Monday , 17 December 2018
News update
Home >> Trailer (page 2)

Trailer

शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’को ट्रेलर सार्वजनिक(भिडियो)

बलिउड अभिनेता शाहरुख खानको बहुप्रतिक्षीत चलचित्र ‘जीरो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।शाहरुखको ५३ औं जन्मदिनको अवसरमा सार्वजनिक ट्रेलरमा शाहरुखले एक पुड्को व्यक्ति बउवा सिंहको भूमिका निर्वाह गरेका छन् ।

चलचित्र ‘जीरो’मा शाहरुखका सगै अनुष्का शर्मा, कटरीना कैफको मुख्य भूमिका रहेको छ भने अभिनेता सलमान खान र श्रीदेवी अतिथी भूमिकामा देखिदै छन् । चलचित्रमा त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको छ ।

२१ डिसेम्बरमा रिलिज हुने ‘जीरो’लाई आनन्द एल रायले निर्देशन गरेका हुन् ।चलचित्रलाई गौरी खान निर्माण गरेकी हुन् । अजय-अतुलको संगीत रहेको चलचित्र ‘जीरो’ शाहरुखले करिअरकै सबैभन्दा मुश्किल रोल निभाएको चर्चा चल्न थालेको छ ।

फ्राइडे रिलिजमा ‘मालिका’ र ‘चंङ्गा चेट’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मालिका’ र ‘चंङ्गा चेट’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मालिका’ र ‘चंङ्गा चेट’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मालिका’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘मालिका’’प्रदर्शनमा आएको छ।चलचित्र ‘मालिका’ रेखा थापाको निर्माण तथा निर्देशनमा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।

रेखा फिल्मसको पाँचौ प्रस्तुती ‘मालिका’मा जाजारकोटकी कमला ओली मुख्य भूमिकामा देखिँदै छिन् । ‘हिम्मतवाली’ पछि पुनः निर्देशनमा हात हालेकी रेखा गएको वर्ष प्रदर्शनमा आएको सिनेमा ‘रुद्रप्रिया’ पछि पर्दामा देखिन लागेकी हुन् । एक्सन अभिनेत्रीको छवि बनाएकी उनले अचेल समाजमा जरा गाडेर बसेका विकृती र विसंगतिलाई सिनेमा मार्फत् टिप्न थालेकी छन् ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

‘चंङ्गा चेट’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘चंङ्गा चेट’पनि प्रदर्शनमा आएको छ।चलचित्र ‘चंङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएकोयस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् ।

‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।

‘केदारनाथ’को टिजर रिलिज, सैफअली खानकी छोरीको हट किस सिन

सुशान्त सिंह राजपुत र सारा अली खानको फिल्म ‘केदारनाथ’को टिजर रिलिज भएको छ । सैफ अली खानकी छोरी साराको यो पहिलो फिल्म हो ।

केदारनाथ दर्शनको लागी गएको दर्शन गर्न गएको एक जोडीले सामना गरेको प्रकृतीक विपत्ती कथा सिनेमाले उठाएको छ । २०१३ मा केदारनाथमा आएको भयानक प्राकृतिक प्रकोपको विषय फिल्मको कथावस्तु हो । फिल्ममा सारा तीर्थयात्री हुन् र सुशान्त यात्रीलाई पीठमा बोरेर लैजाने पिठ्ठु हुन् । भयानक प्राकृतिक प्रकोपको बीचमा यी दुईबीचको प्रेमलाई फिल्ममा देखाइनेछ ।

बलिउड निर्देशक अभिषेक कपुर चलचित्र ‘केदारनाथ’लाई निर्देशन गरेका हुन् । छायांकन समय देखि नै विभिन्न विवादमा पर्दै आएको सिनेमाले आफ्नो प्रदर्शन मिती समेत सार्वजनिक गरेको छ । निर्माण टिमका अनुसार अब यो सिनेमा डिसेम्वर ७ तारिखबाट सार्वजनिक प्रदर्शन हुनेछ ।

‘जय भोले’ ले पहिलो हप्ता कमायो तिन करोड,चितवनमा मात्रै पच्चीस लाख

बडा दशैं २०७५ को शुभ अबसरमा असोज ३० गते फुलपातीको दिन बाट प्रदर्शनमा आएको चलचित्र ‘जय भोले’ पहिलो हप्तामा तिन करोडको हाराहारी कलेक्सन गरेको छ।निर्माण युनिटले अधिकारी जानकारी न दिने पनि ७ दिनमा चलचित्रले करिब ३ करोडको नजिक व्यापार गरेको बुझिएको छ ।

