर्जिको पहिलो गीत सार्वजनिक (भिडियो)

यूट्यूवमा भाइरल भएका बालक अशोक दर्जिको पहिलो गीत यूट्यूवमा रिलिज गरिएको छ । पछिल्लो समय नेपालको युट्युब ट्रेन्डिङ शीर्षस्थान देखि विभिन्न स्थानमा भाइरल भएका अशोक दर्जिको बुधबार राजधानीमा एक कार्यक्रमको बिच उनको स्वर रहेको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

अशोक दर्जिको उपस्थितिमा काठमाडौंको पुतलीसडकस्थित ‘स्टुडियो नाइन’ मा आयोजना गरिएको कार्यक्रममा गीतको म्यूजिक भिडियो रिलिज गरिएको हो । बि राज नेपालको शब्द रहेको गीतमा संगीत टंक बुढाथोकीको रहेको छ ।अशोक सगै गीतमा टंक बुढाथोकीको पनि स्वर रहेको छ ।

अशोक दर्जिले गएका गीतहरु यूट्यूवमा भाइरल भए पछि गायक तथा संगीतकार टंक बुढाथोकी काठमाडौं ल्याएर दर्जीको गीत रेकर्ड गराएका थिए ।
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत मेलोडियस छ ।म्युजिक भिडियोमा पनि बुढाथोकी र दर्जिकै अभिनय रहेको छ ।

चर्चित लोक गायक खुमन अधिकारी मायाको आशा गर्दै आएपछि (भिडियो)

चर्चित लोक गायक खुमन अधिकारी र गायिका दुर्गा सापकोटाको स्वरमा नयाँ लोक दोहोरी गीति एल्बम ‘पास गरि’ सार्वजनिक भएको छ । माया प्रेममा आधारित पास गरि भन्ने झाउरे बिटको लोक दोहोरी गीत दुर्गा सापकोटा र राज कुमार श्रेष्ठले बजारमा ल्याएका हुन् ।

मोफसलमा रहेर विगत लामो समय देखि निरन्तर गीत संगीतमा लागि परिरहेकी चर्चित लोक दोहोरी गायिका दुर्गा सापकोटाले एक पछि अर्को उत्कृष्ट गीत बजारमा पस्कदै आइरहेकी छिन। यो गीतले पनि राम्रै बजार पाएको छ ।

एक पछि अर्को चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएका नेपाली लोक गीत संगीतका धरोहर गायक हुन् खुमन अधिकारी । लामो समयदेखि लोक गीतको स्वर विधामा अब्बल रहेका अधिकारिको विभिन्न नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेका छन । सबै क्षेत्रमा अब्बल सावित गरि सकेका गायक खुमन आधिकारिका विभिन्न गीतहरुले बजारमा धमाका मच्चाउदै गरेका बेला जादुमय स्वरले भरिएको यस गीतले छोटो समयमा हजारौ दर्शक श्रोताको मन जित्न सफल भई सकेको छ।

आफैमा चर्चित गायक तथा सर्जक खुमन अधिकारिको लय, शब्द रहेको गीतमा उनलाइ निकै पृथक रुपमा गित गाउन सक्ने चर्चित लोक तथा दोहोरी गायिका दुर्गा सापकोटाले साथ दिएकी छिन ।

गीतलाइ चर्चित निर्देशक शंकर बि.सि.ले निर्देशन गरेका छन् । अजय रेग्मिको छायांकनमा रहेको सो भिडियोको सम्पादन भने नवीन घर्ती मगरले गरेका हुन् । भिडियोमा करिस्मा ढकाल र राज कुमार श्रेष्ठले अभिनय गरेका छन् । दुर्गाको यसअघि औला भाची गन्दा, सुपारी काचो, माइती माया र पाली टिनैको लगायका चर्चित गीत बजारमा आइसकेका छन् ।

अनमोल केसी जस्तै देखिने अभिषेक श्रृष्टीको प्रेममा

अहिलेका स्टार नायक अनमोल केसी जस्तो देखिने अभिषेक श्रेष्ठ केहि समय अघि सामाजिक संजाल र युटुबमा भाइरल भएका थिए । नायक अनमोल केसी जस्तै देखिने भनेर उनको चर्चा भयो । नृत्यमा पोख्त अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन् ।

अनमोल जस्तो देखिने अभिषकले म्यूजिक भिडियोमा मोडलिङ पनि गरिरहेका छन् । उनले, मोडलिङ गरेको एक गीतको भिडियो सार्वजनिक भएको छ । ‘लाग्छ तिमी यही छ्यौ’ बोलको गीतको भिडियोमा अभिषेक र मोडल श्रृष्टी खड्कालाई देख्न सकिन्छ ।

