Friday , 19 April 2019
News update
Home >> Other songs and videos

Other songs and videos

शिव परियारको गीतमा सरोज र आस्माको ’ह्याप्पी ह्याप्पी‘

गायक शिव परियारको स्वर रहेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेली स्वरुप उक्त गीत सार्वजनिक गरिएको रचनाकार सुरेश वाग्लेले जानकारी दिए ।

गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न सकिन्छ। चर्चित नृत्य समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा विकसहित साथीहरुको अभिनय रहेको गीतका भिडियोमा गायक परियारको समेत अभिनय देख्न सकिन्छ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ।

गायक शिव परियारले आफूले मेहनतका साथ गीतमा न्याय गरेको भन्दै गीतको सफलता प्रति आशा व्यक्त गरे। गायक शिव परियारको गीतमा पहिलो पटक काम गर्न पाएकोमा सरोज र आस्माले खुसी व्यक्त गरे ।गत वर्ष सार्वजनिक एकल एल्वम ‘तिमी साथ भएपछि’ का गजलहरू लोकप्रिय भएपछि उत्साहित भएका वाग्ले यो गीतबाट निकै आशावादी रहेको बताए ।

सुगमले ल्याए कर्णाली (भिडियाे)

चर्चित गायक सुगम पोख्रेलले बिल्कुलै पृथक र मौलिक शब्दले सजिएको ‘कर्णाली’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन । लेखन तथा सङ्कलन र कम्पोज समेत सुगम पोख्रेलकै रहेको उक्त म्युजिक भिडियोमा एरेन्ज मोहित मुनालले गर्नुभएको छ ।

रियल टाइम क्रेयसन स्टुडियोमा निर्माण गरिएको उक्त गीतको अडियो मिक्सीङ किसन श्रेष्ठले गर्नुभएको छ । डिजे मेवाहाङकाे रेकर्डङमा रेकर्ड गरिएको गीतमा क्यामेरामेनको रुपमा सर्वदेव सिग्देलले भूमिका निभाउनुभएको छ भने भिडियो मिक्सिङ सुप्रिम पराजुलीले गर्नुभएको छ । मौलिक शब्द सङ्कलित भिडियोले निक्कै चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

चलचित्र आरुसी को डालीमा हो डालीमा गीत रिलिज (भिडियो सहित)

असार २७ गतेवाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘आरुसी’ को दोस्रो गीत रिलिज भएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रको लोकलयमा आधारित ‘डालीमा हो डालीमा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको छ ।

लय संग्रोलाको शब्द रचनामा विकास चौधरी संगीतबद्ध गीतमा पुराना एवं पाका कोरियोग्राफर कमल राईको नृत्य निर्देशन रहेको छ । टिपीकल शब्द भएका कारण यो गीत जनजिब्रोमा झुण्डिने गायक सुसनको विश्वास छ । त्यसो त पछिल्लो समय चलचित्रमा लोकलयका गीतहरुले प्राथमिकता निकै पाउने गरेको छ । संगीतकार विकास चौधरी सार्वजनिक गीतबाट निकै आशावादी छन् ।

उदय सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाई साहारा प्रधान, केशव कुमार श्रेष्ठ र विरु गुरुङले संयुक्त रुपमा निर्माण गरेका हुन् । नयाँ युवा पीडिको चाहाना बमोजिम टिनएजको कथा उठाएर यो पटक आफू प्रस्तुत भएको निर्देशक सुब्बाले बताए । चलचित्रमा इशक राई, रमा लिम्बु, कला राई लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । इशकले यसै चलचित्रबाट नायकको रुपमा डेव्यु गरेका हुन् । सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन् । चलचित्र आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

नेपाल आइडल रवी ओडको पहिलो गीत ‘मिठो बोलीले…’ को भिडियो सार्वजनिक

नेपाल आइडल रवी ओडको गीत ‘मिठो बोलीले…’ को भिडियो सार्वजनिक भएको छ । रवि नेपाल आइडल सिजन–२ का विजेता हुन् ।रविको स्वर रहेको ‘मिठो बोलीले…’उनको पहिलो अफिसियल गीत हो ।

कृष्ण केसीको शब्द रचना रहेको गीतमा हरि लम्सालको संगीत तथा एरेन्ज रहेको छ । गीतको भिडियोमा गायक ओड सगै चर्चित मोडल अलिसा राईको अभिनय रहेको छ ।

गीतको भिडियोमाको निर्देशन शिव बिकले गरेका हुन् ।रामेश्वर कार्कीको छायांकन रहेको यस गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् ।

स्वरुप र विन्दुको स्वरमा ‘नदेखेको धेरै भयो’ सार्वजनिक

चर्चित गायक तथा संगीतकार स्वरुपराज आचार्य र गायिका बिन्दु परियारको स्वर रहेको नयाँ गीत ‘नदेखेको धेरै भयो ‘ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा महेश खड्का र इस्तु कार्कीको जीवन्त अभिनय रहेको छ ।

किशोर अवस्थामा जानेर वा नजानेर गरिने र प्रेम र त्यसले पाउने गहिराईलाई मुख्य कथा बनाएर निर्माण गरिएको भिडियोमा हरेक प्रेमील जोडीको कथालाई जस्ताको त्यस्तै देखाइएको छ । चर्चित संगीतकार दीपक शर्माको संगीत रहेको छ भने इश्वर श्रेष्ठको शब्द शृजना रहेको छ । नरेन्द्र बियोगीको एरेन्ज रहेको गीतको भिडियोमाको निर्देशन प्रकाश धितालले गरेका हुन् ।