बलियो वर्ड अफ माउथ पाईरहेको ‘छक्का पञ्जा ३’ को ठूलो थ्रेटलाई छिचोल्दै ‘जय भोले’ले पहिलो हप्ता यति राम्रो कमाईलाई सुखद कलेक्सनको रुपमा लिन सकिन्छ। पछिल्लो समय नेपाली फिल्म त्यति न चलेको अबस्थामा ‘छक्का पञ्जा ३’ दिन हेर्न ठुलै भिड हलमा गए सगै ‘जय भोले’ले पनि दर्शकको राम्रो साथ पाएको हो।चलचित्र हेरेका दर्शकले चलचित्र ‘जय भोले’ राम्रो चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।

असोज ३० गते बाट रिलिज सगै चलचित्र ‘जय भोले’ चितवनमा पनि दर्शकको राम्रो साथ पाएको छ ।चितवनमा रहेको क्यूएफएक्स जल्मामा चलचित्रले एक हप्तामा करिब १८ लाखको कलेक्सन गरेको छ ।त्यसै गणेश चलचित्र मन्दिर र इन्द्रदेव सिनेमा पनि चलचित्र ‘जय भोले’ राम्रै कलेक्सन गर्दै पहिलो हप्ता करिब २५ लाख बराबरको कलेक्सन चितवन बाट मात्रै गरेको छ।

१२ बर्ष पछी अशोक शर्माको कमब्याक निर्देशनमा बनेको जय भोलेमा सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्का, वुद्दि तामाङ, राजाराम पौडेल, लक्ष्मी गिरी, बसुन्धरा भुषाल लगायतलाई चलचित्रमा देख्न सकिन्छ ।

चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको लगानी छ । पुरुषोत्तम प्रधानको छायांकन, खगेन्द्र लामिछानेको कथा, वन नेपाल स्टन्ट टिमको एक्सन, राजनराज सिवाकोटीको संगीत रहेको चलचित्रमा बसन्त श्रेष्ठको कोरियोग्राफी छ ।

रेखा थापाको ‘मालिका’ लाई युनिभर्सल सर्टिफिकेट,चलचित्र सबैले हेर्न पाउने

अभिनेत्री रेखा थापाको नया चलचित्र ‘मालिका’ लाई चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिएको छ ।शुक्रबार गरिएको चलचित्रको सेन्सरमा कुनै पनि दृष्य नकाटी चलचित्र पास गरिएको छ ।अब चलचित्र ‘मालिका’सबै वर्गको दर्शकले हेर्न पाउने भएका छन् ।कुनै पनि हिंस्रक तथा अश्लिल दृश्य नभएको र पारिवारिक वातावरणमा हेर्न मिल्ने हुँदा सेन्सर बोर्डले ‘मालिका’लाई युनिर्भसल सर्टिफिकेट दिएको हो ।

रेखा थापाको निर्माण तथा निर्देशन चलचित्र ‘मालिका’ जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।

चलचित्रको यस अघि सार्वजनिक ‘हल्का माया’ बोलको गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएको तिहारलाई लक्षित गरेर कार्तिक १६ गते देखि फिल्म देशभर रिलिज हुँदैछ ।’‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।

शिवम अधिकारीको लेखन रहेको यस चलचित्रमा रामशरण उप्रेतीको छायांकन र सुरेश अधिकारीको संगीत रहेको छ ।चलचित्रमा बनिश शाहको सम्पादन तथा सरस्वति थापा निर्माता र नर कार्की कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

माघ १८ मा आउने भयो ’रणवीर’, मोसन पोष्टर सार्वजनिक (भिडियो)

चलचित्र ’रणवीर’ युनिटले मोसन पोष्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोष्टरमा फिल्मको एन्टागोनिस्ट र प्रोटागोनिस्ट बीचको द्वन्दलाई देखाइएको छ । चलचित्र माघ १८ गते बाट प्रदर्शनमा आउने भएको छ ।

’ऐश्वर्य’ मार्फत चर्चामा आएका प्रशान्त ताम्राकारसँगै सुशिल सिटौला एन्ग्री लुक्समा देखिएका छन् । एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको मोसन पोष्टर युट्युबमा सार्वजनिक गरिको छ भने हलमा टिजर रिलिज गरिएको छ ।

