Tuesday , 11 December 2018
News update
Home >> Trailer

Trailer

चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक (भिडियो)

आइतबार काठमाडौंमा एक कार्यक्रको आयोजना बिच चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक गरिएको छ ।पौष २० गते बाट प्रदर्शनमा ‘जे सुकै होस्’लाई म्युजिक भिडियोका चर्चित निर्देशक उमेश गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन. बि. अन्जान, इश्वर फुयाँल, कृष्णा भटराई, उद्धव तिमिल्सीना, सुनिल कटुवाल, राजु श्रेष्ठ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

क्वालिटी फिल्मस् प्रा. ली.को ब्यानरमा निर्माण गरिएको सिनेमामा नवराज जंग थापाको लगानी रहेको छ ।‘जे सुकै होस्’मा उमेश गुरुङको कथा, उमेश गुरुङ र एन. बि. अन्जानको पटकथा तथा संवाद, सुरेश अधिकारी, लक्षण शेष, नवराज जंग थापा र डि आर अतुको संगीत, उमेश गुरुको कोरियोग्राफी, बनिष शाह र शालिक दुलालको सम्पादन रहेको छ ।

सविन श्रेष्ठ अभिनित चलचित्र ‘साजन’ को ट्रेलरमा प्रेम र द्वन्दले भरिपूर्ण (भिडियो )

एक्सन लभस्टोरी जनरामा निर्माण भएको नेपाली चलचित्र ‘साजन’ को ट्रेलर रिलिज भएको छ । दिपक तामाङ लामा निर्देशित चलचित्र ‘साजन’ को ट्रेलर आज रिलिज भएको हो । सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द देखाईएको छ । बि.जि बर्मा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सविन श्रेष्ठ, अप्सना थापा, अर्जुन गुरुङ, सुरबिर पण्डित आदिको मुख्य अभिनय रहेको छ ।

निर्देशक तामाङ र बसन्त बर्माले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा बाबुल गिरिको संगीत रहेको छ भने युद्द लामाको कोरियोग्राफी रहेको छ । विश्वाश भण्डारीले खिचेको चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ ।

रणवीर सिंहको चलचित्र ‘सिंबा’को एक्सनले भरिपूर्ण ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड अभिनेता रणवीर सिंह र सारा अली खानको अभिनय रहेको चलचित्र ‘सिंबा’ का ट्रेलर सार्वजनिक गरिएको छ ।चलचित्रको ट्रेलरमा चलचित्र ‘सिंघम’मा शिवगडमा रहेको बच्चाको कथा प्रस्तुत गरिएको छ ।अजय देवगनको ‘सिंघम’ प्रहरी बन्न खोजेको बच्चालाई रणवीरको रोलमा प्रस्तुत गरिएको छ ।

२८ दिसंबर रिलिज हुने चलचित्र ‘सिंबा’ को ट्रेलरमा फुल एक्सन देख्न सकिन्छ। चलचित्रलाई रोहित शेट्टी निर्देशन गरेका हुन्। २०१५ मा रिलिज भएको तेलुगू सुपर हिट चलचित्र ‘टेंपर’को हिन्दी रीमेक चलचित्र हो।

रोहित शेट्टी र करण जौहरको धर्मा प्रोडक्शनले मिलेय्रा निर्माण गरेको यस चलचित्रलाई बलिउडमा बहुप्रतिक्षितको रुपमा हेरिएको छ। चलचित्रमा सोनु सूदको पनि मुख्य भूमिका रहेको छ भने अजय देवगनको कैमियो रोल रहेको छ।

बहुप्रतिक्षित चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर रिलिज (भिडियो सहित)

मङ्सिर ७ – मङ्सिर २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर रिलिज भएको छ । कमेडीले भरिपूर्ण ट्रेलर आज रिलिज भएको हो । चलचित्रको ट्रेलरमा कमेडी सम्बादहरुले राम्रो स्पेस पाएको छ । चलचित्रमा अभिनेता द्वय सलोन बस्नेत र बिनोद न्यौपाने सुश्री सम्पत्तिको खोजीमा लागिपरेको देखाईएको छ ।