शिव परियारको स्वर र संगीतमा ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक

नेपाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको छ ।’आँशुको अर्थ’लाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’को भिडियो सार्वजनिक गरिएको हो ।यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । ।गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

‘आँशुको अर्थ २ – ‘मेरो भागको खुशी तिमीलाई मिलोस’ गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ । ‘आँशुको अर्थ’मा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।

यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।

एकदेव लिम्बूको ‘तिमी आयौ’मा आश्मा गिरी (भिडियो)

गायक एकदेव लिम्बूको नया गीत ‘तिमी आयौ’ को भिडियो सार्वजनीक गरिएको छ । सत्य घटनाबाट प्रभावीत रहेको गीतको भिडियो गायक लिम्बूले सोमबार आफ्नो युट्युव च्यानलमार्फत दर्शकमाझ प्रस्तुत गरेका हुन् ।

अभिनेत्री, मोडल आश्मा गिरीको एकल अभिनय रहेको भिडियोलाई दर्शकले मन पराएका छन् । शर्मीला लिम्बूले लेखेको गीतको भिडियो बियोन्डले निर्देशन गरेका हुन् भने झोले प्रकाशनको छायांकन र सम्पादन छ । गीत राम्रो र मर्मस्पर्सी लागेकाले अभिनय गरेको अभिनेत्री आश्मा बताउछिन् । आश्माले ‘ड्रिम गर्ल’ फिल्मबाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन् ।

भीमफेदी गाइज र एलिसा राईकाे ‘पीपीरी पीपीरी’ गीतको भिडियो सार्वजनिक

भीमफेदी गाइज र एलिसा राईको फिचर रहेको  ‘पीपीरी पीपीरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ। लक्ष्मण बस्नेतको शब्द र  मोहन मगरको संगीत रहेको गीतमा गायक राजेश पायल राई र अनुपम राईको स्वर रहेको छ।

रोशन बान्तवाको संगीत संयोजन रहेको पीपीरी पीपीरीको अडियोलाइ एम आर क्रियसनले ल्याएको हो।   भीमफेदी गाइजको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा ज्ञानेद्र शर्माको क्यामेरा र पवन सुसलिंगको सम्पादन रहेको छ।

नेपाल आइडल कृशल कडेलको म्युजिक भिडियोमा ‘कृशल र सेड्रिनाको’ रोमान्स भाइरल हुदै (भिडियो)

नेपाल आइडल सिजन २ बाट चर्चित बनेका कृशल कडेलको पहिलोम्युजिक भिडियो म्युजिक यतिबेला भाइरल बनेको छ। । गायनसंगै किशोरी नायिका सेड्रिना शर्मासंग उनले अभिनय गरेको गीतले युट्युबमा २४ घन्टामा झण्डै ५ लाख पटक हेरिएर नयाँ कीर्तिमान बनाएको छ।

यो समाचार तयार पार्दा सम्म गीत ६ लाख ५० हजार पटक हेरिएको छ र ट्रेण्डिङ पनि परेकोछ। यस अघि यो जोडी संगै अन्तरवार्ता दिएर युट्युबमा भाइरल भइ ट्रेण्डिङ्ग परेको थियो। सेड्रिनाले यस अघि पनि “नाईँ नभन्नु ल ५” अभिनय गरेर चर्चामा आएकी थिइन।

‘ओढेर घूँघट’ बोलको कृशलको यस गीतमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको प्रेमिल भावको शब्द रहेको छ। यसमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोलाई भद्रगोलका निर्देशक दिपक आर्चायले निर्देशन गरेका हुन् भने कोरियोग्राफी तेन्जु योञ्जनले।

यसैगरी म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन भने चन्दन दत्तले सम्पादन गरेका हुन। कृशल नेपाल आइडलको दोस्रो सिजनमा टप ८ मा पुग्न सफल भएका थिए।

रोशन सिंहले सञ्जना तिमिल्सिनाको वदन भुल्न नसके पछि (भिडियो)

गायक लक्षु निरौलाको पछिल्लो गीत ‘तिम्रो वदन…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विभिन्न चार राष्ट्रिय टेलिभिजन कार्यक्रममार्फत सोमबार उक्त भिडियो प्रिमियर गरिएको हो । सुशिल न्यौपानेले यो भिडियोको निर्देशन गरेका हुन् । काठमाडौं तथा नारायणघाटको नारायणी किनारमा छायांकन गरिएको यो भिडियोमा सञ्जना तिमिल्सिना तथा रोशन सिंहले अभिनय गरेका छन् ।
jhumyo-timro-badan-5-copyएशियन म्युजिकले यूट्युवमार्फत सार्वजनिक गरेको यो गीतमा विक्रम थापाको संगीत निर्देशन छ भने सन्तोष मादेन लिम्बुले गीतका शब्दहरु रचना गरेका हुन् । दिवंगत संगीतकर्मी स्व.सुनिल वर्देवाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई वर्देवाप्रति नै समर्पित गरिएको गायक निरौलाले स्पष्ट पारेका छन् । मानससिंह सुवालद्वारा छायँंकन गरिएको भिडियोको सम्पादन निर्देशन न्यौपानेले नै गरेका हुन् ।कञ्चनबारी, विराटनगरका गायक लक्षु निरौला डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय छन् ।