फिल्ममा शिर्ष भूमिकामा सुशील सिटौला रहेका छन् । उनले फिल्मकै लागि आफ्नो शरीरमा बदलाव समेत ल्याएका छन् । सुशीलसँगै फिल्ममा प्रशान्त ताम्राकार , हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ । यसै फिल्म मार्फत मोडलिङमा आफ्नो छुटै पहिचान बनाउन सफल शुभेच्छा खड्का र सुपुश्पा भट्ट फिल्मनगरीमा डेब्यु गर्दैछन ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर निर्माण भएको फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् । फिल्म ‘गाँजा बाजा’ प्रोड्युसर दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । महेश पौडेलको छायाँकन रहने फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहनेछ । गम्भिर विष्ट र सुरेन बसेल फिल्मको कोरियोग्राफर रहेका छन् ।

देशभरिका सम्पूर्ण हलहरु बाट चलचित्र ‘छक्का पञ्जा ३’रिलिज

आज बाट नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा ३’रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ३’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘छक्का पञ्जा ३’

आज बाट देशका सम्पूर्ण सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’प्रदर्शनमा आएको छ।चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।

‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।

आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।

चलचित्र ‘चंङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

‘गोजीमा दाम छैन’बोलको गीतले निकै चर्चामा रहेको चलचित्र ‘चंङ्गा चेट’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

डार्क कमेडी कथामा निर्माण भएको सिनेमाको ट्रेलरमा प्राय कलाकारलाई स्थान दिइएको छ ।‘चङ्गा चेट’मा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, परमिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, ऋचा शर्मा, बेनिशा हमाल, शिशिर वाङ्देल, पुष्कर गुरुङ, सरिता गिरी लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

कात्तिक १६ गते रिलिज हुने चलचित्र ‘चंङ्गा चेट’लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएकोयस चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले मिलेर लगानी गरेका छन् ।

चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको डिओपी, सुर्य थोकरको द्धन्द्व, दीर्घ खड्काको सम्पादन रहेको छ ।

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘दैलो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक मुल्यमान्यता, दाइजो र आमा-बुबाको छोरा-छोरीप्रतिको प्रेम ट्रेलरमा देखाउन खोजिएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा सिनेमाका प्राय सम्पुर्ण कलाकारलाई स्थान दिइएको छ ।

कात्तिक ३० गतेले आफ्नो प्रदर्शन मिती तय गरेको‘दैलो’सुरेश उपेतीको निर्माण तथा निर्देशन तयार गरिएको हो ।चलचित्रमा सुरेश उप्रेती दुर्गा साउद, विकाश चापागाई दीपक डोटेल मुना प्रसाई लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

जमुना देवी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमालाई अर्जुन उप्रेती र यसोदा उप्रेतीले संयुक्त रुपमा निर्माण गरेका हुन् । विमल भट्टराईको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमा अहिले निर्माण भैरहेको सिनेमा भन्दा फरक रहेको निर्देशक उप्रेतीले बताए ।

चलचित्र ‘न यता न उता’को टिजर रिलिज (भिडियो )

चलचित्र ‘न यता न उता’को टिजर रिलिज भएको छ ।चलचित्रको सार्वजनिक ट्रेलरमा विदेशबाट नेपाल फर्किएको दुई साथी बिचको कथालाई कमेडी तरिकाले प्रस्तुत गरिएको छ ।

चलचित्रमा मिराज रोशन, समीर मणि दीक्षित, रीचा शर्मा, चुलथीम गुरुङ्ग, रविन्द्र झा, बुद्धि तामाङ्ग, नम्रता सापकोटा, सिल्शा जिरेल, बिशारद बस्नेत, कमल मणि नेपाल, किशोर भण्डारी, राजा राम पौड्याल, किरण चामलिंग, नमिता घिसिंग, जीवन भट्टराई गयात्को कलाकारको अभिनय रहेको छ ।

तन्त्रालय फिल्म्स्को ब्यानरमा निर्माण भएको चलचित्र ‘न यता न उता’लाई विशारद बस्नेत र मिराज रोशले संयुक्त निर्देशन गरेका हुन् ।बिशारद बस्नेतले यो भन्दा पहिला ‘मिस्टर भर्जिन’ नामको चलचित्र निर्देशन गरि सकेका छन् ।

यस चलचित्रलाई मिराज रोश र अभिमन्यू निरबिले लेखेका हुन् । भारतमा यस चलचित्रको मिडिया पार्टनर सन्जना सिनेग्लोबल हो ।यो एउटा एन्टरटेनिङ्ग चलचित्र हो ।चलचित्रलाई रिना लामाले निर्माण गरेकी हुन ।