Monday , 17 December 2018
News update
Home >> Trailer (page 20)

Trailer

फ्राइडे रिलिज : बहुप्रतिक्षित दुई चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ को भिडन्त

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “प्रेमगीत २”र ‘रुद्र’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“प्रेमगीत २”
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट बहुप्रतिक्षित चलचित्र “प्रेमगीत २”प्रदर्शनमा आएको छ ।चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।चलचित्र “प्रेमगीत २”मा प्रदीप खड्का र अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको छ ।
सन् १९४५ मा दोस्रो विश्वयुद्धको परिवेश चित्रण गर्ने सिनेमाभित्र एक्सन, प्रेम, ड्रामा र कमेडी तत्व समावेश गरिएको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध प्रेमगीत २ को कथावस्तु हो ।चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

‘रुद्र’
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘रुद्र’ प्रदर्शनमा आएको छ ।रामजी लामिछाने निर्देशन रहेको ‘रुद्र’ त्रिकोणात्मक प्रेमकथा र एक्सन प्रधान चलचित्र हो ।चलचित्रमा निखिल उप्रेती पहिलो पटक खलचरित्रमा देखा परेका छन् ।

यस चलचित्र बाट नब कलाकार विश्व र सारालाई डेब्यू गर्दै छन् ।फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे समेतको अभिनय छ । सौरभ लामाले चलचित्रलाई खिचेका हुन् ।बुधबार सम्पन्न प्रिमियर सो मा चलचित्र हेरेपछि कलाकार र सञ्चारकर्मीहरूले ‘रुद्र’ को निकै तारिफ गरेका थिए ।चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ ।

“२ रुपैयाँ ”को ट्रेलर सार्वजनिक (भिडियो)

‘कुटुमा कुटु’ बोलको गीतले निकै चर्चामा रहेको चलचित्र “२ रुपैयाँ ” को ट्रेलर सार्वजनिक गरिएको छ ।’कुटुमा कुटु’लाई छोटो समयमा करोड बढी पटक युट्युब हेरिएको छ।यसै चलचित्रको बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

भाद्र २३ बाट प्रदर्शनमा आउने चलचित्र ‘२ रुपैयाँ’को ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउन खोजिएको छ ।चलचित्रमा निश्चल बस्नेत ,आशिफ शाह,बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो चलचित्रलाई असिम शाहले निर्देशन गरेका हुन् ।

साम्राज्ञी र सलिनमान अभिनित ‘ए मेरो हजुर २’को ट्रेलर सार्वजनिक (भिडियो)

काठमाण्डौको क्यूज हलमा एक कार्यक्रमको बिच प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर २’ ट्रेलर रिलिज गरिएको छ ।कार्यक्रममा बोल्दै निर्देशक झरना थापाले निकै मिहिनेतका साथ आफूले २० बर्ष लामो चलचित्र यात्रामा सिकेको कुरालाई ‘ए मेरो हजुर २’ निर्माण गरेको बताउनु भयो । ‘ए मेरो हजुर २’बाट झरना थापाले डेब्यु निर्देशन गर्दैछिन् ।
कार्यक्रम भन्दा केहि समय ढिला उपस्थित भएकी चलचित्रकी मुख्य कलाकार साम्राज्ञीराज्य लक्ष्मी शाहले चलचित्र राम्रो बनेको भन्दै सबैले मन पराउने विश्वास व्यक्त गरिन् । नव–नायक सलिनमान बनियाँले चलचित्रको गीत संगीत जस्तै सिंगो चलचित्र नै राम्रो बनेको भन्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरिन् । नायक सलोन बस्नेतले चलचित्रको संवाद सुनाएका थिए ।

चलचित्र ‘ए मेरो हजुर २’सुहाना इन्टरटेनमेन्टको व्यानरमा यो सिनेमालाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । सलिनमान बानियाँ, सम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, विल्सनविक्रम राई, बुद्दी तामाङ, सुमन पौडेल, अनुभव रेग्मी, अजश्र ढुंगाना, अनुराग कुँवर लगायतका कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ ।भदौ १६ मा रिलिज हुने यस चलचित्रको गीत संगीतले यस अघि नै दर्शकको मन जिती सकेको छ ।

