Saturday , 20 October 2018
News update
Home >> Trailer (page 3)

Trailer

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक (भिडियो)

चलचित्र ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ ।नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित काठमाडौंमा गरिएको थियो ।

आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा ट्रेलर–पोस्टर लन्च गरियो । थिम पोतिएको पोस्टरमा फिल्मका एक मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको छ । पृष्ठभूमिमा नेपाली ऐतिहासिक सम्पदा देख्न सकिन्छ । ट्रेलर आकर्षक लाग्छ ।

पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को निर्माताले हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरु जुटेको बताए ।

नेपाली कथा अन्तराष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी फिल्मको वितरणमा चासो व्यक्त गरेको उनले जनाए ।

पेमा धोन्डुप निर्देशक हुन् । उनी निर्देशित फिल्म ‘वी आर नो मंक्स’ (२००४)ले सुखद समिक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको अनुभव सुनाए ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुईवर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपाली कला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’ धोन्डुपले भने ।

फिल्ममा अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी छ ।

चलचित्र ‘कथा काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

असोज १२ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘कथा काठमाण्डू’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ।आईतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

यस अघि चलचित्रको सार्वजनिक गीत ’रातको कुरा…’ बोलको सार्वजनिक गीत निकै भल्गर भएर चर्चामा रहेक प्रियंका कार्की रप्रमोद अग्रहरीको ट्रेलरमा पनि बोल्ड दृश्य समावेश गरिएको छ ।काठमाडौंमा जीविकोपार्जन गर्नका लागि बाध्यताले यौनधन्दामा संलग्न एक युवतीको भूमिका अभिनेत्री प्रियंकालाई प्रस्तुत गरिएको छ ।

चलचित्र ‘कथा काठमाण्डू’लाई सञ्चारकर्मी संगीता श्रेष्ठले निर्देशन गरेकी हुन् । चलचित्रमा प्रियंका र प्रमोदको साथमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका छ ।विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन रहेको छ ।

चलचित्र ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक (भिडियो)

असोज ५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा मायाप्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाउन खोजिएको छ ।

काइट्स इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा तयार भएको ‘बाँध मायाले’लाई सबिर श्रेष्ठको निर्देशन गरेका हुन् । ‘बाँध मायाले’मा रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त लगानीमा बनेको हो भने यस चलचित्रमा सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् ।



चलचित्रमा सृष्टि श्रेष्ठ र आर्यन अधिकारी मुख्य भूमिकामा रहेका छन् ।सृष्टि र आर्यन सगै चलचित्रमा राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय छ । ‘बाँध मायाले’ बाट किशोर खड्का नव नायकको रुपमा डेव्यु गर्दैछन् ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ । छायाँकन बाबु श्रेष्ठ र द्धन्द्ध निर्देशन रोशन श्रेष्ठको छ ।

एलिजा गौतमको चलचित्र ‘अनुराग’को अफिसियल ट्रेलर सार्वजनिक (भिडियो)

असोज १२ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘अनुराग’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।एक पृथक संगीतिक प्रेमकथामा बनेको ‘अनुराग’को ट्रेलर मायाप्रेम,मिलन र बिछोडको कथा प्रस्तुत गरिएको छ।

चर्चित पत्रकार ऋषि धमला श्रीमती एलिजा गौतमद्वारा निर्माण तथा अभिनय रहेको चलचित्र ‘अनुराग’लाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् ।चलचित्रमा एलिजा गौतम सगै समुन्द्र पन्डित, ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्मका प्रस्तुतकर्ता ऋषिराज धमला हुन् ।एरिका फिल्म्सको ब्यानरमा बनेको अनुरागमा भरत गौतम र गीता भेटवाल फिल्मको निर्माता हुन् । किरण दाहालको कथा, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको फिल्ममा रामकुमार के.सीको छायांकन रहेको छ ।

साम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ को अफिसियल ट्रेलर रिलिज (भिडियो)

चलचित्र‘इन्टु मिन्टु लन्डनमा’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । लभस्टोरी कथामा निर्माण भएको सिनेमा एक जोडीको प्रेमलाई विशेष रुपमा प्रस्तुत गरिएको छ ।

