Friday , 22 February 2019
News update
Home >> Trailer (page 22)

Trailer

‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक,दीपकराज गिरी प्रहरीको भूमिकामा(भिडियो)

बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा २’को ट्रेलर सार्वजनिक भएको छ ।चलचित्रको ट्रेलर बुधवार साँझ ६ बजे ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको सल्ला अनुसार युट्युबमा सार्वजनिक गरिएको हो ।ट्रेलरमा दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ ।चलचित्रको यस अघि ‘नाइनलको साडी’ र ‘झ्याम्म झ्याम्म’ बोलको सार्वजनिक गीतले अहिले बजारमा निकै चर्चा कमाएको छ ।


गत बर्षको सुपर हिट चलचित्र ‘छक्का पन्जा’को सिक्वेल ‘छक्का पन्जा २’ को यहि असोज ११ गतेबाट प्रदर्शनमा आउदै छ ।‘छक्का पञ्जा २’लाई पनि दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।

चलचित्र ‘छक्का पन्जा २’ दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का ,, स्वरूप पुरुष ढकाल शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।विकास आचार्य चलचित्रका कार्यकारी निर्माता हुन् ।

कार्तिक ९मा रिलिज हुने भो “ऐश्वर्य”,टिजर सार्वजनिक (भिडियो)

नायक रमेश उप्रेतीको निर्माणमा तयार भएको चलचित्र “ऐश्वर्य”को टिजर सार्वजनिक भएको छ ।सार्वजनिक टिजरमा चलचित्रको को गुणस्तरियतासंगै द्वन्द समेत देखाइएको छ ।सार्वजनिक गीत ‘तिमि रोएको पल’ मार्फत चर्चामा आएको यस फिल्मलाई टिजरले थप हाईप दिने विश्वास निर्माण पक्षको रहेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको यसगीतलाई सुगम पोखरेल र अन्जु पन्तले गाएका छन् ।
चलचित्रमा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् ।

निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस फिल्ममा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो फिल्म कार्तिक ९ मा रिलिज हुनेछ ।

यस अघि कार्तिक २ गते प्रदर्शनमा आउने भनिए पनि अब चलचित्र “ऐश्वर्य”प्रदर्शनमा आउने भएको छ। निर्माता तथा कलार रमेश उप्रेतीले हाम्रो टीमले वितरकको आग्राहलाई डेट सारेका हौ । कलाकारनै निर्माता भएको फिल्मसंगै दर्शक सामु आउदा घाटा जसलाई लागे नि कलाकारलाइ नै लाग्छ , त्यसैले टिमको निर्णय अनुसार हामी कार्तिक ९ मा आउदैछौ । ऐश्वर्यलाई म र मेरो टीमले स्टाइलिस बनाउन खोजेको रमेशले बताए ।

चलचित्र ’रानी’को टिजर सार्वजनिक,कार्तिक २गते रिलिज हुदै (भिडियो)

कार्तिक २गते बाट प्रदर्शनमा आउन लगेओ चलचित्र ’रानी’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा डेब्यु अनुहारसंगै कथावस्तुलाई प्रस्ट्याउने प्रयत्न गरिएको छ । दुई डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ । सार्वजनिक टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्वीस्टलाई समेटिएको छ ।

चलचित्र ’रानी’लाई दयाराम दाहालको निर्द्रशन गरेका हुन्।चलचित्रको बारेमा जानकारी दिदै मैले अघिल्ला फिल्मको तुलनामा यसमाआफुले नै आफुलाई अपडेट गरेको छु । युवापुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँअनुहारसंगै युवा पुस्ताकाअनुहारलाई कास्ट गरेको हु । फिल्ममा सुक्ष्म मायालाई दर्साउँन खोजिएको छ । युवापुस्ताले जसरि मायालाई लिईरहेको छन् , त्यसलाई पनि देखाउने कोशिस त छनै साथै मायाको महत्वबुझाउने प्रयास चलचित्र रानी रहेको बताउनु भयो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित रानीमा अनुप विक्रम शाही र सुशन खड्का पनि मुख्य भूमिकामा रहेका छन् । भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेकाहुन् । यस चलचित्रलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । चलचित्रमा विजय घिमिरेको संगीत , अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रलाई बिमल मान गुभाजुले निर्माण गरेका हुन् ।

चलचित्र “टिनएज”को फष्टलुक ,ट्रेलर र गीत सार्वजनिक(भिडियो)

