Friday , 19 April 2019
News update
Home >> PhotoGallery

PhotoGallery

दाल भात तरकारीको टोली देश दौडाहा गर्दै चितवनमा

चलचिभत्र ‘दालभात तरकारी’ टोली चलचित्र प्रचारप्रसारको लागी चितवन आएको छ । निर्माण टोलीले शुक्रबार नवलपुरको गैंडाकोटमा पत्रकार सम्मेलन गर्दै चलचित्रलाई राम्रो बनाउने कोशिस गरिएको बताए ।

विर्तामोडवाट आफ्नो प्रचारप्रसारलाई थालेका उनिहरुले अर्गानिक नेपाली चलचित्र भएकाल हेरीदिन दर्शकलाई आग्रह गरेका छन् । मह पूर्वको विर्तामोडबाट सुरु भएको देश दौडाहा दमक, इटहरी, हेटौँडा हुँदै चितवन आइपुगेको हो ।

सञ्जारको प्रस्तुतिमा तयार भएको चलचित्रको वारेमा बोल्दै हरिवंश आचार्यले नयाँ बर्षको लागी पहिलो गास दाल भात तरकारी रहेको वताए । उनले भने नयाँ बर्षको सुरुवाद संगै हामीले राम्रो चलचित्र पस्कीन लागेका छौं, चलचित्र यात्रा र ए मेरो हजुर ३ लाई शुभकामना दिँदै पछिल्लो समय नेपालको बजारले धान्ने भन्दा बढी चलचित्र निर्माण भएको बताए ।

नेपाली चलचित्रले गुणस्तरलाई भन्दा मात्रालाई प्राथमिकता दिएका कारण दर्शकहरुले नेपाली चलचित्र मन पराउन छोडेका आचार्यले सुनाए। चलचित्र चलेन भनेर भन्ने वाताबरण स्वयम चलचित्रकर्मीले बनाएको आचार्यले बताए । चलचित्र राम्रा खालका भएभने वर्षमा जती चलचित्र प्रर्दशन गरेपनि सफल हुने उनल वताए । चलचित्र दाल भात तरकारी हास्य चलचित्रका साथमा पूर्ण पारीवारिक चलचित्र भएको आचार्यको भनाइ छ ।

नेपाली चलचित्रले हिन्दी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै आचार्यले आफूहरुले निर्माण गरेको चलचित्रमा स्वदेशमा नै दालभात तरिकारी खाएर समृद्धिको यात्रामा सहभागी हुनुपर्ने सन्देश दिइएको बताए । दौडाहामा आएका हरिवंश आचार्यसँगै किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाललगायतले चलचित्रको बारेमा जानकारी गराएका थिए


हरिवंश आचार्यले स्क्रिप्ट लेखेको चलचित्रमा हरिवंश स्वयं, निरुता सिंह, वर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सनविक्रम राई, यमन श्रेष्ठलगायतले अभिनय गरेका छन् । दीर्घ गुरुङले खिचेको चलचित्रको निर्मातामा रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरि पौडेललगायत छन् ।
पत्रकार सम्मेलनमानै चलचित्रका कलाकार शिवहरी पौडेलको जन्मदिन मनाईएको थियो ।

उपस्थित पत्रकार तथा चलचत्रिकर्मी मिलेर उनलाई जन्मदिनको शुभकामना दिए । पत्रकार सम्मेलन लगत्तै चलचित्र युनिटले नारायणी नदी किनारमा चलचित्रको वारेमा दर्शकहरुलाई जानकारी गराएको छ । सो क्रममा गायक रामचन्द्र काफ्ले तथा गायिका जुनु रिजालले गीत गाएर दर्शकहरुलार्इृ मनोरञ्जन दिएका थिए ।

विभिन्न ठट्यौली भाषामा हाँश्य ब्याग्य गर्दै चलचित्र हेर्न उपस्थितलाई आग्रह गरका छन् । चलचित्र बैशाख २० गतेवाट नेपालभर प्रर्दशनमा आएको छ । प्रर्दशन अगावै विभिन्न देशको यसको राईट्स समेत बेचीसकेको छ ।