ट्रेलरमा अन्य कलाकारहरुको तुलनामा सलोन र बिनोदले बढी स्पेस पाएका छन् । यस्तै ट्रेलरमा अभिनेत्री सारा स्रिपाईली र राजाराम पौडेलको पनि फिचरिङ्ग रहेको छ । सुव्रत आचार्यको निर्देशन रहेको चलचित्रलाई बिज्ञान राई, नुमन सुब्बा र रोमन शिलाकारको निर्माण रहेको छ । चलचित्रमा निर्देशक सुब्रत र अबिमन्यु निरबीको संबाद रहेको छ ।चलचित्रमा प्रमोद आग्रहरी, जयनन्द लामा, सुनिता श्रेष्ठ ठाकुर आदिको पनि मुख्य अभिनय रहेको छ ।

‘हुकुम बक्सियोस’ बोलको गीतबाट निकै हाईप पाएको चलचित्रलाई यो बर्षको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ । चलचित्रमा कबिराज गहतराज र गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।

चलचित्र ‘डोली’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

यहि मंसिर २८ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डोली’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्र ‘डोली’ ट्रेलरमा पनि सामाजिक बिषय बस्तुमा नै केन्द्रित रहको छ।

राजबहादुर सानेको लेखन तथा निर्देशनमा तयार भएको ‘डोली’मा किशोर खतिवडा,पृथ्विराज प्रसाई, अर्जुन गुरुङ, हिमवाला गौतम, नविनराज रेग्मी, शानिया खान, संगीता नापित लगायतका कलाकारको मुख्य भूमिका छ ।

किरण नेपालीको निर्माण रहेको यस चलचित्रमा सीडी बिजय अधिकारी, राजकुमार बगर, पुरुषोत्तम न्यौपाने, बाबुल गिरीको संगीत रहेको छ ।जय राम थापाको छायांकन रहेको यो चलचित्र शंकर महर्जनको द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन् ।

यसअघि लाटी, बृन्द्राबन,बिरंगानालगायतका फिल्म निर्देशन गरेको निर्देशक सानेले डोलीमा भरपुर मनोरञ्जनका साथमा समाजोपयोगी सन्देश समेत रहेको बताउँछन् ।

बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज (भिडियो)

बिबादै बिबादमा परेको बलिउड फिल्म ‘केदारनाथ’ को अफिसियल ट्रेलर रिलिज भएको छ । अभिनेता सैफ अली खानकी छोरी सारा अली खानले डेब्यु गरेको फिल्म ‘केदारनाथ’ को ३ मिनेट लामो ट्रेलर रिलिज भएको हो । केदारनाथमा आएको प्राकृतिक विपत्तिको समय एक प्रेम काहानी नै ‘केदारनाथ’ को कथा हो । त्यस बेला आएको प्राकृतिक विपत्तिको दृृश्यहरु फिल्ममा समावेश गरिएको छ ।

फिल्ममा सारा अली परिवारसँग केदारनाथको धार्मिक यात्रामा निस्किएकी हुन्छिन र त्यही समयमा प्राकृतिक विपत्ति आउछ । त्यही साराको भेट नायक सुशान्त सिंह राजापुत सँग हुन्छ । फिल्ममा गौरीकुण्ड देखी केदारनाथ बिचको १४ किलोमिटरको बाटोको काहानी रहेको छ । सारा केदारनाथको भ्रमणमा जादा प्राकृतिक विपत्ति आउछ अनी सबै तहसनहस बनाउछ । त्यस विपत्तिमा सारा पनि पर्छिन् र शुशान्तले सारालाई बचाउछन् । त्यसी क्रममा शुशान्त र सारा प्रेममा पर्छन् ।

फिल्मक देखाईएको एक किस सिनको कारण केदारनाथका तीर्थ पुरोहितहरुले बिरोधमा उत्रिएका छन् । सोही कारण फिल्म अहिले बिबादमा परेको छ । केदारनाथका पुरोहितहरुले हिन्दूको भावनामाथि आहत पुर्‍याएको आरोप लगाउदै फिल्म प्रदर्शनमा रोक लगाउने बताईरहेका छन् । फिल्म प्रदर्शनमा रोक लगाउन एक बीजेपी नेताले सेन्सर बोर्डलाई पत्र समेत पठाईसकेका छन् ।