दाउत राइ(विकेन्द्र)’को स्वर रहेको यो गीतमा झरना क्षेत्रीको शब्द, र विकेन्द्रकै संगीत छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् । भिडिोमा विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ ।भिडियोलाई रोमान्टिक शैलीमा निशानले तयार गरेका छन् । अभिषेक र श्रृष्टीको जोडी पनि भिडियोमा गज्जबले सुहाएको छ ।

दिपेन्द्र तिमिल्सिनको निर्देशनमा मार्मिक गीत”आँसु”को भिडियो सार्वजनिक

गायिका बिष्णु माझीको स्वरमा सजिएको मार्मिक लोकदोहोरी गीत”आँसु”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।माझी सगै गीतमा नव गायक संजय फाउन्डफेल्डरको आवाज पनि रहेको छ ।

आयुष परियारको लय तथा कुमार परियारको शब्द रहेको मार्मिक गीतलाई निर्देशक दिपेन्द्र तिमिल्सिनले निकै उत्कृस्ट तरिकाले निर्देशन गरेका छन् ।पछिल्लो समय नेपाली चलचित्रमा आफुलाई एउटा राम्रो नूत्य निर्देशन को रुपमा प्रस्तुत गरेका दिपेन्द्र तिमिल्सिनले यस भिडियो लाई पनि उत्कृस्ट बनाएका छन् ।

रन्जिता गुरुङ र बिनोद श्रेष्ठ जिवन्त अभिनय रहेको यस भिडियोमा बालापनको माया प्रेम समेत देखाउन खोजिएको छ।गायक संजयले आफनी अफिसियल युटुब मार्फत सार्वजनिक गरेका यस भिडियोलाई करण चैसिरले छायांकन गरेका हुन् ।भिडियोलाई प्रविन भट्टको सम्पादन गरेका हुन्।

मानव सेवा आश्रमको सहयोगार्थ जापानमा ‘साकुरा नाइट ३’हुने

यस बर्ष पनि जापानमा साकुरा नाइट हुने भएको छ । गत दुई वर्ष यता जापानको मुख्य सहरमा हुदै आएको यस नाइटको तेस्रो शृंखला ‘साकुरा नाइट ३’ मेबाट प्रारम्भ हुने आयोजकले जनाएका छन् ।

जापनिजहरुको मुख्य पर्व गोल्डेन विकलाई लक्षित गर्दै कार्यक्रम हुने आयोजक सुर्य कर्पोरेसनले बताएको छ ।कार्यक्रमलाई अघिल्ला शृंखला भन्दा विशेष बनाउने तयारी भईरहेको कर्पोरेसनका ब्राण्ड एम्बेसडर नरेश भट्टराईले बताए । लोकप्रिय सञ्चारकर्मी भट्टराईले कार्यक्रमलाई रोचक र मनोरन्जनात्मक बनाएको बताए ।

‘अघिल्ला शृंखलाबाट हामीलाई यसपटक अझै परिपक्क बनाएको छ’ सञ्चारकर्मी भट्टराई भन्छन ‘यसपटक जापानमा बस्ने नेपालीहरुको लागि गोल्डेन विक हामी विशेष बनाउने छौ ।’ कार्यक्रम नेपालका चर्चित कलाकारहरु आधुनिक गायक हेमन्त शर्मा, पप गायक कमल खत्री, लोक गायक मिलन लामा, आधुनिक तथा पार्श्व गायिका मिलन अमात्य र कमेडियन सन्दिप क्षत्रीले आफ्नो प्रस्तुति दिनेछन ।

साथै कार्यक्रमको मुनाफाबाट गरिव, दिन दुखि र असाह्यको सहारा बन्दै आईरहेको नेपालको मानव सेवा आश्रमलाई सहयोग गरिने कर्पोरेसनका डाईरेक्टर वासुदेव लामिछानेले जानकारी दिएका छन ।‘हामीले कार्यक्रमलाई मनोरंजनको रुपमा मात्र लिएका छैनौ’ डाइरेक्टर लामिछाने भन्छन ‘हामीले सामाजिक दायित्व पनि निर्वाह गर्ने कोसिस गर्दै छौ ।’अघिल्लो वर्षको साकुरा नाइट २ मार्फत आश्रमलाई १ लाख ११ हजार १११ सहयोग गरिएको थियो । कार्यक्रम मे ३ मा टोकियोबाट सुरु हुनेछ । मे ४ मा नागोया र मे ५ मा ओशाकामा हुनेछ ।

चर्चा र युट्युब ट्रेन्डिङमा दुर्गा खरेलको गीत,प्रियंका कार्कीको बोल्ड अवतार (भिडियो)