यस्तो देखीयो ‘ए मेरो हजुर ३’ ग्राण्ड प्रिमियरमा

 

शुक्रवारबाट देशभर प्रदर्शनमा आएको यस वर्षको अन्तिम फिल्म ‘ए मेरो हजुर ३’ को प्रिमियर सम्पन्न भएको छ । बिहीवार साँझ राजधानीको कुमारी हलमा भएको ग्राण्ड प्रिमियरमा दर्जनौं चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो। । उपस्थित मध्ये कतिले मेकिङको प्रशंसा गरे भने धेरैले डेब्यू गर्ल सुहाना थापालाई सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिए । उनको स्वभाविक अभिनयले फिल्मकर्मी र पत्रकारको मन जितेको थियो ।

चलचित्र हेरेपछि प्रफुलित मुद्रामा निस्किएकी सदाबहार अभिनेत्री करिश्मा मानन्धरले आफूले एकदम इन्जोय गरेको बताइन् । उनले फिल्म हिट हुने दाबी पनि गरिन् । सुहानाको तारिफ गर्दै उनले भनिन्, ‘सधैं स्टार किड्सहरुलाई अभिनय गर्न आउँदैन भन्ने आरोपलाई सुहानाले गलत साबित गरेकी छन् । नेपाली फिल्म क्षेत्रले एकदमै ट्यालेन्टेड अभिनेत्री पाएको छ ।’

अभिनेता, लेखक तथा निर्माता दीपकराज गिरीले भने, ‘प्रयास राम्रो गरिएको छ । मेकिङ पक्ष राम्रो छ । सुहाना र अनमोलको काम राम्रो छ । झरनाजीको मिहिनेत देखिएको छ ।’ निर्देशक दीपाश्री निरौला भने सुहानाको तारिफ गरेर थाकिनन् । उनले भनिन्, ‘फिल्म असाध्धै राम्रो छ । पूरै फिल्म सुहानाले बोकेकी छन् ।’

हास्यजोडी सिताराम कट्टेल र कुञ्जना घिमिरे, अभिनेता रमेश उप्रेती, निर्माता माधव वाग्ले, निर्देशक रेनशा वान्तवा राई, अभिनेत्री सरिता लामिछाने, अभिनेत्री नीता ढुंगाना, अभिनेता सरोज खनाल, निर्देशक दिवाकर भट्टराईलगायतले फिल्म राम्रो बनेको बताउँदै सुहानाको अभिनयकै तारिफ गरे । निर्माता वाग्लेले त खुल्लम खुल्ला अभिनेत्री साम्राज्ञी आरएल शाहलाई उनी ‘थ्रेटु हुनसक्ने विश्लेषण नै गर्न भ्याए ।

चलचित्रकर्मीको प्रतिक्रिया सुनेर निर्देशक झरना थापा, डेब्यू गर्ल सुहाना थापा, अभिनेताद्वय अनमोल केसी र सलोन बस्नेत दंग देखिएका थिए । आफूले अहिले नै राम्रो काम गरेको छु भन्ने महशुस गरे भोलीका दिनमा राम्रो काम दिन नसक्ने सुहाना बताउँछिन् । आफ्नो कामको चलचित्रकर्मीले गरेको तारिफलाई लिएर उनी भन्छिन्, ‘मैले त आफ्नो कर्म गरेको हुँ । राम्रो भनिदिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । भोलीका दिनमा झन् राम्रो गर्न हौसला मिलेको छ ।’

चलचित्रकर्मीले फिल्मको प्रशंसा गरेकोमा खुसी देखिएका अभिनेता अनमोलले आफूले हरेक फिल्ममा अभिनयमा मिहिनेत गरिरहेको बताए । फिल्ममा प्रेम र धनश्याम महर्जन गरि दुई भूमिकामा रहेका उनले आफ्नो फेभरेट क्यारेक्टरबारे बताउँदै भने ‘मेरो फेभरेट त धनश्याम नै हो । मलाई जहाँसम्म लाग्छ दर्शकलाई धनश्यामले नै हसाउँछ र अन्त्यमा गएर रुवाउँछ पनि । धनश्याम मेरो लागि नयाँ किसिमको क्यारेक्टर हो ।’