चलचित्रको यस अघि सार्वजनिक गीत ‘उडायो हावाले’ ले दर्शकको मन जिती रहदा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य भूमिका रहेको ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रतिक्षीत चलचित्रको रुपमा हेर्न थालिएको छ ।

कोरियोग्राफर रेनषा वान्तवा राईले पहिलो पटक निर्देशन रहेको चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’अधिकांश छायांकन लन्डनमा गरिएकोछ भने केहि छायांकन नेपालमा पनि गरिएको हो ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै शारुक ताम्राकार,अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणा लगायतको मुख्य भूमि रहेको छ ।

असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रमा शैलेन्द्र धोज कार्कीको छायांकन ,टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ ।

आई कोर फिल्मस्को व्यानरमा ‘इन्टु मिन्टु लन्डनमा’लाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन् । सिनेमाका सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् ।

बहुपति संस्कृतिमा निमा रुम्बा र यशकुमारको ‘छिरिङ’को टीजर यस्तो छ

निमा रुम्बा र यशकुमार स्टाररचलचित्र ‘छिरिङ’को टीजर रिलिज भएको छ । यस अघि सार्वजनिक गीत ‘तिमीले त मायामा…’ हिट भए लगत्तै निर्माताले टीजर ट्रेलर सार्वजनिक गरेका हुन् ।

टीजरमा हिमालपारिको थलो मुस्ताङको पठार, ल्यान्डस्केप र परिवेशलाई चित्रण गरिएको छ । खासगरि, लोमान्थाङ क्षेत्रमा व्याप्त बहुपतिप्रथालाई फिल्मले पेश गर्न खोजेको छ ।

कागबेनी रिलिजको दशक बढी समयपछि गायक समेत रहेका निमा रुम्बाको कमब्याक भएको हो । पाश्र्वगायक एवं अभिनेता समेत रहेका यशकुमार यही फिल्मबाट निर्देशनमा सक्रिय भएका छन् । कामना भुजेलले अभिनयमा डेब्यु गरेकी छन् ।

दुई पति भएकी युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्धन्द्ध फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

फ्राइडे रिलिज :‘नाई नभन्नु ल ५’ र ‘रेनी’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘नाई नभन्नु ल ५’ र ‘रेनी’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘नाई नभन्नु ल ५’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘नाई नभन्नु ल ५’ प्रदर्शनमा आएको छ। ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा अनुभव रेग्मी र सेड्रिना शर्माको साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपालको मुख्य भूमिका छ । यो सिनेमाबाट अभिषेक नेपाल र सेड्रीना शर्माले डेब्यु गर्दैछन् ।

वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको छ ।

‘रेनी’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘रेनी’ प्रदर्शनमा आएको छ ।रेनी’लाई गिरिश रिजालले निर्देशन गरेका हुन् । बिमला मल्ल र संजीव मल्लले निर्माण रहेको यस चलचित्रमा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको छ ।

चलचित्रमा मा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल, सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल, टंक डुम्रे, गुरु भुटिया, बिजय तिखातारि लगायतका कलाकारले अभिनय गरेका छन् ।

जयराम थापाले खिचेको फिल्मका गीतमा बिनोद खुम्बु र पुस्कर सुनुवारको संगीत छ भने गीत सनम मल्ल र गुरु भुटियाले लेखेका छन् । राजु किराँतको द्धन्द्ध र अनिश लामाको कोरियोग्राफी रहेको छ ।

प्रदीप खड्काको बहुप्रतिक्षीत चलचित्र ‘रोज’को ट्रेलर सार्वजनिक (भिडियो)

नायक प्रदीप खड्का अभिनित बहुप्रतिक्षीत चलचित्र ‘रोज’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।‘रोजी’ बाट नाम परिवर्तन ‘रोज’ राखिएको यस चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

यस अघि सार्वजनिक ‘फूल होइन…’बोलको गीतले बजारमा राम्रै चर्चा पाए सगै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायक प्रदीप खड्काको रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ ।

चलचित्रमा प्रदीप खड्का सगै कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ । । केदार भुषालको कथामा रहेको यस चलचित्रमा सम्पादन मित्र डि गुरुङले गरेका हुन् ।

चलचित्रलाई निरक पौडेलले निर्देशन गरेका हुन्।चलचित्रमा अर्जुन पोखरेल र एलिस कार्की संगीत रहेको छ भने कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् ।

गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘रोज’भदौ २२ मा देशव्यापी प्रदर्शन हुँदैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेलहुन् भने आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ ।नेपाल र टर्कीमा छायांकन गरिएको फिल्म प्रदीप खड्काको स्टारडमले पनि अवेइटड छ ।

फ्राइडे रिलिजमा ‘मिस्टर भर्जिन’,‘ब्ल्याक’ र ‘जय शम्भु’ भिड्दै

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर भर्जिन’, ‘ब्ल्याक’ र ‘जय शम्भु’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘मिस्टर भर्जिन’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘मिस्टर भर्जिन’ प्रदर्शनमा आएको छ।वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा.लीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतको निर्देशन गरेका हुन् ।

चलचित्रमा गौरव पहारी , विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती रहेका छन् ।

चलचित्रमा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी ,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । चलचित्रमा टेक्निकल हेडको रूपमा दशरथ गिरी रहेका छन् ।

‘ब्ल्याक’

त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘ब्ल्याक’प्रदर्शनमा आएको छ ।चलचित्रलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्रमा आकाश श्रेष्ठ , आँचल शर्मा, सुन्दर श्रेष्ठ, आयुष रिजाल, सुशिल श्रेत्री, धिरेन शाक्य, प्रिया रिजाल लगायतको मुख्य भूमिका रहेको छ ।मौनता श्रेष्ठको कथामा बनेको फिल्मका कार्यकारी निर्माता चेतनकुमार पाण्डे हुन् ।

आश्मा फिल्मस्को प्रस्तुति रहेको चलचित्र ‘ब्ल्याक’ लाई आश्मा पाण्डे गरेकी हुन् । चलचित्रमा रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।

‘जय शम्भु’

यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका सिनेमा घर बाट चलचित्र ‘जय शम्भु’ पनि प्रदर्शनमा आएको छ ।चलचित्र ‘जय शम्भु’ लाई रुपेश तामाङले निर्देशन गरेका हुन् ।चलचित्रका प्रस्तुतकर्ता दिनेश शाही हुन् ।राजकुमार नगरकोटी र चक्र पाख्रिन कार्यकारी निर्माता रहेको ‘जय शम्भु’ को निर्मातामा अरविन्द्र शाक्य हुन् ।

चलचित्रमा अनुप विक्रम शाही , प्रशान्त ताम्राकार, बर्षा सिवाकोटी, रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काठमाडौं र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको एक्सन लभस्टोरी जानरामा निर्माण भएको चलचित्र ‘जय शम्भु’ हरि घले लामाको छायांकन, श्री श्रेष्ठको एक्सन, टंक बुढाथोकीको संगीत, वनिश शाहको सम्पादन, रामजी लामिछानेको नृत्य रहेको छ ।

चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक (भिडियो)

भाद्र १५ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक गरिएको छ ।६ वर्षिय बालक आयुव सेनको निकै ससक्त अभिनय रहेको ‘मेरी मामु’ को यस अघि सार्वजनिक गीतले राम्रै चर्चा बटुलेको छ।

प्रेम गीत र प्रेम गीत २ जस्ता सफल चलचित्र निमार्ण गरेको ब्यानर आसुसेन फिल्मसलको चौथो प्रस्तुतीमा सन्तोष सेनको निर्माण रहेको ‘मेरी मामु’ लाई पछिलो समय एउटा सम्भावना बोलेको चलचित्रको रुपमा हेरिएको छ ।एउटा बालक र उसको आमाको आत्मियताको कथालाई चलचित्रले उठान गरेको छ ।

चलचित्रमा आयुव सेन सगै अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नवनायिका कुसुम गुरुङ र दुर्गा मल्लको पनि मुख्य भुमिका रहने छ । नेपालकी पहिली नायिका भुवन चन्द विशेष भुमिकामा रहने छिन ।यस चलचित्रमा मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरको पनि अभियन रहने छ ।

‘मेरी मामु’मा कथा तथा निर्देशन यम थापाको रहेको छ ।चलचित्रमा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । बनिश शह र भुपेन्द्र अधिकारीले चलचित्रलाई सम्पादन गरेको छन् ।रेशम जंग शाह चलचित्रका कार्यकारी निर्माता हुन्।