पछिल्लो समय नेपाली सांगेतिक बजारमा आफ्नो छुट्टै पहिचान बनाएका सफल तथा निकै चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहको नया गीत ‘भेटेरै सुन्नु छ ’ बोलको गीतलाई युट्युबमा रूचाइएको छ ।

नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको यस गीत रिलिज सगै युट्युब ट्रेन्डिङ समेत परि रहेको छ ।यो बर्ष मात्रै दर्जन भन्दा बढी सुपर हिट गीत दिएका अर्जुन पोखरेलको ‘भेटेरै सुन्नु छ ’गीतलाई पनि युट्युबमा रिलिज पाच दिन नपुदै ५ लख ७३ हजार भन्दा बढी हेरिएको छ।पछिल्लो केहि बर्ष यता नेपाली सिनेमा बजारमा अर्जुनले एक छत्र राजा गरेका छन् भन्दा फरक नपर्ला।

अमृत रेग्मीको शब्द ‘भेटेरै सोध्नु छ’ बोलको गीतमा मा प्रियंका कार्कीको बोल्ड अवतारलाई देख्न सकिन्छ । भिडियोमा प्रियंका कार्की सगै पवन शर्मालाई पनि फ़िचरिङ्ग गरिएको छ । गीतमा चर्चित गायिका दुर्गा खरेल र फिरोज बस्नेतको स्वर रहेको छ ।

निशान घिमिरेको निर्देशनमा तयार भएको यस भिडियोमा सुरेन बसेलले कोरियोग्राफी गरेका हुन् । अर्जुन तिवारीको छायाँकन र विकास दाहालको सम्पादनमा भिडियो निकै कलरफुल बनेको छ ।गीतलाई अर्जुन पोखरेलले आफ्नो अफिसियल युटुव च्यानल ‘द डिभाइन म्युजिक’ (The Divine Music)मार्फत सार्वजनिक गरेका हुन् ।

निराजन प्रधान र सारा शिर्पालीको जोडी ‘माया लगाइ’ गीतमा (भिडियो )

गीतकार अम्बिका गुरुङले आफ्ना रोमान्टिक शब्दहरुको एउटा गीतको म्युजिक भिडियो तयार पार्नु भएको छ । ‘माया लगाइ…’     बोलको  गीतको म्युजिक भिडियो  सार्वजनिक भएको छ ।

संगीतकारको रुपमा स्थापित भैसकेका शंकर थापा स्माइलले यो गीतमा स्वर भरेका छन् । प्रस्तुत गीतमा संगीत पनि थापाकै छ । यो गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । आरबी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेत्री सारा शिर्पाली तथा अभिनेता निराजन प्रधानले अभिनय गरेका छन् । भिडियोमा उनीहरुको जोडी लोभलाग्दो देखिएको छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।

शिव परियारको स्वरमा निकै मार्मिक गजल ‘जितेर पनि हारमा छु’को भिडियो सार्वजनिक

चर्चित गायक शिव परियार स्वरमा निकै मार्मिक मन छुने गजल ‘जितेर पनि हारमा छु’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गजलकार सुरेश वाग्लेको प्रेम र अस्वभाविक बिछोडका शब्दमा रचिएको गजललाई गायक परियारको स्वरमा प्रस्तुत गरिएको हो ।

सार्वजनिक गजलमा हरि लम्सालको सङ्गीत रहेको छ ।केही दिन अघि सार्वजनिक वाग्लेको १० गजल समावेस गीति एल्बम ‘तिमी साथ भएपछि’मा समावेस गजल ‘जितेर पनि हारमा छु’को भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा नायक तथा मोडल पुष्प खड्का र अभिनेत्री मरिस्का पोखरेल निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।केही समय अन्तराल पछि आशलाग्दो सांगीतिक कोशेलि लिएर दर्शक श्रोतामाझ आएको भन्दै गायक स्वयम शिव परियारले सार्वजनिक गीत प्रति उच्च आश रहेको जानकारी दिएका छन्।

लामो समदेखि अमेरिका बस्दै आएका वाग्लेको नेपाली गजल, गीत संगीत र संस्कृतिको बिकासको उदेश्यको फलस्वरुप सार्वजनिक गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारिको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

गजलकार वाग्लेका सोमबार सार्वजनिक ‘जितेर पनि हारमा छु’ बाहेक अन्य २ गीतको भिडियो पनि केहि दिन अघि सार्वजनिक भएका थिए। दर्शक तथा श्रोताहरुको अपार माया र साथले वाग्लेका गजलहरु निकै लोक प्रिय बन्दै गएका छन्।