सलोनले भने आफूले सोचेकोभन्दा चलचित्र राम्रो बनेको बताए । सुहानाले आफूले सोचेभन्दा धेरै राम्रो काम पाएको उनको भनाईको छ । निर्देशक झरनाले चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले उत्साह थपेको बताइन् ।

उनले भनिन्, ‘फिल्म हेर्नुभएको सबै चलचित्रकर्मीले सुहाना र पूरा टिमको कामको प्रशंसा गर्नुभएको छ । हामी खुसी छौं ।’ निर्माता सुनिल कुमार थापा पनि चलचित्रकर्मीबाट पाएको प्रतिक्रियाले खुसी देखिए ।

प्रदीप खड्का र जसिता गुरुङको होली पोखरामा

युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम हुँदैछ । कान्तिपुर मिडिया ग्रुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछन् ।

यतिखेर पोखरामा प्रदीप र जसितासँगै ‘लभ स्टेशन’का प्रस्तुतकर्ता गोविन्द शाहीपनि सँगै छिन् । एकबिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने बिश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ ।’ प्रदीपले भने । यस्तै नायिका जसिताले पनि आफ्नो जन्मथलो पोखरामा १३ बर्षपछि आएर होली खेल्न पाउँदा निकै खुसी लागेको बताइन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’ जसिताले भनिन् । यस्तै प्रस्तुतकर्ता गोविन्दले बिशेषगरी पोखरालाई माया गर्नेहरुको स्टेशन को रुपमा पनि चिनिने भएकाले पनि लभ स्टेशन पोखराका दर्शकका लागी अझ बिशेष रहनेमा विश्वास राखे । ‘हाम्रो मोफसलको यात्रा पोखराबाट गरेका छौं, आजको होली पनि पोखराका दर्शकसँग खेलेका छौं र अझै केहि बेर रहन्छौं’ गोविन्दले भने ।

मंगलबार दिउँसो पोखरा आइपुगेको चलचित्र टिमले पत्रकार भेटघाट कार्यक्रम गरी चलचित्र बारे जानकारी गराएको थियो । उज्जवल घिमिरे निर्देशीत यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशन काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

चलचित्र यात्रा युनिटले एकआपसमा यसरी होली मनाए (फोटो फिचर)

आज वुधवार पहाडी भूभाग तथा विहिबार तराइको भूभागमा होली पर्व मनाइदैछ । रङ्गहरुको यो पर्वलाई असत्य माथि सत्यको जितको रुपमा लिइन्छ भने आत्मियता र सद्वावको प्रतिकको रुपमा पनि लिईन्छ । यसै पर्वलाई यसै चैत्रको अन्तिम साता अर्थात् २९ गते रिलिज हुने फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ युनिटले एकआपसमा मनाएका छन् ।

एकअर्कालाई रङ्ग तथा अविर लगाउदै फिल्म युनिटले होली मनाएको हो । राइजीङ स्टार सलिन मान बनियाँसँगै डेब्यु गर्ल मलिका महत , जान्हवी बस्नेत , प्रेक्षा बज्राचार्य , रेअर राई , विशाल सापकोटा , निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ , निर्माता सुशील पोखरेल , प्रोडक्सन म्यानेजर मनोज जोशी , द्वन्द निर्देशक हिमाल केसी लगायतले होली मनाएका हुन् । होलीलाई प्रि( सेलिब्रेट गरेको यात्रा टिमले आउँदो वुधबार विभिन्न स्थानमा पुगेर दर्शकसँग होलीलाई सेलिब्रेट गर्ने पनि जनाएका छन् ।