‘ग्याङस्टार ब्लुज’मा आशिरमान एक्सन अवतारमा (ट्रेलर सहित )

चलचित्र ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज गरिएको छ । राजधानीमा बुधवार एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ग्याङस्टार कथामा आधारित चलचित्र नव-नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्माको मुख्य भूमिका रहेको छ । चलचित्र ‘होस्टेल’बाट निर्देशन गरेर चर्चामा आएका हेमराज बीसीले यस चलचित्रलाई निर्देशन गरेका हुन् ।
ganster bluesट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’लाई आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक बनाउने प्रयास गरेको बताए । नव-नायक आशिरमान देशराज श्रेष्ठले यस चलचित्र आफ्नो करिअरको पहिलो खुड्कियो भएका कारण निकै मिहिनेत गरेको बताए । यस्तै, नायिका आना शर्माले पनि ‘ग्याङस्टार ब्लुज’को स्क्रिप्ट राम्रो लगेर काम गरेको बताउनु भयो ।

चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ। सरोज न्यौपानेले निर्माण गरेको ‘ग्याङस्टार ब्लुज’ भाद्र २ गेट बाट प्रदर्शनमा आउदै छ ।

बहुप्रतिक्षित चलचित्र ‘छक्का पन्जा २’ को टीजर सार्वजनिक (भिडियो )

‘छक्का पन्जा २’ को टीजर सार्वजनिक भएको छ । सार्वजनिक टीजरमा चलचित्रका दुई मुख्य कलाकार बुद्धि तामाङ र दीपकराज गिरी देखिएका छन् । टीजरमा हेमन्त रानाको स्वरमा रहेको ‘सुन साइँली’ बोलको गीत समावेश छ ।
chakka panja 2असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको गएको वर्षको सुपरहिट फिल्म ‘छक्का पन्जा’को  सिक्वेल यो टीजर चलचित्र ‘बाहुबली २’ रिलिजको बेला अधिकांश मल्टिप्लेसमा रिलिज गरिएको थियो । ‘छक्का पन्जा २’को केही दिन अगाडि मात्र छायांकन सकिएको हो ।

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ मा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, बुद्धि तामाङ, किरण केसी,बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल,निश्चल बस्नेत लगायतको अभिनय रहेको छ ।

‘नाई नभन्नू ल’ फेम निर्देशक विकासराज आचार्यको कथा रहेको यो फिल्ममा उनी नै कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार यस चलचित्रमा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई , सुमन गिरीको लगानी छ ।

संरक्षणको ट्रेलर सार्वजनिक,श्राबण २७ मा रिलिज हुने (भिडियो)

छायांकन बाट नै विभिन्न कारणले चर्चामा रहेको चलचित्र संरक्षणको ट्रेलर सार्वजनिक भएको छ । यसअघि श्राबण १३ गते रिलिज हुने भनिएपनि यो चलचित्रले बिहिबार ट्रेलर रिलिज सार्वजनिक गर्दै रिलिज डेट फाइनल गरेको हो । अब संरक्षणले साउन २७ गतेलाई नयाँ फाईनल रिलिज डेट घोषणा गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरले मधेशको कथा बोल्छ ।sarrakshyanमधेशमा खटिएका प्रहरी र त्यहाँका राजनीतिक दलका नेताहरु बीचको भिडन्त सार्बजनिक ट्रेलरमा देख्न सकिन्छ । निखिल र सौगात दुवै प्रहरीको भूमिकामा देखिएकाछन् । पूर्णेन्द्रकुमार झाले डेब्यु निर्देशन गरेको यो चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल,मलिना जोशी,प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मी,रमेश रञ्जन झा,प्रमोद अग्रहरी,शुसान्त श्रेष्ठ,पबन महत्तो,अमितेश शाह,नन्दु श्रीवास्तब,राज कटुवाल लगाएतकाले संरक्षणमा अभिनय गरेकाछन ।

पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको एक्सन,डा कृष्णहरी बराल र धिरेन्द्र प्रेमर्षिको गित,बसन्त सापकोटा र प्रबेश मल्लिकको संगित रहेको यो चलचित्रमा राजनीति, क्राइम, पत्रकारिता, राजनीतिज्ञ लगायतको कथालाई एकसाथ उतारिएको छ । प्राप्त जानकारी अनुसार यो चलचित्रमा नायक निखिल उप्रेती एस पी खरेलको भुमिकामा देखा पर्दै छन । चलचित्रमा नायक उप्रेती संगै सौगात मल्ल पनि डि एस पी थारुको भुमिकामा देखिदै छन ।

चलचित्रलाई बिरगंज,जनकपुर,हेटौडा र काठमानडौमा छॉयाकन गरीएको हो । बिरेन्द्र शर्मा निर्माण नियन्त्रक रहेको यो चलचित्रलाई एफ डि कंम्पनीले बितरण गर्ने छ । चलचित्रलाई सिनेमा क्षेत्रका हस्तीहरु प्रदीप कुमार उदय,नरेन्द्र महर्जन,नन्दु श्रीवास्तब र श्वेता शाहले निर्माण गरेकाहुन ।

पुर्णेन्दु कुमार झा को कथा निर्देशनमा बनेको संरक्षणलाई दवारिका उदय प्रोडकसन,श्रीवास्तब फिल्मस,हेटौडा मुभी मेकर टिम र पुर्णेन्दु प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको हो । युटयुबमा सार्बजनिक २ मिनेट ३८ सेकेण्ड लामो ट्रेलरमा राजनितिक संबाद र परिबेशलाईमात्र प्राथमिक्तामा राखिएको छ । चलचित्रमा समाबेश कुनैपनि गीत ट्रेलरमा समाबेश छैन ।

अक्षय कुमारको ‘टॉयलेट : एक प्रेम कथा’ को ट्रेलर रिलिज (भिडियो)

अक्षय कुमारको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘टॉयलेट : एक प्रेम कथा’ को ट्रेलर रिलिज गरिएको छ ।सामाजिक बिषय बस्तुमा निर्माण गरिएको यस चलचित्रमा शौचालय घर-घरमा बनाउनु पर्ने संदेश दिएको छ ।चलचित्रमा अक्षय कुमार को बिहे भूमि पेडनेकर सग हुन्छ तर घरमा टॉयलेट नभए पछि श्रीमान श्रीमती सुरु हुने समस्या चलचित्रमा देखाउना खोजिएको छ ।
Trailer-580x341चलचित्रमा अक्षय कुमार सगै दिवेंदु शर्मा, सुधीर पांडे, शोभा खोटे र अनुपम खेर मुख्य भूमिकामा अभिनय गरेका छन् ।
स्वच्छ भारत अभियान मा आधारित चलचित्र ‘टॉयलेट’का नायक अक्षय कुमार पीएम मोदीलाई भेट्रा फिल्मको कुरा समेत गरेका छन् ।चलचित्र 11 अगस्त, 2017 मा रिलिज हुदैछ ।

युट्युव ट्रेन्डिङमा नम्वर वान मा ‘म यस्तो गीत गाउँछु’, ट्रेलरको प्रशंसा(भिडियो )

चलचित्रको गीत संगीत र ट्रेलर सार्वजनिक सगै बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को ट्रेलर युट्युवमा नम्वर एकमा आएको छ । अहिले चलचित्रको ट्रेलरको निकै प्रशंसा भैरहेको छ ।
m yasto geet gauchu 1अपलोड भएको चौविस घण्टा नपुग्दै सुदर्शन थापा निर्देशित यो फिल्मको ट्रेलर नम्वर एकमा पुग्न सफल भएको हो । शुक्रबार साँझ अपलोड गरिएको फिल्मको ट्रेलरलाई आईतबार बिहान यो समाचार तयार पर्दा सम्म ४ लाख ६ हजार भन्दा बढिले हेरेका छन् ।

चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका छ । साथमा सरोज खनाल, रुपा राना, राजाराम पौडेल, ‘भालु डन’को रुपमा परिचित नविन मानन्धरको मुख्य भूमिका चलचित्रमा छ ।चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, संजय लामाको छायांकन रहेको छ ।

यहि असार ३० गतेदेखि प्रदर्शनमा आउने चलचित्र “म यस्तो गीत गाउँछु’ साँगीतिक लभ स्टोरी फिल्म हो ।सुदर्शन थापा नै निर्माता रहेको चलचित्रकी सह–निर्मात्री नायिका शर्मा हुन् ।