असोज २७ देखि प्रर्दशन आउन लागेको चलचित्र ‘टिनएज’को सोमबार राजधानीमा एक कार्यक्रमको बिच फष्टलुक पोस्टर सगै ट्रेलर तथा गित सार्वजनिक गरिएको छ ।सुचना तथा सन्चार राज्य मन्त्रि तोप्त बहादुर बिष्टको उपस्थितिमा चलचित्रका प्रचार प्रसार सामग्रि पत्रकारहरु माझ प्रस्तुत गरिएको हो । दुइ दशक देखि चलचित्र क्षेत्रमा सक्रिय नृत्यनिर्देशक दिनेश पाख्रिनले चलचित्र टिनएजलाइ निर्देशन गरेका हुन् ।

हेलेन पाख्रिन फिल्मस् प्रोडक्सनको स्व बसन्त जंग रायमाझिको कथामा सुमन उप्रेतिको पटकथा स‌बाद रहेको चलचित्रका गितमा बिकाश चौधरी र बसन्त सापकोटाको संगित सुन्न सकिने छ भने डा कृष्णहरी बराल , हरी उप्रेती र सबिना केसिको गित रचना रहेको छ । चलचित्रका गितमा दिक्षा पाख्रिन , लिगेश भट्टराई ,सोम लामा , जनक कार्कि र दिपक सिं को कोरियोग्राफि रहेको छ ।

चलचित्रमा एन्जिला खड्गी , नरेश बिर सिं ,सरोज शाह , प्रतिक्षा खड्का , कृष्ण सिवाकोटी , अजय खड्का , सरिता राजउपाध्याय , निर्मल स्याङतान , रेशम फिलीलि , माया मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा बिरु मगर , चिनिमाया वाइवा , देबिका खड्का र निर्मल स्याङतानको लगानि रहेको छ । चलचित्रलाइ बासु न्यौपानेले छायांकन गरेका हुन् भने अनिल गौतम चलचित्रमा सम्पादक हुन् ।

‘लिला’को ट्रेलरलाई युटुबमा तिन दिनमा तिन लाख बढिले हेरे (भिडियो)

प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक भएको चार दिनमा नै युटुबमा तिन लाख बिस हजारले हेरी सकेका छन् ।ट्रेलर बाट राम्रो प्रतिक्रिया पाएको चलचित्र ‘लिला’लाई अहिले सम्भावना भएको चलचित्रको रुपमा हेर्न थालिएको छ।

चलचित्रका निर्देशक रमेश कोइरालाले हाम्रो चलचित्रको ट्रेलरको युटुबमा धेरै राम्रो प्रतिक्रिया पाएका छौ।अरुहरुले जस्तो हाम्ले डलर खर्च गरेर युटुबमा दर्शक बढौउन सक्थौ तर हाम्रोले फेक भिवरमा विश्वास गरेनौ ।छोटो समयमा यति धेरै दर्शकले हेर्नुले हाम्रो चलचित्र चल्नेमा हामी ढुक्क रहेको कोइरालाले बताउनु भयो ।

पुर्बी नेपालका सुन्दर दृश्यहरुका साथै भारतको सिक्किम दार्जिलिंग मिरिक लगायतका क्षेत्रहरुमा छायांकन गरिएको यस चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला, आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ।

सिने दर्पण ईन्टरटेन्मेंटको प्रस्तुति रहेको चलचित्र ‘लिला’लाई रमेश कोइरालाको निर्देशन गरेका हुन्। कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मण बस्नेत र बिमला घिमिरे(दंगाल)को लगानी रहेको छ। बसन्त सापकोटाले संगीत भरेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ। चलचित्रमा कमल राईले नृत्य निर्देशन गरेका छन भने अष्ट महर्जनको द्वन्द्व रहेको छ।

चलचित्र ‘लिला’को ट्रेलर र गीत सार्वजनिक(भिडियो)

यहि ३० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लिला’को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गराउदै चलचित्रको ‘लिला’को ट्रेलर तथा नया गीत पनि सार्वजनिक गरिएको हो। ‘साच्चै विशेष छौ’ भन्ने बोल रहेको गीतमा अभिनेता राज कटुवाल र अभिनेत्री मलिना जोशी फिचरिंग गरिएको छ ।

पुर्बी नेपालका सुन्दर दृश्यहरुका साथै भारतको सिक्किम दार्जिलिंग मिरिक लगायतका क्षेत्रहरुमा छायांकन गरिएको यस चलचित्रमा संचिता लुइँटेल, राज कटुवाल, मलिना जोशी, ध्रुब कोइराला, आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ।

सिने दर्पण ईन्टरटेन्मेंटको प्रस्तुति रहेको चलचित्र ‘लिला’लाई रमेश कोइरालाको निर्देशन गरेका हुन्। कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्रमा लक्ष्मण बस्नेत र बिमला घिमिरे(दंगाल)को लगानी रहेको छ। बसन्त सापकोटाले संगीत भरेको चलचित्रमा शिव ढकालको छायांकन रहेको छ। चलचित्रमा कमल राईले नृत्य निर्देशन गरेका छन भने अष्ट महर्जनको द्वन्द्व रहेको छ।