रजनिकान्त र अक्ष्य कुमारको बहुप्रतिक्षित फिल्म ‘2.0’ को धामकेदार ट्रेलर रिलिज (भिडियो)

अत्याधिक भिएफएक्स प्रयोग गरिएको यस बर्षको बहुप्रतिक्षित बलिउड फिल्म ‘2.0’ को धामकेदार अफिसियल ट्रेलर रिलिज भएको छ । २९ नोभेम्बेरमा रिलिज हुने फिल्मको ट्रेलर रिलिज भएको हो ।

भिएफएक्सको कारण बारम्बार रिलिज डेट सर्दै आएको फिल्मको ट्रेलरमा नै भिएफएक्सको कमाल देखाईएको छ । बलिउड फिल्म ईतिहासमा पहिलो पटक यती धेरै भिएफेक्स प्रयोग गरिएको हो ।

फिल्मको ट्रेलरमा अभिनेता रजनिकान्त र अक्ष्य कुमारलाई धमाकेदार तरिकाले प्रस्तुत गराईएको छ । यस्तै अभिनेत्री एमी ज्याक्सनलाई पनि स्पेस दिईएको छ । निर्माण घोषणा देखी नै दर्शकहरु माझ बहुप्रतिक्षित बनेको फिल्मको ट्रेलरले दर्शकहरुलाई झनै फिल्म प्रती उत्साहित बनाएको छ । मा अक्ष्य कुमार भिलेनको भूमिकामा रहेका छन् ।

एस शंकर लिखित तथा निर्देशित फिल्मलाई सुबाशकरनले निर्माण गरेका हुन् ।फिल्ममा रजनीकान्त र अक्षय कुमारका अलावा अभिनेत्री एमी ज्याक्सन पनि प्रमुख भूमिकामा छिन् । निर्देशक स्वयमले यसको पटकथा लेखेका हुन् । ‘२.०’ रजनीकान्तको फिल्म ‘एन्थरिन’ को सिक्वेल हो ।

‘नेपाल आइडल’ बाट चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘प्रसाद’को अफिसियल ट्रेलर सार्वजनिक गरेको छ । गायन रियालिटी शो ‘नेपाल आइडल’ मार्फत युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथामा निर्माण गरिएको ‘प्रसाद’को ट्रेलरमा सबै कुरा देखाइएको छ ।

चलचित्रको यस अघि सार्वजनिक ‘लै लै’ र ‘बनकि चरी ‘ले अहिले बजारमा राम्रै चर्चा पाउनु को साथै दर्शकले रुचाएका छन् ।चलचित्रमा विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने यस चलचित्रलाई सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

दिनेश राउतले निर्देशन गर्नु भएको ‘प्रसाद’लाईपत्रकार सुशील पौडेलले लेखेका हुन्। लोकेश बज्रचार्यको सम्पादन रहेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको तथा हिमाल केसीको द्वन्द रहेको छ । ।

शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।शाहरुखको ५३ औं जन्मदिनको अवसरमा सार्वजनिक ट्रेलरमा शाहरुखले एक पुड्को व्यक्ति बउवा सिंहको भूमिका निर्वाह गरेका छन् ।

चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ ।

२१ डिसेम्बरमा रिलिज हुने ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् । अजय-अतुलको संगीत रहेको चलचित्र ‘जीरो’ शाहरुखले करिअरकै सबैभन्दा मुश्किल रोल निभाएको चर्चा चल्न थालेको छ ।

फ्राइडे रिलिजमा ‘मालिका’ र ‘चंङ्गा चेट’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मालिका’ र ‘चंङ्गा चेट’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मालिका’ र ‘चंङ्गा चेट’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मालिका’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘मालिका’’प्रदर्शनमा आएको छ।चलचित्र ‘मालिका’ रेखा थापाको निर्माण तथा निर्देशनमा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।

रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’मा जाजारकोटकी कमला ओली मुख्य भूमिकामा देखिँदै छिन् । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको सिनेमा ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई सिनेमा मार्फत् टिप्न थालेकी छन् ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

‘चंङ्गा चेट’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘चंङ्गा चेट’पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘चंङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएकोयस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् ।

‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।