गैरीधाराको रोयल एम्पायर होटेल , सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रम र विभिन्न मिडियाको आयोजना रहने होली कार्यक्रममा सहभागी हुने निर्देशक सम्राट शाक्यले बताए । ‘रङ्गहरुको पर्व होलीलाई हामी मिडिया र दर्शकसँग मनाउदै छौ’ उनले भने ‘होलीलाई रङ्गसँगै सद्वावको पर्वको रुपमा पनि लिइने भएकोले मन पर्छ ।’ यी सम्पूर्ण स्थानमा यात्रा युनिटकै उपस्थिति रहनेछ । सलिन पनि यसपटकको होलीलाई लिएर निकै उत्साहित छन् । ‘होली मलाइ मन पर्छ तर प्राय आफ्नै सर्कलमा मात्र मनाउने गरेको छु’ उनले भने ‘यसपटक भने दर्शक र मिडियासँग होली मनाउदैछु , विभिन्न स्थानमा पुग्दैछु ।’

उनले पहिलो पटक यसकिसिमको अनुभव होलीलाई लिएर संगाल्न लागेका हुन् । उनिसँगै उनको यात्रा टिम साथमा रहनेछ । फिल्ममा उनि भ्ल्गिस्टको भूमिकाछन् । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै््िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

आयुष्मान-प्रियंकाको इन्डोनेसियाको बालीमा मस्ती गर्दै (फोटो फिचर)

सामाजिक सञ्जालमा सधैँ सक्रिय रहने नायिका प्रियङ्का नायक आयुष्मान देशराजसँगको सम्बन्धको कारण पनि चर्चामा रहन्छिन्। यो वर्ष गुपचुप इन्गेजमेन्ट गरेको यो जोडीले आगामी वर्ष बिहे गर्ने तयारी गर्दैछ।

मनोरञ्जन क्षेत्रबाट दर्शकको माया बटुल्न सफल जोडीले अब जनचेतनासँगै सामाजिक काममा पनि सक्रिय बन्न योजना बनाएको हो। केही समय अगाडि उनीहरूले आयंका फाउण्डेसनको घोषणा गरेका हुन्।

नेपाली युवा पुस्ताले प्रियङ्का कार्कीलाई सेक्स सिम्बोलका रुपमा लिन्छन् ।प्रियङ्का कार्कीको फिगर नै यस्तो छ कि, कामुकताको सबै अङ्ग पुगेको छ। अहिले  प्रियङ्का हुनेवाला पति आयुष्मानसँग बाली, इन्डोनेसियामा छिन्। उनले आयुष्मानसँग बिताएका रोमान्टिक पलका फोटोहरू आफ्नो इन्स्टाग्राममा शेयर गरेको छिन्। हेर्नुस् तस्बिर।

नायक आर्यन सिग्देल पिता बन्न्दै

नेपाली चलचित्र क्षेत्रमा चकलेटी नायक आर्यन सिग्देल पिता बन्दैछन् । उनी बैबाहिक सम्बन्धमा बाँधिएको पाँच वर्षपछि पिता बन्न लागेका हुन् । आर्यनकी श्रीमती सपना भण्डारीले सामाजिक सन्जालमा फेसबुकमा केही तस्बिर सार्वजनिक गर्दै यो कुराको जानकरी दिएकी छिन् । सपनाले आफ्नो फेसबुकमा ‘बेबी बम्प’ देखाउँदै श्रीमान् आर्यनसँगको केही तस्बिर सार्वजनिक गरेकी हुन् । तस्बिरमा यो जोडी मातापिता बन्न लागेकोमा निकै खुशी देखिएका छन् ।


आर्यन नयाँ बर्षमा बुवा बन्न लागेका हुन् । सार्वजनिक तस्बिरमा आर्यनले ‘बेबी बम्प’ चुम्बन गरेका छन् । यस्तै हुनेवाला बच्चाको लागि आर्यनले आफ्नो हातमा कपडा बोकेको समेत तस्बिरमा देखाईएको छ । यस्तै एक तस्बिरमा आर्यनले फिल्मको क्ल्याप छ जहाँ लेखिएको छ – ‘रिलिजिङ द न्यू इयर २०७६’ । यस तस्बिरले आउदो बर्ष आर्यन बुवा बन्दैछन् भन्ने जनाउछ ।