कमेडी फिल्म ’कमलेको बिहे’को ट्रेलर रिलिज(भिडियो)

कमेडी जनराको चलचित्र ’कमलेको बिहे’को ट्रेलर रिलिज भएको छ ।ट्रेलरमा समावेश लिड अभिनेता अनुपबिक्रम शाहिले निभाएको भुमिकालाई धेरैले वाहि वाहि’ दिएका छन् । खल पात्रको भुमिकामा फिट भईसकेका अनुपले निभाएको हालसम्मकै फरक अभिनयलाई दर्शकले तारिफ गरेका छन् । उनले शास्त्री (पण्डित)को रुपमा निर्वाह गरेको भुमिकासँगै चमेली बनेकी अभिनेत्री सन्ध्या केसीको लुक्स र अभिनयलाई पनि तारिफको ओहिरो छ ।
kamaleko biheचलचित्रलाई सरिता मुभिज क्रियशनको ब्यानरमा सरिता लामाले निर्माण गरेकी हुन् भने यसको कार्यकारी निर्माता दिपक बिष्ट हुन् ।चलचित्रमा विनोद न्यौपाने, विशाल पहाडी, इशान ढकाल, किरण लाकौललगायतका कलाकारको पनि अभिनय छ ।

चलचित्रको ‘टाकन टुकन’ बोलको गीत चर्चामा छ । चलचित्रमा तारा थापाको सम्पादन, दीपक सिंहको कोरियोग्राफी, विदुर पाण्डेको छायांकन, महेश दवाडी कथा, पटकथा तथा संवाद, राजनराज सिवाकोटीको संगीत छ ।चलचित्रको रिलिज डेट मिति भने फाइनल गरिएको छैन् ।

खगेन्द्र लामिछाने अभिनित चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक (भिडियो)

चलचित्र ‘धनपति’ को ट्रेलर सार्वजनिक गरिएको छ ।टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको दोश्रो चलचित्र ‘धनपति’शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा गरिव परिवारले आफ्नो सन्तानलाई राम्रो शिक्षा दिनको लागि गर्नु परेको संघर्ष देखाउन खोजिएको छ।
ghanpatiरोजिना सिटौला निर्मात्री रहेको ‘धनपति’लाई ‘पशुपति प्रसाद’ निर्देशक दिपेन्द्र के खनालले नै निर्देशन गरेका हुन्। कार्यक्रममा बोल्दै निर्देशक खनालले आफुले यो फिल्ममा एकदमै दुख गरेको बताए। भन्छन ‘मेरो जीवनमा सबै भन्दा दुख गरेर बनाएको फिल्म हो धनपति।

असार २३ गतेबाट रिलिज हुन लागेको यो फिल्ममा खगेन्द्र लामिछानेको लेखन र अभिनय रहेको छ ।चलचित्रमा खगेन्द्र लामिछाने सगै सुरक्षा पन्त, मनिष निरौला, आशान्त शर्मा, सुरबी बर्तौला लगायतको अभिनय रहेको छ।

फिल्मका लेखक तथा कलाकार खगेन्द्र लामिछानेले ‘धनपति’ को विषयमा बोल्दै भने, ‘व्यावसायिक कुरा दोस्रो हो तर हामीले जसरी ‘पशुपति प्रसाद’ लाई राम्रो सिनेमा बनाउने प्रयास गरेका थियौं यो फिल्ममा पनि हामीले दक्षता, क्षमता र बल-बुद्धिले भ्याएसम्म राम्रो काम गर्ने कोशिश गरेका छौं ।’
त्यस्तै, सुरक्षा पन्तले राम्रो टिमसँग काम गर्ने मौका पाएकोमा खुशी महशुस गरेको बताइन् ।

सुर्य थोकरको द्धन्द्ध निर्देशन रहेको फिल्ममा शैलेस श्रेष्ठको पाश्र्व संगीत, आधासुरको संगीत छ । ओम गुरुङ सहायक निर्माता रहेको यो फिल्ममा रजना नापित र समीर देवकोटा सह-निर्माताको रुपमा रहेका छन् ।