 

वरूण धवनको चलचित्र ‘जुड़वा २ ‘को ट्रेलर सार्वजनिक(भिडियो)

सलमान खान अभिनित सुपर हिट चलचित्र ‘जुड्वा’को सीक्वल तथा अभिनेता वरूण धवनको दोहोरो भूमिका रहेको चलचित्र ‘जुड्वा २’को ट्रेलर सार्वजनिक भएको छ ।

‘जुड्वा २’मा वरूण धवन सगै अनुपम खेर, जैकलिन फर्नांडीस, तापसी पन्नूको पनि मुख्य भूमिका रहेको छ । कमेडी, एक्सन र रोमान्स रहेको चलचित्र ‘जुड्वा २’सेप्टेम्बर २९ बाट रिलिज हुँदैछ ।

यस चलचित्रलाई पनि डेविड धवनले निर्देशन गरेका हुन् ।१९९७ को साल चलचित्र ‘जुड्वा’लाई पनि डेविड धवनले नै निर्देशन गरेका हुन् ।वरूण धवन निर्देशक डेविड धवनका छोरा हुन् ।

पल र आँचलको प्रतिक्षित चलचित्र ‘जोनी जेन्टलम्यान’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘म यस्तो गीत गाउँछु’ हिट भएपछि पल शाहको अभिनय रहेको चलचित्र ‘जोनी जेन्टलम्यान’ यहि भाद्र ३० गते बाट प्रदर्शनमा आउदैछ ।नायक पल शाह र नायिका आँचल शर्मा अभिनित ‘जोनी जेन्टलम्यान’को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा प्रेम, एक्सन, हाँसो र रोदनको मिश्रण छ ।यस अघिको चलचित्रमा लवर बोयको रुपमा देखा परेका पल ‘जोनी जेन्टलम्यान’ को ट्रेलरमा एंग्री लुक्स पनि देख्न सकिन्छ ।
प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘जोनी जेन्टलम्यान’ लाई नितिन चन्दको निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, आँचल शर्मा, विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको मुख्य भूमिका छ ।चलचित्रलाई युवा ब्यबसाही एन्ड्रियु पौडेलको निर्माण गरेका हुन् । अजय मल्ल ठकुरी कार्यकारी निर्माता रहेको यो फिल्ममा सन्जु शाह सह-निर्माताको रुपमा रहेका छन् ।

चलचित्रमा रुपेश थापा, रामशरण उप्रेतीको छायाँकन, पारस विक्रम शाह र देव महर्जनको द्धन्द्ध, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन,हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ भने प्रकाश विक्रम शाहको द्धन्द्ध निर्देशन रहेको छ ।

फ्राइडे रिलिज:प्रतिक्षित चलचित्र ‘संरक्षण’

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “संरक्षण” रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र “संरक्षण” को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

“संरक्षण”


फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाटप्रतिक्षित चलचित्र “संरक्षण”प्रदर्शनमा आएको छ ।चलचित्रलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।चलचित्र ‘संरक्षण’लाई प्रदिपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र स्वेता शाहले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, अमितेश शाह, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहेको छ ।

यस चलचित्रमा जय निशान्तको संवाद, रमेश रञ्जन, पुर्णेन्दु कुमार झा र नेश मिश्रको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, वसन्त सापकोटा र प्रवेश मल्लिकको संगीत रहेको छ ।बुधबार चितवनमा भएको प्रिमियरमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको छ।

‘ह्याप्पी न्यू इयर’को टिजर सार्वजनिक (भिडियो )

चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिजर सार्वजनिक गरिएको छ ।नयाँ बर्षमा घटेको एक घटनालाइ मुख्य आधार बनाएर यो चलचित्र निर्माण गरिएको यो चलचित्र अंग्रेजी नयाँ बर्षको अवसर पारेर पौष १४ गतेबाट रिलिज हुने भएको छ ।

चलचित्र ‘ह्याप्पी न्यू इयर’लाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् ।आरके एम प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रती थापाको लगानी छ । एप्पल इन्टरटेन्मेन्टका मनोज अधिकारी यसका लाइन प्रोड्यूसर हुन् ।

चलचित्रमा कुशल थापा, पुकार गौतम, सन्ध्या केसी, इश्वर थापा, पदम शाक्य लगायतका कलाकारको अभिनय छ । चलचित्रमा अष्ट्रेलियन छायांकार बेन्जामिन ड्रेको छायांकन, विनोद ढकाल, टंक वुढाथोकीको संगीत, कुशल थापाको कथा छ