फेसबुकमा तस्बिर शेयर गर्दै सपनाले लेखेकी छिन् – ‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ ? मलाई कहिल्यै थाहा थिएन कि गर्भवती हुँदाको क्षेण यती धेरै खुखद हुन्छ ।’ २०७१ सालकोे बैशाख मेरो लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’

करीब ४ वर्ष प्रेम सम्बन्धलाई आर्यन र सपनाले २०७१ वैशाख ६ गते विवाहमा परिणत गरेका थिए । आर्यन अहिले साम्तेन भुटियाले निर्देशन गरिरहेको चलचित्र ‘च च हुई’छायांकनमा ब्यस्त रहेका छन् ।

‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि सहयोग जुट्दै

धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा करीब २२ लाख ४० हजार संकलन भएको छ । नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागी महोत्तरीको बर्दिबासमा घोषणा गरिएको खुत्रुके अभियानमा सो रकम संकलन भएको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल‘धुर्मुस’ को उपस्थितीमा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघका पदाधिकारीहरुले २२ लाख ४० हजार ५ सय रुपैंया सहयोग हस्तान्तरण गरेका हुन् ।रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानका लागि बर्दिवास पुगेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ को संयोजनमा खुत्रुके महाअभियान समेत सुरु भएको छ ।

सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैंया खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गरेका थिए । कार्यक्रममा सहभागि उद्योगि, व्यवसायि, उद्यमी, समाजसेवीहरुले रंगशाला निर्माणको लागी लाखौं रुपैंया सहयोग गरेका थिए ।कार्यक्रममा बोल्दै धुर्मुसले खेलले नेपालको अन्तर्राष्ट्रिय पहिचान बनाउन सकिन हुनाले रंगशाला निर्माणमा सहयोग गर्न सहयोगी मनहरुलाई अपिल गरे । ‘सहयोगी मनहरुबाट सहयोग संकलन गरेरै चार वटा बस्ती बनायौं, ‘कार्यक्रममा धुर्मुसले भने’ अन्तिम पटक सहयोग गर्न आग्रह गर्दैछु रङ्गशाला बनाउन ।’ देशमा आशाको दियो बाल्न अघि बढेको भन्दै उनले थपे ‘दियोमा तेल तपाइहरु मिलेर थपिदिनुस् ।’एकिकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु मुसहर र उनका भाई मञ्जले पाँच÷पाँच हजार सहयोग गरेका छन् ।

सहयोग संकलन गरेर बस्ती निर्माण गरिदिएका धुर्मुस सुन्तलीलाई धन्यवाद दिदैं नेपाली सन्तती र नेपाललाई खेलकूदबाट अन्तराट्रिय स्तरमा पहिचान बनाउनेले दिनको एक सय रुपैंया बचत गरेर रंगशाला निर्माण गर्न सहयोग गरेका थिए ।नेपाल होटल तथा पर्यटन व्यवसायि महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा संचालित होटलहरु रंगशाला निर्माणको लागि सहयोगार्थ खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने बताए ।

एभरेष्ट सुर्य बोहराले श्वेतालाई लिएर बनाउने भए ‘हेल्लो जिन्दगी’

‘कान्छी’ रिलिज भएको लामो समय पश्चात अभिनेत्री श्वेता खड्का नयाँ चलचित्रमा अनुबन्धित भएकी छन् । चलचित्र ‘हेल्लो जिन्दगी’ मा श्वेताको मुख्य भुमिका रहने निर्देशक एभरेष्ट सुर्य बोहराले बताए । श्वेताका अलवा सिनेमाको लागी एक मुख्य अभिनेता र अभिनेत्रीको खोजी भैरहेको निर्देशक बोहराले वताए ।

निर्देशक बोहोराको निर्देशन र लेखनमा बन्ने सिनेमालाई सृजना जोशीले निर्माण गर्नेछिन् । विरान्जना इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमामा अनुबन्ध भएपछि अभिनेत्री श्वेताले खुसी व्यक्त गरेकी छन् । उनले फेसबुकमा एक स्टाटस कोर्दै आफ्नो लागि खुसीको पल र एकदमै स्पेशल दिन भएको उल्लेख गरेकी छन् ।

उनले निर्देशक बोहोरालाई ’डाइनमिक’ निर्देशक भन्दै प्रशंसा पनि गरेकी छन् । श्वेताले धेरैपछि बाहिरी ब्यानरको सिनेमामा काम गर्न लागेकी हुन् । पछिल्लो समय समाजसेवामा पनि सक्रिय उनले चरित्र मन परेका कारण ‘हेल्लो जिन्दगी’ गर्न राजी भएको बताएकी छन् । यो चलचित्रलाई अहिलेका छायाँकार पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

लभ स्टेशनको पोष्टरमा देखीयो प्रदीप र जसिताको प्रेम

चलचित्र लिली बिलीका लोकप्रिय जोडी प्रदीप खड्का र जसिता गुरुङ चलचित्र ‘लभ स्टेशन’मा पुन दोहोरीएको छ । नयाँ वर्षको अबसर पारेर चैत्र २२ गतेवाट प्रर्दशनमा आउने चलचित्रको आज नयाँ पोष्टर सार्वजनिक भएको छ । सांगीतिक प्रेम कथामा आधारित यो चलचित्रको प्रदर्शन मिति निजिकिँदै गर्दै फस्ट लुक्सको रुपमा यसको पोष्टर रिलिज गरिएको छ । ‘क्यारेक्टर इन्ट्रोडक्सन’ युक्त दुई पोष्टर, सिक्छ सिटर २ पोष्टर र ३० बाई ४० को तीन पोष्टर सहित जम्मा सात ओटा पोष्टर रिलिज गरिएको प्रस्तुतकर्ता गोविन्द शाहीले जानकारी गराएका छन् ।

रिलिज गरिएको पोष्टर मध्य दुई पोष्टर पिङसँग छ । अभिनेता प्रदीप र अभिनेत्री जसिताको सम्बन्धलाई पिङ मार्फत एउटा पोष्टरमा दर्शाईएको छ । अभिनेत्री जसिताको ‘क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनी पिङमा रमाएकी छिन् । यस्तै अभिनेता प्रदीपको ‘क्यारेक्टर क्यारेक्टर इन्ट्रोडक्सन’ पोष्टरमा उनलाई गीटारको साथ प्रस्तुत गरिएको छ ।

सबै पोष्टरको डिजाईन आनन्द महर्जनले गरेका हुन् । लभ स्टेशनको अहिले चर्चामा रहेको तथा भियतनाम र बालीको खिचिएको गीत जुन तारा चाहिंदैन…को एक सुन्दर दृष्यलाई पनि दुई पोष्टरमा समेटिएको छ । जसमा समुन्द्र किनारमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको रोमाञ्चकारी भावलाई समेटिएको छ । यस्तै बाँकी दुई पोष्टरमा अभिनेता प्रदीप र अभिनेत्री जसितालाई मिठो अँकमालमा देखाईएको छ । यो पोष्टरले यी दुईको प्रेम सम्बन्धलाई अझ प्रगाढ देखाएको छ । यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्र लभ स्टेशन सांगीतिक प्रेम कथामा आधारित हो ।

चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । जसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

 

‘क्याप्टेन’ प्रचारप्रसार गर्न अनमोल र भुवन चितवनमा (फोटोफिचर)

 

फाल्गुन १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्याप्टेन’ प्रचारप्रसारको लागी चितवन आएको छ । अभिनेता तथा निर्माता भुवन केसीले चलचित्रले राष्ट्रिय फुटबल टिमको कथा बोकेकोले ‘क्याप्टेन’ राष्ट्रले गौरव गर्न लागेको चलचित्र रहेको वताए ।

चलचित्रको प्रचार प्रसारको लागि चितवन आईपुगेका केसीले आज ईन्द्रदेव सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रले राष्ट्रिय भाव झल्काउने बताएका हुन् । यस्तै केसीले चलचित्र अन्य कुनै निर्माता अथवा ब्यानरले निर्माण गरेको भए लगानी ८ करोड हाराहारीमा पुग्ने उनले बताए ।

‘अन्य ब्यानर अथवा कुनै अरु निर्माताले निर्माण गरेको भए लगानी ८ करोड पुग्ने थियो तर हामीले २ करोड हाराहारी सम्पन्न गर्यौ । ३५ बर्षे करियरमा धेरै सँग राम्रो सम्बन्ध भएकोले सबैले सहयोग गर्नु भयो । यसर्थ फिल्म २ करोड आसपासमा सकियो – केसीले भने ।’

यस्तै केसीले चलचित्रको ‘कर्ली कर्ली कपाल’ लाई लागेको चोरीको आरोप बारे पनि मुख खोलेका छन् । पत्रकारहरुले चोरी आरोप बारे राखेको प्रश्नको जवाफ दिदै उनले संयोगबस एक बलिउड फिल्मको गीत सँग यसको कोरियोग्राफी मिल्न गएक बताएका छन् । ‘कहिले काही यसरी मेल खान सक्छ, संसारमा फिल्म बन्ने भनेको रोमान्स र एक्सनको कथामा हो, यसर्थ कहिले काही मेल खान सक्छ यसलाई चोरी नै भन्न मिल्दैन – उनले भने ।’

केसीले चलचित्रमा नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडीहरुको समेत अभिनय रहेको बताए । यस्तै उनले निर्देशक दिवाकर भट्टराईले निर्देशकिय पाटोमा न्याय गरेको पनि बताए । राष्ट्रिय टिमबाट आफ्नो देशको प्रतिनिधित्व गर्दै खेल्न चाहने एक खेलाडीले के कस्तो संघर्ष गर्नु पर्छ भन्ने कथा नै ‘क्याप्टेन’ भएको निर्माता केसीले बताएका छन् ।

चलचित्रमा नायक अनमोल केसीले ‘क्याप्टेन’ का लागि आफुले निकै मेहनत गरेको बताएका छन् । उनले आफुलाई एउटा फुटबल खेलाडीको रुपमा प्रस्तुत गर्नका लागि ४ महिना बिहान बेलुका नै फुटबलको प्रशिक्षण लिएको बताएका छन् । अनमोलले चलचित्रका लागि राष्ट्रिय टोलीका पुर्व कप्तान, वर्तमान राष्ट्रिय टोलीका कप्तान, पुर्व खेलाडी , वर्तमान राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकहरुबाट पनि ठुलो सहयोग मिलेको बताएका छन् ।

एउटा युवकले राष्ट्रिय टिमबाट खेल्दै देशलाई विश्व माझ चिनाउन के कस्तो संघर्ष गर्छ भन्ने कथा ‘क्याप्टेन’ ले बोकेको उनले बताएका छन् । अनमोलले यस अघीका चलचित्रलाई चितवनका दर्शकहरुले अत्याधिक रुचाएकोले यस पटक पनि चितवनबाट धेरै मायाको अपेक्षा रहेको बताएका छन् । ‘क्याप्टेन’ आफ्नो करियरको फरक फिल्म भएकोले एक पटक हेरेर प्रतिकृया दिन समेत उनले सम्पूर्ण दर्शकहरुलाई आग्रह गरेका छन् ।

फागूण १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अनमोलको अलावा सुनिल थापा, उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, राजाराम पौडेल, विल्सन विक्रम राई मुख्य भूमिकामा छन् । द सुपर काजोल फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई दिवाकर भट्टराइको निर्देशन गरेका हुन् । फिल्ममा निर्देशक दिवाकर भट्टराईसँगै सामिप्यराज तिमल्सेनाको कथा, सुदीप बरालको डिओपी, नवराज उप्रेतीको छायांकन, अर्जुन पोखरेलको संगीत, दिर्घ राज खड्काको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । जिया केसु चलचित्रकी कार्यकारी निर्मात्री हुन् ।